श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – चतुर्दशोऽध्यायः
तद्यथा पुरुषस्य धनं यत्किञ्चिद्धर्मौपयिकं बहुकृच्छ्राधिगतं साक्षात्परमपुरुषाराधनलक्षणो योऽसौ धर्मस्तं तु साम्पराय उदाहरन्ति। तद्धर्म्यं धनं दर्शनस्पर्शनश्रवणास्वादनावघ्राणसङ्कल्पव्यवसाय गृहग्राम्योपभोगेन कुनाथस्याजितात्मनो यथा सार्थस्य विलुम्पन्ति ॥ २ ॥
नेपाली भावानुवादः मानिसले धेरै कष्ट गरेर कमाएको धनको सदुपयोग धर्मका लागि हुनुपर्दछ। साक्षात् परमपुरुषको आराधना नै वास्तविक धर्म हो, जसले परलोकमा मुक्ति दिन्छ। तर जसको मन वशमा हुँदैन र बुद्धिरूपी सारथि विवेकहीन हुन्छ, त्यस्ता व्यक्तिको धर्मोपयोगी धनलाई यी छ वटा इन्द्रियहरूले दर्शन, स्पर्श, श्रवण, स्वाद, सुगन्ध र सङ्कल्प-विकल्पका माध्यमबाट विषयभोगमा लगाइदिन्छन्। जसरी बेइमान नाइके भएको व्यापारीको धन लुटेराहरूले लुट्छन्, त्यसरी नै यी इन्द्रियहरूले जीवको पुण्य-धन नष्ट गरिदिन्छन् ।। २ ।।
अथ च यत्र कौटुम्बिका दारापत्यादयो नाम्रा कर्मणा वृकसूगाला एवानिच्छतोऽपि कदर्यस्य कुटुम्बिन उरणकवत्संरक्ष्यमाणं मिषतोऽपि हरन्ति ॥ ३ ॥
नेपाली भावानुवादः यति मात्र होइन, यस संसार-वनमा स्त्री-पुत्रादि कुटुम्बहरू केवल नामका मात्र हुन्; कर्मका दृष्टिले त तिनीहरू ब्वाँसो र स्याल जस्तै हुन्। जसरी ब्वाँसोले भेडाको बथानबाट भेडालाई थुतेर लैजान्छ, त्यसै गरी ती कुटुम्बले लोभी गृहस्थको धन उसले हेर्दाहेर्दै लुटिदिन्छन् ।। ३ ।।
यथा ह्यनुवत्सरं कृष्यमाणमप्यदग्धबीजं क्षेत्रं पुनरेवावपनकाले गुल्मतृणवीरुद्भिर्गह्वरमिव भवत्येवमेव गृहाश्रमः कर्मक्षेत्रं यस्मिन्न हि कर्माण्युत्सीदन्ति यदयं कामकरण्ड एष आवसथः ॥ ४ ॥
नेपाली भावानुवादः जसरी खेतमा बीउहरूलाई डढाइएन भने खेतीको समयमा झारपात र बुट्यानहरूले खेत भरिन्छ, त्यसै गरी गृहस्थाश्रम पनि एउटा कर्मभूमि हो। यसमा कर्मको शृङ्खला कहिल्यै समाप्त हुँदैन। किनकि यो घर भनेको कर्म-वासनाहरूको भण्डार हो ।। ४ ।।
तत्र गतो दंशमशकसमापसदैर्मनुजैः शलभ शकुन्ततस्करमूषकादिभिरुपरुध्यमानबहिःप्राणः क्वचित् परिवर्तमानोऽस्मिन्नध्वन्यविद्याकामकर्मभि रुपरक्तमनसानुपपन्नार्थं नरलोकं गन्धर्वनगर मुपपन्नमिति मिथ्यादृष्टिरनुपश्यति ॥ ५ ॥
नेपाली भावानुवादः यस गृहस्थाश्रममा आसक्त व्यक्तिको धनरूपी बाहिरी प्राणलाई लामखुट्टे समानका नीच मानिसहरू, चराचुरुङ्गी, चोर र मुसा आदिले क्षति पुर्याउँछन्। अविद्या, काम र कर्ममा फसेको हुनाले उसले यस असत् मत्र्यलोकलाई 'गन्धर्व नगर' (मृगतृष्णा) झैँ सत्य मान्ने गल्ती गर्दछ ।। ५ ।।
