#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - अष्टादशोऽध्यायः

 
श्रीमद्‌भागवत महापुराण
अष्टमः स्कन्धः - अष्टादशोऽध्यायः
 
 
श्रीशुक उवाच -
इत्थं विरिञ्चस्तुतकर्मवीर्यः
     प्रादुर्बभूवामृतभूरदित्याम् ।
चतुर्भुजः शंखगदाब्जचक्रः
     पिशंगवासा नलिनायतेक्षणः ॥ १ ॥
 
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! यस प्रकार ब्रह्माजीले भगवान्को लीला र कर्मको बारेमा स्तुति गरपछि  जन्म मृत्युरहित हुनभएका भगवान् अदितिका गर्भबाट प्रकट हुनुभयो । भगवान्को चार हात थियो, जसमा शंख, चक्र, गदा, र पद्म धारण गर्नु भएको थियो । वहाँका कमलका समान ठुलठुला कोमल आँखा थिए ।।१।।
 
श्यामावदातो झषराजकुण्डल
     त्विषोल्लसच्छ्रीवदनाम्बुजः पुमान् ।
श्रीवत्सवक्षा बलयाङ्‌गदोल्लसत्
     किरीटकाञ्चीगुणचारुनूपुरः ॥ २ ॥
 
वहाँले पीताम्बर धारण गर्नु भएको थियो । मकराकृत कुण्डलको कान्तिले मुखको शोभा अझ बढेको थियो । वक्षःस्थलमा श्रीवत्स चिन्ह, हातमा बाजुवन्द सिरमा किरीट, कम्मरमा करधनीको मुठो र चरणमा सुन्दर पाउजेवले शोभायमान हुनुहुन्थ्यो ।।२।।
 
मधुव्रातव्रतविघुष्टया स्वया
     विराजितः श्रीवनमालया हरिः ।
प्रजापतेर्वेश्मतमः स्वरोचिषा
     विनाशयन् कण्ठनिविष्टकौस्तुभः ॥ ३ ॥
 
भगवान्ले गलामा आफ्नो वनमाला धारण गर्नु भएको थियो । जसको चारैतिर सुन्दर सुन्दर भ्रमराहरु गुनगनाई रहेका थिए । वहाँको घाँटिमा कौस्तुभमणि सुशोभित थियो । भगवान्को शरीरका कान्तिले कश्यप प्रजापतिको घरको अन्धकार नष्ट भयो ।।३।।
 
दिशः प्रसेदुः सलिलाशयास्तदा
     प्रजाः प्रहृष्टा ऋतवो गुणान्विताः ।
द्यौरन्तरीक्षं क्षितिरग्निजिह्वा
     गावो द्विजाः संजहृषुर्नगाश्च ॥ ४ ॥
 
भगवान् प्रकट हुनुभएको त्यस समय दिशाहरु निर्मल निर्मल भएका थिए भने नदीका जल स्वच्छ भए । प्रजाको हृदयमा आनन्दको वर्षा आयो । सबै ऋतुहरु एकसाथ आफ्नो आफ्नो गुण प्रकट गर्न लागे । स्वर्गलोक, अन्तरिक्ष, पृथ्वी, देवता, गाई, ब्राह्मण र पर्वत यी सबैको हृदय हर्षले गद्गद् भयो ।।४।।
 
(अनुष्टुप्)
श्रोणायां श्रवणद्वादश्यां मुहूर्तेऽभिजिति प्रभुः ।
सर्वे नक्षत्रताराद्याः चक्रुस्तत् जन्म दक्षिणम् ॥ ५ ॥
 
परीक्षित ! भगवान्ले जन्म ग्रहण गर्नु समयमा चन्द्रमा श्रवण नक्षत्रमा थिए । भाद्र महिनाको शुक्लपक्षको श्रवणनक्षत्रले युक्त द्वादशीको दिन अभिजित मुहूर्तमा भगवान्को जन्म भएको थियो । सबै नक्षत्र र ताराहरुले भगवान्को जन्मको मंगलमय सूचित गरिरहेका थिए ।।५।।
 
