#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः –पञ्चमोऽध्यायः

  

श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – पञ्चमोऽध्यायः


ऋषभः उवाच 
नायं देहो देहभाजां नृलोके 
     कष्टान् कामानर्हते विड्भुजां ये । 
तपो दिव्यं पुत्रका येन सत्त्वं 
     शुद्ध्येद्यस्माद्‌ब्रह्मसौख्यं त्वनन्तम् ॥ १ ॥
 
ऋषभदेवले भन्नुभयो–
छोरा हो ! मानिसका लागि यो मत्र्यलोक दुःखमय भएकाले विषयभोगमा लिप्त रहनु हुदैन  यस्तो भोग विष्टाभोजन गर्ने सुंगुर कुकुरआदिलाई पनि मिल्दछ । यस शरीरले ता दिव्य तप नै गर्नुपर्दछ । जसबाट अन्तःकरण शुद्ध हुन्छ, किनकि अन्तःकरण शुद्ध बाटै अनन्त ब्रम्हानन्द प्राप्त हुन्छ ।।१।।

महत्सेवां द्वारमाहुर्विमुक्ते– 
     स्तमोद्वारं योषितां सङ्गिसङ्गम् । 
महान्तस्ते समचित्ताः प्रशान्ता 
     विमन्यवः सुहृदः साधवो ये ॥ २ ॥ 

शास्त्रले महापुरुषको शेवाको गर्दा मुक्ति र स्त्रीलम्पट कामी पुरुषको सेवालाई नरकको ढोका बताएको छ । महापुरुष त्यहि हुन जो समानचित्त परमशान्त, क्रोधरहित, सवको हित चिताउने र सदाचारले सम्पन्न भएका हुन्छन ।।२।।

ये वा मयीशे कृतसौहृदार्था 
         जनेषु देहम्भरवार्तिकेषु । 
गृहेषु जायात्मजरातिमत्सु 
         न प्रीतियुक्ता यावदर्थाश्च लोके ॥ ३ ॥ 

अथवा जो म परमात्मामा प्रेम गर्दछ, परिवार, घर, धन आदि समाग्री सम्पन्न भएको घर तथा विषय भोगमा रुचि हुदैन जो जीवन निर्वाहका लागि नै लौकिक कार्य गर्दछन ।।३।।

नूनं प्रमत्तः कुरुते विकर्म 
         यदिन्द्रियप्रीतय आपृणोति । 
न साधु मन्ये यत आत्मनोऽय
        मसन्नपि क्लेशद आस देहः ॥ ४ ॥ 

यस्ता मानिस इन्द्रिय तृप्तिका लागि नै कुकर्म तिर लागेका हुन्छन । त्यस्तो कुरालाई म राम्रो मान्दिन । किनकि यसैका कारण आत्मालाई यो दुःखदायी शरीर प्राप्त हुन्छ ।।४।।

पराभवस्तावदबोधजातो 
         यावन्न जिज्ञासत आत्मतत्त्वम् । 
यावत्क्रियास्तावदिदं मनो वै 
         कर्मात्मकं येन शरीरबन्धः ॥ ५ ॥ 

जवसम्म मानिसमा आत्मतत्वको जिज्ञासा हुदैन तवसम्म अज्ञानले गर्दा देहादिद्वारा आफ्नो स्वरुपको बारेमा जान्दैन । जवसम्म यो लौकिक वैदिक कर्ममा फसिरहन्छ तवसम्म मनमा कर्मको वासना बसिरहन्छ र यसबाटै उसलाई देहबन्धन प्राप्त हुन्छ ।।५।।

एवं मनः कर्मवशं प्रयुङ्क्ते 
         अविद्ययाऽऽत्मन्युपधीयमाने । 
प्रीतिर्न यावन्मयि वासुदेवे 
         न मुच्यते देहयोगेन तावत् ॥ ६ ॥ 

यस प्रकार अविद्याद्वारा आत्मस्वरुपलाई ढाकिदिनाले कर्मवासनाले वशीभूत भएको चित्त मानिसलाई फेरी कर्म तिरै प्रवृत्त गराउँदछ । त्यसैले जवसम्म उ म बासुदेवमा प्रिति हुदैन तवसम्म देहवन्धनबाट छुटकारा पाउदैन ।।६।।

