/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

एकादशः स्कंधः – त्रयोविंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण

एकादशः स्कंधः – त्रयोविंशोऽध्यायः
(भिक्षु–गीत)

बादरायणिरुवाच–
स एवमाशंसित उद्धवेन भागवतमुख्येन दाशार्हमुख्यः । 
सभाजयन् भृत्यवचो मुकुंदस्तमाबभाषे श्रवणीयवीर्यः ।।१।। 
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छ– भक्तशिरोमणि उद्धवजीले यसरी सोधेपछि, सुन्ने बित्तिकै पवित्र पार्ने सामथ्र्य हुनुभएका भगवान् श्रीकृष्णले आफ्नो सेवक (उद्धव) को वचनको सम्मान गर्दै भन्नुभयो।

श्रीभगवानुवाच–
बार्हस्पत्य स वै नात्र साधुर्वै दुर्जनेरितैः । 
दुरक्तैर्भिन्नमात्मानं यः समाधातुमीश्वरः ।।२।। 
नेपाली भावानुवादः भगवान् भन्नुहुन्छ– हे बृहस्पतिपुत्र उद्धव ! यस संसारमा दुष्टहरूले बोलेका कटु वचन र अपमानलाई सहन गरेर आफ्नो मनलाई शान्त राख्न सक्ने साधु पुरुष पाउन निकै कठिन छ ।।२।।

न तथा तप्यते विद्धः पुमान् बाणैः सुमर्मगैः । 
यथा तुदन्ति मर्मस्था ह्यसतां परुषेषवः ।।३।। 
नेपाली भावानुवादः मटु छेड्ने गरि हानिएका बाणले पनि मानिसलाई त्यति पीडा दिँदैनन्, जति पीडा दुष्टहरूले प्रहार गरेका कठोर र निन्दनीय वचनरूपी बाणले दिन्छन् ।।३।।

कथयन्ति महत्पुण्यमितिहासमिहोद्धव । 
तमहं वर्णयिष्यामि निबोध सुसमाहितः ।।४।। 
नेपाली भावानुवादः हे उद्धव ! यस सम्बन्धमा विद्वान्हरू एउटा अत्यन्तै पवित्र इतिहास सुनाउने गर्छन्, म त्यसैको वर्णन गर्दछु, तिमी एकाग्र भएर सुन ।।४।।

केनचिद् भिक्षुणा गीतं परिभूतेन दुर्जनैः । 
स्मरता धृतियुक्तेन विपाकं निजकर्मणाम् ।।५।। 
नेपाली भावानुवादः यो गीत एकजना भिक्षुले गाएका हुन्, जसलाई दुष्टहरूले धेरै अपमान गरे पनि उनले आफ्नो कर्मको फल सम्झेर धैर्यपूर्वक सहन गरेका थिए।

अवन्तिषु द्विजः कश्चिदासीदाढ्यतमः श्रिया । 
वार्तावृत्तिः कदर्यस्तु कामी लुब्धोऽतिकोपनः ।।६।। 
नेपाली भावानुवादः अवन्ती देशमा एकजना ब्राह्मण बस्थे, जो निकै धनी थिए । उनी खेती–पाती र व्यापार गर्थे तर स्वभावले निकै लोभी, कामुक र क्रोधी थिए ।।६।।

ज्ञातयोऽतिथयस्तस्य वाङ्मात्रेणापि नार्चिताः । 
शून्यावसथ आत्मापि काले कामैरनर्चितः ।।७।। 
नेपाली भावानुवादः उनले कहिल्यै आफ्ना आफन्त वा अतिथिहरूलाई मीठो वचनले पनि स्वागत गरेनन् । उनी आफ्नो शरीर र परिवारका लागि पनि खर्च नगर्ने ’कञ्जुस’ थिए ।।७।।

