#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

सप्तमः स्कंधः - अष्टमोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
सप्तमः स्कंधः - अष्टमोऽध्यायः

 
नारद उवाच -
(अनुष्टुप्)
अथ दैत्यसुताः सर्वे श्रुत्वा तदनुवर्णितम् ।
जगृहुर्निरवद्यत्वात् नैव गुर्वनुशिक्षितम् ॥ १ ॥

नारदजीले भन्नुभयो–
दैत्यबालकहरुले प्रल्हादले गरेको कुरालाई पनि स्वीकार गरे । उनीहरु साना बालकै थिए उनीहरुले गुरुले दिएको शिक्षा पटि ध्यान दिएनन् ।।१।।

अथाचार्यसुतस्तेषां बुद्धिमेकान्तसंस्थिताम् ।
आलक्ष्य भीतस्त्वरितो राज्ञ आवेदयद् यथा ॥ २ ॥

प्रल्हादले भनेका कुरालाई सबै विद्याथीहरुले समर्थन जनाएकाले गुरुहरु पनि डराए र सबै कुरा हिरण्यकशिपुलाई बताए ।।२।।

श्रुत्वा तदप्रियं दैत्यो दुःसहं तनयानयम् ।
कोपावेशचलद्‍गात्रः पुत्रं हन्तुं मनो दधे ॥ ३ ॥

क्षिप्त्वा परुषया वाचा प्रह्रादमतदर्हणम् ।
आहेक्षमाणः पापेन तिरश्चीनेन चक्षुषा ॥ ४ ॥

प्रश्रयावनतं दान्तं बद्धाञ्जलिमवस्थितम् ।
सर्पः पदाहत इव श्वसन् प्रकृतिदारुणः ॥ ५ ॥

प्रल्हादको बारेमा यस्तो कुरा सुनेर हिरण्यकशिपु रिसले काम्न लाग्यो । उसले प्रल्हादलाई मार्ने निश्चय गर्यो ।।

हिरण्यकशिपुरुवाच -
हे दुर्विनीत मन्दात्मन् कुलभेदकराधम ।
स्तब्धं मच्छासनोद्धूत्तं नेष्ये त्वाद्य यमक्षयम् ॥ ६ ॥

आफ्ना बाबु हिरण्यकशिपुका अगाडि उभिएका प्रल्हदले आफ्नो मन र इन्द्रियलाई वशमा राखेका थिए । उनी सबै कुराबाट योग्य थिए । तर क्रुर स्वभाव भएको हिरण्यकशिपु भने चोट लागेको सर्फले झैं फुं फुं गरेर आवाज निकाल्न लाग्यो । कर्के आँखाले प्रल्हद तिर हेर्दे कठोर शव्दले हप्काउन लाग्यो ।।४।५।।

क्रुद्धस्य यस्य कम्पन्ते त्रयो लोकाः सहेश्वराः ।
तस्य मेऽभीतवन्मूढ शासनं किं बलोऽत्यगाः ॥ ७ ॥

मुर्ख बालक । अब तँ धेरै घमण्डी भइछस । हुँदा हुँदा दैत्य बालकलाई पनि भड्काउँन खोज्दैछस । तैले धेरै पटक मेरो आज्ञालाई उलंघन गरिस त्यसैले तलाई यमराजको लोकमा पठाइदिन्छु । मेरो अलिकति रिसले नै तीनैलोक काम्दछ । आज तैले कसको बल पाएर मेरो आज्ञालाई उलंघन गर्देछस बता ।।७।।

प्रह्राद उवाच -
(इंद्रवज्रा)
न केवलं मे भवतश्च राजन्
         स वै बलं बलिनां चापरेषाम् ।
परेऽवरेऽमी स्थिरजङ्‌गमा ये
         ब्रह्मादयो येन वशं प्रणीताः ॥ ८ ॥

प्रल्हदले भने
राजन ! भगवानले ब्रह्मा देखि साना किरा सम्मलाई आफ्नो वशमा राख्नु भएको छ । तपाई र मेरो कुरा त के हो र संसारका सबै बलबानहरुलाई पनि वहाले आफ्नो वशमा राख्नु भएको छ ।।८।।

स ईश्वरः काल उरुक्रमोऽसौ
         ओजः सहः सत्त्वबलेन्द्रियात्मा ।
स एव विश्वं परमः स्वशक्तिभिः
         सृजत्यवत्यत्ति गुणत्रयेशः ॥ ९ ॥

उनै प्रभु सर्व शक्तिमान  र सबैका काल पनि हुनुहुन्छ । सबै प्राणीहरुका मनोवल, देहवल र इन्द्रियवल हुनुहुन्छ । वहाँ आफ्नो शक्तिद्वारा विश्वको रचना पालन र संहार गर्नुहुन्छ । वहाँ तीनै गुणका स्वामी हुनुहन्छ ।।९।।

