श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – चतुर्विंशोऽध्यायः
श्रीशुक उवाच –
अधस्तात्सवितुर्योजनायुते स्वर्भानुर्नक्षत्रवच्चरतीत्येके योऽसावमरत्वं ग्रहत्वं चालभत भगवदनुकम्पया स्वयमसुरापसदः सैंहिकेयो ह्यतदर्हस्तस्य तात जन्मकर्माणि चोपरिष्टाद्वक्ष्यामः ॥ १ ॥
परीक्षित ! सूर्यको दस हजार योजन मुनि राहु नक्षत्र समान घुम्दछ भन्ने कसैको भनाई छ । यो राहुले भगवान्को कृपाले नै देवत्व र ग्रहत्व प्राप्त गरेको हो तर यसलें सिंहका पुत्र असुराधम हुनाले मात्रै देवत्व पद पाएको होइन यसको जन्म र कर्मको बारेमा हामी पछि वर्णन गर्दछौं ।।१।।
यददस्तरणेर्मण्डलं प्रतपतस्तद्विस्तरतो योजनायुतमाचक्षते द्वादशसहस्रं सोमस्य त्रयोदशसहस्रं राहोर्यः पर्वणि तद्व्यवधानकृद्वैरानुबन्धः सूर्याचन्द्रमसावभिधावति ॥ २ ॥
जुन यो सूर्यको अत्यन्त तातो मण्डल छ, त्यसको विस्तार दस हजार योजन वताइएको छ । यसैगरी चन्द्रमण्डलको विस्तार बाह्र हजार योजन छ तर राहुको तेह्र हजार योजन बताइएको छ । अमृत पानको समयमा राहु देवताको भेषमा सूर्य र चन्द्रमा को विचमा आएर बसेको थियो, त्यस बखत सूर्य र चन्द्रमाले यसको भेद खोलिदिएका थिए त्यसैको दुश्मनीलाई सम्झेर औंसी र पुर्णिमाको दिन उसले उनीहरूमा आक्रमण गर्दछ ।।२।।
तन्निशम्योभयत्रापि भगवता रक्षणाय प्रयुक्तं सुदर्शनं नाम भागवतं दयितमस्त्रं तत्तेजसा दुर्विषहं मुहुः परिवर्तमानमभ्यवस्थितो मुहूर्तमुद्विजमान श्चकितहृदय आरादेव निवर्तते तदुपरागमिति वदन्ति लोकाः ॥ ३ ॥
यो थाहा पएर भगवान्ले सूर्य र चन्द्रमाको रक्षाको लागि उनी दुवैको नजिक आफ्नो प्यारो अस्त्र सुदर्शन चक्रलाई नियुक्त गर्नु भयो । सुदर्शन चक्र निरन्तर घुमिरहन्छ त्यसैले राहु त्यसको असह्य तेजले छटपटाउदै र छक्क भएर एक क्षण मात्र उनिहरूको अगाडि परेर फर्किन्छ । उ जतिबेला त्यहाँ रहन्छ लोकले त्यसलाई ग्रहण भन्दछन ।।३।।
ततोऽधस्तात्सिद्धचारणविद्याधराणां सदनानि तावन्मात्र एव ॥ ४ ॥
राहुभन्दा दस हजार योजन तल सिद्ध, चारण र विद्याधर आदिको बस्ने स्थान छ ।।४।।
ततोऽधस्ताद्यक्षरक्षः पिशाचप्रेतभूतगणानांविहाराजिरमन्तरिक्षं यावद्वायुः प्रवाति यावन्मेघा उपलभ्यन्ते ॥ ५ ॥
त्यसको तल जहाँसम्म वायुको गति हुन्छ र बादल देखिन्छ त्यसलोक लाई अन्तरिक्ष लोक भनिन्छ । यस ठाँउमा यक्ष, राक्षस, पिशाच, प्रेत र भूतहरूले विहार गर्दछन ।।५।।
ततोऽ धस्ताच्छतयोजनान्तर इयं पृथिवी यावद्धंसभासश्येनसुपर्णादयः पतत्त्रिप्रवरा उत्पतन्तीति ॥ ६ ॥