द्वादश्यां सवितातिष्ठन् मध्यन्दिनगतो नृप ।
विजयानाम सा प्रोक्ता यस्यां जन्म विदुर्हरेः ॥ ६ ॥
 
परीक्षित ! जुन तिथिमा भगवान्को जन्म भएको थियो त्यसलाई विजया द्वादशी भन्दछन । जम्को समयमा सूर्य आकाशको मध्यभागमा रहेका थिए ।।६।।
 
शंखदुन्दुभयो नेदुः मृदंगपणवानकाः ।
चित्रवादित्रतूर्याणां निर्घोषस्तुमुलोऽभवत् ॥ ७ ॥
 
भगवान्ले जन्मको समयमा शंख, दुन्दुभि, मृदंग डम्फु र नगरा आदि बाजाहरु बज्न लागे । यसरी अनेक किसिमका बाजा र तुरहिको आवाज ठुलो स्वरमा बज्न लाग्यो ।।७।।
 
प्रीताश्चाप्सरसोऽनृत्यन् गन्धर्वप्रवरा जगुः ।
तुष्टुवुर्मुनयो देवा मनवः पितरोऽग्नयः ॥ ८ ॥
 
अप्सराहरु प्रसन्न भएर नाच्न लागे । ठुला ठुला गन्धर्वहरु गाउन लागे । मुनि, देवता, मनु, पितृ र अग्नि स्तुति गर्न लागे ।।८।।
 
सिद्धविद्याधरगणाः सकिंपुरुषकिन्नराः ।
चारणा यक्षरक्षांसि सुपर्णा भुजगोत्तमाः ॥ ९ ॥
 
गायन्तोऽतिप्रशंसन्तो नृत्यन्तो विबुधानुगाः ।
अदित्या आश्रमपदं कुसुमैः समवाकिरन् ॥ १० ॥
 
सिद्ध, विद्याधर, किम्पुरुष, किन्नर, चारण, यक्ष, राक्षस, पक्षी, मुख्य मुख्य नागहरु, र देवताका अनुचरहरु नाच्न, गाउन र वहाँकोे प्रशंसा गर्न लागे । उनीहरुले अदितिको आश्रम फूलको वर्षाएर ढकमक्क गरिदिए ।।९।१०।।
 
दृष्ट्वादितिस्तं निजगर्भसम्भवं
     परं पुमांसं मुदमाप विस्मिता ।
गृहीतदेहं निजयोगमायया
     प्रजापतिश्चाह जयेति विस्मितः ॥ ११ ॥
 
अदितिले आफ्नो गर्भ प्रकट हुनुभएका परम परमात्मा देखेर उनी अत्यन्त आश्चर्य चकित भएर आनन्द मानिन । प्रजापति कश्यप पनि भगवान्ले आफ्नो योगमायाले शरीर धारण गरेको देखेर खुसि हुँदै जय होस, जय होस भन्नलागे ।।११।।
 
यत् तद् वपुर्भाति विभूषणायुधैः
     अव्यक्तचिद्व्यक्तमधारयद् हरिः ।
बभूव तेनैव स वामनो वटुः
     संपश्यतोर्दिव्यगतिर्यथा नटः ॥ १२ ॥
 
परीक्षित ! भगवान् स्वयं अव्यक्त एवं चित्स्वरुप हुनुहुन्छ । त्यसै शरीरले कश्यप र अदितिले हेर्दा हेर्दै वहाँले ग्रहण गर्नु भएको जुन परम कान्तिमय आभूषण एवं आयुधहरुले युक्त भएको शरीर थियो, त्यो नटुवाले आफ्नो भेष बदले गरि बामन ब्रह्मचारीको रुप धारण गर्नु भयो ।।१२।।
 
 (अनुष्टुप्)
तं वटुं वामनं दृष्ट्वा मोदमाना महर्षयः ।
कर्माणि कारयामासुः पुरस्कृत्य प्रजापतिम् ॥ १३ ॥
 
