#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – द्विचत्वारिंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण

दशमः स्कंधः – द्विचत्वारिंशोऽध्यायः

शुक उवाच –
(मिश्र)
अथ व्रजन् राजपथेन माधवः
     स्त्रियं गृहीताङ्‌गविलेपभाजनाम् ।
विलोक्य कुब्जां युवतीं वराननां
     पप्रच्छ यान्तीं प्रहसन् रसप्रदः ॥१॥

हे राजन ! भगवान श्री कृष्ण राजमार्गमा जानुभएको बेलामा उहाँले सुन्दर अनुहार भएकी एउटी तरुणी आइमाईलाई देख्नुभयो तिनको मुख राम्रो भएपनि शरीर कुप्रो थियो त्यसैले उनलाई कब्जा भनेर भन्दथे । तिनलाई देखेर भगवानले हाँसेर भन्नुभयो ।।१।। 
का त्वं वरोर्वेतदु हानुलेपनं
     कस्याङ्‌गने वा कथयस्व साधु नः ।
देह्यावयोरङ्‌गविलेपमुत्तमं
     श्रेयस्ततस्ते नचिराद् भविष्यति ॥२॥

हे सुन्दरी ! तिमी को हौ ? तिमीले यो चन्दन कसका लागि लैजान लागेकी हौ ? यो कुरा सबै मलाई बताउ तिमीले यो उत्तम चन्दन हामीलाई पनि देउ त्यसो गर्यौ भने तिम्रो पनि परम कल्याण हुनेछ ।।२।। 
सैरन्ध्रि उवाच –
दास्यस्म्यहं सुन्दर कंससम्मता
     त्रिवक्रनामा ह्यनुलेपकर्मणि ।
मद्भासवितं भोजपतेरतिप्रियं
     विना युवां कोऽन्यतमस्तदर्हति ॥३॥

कुब्जाले भनिन् हे सुन्दर बालक ! म कंशकी प्यारी दासी हुँ । म कंशका शरीरमा घस्नको लागि चन्दन तयार गर्दछु । शरीर तीन ठाउँमा कुप्रेको हुनाले मेरो नाम त्रिविका हुनगयो । मैले घोटेको चन्दन भोजराज कंशलाई धेरै मन पर्दछ  । म हजुरहरूलाई पनि यो चन्दन दिन सक्नेछु ।।३।। 
(अनुष्टुप्)
रूपपेशलमाधुर्यहसितालापवीक्षितैः ।
धर्षितात्मा ददौ सान्द्रमुभयोरनुलेपनम् ॥४॥

भगवानको रूप, सौन्दर्य, सुकुमारता, मधुरता, मन्द मुस्कान सहितको मनोहर हेराइले चित्त मोहित भएकीले त्रिविकाले त्यो सुन्दर चन्दन भगवानलाई दिइन् ।।४।।
ततस्तावङ्‌गरागेण स्ववर्णेतरशोभिना ।
सम्प्राप्तपरभागेन शुशुभातेऽनुरञ्जितौ ॥५॥

त्यसपछि भगवान श्रीकृष्णले आफ्नो शरीरको नाभि माथि पहेँलो रङ्गको लगाउनुभयो  । त्यसैगरी बलरामजीले पनि फरक रङ्गको चन्दन लगाएर उहाँहरु धेरै शोभयमान देखिनुभयो ।।५।।
प्रसन्नो भगवान् कुब्जां त्रिवक्रां रुचिराननाम् ।
ऋज्वीं कर्तुं मनश्चक्रे दर्शयन् दर्शने फलम् ॥६॥

त्यसपछि भगवान प्रसन्न भएर ती राम्रो अनुहार भएकी बाङ्गी कब्जालाई सिधा बनाउने विचार गर्नुभयो ।।६।।
पद्भ्याकमाक्रम्य प्रपदे द्व्यङ्‌गुल्युत्तान पाणिना ।
प्रगृह्य चिबुकेऽध्यात्ममुदनीनमदच्युतः ॥७॥