तत्र च क्वचिदातपोदकनिभान् विषयानुपधावति पानभोजनव्यवायादिव्यसनलोलुपः ॥ ६ ॥
नेपाली भावानुवादः त्यसपछि ऊ खानपान र स्त्री-प्रसङ्गादि व्यसनमा फसेर मृगतृष्णा झैँ अनेकौँ विषयहरूको पछि दौडिन्छ ।। ६ ।।
क्वचिक्षाशेषदोषनिषदनं पुरीषविशेषं तद्वर्णगुणनिर्मितमतिः सुवर्णमुपादित्सत्यग्नि कामकातर इवोल्मुकपिशाचम् ॥ ७ ॥
नेपाली भावानुवादः जसरी जाडोले कठ्याङ्ग्रिएको मानिसले राँकेभूतलाई आगो ठानेर त्यसकै पछि दौडिन्छ, त्यसै गरी यो जीव सबै अनर्थको जड 'सुन' (सम्पत्ति) लाई सबै सुखको साधन मानेर त्यसलाई प्राप्त गर्न मरिहत्ते गर्दछ ।। ७ ।।
अथ कदाचिन्निवासपानीयद्रविणाद्यनेकात्मोप जीवनाभिनिवेश एतस्यां संसाराटव्याम् इतस्ततः परिधावति ॥ ८ ॥
नेपाली भावानुवादः कहिले यो शरीरलाई जीवित राख्ने घर, अन्न, जल र धनमा आशक्त भएर ऊ यस संसार-वनमा यताउता दौडधुप गर्दछ ।। ८ ।।
क्वचित्च वात्यौपम्यया प्रमदयाऽऽरोह मारोपितस्तत्कालरजसा रजनीभूत इवासाधुमर्यादो रजस्वलाक्षोऽपि दिग्देवता अतिरजस्वलमतिर्न विजानाति ॥ ९ ॥
नेपाली भावानुवादः कहिले हुरीबतास झैँ आँखा छल्ने स्त्रीको मोहमा परेर ऊ अन्धो हुन्छ। त्यस बेला उसले मर्यादाको ख्याल गर्दैन। आँखामा रजोगुणको धुलो भरिएकाले आफ्नो कर्मको साक्षी दिशाका देवताहरूलाई समेत उसले बिर्सन्छ ।। ९ ।।
क्वचित्सकृदवगतविषयवैतथ्यः स्वयं पराभिध्यानेन विभ्रंशितस्मृतिस्तयैव मरीचि तोयप्रायांस्तानेवाभिधावति ॥ १० ॥
नेपाली भावानुवादः कहिलेकाहीँ विषयहरू मिथ्या हुन् भन्ने बुझेर पनि ऊ फेरि तिनै मृगतृष्णा रूपी विषयहरूमा फस्न पुग्छ ।। १० ।।
क्वचिल्दुलूकझिल्लीस्वनवदतिपरुषरभसाटोपं प्रत्यक्षं परोक्षं वा रिपुराजकुलनिर्भर्त्सितेना तिव्यथितकर्णमूलहृदयः ॥ ११ ॥
नेपाली भावानुवादः कहिले उल्लू जस्ता शत्रुहरूको प्रत्यक्ष बोली र झ्याउँकीरी समान सरकारी कर्मचारी वा शत्रुहरूको परोक्ष धम्कीले उसको कान र हृदय छियाछिया हुन्छ ।। ११ ।।
स यदा दुग्धपूर्वसुकृतस्तदा कारस्करकाकतुण्डाद्यपुण्यद्रुमलताविषोदपानवदुभयार्थशून्य द्रविणाञ्जीवन्मूतान् स्वयं जीवन्म्रियमाण उपधावति ॥ १२ ॥
नेपाली भावानुवादः पुण्य क्षीण भएपछि ऊ बाँचेर पनि मरेतुल्य हुन्छ। ऊ विषालु फल भएका वृक्ष झैँ नीच र कृपण धनीहरूको आश्रय लिन पुग्छ, जसको धन न यस लोकमा काम लाग्छ, न परलोकमा ।। १२ ।।
एकदाऽसत्प्रसङ्गान्निकृतमतिर्व्युदकस्रोतःस्खलनवदुभयतोऽपिदुःखदपाखण्डमभियाति ॥ १३ ॥
नेपाली भावानुवादः कहिले असत् सङ्गतले गर्दा सुक्खा खोलामा खसे झैँ ऊ दुवै लोकमा दुःख दिने पाखण्ड धर्मको जालमा फस्दछ ।। १३ ।।