शुकदेवजी भन्नुहुन्छ –
त्यसको तल सय योजन फरकमा यो पृथ्वी छ जहाँसम्म हाँस, गिद्ध, बाज र गरुड आदि चराहरू उड्न सक्छन, त्यहिँसम्म यस पृथ्वीको सीमा हो ।।६।।
उपवर्णितं भूमेर्यथासंनिवेशावस्थानमवने रप्यधस्तात् सप्त भूविवरा एकैकशो योजनायुतान्तरेणायामविस्तारेणोपक्लृप्ता अतलं वितलं सुतलं तलातलं महातलं रसातलं पातालमिति ॥ ७ ॥
पृथ्वीको विस्तार र स्थिति आदिको वर्णन त पहिलेनै भइसक्यो । यसको पनि तल अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पाताल नामको सात भू विवर ( भूगर्भस्थित लोक) छन । यो एउटाको तल दस दस हजार योजनको फरकमा रहेको छ र यसमा प्रत्येकको लम्वाई चौंडाई पनि दस दस हजार योजन नै छ ।।७।।
एतेषु हि बिलस्वर्गेषु स्वर्गादप्यधिककाम भोगैश्वर्यानन्दभूतिविभूतिभिः सुसमृद्धभवनोद्याना(
क्रीडविहारेषु दैत्यदानवकाद्रवेया नित्यप्रमुदिता नुरक्तकलत्रापत्यबन्धुसुहृदनुचरा गृहपतय ईश्वरादप्यप्रतिहतकामा मायाविनोदा निवसन्ति ॥ ८ ॥
यो पाताललोक पनि एक प्रकारको स्वर्ग नै हो । यसमा स्वर्ग भन्दा बढि विषय भोग, एश्वर्य, आनन्द, सन्तान सुख र धन सम्पत्ति छ । यहाँको वैभवपूर्ण भवन, उद्यान, र कृडास्थलमा दैत्य, दानव र नागहरू हरेक किसिमका मायामयी क्रीडाहरू गरेर रहन्छन । उनीहरू सबैले गार्हस्थ्य धर्मको पालना गर्दछन् । उनीहरूको स्त्री, पुत्र, वन्धु, वान्धव, सेवकहरू एक आपसमा प्रेम गरेर प्रसन्न भएर रहन्छन । उनीहरूको भोगमा बाधा पुर्याउन इन्द्रको पनि सामथ्र्य हुदैन ।।८।।
येषु महाराज मयेन मायाविना विनिर्मिताः पुरो नानामणिप्रवरप्रवेकविरचितविचित्रभवनप्राकार गोपुरसभाचैत्यचत्वरायतनादिभिर्नागासुर मिथुनपारावतशुकसारिकाकर्णिकृत्रिमभूमिभिर्विवरेश्वरगृहोत्तमैः समलङ्कृताश्चकासति ॥ ९ ॥
महाराज ! यी पातालमा (भू विवर) मायावी मय दानवले बनाएको अनेकौं नगरहरूको शोभाले झकमकाएका छन् । त्यहाँका सुन्दुर मणिआदिले बनाएका भवनहरू, पर्खाल, सहरका ढोकाहरू, सभाभवन, मन्दिर, ठुला ठुला आँगनले गर्दा राम्रो देखिन्छ । त्यहाँको फूलबारीमा नाग र असुरको दंपत्ति परेवा सुगा, र मैना आदि पक्षीहरू मिठो बोलीको आवाज निकालि रहन्छन । जसले गर्दा पाताल लोकको नगरको शोभा बढाउँदछ ।।९।।
उद्यानानि चातितरां मनइन्द्रियानन्दिभिः कुसुमफलस्तबकसुभगकिसलयावनतरुचिर विटपविटपिनां लताङ्गालिङ्गिताना श्रीभिः समिथुनविविधविहङ्गमजलाशयानाममलजलपूर्णानां झषकुलोल्लङ्घनक्षुभितनीरनीरजकुमुदकुवलय कह्लारनीलोत्पललोहितशतपत्रादिवनेषु कृतनिकेतनानामेकविहाराकुलमधुरविविधस्वनादिभि रिन्द्रियोत्सवैरमरलोकश्रियमतिशयितानि ॥ १० ॥
