#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – चतुर्दशोऽध्यायः

 


श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – चतुर्दशोऽध्यायः
 



स होवाच –
य एष देहात्ममानिनां सत्त्वादिगुणविशेषविकल्पितल्कालाकुशलसमवहारविनिर्मित विविधदेहावलिभिर्वियोगसंयोगाद्यनादि संसारानुभवस्य द्वारभूतेन षडिन्द्रियवर्गेण 
तस्मिन्दुर्गाध्ववदसुगमेऽध्वन्यापतित ईश्वरस्य भगवतो विष्णोर्वशवर्तिन्या मायया जीवलोकोऽयं 
यथावणिक्सार्थोऽर्थपरः स्वदेहनिष्पादितकर्मानुभवः श्मशानवदशिवतमायां संसाराटव्यां गतो नाद्यापि 
विफलबहुप्रतियोगेहस्तत्तापोपशमनीं हरिगुरुचरणारविन्दमधुकरानुपदवीमवरूधे यस्यामु ह 
वा एते षडिन्द्रियनामानः कर्मणा दस्यव एव ते ॥ १ ॥ 

श्री शुकदेवजीले भन्नुभयो–
राजन् ! देहाभिमानी जीवहरूद्वारा सत्वादि गुणको भिन्नताले शुभ, अशुभ, र संयुक्तादि तीन प्रकारको कर्मका साथै सुख दुखादि अनादि संसार जीवलाई प्राप्त हुन्छ । उसको अनुभवको छः द्वार छन । यीनै मन र पाँच ज्ञानेन्द्रियहरू द्वारा विवश भएर यी जीवको समूह बाटो बिर्सिएर भयङ्कर वनमा डुलेर धनमा लोभी ब्यापारी झैं परम समर्थ भगवान् विष्णुमा आश्रित रहने मायाको प्रेरणाले भयंकर वनको दुर्गम बाटोलाई पछ्याएर संसार वनमा पुग्दछ । यो वन श्मशान जस्तै  अत्यन्त अशुभ छ । यसमा भट्केर उसले आफ्नो शरीरले गरेका कर्मको फल भोग्दछ । त्यहाँ बिभिन्न बाधाका कारण उसलाई आफ्नो ब्यापरमा सफलता पनि मिल्दैन । तापनि उसको दुःखलाई शान्त गर्ने श्रीहरिको चरणारविन्द मधुको रसिक भक्त भ्रमराको मार्गको अनुसरण गर्दैन । यस संसार वनका मन सहितका छ इन्द्रियहरू नै कर्मको दृष्टिले चोर समान हुन ।।१।।

तद्यथा पुरुषस्य धनं यत्किञ्चिद्धर्मौपयिकं बहुकृच्छ्राधिगतं साक्षात्परमपुरुषाराधनलक्षणो योऽसौ धर्मस्तं तु साम्पराय उदाहरन्ति । तद्धर्म्यं धनं दर्शनस्पर्शनश्रवणास्वादनावघ्राणसङ्कल्पव्यवसाय गृहग्राम्योपभोगेन कुनाथस्याजितात्मनो यथा सार्थस्य विलुम्पन्ति ॥ २ ॥ 

मानिसले धेरै कष्ट गरेर कमाएको धनको सदुपयोग धर्मका लागि हुनु पर्दछ त्यो धर्म साक्षात भगवान् परमपुरुषको प्रसन्नताको लागि हुन्छ भने त्यो परलोकको मुक्तिको  कारण हुने वताइएको छ । तर जसको मन वशमा हुदैन, बुद्धिरूप सारथि विवेकहीन हुन्छ त्यसले त्यो धर्मोपयोगी धनलाई यी मनसहितका छ इन्द्रियहरू देख्न, सुन्नु , छुनु, स्वाद लिनु, सूघनु सङ्कल्प विकल्प गर्नु र निश्चय गर्नु  यी वृत्तिहरूद्वारा गृहोचित विषयभोगमा लगाएर, बेईमान मुखियाको अनुगमन गर्ने तथा असावधान ब्यापारीहरूको जत्थाको धन चोर डाँकुहरू लट्दछन, त्यसरी नै फसाएर नष्ट गर्दछ ।।२।।