उहाँले आफ्नो पाउले कुब्जाको पैतालालाई थिच्नुभयो र माथि उचाली राखेको हातका दुईवटा औंलामा उनको चिउडो अढ्याएर उनको शरीरलाई अलिकता तन्काइदिनुभयो ।।७।।
सा तदर्जुसमानाङ्‌गी बृहच्छ्रोणिपयोधरा ।
मुकुन्दस्पर्शनात् सद्यो बभूव प्रमदोत्तमा ॥८॥

भगवानको यसरी स्पर्श हुनासाथ बाङ्गिएको उनको शरीर सोझो र एकनासको भयो र अनि एउटी परम सुन्दरी बनिन ।।८।।
ततो रूपगुणौदार्यसंपन्ना प्राह केशवम् ।
उत्तरीयान्तमकृष्य स्मयन्ती जातहृच्छया ॥९॥

त्यसपछि रूप र गुण पाउनाले उनको हृदयमा प्रेम उत्पन्न भयो र भगवानलाई प्राप्त गर्ने इच्छाले उनले उपर्ना टुप्पो समातेर हाँस्दै भन्न लागिन् ।।९।। 
एहि वीर गृहं यामो न त्वां त्यक्तुमिहोत्सहे ।
त्वयोन्मथितचित्तायाः प्रसीद पुरुषर्षभ ॥१०॥

हे वीर ! आउनुस् घरमा जाउँ म तपाईँलाई यहाँ छोडेर म एक्लै जान सक्दिन । किनकि तपाईंले मेरो मनलाई मोहित गरिदिनु भएको छ हे पुरुषोत्तम ! म माथि प्रसन्न हुनुहोस् ।।१०।। 
एवं स्त्रिया याच्यमानः कृष्णो रामस्य पश्यतः ।
मुखं वीक्ष्यानुगानां च प्रहसन्तामुवाच ह ॥११॥

बलरामको अगाडि नै ती सुन्दरीले यसरी भगवानको प्रार्थना गर्दा श्रीकृष्ण भगवानले आफ्नो साथीतिर मुख फर्काएर हाँसिकन उसलाई भन्नुभयो ।।११।। 
एष्यामि ते गृहं सुभ्रु पुंसामाधिविकर्शनम् ।
साधितार्थोऽगृहाणां नः पान्थानां त्वं परायणम् ॥१२॥

हे सुन्दरी ! म आफ्नो काम सिद्ध गरेपछि पुरुषहरूको मानसिक रोग शान्त गर्ने तिम्रो घरमा अवश्य आउनेछु । हामी जस्ता घरद्वार नभएका बटुवालाई तिमी नै त आश्रय छ्यौ ।।१२।। 
विसृज्य माध्व्या वाण्या तां व्रजन् मार्गे वणिक्पथैः ।
नानोपायनताम्बूलस्रग्गन्धैः साग्रजोऽर्चितः ॥१३॥

यस प्रकारसँग मिठो मिठो कुरा गरेर उनलाई बिदा गरी अगाडि बढ्नुभयो । बाटामा रहेको व्यापारीहरूको बजारमा पुग्नुभयो । त्यस ठाउँमा व्यापारीले पान मसला चन्दन आदि दिएर बलराम र श्रीकृष्णको सत्कार गरे ।।१३।। 
तद्दर्शनस्मरक्षोभादात्मानं नाविदन् स्त्रियः ।
विस्रस्तवासःकबरवलया लेख्यमूर्तयः ॥१४॥

बाटोमा उहाँको दर्शन गर्न आएका आइमाईहरूको मन कामको बेग कसरी चञ्चल भयो भने उनीहरूले आफूलाई नै बिर्सिए उनीहरूका कपालको जुरो फुस्किएको थियो र लगाएका लुगा आदि अस्तव्यस्त थियो । उनीहरू भित्तामा कोरिएको मूर्ति झैँ देखिएका थिए ।।१४।। 
ततः पौरान् पृच्छमानो धनुषः स्थानमच्युतः ।
तस्मिन् प्रविष्टो ददृशे धनुरैन्द्रमिवाद्भुतम् ॥१५॥

