/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमः स्कंधः – द्विचत्वारिंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – द्विचत्वारिंशोऽध्यायः


शुक उवाच
अथ व्रजन् राजपथेन माधवः
स्त्रियं गृहीताङ्‌गविलेपभाजनाम् ।
विलोक्य कुब्जां युवतीं वराननां
पप्रच्छ यान्तीं प्रहसन् रसप्रदः ॥ १ ॥
नेपाली भावानुवादः हे राजन्! भगवान् श्रीकृष्ण राजमार्गमा हिँडिरहनुभएको बेला हातमा अङ्गराग (चन्दन) को पात्र लिएर गइरहेकी एक सुन्दरी युवतीलाई देख्नुभयो । उनको मुखाकृति अत्यन्त सुन्दर भए पनि शरीर भने कुप्रो थियो, त्यसैले उनलाई 'कुब्जा' भनिन्थ्यो । रस प्रदान गर्ने प्रभुले उनलाई देखेर हाँस्दै सोध्नुभयो ।। १ ।।
 
का त्वं वरोर्वेतदु हानुलेपनं
    कस्याङ्‌गने वा कथयस्व साधु नः ।
देह्यावयोरङ्‌गविलेपमुत्तमं
    श्रेयस्ततस्ते नचिराद् भविष्यति ॥ २ ॥
नेपाली भावानुवादः हे सुन्दरी! तिमी को हौ? यो उत्तम चन्दन कसका लागि लैजाँदै छौ? यो कुरा हामीलाई स्पष्टसँग भन । यो लेपन हामीलाई पनि देऊ, यसबाट तिम्रो छिट्टै परम कल्याण हुनेछ ।। २ ।।
 
सैरन्ध्रि उवाच
दास्यस्म्यहं सुन्दर कंससम्मता
    त्रिवक्रनामा ह्यनुलेपकर्मणि ।
मद्भासवितं भोजपतेरतिप्रियं
    विना युवां कोऽन्यतमस्तदर्हति ॥ ३ ॥
नेपाली भावानुवादः कुब्जाले भनिन्हे सुन्दर! म कंसकी प्यारी दासी हुँ । चन्दन तयार गर्ने काममा म सिपालु भएकाले राजाले मलाई रुचाउनुहुन्छ । मेरो शरीर तीन ठाउँमा कुप्रेको हुनाले मेरो नाम 'त्रिवक्रा' रहन गएको हो । मैले बनाएको अङ्गराग भोजराज कंसलाई अति प्रिय लाग्छ । तपाईँहरू जस्ता रूपवान् बाहेक अरू को नै यसको योग्य हुन सक्छ र? (अर्थात् तपाईँहरू नै यसका लागि योग्य हुनुहुन्छ) ।। ३ ।।
 
रूपपेशलमाधुर्यहसितालापवीक्षितैः ।
धर्षितात्मा ददौ सान्द्रमुभयोरनुलेपनम् ॥ ४ ॥
नेपाली भावानुवादः भगवान्‌को मनोहर रूप, सौन्दर्य, सुकुमारता, मधुरता, मन्द मुस्कान र प्रेमपूर्ण दृष्टिले ती सुन्दरीको चित्त मोहित भयो । उनले दुवै दाजुभाइलाई प्रचुर मात्रामा उत्तम अङ्गराग प्रदान गरिन् ।। ४ ।।
 
ततस्तावङ्‌गरागेण स्ववर्णेतरशोभिना ।
सम्प्राप्तपरभागेन शुशुभातेऽनुरञ्जितौ ॥ ५ ॥
नेपाली भावानुवादः त्यसपछि आफ्नो शरीरको वर्णभन्दा विपरीत रङ्गको लेपनद्वारा अनुलेपित हुनुभएका ती दुवै दाजुभाइ अत्यन्त शोभायमान देखिनुभयो । श्रीकृष्ण र बलरामजीले एकअर्काको शरीरमा उज्यालो र कान्तिमय देखिने गरी चन्दन लगाउनुभयो ।। ५ ।।
 