जह्यासुरं भावमिमं त्वमात्मनः
         समं मनो धत्स्व न सन्ति विद्विषः ।
ऋतेऽजितादात्मन उत्पथस्थितात्
         तद्धि ह्यनन्तस्य महत्समर्हणम् ॥ १० ॥

त्यसैले आफ्नो असुरभावलाई त्यागेर सबैलाई समान देख्नुहोस । यस संसरमा आफ्नो वशमा नभएका कुमार्गगामी मनले अरुलाई सत्रु देख्दछ । सबैमा समानता देख्नु नै भगवानको पुजा हो ।। १०।।

दस्यून्पुरा षण्णण्न विजित्य लुम्पतो
         मन्यन्त एके स्वजिता दिशो दश ।
जितात्मनो ज्ञस्य समस्य देहिनां
         साधोः स्वमोहप्रभवाः कुतः परे ॥ ११ ॥

जसले आफ्नो सर्वस्व नै लुट्ने यस इन्द्रियरूपी सत्रुहरु माथि विजय प्राप्त गर्न सक्तैन उसैले मैले दस दिशा जितें भन्छ भने त्यो मुर्ख हो । सबैमा समताको भाव राख्ने ज्ञानी एवं जितेन्द्रिय महात्माले ता उनको अज्ञानबाट उत्पन्न हुने काम क्रोधादि सत्रुहरु पनि मार्दछन भने बाहिरी सत्रु हुने ता कुरै भएन ॥ ११ ॥ 

हिरण्यकशिपुरुवाच -
(अनुष्टुप्)
व्यक्तं त्वं मर्तुकामोऽसि योऽतिमात्रं विकत्थसे ।
मुमूर्षूणां हि मन्दात्मन् ननु स्युर्विक्लवा गिरः ॥ १२ ॥

हिरण्यकशिपुले भन्यो
हे मन्दबुध्दि ! बोल्नुको पनि एउटा सीमा हुन्छ । अब तँ मर्न खोज्दैछस किनकि जो मर्न खोज्दछ उसले यस्तै छेउ न पुछरको कुरा मात्र गर्छ ।।१२।।

यस्त्वया मन्दभाग्योक्तो मदन्यो जगदीश्वरः ।
क्वासौ यदि स सर्वत्र कस्मात् स्तम्भे न दृश्यते ॥ १३ ॥

अभागि ! म बाहेक अरु नै जगतका स्वामी छन भनेर तैले बताइस ल हेरौं त तेरो जगदिश्वर कहाँ छन । के भनिस रे उ सर्वत्र छ, उसो भए यो खम्बामा पनि छ त,  किन देखिदैन यहाँ ।।१३

सोऽहं विकत्थमानस्य शिरः कायात् हरामि ते ।
गोपायेत हरिस्त्वाद्य यस्ते शरणमीप्सितम् ॥ १४ ॥

प्रल्हादले गम्भिर भएर भने– वहाँ यस खम्बामा पनि अवस्य देखिनुहुन्छ । हिरण्यकशिपुले भन्या–अरे तँ किन यस्तो कुरा गरिरहेछस, अहिले नै तेरो म टाउको छिनालिदिन्छु अनि तेरो सर्वस्व हरिको भरोसा हेरौंला । उसले तेरो रक्षा कसरी गर्दोरहेछ ? ।।१४।।

(इंद्रवज्रा)
एवं दुरुक्तैर्मुहुरर्दयन् रुषा
         सुतं महाभागवतं महासुरः ।
खड्गं प्रगृह्योत्पतितो वरासनात्
         स्तम्भं तताडातिबलः स्वमुष्टिना ॥ १५ ॥

यस प्रकार त्यो वलवान एवं पराक्रम दैत्यले प्रल्हादलाई बारम्वार हप्काउन लाग्यो । तब उसले रिसले चुर भएर सिंहासनबाट उठेर खड्ग हातमा लिएर जोड संग खम्बामा प्रहार गर्यो ।।१५।।

तदैव तस्मिन् निनदोऽतिभीषणो
         बभूव येनाण्डकटाहमस्फुटत् ।
यं वै स्वधिष्ण्योपगतं त्वजादयः
         श्रुत्वा स्वधामात्ययमङ्‌ग मेनिरे ॥ १६ ॥

उसको प्रहारले खम्बाबाट ठुलो आवाज आयो । ब्रह्माण्डनै फाटेको जस्तो गरेर त्यो आवाज अरु लोकमा पनि पुग्यो । त्यो आवाज सुनेर ब्रहजीलाई पनि लोकमा प्रलय हुदैछ जस्तो लाग्यो ।।१६।।

स विक्रमन् पुत्रवधेप्सुरोजसा
        निशम्य निर्ह्रादमपूर्वमद्‍भुतम् ।
अन्तःसभायां न ददर्श तत्पदं ।।
         वितत्रसुर्येन सुरारियूथपाः ॥ १७ ॥

हिरण्यकशिपु प्रल्हादलाई मार्न भनि झम्टदै थियो तर त्यो आवाजले दैत्यका अरु सेनापनि हरु पनि डराउन थाले । यस्तो शव्द निकाल्ने को हो भनि हेर्न लागे तर त्यस सभामा अरु कसैलाई पनि देखेनन ।।१७।।