अथ च यत्र कौटुम्बिका दारापत्यादयो नाम्रा कर्मणा वृकसूगाला एवानिच्छतोऽपि कदर्यस्य कुटुम्बिन उरणकवत्संरक्ष्यमाणं मिषतोऽपि हरन्ति ॥ ३ ॥ 

यतिमात्र होईन त्यस संसार वनमा रहने स्त्री पुत्रादि नामका कुटुम्ब भनिन्छ तर कर्ममा ब्वासो र गीद्धले भै त्यो लोभी कुटुम्बीको धनलाई उसको इच्छा नहुदा पनि  हुडारले बथानका सुरक्षित भएका भेडालाई पक्रेर लगेझैं, उसले हेर्दा हेर्दै लुट्दछन । ।।३।।

यथा ह्यनुवत्सरं कृष्यमाणमप्यदग्धबीजं क्षेत्रं पुनरेवावपनकाले गुल्मतृणवीरुद्‌भिर्गह्वरमिव भवत्येवमेव गृहाश्रमः कर्मक्षेत्रं यस्मिन्न हि कर्माण्युत्सीदन्ति यदयं कामकरण्ड एष आवसथः ॥ ४ ॥ 

जसरी यदि खेतको वीजहरूलाई आगो लगाएर जलाइदिएन भने खेतिको समयमा झारपात आदि घाँसले भरिन्छ । त्यसै गरी गृहास्थाश्रम पनि कर्मभूमी हो यसमा पनि कर्मको उच्छेद कहिल्यै हुदैन । किनकि यो घर कर्मवासनाको प्याङ्ग जस्तै हो ।।४।।

तत्र गतो दंशमशकसमापसदैर्मनुजैः शलभ शकुन्ततस्करमूषकादिभिरुपरुध्यमानबहिःप्राणः 
क्वचित् परिवर्तमानोऽस्मिन्नध्वन्यविद्याकामकर्मभि रुपरक्तमनसानुपपन्नार्थं नरलोकं गन्धर्वनगर मुपपन्नमिति मिथ्यादृष्टिरनुपश्यति ॥ ५ ॥ 

यस गृहाश्रममा आशक्त भएको व्यक्तिको धनरूप बाहिरी प्राणलाई डाँठ लामखुट्टे समानका नीच पूरुषले तथा चरा, चोर मुसा आदिले क्षति पुर्याउछ । कहिले यस मार्गमा हिड्दा यो अविद्या, काम र कर्ममा आशक्त भएको आफ्नो चित्तले दृष्टि दोषका कारण यस मत्र्यलोकमा जुन गन्धर्वनगरको समान असत् छ, त्यसलोकलाई सत्य मान्दछ ।।५।।

तत्र च क्वचिदातपोदकनिभान् विषयानुपधावति पानभोजनव्यवायादिव्यसनलोलुपः ॥ ६ ॥ 

फेरी खान पान र स्त्री प्रसङ्गादि व्यसनमा फसेर मृगतृष्णा झैं अनेक विषयमा दौडिन्छ ।।६।।

क्वचिक्षाशेषदोषनिषदनं पुरीषविशेषं तद्वर्णगुणनिर्मितमतिः सुवर्णमुपादित्सत्यग्नि कामकातर इवोल्मुकपिशाचम् ॥ ७ ॥ 

कहिले वनमा जाडोले कठ्यांग्रिएको त्यो मानिस आगोको पाउन व्याकुल भएको बेला राँके भूतलाई देखेर आगोनै हो भन्ने ठाँनेर उसैतिर र्दाडन्छ त्यसैगरि बुद्धिको रजोगुणले प्रभावित भएर सबै अनर्थको जड अग्निेको मलरूप सुनलाई सबै सुखको  साधन हो भन्ने मानेर उसलाई पाउन दौडिरहन्छ  ।।७।।

अथ कदाचिन्निवासपानीयद्रविणाद्यनेकात्मोप जीवनाभिनिवेश एतस्यां संसाराटव्याम् इतस्ततः 
परिधावति ॥ ८ ॥ 

कहिले यस शरीरलाई जीवित राख्ने घर, अन्न जल र धन आदिमा आशक्त भएर यस संसार वनमा यता उता दौडधुप गर्दछ ।।८।।

क्वचिच्च वात्यौपम्यया प्रमदयाऽऽरोह( मारोपितस्तत्कालरजसा रजनीभूत इवासाधुमर्यादो रजस्वलाक्षोऽपि दिग्देवता अतिरजस्वलमतिर्न विजानाति ॥ ९ ॥ 