त्यहाँको सुन्दर बगैंचाले देवलोकको बगैचाको शोभालाई माथ गर्दछ । यी बगैचाहरूमा अनेक खालका रुखहरू छन । जसमा फलफूलको झुप्पा र कमलो कोपिलाको भारीले नुहि रहन्छ । जसमा अनेक किसिमका लहराहरूले बाँधिरहेका छन । त्यहाँ निर्मल जलले भरिएको अनेकौ तलाउहरू छन । त्यसको अनेक थरिका चराहरू बसेका हुन्छन । यिनीहरु खेल्दा पोखरीमा रहने माछाहरू खेल्न थाल्दा हल्लेझैं गरी यहाँको पानी हल्लिन्छ । साथै जल माथि उम्रिएको कमल, कुमुद, कुवलय, कल्हर, नीलकमल, लालकमल, र सतपत्र कमल आदि सधैं फुलिरहन्छन । यस कमलको वनमा रहने पक्षी अनेक क्रिडा कृडा गरेर अनेक किसिमका बोली बोल्दछन । जुन सुनेर मन र इन्द्रियलाई आनन्दित हुन्छ ।।१०।।
यत्र ह वाव न भयमहोरात्रादिभिः कालविभागैरुपलक्ष्यते ॥ ११ ॥
त्यहा सूर्यको प्रकाश जान सक्तैन यसैले दिन रात आदि काल विभागको पनि कुनै हुदैन र कालको भय पनि हुदैन ।।११।।
यत्र हि महाहिप्रवरशिरोमणयः सर्वं तमः प्रबाधन्ते ॥ १२ ॥
त्यहाको अन्धकारलाई ठुला ठुला नागको मस्तकमा भएको मणिले नास गर्दछन ।।१२।।
न वा एतेषु वसतां दिव्यौषधिरसरसायनान्नपानस्नानादिभिराधयो व्याधयो वलीपलित जरादयश्च देहवैवर्ण्यदौर्गन्ध्यस्वेदक्लमग्लानिरिति वयोऽवस्थाश्च भवन्ति ॥ १३ ॥
यस लोकको निविसीहरूले खाने औषधि, रस–रसायन, अन्न पान र स्नानादिका सामानहरू सबै पदार्थ दिव्य हुन्छन । यस दिव्य वस्तुको सेवनले उनीहरूलाई मानसिक या शारीरिक रोग हुदैन । तथा छाला चाउरिनु, कपाल, फुल्नु, बुढो हुनु शरीरबाट कान्ति हराउनु, शरीरबाट दुर्गन्ध आउँनु पसीना आउनु, थकाई लाग्नु अथवा सिथिलता आउनु तथा आयुको साथ शरीरको अवस्था बदलिनु आदि कुनै पनि विकार हुदैन । उनीहरू सधैं सुन्दर, स्वस्थ्य, जवान र शक्तिसम्पन्न रहन्छन ।।१३।।
न हि तेषां कल्याणानां प्रभवति कुतश्चन मृत्युर्विना भगवत्तेजसश्चक्रापदेशात् ॥ १४ ॥
ती पुण्य पुरुषको भगवान् को तेजरूप सुदर्शन चक्रले बाहेक अरु कुनै पनि सबधनबाट मृत्यु हुदैन ।।१४।।
यस्मिन् प्रविष्टेऽसुरवधूनां प्रायः पुंसवनानि भयादेव स्रवन्ति पतन्ति च ॥ १५ ॥
सुदर्शन चक्र यहाँ आउदा नै भयका कारण असुर स्त्रीहरूको गर्भस्राव र गर्भपतन हुन्छ ।।१५।।
अथातले मयपुत्रोऽसुरो बलो निवसति येन ह वा इह सृष्टाः षण्णवतिर्मायाः काञ्चनाद्यापि