सत्यं विधातुं निजभृत्यभाषितं
         व्याप्तिं च भूतेष्वखिलेषु चात्मनः ।
अदृश्यतात्यद्‍भुत रूपमुद्वह
         स्तम्भे सभायां न मृगं न मानुषम् ॥ १८ ॥

त्यसै समयमा आफ्ना भक्त प्रल्हाद तथा ब्रह्माको वाणीलाई सत्य गराउनका लागि र सम्पूर्ण पदार्थमा आफ्नो व्यापकता देखाउनका लागि त्यस खम्बाबाट बडो विचित्रको रूप धारण गरेर भगवान् प्रकट हुनुभयो । वहाँको शरीरको रूप न सिंह न ता मानिसको पुरा रूप थियो ।।१८।।

स सत्त्वमेनं परितोऽपि पश्यन्
         स्तम्भस्य मध्यादनु निर्जिहानम् ।
नायं मृगो नापि नरो विचित्रं
         अहो किमेतत् नृमृगेन्द्ररूपम् ॥ १९ ॥

यता हिरण्यकशिपु त्यो घनघोर शव्द निकाल्ने को हो भनेर हेरिरहेको बेलामा उसले त्यो थामको भित्रबाट एउटा अद्भुत  प्राणी बाहिर निस्किरहेको देख्यो । त्यतिबेला उसले विचार गर्यो यो न मानिस न पशु जस्तो कस्तो अलौकिक जीव नृसिंह रूपमा धारण गर्ने को हो ? ।।१९।।

मीमांसमानस्य समुत्थितोऽग्रतो
         नृसिंहरूपस्तदलं भयानकम् ।
प्रतप्तचामीकरचण्डलोचनं
         स्फुरत्सटाकेशरजृम्भिताननम् ॥ २० ॥

त्यसै समय नृसिंह भगवान् उस्को अगाडि खडा हुनुभयो । वहाँको त्यो नृसिंहरूप धेरै डरलाग्दो थियो । तताएर खारिएको सुन जस्ता राता राता वहाँको आँखा थियो ।।२०।।

करालदंष्ट्रं करवालचञ्चल
         क्षुरान्तजिह्वं भ्रुकुटीमुखोल्बणम् ।
स्तब्धोर्ध्वकर्णं गिरिकन्दराद्‍भुत
         व्यात्तास्यनासं हनुभेदभीषणम् ॥ २१ ॥

वहाँको दारी धेरै लामा थिए । ठुलो तरवार जस्तो लामो जिब्रो थियो जुन छुराको धार जस्तो थियो । बाङ्गो आँखाले गर्दा वहाँको मुख धेरै डरलाग्दो थियो । कान माथितिर उठेका थिय । नाकको प्वाल र मुख ठुलो पहाडको गुफा जस्तो देखिन्थ्यो ।।२१।।

दिविस्पृशत्कायमदीर्घपीवर
         ग्रीवोरुवक्षःस्थलमल्पमध्यमम् ।
चन्द्रांशुगौरैश्छुरितं तनूरुहैः
         विष्वग्भुजानीकशतं नखायुधम् ॥ २२ ॥

त्यो विशाल शरीरले स्वर्गलाई नै छोएको थियो भने गर्दन केहि मोटो थियो । त्यस्तै छाति चेप्टो र कम्बर पातलो थियो । शरीर भरिका रौंहरु चन्द्रमाको कीरण जस्तो टल्किएको देखिन्थे । चारैतिर धेरै हातहरु फैलिएका थिए र हतियार जस्ता ठुला ठुला नंग्रा थिए ।।।२२।।

दुरासदं सर्वनिजेतरायुध
         प्रवेकविद्रावितदैत्यदानवम् ।
प्रायेण मेऽयं हरिणोरुमायिना
         वधः स्मृतोऽनेन समुद्यतेन किम् ॥ २३ ॥

वहाँ भगवान्को नजिक जाने साहस कसैमा थिएन । वहाले आफ्ना चक्र आदि गरिएका शस्त्र तथा वज्रले सबै दैत्यलाई भगाउन भयो । हिरण्यकशिपुले भगवान्को यस्तो रूप देखेर मायावि विष्णुले मलाई मार्नका लागि यो जाल रचेका होलान तर उसको यस्तो चालले मलाई के नै गर्न सक्छ र भन्ने सोच्यो ।।२३।।

एवं ब्रुवन् त्वभ्यपतद्‍गदायुधो
         नदन् नृसिंहं प्रति दैत्यकुञ्जरः ।
अलक्षितोऽग्नौ पतितः पतङ्‌गमो
         यथा नृसिंहौजसि सोऽसुरस्तदा ॥ २४ ॥

त्यो दैत्य यसरी बिचार गर्दे हातमा गदा लिएर सिंहनाद गर्दै नृसिंह भगवान माथि जाइलाग्यो तर आगोमा परेको कीरा अदृश्य भएझै त्यो दैत्य भगवान्को तेज भित्र छिरेर हरायो ।।२४।।