यदा न पश्यत्ययथा गुणेहां 
         स्वार्थेप्रमत्तः सहसा विपक्षित् । 
गतस्मृतिर्विन्दति तत्र तापा
         नासाद्य मैथुन्यमगारमज्ञः ॥ ७ ॥ 

आफ्नै निम्ति स्वार्थमा लागेर पागलझै भएर जवसम्म जीव वेदकदृष्टिको आश्रय लिएर इन्द्रियहरूको चेष्टालाई मिथ्या देख्दैन, तवसम्म आत्मस्वरुपको स्मृति नभएका कारण उ अज्ञानवश विषय प्रधान घर आदिमा आशक्त रहेर नाना किसिमको क्लेश कर्महरू गर्दछ ।।७।।

पुंसः स्त्रिया मिथुनीभावमेतं 
         तयोर्मिथो हृदयग्रन्थिमाहुः । 
अतो गृहक्षेत्रसुताप्तवित्तै 
         जनस्य मोहोऽयमहं ममेति ॥ ८ ॥ 

स्त्री र पुरुष विच हुने दाम्पत्य भावलाई पण्डितहरूले हृदयको अर्को दुभेद्य ग्रन्थी भनेका छन् । स्त्री पुरुषको दाम्पत्य भाव हुनासाथ त्यो अझ बलियो हुन्छ । यसैका कारण जीवलाई देह र इन्द्रियको अतिरिक्त घर, छोरा, स्वजन र धन आदिमा म र मेरो भन्ने मोह हुन्छ ।।८।।

यदा मनोहृदयग्रन्थिरस्य 
         कर्मानुबद्धो दृढ आश्लथेत । 
तदा जनः सम्परिवर्ततेऽस्माद् 
         मुक्तः परं यात्यतिहाय हेतुम् ॥ ९ ॥ 


कर्मवासनले जकडिएकोे यो हृदय ग्रन्थी जुन समयमा सन्तको संगतले सुदृढ हुन्छ त्यसै बेला संसारको देहभूत अहंकारलाई त्यागेर सबै प्रकारको बन्धनबाट मुक्त भएर परम पद प्राप्त गर्दछ ।।९।।

हंसे गुरौ मयि भक्त्यानुवृत्त्या 
         वितृष्णया द्वन्द्वतितिक्षया च । 
सर्वत्र जन्तोर्व्यसनावगत्या 
         जिज्ञासया तपसेहानिवृत्या ॥ १० ॥ 


मत्कर्मभिर्मत्कथया च नित्यं 
         मद्देवसङ्गाद् गुणकीर्तनान्मे । 
निर्वैरसाम्योपशमेन पुत्रा 
         जिहासया देहगेहात्मबुद्धेः ॥ ११ ॥ 

अध्यात्मयोगेन विविक्तसेवया 
         प्राणेन्द्रियात्माभिजयेन सध्र्यक्। 
सच्छ्रद्धया ब्रह्मचर्येण शश्वद् 
         असम्प्रमादेन यमेन वाचाम् ॥ १२ ॥ 

सर्वत्र मद्‌भावविचक्षणेन 
         ज्ञानेन विज्ञानविराजितेन । 
योगेन धृत्युद्यमसत्त्वयुक्तो 
         लिङ्गं व्यपोहेत्कुशलोऽहमाख्यम् ॥ १३ ॥ 

छोरा हो ! संसार सागरबाट पार पाउन कुशल, धैर्य, उद्यम एवं सत्वगुण विशिष्ट पुरुषले सबैको आत्मा र गुरुमा भक्तिभाव राख्नाले, तृष्णलाई त्याग्नाले, सुखदुःख आदि द्वन्दलाई सहन गर्नाले “जीवलाई पछिका सबै योनीमा” दुःख नै सहनु पर्दछ  भन्ने बुझेर तत्वजिज्ञासाको अभिलाषाले, तपले, सकाम कर्मको त्यागले मेरा निम्तिमा नै कर्म गर्नाले, मेरा कथाहरू नित्य श्रवण गर्नाले, मेरा भक्तहरूसंगको संगतले  र मेरो गुणको बारेमा कीर्तन गर्नाले रिसहरू त्याग्नाले शान्तिसंग शरीर तथा घरमा मेरो पनको भावलाई त्याग्नाले अध्यात्म शास्त्रको अभ्यासले एकान्त रहनाले, प्राण, इन्द्रिय र मनलाई जित्नाले, शास्त्र र गुरुको वचनमा श्रद्धा राख्नाले, पुर्णब्रम्हचर्यले, सावधानीपूर्वक कर्म गर्नाले, बोलीको संयमताले, सबैतिर मेरै सत्ता देख्नाले, अनुभव र ज्ञानसहितको तत्वविचारले र योगसाधनले अहंकाररूप आफ्नो लिंगशरीलाई लीन गरोस ।।१०।१३।।