कहिले हुरी वतास झैं आँखामा धुलो हाल्ने स्त्रीले काखमा बसाल्दछिन, अनि उ तत्काल अन्धो भएर सत्पुरषको मर्यादालाई पनि विचार राख्दैन । त्यस बखतमा आँखामा रजगुणको धुलो भरिनाले बुध्दि यस्तो मलिन हुन्छ कि आफ्नो कर्मको साक्षी दिशाका देवता लाई पनि विर्सन्छ ।।९।।

क्वचित्सकृदवगतविषयवैतथ्यः स्वयं पराभिध्यानेन विभ्रंशितस्मृतिस्तयैव मरीचि तोयप्रायांस्तानेवाभिधावति ॥ १० ॥ 

कहिले आफै नै एकाध पटक विषय मित्थ्या हो भन्ने बुझेर पनि त्यो मृगतृष्णा झैं मित्थ्या विषयमा अझै फस्दछ ।।१०।।

क्वचिदुलूकझिल्लीस्वनवदतिपरुषरभसाटोपं प्रत्यक्षं परोक्षं वा रिपुराजकुलनिर्भर्त्सितेना तिव्यथितकर्णमूलहृदयः ॥ ११ ॥ 

कहिले प्रत्यक्ष शव्द गराउने उल्लु खालका सत्रुहरूको र परोक्षरुपले बोल्ने झ्याउकिरी समान राजाको अति कठोर एवं मटु हल्लाउने खालको हप्किले उसको कानलाई धरै व्यथा हुन्छ ।।११।।

स यदा दुग्धपूर्वसुकृतस्तदा कारस्करकाकतुण्डाद्यपुण्यद्रुमलताविषोदपानवदुभयार्थशून्य द्रविणाञ्जीवन्मूतान् स्वयं जीवन्म्रियमाण उपधावति ॥ १२ ॥ 

पहिलो जन्मको पुण्यको क्षीण हुनाले यो बाँचे पनि मरे समान हुन्छ र और करस्कर एव काकतुण्ड आदि विषालु फल भएका पापवृक्षहरू र दुषित लहराहरू एवं विषालु इनार झैं उसको धन यसलोक परलोक दुवैमा काममा आउदैनन् र ती बाँचेर पनि मरेतुल्य हुन्छन, उ त्यस्ता कृपिणी धनीहरूको आश्रय लिन पुग्दछ ।।१२।।

एकदाऽसत्प्रसङ्गान्निकृतमतिर्व्युदकस्रोतःस्खलनवदुभयतोऽपिदुःखदपाखण्डमभियाति ॥ १३ ॥

कहिले असत पुरुषको संगतले बुद्धि विग्रनाले सुखा खोलामा खसेझैं अनेक दुःख भोग्दछ र यसलो र परलोकमा दुःख दिने भएको पाखण्डधर्ममा फस्दछ ।।१३।।

यदा तु परबाधयान्ध आत्मने नोपनमति तदा हि पितृपुत्रबर्हिष्मतः पितृपुत्रान् वा स खलु भक्षयति ॥ १४ ॥ 

जब सत्रुहरूबाट उसले अन्न पाउँदैन तव उ आफ्ना बाबु, छोरा आदिको एक टुक्रा कुश सम्म देख्यो भने उनीहरूलाई समेत अनेक दुख दिन तयार हुन्छ ।।१४।।

क्वचिदासाद्य गृहं दाववत्प्रियार्थविधुरम् असुखोदर्कं शोकाग्निना दह्यमानो भृशं निर्वेदमुपगच्छति ॥ १५ ॥ 

कहिले दावनाल समान प्रिय वस्तुबाट सून्य एवं परिणामबाट दुःखमय घरमा पुग्दछ, त त्यहाँ इष्टमित्रको वियोगादिको शोकाग्निले तड्पिएर धेर्रै खिन्न हुन्छ ।।१५।।

क्वचित्कालविषमितराजकुलरक्षसापहृत( प्रियतमधनासुः प्रमृतक इव विगतजीवलक्षण आस्ते ॥ १६ ॥ 

कहिले काल समान भयङ्गकर राजकूलरूपराक्षस जस्तो भएर यसको परम प्रिय धनरूप प्राणलाई हर्दछन । त्यति बेला त्यो मरे समान निर्जीव हुन्छ ।।१६।।