भगवान् वामन्लाई ब्रह्मचारीको रुपमा देखेर महर्षिहरुलाई धेरै आनन्द अयो । उनीहरुले कश्यप प्रजापतिलाई अगाडि राखेर उनको जातकर्म आदि संकार गराए ।।१३।।
 
तस्योपनीयमानस्य सावित्रीं सविताब्रवीत् ।
बृहस्पतिर्ब्रह्मसूत्रं मेखलां कश्यपोऽददात् ॥ १४ ॥

वहाँको उपनयन संस्कार हुन लागेको समयमा गायत्रीका अधिष्ठात्री देवता स्वयं सविताले वहाँलाई गायत्रीको उपदेश दिए । देवगुरु बृहस्पतिले यज्ञोपवित र कश्यपले मेखला दिए ।।१४।।
 
ददौ कृष्णाजिनं भूमिः दण्डं सोमो वनस्पतिः ।
कौपीनाच्छादनं माता द्यौश्छत्रं जगतः पतेः ॥ १५ ॥
 
पृथ्वीले कृष्णमृगको चर्म कटिवस्त्र एवं आकाशका अभिमानी देवताले वामन भगवान्लाई छत्र दिए ।।१५।।
 
कमण्डलुं वेदगर्भः कुशान् सप्तर्षयो ददुः ।
अक्षमालां महाराज सरस्वति अव्ययात्मनः ॥ १६ ॥
 
परीक्षित ! अविनाशी प्रभुलाई ब्रहजीले कमण्डलु सप्तर्षिहरुले कुश र सरस्वतीले रुद्राक्ष माला अर्पण गरिन ।।१६।।
 
तस्मा इत्युपनीताय यक्षराट् पात्रिकामदात् ।
भिक्षां भगवती साक्षात् उमा अदात् अम्बिका सती ॥ १७ ॥
 
यस रितिले जब वामन भगवान्को उपनयन संकार भएपछि यक्षराज कुवेरले वहाँलाई भिक्षापात्र र सतीशिरोमणि जग्ज्जननी साक्षात भगवाती उमाले वहाँलाई भिक्षा दिइन ।।१७।।
 
ब्रह्मवर्चसेनैवं सभां संभावितो वटुः ।
ब्रह्मर्षिगणसञ्जुष्टां अत्यरोचत मारिषः ॥१८॥
 
यसरी जब सबैले वटु भेषधारी भगवान्लाई सम्मान गरे, तब वहाँ ब्रह्मऋषिहरुले भरिएको सभामा आफ्नो ब्रह्मतेजका कारण अत्यन्त शोभायमान हुनुभयो ।।१८।।
 
समिद्धं आहितं वह्निं कृत्वा परिसमूहनम् ।
परिस्तीर्य समभ्यर्च्य समिद्‌भिः अजुहोद् द्विजः ॥ १९ ॥
 
यस पछि भगवान्ले उपनयन संस्कारका लागि स्थापित र प्रज्वलित अग्निालाई कुशले परिसमुहन र परिस्तरण गरेर पूजा गर्नु भयो र समिधाले हवन गर्नु भयो ।।१९।।
 
श्रुत्वाश्वमेधैर्यजमानमूर्जितं
     बलिं भृगूणां उपकल्पितैस्ततः ।
जगाम तत्राखिलसारसम्भृतो
     भारेण गां सन्नमयन्पदे पदे ॥ २० ॥
 
त्यस समयमा भगवान्ले यशस्वी बलि भृगुवंशी ब्राह्मणको आदेशानुसार सबै प्रकारको सामग्रीले सम्पन्न  ठुलो अश्वमेध यज्ञ गरिरहेको छ भन्ने कुरा सुन्नुभयो र त्यहाँ जानको लागि तयार हुनुभयो । भगवान् समस्त शक्तिहरुले युक्त हुनुहुन्छ । वहाँ हिड्नु भएको बेलामा वहाँको भारले पृथ्वी पाइला पाइलामा निहुरिन लागिन ।।२०।।
 