यदा तु परबाधयान्ध आत्मने नोपनमति तदा हि पितृपुत्रबर्हिष्मतः पितृपुत्रान् वा स खलु भक्षयति ॥ १४ ॥
नेपाली भावानुवादः जब ऊसँग केही रहँदैन, तब ऊ आफ्ना बुबा वा छोराछोरीको गाँस खोस्न वा उनीहरूलाई दुःख दिन समेत पछि पर्दैन ।। १४ ।।
क्वचिदासाद्य गृहं दाववत्प्रियार्थविधुरम् असुखोदर्कं शोकाग्निना दह्यमानो भृशं निर्वेदमुपगच्छति ॥ १५ ॥
नेपाली भावानुवादः कहिले दावानल समान सुक्खा र दुःखमय घरमा पुग्दा ऊ इष्टमित्रको वियोग र शोकको आगोले तड्पिएर अत्यन्तै खिन्न हुन्छ ।। १५ ।।
क्वचित्कालविषमितराजकुलरक्षसापहृत प्रियतमधनासुः प्रमृतक इव विगतजीवलक्षण आस्ते ॥ १६ ॥
नेपाली भावानुवादः कहिले काल रूपी राजा वा कर्मचारीले उसको प्रिय धन खोसिदिन्छन्। त्यति बेला ऊ निर्जीव झैँ निस्पृह भएर बस्छ ।। १६ ।।
कदाचिन्मनोरथोपगतपितृपितामहाद्यसत्सदिति स्वप्रनिर्वृतिलक्षणमनुभवति ॥ १७ ॥
नेपाली भावानुवादः कहिले मरेका पितृहरूलाई सपनामा देखे झैँ तिनीहरूसँगको पुरानो सम्बन्धलाई सत्य सम्झेर क्षणिक सुखको अनुभव गर्दछ ।। १७ ।।
क्वचिद् गृहाश्रमकर्मचोदनातिभरगिरिमारुरुक्षमाणो लोकव्यसनकर्षितमनाः कण्टक शर्कराक्षेत्रप्रविशन्निवसीदति ॥ १८ ॥
नेपाली भावानुवादः गृहस्थाश्रमका कठिन कर्महरू पर्वत चढ्नु समान हुन्छन्। अरूको देखासिखीमा ती कर्महरू गर्दा ऊ काँडा र ढुङ्गा भएको बाटोमा हिँडेको यात्री झैँ दुखी हुन्छ ।। १८ ।।
क्वचिज्ज दुःसहेन कायाभ्यन्तरवह्निना गृहीतसारःस्वकुटुम्बाय क्रिध्यति ॥ १९ ॥
नेपाली भावानुवादः कहिले भोकको आगोले गर्दा ऊ आफ्नै परिवारका सदस्यहरूमाथि क्रोधित हुन्छ। त्यति बेला उसमा कुनै धैर्य रहँदैन ।। १९ ।।
स एव पुनर्निद्राजगरगृहीतोऽन्धे तमसि मग्नः शून्यारण्य इव शेते नान्यत् किञ्चन वेद शव इवापविद्धः ॥ २० ॥
नेपाली भावानुवादः फेरि जब ऊ निद्रारूपी अजिङ्गरको मुखमा पर्छ, तब घोर अन्धकारमा डुबेर जङ्गलमा फालिएको लास झैँ बेहोस भएर सुत्छ ।। २० ।।
कदाचिद् भग्नमानदंष्ट्रो दुर्जनदन्दशूकैरलब्धनिद्राक्षणो व्यथितहृदयेनानुक्षीयमाण विज्ञानोऽन्धकूपेऽन्धवत्पतति ॥ २१ ॥
नेपाली भावानुवादः कहिले दुर्जन रूपी सर्पले टोक्दा उसको निद्रा र विवेक हराउँछ र ऊ अज्ञानको अन्धकुपमा खस्दछ ।। २१ ।।
कर्हि स्म चित्क्षुद्ररसान् विचिन्वन् यदा परदारपरद्रव्याण्यवरुन्धानो राज्ञा स्वामिभिर्वा निहतःपतत्यपारे निरये ॥ २२ ॥
नेपाली भावानुवादः कहिले विषय-सुखको खोजीमा परस्त्री वा परधन हरण गर्न खोज्दा ऊ राजा वा स्वामीद्वारा दण्डित भई घोर नरकमा खस्छ ।। २२ ।।