कदाचिन्मनोरथोपगतपितृपितामहाद्यसत्सदिति स्वप्रनिर्वृतिलक्षणमनुभवति ॥ १७ ॥ 

कहिले अत्यन्त असत पिता पितामह आदि सम्बन्धलाइ वासनाका समान झैं सत्य सम्झेर उनको सहवासले सपना जस्तै क्षणिक सुखको अनुभव गर्दछ ।।१७।।

क्वचिद् गृहाश्रमकर्मचोदनातिभरगिरिमारुरुक्षमाणो लोकव्यसनकर्षितमनाः कण्टक शर्कराक्षेत्रप्रविशन्निवसीदति ॥ १८ ॥ 

गृहाश्रमका लागि जुन कर्म विधानको बारे वताइएको छ त्यसको अनुष्ठान गर्न अथि कठिन पर्वत उक्लनु समान हुन्छ अरुहरूको त्यस्तो प्रवृति देखेर उनीहरूको देखासिकीमा त्यो कर्मतिर लाग्दछ अनि त्यति बेला काडै काँडा र कंकड भएकोे जमिनमा हिड्ने मानिसलाई हुने दुःख  झै दुखी हुन्छ ।।१८।।

क्वचिज्ज दुःसहेन कायाभ्यन्तरवह्निना गृहीतसारःस्वकुटुम्बाय क्रिध्यति ॥ १९ ॥ 

कहिले आफ्नै पेट भित्रको राँकोले गर्दा आफ्नो वान्धबमा रिस गर्दछ । त्यतिबेला उसमा धैर्य हुदैन ।।१९।।

स एव पुनर्निद्राजगरगृहीतोऽन्धे तमसि मग्नः शून्यारण्य इव शेते नान्यत् किञ्चन वेद शव इवापविद्धः ॥ २० ॥ 

फेरी जब निद्रारूप घोर अन्धकारमा डुवेर सुनसान जंगलमा फ्याकिएको मुर्दा समान सुतेर रहन्छ । त्यस बखत उसलाई कुनै कुराको होस हुदैन ।।२०।।

कदाचिद् भग्नमानदंष्ट्रो दुर्जनदन्दशूकैरलब्धनिद्राक्षणो व्यथितहृदयेनानुक्षीयमाण विज्ञानोऽन्धकूपेऽन्धवत्पतति ॥ २१ ॥ 

कहिले दुर्जनरूपसर्पले यसरी टोक्दछ कि यसको अशान्तिले गर्दा निदाउन पनि सक्तैन र यस्तो वेदनाले गर्दा विवेकशक्ति गुम्दछ पुरौ अध्याँरो नरकको खाल्डोमा खस्दछ ।।२१।।

कर्हि स्म चित्काममधुलवान् विचिन्वन् यदा परदारपरद्रव्याण्यवरुन्धानो राज्ञा स्वामिभिर्वा निहतःपतत्यपारे निरये ॥ २२ ॥ 

कहिले विषय सुखरूप मधुकणलाई खोज्दा खोज्दै जब अर्काकी स्त्री र परधनलाई हरण गर्न खोज्दछ त्यसबेला उनको मालिक वा राजाद्वारा मारिएर यस्तो नरकमा खस्दछ जहाँबाट फेरी उत्रन सक्तैन ।।२२।।

अथ च तस्मादुभयथापि हि कर्मास्मिन्नात्मनः संसारावपनमुदाहरन्ति ॥ २३ ॥ 

त्यसैले यस्तो भनिएको छ कि प्रवृति मार्गमा रहेर गरिएको लौकिक एवं वैदिक दुवै प्रकारको कर्मले जीवलाई संसार प्राप्ति गराउँदछ ।।२३।।

मुक्तस्ततो यदि बन्धाद्देवदत्त उपाच्छिनत्ति तस्मादपि विष्णुमित्र इत्यनवञ्छितिः ॥ २४ ॥ 

यदि कुनै प्रकारले राजा आदिको बन्धनबाट छुट्यो भने पनि आन्यायले ग्रहण गरेको ती स्त्री र धनलाई देवदत्त नाम गरेको अर्को व्यत्तिले हर्दछ र त्यसबाट पनि विष्णुमित्र नामको अर्को तेश्रो व्यक्ति लुट्दछ । एकै ठाँउमा रहदैन ।।२४।।

