श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - अष्टमोध्यायः
सूत उवाच ।
(अनुष्टुप्)
अथ ते सम्परेतानां स्वानामुदकमिच्छताम् ।
दातुं सकृष्णा गङ्गायां पुरस्कृत्य ययुः स्त्रियः ॥। १ ॥
सूतजीले भने –
त्यसपछि पाण्वहरू युध्दमा मरेका आफन्तहरूलाई तर्पण पानी दिने इच्छाले श्रीकृष्णका साथ आइमाईहरूलाई अगाडि लगाएर तर्पण गर्न भनि गङ्गा तीरमा गए ।।१।।
ते निनीयोदकं सर्वे विलप्य च भृशं पुनः ।
आप्लुता हरिपादाब्जरजःपूतसरिज्जले ॥। २ ॥
त्यहाँ उनीहरूले मरेका वन्धुवान्धवहरूलाई जलदान गरेर मरेकाहरूको स्मरण गर्दै धेरै विलाप गरे त्यसपछि भगवान्को चरणकमलको धुलोले पिवत्र गङ्गाजलमा स्नान गरे ।।२।।
तत्रासीनं कुरुपतिं धृतराष्ट्रं सहानुजम् ।
गान्धारीं पुत्रशोकार्तां पृथां कृष्णां च माधवः ॥। ३ ॥
त्यहाँ आफ्ना भाईहरू सहित कुरूपति महाराज युधिष्ठिर, धृतराष्ट्र्, पुत्र शोकले व्याकुल भएकी गान्धारी, कुन्ती र द्रौपदी आदि सबै जनाले मरेका आफन्त हरूको शोक गरे ।।३।।
सांत्वयामास मुनिभिः हतबंधून् शुचार्पितान् ।
भूतेषु कालस्य गतिं दर्शयन्नप्रतिक्रियाम्॥४ ॥
भगवान् श्रीकृष्ण र धौम्यादि मुनिहरू सहितले उनीहरूलाई संझाउदै भने संसारका सबै प्राणीहरू कालको अधिनमा छन् । मृत्युले कसैलाई रोक्न सक्तैन ।।४।।
साधयित्वाजातशत्रोः स्वं राज्यं कितवैर्हृतम् ।
घातयित्वासतो राज्ञः कचस्पर्शक्षतायुषः ॥ ५ ॥
यसप्रकार भगवान् श्रीकृष्णले अजात सत्रु महाराज युधिष्ठिरलाई अघि दुष्टहरूले हरेका राज्यहरू फिर्ता गराउनुभयो । द्रौपदीको चुल्ठो समाउनाले आयु क्षिणभएका दुष्ट राजाहरूको बध गराउनुभयो ।।५।।
याजयित्वाश्वमेधैस्तं त्रिभिरुत्तमकल्पकैः ।
तद्यशः पावनं दिक्षु शतमन्योरिवातनोत् ॥६ ॥
त्यसपछि युधिष्ठिरले आफ्ना उत्तम सामाग्रीले अश्वमेध यज्ञ गरे । यसरी युधिष्ठिरको कीर्ति इन्द्रले एकसय यज्ञ गरे झैं चारैतिर फैलियो ।।६।।
आमंत्र्य पाण्डुपुत्रांश्च शैनेयोद्धवसंयुतः ।
द्वैपायनादिभिर्विप्रैः पूजितैः प्रतिपूजितः ॥ ७ ॥
त्यसपछि भगवान् श्रीकृष्ण त्यहाबाट द्वारका फर्कने विचार गर्नुभयो । वहांले पाण्डवहरू सित विदा लिनु भयो र व्यासआदि ब्राम्हणहरूलाई सत्कार गर्नुभयो ॥ ७ ॥
गन्तुं कृतमतिर्ब्रह्मन् द्वारकां रथमास्थितः ।