न तद्विचित्रं खलु सत्त्वधामनि
         स्वतेजसा यो नु पुरापिबत् तमः ।
ततोऽभिपद्याभ्यहनन्महासुरो
         रुषा नृसिंहं गदयोरुवेगया ॥ २५ ॥

सर्वशक्तिमान भगवान्को अगाडि त्यो दैत्य यसरी अदृश्य हुनु कुनै आश्चर्यको कुरा होइन किनकि सृष्टिको प्रारम्भमा वहाँले आफ्नो तेजले प्रलयको निमित्तकारण तमोगुणरूपी घोर अन्धकारलाई समेत पिउनु भएको थियो । त्यसपछि रिसाउँदै त्यो दैत्यले आफ्नो गदालाई जोडले घुमाउँदै नृसिंह भगावन् माथि प्रहार गर्यो ।।२५।।

तं विक्रमन्तं सगदं गदाधरो
         महोरगं तार्क्ष्यसुतो यथाग्रहीत् ।
स तस्य हस्तोत्कलितस्तदासुरो
         विक्रीडतो यद्वदहिर्गरुत्मतः ॥ २६ ॥

उसले यसरी प्रहार गरेपछि भगवान्ले गरुडले सर्पलाई पक्रेझैं त्यो गदालाई पक्रनु भयो । यसरी उ भगवान्संग खेलवाड गर्दे गरुडको पंजाबाट सर्प फुत्किएझैं फुत्कियो ।।२६।।

असाध्वमन्यन्त हृतौकसोऽमरा
         घनच्छदा भारत सर्वधिष्ण्यपाः ।
तं मन्यमानो निजवीर्यशङ्‌कितं
         यद्धस्तमुक्तो नृहरिं महासुरः ।
पुनस्तमासज्जत खड्गचर्मणी
         प्रगृह्य वेगेन गतश्रमो मृधे ॥ २७ ॥

युधिष्ठिर ! त्यस बखत सबै लोकपालहरु बादल भित्र लुकेर त्यो दृष्यलाई हेरिहेका थिए । उनीहरुको स्वर्गलाई हिरण्यकशिपुले जितेको थियो । भगवान्को हातबाट यसरी हिरण्यकशिपु फुत्किएको देखेर उनीहरु डराउन थाले । यता हिरण्यकशिपुले मेरो बलका कारण मलाई छोडेका हुन भन्ने सोचेर हातमा ढाल तरवार लिएर युद्धका लागि दौड्यो ।।२७।।

तं श्येनवेगं शतचन्द्रवर्त्मभिः
         चरन्तमच्छिद्रमुपर्यधो हरिः ।
कृत्वाट्टहासं खरमुत्स्वनोल्बणं
         निमीलिताक्षं जगृहे महाजवः ॥ २८ ॥

विष्वक् स्फुरन्तं ग्रहणातुरं हरिः
         व्यालो यथाऽऽखुं कुलिशाक्षतत्वचम् ।
द्वार्यूर आपात्य ददार लीलया
         नखैर्यथाहिं गरुडो महाविषम् ॥ २९ ॥

त्यसबखत उसले आफ्नो ढाल तरवार चलाउँदै तलमाथि गर्दै दौडन लाग्यो उसलाई म माथि कसैले आक्रमण गर्न सक्तैन भन्ने सोच्यो । भगवान्ले नृसिंहले ठुलो स्वर निकालेर अट्टाहास गर्नुभयो अनि उसमाथि झम्टेर सर्पले मुसा खेलाएर पक्रेझैं उसलाई समात्नु भयो । हिरण्यकशिपुले भगवान्को हातबाट छुट्निका लागि ठुलो कोशिस गर्यो तर सकेन । भगवान्ले उसलाई सभाको द्वारमा लिएर जानु भयो र आफ्नो काखमा राख्नुभयो त्यसपछि आफ्ना नंग्राले उसको पेट च्यातिदिनु भयो  ।।२८।२९।।

संरम्भदुष्प्रेक्ष्यकराललोचनो
         व्यात्ताननान्तं विलिहन्स्वजिह्वया ।
असृग्लवाक्तारुणकेसराननो
         यथान्त्रमाली द्विपहत्यया हरिः ॥ ३० ॥

त्यस समयमा भगवान्मा जुन क्रोध थियो जसले गर्दा आँखा पनि देखिदैन थियो । वहाँले आफ्नो लपलपाउँदो जिब्रोले मुखको दुवै भाग चाटि रहनु भएको थियो । रगतको छिटाले वहाँको मुख र गर्दनको कपाल पनि रातो भएको थियो । हात्तीलाई मारेर उसको आन्द्राको माला लगाउँदा सिंह जसरी स्वभायमान हुन्छ त्यसरीनै वहाँको शोभा देखिएको थियो ।।३०।।