कर्माशयं हृदयग्रन्थिबन्ध– 
         मविद्ययाऽऽसादितमप्रमत्तः । 
अनेन योगेन यथोपदेशं 
         सम्यग्व्यपोह्योपरमेतयोगात् ॥ १४ ॥ 

यस प्रकार सावधानी भएर अविद्याबाट प्राप्त यस हृदय ग्रन्थीरूप वन्धनलाई शास्त्रका यी साधनले नष्ट गर्नु पर्दछ ।  । त्यसपछि ती साधनलाई पनि त्यागि दिनु पर्दछ किनकि यहि नै कर्म संस्कारको रहने स्थान हो ।।१४।।

पुत्रांश्चशिष्यांश्चनृपो गुरुर्वा 
         मल्लोककामो मदनुग्रहार्थः । 
इत्थं विमन्युरनुशिष्यादतज्ज्ञान् 
         न योजयेत्कर्मसु कर्ममूढान् । 
कं योजयन्मनुजोऽर्थं लभेत 
         निपातयन्नष्टदृशं हि गर्ते ॥ १५ ॥ 

मेरो लोकको कामना गर्नेले अथवा मेरै जस्तो अनुग्रह प्राप्तिलाई परम पुरुषार्थ मान्ने पुरुष ती राजा भएमा आफ्ना प्रजालाई , गुरु भए आफ्ना शिष्यहरूलाई, र पिताले आफ्ना छोराहरूलाई यस्तो शिक्षा दिनुपर्दछ । उसले अज्ञानको कारण यस शिक्षा अनुसार चल्दैन भने उसले विषयाशक्त कार्यमा लागाउनु भनेको अन्धो ब्यक्तिलाई खाल्डो धकेलिदिनु जस्तै हो ।।१५।।

लोकः स्वयं श्रेयसि नष्टदृष्टि 
         र्योऽर्थान् समीहेत निकामकामः । 
अन्योन्यवैरः सुखलेशहेतो 
         रनन्तदुःखं च न वेद मूढः ॥ १६ ॥ 

मानिसले कुन कुरामा आफ्नो कल्याण हुन्छ भन्ने कुराहरू नबुझ्दा उनीहरू अनेक किसिमका तुच्छ सुखभोगमा फसेर क्षणिक सुखका लागि एक आपसमा वैरभाव राख्दछ र निरन्तर विषय भोगमा प्रयत्न गरेर त्यस्ता मुर्खले यी कुरामा कुनै ध्यान दिदैन भने उसले नरक आदि ठुलो दुःख पाउदछ ।।१६।।

कस्तं स्वयं तदभिज्ञो विपश्चिद् 
         अविद्यायामन्तरे वर्तमानम् । 
दृष्ट्वा पुनस्तं सघृणः कुबुद्धिं 
         प्रयोजयेदुत्पथगं यथान्धम् ॥ १७ ॥ 

जसरी कुवाटोमा हिंडेर खाडलमा पछारिनका लागेको अन्धो मानिसलाई आँखा भएको मानिसले त्यता जान दिदैन त्यसैगरि अज्ञानि मानिस अविद्यामा मोहित भएर दुःख तिर जान लागेको देखेर कुन दयालु र ज्ञानी पुरुष हुन्छ र जसले बुझेर पनि उसलाई जान प्रेरणा गदर्छ ? ।।१७।।

गुरुर्न स स्यात्स्वजनो न सस्यात् 
         पिता न स स्याज्जननी न सा स्यात् । 
दैवं न तत्स्यान्न पतिश्च स स्या( 
         न्न मोचयेद्यः समुपेतमृत्युम् ॥ १८ ॥ 