मायाविनो धारयन्ति यस्य च जृम्भमाणस्य मुखतस्त्रयःस्त्रीगणा उदपद्यन्त स्त्रैरिण्यः कामिन्यः पुंश्चल्य इति या वै बिलायनं प्रविष्टं पुरुषं रसेन हाटकाख्येन साधयित्वा स्वविलासावलोकना नुरागस्मितसंलापोपगूहनादिभिः स्वैरं किल रमयन्ति यस्मिन्नुपयुक्ते पुरुष ईश्वरोऽहं सिद्धोऽहमित्ययुतमहागजबलमात्मानमभिमन्यमानः कत्थते मदान्ध इव ॥ १६ ॥
अतल लोकमा मय दानवको छोरो बल नामको असुर रहन्छ । उसले छयान्नबे प्रकारको माया रचेको छ । त्यसमा कुनु कुनै माया आज पनि मायावी पुरुषमा पाइन्छ । एकपटक उसले हाइ गर्दा उसको मुखबाट स्वैरिणी, सवर्ण र असवर्ण (केवल आफ्नो वर्णका पुरुषसित समागम गर्ने) तीन प्रकारका स्त्रिहरू उत्पन्न भए । ती त्यस लोकमा रहने पुरुषलाई नामको हाटक रस पिलाएर सम्भोग गर्नमा समर्थ बनाउँछन । र फेरी उनका साथ आफ्नो हाव भावमय हेराइ , प्रेमयुक्त मुस्कान, प्रेमका कुराहरू र आलिङ्गनादिद्वारा अनेक कृडा गर्दछन । त्यो हाटक रस पिएर मानिस मदान्ध भएर आफुलाई दस हजार हात्तिको समान बलवान सम्फेर म इश्वर हुँ म सिद्ध हुँ भन्ने संझेर अनेक बढि कुरा गर्दछ ।।१६।।
ततोऽधस्ताद्वितले हरो भगवान् हाटकेश्वरः स्वपार्षदभूतगणावृतः प्रजापतिसर्गोपबृंहणाय भवो भवान्या सह मिथुनीभूत आस्ते यतः प्रवृत्ता सरित्प्रवरा हाटकी नाम भवयोर्वीर्येण यत्र चित्रभानुर्मातरिश्वना समिध्यमान ओजसा पिबति तन्निष्ठ्यूतं हाटकाख्यंसुवर्णं भूषणेनासुरेन्द्रावरोधेषु पुरुषाः सह पुरुषीभिर्धारयन्ति ॥ १७ ॥
त्यसको तल वितल लोकमा भगवान् हाटकेश्वर नामका महादेवजी आफ्ना पार्षद भूतगणका सहित रहन्छन । ती प्रजापतिका सृष्टिको वृद्धिका लागि भवानीका साथ विहार गर्दछन । उनीहरू दुवैको वीर्यले त्यहाँ हाटकी नामको नदी वग्दछीन । त्यहाँको जल वायुले प्रज्वलित अग्नि ठुलो उत्साहले पिउँदछन । अग्नि र वायुको संयोगले निस्केको जुन हाटक नाम गरको सुन छ, त्यसबाट बनेको गहनाहरू अन्तपुरका दैत्यराजका स्त्री पुरुष सबैले लगाउँछन ।।१७।।
ततोऽधस्तात्सतले उदारश्रवाः पुण्यश्लोको विरोचनात्मजो बलिर्भगवता महेन्द्रस्य प्रियं चिकर्षिमाणेनादितेर्लब्धकायो भूत्वा बटुवामनरूपेण पराक्षिप्तलोकत्रयो भगवदनुकम्पयैव पुनः प्रवेशित इन्द्रादिष्वविद्यमानया सुसमृद्धया श्रियाभिजुष्टः स्वधर्मेणाराधयंस्तमेव भगवन्तम् आराधनीयमपगतसाध्वस आस्तेऽधुनापि ॥ १८ ॥