नखाङ्‌कुरोत्पाटितहृत्सरोरुहं
         विसृज्य तस्यानुचरानुदायुधान् ।
अहन् समस्तान् नखशस्त्रपाणिभिः
         दोर्दण्डयूथोऽनुपथान् सहस्रशः ॥ ३१ ॥

वहाँले आफ्ना तीखा नंग्राले हिरण्यकशिपुको कलेजो फोरेर भैंमा राखिदिनु भयो । त्यसबखत धेरै दैत्यहरु हातमा शस्त्र लिएर भगवानलाई प्रहार गर्न भनि आए । तर भगवान्ले आफ्ना नंगरूपी शस्त्र र हातरूपी सेनाद्वारा उनीहरुलाई चारैतिर लखेटेर मार्नु भयो ।।३१।।

सटावधूता जलदाः परापतन्
         ग्रहाश्च तद्‌दृष्टिविमुष्टरोचिषः ।
अम्भोधयः श्वासहता विचुक्षुभुः
         निर्ह्रादभीता दिगिभा विचुक्रुशुः ॥ ३२ ॥

युधिष्ठिर ! त्यसबखत नृसिंह भगवान्ले आफ्नो गर्दन झट्कार्दा वादल नै तितर वितर भएको थियो । वहाँको आँखाको ज्वालाले सूर्यको तेज नै मलिन देखिन्थ्यो । वहाँको स्वासबाट निस्किएको वेगले समुद्र नै टक्क रोकिएको थियो । वहाँको सिंहनादबाट डराएर सबै कराउन लागे ।।३२।।

द्यौस्तत्सटोत्क्षिप्तविमानसङ्‌कुला
         प्रोत्सर्पत क्ष्मा च पदाभिपीडिता ।
शैलाः समुत्पेतुरमुष्य रंहसा
         तत्तेजसा खं ककुभो न रेजिरे ॥ ३३ ॥

वहाँको गर्दनको कपाल हल्लनाले देवताहरुको विमान हल्लन लाग्यो भने स्वर्ग समेत डग्मगायो । वहाँको खुट्टाको धक्काले पृथ्वी डगमगाईन । त्यस्तै वहाँको तेजले आकाश तथा दिशाहरु देखिन छाड्यो ।।३३।।

ततः सभायामुपविष्टमुत्तमे
         नृपासने सम्भृततेजसं विभुम् ।
अलक्षितद्वैरथमत्यमर्षणं
         प्रचण्डवक्त्रं न बभाज कश्चन ॥ ३४ ॥

त्यस समय नृसिंह भगवान्संग सामना गर्ने कोहि पनि देखिएन तापनि वहाँको क्रोध झनै बढिरहेको थियो । वहाँ हिरण्यकशिपुको राजसभामा रहेको अग्लो सिंहासनमा गएर बस्नु भयो । वहाँको भयंकर तेज र क्रोधले भरिएको अनुहार देखेर वहाँको नजिक गएर सेवा गर्ने साहस कसैमा पनि भएन ।।३४।।

निशाम्य लोकत्रयमस्तकज्वरं
         तमादिदैत्यं हरिणा हतं मृधे ।
प्रहर्षवेगोत्कलितानना मुहुः
         प्रसूनवर्षैर्ववृषुः सुरस्त्रियः ॥ ३५ ॥

तदा विमानावलिभिर्नभस्तलं
         दिदृक्षतां सङ्‌कुलमास नाकिनाम् ।
सुरानका दुन्दुभयोऽथ जघ्निरे
         गन्धर्वमुख्या ननृतुर्जगुः स्त्रियः ॥ ३६ ॥

युधिष्ठिर ! त्यो तीनैलोकलाई पीडा दिने हिरण्यकशिपु भगवान्को हातबाट मारियो भन्ने कुरा स्वर्गादि देवताहरुले थाहापाए त्यसपछि उनीहरु धेरै खुसि भए । उनीहरुले हसिलो अनुहार लगाएर भगवान्लाई वारम्बार पुष्पवृष्टि गरे ।। आकाशमा विमानहरु आए । भगवान्को दर्शन गर्न देवताहरुको भिड लाग्यो । देवताहरु ढोल, नगरा आदि बजाउन लागे, गन्धर्वहरुले गाउन लागे , अप्सराहरु नाच्न लागे ।।३६।।

(अनुष्टुप्)
तत्रोपव्रज्य विबुधा ब्रह्मेन्द्रगिरिशादयः ।
ऋषयः पितरः सिद्धा विद्याधरमहोरगाः ॥ ३७ ॥

मनवः प्रजानां पतयो गन्धर्वाप्सरचारणाः ।
यक्षाः किम्पुरुषास्तात वेतालाः सहकिन्नराः ॥ ३८ ॥

ते विष्णुपार्षदाः सर्वे सुनन्दकुमुदादयः ।
मूर्ध्नि बद्धाञ्जलिपुटा आसीनं तीव्रतेजसम् ।
ईडिरे नरशार्दुलं नातिदूरचराः पृथक् ॥ ३९ ॥