जसले आफ्नो प्रिय सम्बन्धीलाई भगवद्भक्तिको उपदेश दिएर मृत्यको बन्धनबाट छुटाउदैन भने त्यस्ता गुरु गुरु होइनन्, आफन्त आफन्त हुदैनन, पिता पिता हुदैनन् आमा आमा हुदैनन र पति पति हुदैनन ।।१८।।

इदं शरीरं मम दुर्विभाव्यं 
         सत्त्वं हि मे हृदयं यत्र धर्मः । 
पृष्ठे कृतो मेयदधर्म आराद् 
         अतो हि मामृषभं प्राहुरार्याः ॥ १९ ॥ 

मेरो सर्वथा अचिन्तनीय यस शरीरको रहस्यका बारेमा साधारणलाई ज्ञान हुदैन । शुद्ध सत्वगुण नै मेरो हृदय हो, यसैमा धर्मको स्थिति छ, मैले अधर्मलाई आफुबाट धेरै पछाडि फर्काइदिएको छु ।।१९।।

तस्माद्‌भवन्तो हृदयेन जाताः 
         सर्वे महीयांसममुं सनाभम् । 
अक्लिष्टबुद्ध्या भरतं भजध्वं 
         शुश्रूषणं तद्‌भरणं प्रजानाम् ॥ २० ॥ 

तिमीहरू सबै मेरो त्यहि सत्वमय हृदयबाट उत्पन्न भएका हौं, यसैले सबै मत्सरलाई छोडेर आफ्ना दाजु् भरतको सेवा गर । भरतको सेवा गर्नु मेरै सेवा गर्नु हो । यसो गर्नु  प्रजा पालन गर्नु बराबर पनि हो ।  ।।२०।।

भूतेषु वीरुद्‌भ्य उदुत्तमा ये 
         सरीसृपास्तेषु सबोधनिष्ठाः । 
ततो मनुष्याः प्रमथास्ततोऽपि 
         गन्धर्वसिद्धा विबुधानुगा ये ॥ २१ ॥ 

अचेतन पदार्थ भन्दा चेतन भएको  वृक्ष अत्यन्त श्रेष्ठ हो । त्यसमा पनि त्यसमा रहने (जीव) कीराहरू जीव श्रेष्ठ हो । कीराहरू भन्दा ज्ञानले युक्त भएका पशु श्रेष्ठ हुन्, पशु भन्दा मानिस, मानिस भन्दा प्रमथगण, प्रमथगण भन्दा गन्धर्व, गन्धर्व भन्दा सिध्द र सिध्द भन्दा देवताहरूका अनुयायी किन्दरहरू श्रेष्ठ हुन ।।२१।।

देवासुरेभ्यो मघवत्प्रधाना 
         दक्षादयो ब्रह्मसुतास्तु तेषाम् । 
भवः परः सोऽथ विरिञ्चवीर्यः 
         स मत्परो ऽहं द्विजदेवदेवः ॥ २२ ॥ 

ती भन्दा असुर, असुर भन्दा देवता र देवतामा भन्दा इन्द्र श्रेष्ठ हुन, इन्द्र भन्दा देवताका छोरा दक्षादि प्रजापति श्रेष्ठ हुन । ती भन्दा ब्रम्हाजीका छोराहरूमा रुद्र श्रेष्ठ हुन । रुद्र ब्रम्हाजीबाट उत्पन्न भएका हुन त्यसैले ब्रम्हाजी श्रेष्ठ हुन । उनी पनि म बाट उत्पन्न भएका हुन र मेरै उपाशना गर्दछन, यसैले म उनी भन्दा पनि श्रेष्ठ हँु तापनि ब्राम्हण म भन्दा पनि श्रेष्ठ छन किनकि म उनीहरूलाई पूज्य मान्दछु ।।२२।।

न ब्राह्मणैस्तुलये भूतमन्यत् 
         पश्यामि विप्राः किमतः परं तु । 
यस्मिन्नृभिः प्रहुतं श्रद्धयाह( 
         मश्नामि कामं न तथाग्निहोत्रे ॥ २३ ॥ 