दुःशीलस्य कदर्यस्य द्रुह्यन्ते पुत्रबान्धवाः । 
दारा दुहितरो भृत्या विषण्णा नाचरन् प्रियम् ।।८।। 
नेपाली भावानुवादः उनको नराम्रो स्वभाव र कञ्जुसीका कारण छोरा, छोरी, पत्नी, साथीभाइ र नोकरहरू पनि उनीसँग रिसाउँथे र उनको हित चाहँदैनथे ।।८।।

तस्यैवं यक्षवित्तस्य च्युतस्योभयलोकतः । 
धर्मकामविहीनस्य चुक्रुधुः पञ्चभागिनः ।।९।। 
नेपाली भावानुवादः यक्ष जस्तै धन रक्षा मात्र गर्ने, धर्म र सुख दुवै गुमाएका ती ब्राह्मणसँग पञ्चयज्ञका देवताहरू पनि रुष्ट भए ।।९।।

तदवध्यानविस्रस्तपुण्यस्कन्धस्य भूरिद । 
अर्थोऽपि नगच्छन्निधनं बह्वायासपरिश्रमः ।।१०।। 
नेपाली भावानुवादः पुण्य क्षीण भएपछि, उनले निकै परिश्रम गरेर कमाएको धन बिस्तारै नष्ट हुन थाल्यो ।

ज्ञातयो जगृहुः किञ्चित् किञ्चिद् दस्यव उद्धव । 
दैवतः कालतः किञ्चिद् ब्रह्मबन्धोर्नृपार्थिवात् ।।११।। 
नेपाली भावानुवादः हे उद्धव ! उनको धन केही आफन्तले लिए, केही चोरले लुटे, केही राजदण्डमा गयो र केही दैवी प्रकोप वा समयको चक्रले सकियो ।।११।।

स एवं द्रविणे नष्टे धर्मकामविवर्जितः । 
उपेक्षितश्च स्वजनैश्चिन्तामाप दुरत्ययाम् ।।१२।।
नेपाली भावानुवादः यसरी धन सकिएपछि, आफ्ना मान्छेले पनि उनलाई हेला गरे । जसले उर्दा उ गहिरो चिन्तामा डुब्न पुग्यो ।।१२।।

तस्यैवं ध्यायतो दीर्घं नष्टरायस्तपस्विनः । 
खिद्यतो बाष्पकण्ठस्य निर्वेदः सुमहानभूत् ।।१३।। 
नेपाली भावानुवादः धेरै समयसम्म चिन्ता गर्दागर्दै ती दुखी ब्राह्मणमा ठूलो वैराग्य पैदा भयो ।।१३।।

स चाहेदमहो कष्टं वृथाऽऽत्मा मेऽनुतापितः । 
न धर्माय न कामाय यस्यार्थायास ईदृशः ।।१४। 
नेपाली भावानुवादः उनले सोचे– धिक्कार छ ! मैले व्यर्थमा आफूलाई कष्ट दिएँ । यो धन न धर्ममा काम आयो न सुख भोगमै काम लाग्यो ।।१४।।

प्रायेणार्थाः कदर्याणां न सुखाय कदाचन । 
इह चात्मोपतापाय मृतस्य नरकाय च ।।१५।। 
नेपाली भावानुवादः लोभीहरूको धन कहिल्यै सुखका लागि हुँदैन । जीवित छँदा यसले दुःख दिन्छ र मरेपछि नरक लैजान्छ ।।१५।।

यशो यशस्विनां शुद्धं श्लाघ्या ये गुणिनां गुणाः । 
लोभः स्वल्पोऽपि तान् हन्ति श्वित्रो रूपमिवेप्सितम् ।।१६।। 
नेपाली भावानुवादः जसरी सेतो दुबीले सुन्दर शरीरलाई बिगार्छ, त्यसरी नै थोरै लोभले पनि मानिसको यश र गुणलाई नष्ट गरिदिन्छ ।।१६।।