त्यस समयमा ब्रम्हा, शंकर, इन्द्र आदि देवता, ऋषि, पितृ, सिद्ध विद्याधर सर्प , मनु, प्रजापति, गन्धर्व, अप्सरा, चारण, यक्ष, किम्पुरुष, वेताल, सिद्ध, किन्नर र सुनन्द–कुमुद आदि गरिएका भगवान्का पार्षदहरु वहाँको नजिकमा आए । उनीहरु सबैले हात जोडेर सिंहासनमा बस्नु भएका अत्यन्त तेजस्वी नृसिंह भगवानको स्तुति गर्न लागे ।।३७।३९।।

ब्रह्मोवाच -
(इंद्रवज्रा) 
नतोऽस्म्यनन्ताय दुरन्तशक्तये
         विचित्रवीर्याय पवित्रकर्मणे ।
विश्वस्य सर्गस्थितिसंयमान् गुणैः
         स्वलीलया सन्दधतेऽव्ययात्मने ॥ ४० ॥

ब्रह्माजीले भन्नुभयो–
प्रभो ! तपाई अनन्त हुनुहुन्छ । तपाईको शक्तिको बारेमा कसैले पनि जान्न सक्तैन । तपाईको पराक्रम विचित्रको र कर्म पवित्र छ । तापनि लीलाले नै सम्पूर्ण विश्वको उत्पत्ति, स्थिति र लय गर्नु हुन्छ । तर पनि तपाईको त्यसमा कुनै सम्बन्ध हुदैन । स्वयं निर्विकार रहनु हुन्छ तपाईलाई नमस्कार छ ।।४०।।

रुद्र उवाच -
(अनुष्टुप्)
कोपकालो युगान्तस्ते हतोऽयमसुरोऽल्पकः ।
तत्सुतं पाह्युपसृतं भक्तं ते भक्तवत्सल ॥ ४१ ॥

रुद्रले भन्नुभयो
भगवन् ! तपाईले क्रोध गर्ने बेला ता कल्पको अन्त्यमा हो । तपाईले अहिले यस दैत्यलाई मार्नका लागि क्रोध गर्नु भएको हो । उसको छोरा तपाईको शरणमा छ । भक्तवत्सल प्रभो तपाईले यस भक्तको रक्षा गर्नुहोस ।।४१।।

इन्द्र उवाच -
(मंदाक्रांता)    
प्रत्यानीताः परम भवता त्रायता नः स्वभागा
          दैत्याक्रान्तं हृदयकमलं तद्‍गृहं प्रत्यबोधि ।
कालग्रस्तं कियदिदमहो नाथ शुश्रूषतां ते
         मुक्तिस्तेषां न हि बहुमता नारसिंहापरैः किम् ॥ ४२ ॥

इन्द्रले भने–
पुरुषोत्तम ! तपाईले हाम्रो रक्षा गर्नुभयो । हाम्रो यज्ञ भाग फर्काउनु भयो त्यो सबै यज्ञ वास्तवमा तपाई कै हो । दैत्यको आतंकले डराएको यो हाम्रो हृदयलाई तपाईले आनन्द दिलाउँनु भएको छ  त्यो पनि तपाईकै निवासस्थान हो । यो जुन स्वर्गादि गरिएका राज्य फेरी हामीलाई मिलेको छ यो सबै कालको गाँस हो । तपाईको सेवा गर्नेका लागि  लागि यो के नै हो र ? । स्वामी ! जसलाई तपाईको सेवा चाहिएको छ उनीहरुले मुक्तिलाई पनि चाहादैनन् भने अन्य भोगको के नै कुरा भयो र ।।४२।।

ऋषय ऊचुः -
(वसंततिलका)
त्वं नस्तपः परममात्थ यदात्मतेजो
         येनेदमादिपुरुषात्मगतं ससर्ज ।
तद्विप्रलुप्तममुनाद्य शरण्यपाल
         रक्षागृहीतवपुषा पुनरन्वमंस्थाः ॥ ४३ ॥

ऋषिहरुले भने–
पुरुषोत्तम ! तपाईले तपस्याद्वारा नै आफुमा लीन भएको जगतलाई फेरी रचना गर्नु भयो र तपस्याको उपदेश हामीलाई पनि गर्नुभयो । तर यस दैत्यले त्यस तपस्यालाई लुप्त गरेको थियो । शरणागत वत्सल ! त्यस तपस्याको रक्षाका लागि अवतारहरु ग्रहण गरेर तपाईले हाम्रा लागि उपदेशको दिनु भएको थियो ।।४३।।

पितर ऊचुः -
श्राद्धानि नोऽधिबुभुजे प्रसभं तनूजैः
         दत्तानि तीर्थसमयेऽप्यपिबत् तिलाम्बु ।
तस्योदरान्नखविदीर्णवपाद् य आर्च्छत् ।
         तस्मै नमो नृहरयेऽखिलधर्मगोप्त्रे ॥ ४४ ॥