क्वचिच्च शीतवाताद्यनेकाधिदैविकभौतिकात्मीयानां दशानां प्रतिनिवारणेऽकल्पो दुरन्तचिन्तया विषण्ण आस्ते ॥ २५ ॥ 

कहिलेकहिं शीत र वायुआदि अनेकौ आधिदैविक, आधिभौतिक र आध्यात्मिक दुःखको स्थितिलाई निवारण गर्न नसक्दा अपार चिन्ताको कारण दिक्क मान्दछ ।।२५।।

क्वचिन्मिथो व्यवहरन् यत्किञ्चिद्धनमन्येभ्यो वा काकिणिकामात्रमप्यहरन् यत्किञ्चिद्वा विद्वेषमेति वित्तशाठ्यात् ॥ २६ ॥ 

कहिले एकआपसमा लेनदेनको व्यवहार गर्दा कसैसंग एक कौडि अथवा यो भन्दा पनि कमको ठगीले गर्दा उसंग वैरी हुन्छ ।।२६।।

अध्वन्यमुष्मिन्निम उपसर्गास्तथा सुखदुःख रागद्वेषभयाभिमानप्रमादोन्मादशोकमोहलोभ मात्सर्येर्ष्यावमानक्षुत्पिपासाधिव्याधिजन्मजरामरणादयः ॥ २७ ॥ 

राजन् ! यस मार्गमा पहिले भनेका  विघ्न बाहेक सुख–दुःख, राग–द्वेष, भय, अभिमान, प्रमाद उन्माद, शोक, मोह, लोभ, मात्सर्य, इष्र्या, अपमान, भोक, प्यास आधि व्याधि, जन्म, जरा, र मृत्यु आदि अरु धेरै विघ्न छन ।।२७।।

क्वापि देवमायया स्त्रिया भुजलतोपगूढः प्रस्कन्नविवेकविज्ञानो यद्विहारगृहारम्भाकुलहृदय स्तदाश्रयावसक्तसुतदुहितृकलत्रभाषितावलोकविचेष्टितापहृतहृदय आत्मानमजितात्माऽपारेऽन्धे तमसि प्रहिणोति ॥ २८ ॥ 

यस विघ्नको बाटोमा यसरी भट्कीएर हिड्दा कुनै समय इश्वरको मायारुपिणी स्त्रीको फन्दामा परेर विवेकहीन हुन्छ र तव उसैको लागि घर, वंगाला आदि वनाउने चिन्तमा ग्रस्त हुन्छ तथा उनै बाट उत्पन्न छोरा छोरी आदिको मिठो बोली, हेराई र चेष्टामा आकर्षित भएर उसैमा चित्त फसनाले त्यो इन्द्रियको नोकर भएर अपार नरकमा पर्दछ ।।२८।।

कदाचिदीश्वरस्य भगवतो विष्णोश्चक्रात् परमाण्वादिद्विपरार्धापवर्गकालोपलक्षणात्परिवर्तितेन वयसा रंहसा हरत आब्रह्मतृणस्तम्बादीनां भूतानामनिमिषतो मिषतां वित्रस्तहृदयस्तमेवेश्वरं कालचक्रनिजायुधं साक्षाद्‌भगवन्तं 
यज्ञपुरुषमनादृत्य पाखण्डदेवताः कङ्कगृध्रबकवटप्राया आर्यसमयपरिहृताः साङ्केत्येन अभिधत्ते ॥ २९ ॥ 

भगवान् विष्णुको कालचक्र अस्त्र छन जु्न परमाणु देखि लिएर दुइ परार्धसम्म क्षण घडि आदिले युक्त छ  र त्यो निरन्तर साबधान रहेर घुमिरहन्छ । चाँडो चाँडो बदलिने वाल, यौवन आदि अवस्थाहरू नै यसको वेग हो । त्यसैद्वारा वहाँले ब्रम्ह देखि लिएर तृण सम्म सबै प्राणीलाई निरन्तरलाई संहार गर्नुहुन्छ । यसको गतिमा कसैले पनि बधा पुर्याउन सक्तैन । काल देखि डराएरको मन्दबुद्धि भएको मानिस कालचक्र नै आयुध भएका साक्षत् भगवान् यज्ञपुरुषको आराधना छोडेर पाखण्डीको चक्करमा परेर कंक, गिद्ध, बकुल्ला, र उल्लु समान आर्यशास्त्र वहिस्कृत देवताहरूको आश्रय लिन्छ । जसको नाम ता वेद बाहिरका अप्रमाणिक वचनहरूमा उल्लेख गरिएको छ ।।२९।।