अर्थस्य साधने सिद्धे उत्कर्षे रक्षणे व्यये । 
नाशोपभोग आयासस्त्रासश्चिन्ता भ्रमो नृणाम् ।। 
नेपाली भावानुवादः धन कमाउन, बढाउन, रक्षा गर्न र खर्च गर्नमा केवल दुःख, डर, चिन्ता र भ्रन्ति मात्र हुन्छ ।।१७।।

स्तेयं हिंसानृतं दम्भः कामः क्रोधः स्मयो मदः । 
भेदो वैरमविश्वासः संस्पर्धा व्यसनानि च ।। 
एते पञ्चदशानर्था ह्यर्थमूला मता नृणाम् । 
तस्मादनर्थमर्थाख्यं श्रेयोऽर्थी दूरतस्त्यजेत् ।।१८–१९।। 
नेपाली भावानुवादः चोरी, हिंसा, झुट, दम्भ, काम, क्रोध, अहंकार, मद, भेदभाव, शत्रुता, अविश्वास, प्रतिस्पर्धा र तीन प्रकारका व्यसनहरू—यी पन्द्र किसिमका अनर्थको जरो ’धन’ नै हो । त्यसैले आफ्नो कल्याण चाहनेले यसलाई टाढैबाट त्यागिदिनु पर्छ ।।१८–१९।।

भिद्यन्ते भ्रातरो दाराः पितरः सुहृदस्तथा । 
एकास्निग्धाः काकिणिना सद्यः सर्वेऽरयः कृताः ।।२०।। 
नेपाली भावानुवादः थोरै पैसाको लागि पनि आफ्ना नजिकका दाजुभाइ, पति–पत्नी र आमाबुबा बीच झगडा हुन्छ र उनीहरू शत्रु बन्छन् ।।२०।।

अर्थेनाल्पीयसा ह्येते संरब्धा दीप्तमन्यवः ।
त्यजन्त्याशु स्पृधो घ्नन्ति सहसोत्सृज्य सौहृदम् ।।२१।। 
नेपाली भावानुवादः थोरै स्वार्थका लागि मानिसहरू पुराना सम्बन्धलाई भुलेर एक–अर्काको ज्यान लिन समेत तयार हुन्छन् ।।२१।।

लब्ध्वा जन्मामरप्राथ्र्यं मानुष्यं तद् द्विजाग्र्यताम् । 
तदनादृत्य ये स्वार्थं घ्नन्ति यान्त्यशुभां गतिम् ।।२२।। 
नेपाली भावानुवादः देवताले पनि इच्छा गर्ने मानव जन्म र त्यसमा पनि ब्राह्मण कुल पाएर जो आफ्नो आत्मिक स्वार्थ बुझ्दैनन्, उनीहरू अधोगतिमा जान्छन् ।।२२।।

स्वर्गापवर्गयोद्र्वारं प्राप्य लोकमिमं पुमान् । 
द्रविणे कोऽनुषज्जेत मत्र्योऽनर्थस्य धामनि ।।२३।। 
नेपाली भावानुवादः स्वर्ग र मोक्षको ढोका जस्तो यो मानव शरीर पाएर पनि कुन बुद्धिमान् मानिस धनरूपी अनर्थमा फस्छ र? ।।२३।।

देवर्षिपितृभूतानि ज्ञातीन् बन्धूंश्च भागिनः । 
असंविभज्य चात्मानं यक्षवित्तः पतत्यधः ।।२४।। 
नेपाली भावानुवादः जसले देवता, ऋषि, पितृ, अतिथि र आफन्तलाई भाग नछुट्याई एक्लै धन उपभोग गर्छ, ऊ नरकमा खसेर पतन हुन्छ ।।२४।।

व्यर्थयार्थेहया वित्तं प्रमत्तस्य वयो बलम् । 
कुशला येन सिध्यन्ति जरठः किं नु साधये ।।२५।। 
नेपाली भावानुवादः धन कमाउने व्यर्थको लोभमा मानिसले आफ्नो उमेर र शक्ति सिध्याउँछ । बुढो भएपछि उसले के नै गर्न सक्छ र? ।।२५।।