‘सभामा उपस्थित भएका ब्राम्हण तिर लक्ष गर्दै– हे ब्राम्हण ! अर्को कुनै पनि प्राणीलाई म ब्राम्हण समान मान्दिन फेरी बढ्ता त कसरी  मान्न सक्छु र । श्रद्धा पूर्वक व्राम्हणको मुखमा गरिएको हवनलाई म जसरी प्रसन्न पूर्वक ग्रहण गर्दछु त्यस्तो अग्निरूप होममा हवन गरिएको सामाग्रीलाई सन्तोष संग स्वीकार गर्न सक्दिन ।।२३।।

धृता तनूरुशती मे पुराणी 
         येनेह सत्त्वं परमं पवित्रम् । 
शमो दमः सत्यमनुग्रहश्च 
         तपस्तितिक्षानु भवश्च यत्र ॥ २४ ॥ 

जसले यस लोकमा अध्ययनादिद्वारा मेरो अति सुन्दर वेदरूप पुरातन मुर्तिलाई धारण गरेको हुन्छ त्यस्तै मेरो परम पवित्र सत्य गुण शम, दम, सत्य, दया, तप, तितिक्षा र ज्ञान आदि आठ गुणले सम्पन्न छन । ती ब्राम्हण भन्दा बडता अरु को हुन सक्छन र ? ।।२४।।

मत्तो ऽप्यनन्तात्परतः परस्मात् 
         स्वर्गापवर्गाधिपतेर्न किश्चित् । 
येषां किमु स्यादितरेण तेषा  
         मकिञ्चनानां मयि भक्तिभाजाम् ॥ २५ ॥ 

म ब्रम्हा भन्दा श्रेष्ठ तथा अनन्त हुं त्यसैले स्वर्ग मोक्ष समेत दिन सक्छु । तर मेरो अकिन्चिन भक्त यस्तो निःस्पृह हुन्छ कि उनीहरूले म संग पनि केहि चाहाँदैनन भने राज्यादि अन्य वस्तुहरूको इच्छा त कसरी गर्छन र ? ।।२५।।                            

सर्वाणि मद्धिष्ण्यतया भवद्‌भि ( 
         श्चराणि भूतानि सुता ध्रुवाणि । 
सम्भावितव्यानि पदे पदे वो 
         विविक्तदृग्भिस्तदुहार्हणं मे ॥ २६ ॥ 

छोराहरू ! तिमीहरू सम्पूर्ण चराचर प्राणीहरूलाई मेरै अंश सम्झेर शुध्द बुध्दिले पाइला पाइलामा उनको सेवा गर यहि नै मेरो ठूलो पूजा हो ।।२६।।

मनोवचोदृक्करणेहितस्य 
         साक्षात्कृतं मे परिबर्हणं हि । 
विना पुमान् येन महाविमोहात् 
         कृतान्तपाशातन्न विमोक्तुमीशेत् ॥ २७ ॥ 

मन, वचन, दृष्टि तथा अरु इन्द्रियहरूको चेष्टाहरूको गति मेरा साक्षात पूजा नै हो । यसो बाहेक अरु कुनै उपायबाट मानिसले आफुलाई महामोहमय यमपाश बाट छुटाउन सक्तैन ।।२७।।

श्रीशुक उवाच 
एवमनुशास्यात्मजान् स्वयमनुशिष्टानपि लोकानुशासनार्थं महानुभावः परमसुहृद्‌भगवानृषभापदेश उपशमशीलानामुपरतकर्मणां महामुनीनां भक्तिज्ञानवैराग्यलक्षणं पारमहंस्य धर्ममुपशिक्षमाणः स्वतनयशतज्येष्ठं परमभागवतं भगवज्जनपरायणं भरतं धरणिपालनायाभिषिच्य स्वयं भवन एवोर्वरितशरीरमात्रपरिग्रह उन्मत्त इव गगनपरिधानः प्रकीर्णकेश आत्मन्यारोपिताहवनीयो ब्रह्मावर्तात्प्रवव्राज ॥ २८ ॥

