#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – पञ्चविंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – पञ्चविंशोऽध्यायः



श्रीशुक उवाच 
तस्य मूलदेशे त्रिंशद्योजनसहस्रान्तरआस्ते या वै कला भगवतस्तामसी समाख्याताऽनन्त इति 
सात्वतीया द्रष्ट्टदृश्ययोःसङ्कर्षणमहमित्यभिमानलक्षणं यं सङ्कर्षणमित्याचक्षते ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
राजन ! पाताललोको मुनि तीसहजार योजन टाढा अनन्त नामले विख्यात भगवानको तामसी नित्य कला छ । यो अहङ्गकाररूप हुनाले द्रष्टा र दृष्यलाई खिचेर एकै बनाइदिन्छ । यिनैलाई पाञ्चरात्र आगमनका अनुन्यायी भक्तहरू सङ्कर्षण भन्दछन ।।१।।

यस्येदं क्षितिमण्डले भगवतोऽनन्तमूर्तेः सहस्रशिरस एकस्मिन्नेव शीर्षणि ध्रियमाणं सिद्धार्थ इव लक्ष्यते ॥ २ ॥ 

भगवान् अनन्तको एक हजार मस्तक छन । तिनमा एउटा मस्तकमा राखिएको यो साह्रा भूमण्डल एउटा सरस्युको गेडा बराबर देखिन्छ ।।२।।

यस्य ह वा इदं कालेनोपसंजिहीर्षतोऽमर्षविरचितरुचिरभ्रमद्‌भुवोरन्तरेण साङ्कर्षणो नाम रुद्र एकादशव्यूहस्त्र्यक्षस्त्रिशिखं शूलमुत्तम्भयन्नुदतिष्ठत् ॥ ३ ॥
 
प्रलयकाल उपस्थित हुँदा जब उहाँलाई यो विश्वका उपसंहार गर्ने इच्छा हुन्छ त्यसबखत उहाँको क्रोधले घुमेको दुबै भृकुटिको बिचभागबाट संङ्कर्षण नामका रुद्र प्रकट हुन्छन । वहाँको तीन नेत्र र हातमा त्रिुशुल लिनुभएको र एघार मुर्ति हुनेछन ।।३।।

यस्याङ्घ्रिकमलयुगलारुणविशदनखमणिषण्डमण्डलेष्वहिपतयः सह सात्वतर्षभैरेकान्तभक्तियोगेनावनमन्तः स्ववदनानि परिस्फुरत्कुण्डलप्रभामण्डितगण्डस्थलान्यतिमनोहराणि प्रमुदितमनसः खलु विलोकयन्ति ॥ ४ ॥ 

भगवान् शङ्कर्षणको चरणकमलको स्वच्छ र अरुणवर्ण नङ्ग मणिको पंङ्क्ति जस्तै टल्केका छन । जब अरु मूख्य भक्तहरू सहित अनेकौं नागराजहरू बडो भक्तिभावले वहाँलाई प्रणाम गर्दछन तव वहाँको ती नखमणिहरूमा आफ्नो कुण्डल कान्तिमण्डित मनोहर अनुहार देख्दछन त्यतिबेला उनीहरूको मन आनन्दले भरिन्छ ।।४।।

यस्यैव हि नागराजकुमार्य आशिष आशासानाश्चार्वङ्गवलयविलसितविशदविपुल 
धवलसुभगरुचिरभुजरजतस्तम्भेष्वगुरुचन्दनकुङ्कुमपङ्कानुलेपेनावलिम्पमानास्तदभिमर्शनोन्मथितहृदयमकरध्वजावेशरुचिरललितस्मितास्तदनुरागमदमुदितमदविघूर्णितारुणकरुणावलोकनयनवदनारविन्दं सव्रीडं किलविलोकयन्ति ॥ ५ ॥ 

अनेक नागराज कन्याहरू आफ्नो विभिन्न कामनाले उहाँको शरीरको चादिको खम्बा समान सुशोभित लामा लामा श्वेतवर्णका सुन्दर हात।मा जगरु, चन्दन र कुमकुमको लेप लगाउछन् त्यसबखत अङ्गस्पर्शले उनीहरूको हृदयमा कामको सञ्चार हुन्छ  । त्यसबखत उनीहरूले उहाँको मद्विह्वल अरुणवर्ण नेत्रले सुशोभित तथा प्रेममय र करुणाले भरिएको भगवान शङ्कर्षणको हसिलो र मनोहर मुस्कानले युक्त मुखको दर्शन गर्दछन ।।५।।