कस्मात् संक्लिश्यते विद्वान् व्यर्थयार्थेहयासकृत् । 
कस्यचिन्मायया नूनं लोकोऽयं सुविमोहितः ।।२६।। 
नेपाली भावानुवादः जाने–बुझेका ठुला विद्वान मानिस पनि किन बारम्बार धनकै पछि लागेर दुःख पाउँछ ? पक्कै पनि यो संसार भगवानको मायाले मोहित भएको छ ।।२६।।

किं धनैर्धनदैर्वा किं कामैर्वा कामदैरुत । 
मृत्युना ग्रस्यमानस्य कर्मभिर्वोत जन्मदैः ।।२७।। 
नेपाली भावानुवादः मृत्युको मुखमा परेको मानिसका लागि धन वा धन ल्याएर दिनेहरू संग सम्बन्ध बढाएर केही काम छैन । भोगविलास वा जन्म–मरणको चक्करमा डुलाउने कर्मको के अर्थ छ र? ।।२७।।

नूनं मे भगवांस्तुष्टः सर्वदेवमयो हरिः । 
येन नीतो दशामेतां निर्वेदश्चात्मनः प्लवः ।।२८।। 
नेपाली भावानुवादः (ब्राह्मणले सोचे–) पक्कै पनि भगवान् हरि ममाथि प्रसन्न हुनुभएको छ, त्यसैले मलाई यो गरिबीको अवस्थामा पु¥याएर वैराग्य दिनुभयो, जुन वैराग्य संसार सागर तर्ने डुङ्गा हो ।।२८।।

सोऽहं कालावशेषेण शोषयिष्येऽङ्गमात्मनः । 
अप्रमत्तोऽखिलस्वार्थे यदि स्यात् सिद्ध आत्मनि ।।२९।। 
नेपाली भावानुवादः अब बाँकी जीवनमा म सावधान भएर आफ्नो आत्माको कल्याणमा लाग्नेछु र शरीरलाई तपस्याद्वारा पवित्र पार्नेछु ।।२९।।

तत्र मामनुमोदेरन् देवास्त्रिभुवनेश्वराः । 
मुहूर्तेन ब्रह्मलोकं खट्वाङ्गः समसाधयत् ।।३०।। 
नेपाली भावानुवादः यस शुभ कार्यमा देवताहरूले मलाई आशीर्वाद दिऊन् । राजा खट्वाङ्गले त एक घडीमै आत्मज्ञान प्राप्त गरेका थिए ।।३०।।

श्रीभगवानुवाच–
इत्यभिप्रेत्य मनसा ह्यावन्त्यो द्विजसत्तमः । 
उन्मुच्य हृदयग्रन्थीन् शान्तो भिक्षुरभून्मुनिः ।।३१।।
नेपाली भावानुवादः यस्तो निश्चय गरेर अवन्तीनगरीका ती ब्राह्मणले दृढ निश्चयका साथ आफ्नो मनको गाँठो फुकाले र शान्त भएर सन्न्यासी (भिक्षु) बने ।।३१।।

स चचार महीमेतां संयतात्मेन्द्रियानिलः । 
भिक्षार्थं नगरग्रामानसङ्गोऽलक्षितोऽविशत् ।।३२।। 
नेपाली भावानुवादः उनी मन र इन्द्रिय नियन्त्रण गरेर पृथ्वीमा विचरण गर्न थाले । कसैले नचिन्ने गरी भिक्षाका लागि गाउँ–सहर डुल्न थाले ।।३२।।

तं वै प्रवयसं भिक्षुमवधूतमसज्जनाः । 
दृष्ट्वा पर्यभवन् भद्र बह्वीभिः परिभूतिभि ।।३३।। 
नेपाली भावानुवादः ती वृद्ध र शान्त भिक्षुलाई देखेर दुष्ट मानिसहरूले धेरै प्रकारले अपमान र तिरस्कार गरे ।।३३।।