पितृहरुले भने–
प्रभो ! हाम्रा छोराहरुले हाम्रा लागि जुन पिण्डदान गर्दथे त्यो सबै त्यो दुष्टले बल पूर्वक हरेर खान्थ्यो जब उनीहरुले संक्रान्ति आदिमा र पवित्र तीर्थमा गएर हाम्रा लागि दिएका तिलान्जली पनि उसले पिउदथ्यो । आज आफ्ना नंग्राले उसको पेट च्याति दिनु भयो । तपाई सबै धर्मको एकमात्र रक्षक हुनुहुन्छ । नृसिंहदेव हामी तपाईलाई नमस्कार गर्दछौं ।।४४।।

सिद्धा ऊचुः -
(इंद्रवज्रा)
यो नो गतिं योगसिद्धामसाधुः
         अहारषीद् योगतपोबलेन ।
नाना दर्पं तं नखैर्निददार
         तस्मै तुभ्यं प्रणताः स्मो नृसिंह ॥ ४५ ॥

सिद्धहरुले भने–
नृसिंहदेव ! यस दुष्टले आफ्नो योग र तपस्याको बलले हाम्रा सबै योगलाई हरेर आफैले लिएको थियो । तपाईले आफ्नो नंग्राले त्यस घमण्डिको पोट चिरिदिनु भयो । हामी विनम्र पुर्वक तपाईको चरणमा नमस्कार गर्दछौं ।।४५।।

विद्याधरा ऊचुः -
विद्यां पृथग्धारणयानुराद्धां
         न्यषेधदज्ञो बलवीर्यदृप्तः ।
स येन सङ्‌ख्ये पशुवद्धतस्तं
         मायानृसिंहं प्रणताः स्म नित्यम् ॥ ४६ ॥

विद्याधरले भने–
यो मुर्ख हिरण्यकशिपु आफ्नो बल र वीरतामा घमण्ड गर्दथ्यो । हामीहरुले बिभिन्न प्रकारले धारणाले प्राप्त गरेको विद्यालाई पनि उसले व्यथमा रोकिदिन्थ्यो । आज यज्ञ पशु झै भएर तपाईले युद्धमा यसलाई मारिदिनु भयो । आफ्ना लीलाले नृसिंह रूप धारण गर्नु भएका भगवान् हामी तपाईलाई हामी  प्रणाम गर्दछौं ।।४६।।

नागा ऊचुः -
(अनुष्टुप्)
येन पापेन रत्‍नानि स्त्रीरत्‍नानि हृतानि नः ।
तद्वक्षःपाटनेनासां दत्तानन्द नमोऽस्तु ते ॥ ४७ ॥

नागहरुले भने–
यस पापीले हाम्रा मणि र श्रेष्ठ सुन्दरी स्त्रीहरुलाई पनि हरेको थियो आज उसको छाती चिरेर हाम्रा पत्नीहरुलाई धेरै आनन्द दिनु भएको छ । तपाईलाई नमस्कार छ ।

मनव ऊचुः -
(उद्‌गता)
मनवो वयं तव निदेशकारिणो
         दितिजेन देव परिभूतसेतवः ।
भवता खलः स उपसंहृतः प्रभो
         करवाम ते किं अनुशाधि किङ्‌करान् ॥ ४८ ॥

मनुले भने –
देवाधिदेव ! हामी तपाईका आज्ञाकारी मनु हौं । यस दैत्यले हामीहरुको धर्म मर्यादालाई ध्वस्त गरिरहेको थियो । तपाईले यस दुष्टलाई मारेर ठुलो उपकार गर्नु भयो, हामी तपाईका सेवक हौं । हामी हजुरको के सेवा गरौं आज्ञा होस ।।४८।।

प्रजापतय ऊचुः -
(भुजंगप्रयात)
प्रजेशा वयं ते परेशाभिसृष्टा
         न येन प्रजा वै सृजामो निषिद्धाः ।
स एष त्वया भिन्नवक्षा नु शेते
         जगन्मङ्‌गलं सत्त्वमूर्तेऽवतारः ॥ ४९ ॥

प्रजापतिहरुले भने–
परमेश्वर ! तपाईले हामीलाई प्रजापति बनाउनु भएको हो । तर यसले रोकिदिनाले हामीले प्रजाको सृष्टि गर्न पाएका थिएनौं । तपाईले यसको छाति चिरिदिएर सधैंका लागि बिदा गरिदिनु भयो । हे सत्वमुर्ति प्रभो ! तपाईको यो अवतार संसारको कल्याणका लागि होस ।।४९।।

गन्धर्वा ऊचुः -
(इंद्रवज्रा) 
वयं विभो ते नटनाट्यगायका
         येनात्मसाद् वीर्यबलौजसा कृताः ।
स एष नीतो भवता दशामिमां
         किमुत्पथस्थः कुशलाय कल्पते ॥ ५० ॥