प्रसन्नो भगवान् कुब्जां त्रिवक्रां रुचिराननाम् ।
ऋज्वीं कर्तुं मनश्चक्रे दर्शयन् दर्शने फलम् ॥ ६ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान् श्रीकृष्णले ती सुन्दरी त्रिवक्राप्रति प्रसन्न भएर आफ्नो दर्शनको फल देखाउनका लागि उनलाई सीधा (कुप्रोपन हटाउन) बनाउने विचार गर्नुभयो ।। ६ ।।
 
पद्भ्याकमाक्रम्य प्रपदे द्व्यङ्‌गुल्युत्तान पाणिना ।
प्रगृह्य चिबुकेऽध्यात्ममुदनीनमदच्युतः ॥ ७ ॥
नेपाली भावानुवादः अच्युत भगवान्‌ले आफ्ना दुवै पाउले उनका खुट्टाका औँलाहरूलाई थिच्नुभयो र हातका दुईवटा औँलाले चिउँडोमा समातेर उनलाई माथितिर उठाउनुभयो ।। ७ ।।
 
सा तदर्जुसमानाङ्‌गी बृहच्छ्रोणिपयोधरा ।
मुकुन्दस्पर्शनात् सद्यो बभूव प्रमदोत्तमा ॥ ८ ॥
नेपाली भावानुवादः मुकुन्दको स्पर्श हुनासाथ उनको शरीर सीधा र सुगठित भयो । उनी विशाल नितम्ब र वक्षस्थल भएकी एक परम सुन्दरीमा परिणत भइन् ।। ८ ।।
 
ततो रूपगुणौदार्यसंपन्ना प्राह केशवम् ।
उत्तरीयान्तमकृष्य स्मयन्ती जातहृच्छया ॥ ९ ॥
नेपाली भावानुवादः तसर्थ, रूप र गुणले सम्पन्न भएकी ती सुन्दरीको हृदयमा कामभाव जागृत भयो । उनले केशवको उत्तराीय (पछ्यौरी) को सप्को समातेर मुसुक्क हाँस्दै भन्न लागिन् ।। ९ ।।
 
एहि वीर गृहं यामो न त्वां त्यक्तुमिहोत्सहे ।
त्वयोन्मथितचित्तायाः प्रसीद पुरुषर्षभ ॥ १० ॥
नेपाली भावानुवादः हे वीर! आउनुहोस्, मेरो घरमा जाऔँ । म तपाईँलाई यहाँ छाडेर जान सक्दिनँ । हे पुरुषोत्तम! तपाईँले मेरो चित्त हरण गर्नुभएको छ, ममाथि प्रसन्न हुनुहोस् ।। १० ।।
 
एवं स्त्रिया याच्यमानः कृष्णो रामस्य पश्यतः ।
मुखं वीक्ष्यानुगानां च प्रहसन्तामुवाच ह ॥ ११ ॥
नेपाली भावानुवादः बलरामजी र अन्य गोठालो साथीहरूले हेरिरहेकै अवस्थामा ती स्त्रीले यसरी आग्रह गर्दा श्रीकृष्णले आफ्ना साथीहरूको मुख हेरेर हाँस्दै उनलाई भन्नुभयो ।। ११ ।।
 
एष्यामि ते गृहं सुभ्रु पुंसामाधिविकर्शनम् ।
साधितार्थोऽगृहाणां नः पान्थानां त्वं परायणम् ॥ १२ ॥
नेपाली भावानुवादः हे सुन्दरी! म आफ्नो काम सिद्ध गरेपछि तिम्रो घरमा अवश्य आउनेछु, जसले पुरुषहरूको मानसिक कष्ट निवारण गर्छ । हामी जस्ता घरबारविहीन बटुवाहरूका लागि तिमी नै त आश्रय हौ ।। १२ ।।
 