अथ च तस्मादुभयथापि हि कर्मास्मिन्नात्मनः संसारावपनमुदाहरन्ति ॥ २३ ॥
नेपाली भावानुवादः त्यसैले भनिएको छ कि प्रवृत्ति मार्गमा गरिएका लौकिक र वैदिक दुवै कर्मले जीवलाई संसारको बन्धनमा मात्र पार्छन् ।। २३ ।।
मुक्तस्ततो यदि बन्धाद्देवदत्त उपाच्छिनत्ति तस्मादपि विष्णुमित्र इत्यनवञ्छितिः ॥ २४ ॥
नेपाली भावानुवादः यदि एउटा बन्धनबाट छुट्यो भने पनि अर्को कुनै व्यक्तिले उसको धन लुटिदिन्छ। यहाँ कुनै पनि कुरा स्थिर रहँदैन ।। २४ ।।
क्वचिच्च शीतवाताद्यनेकाधिदैविकभौतिकात्मीयानां दशानां प्रतिनिवारणेऽकल्पो दुरन्तचिन्तया विषण्ण आस्ते ॥ २५ ॥
नेपाली भावानुवादः कहिलेकाहीँ प्राकृतिक र शारीरिक दुःखहरूको सामना गर्न नसक्दा ऊ चिन्ताले व्याकुल हुन्छ ।। २५ ।।
क्वचिन्मिथो व्यवहरन् यत्किञ्चिद्धनमन्येभ्यो वा काकिणिकामात्रमप्यहरन् यत्किञ्चिद्वा विद्वेषमेति वित्तशाठ्यात् ॥ २६ ॥
नेपाली भावानुवादः कहिले लेनदेनको व्यवहारमा सामान्य कुरामा पनि ठगी गर्नाले ऊ अरूसँग शत्रुता मोल्न पुग्छ ।। २६ ।।
अध्वन्यमुष्मिन्निम उपसर्गास्तथा सुखदुःख रागद्वेषभयाभिमानप्रमादोन्मादशोकमोहलोभ मात्सर्येर्ष्यावमानक्षुत्पिपासाधिव्याधिजन्मजरामरणादयः ॥ २७ ॥
नेपाली भावानुवादः राजन्! यस मार्गमा सुख-दुःख, राग-द्वेष, भय, अभिमान, प्रमाद, शोक, मोह, लोभ र मृत्यु जस्ता अनगिन्ती विघ्नहरू छन् ।। २७ ।।
क्वापि देवमायया स्त्रिया भुजलतोपगूढः प्रस्कन्नविवेकविज्ञानो यद्विहारगृहारम्भाकुलहृदय स्तदाश्रयावसक्तसुतदुहितृकलत्रभाषितावलोकविचेष्टितापहृतहृदय आत्मानमजितात्माऽपारेऽन्धे तमसि प्रहिणोति ॥ २८ ॥
नेपाली भावानुवादः मायाको फन्दामा परेर ऊ विवेकहीन हुन्छ र घर-व्यवहार तथा छोराछोरीको मोहमा फसेर अन्ततः घोर अन्धकारमा खस्छ ।। २८ ।।
कदाचिदीश्वरस्य भगवतो विष्णोश्चक्रात् परमाण्वादिद्विपरार्धापवर्गकालोपलक्षणात्परिवर्तितेन वयसा रंहसा हरत आब्रह्मतृणस्तम्बादीनां भूतानामनिमिषतो मिषतां वित्रस्तहृदयस्तमेवेश्वरं कालचक्रनिजायुधं साक्षाद्भगवन्तं यज्ञपुरुषमनादृत्य पाखण्डदेवताः कङ्कगृध्रबकवटप्राया आर्यसमयपरिहृताः साङ्केत्येन अभिधत्ते ॥ २९ ॥
नेपाली भावानुवादः भगवान् विष्णुको कालचक्रले ब्रह्मादेखि तृणसम्म सबैको संहार गरिरहेको हुन्छ। तर कालदेखि डराएको मानिसले साक्षात् यज्ञपुरुषलाई छोडेर पाखण्डी र वेद-बहिष्कृत देवताहरूको शरण लिन्छ ।। २९ ।।
यदा पाखण्डिभिरात्मवञ्चितैस्तैरुरु वञ्चितो ब्रह्मकुलं समावसंस्तेषां शीलमुपनयनादि श्रौतस्मार्तकर्मानुष्ठानेन भगवतो यज्ञपुरुषस्याराधनमेव तदरोचयन् शूद्रकुलं भजते निगमाचारेऽशुद्धितो यस्य मिथुनीभावः कुटुम्बभरणं यथा वानरजातेः ॥ ३० ॥