त्यसपछि सहरवासीहरू सँग धनुषयज्ञको ठाउँ सोध्दै भगवान रङ्गशालामा पुग्नुभयो र त्यहाँ इन्द्रधनुष समानको एउटा विचित्रको धनुष देख्नुभयो ।।१५।।
पुरुषैर्बहुभिर्गुप्तमर्चितं परमर्द्धिमत् ।
वार्यमाणो नृभिः कृष्णः प्रसह्य धनुराददे ॥१६॥

त्यो धनुष बहुमूल्य रत्नले जडित भएको थियो र सधैं पूजा गरिन्थ्यो । त्यस धनुषलाई सिपाहीहरुले रक्षा गरिरहेका थिए । रक्षकहरूले रोक्दा रोक्दै पनि श्रीकृष्णले बल्जफती त्यस धनुषलाई उचाल्नुभयो ।।१६।। 
(वंशस्था)
करेण वामेन सलीलमुद्‌धृतं
     सज्यं च कृत्वा निमिषेण पश्यताम् ।
नृणां विकृष्य प्रबभञ्ज मध्यतो
     यथेक्षुदण्डं मदकर्युरुक्रमः ॥१७॥

जसरी मत्त भएको हात्तीले उखुलाई दुई टुक्रा पारिदिन्छ त्यसैगरी भगवानले पनि सबैको सामुन्नेमा देव्रे हातले त्यस धनुषलाई उचालेर त्यसोमा ताँदो चढाई क्षणभर मै भाँचेर दुई टुक्रा पारिदिनुभयो ।।१७।। 
(अनुष्टुप्)
धनुषो भज्यमानस्य शब्दः खं रोदसी दिशः ।
पूरयामास यं श्रुत्वा कंसस्त्रासमुपागमत् ॥१८॥

धनुष भाँचिँदा त्यसको शब्दले सम्पूर्ण आकाश पृथ्वी र दिशाहरू गुञ्जयमान हुनगयो । यो भयंकर आवाज सुन्दा कंश डराएर काम्नथाल्यो ।।१८।।
तद्‌रक्षिणः सानुचरं कुपिता आततायिनः ।
गृहीतुकामा आवव्रुर्गृह्यतां वध्यतामिति ॥१९॥

धनुषको रक्षाको निम्ति खटिएका रक्षक असुरहरु रिसाएर यसलाई समातेर बाँध बाँध भन्न लागे ।।१९।।
अथ तान् दुरभिप्रायान् विलोक्य बलकेशवौ ।
क्रुद्धौ धन्वन आदाय शकले तांश्च जघ्नतुः ॥२०॥

उनीहरूको दुष्ट विचार बुझेर बलराम र श्रीकृष्ण रिसाउँदै भाँचिएको धनुषको दुई टुक्रालाई लिएर त्यसैले उनीहरूलाई सिध्याउन लाग्नुभयो ।।२०।। 
बलं च कंसप्रहितं हत्वा शालामुखात्ततः ।
निष्क्रम्य चेरतुर्हृष्टौ निरीक्ष्य पुरसम्पदः ॥२१॥

तिनै धनुषको टुक्राले  कंशका सेनाहरूको संहार गरी उहाँहरु धनुष यज्ञबाट मूलद्वार हुँदै बाहिर निस्किनुभयो र बडो आनन्दसँग मथरापुरीको शोभा हेर्दै यता उति घुम्न लाग्नुभयो ।।२१।। 
तयोस्तदद्भुचतं वीर्यं निशाम्य पुरवासिनः ।
तेजः प्रागल्भ्यं रूपं च मेनिरे विबुधोत्तमौ ॥२२॥

उहाँहरू दुवै दाजुभाइको अद्भुतको पराक्रम सुन्दा र उहाँहरूको तेज साहस र रूपलाइ देख्दा नगरवासीहरूले यी दुवै कुनै श्रेष्ठ देवता हुन् भन्ने निश्चय गरे ।।२२।।
तयोर्विचरतोः स्वैरमादित्योऽस्तमुपेयिवान् ।
कृष्णरामौ वृतौ गोपैः पुराच्छकटमीयतुः ॥२३॥