यदा पाखण्डिभिरात्मवञ्चितैस्तैरुरु वञ्चितो ब्रह्मकुलं समावसंस्तेषां शीलमुपनयनादि श्रौतस्मार्तकर्मानुष्ठानेन भगवतो यज्ञपुरुषस्याराधनमेव तदरोचयन् शूद्रकुलं भजते निगमाचारेऽशुद्धितो यस्य मिथुनीभावः कुटुम्बभरणं यथा वानरजातेः ॥ ३० ॥ 

आफैं धोका पाएको त्यो  पाखण्डिी त्यस्ता संग जव यो पनि ठगिन्छ अनि दुखी हून्छ अनि ब्राम्हणको सरण लिन पुग्दछ  तर उपयन संस्कारको श्रुति स्मृति आचरण अनुसार गरिएका कर्म र भगवान् यज्ञपुरुषको आराधना आदिे शास्त्रोक्त आचरणको पालन उसलाई राम्रो लाग्नैन । त्यसैले वेदोक्त आचार अनुकुल आफु्मा शुद्धि नहुनाले त्यो कर्म सून्य सूद्रकुलमा प्रवेश गर्दछ । जसको स्वभाव बादर समान कुटुम्ब पोषण र स्त्री संग नै हुन्छ । ।।३०।।

तत्रापिनिरवरोधः स्वैरेण विहरव्रतिकृपणबुद्धिरन्योन्यमुखनिरीक्षणादिना शाम्यकर्मणैव विस्मृतकालावधिः ॥ ३१ ॥ 

त्यहाँ विना रोकतोक आफ्नो कर्म गर्नाले उसको बुध्दि अत्यन्त दीन हुन्छ । विषय भोगमा फसेका कारण एक अर्कोमा मुख हेर्ने आदि विषयमा फसेर आफ्नो मृत्युकालको पनि हेक्का राख्दैन ।।३१।।

क्वचिद्द्रुमवदैहिकार्थेषु गृहेषु रंस्यन् यथा वानरः सुतदारवत्सलो व्यवायक्षणः ॥ ३२ ॥ 

बाँदरहरूले रुखमा विहार गरे झैं वृक्षको समान लौकिक लौकिक सुखको त्यो घरमैं सुख मानेर वादरको जस्तै स्त्री पुत्रादिमा आसक्त भएर उ आफ्नो सबै समय मैथुनादि विषय भोगमा नै विताउँछ ।।३२।।

एवमध्वन्यवरुन्धानो मृत्युगजभयात्तमसि गिरिकन्दरप्राये ॥ ३३ ॥ 

यस प्रकार प्रवृत्ति मार्गमा लागेर सुख दुःख भोगेको जीव रोगरुपी गिरिगुहामा फसेर त्यसमा रहने मृत्युरूप हात्तिबाट डराइरहन्छ ।।३३।।

क्वचिच्छीतवाताद्यनेकदैविकभौतिकात्मीयानां दुःखानां प्रतिनिवारणेऽकल्पो दुरन्तविषयविषण्णआस्ते ॥ ३४ ॥ 

कहिलेकहिँ शीत, वाय्, आदि अनेक प्रकारका आधिदैविक, आधिभौतिक र आध्यात्मिक दुःखको निवारण गर्नमा जब असफल हुन्छ तव त्यसबेला अपार विषयको चिन्ताले उसलाई सताउँछ  ।।३४।।

क्वचिन्मिथोव्यवहरन् यत्किञ्चिद्धनमुपयाति वित्तशाठ्येन ॥ ३५ ॥ 

कहिले आपसमा खरिद विक्रि आदिको व्यापार गर्नाले धरै कञ्जुस्याई गर्नाले उसलाई थोरै धन प्राप्त हुन्छ ।।३५।।

क्वचित्क्षीणधनः शय्यासनाशनाद्युपभोगविहीनो यावदप्रतिक्त्यधमनोरथोपगतादाने ऽवसितमतिस्ततस्ततोऽवमानादीनि जनाद् अभिलभते ॥ ३६ ॥ 