वितलको तल सुतल लोक छ । त्यसमा महायशस्वी पवित्र कीर्ति विरोचनका छोरा बलि बस्दछन । भगवान् इन्द्रलाई खुसि गर्नका लागि अदितिको गर्भबाट वटु–वामन रुपमा अवतीर्ण भएर वहाँले बलिको तीनै लोकलाई हरण गर्नु भएको थियो । फेरी भगवान्कै कृपाले उनको यस लोकमा बस्न पाए । यहाँ उनलाई जसरी अतुल सम्पत्ति मिल्यो, त्यस्तो ता इन्द्रादि संग पनि छैन । त्यसैले उनी उनै पूज्यतम प्रभुलाई आफ्नो धर्माचरण अनुसार आराधना गर्दै अहिले पनि निर्भयले बस्दछन ।।१८।।
नो एवैतत्साक्षात्कारो भूमिदानस्य यत्तद्भगवत्यशेषजीवनिकायानां जीवभूतात्मभूते परमात्मनि वासुदेवे तीर्थतमे पात्र उपपन्ने परया श्रद्धया परमादरसमाहितमनसा सम्प्रतिपादितस्य साक्षादपवर्गद्वारस्य यद्बिलनिलयैश्वर्यम् ॥ १९ ॥
राजन् राजा बलिले सुतललोकमा जुन ऐश्वर्य प्राप्त गरे त्यो भूमीदानका कारण मात्र होइन । उनले जीवका नियन्ता एवं आत्मस्वरूप परमात्मा भगवान् वासुदेव जस्ता पूज्यतम, पवित्रम, पात्रलाई पाएपछि उनले परम श्रद्धा र आदरका साथ आनन्द मनले जुन भूमीदान त्यो अनित्य एश्वर्य थियो हो । त्यो भूमिदान त साक्षत मोक्षको ढोका हो ।।१९।।
यस्य ह वाव क्षुतपतनप्रस्खलनादिषु विवशः सकृन्नामाभिगृणन् पुरुषः कर्मबन्धनमञ्जसा विधुनोति यस्य हैव प्रतिबाधनं मुमुक्षवोऽन्यथैवोपलभन्ते ॥ २० ॥
मानिसले भगवान्को नाम त छिउ गर्दा, लड्दा र चिप्लदा मात्र विवश भएर एकपटक नाम लिदा पनि मनुष्य सजिलै कर्मवन्धनलाई त्यागिदिन्छ । जब कि मुमुक्षुहरू यस कर्मवन्धनलाई योगसाधनादि अन्य अनेकौ उपायको आश्रयले बडो कष्टसंग पार गर्दछन ।।२०।।
तद्भक्तानामात्मवतां सर्वेषामात्मन्यात्मद आत्मतयैव ॥ २१ ॥
अतएव आफ्ना संयमी भक्त र ज्ञानीहरूलाई आत्मस्वरूप प्रदान गर्ने र सम्पूर्ण प्राणीहरूको आत्मा श्रीभगवान्को आत्मभावले सुम्पिएको भूभिदानको फल सुतललोकको राज्य हुन सक्तैन ।।२१।।
न वै भगवान्नूनममुष्यानुजग्राह यदुत पुनरात्मानुस्मृतिमोषणं मायामयभोगैश्वर्यमेवातनुतेति ॥ २२ ॥
भगवानले यदि बलिलाई उसको सर्वस्वदानको बदलामा आफ्नो विस्मृति गराउने यो मायामय भोग र ऐश्वर्य नै दिनुभएको भए उस माथि वहाँको कुनै अनुग्रह हुने थिएन ।।२२।।
यत्तद्भगवतानधिगतान्योपायेन याञ्चाच्छलेना पहृतस्वशरीरावशेषितलोकत्रयो वरुणपाशैश्च सम्प्रतिमुक्तो गिरिदर्यांचापविद्ध इति होवाच ॥ २३ ॥
जुन समय अरु कुनै उपाय नदेखेर भगवानले याचनाको छलले उसको तिनैलोकको राज्य खोस्नुभयो र केवल उसको शरीर मात्र बाँकि रहन दिनुभयो तव वरुणको पाशमा बाधेर पर्वतको कन्दरामा खसाल्दा उस्ले भनेको थियो ।।२३।।
नूनं बतायं भगवानर्थेषु न निष्णातो योऽसाविन्द्रो यस्य सचिवो मन्त्राय वृत एकान्ततो बृहस्यतिस्तमतिहाय स्वयमुपेन्द्रेणात्मानमयाचतात्मनश्चाशिषो नो एव तद्दास्यमतिगम्भीरवयसः कालस्य मन्वन्तरपरिवृत्तं कियल्लोकत्रयमिदम् ॥ २४ ॥