 शुकदेवजी भन्नुहुन्छ–
राजन ! ऋषभदेवजीले आफ्ना छोराहरूलाई यस्तो उपदेश दिनु भयो हुन त उनीहरू आफैमा परायण थिए । तापनि प्रभावशाली परम सुहृद भगवान् ऋषभदेवले उपदेश दिनु भयो । ऋषभदेवजीले पृथ्वीको शासन भार भरतजीलाई सुम्पिदिनु भयो र स्वयं निवृत्तपरायण भक्ति ज्ञान र वैराग्यरूप परमहंसोचित धर्मको शिक्षा दिनका लागि विरक्त हुनुभयो । केवल शरीरको मात्र परिग्रह लिएर अरु सबैकुरा धरमा नै छोडिदिए । उनले वस्त्र पनि त्यागेर नाङ्गो भएर रहे । त्यस बखत उनको कपाल विग्रिएको थियो । उन्मत्तको जस्तो भेष थियो । यस बखतमा उनले आहवनीय अग्निमा आफुलाई लीन गराएर त्यसपछि उनी सन्यासी भएर ब्रम्हावर्त देसबाट बाहिर निक्लिए ।।२८।।

जडान्धमूकबधिरपिशाचोन्मादकवदवधूतवेषोऽभिभाष्यमाणोऽपि जनानां गृहीतमौनव्रतस्तूष्णीं बभूव ॥ २९ ॥ 

उनी सधैं मौन रहन्थे कसैसंग बोल्दैन थिए । जड, अंधो, बहिरो, लाटो, पिशाच र पागलको जस्तो जेष्टा गरेर अदभूत वनमा डुल्न लागे ।।२९।।

तत्र तत्र पुरग्रामाकरखेटवाटखर्वटशिबिरव्रजघोषसार्थगिरिवनाश्रमादिष्वनुपथमवनिचरापसदैः परिभूयमानो मक्षिकाभिरिव वनगजस्तर्जनताडनावमेहनष्ठीवनग्रावशकृद्रजःप्रक्षेपपूतिवातदुरुक्तैस्तदविगणयन्नेवासत्संस्थान एतस्मिन् देहोपलक्षणे सदपदेश उभयानुभवस्वरूपेण स्वमहिमावस्थानेनासमारोपिताहंममा भिमानत्वादविखण्डितमनाः पूथिवीमेकचरः परिबभ्राम ॥ ३० ॥ 

उनी कहिले सहर, गाँउ, किसानहरूको वस्तिमा, बगैंचा पहाडका गाँउहरूमा, सेनाको छाउनीमा, गौशालामा, ग्वालाको वस्ती, यात्रीको भिड, वन, पर्वतमा डुल्दा मुर्ख र दुष्टहरूले उनलाई जिस्काउदथे । कसैले गालि गर्दथे, कोहि हिर्काउदथे, कसैले पिशाव गरिदिने कसैले थुकिदिने आदि कार्यले सताउँथे तापनि उनी यस्तो कुरामा ध्यान दिदैन थिए । यसको कारण यो थियो कि भ्रमलाई सत्य मान्ने यस मिथ्या शरीरमा उनको अभिमान, ममता आदि थिएन । उनी कार्य कारणरूप सम्पूर्ण प्रपञ्चका साक्षी भएर आफ्नो परमात्मा स्वरुपमा नै स्थित हुन्थे । यसैले अखण्ड चित्तवृत्तिले एक्लै पृथ्वीमा डुल्दथे ।।३०।।

अतिसुकुमारकरचरणोरःस्थलविपुलबाह्वंसगलवदनाद्यवयवविन्यासः प्रकृतिसुन्दरस्वभाव हाससुमुखो नवनलिनदलायमानशिशिरतारारुणा यतनयनरुचिरः सदृशसुभगकपोलकर्णकण्ठनासो विगूढस्मितवदनमहोत्सवेन पुरवनितानां मनसि कुसुमशरासनमुपदधानः परागवलम्बमानकुटिल जटिलकपिशकेशभूरिभारोऽवधूतमलिन निज शरीरेण ग्नहगृहीत इवादृश्यत ॥ ३१ ॥ 

उनका हात, खुट्टा, छाती,लामा–लामा हातहरू, गला र मुख आदि अंगको वनावट धेरै राम्रो थियो । उनका स्वभावले नै सुन्दर मुख स्वभाविक मधुर मुस्कानले अझ धेरै राम्रा देखिन्थे । आँखा कमलदल जस्तै धेरै राम्रा सन्तपहारिणी थियो । गाला ठूला र केहि राता थिए । उनको कान र नाक समान खालले मिलेका थिए त्यस्तै उनको हास्ययुक्त मुखारविन्दको शोभालाई देख्दा नगरका नारीहरूमा कामदेवको सञ्चार हुन्थ्यो ।  यस्तो हँुदा पनि उनको मुखको अगाडि धुलोले रंङ्गिएको र लामो लामो कपालको लट्टा हल्लिरहथ्यो । उनको त्यस्तो अवधुत रूप र धूलो ले गर्दा  पागल मानिस जस्तै देखिन्थे ।।३१।।