विसृज्य माध्व्या वाण्या तां व्रजन् मार्गे वणिक्पथैः ।
नानोपायनताम्बूलस्रग्गन्धैः साग्रजोऽर्चितः ॥ १३ ॥
नेपाली भावानुवादः यसरी मधुर वाणीले उनलाई बिदा गरी श्रीकृष्ण अगाडि बढ्नुभयो । बजारको बाटो भएर जाँदा व्यापारीहरूले उपहार, पान, माला र सुगन्धित द्रव्यहरूद्वारा दुवै दाजुभाइको भव्य सत्कार गरे ।। १३ ।।
 
तद्दर्शनस्मरक्षोभादात्मानं नाविदन् स्त्रियः ।
विस्रस्तवासःकबरवलया लेख्यमूर्तयः ॥ १४ ॥
नेपाली भावानुवादः भगवान्‌को दर्शनबाट उत्पन्न कामवेगले मथुराका नारीहरू यति भावविभोर भए कि उनीहरूले आफ्नो शरीरको होस समेत राखेनन् । उनीहरूका वस्त्र, केश र चुराहरू अस्तव्यस्त भए र उनीहरू चित्रमा कोरिएका मूर्ति झैँ टुलुटुलु हेरिरहे ।। १४ ।।
 
ततः पौरान् पृच्छमानो धनुषः स्थानमच्युतः ।
तस्मिन् प्रविष्टो ददृशे धनुरैन्द्रमिवाद्भुतम् ॥ १५ ॥
नेपाली भावानुवादः त्यसपछि नगरवासीहरूसँग धनुष यज्ञ हुने स्थान सोध्दै भगवान् अच्युत त्यहाँ प्रवेश गर्नुभयो र इन्द्रधनुष जस्तै अद्भुत र विशाल धनुष देख्नुभयो ।। १५ ।।
 
पुरुषैर्बहुभिर्गुप्तमर्चितं परमर्द्धिमत् ।
वार्यमाणो नृभिः कृष्णः प्रसह्य धनुराददे ॥ १६ ॥
नेपाली भावानुवादः धेरै रक्षकहरूद्वारा सुरक्षित, पूजित र बहुमूल्य रत्नहरूले जडित त्यस धनुषलाई रक्षकहरूले रोक्दा-रोक्दै पनि श्रीकृष्णले बलपूर्वक समात्नुभयो ।। १६ ।।
 
करेण वामेन सलीलमुद्‌धृतं
    सज्यं च कृत्वा निमिषेण पश्यताम् ।
नृणां विकृष्य प्रबभञ्ज मध्यतो
    यथेक्षुदण्डं मदकर्युरुक्रमः ॥ १७ ॥
नेपाली भावानुवादः जसरी मत्त हात्तीले उखुको लाँक्रोलाई सजिलै भाँच्छ, त्यसरी नै उरुक्रम भगवान्‌ले सबैले हेरिरहेकै अवस्थामा देव्रे हातले खेल झैँ त्यो धनुष उठाउनुभयो र ताँदो चढाएर बीचैबाट दुई टुक्रा पारिदिनुभयो ।। १७ ।।
 
धनुषो भज्यमानस्य शब्दः खं रोदसी दिशः ।
पूरयामास यं श्रुत्वा कंसस्त्रासमुपागमत् ॥ १८ ॥
नेपाली भावानुवादः त्यो धनुष भाँचिँदा भएको भयानक आवाजले आकाश, पृथ्वी र सबै दिशा गुञ्जयमान भए । यो शब्द सुनेर कंसको मनमा अत्यन्त डर पैदा भयो ।। १८ ।।
 
तद्‌रक्षिणः सानुचरं कुपिता आततायिनः ।
गृहीतुकामा आवव्रुर्गृह्यतां वध्यतामिति ॥ १९ ॥
नेपाली भावानुवादः धनुषका रक्षकहरू क्रोधित भएर "यसलाई समात, यसलाई मार" भन्दै अस्त्र-शस्त्रसहित श्रीकृष्ण र बलरामलाई घेर्न आए ।। १९ ।।
 