केचित् त्रिवेणुं जगृहुरेके पात्रं कमण्डलुम् । 
पीठं चैकेऽक्षसूत्रं च कन्थां चीराणि केचन ।।३४।। 
नेपाली भावानुवादः कसैले उनको लौरो खोसे, कसैले कमण्डलु, आसन र जपमाला लुकाइदिए । कसैले ओड्ने ओच्छ्याउने र कपडा खोस्ने गर्न थाले ।।३४।।

प्रदाय च पुनस्तानि दर्शितान्याददुर्मुनेः । 
अन्नं च भैक्ष्यसम्पन्नं भुञ्जानस्य सरित्तटे ।।३५।। 
मूत्रयन्ति च पापिष्ठाः ष्ठीवन्त्यस्य च मूर्धनि 
यतवाचं वाचयन्ति ताडयन्ति न वक्ति चेत् ।।३६।।

नेपाली भावानुवादः पापिष्ठहरूले खोसेका ती वस्तुहरु टाढैबाट देखाउने, दिएजस्तो गर्ने फेरी नदिने यस्तो कार्य गरे । ती पापीहरुले उनको टाउकोमा पिसाब गरिदिए, थुकिदिए । उनी मौन बस्दा जबर्जस्ती बोल्न लगाए र नबोल्दा कुटपिट गरे ।।३५–३६।।

तर्जयन्त्यपरे वाग्भिः स्तेनोऽयमिति वादिनः । 
बध्नन्ति रज्ज्वा तं केचिद् बध्यतां बध्यतामिति ।।३७।। 
नेपाली भावानुवादः कोही उनलाई चोर भन्दै कराउँथे र कोही यसलाई बाँध बाँध भन्दै डोरीले बाँधिदिन्थे ।।३७।।

क्षिपन्त्येकेऽवजानन्त एष धर्मध्वजः शठः । 
क्षीणवित्त इमां वृत्तिमग्रहीत् स्वजनोज्झितः ।।३८।। 
नेपाली भावानुवादः कोही अपमान गर्दै भन्थे– यो ठग हो, आफ्नो सम्पत्ति सकिएपछि र आफन्तले निकालेपछि जोगी बनेको छ ।।३८।।

अहो एष महासारो धृतिमान् गिरिराडिव । 
मौनेन साधयत्यर्थं बकवद् दृढनिश्चयः ।।३९।। 
नेपाली भावानुवादः कसैले व्यङ्ग्य गर्दै भन्दथे– यो त पहाड जस्तै धीर छ, बकुल्लो जस्तै मौन बसेर आफ्नो स्वार्थ पूरा गर्दैछ ।।३९।।

इत्येके विहसन्त्येनमेके दुर्वातयन्ति च । 
तं बबन्धुर्निरुरुधुर्यथा क्रीडनकं द्विजम् ।।४०।। 
नेपाली भावानुवादः यसरी कसैले हाँसो उडाउँथे त कसैले उनलाई खेलौना जस्तै बाँध्ने थुन्ने आदि गर्दथे ।।४०।।

एवं स भौतिकं दुःखं दैविकं दैहिकं च यत् । 
भोक्तव्यमात्मनो दिष्टं प्राप्तं प्राप्तमबुध्यत ।।४१।। 
नेपाली भावानुवादः यसप्रकार उनले यी सबै शारीरिक, मानसिक र दैवी कष्टहरूलाई आफ्नो प्रारब्ध (कर्मको फल) ठानेर शान्तपूर्वक स्वीकार गरे ।।४१।।

परिभूत इमां गाथामगायत नराधमैः । 
पातयद्भिः स्वधर्मस्थो धृतिमास्थाय सात्विकीम् ।।४२।। 
नेपाली भावानुवादः दुष्टहरूले धेरै दुःख दिए पनि उनले आफ्नो धर्म छोडेनन् र सात्विक धैर्य धारण गरी यो ’भिक्षु–गीत’ गाउन थाले ।।४२।।