गन्धर्वहरुले भने–
हामी नाच्ने अभिनय गर्ने संगीत सुनाउँने तपाईका सेवक हौं । यस दैत्यले आफ्नो बल वीर्य र पराक्रमले हामीलाई कमारो बनाएको थियो । त्यसलाई हजुरले यस  अवस्थामा पुर्याइदिनु भयो । कुमार्गमा हिड्नेका कहिल्यै कल्याण हुदैन भन्ने कुरा ठिक हो ।।५०।।

चारणा ऊचुः -
(अनुष्टुप्)
हरे तवाङ्‌घ्रिपङ्‌कजं भवापवर्गमाश्रिताः ।
यदेष साधुहृच्छयः त्वयासुरः समापितः ॥ ५१ ॥

चारणहरुले भने–
प्रभो ! सज्जनहरुलाई दुःख पीडा दिने यस दुष्टलाई तपाईले अन्त्य गरिदिनु भयो त्यसैले हामीलाई तपाईको चरण कमलको स्पर्शले मरणरूप चक्रबाट छुटकारा मिल्दछ । हामी तपाईको शरणमा छौं ।।५१।।

यक्षा ऊचुः
(मालिनी)
 वयमनुचरमुख्याः कर्मभिस्ते मनोज्ञैः
            ते इह दितिसुतेन प्रापिता वाहकत्वम् ।
स तु जनपरितापं तत्कृतं जानता ते
            नरहर उपनीतः पञ्चतां पञ्चविंश ॥ ५२ ॥

यक्षहरुले भने–
भगवान् तपाईका असल कर्मका कारण हामी तपाईका प्रधान सेवक मानिन्थ्यौं तर हिरण्यकशिपुले हामीलाई पालकी बोक्ने डोले बनायो ।  हे प्रकृतिका नियामक परमात्मा हाम्रो कष्टलाई संझेर तपाईले यसलाई मार्नु भयो ।।५२।।

किम्पुरुषा ऊचुः -
वयं किम्पुरुषास्त्वं तु महापुरुष ईश्वरः ।
अयं कुपुरुषो नष्टो धिक्कृतः साधुभिर्यदा ॥ ५३ ॥

किम्पुरुषले भने–

हामीहरु अत्यन्त तुच्छ किम्पुरुष हौं र तपाई सर्वशक्तिमान महापुरुष हुनुहुन्छ । जब सत्पुरुषहरुले यसलाई तिरस्कार गरे तब तपाईले यस अधम नष्ट गरिदिनु भयो ।।५३।।

वैतालिका ऊचुः -
(इंद्रवज्रा) 
सभासु सत्रेषु तवामलं यशो
             गीत्वा सपर्यां महतीं लभामहे ।
यस्तां व्यनैषीद् भृशमेष दुर्जनो
             द्विष्ट्या हतस्ते भगवन्यथामयः ॥ ५४ ॥

वैतालिकाहरुले भने–
भगवन् ! ठुला ठुला सभा र  यज्ञहरुमा तपाईको निर्मल यशका बरेमा गाएर हामी धेरै पूजा प्रतिष्ठा पाउँथ्यौं तर यस दु्ष्टले हाम्रो जीवन निर्वाह पनि नष्ट गरिदिएको थियो । आज हजुरले  महारोग समान यस दुष्टलाई नाश गरिदिनु भयो यो हाम्रा लागि खुसिको कुरो हो ।।५४।।

किन्नरा ऊचुः -
(उद्‍गता)   
वयमीश किन्नरगणास्तवानुगा
         दितिजेन विष्टिममुनानुकारिताः ।
भवता हरे स वृजिनोऽवसादितो
         नरसिंह नाथ विभवाय नो भव ॥ ५५ ॥

किन्नरहरले भने–
हामी किन्नरहरु तपाईको सेवक हौं यस दैत्यले हामीसंग सित्तैंमा काम लिन्थ्यो । आज तपाईले कृपा गरेर यसलाई मार्नु भयो । प्रभो अब पनि यसरी नै हाम्रो कल्याण गर्दै रहनु होस ।।५५।।

विष्णुपार्षदा ऊचुः -
(प्रहर्षिणी) 
अद्यैतद् हरिनररूपमद्‍भुतं ते
         दृष्टं नः शरणद सर्वलोकशर्म ।
सोऽयं ते विधिकर ईश विप्रशप्तः
         तस्येदं निधनमनुग्रहाय विद्मः ॥ ५६ ॥

भगवान्का पार्षदहरुले भने–
शरणागतवत्सल ! यो सम्पूर्ण लोक लाई नै शान्ति प्रदान गर्ने तपाईको यो अलौकिक नृसिंहरूपको दर्शन हामीलाई मिल्यो । भगवान् ! यो दैत्य ता तपाईको आज्ञाकारी सेवक थियो, जसलाई सनकादिहरुले श्राप दिएका थिए । तपाईले यसको उद्धारका लागि बध गर्नु भएको हो ।।५६।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे प्रह्रादचरिते दैत्यराजवधे नृसिंहस्तवो अष्टमोऽध्यायः ॥ ८ ॥