अथ तान् दुरभिप्रायान् विलोक्य बलकेशवौ ।
क्रुद्धौ धन्वन आदाय शकले तांश्च जघ्नतुः ॥ २० ॥
नेपाली भावानुवादः उनीहरूको दुष्ट मनसाय बुझेर बलराम र श्रीकृष्णले त्यही भाँचिएको धनुषका दुई टुक्रा हातमा लिएर ती आततायीहरूलाई प्रहार गरी संहार गर्नुभयो ।। २० ।।
 
बलं च कंसप्रहितं हत्वा शालामुखात्ततः ।
निष्क्रम्य चेरतुर्हृष्टौ निरीक्ष्य पुरसम्पदः ॥ २१ ॥
नेपाली भावानुवादः कंसद्वारा पठाइएका सैनिकहरूको विनाश गरी उहाँहरू रङ्गशालाको मूल ढोकाबाट बाहिर निस्कनुभयो र प्रसन्न मुद्रामा मथुरा नगरीको शोभा हेर्दै घुम्न थाल्नुभयो ।। २१ ।।
 
तयोस्तदद्भुचतं वीर्यं निशाम्य पुरवासिनः ।
तेजः प्रागल्भ्यं रूपं च मेनिरे विबुधोत्तमौ ॥ २२ ॥
नेपाली भावानुवादः उहाँहरूको त्यो अद्भुत पराक्रम, ओज, साहस र सौन्दर्य देखेर नगरवासीहरूले यी दुवै दाजुभाइ निश्चय नै श्रेष्ठ देवता हुन् भन्ने विश्वास गरे ।। २२ ।।
 
तयोर्विचरतोः स्वैरमादित्योऽस्तमुपेयिवान् ।
कृष्णरामौ वृतौ गोपैः पुराच्छकटमीयतुः ॥ २३ ॥
नेपाली भावानुवादः यसरी इच्छाअनुसार नगर सयर गर्दागर्दै सूर्यास्त भयो । श्रीकृष्ण र बलराम गोपबालकहरूका साथ नगरबाहिर आफ्ना गाडाहरू राखिएको ठाउँमा फर्किनुभयो ।। २३ ।।
 
गोप्यो मुकुन्दविगमे विरहातुरा या
    आशासताशिष ऋता मधुपुर्यभूवन् ।
संपश्यतां पुरुषभूषणगात्रलक्ष्मीं
    हित्वेतरान् नु भजतश्चकमेऽयनं श्रीः ॥ २४ ॥
नेपाली भावानुवादः श्रीकृष्ण ब्रजबाट हिँड्दा विरहले व्याकुल गोपिनीहरूले मथुरावासीहरूको सौभाग्यका बारेमा जे-जस्तो कल्पना गरेका थिए, भगवान्‌को दर्शन पाएकाले ती सबै कुरा अहिले सत्य सावित भए । किनभने जो पुरुषहरूका भूषण हुनुहुन्छ र जसलाई प्राप्त गर्न लक्ष्मीले अरू सबै आश्रय छाड्नुभयो, उहाँलाई नै प्रत्यक्ष देख्न पाउनु ठूलो सौभाग्य हो ।। २४ ।।
 
अवनिक्ताङ्‌घ्रियुगलौ भुक्त्वा क्षीरोपसेचनम् । ऊषतुस्तां सुखं रात्रिं ज्ञात्वा कंसचिकीर्षितम् ॥ २५ ॥
नेपाली भावानुवादः त्यसपछि हात-पाउ धोएर
 श्रीकृष्ण र बलरामले दूधका परिकार (खिर आदि) भोजन गर्नुभयो र कंसको आगामी योजनाका बारेमा जानेर त्यो रात सुखपूर्वक विश्राम गर्नुभयो ।। २५ ।।
 