स एव भगवाननन्तोऽनन्तगुणार्णव आदिदेव उपसंहृतामर्षरोषवेगो लोकानां स्वस्तय आस्ते ॥ ६ ॥ 

अनन्त गुणका सागर आदिदेव भगवान् अनन्त आफ्नो अमर्ष (असहनशीलता) र क्रोधको वेगलाई रोकेर वहाँ समस्त लोकको कल्याणको लागि विराजमान हुनुहुन्छ ।।६।।

ध्यायमानः सुरासुरोरगसिद्धगन्धर्वविद्याधरमुनिगणैरनवरतमदमुदितविकृतविह्वललोचनः 
सुललितमुखरिकामृतेनाप्यायमानः स्वपार्षदविबुधयूथपतीनपरिम्लानरागनवतुलसिकामोदमध्वासवेन 
माद्यन्मधुकरत्रातमधुरगीतश्रियं वैजयन्तीं स्वां वनमालां नीलवासा एककुण्डलो हलककुदि कृतसुभगसुन्दरभुजो भगवान्माहेन्द्रो वारणेन्द्र इव काञ्चनीं कक्षामुदारलीलो बिभर्ति ॥ ७ ॥ 

देवता, असुर, नाग, सिद्ध, गन्धर्व, विद्याधर, र मुनिगणहरू भगवाने अनन्तको निरन्तर ध्यान गर्दछन । वहाँको आँखा प्रेम मदले चञ्चल छन । वहाँ सुललित वचनले आफ्ना पार्षद र देवगणलाई सन्तुष्ट गरेर रहनुहुन्छ । वहाँको शरिर निलोवर्ण र कानमा चंकिलो एक कुण्डल छ । तथा उहाँको मनोहर र सुन्दर हाथ हलोका मुठमा राखेको हुन्छ । वहाँ उदार लीलामय भगवान् सङ्कर्षण गलामा वैजयन्ती माला पैर्हनु भएको छ जुन इन्द्रको हात्ति ऐरावतको गलामा रहेको सुनको सिक्रिजस्तै  देखिन्छ । जुन मालाको कान्ती कहिले पनि हराउदैन यस्तो नविन तुलसीको वासना र मधुर मकरन्दले उन्मत्त भएका भ्रमराहरु मिठो स्वर गरेर त्यस मालाको शोभा बढाइरहेका हुन्छन ।।७।।

य एष एवमनुश्रुतो ध्यायमानो मुमुक्षूणामनादिकालकर्मवासनाग्रथितमविद्यामयं हृदयग्नन्थिं सत्त्वरजस्तमोमयमन्तर्हृदयं गत आशु निर्भिनत्ति तस्यानुभावान् भगवान् स्वायम्भुवो नारदः सह तुम्बुरुणा सभायां ब्रह्मणः संश्लोकयामास ॥ ८ ॥ 

परीक्षित ! यस प्रकार भगवान् शङ्कर्षणको महात्म्य श्रवण र ध्यान गर्ने मुमुक्षुहरूको हृदयमा तत्काल प्रवेश गरेर उनीहरूको अनादिकालीन कर्मवासनाहरूले पिडित सत्व रज र तमो गुणात्मक अविद्यामयी हृदयग्रन्थिलाई तत्काल काटिदिनु हुन्छ  । उहाँको गुणको महिमा एकपटक ब्रम्हाजीका पुत्र भगवान् नारदजीले तुम्बुरु गन्धर्वका साथ ब्रम्हाजीको सभामा यस प्रकार बखान गरेका थिए ।।८।।

उत्पत्तिस्थितिलयहेतवोऽस्य कल्पाः 
         सत्त्वाद्याः प्रकृतिगुणायदीक्षयाऽऽसन् । 
यद्‌रूपं ध्रुवमकृतं यदेकमात्मन् 
         नानाधात्कथमु ह वेद तस्य वर्त्म ॥ ९ ॥ 

जसको दृष्टि पर्नाले जगतको उत्पत्ति, स्थिति र प्रलयको हेतु् सत्वादि प्राकृति गुुण आफ्ना आफ्ना कार्यमा समर्थ हुन्छन । जसको स्वरूप अनन्त र अनादि छ तथा जो एक्लै भएर अनेक प्रपञ्चलाई आफैमा धारण गरेका छन । उहाँ भगवान् सङ्कर्षणको तत्वलाई कसैले पनि जान्न सक्तैन ।।९।।