खेद छ यो इन्द्र ऐश्वर्यशाली विद्वान भएर पनि आफ्नो स्वार्थ साध्नमा कुशल छैन । उसले सम्मति लिनको लागि अनन्यभावले बृहस्पितिजीलाई आफेनो मन्त्रिी बनाए तापनि उनको अवहेलना गरेर विष्णुभगवान खुसि हुँदा पनि वहाँसंग दास्यभाव नमागेर उहाँद्वारा मबाट आफ्ना लागि यो भोग नै माग्यो । यो तीनलोक त केवल एक मन्वन्तर मात्र रहन्छ जुन अनन्तकालको एक अवयव मात्र हो । भगवान्को दास्यभावको अगाडि यो तुच्छ भोगको के नै मूल्य हुन्छ र ? ।।२४।।
यस्यानुदास्यमेवास्मत्पितामहः किल वव्रे न तु स्वपित्र्यं यदुताकुतोभयं पदं दीयमानं भगवतः परमिति भगवतोपरते खलु स्वपितरि ॥ २५ ॥
त्यसैले हाम्रा बाजे प्रल्हादले भगवान्को हातबाट आफ्ना पिता हिरण्यकसिपु मारिदा पनि भगबाबन्को सेवा नै वर मागेका थिए । भगवान् दिन चाहानुहुन्थ्यो तापनि त्यसबाट भगवानबाट टाढा हुने सम्झेर उनले आफ्ना पिताका निष्कण्टक राज्य लिन चाहेनन ।।२५।।
तस्य महानुभावस्यानुपथममृजितकषायः को वास्मद्विधः परिहीणभगवदनुगह उपजिगमिषतीति ॥ २६ ॥
त्यस्ता महानुभाव भगवान् को चरणको अनुसरण गर्ने संकल्प मजस्तो वासनामा लिप्त भएको र भगवद् कृपा नभएको पुरुषले कसरी प्राप्त गर्न सक्तछ ।।२६।।
तस्यानुचरितमुपरिष्टाद्विस्तरिष्यते यस्य भगवान् स्वयमखिलजगद्गुरुर्नारायणो द्वारि गदापाणिरवतिष्ठते निजजनानुकम्पितहृदयो येनाङ्गुष्ठेन पदा दशकन्धरो योजनायुतायुतं दिग्विजय उच्चाटितः ॥ २७ ॥
राजन् ! यस बलिको चरित्रको बारेमा पछि (अष्टमस्कन्धमा) बताउँदछु । आफ्ना भक्त प्रति भगवान्को हृदय दयाले भरि रहन्छ यसैले अखिल जगतका परम पूजनीय गुरु भगवान् नारायण हातमा गदा लिएर सुतल लोकमा राजा वलिको द्वारमा सधैं उपस्थित हुनुहुन्छ । एक पटक दिग्विजय गरेर घमण्डि भएको राजा रावण त्यहाँ पुगेको थियो त्यहाँ भगवान्ले उसलाई आफ्नो खुट्टाको औंलाले हानेर लाखौं योजन पर फ्याकिदिनु भयो ।।२७।।
ततोऽधस्तात्तलातले मयो नाम दानवेन्द्रस्त्रिपुराधिपतिर्भगवता पुरारिणा त्रिलोकीशं
चिकीर्षुणा निर्दग्धस्वपुरत्रयस्तत्प्रसादाल्लब्धपदो मायाविनामाचार्यो महादेवेन परिरक्षितो विगतसुदर्शनभयो महीयते ॥ २८ ॥
सुतललोक भन्दा तल तलालत छ । त्यहाँ त्रिपुराधिपति दानवराज मय बस्दछ । पहिले तीनै लोकलाई शान्ति प्रदान गर्नका निम्ति शंकर भगवान्ले उसको तीनै पुर भष्म गरिदिनु भएको थियो । फेरी वहाँकै कृपाले उसलाई यो स्थान मिल्यो । त्यो मायाविहरूको परम गुरु हो र महादेवजी द्वारा सुरक्षित छ । यसैले उसलाई सुदर्शन चक्रको पनि डर छैन । त्यहँका निवासी उसलाई धेरै आदर गर्दछन ।।२८।।