कहिले थोरै धन नष्ट हुँदा उसंग सत्ने बस्ने र खानेको समेत कुनै वस्तु हुदैन । तव आफु्लाई इच्छा लागेको वस्तु नमिल्दा चोरी आदि खराव कर्म अपनाउँदछ । जसले गर्दा जताततै अरुबाट अपमानित हुन पुग्दछ ।।३६।।

एवं वित्तव्यतिषङ्गविवृद्धवैरानुबन्धोऽपि पूर्ववासनया मिथ उद्वहत्यथापवहति ॥ ३७ ॥ 

यस प्रकार धनको आशक्तिमा परस्पर वैरभाव बढ्नाले पनि उ आफ्नो पूर्व वाशनाका कारण आपसमा विवाहादि सम्बन्ध गर्ने र छोड्ने गर्दछ ।।३७।।

एतस्मिन् संसाराध्वनि नानाक्लेशोपसर्गबाधित आपन्नविपन्नो यत्र यस्तमु ह वावेतरस्तत्र विसृज्य जातं जातमुपादाय शोचन्मुह्यन् बिभ्यद्विवदन् क्रन्दन् संहृष्यन् गायन्नह्यमानः साधुवर्जितो नैवावर्ततेऽद्यापि यत आरब्ध एष नरलोकसार्थोयमध्वनः पारमुपदिशन्ति ॥ ३८ ॥
 
यस संसार मार्गमा घुम्ने जीव अनेक प्रकारको क्लेश र विघ्न वाधाहरूले पीडित  भएर बाटोमा जसलाई जहाँ आपत्ति आउँदछ  अथावा जो कोहि मर्दछन त्यसलाई जहाँको त्यहिँ छोडेर  नयाँ जन्मेकासंग साथ लाग्दछन । कहिले कसैका लागि शोक गर्दछन । कसैको दुःख देखेर मुर्छित हुन्छन । कसैंसंग वियोग हुने आशंकाले भयभिति हुन्छन । कसैसंग झगडा हुदा कुनै आपत्ति आउदा रुन कराउन लाग्दछ । कतै आफ्नो मनको इच्छा पुरा भयोभने खुसी हुँदै कहिले गाउन लाग्दछ कहिले त्यहि कामना पुरा गर्नका लागि बन्धनमा समेत पर्दछन । यिनीहरू साधुको नजिक कहिले पनि आउदैन । उ साधुबाट सधैं वञ्चित रहन्छ । यसरी नै निरन्तर अगाडि बढिरहन्छ । जहाँबाट यसको आरम्भ भयो र जसलाई यसमार्गको अन्तिम अवधि भन्दछन वहाँ परमात्मासम्म उ अहिलेसम्म पुगेको छैन ।।३८।।

यदिदं योगानुशासनं न वा एतदवरुन्धते यन्न्यस्तदण्डा मुनय उपशमशीला उपरतात्मानः समवगच्छन्ति ॥ ३९ ॥ 

परमात्मासम्म पुग्ने गति ता योग शास्त्रको पनि हुदैन । जसले सब प्रकारको को त्याग गरेको छ त्यो निवृति परायण शान्त श्वभावका मुनिजन नै वहाँ (परमात्मा) लाई प्राप्त गर्दछन ।।३९।।

यदपि दिगिभजयिनो यज्विनो ये वैराजर्षयः किं तु परं मृधे शयीरन्नस्यामेव ममेयमिति कृतवैरानुबन्धा यां विसृज्य स्वयमुपसंहृताः ॥ ४० ॥ 

दिग्गजलाई जितेका अथवा ठुला ठुला यज्ञको अनुष्ठान गर्ने राजर्षिहरूलाई समते त्यो मार्ग कठिन छ । उनीहरू यो मेरो भन्ने अभिमान गरेर संग्राम भूमीमा सत्रुका सामना गरेर जस्का लागि प्राण परित्याग गर्दछन त्यो उनीहरू त्यहि पृथ्वीमा नै आफ्नो शरीर छोडेर स्वयं परलोक जान्छन ।।४०।।
 