यस प्रकारसँग श्रीकृष्ण र बलरामले इच्छा अनुसार सहरमा घुम्दा घुम्दै सूर्यास्त भइसकेको थियो तसर्थ गोपहरूले घेरिएका दुवै भाई सहर बाहिर गाढाहरु राखेको ठाउँमा फर्केर आउनुभयो ।।२३।।
(वसंततिलका)
गोप्यो मुकुन्दविगमे विरहातुरा या
     आशासताशिष ऋता मधुपुर्यभूवन् ।
संपश्यतां पुरुषभूषणगात्रलक्ष्मीं
     हित्वेतरान् नु भजतश्चकमेऽयनं श्रीः ॥२४॥

श्रीकृष्णको यात्राको समयमा बिछोडको पीडाले व्याकुल भएका गोपिनीहरूले मथुराबासीहरूको सौभाग्यको सम्बन्धमा जे जति कुरा भनेका थिए, भगवानुको दर्शन पाउँनले ति सबै साँचो हुन गयो । किन नहोस जुन शरीर पाउँन चाहना गर्ने देवता हरू लाई समेत छाडेर लक्ष्मीले आफ्नो आश्रय स्थान बनाउनु भएको थियो ।।२४ 
(अनुष्टुप्)
अवनिक्ताङ्‌घ्रियुगलौ भुक्त्वा क्षीरोपसेचनम् ।
ऊषतुस्तां सुखं रात्रिं ज्ञात्वा कंसचिकीर्षितम् ॥२५॥

हे राजन ! त्यसपछि हात पाउ धोएर कृष्ण र बलरामले दुधमा पकाएको खिरको भोजन गर्नुभयो र अब उपरान्त कंसले के गर्न खोजेको छ सो 
कुराको पत्तो लगाएर त्यो रात त्यही आरामसँग सुत्नुभयो ।।२५।।
कंसस्तु धनुषो भङ्‌गं रक्षिणां स्वबलस्य च ।
वधं निशम्य गोविन्दरामविक्रीडितं परम् ॥२६॥

दीर्घप्रजागरो भीतो दुर्निमित्तानि दुर्मतिः ।
बहून्यचष्टोभयथा मृत्योर्दौत्यकराणि च ॥२७॥

धनुष भाँच्नु र धनुष रक्षाका लागि रहेको सेनाको वध गर्नु श्रीकृष्ण बलरामको लागि खेलबाड जस्तो भयो भन्ने कुरा जब कंशले सुन्यो तब उसलाई रातमा धेरै बेरसम्म निन्द्रा परेन जाग्रत अवस्थामा तथा सपनामा त्यसले मृत्युको सूचक दिने अनेक अपशकुनहरू देख्नथाल्यो ।।२६–२७।।
अदर्शनं स्वशिरसः प्रतिरूपे च सत्यपि ।
असत्यपि द्वितीये च द्वैरूप्यं ज्योतिषां तथा ॥२८॥

कंशले ऐना जल आदिमा आफ्नो प्रतिबिम्ब पर्दा टाउकोलाई देख्न छाड्यो भने नहुँदा पनि चन्द्रमा तारालाई एकै ठाउँमा दुई दुईवटा देख्न थाल्यो ।।२८।। 
छिद्रप्रतीतिश्छायायां प्राणघोषानुपश्रुतिः ।
स्वर्णप्रतीतिर्वृक्षेषु स्वपदानामदर्शनम् ॥२९॥

आफ्नो छायाँमा प्वाल देख्न थाल्यो त्यसैगरी कानमा औंला हालेर सुन्दा पनि प्राणको सास सुन्न छोड्यो । रुखहरुको रङ्ग सुन जस्तै पहेँलो देखिन थाल्यो । बालुवा अथवा हिलोमा आफ्नो पाउको चिन्हदेख्न छाड्यो ।।२९।। 
स्वप्ने प्रेतपरिष्वङ्‌गः खरयानं विषादनम् ।
यायान्नलदमाल्येकस्तैलाभ्यक्तो दिगम्बरः ॥३०॥

निन्द्रा अवस्थामा कंशले आफूले प्रेतहरूसित अङ्कमाल गरेको गधामा सवार भएको विष पिएको तथा जटामसीको माला पहिरिएको र नाङ्गो भएर एक्लै हिँडिराखेको देख्यो ।।३०।। 
अन्यानि चेत्थं भूतानि स्वप्नजागरितानि च ।
पश्यन् मरणसन्त्रस्तो निद्रां लेभे न चिन्तया ॥३१॥