ततोऽधस्तान्महातले काद्रवेयाणां सर्पाणां नैकशिरसां क्रोधवशो नाम गणः कुहकतक्षककालियसुषेणादिप्रथाना महाभोगवन्तः पतत्विराजाधिपतेः पुरुषवाहादनवरतमुद्विजमानाः स्वकलत्रापत्यसुहृत्कुटुम्बसङ्गेन क्वचित्प्रमत्ता विहरन्ति ॥ २९ ॥
यसको मुनि महातलमा कद्रुबाट उत्पन्न भएको अनेक टाउका भएका सर्पका क्रोधवश नामका सर्पका बथानहरू रहन्छन । उनीहरूका ठुलाठुला फणा भएका कुहक, तक्षक, कालिय, र सुषेण आदि मुख्य छन । यिनीहरू सधै भगवान्को वाहन पक्षिराज गरुडजीबाट डराउँदछन तापनि कहिले कहिं आफ्ना स्त्री पुत्र , मित्र र कुटुम्बसंग मस्त भएर विहार गर्दछन ।।२९।।
ततोऽधस्ताद्रसातले दैतेया दानवाः पणयो नामनिवातकवचाः कालेया हिरण्यपुरवासिन इति विबुधप्रत्यनीका उत्पत्त्या महौजसो महासाहसिनो भगवतः सकललोकानुभावस्य हरेरेव तेजसा प्रतिहतबलावलेपा बिलेशया इव वसन्ति ये वै सरमयेन्द्रदूत्या वाग्भिर्मन्त्रवर्णाभिरिन्द्राद् बिभ्यति ॥ ३० ॥
त्यसको तल रसातलमा पणि नामका दैत्य र दानव रहन्छन यिनलाई निवातकवच, कालेय र हिरण्यपुरवासी भनि कहलाईन्छन । यिनीहरूको देवताहरूमा विरोध छ । यिनीहरू जन्मदै ठुला वलाबान र साहसी हुन्छन तर जसको प्रभाव सम्पूर्ण लोकमा फैलिएको छ । उनै श्रीहरिको तेजले बलहरू चुर्ण हुनाले यी सर्पको समान मुख लुकाएर रहन्छन । तथा इन्द्रकी दुती सरमाले भनेको मन्त्र वाक्यका कारण सधैं इन्द्रदेखि डराउँदछन ।।३०।।
ततोऽधस्तात्पाताले नागलोकपतयो वासुकिप्रमुखाः शङ्खकुलिकमहाशङ्खश्वेतधनञ्जय( धृतराष्ट्रशङ्खचूडकम्बलाश्वतरदेवदत्तादयो महाभोगिनो महामर्षा निवसन्ति येषामु ह वै पञ्चसत्कदशशतसहस्रशीर्षाणां फणासु विरचिता महामणयो रोचिष्णवः पातालविवरतिमिरनिकरं स्वरोचिषा विधमन्ति ॥ ३१ ॥
रसातल भन्दा मुनि पाताल छ । त्यहाँ शंख, कुलिक, महाशंख, श्वेत, धनन्जय, धृतराष्ट्र्, शंखचुण, कम्बल, अश्वतर, र देवदत्त आदि धेरै रिसाह ठुलाठुला फणा भएका नाग रहन्छन । यीनमा वासुकि प्रधान छन । उनीहरूमा कसैको पाँच, कसैको सात, कसैको दस कसैको सय र कसैको हजार सिर छन । उनीहरूको फणाको चम्किलो तेज भएको मणिहरू आफ्नो प्रकाशले पातलको सबै अन्धकारलाई नाश गर्दछन ।।३१।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
पञ्चमस्कन्धे राह्वादिस्थितिबिलस्वर्गमर्यादानिरूपणं नाम चतुर्विशोऽध्यायः ॥ २४ ॥