कंसस्तु धनुषो भङ्‌गं रक्षिणां स्वबलस्य च ।
वधं निशम्य गोविन्दरामविक्रीडितं परम् ॥ २६ ॥
दीर्घप्रजागरो भीतो दुर्निमित्तानि दुर्मतिः ।
बहून्यचष्टोभयथा मृत्योर्दौत्यकराणि च ॥ २७ ॥
नेपाली भावानुवादः धनुष भाँचिएको र आफ्ना सैनिकहरूको वध भएको खबर सुनेर दुर्मति कंस अत्यन्त भयभीत भयो । श्रीकृष्ण र बलरामको लीला सम्झेर उसलाई रातभर निन्द्रा लागेन । उसले ब्युँझँदा र सपनामा पनि मृत्युका सूचक अनेकौँ अपशकुनहरू देख्न थाल्यो ।। २६-२७ ।।
 
अदर्शनं स्वशिरसः प्रतिरूपे च सत्यपि ।
असत्यपि द्वितीये च द्वैरूप्यं ज्योतिषां तथा ॥ २८ ॥
नेपाली भावानुवादः उसले जल वा ऐनामा आफ्नो प्रतिबिम्ब त देख्यो तर त्यसमा टाउको देखेन । त्यस्तै, एउटा मात्र चन्द्रमा र ताराहरू भए पनि उसले आकाशमा दुई-दुईवटा देख्न थाल्यो ।। २८ ।।
 
छिद्रप्रतीतिश्छायायां प्राणघोषानुपश्रुतिः ।
स्वर्णप्रतीतिर्वृक्षेषु स्वपदानामदर्शनम् ॥ २९ ॥
नेपाली भावानुवादः कंसले आफ्नो छायामा प्वालहरू देख्न थाल्यो र कान थुन्दा सुनिने प्राणको ध्वनिसमेत सुन्न छाड्यो । उसलाई रूखहरू सुन जस्तै पहेँला देखिन थाले र हिँड्दा बालुवा वा हिलोमा आफ्ना पाइलाका छापहरू देख्न छाड्यो ।। २९ ।।
 
स्वप्ने प्रेतपरिष्वङ्‌गः खरयानं विषादनम् ।
यायान्नलदमाल्येकस्तैलाभ्यक्तो दिगम्बरः ॥ ३० ॥
नेपाली भावानुवादः सपनामा उसले आफूलाई प्रेतहरूले अङ्कमाल गरेको, गधामा चढेर हिँडेको र विष पिएको देख्यो । त्यस्तै, जटामसीको माला लगाएर शरीरभरि तेल घसी निर्वस्त्र भई एक्लै हिँडिरहेको पनि देख्यो ।। ३० ।।
 
अन्यानि चेत्थं भूतानि स्वप्नजागरितानि च ।
पश्यन् मरणसन्त्रस्तो निद्रां लेभे न चिन्तया ॥ ३१ ॥
नेपाली भावानुवादः यसरी सपना र विपना दुवै अवस्थामा मृत्युका भयानक संकेतहरू देखेर ऊ मरणान्त त्रासले व्याकुल भयो र चिन्ताका कारण रातभर सुत्न सकेन ।। ३१ ।।
 
व्युष्टायां निशि कौरव्य सूर्ये चाद्भ्यः समुत्थिते ।
कारयामास वै कंसो मल्लक्रीडामहोत्सवम् ॥ ३२ ॥
नेपाली भावानुवादः हे कुरुनन्दन परीक्षित! रात बितेर बिहान सूर्योदय भएपछि कंसले मल्लक्रीडा (कुस्ती) महोत्सव सुरु गर्न आज्ञा दियो ।। ३२ ।।
 