तं नर्मदायास्तट उत्तरे बलेः
     य ऋत्विजस्ते भृगुकच्छसंज्ञके ।
प्रवर्तयन्तो भृगवः क्रतूत्तमं
     व्यचक्षतारादुदितं यथा रविम् ॥ २१ ॥
 
नर्मदा नदीको उत्तर पटि भृगुकच्छ नाम गरेको एउटा बडा सुन्दर स्थान छ । त्यहीं बलिका भृगुवंशी ऋत्वीजहरु यज्ञ गरिरहेका थिए । उनीहरुले टाढैबाट वामन भगवान्लाई देखे । उनीहरुलाई साक्षत् सूर्य देव नै प्रकट भएर आईरहुनु भएकोछ जस्तो भान भयो ।।२१।।
 
ते ऋत्विजो यजमानः सदस्या
     हतत्विषो वामनतेजसा नृप ।
सूर्यः किलायात्युत वा विभावसुः
     सनत्कुमारोऽथ दिदृक्षया क्रतोः ॥ २२ ॥
 
परीक्षित ! वामन भगवान्को तेजले ऋत्विज यजमान र सदस्य सबै निस्तेज भए । उनीहरुले यज्ञ हेर्नका लागि सूर्य, अग्नि अथवा सनतकुमार ता आएका होइनन भनेर बिचार गर्नलागे ।।२२।।
 
इत्थं सशिष्येषु भृगुष्वनेकधा
     वितर्क्यमाणो भगवान् स वामनः ।
छत्रं सदण्डं सजलं कमण्डलुं
     विवेश बिभ्रद् हयमेधवाटम् ॥ २३ ॥
 
भृगुका छोरा शुक्राचार्य आदि आफ्ना शिष्यका साथ यस्तै प्रकारले अनेक कल्पनाहरु गरिरहेको समयमा  हातमा छत्र, दण्ड र जलले भरिएको कमण्डलु लिएका भगवान् अश्वमेध यज्ञको मण्डपमा प्रवेश गर्नु भयो ।।२३।।
 
(अनुष्टुप्)
मौञ्ज्या मेखलया वीतं उपवीताजिनोत्तरम् ।
जटिलं वामनं विप्रं मायामाणवकं हरिम् ॥ २४ ॥
 
प्रविष्टं वीक्ष्य भृगवः सशिष्यास्ते सहाग्निभिः ।
प्रत्यगृह्णन् समुत्थाय संक्षिप्तास्तस्य तेजसा ॥ २५ ॥
 
वहाँले कम्मरमा मुजको मेखला र गलामा यज्ञोपवित धारण गर्नु भएको थियो । काँधमा मृगचर्म र सिरमा जटा थियो । यसरी वामन ब्राह्मणको भेषमा आफ्नो मायाले ब्रह्मचारी हुनुभएका भगवान्ले जब उनको यज्ञमण्डपमा प्रवेश गर्नु भयो, तब भृगुवंशी ब्राह्मणले वहाँलाई देखे, तव शिष्य सहित उनीहरु वहाँको तेजले प्रभावित भए । उनीहरु सबै अग्निको साथ उठेर खडा भए र उनीहरुले वामन भगवान्को स्वागत एवं सत्कार गरे ।।२४।२५।।
 
यजमानः प्रमुदितो दर्शनीयं मनोरमम् ।
रूपानुरूपावयवं तस्मा आसनमाहरत् ॥ २६ ॥
 
भगवान्को अंगहरु साना र धेरै राम्रा र दर्शनीय थियो । वहाँलाई देखेर बलिलाई धेरै आनन्द आयो । र उसले बामन भगवान्लाई उत्तम आसनमा राख्यो ।।२६।।
 
स्वागतेनाभिनन्द्याथ पादौ भगवतो बलिः ।
अवनिज्यार्चयामास मुक्तसंगमनोरमम् ॥ २७ ॥
 
फेरी स्वगत वाणीले वहाँको अभिनन्दन गरेर पाउ पखालेर संगरहित महापुरुषलाई पनि अत्यन्त मनोहर देखिने वामना भगवान्को पूजा गर्यो ।।२७।।
 