कर्मवल्लीमवलम्ब्य तत आपदः कथञ्चित्ररकाद्विमुक्तः पुनरप्येवं संसाराध्वनि वर्तमानो नरलोकसार्थमुपयाति एवमुपरि गतोऽपि ॥ ४१ ॥ 

आफ्नो पुण्य कर्मरूप लताको अवलम्बन गरेर यदि कुनै प्रकार त्यो जीव आपत्तिहरूबाट अथवा नरकबाट पनि छुटकारा पाउन सक्यो भने फेरी यसैप्रकार संसार मार्गमा डुल्दै मानिसको समुदायमा मिल्दछ । यहि दशा स्वर्गादि माथिका लोकमा जानेहरूको पनि हो ।।४१।।

तस्येदमुपगायन्तिआर्षभस्येह राजर्षेर्मनसापि महात्मनः । नानुवर्त्मार्हति नृपो मक्षिकेव गरुत्मतः ॥ ४२ ॥ 

राजन् ! भरतको चरित्रको बारेमा पण्डितहरू यसो भन्दछन । जसरी झिंगाले गरुडको चाल गर्न सक्तैन त्यसै गरी राजर्षि महात्मा भरतको मार्गको अनुसरण अरु कुनै अन्य राजाले मनबाट पनि गर्न सक्तैनन ।।४२।।

योदुस्त्यजान्दारसुतान् सुहृद्राज्यं हृदिस्पृशः । जहौ युवैव मलवदुत्तमश्लोकलालसः ॥ ४३ ॥ 

योदुस्त्यजान् क्षितिसुतस्वजनार्थदारान् 
         प्रार्थ्यांश्रियंसुरवरैःसदयावलोकाम् । 
नैच्छन्नृपस्तदुचितं महतां मधुद्विट् 
         सेवानुरक्तमनसामभवोऽपि फल्गुः ॥ ४४ ॥ 

उनले मनलाई आकर्षित गर्ने– पृथ्वी, पुत्र, मित्र, सम्पत्ति र स्त्री तथा जसका लागि ठुला ठुला देवताहरू पनि लालयित हुन्छन तर जो स्वयं उनको दयादृष्टिका लागि उनीमा दृष्टिपात गरिरहन्थे । उसमा यिनले अलिकता पनि इच्छा राखेनन् । यो सब उनको लगि उचित नै थियो किनकि जस्को चित्त भगवान् मध्सुदनको सेवामा अनुरक्त भएको हुन्छ उनको दृष्टिमा मोक्षपद पनि अत्यन्त तुक्ष हुन्छ ।।४४।।

यज्ञाय धर्मपतये विथिनैपुणाय 
         योगाय सांख्यशिरसे प्रकृतीश्वराय । 
नारायणाय हरये नम इत्युदारं 
         हास्यन्मृगत्वमपि यः समुदाजहार ॥ ४५ ॥ 

उनले मृग शरीर छाड्ने इच्छा हुँदा ठुलोस्वरमा भनेका थिए कि  धर्मको रक्षगर्ने, धर्म अनुष्ठानमा निपुण, योगगम्य, शांख्यशास्त्रका प्रतिपाद्य, प्रकृतिका अधिश्वर, यज्ञमुर्ति सर्वान्तर्यामी श्रीहरिलाई मेरो नमस्कार छ ।।४५।।

य इदं भागवत सभाजितावदातगुणकर्मणो राजर्षेर्भरतस्यानुचरितं स्वस्त्ययनमायुष्यं धन्यं यशस्यं स्वर्खापवर्ग्यं वानुशृणोत्याख्यास्यत्यभिनन्दति च सर्वा एवाशिष आत्मन आशास्ते न काश्चन परत इति ॥ ४६ ॥ 

राजन् ! भरतको पवित्र गुण र कर्मको बारेमा भक्तजन पनि प्रशंसा गर्दछन । भरतको यो चरित्र धेरै कल्याणकारी, आयु र धनलाई बढाउने अन्तमा स्वर्ग तथा मोक्ष प्राप्ति गराउने हो । जसले यसलाई सुन्दछ, सुनाउँछ अथवा यसको आदर गर्दछ भने उसको सबै कामनाहरू स्वतः पूर्ण भएर जान्छ । अरुसंग उसले केहि माग्नु पर्दैन ।।४६।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे भरतोपाख्याने पारोक्ष्यविवरणं नाम चतुर्दशोऽध्यायः ॥ १४ ॥