यर्हि वाव स भगवान् लोकमिमं योगस्याद्धा प्रतीपमिवाचक्षाणस्तत्प्रतिक्रियाकर्मबीभत्सितम् इति व्रतमाजगरमास्थितः शयान एवाश्नाति पिबति खादत्यवमेहति हदति स्म चेष्टमान उच्चरित आदिग्धोद्देशः ॥ ३२ ॥
 
ऋषभदेवले आफ्नो योग साधनामा जनसमुहले विघ्न पर्नलागेको देखेर त्यसबाट वच्नको लागि बीभत्सवृत्तिले रहनु भयो, त्यसपछि वहाँले अजगर–वृत्ति धारणा गर्नुभयो । वहाँले सुतेरै खानेकुरा खाने, मल मुत्र त्याग्ने, साथै आफैले मल मुत्र गरेको ठाँउमा सुत्ने गर्नलागे ।।३२।।                                                              

 तस्य ह यः पुरीषसुरभिसौगन्ध्यवायुस्तं देशं दशयोजनं समन्तात् सुरभिं चकार ॥ ३३ ॥ 

तर त्यस मलमा दुर्गन्ध थिएन । सुगन्ध थियो । वायुले त्यस सुगन्धलाई चौतिर फैलाएर सुगन्धित गराउँदथ्यो ।।३३।।                        

एवं गोमृगकाकचर्यया व्रजंस्तिष्ठन्नासीनः शयानः काकमृगगोचरितः पिबति खादत्यवमेहति स्म ॥ ३४ ॥ 

यसरी गाई, मृग र कौवा आदिको वृत्तिलाई स्वीकार गरेर उनीहरू जस्तै कहिले हिड्ने कहिले, खडा हुने, कहिले बस्ने, कहिले सुतेरै खाना खाने, मलमुत्र त्याग गर्ने  गर्नलागे ।।३४।।

इति नानायोगचर्याचरणो भगवान् कैवल्यपतिर्ऋषभोऽविरतपरममहानन्दानुभव आत्मनि सर्वेषां भूतानामात्मभूते भगवति वासुदेव आत्मनोऽव्यव धानानन्तरोदरभावेन सिद्धसमस्तार्थपरिपूर्णो योगैश्वर्याणि वैहायसमनोजवान्तर्धानपरकायप्रवेशदूरग्रहणादीनि यदृच्छयोपगतानि नाञ्जसा नृप हृदयेनाभ्यनन्दत् ॥ ३५ ॥ 

परीक्षित ! परमहंसहरूलाई त्यागको आदर्श शिक्षा दिनका लागि मोक्षपति भगवान् ऋषभदेवले अनेका किसिमको योगचर्याको आचरण गर्नुभयो । वहाँ निरन्तर सर्वश्रेष्ठ महान आनन्दको अनुभव गर्नुहुन्थ्यो । वहाँको दृष्टिमा सम्पूर्ण प्राणीहरूको आत्मा आफ्नो आत्मस्वरूप भगवान् वसुदेवबाट कुनै प्रकारको भिन्नता थिएन । यसैले वहाँको सबै पुरुषार्थ पुरा भैसकेको थियो । उहाँको आकाश गमन, मनोजविन्त्य (मनको गति समान नै शरीसले इच्छा गरेर सबैतिर पुग्नु) अन्तर्धान, (अदृष्य हुन) परकायप्रवेश (अरुको शरीरमा प्रवेश गर्नु) टाढाको कुरा सुन्नु र देख्नु आदि सबै प्रकारको सिद्धि आदि सबै आफैं आफैं सेवा गर्न भनेर आए तापनि उनीहरूलाई आफ्नो मनद्वारा स्वीकार गर्नु भएन ।।३५।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे ऋषभदेवानुचरिते पञ्चमोऽध्यायः ॥ ५ ॥