आनर्चुः पुरुषा रङ्‌गं तूर्यभेर्यश्च जघ्निरे ।
मञ्चाश्चालङ्‌कृताः स्रग्भिः पताकाचैलतोरणैः ॥ ३३ ॥
नेपाली भावानुवादः सेवकहरूले रङ्गभूमिलाई सुन्दर ढंगले सजाए । भेरी, दमाहा आदि बाजाहरू बज्न थाले । दर्शक बस्ने मञ्चहरूलाई फूलमाला, ध्वजा, पताका र तोरणहरूले भव्य रूपमा सिँगारियो ।। ३३ ।।
 
तेषु पौरा जानपदा ब्रह्मक्षत्रपुरोगमाः ।
यथोपजोषं विविशू राजानश्च कृतासनाः ॥ ३४ ॥
नेपाली भावानुवादः ती मञ्चहरूमा ब्राह्मण, क्षत्रिय आदि नगरवासी र गाउँलेहरू आआफ्नो मर्यादाअनुसार बसे । अन्य राजाहरू पनि आआफ्ना आसनमा विराजमान भए ।। ३४ ।।
 
कंसः परिवृतोऽमात्यै राजमञ्च उपाविशत् ।
मण्डलेश्वरमध्यस्थो हृदयेन विदूयता ॥ ३५ ॥
नेपाली भावानुवादः राजा कंस पनि मन्त्री र सामन्तहरूका साथ राजमञ्चमा आएर बस्यो । तर, अनेक अपशकुनका कारण उसको मन भित्रभित्रै जलिरहेको थियो ।। ३५ ।।
 
वाद्यमानेषु तूर्येषु मल्लतालोत्तरेषु च । म
ल्लाः स्वलङ्‌कृताः दृप्ताः सोपाध्यायाः समाविशन् ॥ ३६ ॥
नेपाली भावानुवादः बाजाहरू घन्किन थालेपछि र मल्लहरूले ताल ठोकेपछि गर्वले भरिएका पहलवानहरू आफ्ना गुरुहरूसहित अखाडामा प्रवेश गरे ।। ३६ ।।
 
चाणूरो मुष्टिकः कूतः शलस्तोशल एव च ।
त आसेदुरुपस्थानं वल्गुवाद्यप्रहर्षिताः ॥ ३७ ॥
नेपाली भावानुवादः चाणूर, मुष्टिक, कूट, शल र तोसल जस्ता मुख्य मल्लहरू बाजाको ध्वनिले उत्साहित हुँदै अखाडाको नजिक आएर बसे ।। ३७ ।।
 
नन्दगोपादयो गोपा भोजराजसमाहुताः ।
निवेदितोपायनास्ते एकस्मिन् मञ्च आविशन् ॥ ३८ ॥
नेपाली भावानुवादः राजा कंसले बोलाएका हुनाले नन्द आदि गोपहरूले पनि त्यहाँ पुगेर राजालाई उपहारहरू अर्पण गरे र आफूहरूका लागि छुट्याइएको मञ्चमा गएर बसे ।। ३८ ।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे पूर्वार्धे मल्लरङ्गोपवर्णनं नाम द्विचत्वारिंशोऽध्यायः ।। ४२ ।।
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्‌भागवत महापुराणको दशम स्कन्धको ४२ औँ अध्यायमा भगवान् श्रीकृष्ण र बलरामको मथुरा प्रवेशपछिका अत्यन्तै रोचक र महत्त्वपूर्ण घटनाक्रमहरूको वर्णन गरिएको छ । यस अध्यायको सुरुवात श्रीकृष्णले बाटोमा कुब्जा (त्रिवक्रा) सँग भेट गर्नुभएको प्रसङ्गबाट हुन्छ । भगवान्‌ले कुब्जासँग चन्दन माग्नुभयो र उनले भक्तिपूर्वक श्रीकृष्ण र बलरामलाई सुगन्धित अङ्गराग अर्पण गरिन् । उनको निस्वार्थ सेवाबाट प्रसन्न भएर भगवान्‌ले उनको कुप्रो शरीरलाई स्पर्श गरी पूर्ण रूपमा सीधा र सुन्दरी बनाइदिनुभयो । यो घटनाले भगवान्‌को शरणमा जाने भक्तको बाह्य र आन्तरिक दुवै विकृतिहरू नाश हुन्छन् भन्ने सन्देश दिन्छ ।