नेपाली भावानुवादः जब ऊ पाखण्डीहरूबाट ठगिन्छ, तब ब्राह्मणको शरणमा जान्छ। तर शास्त्रोक्त आचरण उसलाई मन पर्दैन। त्यसैले ऊ मर्यादाहीन भएर बाँदर जस्तै विषयभोग र परिवार पोषणमा मात्र सीमित हुन्छ ।। ३० ।।
तत्रापिनिरवरोधः स्वैरेण विहरव्रतिकृपणबुद्धिरन्योन्यमुखनिरीक्षणादिना शाम्यकर्मणैव विस्मृतकालावधिः ॥ ३१ ॥
नेपाली भावानुवादः त्यहाँ ऊ स्वैच्छाचारी हुन्छ र विषय भोगमा फसेर आफ्नो मृत्युलाई समेत भुल्छ ।। ३१ ।।
क्वचिद्द्रुमवदैहिकार्थेषु गृहेषु रंस्यन् यथा वानरः सुतदारवत्सलो व्यवायक्षणः ॥ ३२ ॥
नेपाली भावानुवादः बाँदरले रुखमा विहार गरे झैँ ऊ लौकिक सुखमै मख्ख परेर आफ्नो समय मैथुनादि विषयमा खर्च गर्छ ।। ३२ ।।
एवमध्वन्यवरुन्धानो मृत्युगजभयात्तमसि गिरिकन्दरप्राये ॥ ३३ ॥
नेपाली भावानुवादः यसरी प्रवृत्ति मार्गमा लागेको जीव मृत्युरूपी हात्तीबाट डराइरहन्छ ।। ३३ ।।
क्वचिच्छीतवाताद्यनेकदैविकभौतिकात्मीयानां दुःखानां प्रतिनिवारणेऽकल्पो दुरन्तविषयविषण्णआस्ते ॥ ३४ ॥
नेपाली भावानुवादः कहिलेकाहीँ शारीरिक र मानसिक दुःखहरू निवारण गर्न नसक्दा ऊ चिन्ताले थलिन्छ ।। ३४ ।।
क्वचिन्मिथोव्यवहरन् यत्किञ्चिद्धनमुपयाति वित्तशाठ्येन ॥ ३५ ॥
नेपाली भावानुवादः कहिले लेनदेनमा कञ्जुस्याईं गरेर थोरै धन जोगाउन खोज्छ ।। ३५ ।।
क्वचित्क्षीणधनः शय्यासनाशनाद्युपभोगविहीनो यावदप्रतिक्त्यधमनोरथोपगतादाने ऽवसितमतिस्ततस्ततोऽवमानादीनि जनाद् अभिलभते ॥ ३६ ॥
नेपाली भावानुवादः कहिले धन सकिएपछि ऊ अपमानित भएर बस्छ वा चोरी जस्ता खराब कर्ममा लाग्छ ।। ३६ ।।
एवं वित्तव्यतिषङ्गविवृद्धवैरानुबन्धोऽपि पूर्ववासनया मिथ उद्वहत्यथापवहति ॥ ३७ ॥
नेपाली भावानुवादः धनको आशक्तिले गर्दा ऊ बारम्बार विवाहादि सम्बन्ध गाँस्ने र तोड्ने काम गरिरहन्छ ।। ३७ ।।
एतस्मिन् संसाराध्वनि नानाक्लेशोपसर्गबाधित आपन्नविपन्नो यत्र यस्तमु ह वावेतरस्तत्र विसृज्य जातं जातमुपादाय शोचन्मुह्यन् बिभ्यद्विवदन् क्रन्दन् संहृष्यन् गायन्नह्यमानः साधुवर्जितो नैवावर्ततेऽद्यापि यत आरब्ध एष नरलोकसार्थोयमध्वनः पारमुपदिशन्ति ॥ ३८ ॥
नेपाली भावानुवादः यस संसार-मार्गमा कोही मर्छन्, कोही जन्मन्छन्। मानिसहरू मृतकलाई बाटोमै छोडेर नयाँ जन्मिएकाको साथ लाग्छन्। रुने, कराउने, खुसी हुने र डराउने चक्र चलिरहन्छ। साधुको सङ्गत नगरेका कारण मानिस यो बाटोबाट कहिल्यै उम्कन सक्दैन र परमात्मासम्म पुग्न असफल हुन्छ ।। ३८ ।।