द्विज उवाच–
नायं जनो मे सुखदुःखहेतु
    र्न देवतात्मा ग्रहकर्मकालाः । 
मनः परं कारणमामनन्ति 
    संसारचक्रं परिवर्तयेद् यत् ।।४३।। 
नेपाली भावानुवादः मेरा यी सुख र दुःखका कारण न यी मानिसहरू हुन्, न देवता, न आत्मा, न ग्रह, न कर्म, न त समय नै हो ।  विद्वान्हरूका अनुसार ’मन’ नै सुख–दुःखको मुख्य कारण हो । यही मनले नै यो संसार चक्रमा घुमाइरहने हो ।।४३।।

मनो गुणान् वै सृजते बलीय
    स्ततश्च कर्माणि विलक्षणानि । 
शुक्लानि कृष्णान्यथ लोहितानि 
    तेभ्यः सवर्णाः सृतयो भवन्ति ।।४४।। 
नेपाली भावानुवादः बलियो मनले नै गुणहरू (सत्त्व, रज, तम) र विभिन्न कर्महरू पैदा गर्छ । ती कर्म अनुसार नै जीवले अनेक योनिहरू र सुख–दुःख प्राप्त गर्छ ।।४४।।

अनीह आत्मा मनसा समीहता 
        हिरण्मयो मत्सख उद्विचष्टे । 
मनः स्वलिङ्गं परिगृह्य कामान् 
    जुषन् निबद्धो गुणसङ्गतोऽसौ ।।४५।। 
नेपाली भावानुवादः आत्मा त केवल साक्षी मात्र हो । तर जब जीवले आफूलाई मन र इन्द्रियको भोगमा समाहित गर्छ, त्यसपछि त्यो जीव बन्धनमा पर्छ ।।४५।।

दानं स्वधर्मो नियमो यमश्च 
        श्रुतं च कर्माणि च सद्व्रतानि । 
सर्वे मनोनिग्रहलक्षणान्ताः 
        परो हि योगो मनसः समाधिः ।।४६।। 
नेपाली भावानुवादः दान, स्वधर्म, नियम, यम, शास्त्र अध्ययन र व्रतहरू—यी सबैको अन्तिम लक्ष्य ’मनको नियन्त्रण’ नै हो । मन एकाग्र हुनु नै सबैभन्दा ठूलो योग हो ।।४६।।


समाहितं यस्य मनः प्रशान्तं 
        दानादिभिः किं वद तस्य कृत्यम् । 
असंयतं यस्य मनो विनश्यद् 
        दानादिभिश्चेदपरं किमेभिः ।।४७।। 
नेपाली भावानुवादः जसको मन शान्त र एकाग्र छ, उसलाई अरू दान–पुण्यको के खाँचो ? र जसको मन वशमा छैन, उसका लागि यी दान–पुण्यले के नै गर्न सक्छन् र ?।।४७।।

मनोवशेऽन्ये ह्यभवन् स्म देवा 
            मनश्च नान्यस्य वशं समेति । 
भीष्मो हि देवः सहसः सहीयान् 
            युञ्ज्याद् वशे तं स हि देवदेवः ।।४८।। 
नेपाली भावानुवादः इन्द्रिय र देवताहरू पनि मनकै वशमा हुन्छन् । मन कसैको वशमा हुँदैन । यो अत्यन्तै शक्तिशाली छ। जसले मनलाई वशमा पार्छ, ऊ नै देवताहरूको पनि देवतालाई (जित्ने वाला) हो, त्यसैले मन सधैं आफ्नो नियन्त्रणमा हुनुपर्दछ ।।४८।।

तं दुर्जयं शत्रुमसह्यवेग 
        मरुन्तुदं तन्न विजित्य केचित् । 
कुर्वन्त्यसद्विग्रहमत्र मत्र्यै 
        र्मित्राण्युदासीनरिपून् विमूढाः ।।४९।। 
नेपाली भावानुवादः जित्न कठिन हुने यो मनरूपी शत्रुलाई नजिती वा हाफ्नो वशमा नल्याई, मानिसहरू अरु मानिसहरूसंग व्यर्थमा झगडा गर्दछन् र आफ्ना साथीहरुलाई उदासीन र शत्रु बनाउदछन् ।।४९।।