स्वप्न र जागृत अवस्थामा यस्तै किसिमका अरु पनि अनेक अपसुकनहरू देख्यो । यिनै अपशकुनले गर्दा उसलाई ठूलो चिन्ता पर्नगयो र मृत्युको डरले गर्दा उसलाई रातभर निन्द्रा परेन ।।३१।।
व्युष्टायां निशि कौरव्य सूर्ये चाद्भ्यः समुत्थिते ।
कारयामास वै कंसो मल्लक्रीडामहोत्सवम् ॥३२॥

हे महाराज परीक्षित ! जसो तसो गरेर रात बितेर बिहानीपख सूर्यनारायण उदाउँनु भएपछि कंशले मल्ल कृडाको आरम्भ गर्नको निम्ति आफ्ना कर्मचारीहरुलाई आज्ञा दियो ।।३२।।
आनर्चुः पुरुषा रङ्‌गं तूर्यभेर्यश्च जघ्निरे ।
मञ्चाश्चालङ्‌कृताः स्रग्भिः पताकाचैलतोरणैः ॥३३॥

राजाका कर्मचारीहरूले रङ्गभूमिलाई राम्रोसँग सिँगारे तुरही भेरी आदि बाजा बजाउन लागे मानिसहरुलाई बस्नको निम्ति बनाएको मञ्चहरूमा फुलकोमाला ध्वजा पताका तोरणादिले सिँगारिए ।।३३।।
तेषु पौरा जानपदा ब्रह्मक्षत्रपुरोगमाः ।
यथोपजोषं विविशू राजानश्च कृतासनाः ॥३४॥
यी मञ्चमा ब्राह्मण क्षेत्रीय आदि सहरवासी तथा ग्रामवासी सबै आ–आफ्नो योग्यता अनुसारको ठाउँमा बसे र राजाहरू पनि आफ्नो तोकिएको ठाउँमा गएर आसन ग्रहण गरे ।।३४।।
कंसः परिवृतोऽमात्यै राजमञ्च उपाविशत् ।
मण्डलेश्वरमध्यस्थो हृदयेन विदूयता ॥३५॥

राजा कंश आफ्ना मन्त्रीहरू तथा राजाले घेरिएको राजसिम्हासनमा डटेर बस्यो । अपसकुनले गर्दा त्यसबखतमा उसको मन भित्रभित्रै दुःखी भएको थियो ।।३५।।
वाद्यमानेषु तूर्येषु मल्लतालोत्तरेषु च ।
मल्लाः स्वलङ्‌कृताः दृप्ताः सोपाध्यायाः समाविशन् ॥३६॥

पहलमानहरूले ताल ठोक्ना साथ तुरही आदिबाजा बज्न लागे पछि घमण्डले चुर भएका पहलमानहरुले खुबसँग सजी सजाउ भएर आफ्ना आफ्ना गुरुहरूको साथमा अखाडामा प्रवेश गरे ।।३६।।
चाणूरो मुष्टिकः कूतः शलस्तोशल एव च ।
त आसेदुरुपस्थानं वल्गुवाद्यप्रहर्षिताः ॥३७॥

चाँडुर, मुष्टिक, कुट, सल, तोसल आदि मुख्यमुख्य पहलमानहरू बाजाको समधुर ध्वनिले उत्साहित भई त्यस रङ्गशालामा आएर बसे ।।३७।।
नन्दगोपादयो गोपा भोजराजसमाहुताः ।
निवेदितोपायनास्ते एकस्मिन् मञ्च आविशन् ॥३८॥

यही मौकामा कंशले बोलाएको हुनाले नन्दादि गोपरहरुले रङ्गभूमिमा आएर आफूले ल्याएका उपहार भेटी राजालाई समर्पण गरी एउटा मञ्चमा गएर बसे ।।३८।।

इति श्रीमद्भासगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे मल्लरङोपवर्णनं नाम द्विचत्वारिंशोऽध्यायः ॥४२॥