यदिदं योगानुशासनं न वा एतदवरुन्धते यन्न्यस्तदण्डा मुनय उपशमशीला उपरतात्मानः समवगच्छन्ति ॥ ३९ ॥
नेपाली भावानुवादः परमात्मालाई केवल शान्त स्वभावका मुनिहरूले मात्र प्राप्त गर्दछन्, जसले सबै कुराको त्याग गरेका छन् ।। ३९ ।।
यदपि दिगिभजयिनो यज्विनो ये वैराजर्षयः किं तु परं मृधे शयीरन्नस्यामेव ममेयमिति कृतवैरानुबन्धा यां विसृज्य स्वयमुपसंहृताः ॥ ४० ॥
नेपाली भावानुवादः ठुला-ठुला राजा र यज्ञ गर्नेहरू पनि अहङ्कारका कारण युद्धमा मारिन्छन् र यो पृथ्वी छोडेर खाली हात परलोक जान्छन् ।। ४० ।।
कर्मवल्लीमवलम्ब्य तत आपदः कथञ्चित्ररकाद्विमुक्तः पुनरप्येवं संसाराध्वनि वर्तमानो नरलोकसार्थमुपयाति एवमुपरि गतोऽपि ॥ ४१ ॥
नेपाली भावानुवादः पुण्यका कारण नरकबाट छुटे पनि जीव फेरि यसै संसार-मार्गमा फर्किन्छ। स्वर्ग जानेहरूको अवस्था पनि यही हो ।। ४१ ।।
तस्येदमुपगायन्तिआर्षभस्येह राजर्षेर्मनसापि महात्मनः । नानुवर्त्मार्हति नृपो मक्षिकेव गरुत्मतः ॥ ४२ ॥
नेपाली भावानुवादः पण्डितहरू भन्दछन्– जसरी झिँगाले गरुडको जस्तो उडान भर्न सक्दैन, त्यसै गरी अन्य राजाहरूले भरतको मार्गको अनुसरण मनले पनि गर्न सक्दैनन् ।। ४२ ।।
यो दुस्त्यजान् दारसुतान् सुहृद् राज्यं हृदिस्पृशः ।
जहौ युवैव मलवद् उत्तमश्लोकलालसः ॥ ४३ ॥
नेपाली
भावानुवादः
जसरी सामान्य मानिसका लागि स्त्री,
पुत्र, मित्र र हृदयलाई लोभ्याउने राज्य
त्याग्न अत्यन्त कठिन हुन्छ, तर ती राजा भरतले भगवान्
श्रीहरिको सेवा र दर्शनको तीव्र लालसा भएका कारण ती सबैलाई युवावस्थामै विष्ठा
(मल) लाई झैँ तुच्छ ठानेर त्यागिदिनुभयो ।।४३।।
यो दुस्त्यजान्
क्षितिसुतस्वजनार्थदारान्
प्रार्थ्यां श्रियं सुरवरैः
सदयावलोकाम् ।
नैच्छन् नृपस्तदुचितं महतां मधुद्विट्
सेवानुरक्तमनसामभवोऽपि फल्गुः ॥
४४ ॥
नेपाली
भावानुवादः
ठूला-ठूला देवताहरूद्वारा समेत प्रार्थना गरिने र जसको एक कृपादृष्टिका लागि सबै
लालायित रहन्छन्, त्यस्ती अतुलनीय लक्ष्मी (राजलक्ष्मी) र पृथ्वी, पुत्र,
स्वजन एवं धन-सम्पत्तिलाई ती राजा भरतले वास्ता गरेनन्। भगवान्
मधुसूदनको सेवामा अनुरक्त भएका महान् पुरुषहरूका लागि मोक्ष (अभव) समेत तुच्छ
हुन्छ भने यी सांसारिक वस्तुहरूको त्याग गर्नु उनीहरूका लागि कुनै अनौठो कुरा होइन
।।४४।।
यज्ञाय धर्मपतये विथिनैपुणाय
नेपाली भावानुवादः मृगको शरीर छोड्ने बेलामा उनले धर्मको रक्षा गर्ने, साङ्ख्यशास्त्रका प्रतिपाद्य श्रीहरिलाई नमस्कार गरे ।। ४५ ।।