देहं मनोमात्रमिमं गृहीत्वा 
        ममाहमित्यन्धधियो मनुष्याः । 
एषोऽहमन्योऽयमिति भ्रमेण 
        दुरन्तपारे तमसि भ्रमन्ति ।।५०।।
नेपाली भावानुवादः यो शरीरलाई ’म’ र ’मेरो’ ठानेर मानिसहरू अज्ञानको अन्धकारमा रुमलिरहेका छन् ।।५०।।

जनस्तु हेतुः सुखदुःखयोश्चेत् 
        किमात्मनश्चात्र हि भौमयोस्तत् । 
जिह्वां क्वचित् सन्दशति स्वदद्भि
        स्तद्वेदनायां कतमाय कुप्येत् ।।५१।। 
नेपाली भावानुवादः यदि मानिसहरू नै सुख–दुःखका कारण हुन् भने पनि त्यसमा आत्माको के दोष? त्यो त शरीरको सम्बन्ध हो । जसरी आफ्नै दाँतले जिब्रो टोकिँदा कसलाई गाली गर्ने?।।५१।।

दुःखस्य हेतुर्यदि देवतास्तु 
        किमात्मनस्तत्र विकारयोस्तत् । 
यदङ्गमङ्गे निहन्यते क्वचित् 
        क्रुध्येत कस्मै पुरुषः स्वदेहे ।।५२।। 
नेपाली भावानुवादः यदि देवताहरू दःुखका कारण हुन् भने, त्यसमा आत्माको के सम्बन्ध हुन्छ र ? त्यो त अधिदैविक विकार हो । जसरी आफ्नै एउटा हातले अर्को हातलाई लाग्दा कसलाई रिस पोख्ने ?।।५२।।

आत्मा यदि स्यात् सुखदुःखहेतुः 
        किमन्यतस्तत्र निजस्वभावः । 
न ह्यात्मनोऽन्यद् यदि तन्मृषा स्यात् 
        क्रुध्येत कस्मान्न सुखं न दुःखम् ।।५३।। 
नेपाली भावानुवादः यदि आत्मा आफैँ सुख–दुःखको कारण हो भने, त्यो त उसको स्वभाव भयो । आफ्नै स्वभावमा रिस कसरी गर्ने?।।५३।।

ग्रहा निमित्तं सुखदुःखयोश्चेत् 
        किमात्मनोजस्य जनस्य ते वै । 
ग्रहैर्ग्रहस्यैव  वदन्ति पीडां 
        क्रुध्येत कस्मै पुरुषस्ततोऽन्यः ।।५४।। 
नेपाली भावानुवादः यदि सूर्यादि ग्रहहरू कारण हुन् भने, ती त जन्मिएका शरीरका सुखका लागि हुन्, अजन्मा आत्माका लागि होइनन् ।।५४।।।

कर्मास्तु हेतुः सुखदुःखयोश्चेत् 
        किमात्मनस्तद्धि जडाजडत्वे । 
देहस्त्वचित् पुरुषोऽयं सुपर्णः 
        क्रुध्येत कस्मै न हि कर्ममूलम् ।।५५।। 
नेपाली भावानुवादः यदि सुखदुः कर्मका कारण भएको हो भने, कर्म त जड र चेतनको सहभावबाट मात्र । तर शरीर त जड छ । आत्मा त त्यसभन्दा पनि अलग छ ।।५५।।