मूर्तिं नः पुरुकृपया बभार सत्त्वं 
         संशुद्धं सदसदिदं विभाति यत्र । 
यल्लीलां मृगपतिराददेऽनवद्या  
         मादातुं स्वजनमनांस्युदारवीर्यः ॥ १० ॥ 

जसमा यो कार्य–कारणरुप सारा प्रपञ्च प्रकाशित भएको छ । तथा आफ्ना भक्तको चित्त आकर्षित गर्नाका लागि गरिएको वीरतापूर्ण लीलाको परम पराक्रमी सिंहले आदर्श मानेर ग्रहणको छ । त्यस्ता उदारवीर्य संङ्कर्षणले हामी माथि धेरै कृपा गरेर यो विशुद्ध सत्वमय स्वरूपधारण गर्नुभयो ।।१०।।

यन्नाम श्रुतमनुकीर्तयेदकस्मा 
         दार्तो वा यदि पतितः प्रलम्भनाद्वा । 
हन्त्यंहः सपदि नृणामशेषमन्यं 
         कं शेषाद्‌भगवत आश्रयेन्मुमुक्षुः ॥ ११ ॥ 

पापी वा दीन पुरुषले वहाँको नाम अरुको मुखबाट ठटमा सुन्यो अथवा उच्चारण गर्यो भने यसको प्रभावले आफ् शुद्ध हुन्छ, अरुको पाप समेत नष्ट हुन्छ । त्यस्ता शङ्कर्षण भगवान् लाई छोडेर अरु कस्को आश्रय लेला र ? ।।११।।

मूर्धन्यर्पितमणुवत्सहस्रमूर्धो 
         भूगोलं सगिरिसरित्समुद्रसत्त्वम् । 
आनन्त्यादनिमितविक्रमस्य भूम्नः 
         को वीर्याण्यधिगणयेत्सहस्रजिह्वः ॥ १२ ॥ 

यो पर्वत, नदी र समुद्रादि सम्पूर्ण भूमण्डल वहाँ सहस्र सिर भएका भगवान्को मस्तकमा एउटा रजकणको समान राखेका छन । वहाँ अनन्त हुनुहुन्छ, यसैले वहाँको पराक्रमको कुनै परिणाम छैन । कसैको हजार जीब्रा भए पनि वहाँ सर्वव्यापक भगवान्को पराक्रमको बारेमा गणना गर्ने साहस गर्न सक्तैन ।।१२।।

एवम्प्रभावो भगवाननन्तो 
         दुरन्तवीर्योरुगुणानुभावः । 
मूले रसायाः स्थित आत्मतन्त्रो 
         यो लीलया क्ष्मां स्थितये बिभर्ति ॥ १३ ॥ 

वास्तवमा वहाँको बल, गुण प्रभाव अतिशय असिमित छन । यस्ता प्रभावशाली भगवान् स्वतन्त्र हुनुुहन्छ, वहाँ रसातल मुनि रहेर सम्पूर्ण लोकको स्थितिका लागि लीलाले पृथ्वीलाई धारण गर्नुभएको हो ।।१३।।

एता ह्येवेह नृभिरुपगन्तव्या गतयो यथाकर्मविनिर्मिता यथोपदेशमनुवर्णिताः कामान् कामयमानैः ॥ १४ ॥ 

राजन् ! भोगको कमना भएका पुरुषलाई आफ्नो कर्म अनुसार प्राप्त हुने भगवान्लो रच्नु भएको यहि गति हो । यसलाई जसरी मैले गरुको मुखबाट सुनेको थिए त्यसरी नै तपाईलाई सुनाएं ।।१४।।

एतावतीर्हि राजन् पुंसः प्रवृत्तिलक्षणस्य धर्मस्य विपाकगतय उच्चावचा विसदृशा यथाप्रन्नं व्याचख्ये किमन्यत्कथयाम इति ॥ १५ ॥ 

मनिसको प्रवृत्तिरूप धर्मले त्यसको परिणाममा प्राप्त हुने जुन अनेक प्रकारका उत्तम मध्यम गतिहरू छन । त्यो यति नै हो । यसलाई तिम्रो प्रश्न अनुसार मैले सुनाइदिए । अब भन के सुनाऊँ ।।१५।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे भूविवरविध्युपवर्णनं नाम पञ्चविंशोऽध्यायः ॥ २५ ॥