य इदं भागवत सभाजितावदातगुणकर्मणो राजर्षेर्भरतस्यानुचरितं स्वस्त्ययनमायुष्यं धन्यं यशस्यं स्वर्खापवर्ग्यं वानुशृणोत्याख्यास्यत्यभिनन्दति च सर्वा एवाशिष आत्मन आशास्ते न काश्चन परत इति ॥ ४६ ॥
नेपाली भावानुवादः भरतको यो चरित्र सुन्ने र सुनाउनेहरूको कल्याण हुन्छ, आयु र धन बढ्छ र अन्त्यमा मोक्ष प्राप्त हुन्छ ।। ४६ ।।
यस अध्यायको सारांश :
श्रीमद्भागवतको चौधौँ अध्याय जडभरतले राजा रहूगणलाई दिएको 'भवाटवी' (संसार-वन) उपदेशको विस्तृत र सांकेतिक व्याख्या हो। यस अध्यायमा मानव जीवनलाई एउटा भयानक जङ्गलको रूपमा चित्रण गरिएको छ, जहाँ जीवहरू सुखको खोजीमा भौँतारिरहेका छन्। जडभरतले स्पष्ट पार्नुहुन्छ कि जीवले गर्ने सत्त्व, रज र तमोगुणका कर्महरू नै उसलाई यो संसारको चक्रमा फसाउने कारण हुन्। यस अध्यायमा इन्द्रियहरूलाई लुटेरा, कुटुम्बलाई ब्वाँसो र स्याल, तथा विषय-भोगलाई मृगतृष्णाको रूपमा वर्णन गरिएको छ।
मानिसले जतिसुकै दुःख गरेर कमाएको धन भए पनि यदि त्यो भगवान्को सेवामा लाग्दैन भने इन्द्रियहरूले त्यसलाई नष्ट गरिदिन्छन्। गृहस्थाश्रमलाई एउटा यस्तो कर्मक्षेत्र भनिएको छ जहाँ वासनाहरू कहिल्यै सकिँदैनन्। जीव कहिले सुनको लोभमा पर्छ त कहिले कामवासनाको अँध्यारोमा हराउँछ। उसले मृत्युलाई बिर्सेर क्षणिक सुखमा रमाउने प्रयास गर्छ, तर कालको चक्रले उसलाई निरन्तर संहार गरिरहेको हुन्छ। जडभरतले भन्नुहुन्छ कि राजाहरूले पृथ्वी जित्ने घमण्ड गरे पनि अन्त्यमा खाली हात जानुपर्छ। यस अध्यायको अन्त्यमा राजा भरतको महानताको वर्णन गरिएको छ, जसले युवावस्थामै सम्पूर्ण ऐश्वर्य त्यागेर भगवान्को शरण लिएका थिए। भरतको यो कथा सुन्ने र सुनाउनेले संसारको बन्धनबाट मुक्ति पाउँछन् भन्ने यसको निष्कर्ष हो।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायको दार्शनिक पक्ष अत्यन्तै गम्भीर छ, जसले 'प्रवृत्ति मार्ग' को निन्दा र 'निवृत्ति मार्ग' को महिमा गाउँदछ। यहाँ संसारलाई 'श्मशान जस्तो अशुभ' भनिएको छ, जसको अर्थ यो दृश्य जगत् आध्यात्मिक रूपमा मृत र सारहीन छ भन्ने हो। 'भवाटवी' को रूपकले के सिकाउँछ भने जीवको वास्तविक शत्रु बाहिर होइन, आफ्नै इन्द्रियहरू हुन्। दार्शनिक रूपमा, यहाँ 'काल' लाई भगवान्को चक्र भनिएको छ, जसले ब्रह्माण्डका सबै वस्तुहरूलाई क्षण-क्षणमा परिवर्तन गरिरहेको हुन्छ। 'मृगतृष्णा' को उदाहरणले जगत्को मिथ्यात्व र 'गन्धर्व नगर' को उदाहरणले यसको क्षणभङ्गुरतालाई पुष्टि गर्छ। यसले अन्त्यमा यो निष्कर्ष निकाल्छ कि हरि-सेवा र गुरुको शरण नै यो दुःखमय संसारबाट उम्कने एक मात्र उपाय हो।
No comments:
Post a Comment