कालस्तु हेतुः सुखदुःखयोश्चेत् 
        किमात्मनस्तत्र तदात्मकोऽसौ । 
नाग्नेर्हि तापो न हिमस्य तत् स्यात् 
        क्रुध्येत कस्मै न परस्य द्वन्द्वम् ।।५६।। 
नेपाली भावानुवादः यदि सुखदुःखको कारण समय (काल) लाई मान्ने हो भने, आत्मा त कालकै स्वरूप हो । जसरी आगोलाई आफ्नै तापले र हिउँलाई आफ्नै चिसोले दुःख हुँदैन ५६।।

न केनचित् क्वापि कथञ्चनास्य 
            द्वन्द्वोपरागः परतः परस्य । 
यथाहमः संसृतिरूपिणः स्या
        देवं प्रबुद्धो न बिभेति भूतैः ।।५७।। 
नेपाली भावानुवादः त्यसकारण आत्मालाई कसैले पनि कहिल्यै दुःख दिन सक्दैन । यो केवल ’अहंकार’ को भ्रम हो । यो बुझेपछि मानिस कुनै पनि प्राणीसँग डराउँदैन ।।५७।।

एतां स आस्थाय परात्मनिष्ठा
        मध्यासितां पूर्वतमैर्महर्षिभिः । 
अहं तरिष्यामि दुरन्तपारं 
        तमो मुकुन्दाङ्घ्रिनिषेवयैव ।।५८।। 
नेपाली भावानुवादः म पनि प्राचीन महर्षिहरूले अपनाएको यो ’परमात्म–निष्ठा’ लाई धारण गरेर, भगवान् मुकुन्दको चरण सेवा गर्दै यो संसाररूपी अन्धकारलाई पार गर्नेछु ।।५८।।

श्रीभगवानुवाच 
निर्विद्य नष्टद्रविणे गतक्लमः प्रव्रज्य गां पर्यटमान इत्थम् । 
निराकृतोऽसद्भिरपि स्वधर्मादकंपितोऽमुं मुनिराह गाथाम् ।।५९।। 
श्रीभगवान् भन्नुहुन्छ –
नेपाली भावानुवादः यसरी धन नष्ट भएर संसारबाट विरक्त भएपछि वैराग्य प्राप्त गरेका ती शान्त ब्राह्मणले दुष्टहरूले धेरै अपमान गर्दा पनि आफ्नो धर्म नछोडी यो गीत गाएर पृथिवीमा भ्रमण गर्दथे ।।५९।।
 
सुखदुःखप्रदो नान्यः पुरुषस्यात्मविभ्रमः । 
मित्रोदासीनरिपवः संसारस्तमसः कृतः ।।६०।। 
नेपाली भावानुवादः सुख र दुःख दिने अरू कोही छैन, यो त मानिसको आफ्नै भ्रम मात्र हो। साथी, शत्रु र तटस्थ—यी सबै अज्ञानका उपज हुन् ।।६०।।

तस्मात् सर्वात्मना तात निगृहाण मनो धिया । 
मय्यावेशितया युक्त एतावान् योगसङ्ग्रहः ।।६१।। 
नेपाली भावानुवादः त्यसकारण हे उद्धव ! सावधान भएर आफ्नो बुद्धिलाई ममा लगाएर मनलाई पूर्ण रूपमा वशमा पार (निग्रह गर) । सबै योगहरूको सार यही नै हो ।।६१।।

य एतां भिक्षुणा गीतां ब्रह्मनिष्ठां समाहितः । 
धारयञ्छ्रावयञ्छ्रुण्वन् द्वन्द्वैर्नैवाभिभूयते ।।६२।।
नेपाली भावानुवादः जसले भिक्षुले गाएको यो ’ब्रह्मनिष्ठा’ युक्त गीतलाई ध्यानपूर्वक धारण गर्छ, सुनाउँछ वा सुन्छ । उसले कहिल्यै पनि सुख–दुःखको द्वन्द्वमा फस्नुपदैंन ।।६२।।

इति श्रीमद्‍भागवते महापुराणे पारमहंस्यां संहितायां 
एकादशस्कन्धे त्रयोविंशोऽध्यायः ॥ २३ ॥

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...