त्यसपछि भगवान् श्रीकृष्ण मथुराको बजारमा घुम्दै गर्दा नगरवासीहरूले उहाँको दिव्य रूपको दर्शन गरेर धन्य महसुस गरे । भगवान् नगरका विभिन्न स्थानहरू हेर्दै धनुष यज्ञ हुने रङ्गशालामा पुग्नुभयो । त्यहाँ राखिएको विशाल र भारी इन्द्रधनुष सदृश धनुषलाई श्रीकृष्णले कसैले सोच्नै नसक्ने गरी सजिलै उचाल्नुभयो र ताँदो चढाएर बीचैबाट भाँचिदिनुभयो । यो घटनाले कंसको शक्ति र घमण्डलाई ठूलो चुनौती दिएको थियो । धनुष भाँचिँदाको आवाज यति भयानक थियो कि त्यसले कंसको हृदयमा मृत्युको भय उत्पन्न गरिदियो ।

धनुष भाँचिएपछि त्यहाँका रक्षकहरूले श्रीकृष्ण र बलरामलाई आक्रमण गरेतर दुवै दाजुभाइले त्यही धनुषका टुक्राहरूले ती आततायी सैनिकहरूको संहार गर्नुभयो । त्यसपछि उहाँहरू आनन्दपूर्वक मथुराको शोभा हेर्दै आफ्नो शिविरमा फर्किनुभयो । यता कंस भने अत्यन्तै चिन्तित र डराएको अवस्थामा पुग्यो । उसले ब्युँझँदा र सपनामा पनि मृत्युका अनेकौँ अपशकुनहरू देख्न थाल्योजस्तै ऐनामा आफ्नो टाउको नदेख्नुदुईवटा चन्द्रमा देख्नु र प्रेतहरूसँग भेट्नु । यी लक्षणहरूले उसको अन्त्य नजिकै छ भन्ने संकेत गर्थे । अन्त्यमाबिहान भएपछि कंसले रङ्गभूमिमा मल्लयुद्धको आयोजना गर्‍योजहाँ चाणूर र मुष्टिक जस्ता शक्तिशाली मल्लहरू तयार थिए । नन्द बाबा र अन्य गोपहरूले पनि उपहारसहित त्यहाँ उपस्थित भएर यस अध्यायको समापन हुन्छ । यो अध्यायले कंसको अन्त्यको पूर्वसन्ध्या र भगवान्‌को ऐश्वर्यलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।

 

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो छ । कुब्जाको प्रसङ्गले जीवको 'त्रिवक्रअर्थात् कामक्रोध र लोभ जस्ता मानसिक कुप्रोपनलाई भगवान्‌को कृपाले मात्र सीधा गर्न सकिन्छ भन्ने दर्शाउँछ । भगवान्‌को स्पर्शले कुब्जा सुन्दरी हुनु भनेको भक्तिले आत्माको मलिनाता पखाल्नु हो । धनुष भाँचिनु भनेको अहंकार र अज्ञानको प्रतीक रूपी शिवधनुष वा संसारी बन्धनको अन्त्य हो । कंसले देखेका अपशकुनहरूले यो देखाउँछन् कि जब व्यक्ति अधर्मको बाटोमा लाग्छउसको विवेक नष्ट हुन्छ र उसले जताततै आफ्नो विनाश मात्र देख्छ । यहाँ चन्दन अर्पण गर्ने कुब्जा र रक्षकहरूको व्यवहारले भक्ति र आसुरी प्रवृत्तिको भिन्नतालाई प्रष्ट पारेको छ । भगवान्‌को दर्शन र स्पर्शले मात्रै पनि जीवले परम गति प्राप्त गर्न सक्छ भन्ने यसको मुख्य दर्शन हो ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...