तत्पादशौचं जनकल्मषापहं
     स धर्मविन्मूर्ध्न्यदधात्सुमंगलम् ।
यद् देवदेवो गिरिशश्चन्द्रमौलिः
     दधार मूर्ध्ना परया च भक्त्या ॥ २८ ॥
 
भगवान्को चरणकमल धुन पाउनु ता परम शौभाग्य हो । जसले जीवको सबै पाप ताप नष्ट हुन्छ । स्वयं देवाधिदेव भगवान् शंकरले पनि अत्यन्त भक्तिभावले जसलाई आफ्नो सिरमा धारण गर्नु भएको थियो । आज त्यहि चरणामृत धर्मका मर्मज्ञ राजा बलिलाई प्राप्त भयो ।।२८।।
 
बलिरुवाच -
(अनुष्टुप्)
स्वागतं ते नमस्तुभ्यं ब्रह्मन् किं करवाम ते ।
ब्रह्मर्षीणां तपः साक्षात् मन्ये त्वाऽऽर्य वपुर्धरम् ॥ २९ ॥
 
बलिले भने–
हे ब्राह्मण कुमार ! तपाई आउनु भयो । म तपाईलाई नमस्कार गर्दछु । अब म तपाईको के सेवा गरुं आज्ञा गर्नु होस म तपाईको के सेवा गरुं ? हे आर्य ! मलाई ता ठुला ठुला ब्रह्मर्षिहरुको तपस्या स्वयं मूर्तिमान भएर मेरा अगाडि आउनु भएको हो जस्तो लाग्दछ ।।२९।।
 
अद्य नः पितरस्तृप्ता अद्य नः पावितं कुलम् ।
अद्य स्विष्टः क्रतुरयं यद्भःवान् आगतो गृहान् ॥ ३० ॥
 
आज तपाई मेरो घरमा आउनु भयो त्यसैले मेरा पितृहरु सबै मुक्त भए । आज मेरो कुल पनि पवित्र भयो । आज मेरो यो यज्ञ पनि सफल भयो ।।३०।।
 
अद्याग्नयो मे सुहुता यथाविधि
     द्विजात्मज त्वच्चरणावनेजनैः ।
हतांहसो वार्भिरियं च भूरहो
     तथा पुनीता तनुभिः पदैस्तव ॥ ३१ ॥
 
हे ब्राह्मण कुमार ! तपाईको पाउ धुनाले मेरा सबै पापहरु पनि पखालिए, विधिपूर्वक यज्ञ गर्नाले, आहुति गर्नाले जुन फल मिल्दछ, त्यो अनायास नै मिल्यो । तपाईको यो साना साना  पाउ धुनाले पृथ्वी पनि पवित्र भएकी छिन ।।३१।।
 
यद् यद् वटो वाञ्छसि तत्प्रतीच्छ मे
     त्वामर्थिनं विप्रसुतानुतर्कये ।
गां काञ्चनं गुणवद् धाम मृष्टं
     तथान्नपेयमुत वा विप्र कन्याम् ।
ग्रामान् समृद्धान् तुरगान् गजान् वा
     रथान् तथार्हत्तम सम्प्रतीच्छ ॥ ३२ ॥
 
हे वालक ब्राह्मण ! मलाई यस्ताले लाग्दछ कि तपाई केहि कुरा केही कुरा माग्नका लागि नै यहाँ आउनु भएको हो । हे परम पूज्य ब्रह्मचारी ! अब तपाई गाई, सुन, सामग्रीहरुले सुसज्जित घर, पीउने कुराहरु, विवाहका लागि ब्राह्मणकी कन्या, सम्पत्तिहरुले भरिएको गाँउ, घोडा, हात्ति, रथ आदि सबै तपाई जे इच्छा गर्नुहुन्छ  ति सबै म संग माग्नुहोस ।।३२।।
 
इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे बलिवामनसंवादे अष्टादशोऽध्यायः ॥ १८ ॥