उपलेभेऽभिधावन्तीमुत्तरां भयविह्वलाम् ॥ ८ ॥
अनि सात्यकी र उध्दव संग रथमा चढ्नुभयो । त्यहिनै बेला भगवान्ले देख्नुभयो कि उत्तरा भयले विह्वल हुदै दौडदै वहांको नजिक आइरहेकी थिइन् ।। ८ ।।
उत्तरोवाच
पाहि पाहि महायोगिन् देवदेव जगत्पते ।
नान्यं त्वदभयं पश्ये यत्र मृत्युः परस्परम् ॥ ९ ॥
उत्तराले भनिन्–
हे देवाधिदेव ! हे जगदिश्वर ! हजुरले महायोगी हुनुहुन्छ हजुरले मेरो रक्षा गर्नोस्, यसलोकमा मलाई अभय दिने हजुर बाहेक अरु कोही छैन । किनकि यहाँ सबै एकअर्काको मृत्युको कारण वन्दैछन् ।।९।।
अभिद्रवति मामीश शरस्तप्तायसो विभो ।
कामं दहतु मां नाथ मा मे गर्भो निपात्यताम् ॥ १० ॥
हे प्रभु ! हजुर सर्वशक्तिमान हुनुहुन्छ हेर्नुहोस त्यो बल्दो फलामको बाण मतिर दौडदै आइरहेछ । हे स्वामी ! यस्ले मालई मारोस केहि छैन तर मेरो गर्भको बालकलाई नष्ट गर्न नसकोस् हजुरले कृपा गर्नुहोस् ।।१०।।
सूत उवाच ।
उपधार्य वचस्तस्या भगवान् भक्तवत्सलः ।
अपाण्डवमिदं कर्तुं द्रौणेरस्त्रमबुध्यत ॥ ११ ॥
सूतजी भन्छन् –
भक्तवत्सल भगवान्ले उत्तराको पुकारा सुन्दैमा थाहापाउनु भयो कि अस्वत्थामले पाण्डवहरूको वंश विनाशका लगि नै ब्रम्हास्त्रको प्रयोग गरेको हो ।।११।।
तर्ह्येवाथ मुनिश्रेष्ठ पाण्डवाः पञ्च सायकान् ।
आत्मनोऽभिमुखान्दीप्तानालक्ष्यास्त्राण्युपाददुः ॥ १२ ॥
हे शौनकजी ! त्यस समयमा पाण्डवहरूले पनि वल्दै गरेको पाँचवटा बाण आफुतिर आउदै गरेको देखे अनि आफ्नो आफ्नो अस्त्र उठाए ।। १२ ।।
व्यसनं वीक्ष्य तत्तेषां अनन्यविषयात्मनाम् ।
सुदर्शनेन स्वास्त्रेण स्वानां रक्षां व्यधाद्विभुः ॥ १३ ॥
सर्व शक्तिमान भगवान् श्रीकृष्णले आफ्ना प्यारा मित्रहरू माथि ठुलो विपत्ति आएको बुझेर आफ्नो सुदर्शन चक्रले उनीहरूको रक्षा गर्नु भयो ।।१३।।
अन्तःस्थः सर्वभूतानामात्मा योगेश्वरो हरिः ।
स्वमाययाऽऽवृणोद्गर्भं वैराट्याः कुरुतन्तवे॥ १४ ॥
योगेश्वर श्रीकृष्ण सम्पूर्ण प्राणीको हृदयमा विराजमान आत्मा हुनुहुन्छ वहांले पण्डवहरूको बंश परंपरालाई कायम राख्ने उद्देश्यले आफ्नो माया कवचले उत्तराको गर्भलाई ढाकिदिनुभयो ।।१४।।
यद्यप्यस्त्रं ब्रह्मशिरः त्वमोघं चाप्रतिक्रियम् ।
वैष्णवं तेज आसाद्य समशाम्यद् भृगूद्वह ॥ १५ ॥
हे शौनकजी ! ब्रम्हास्त्र अमोघ हुन्छ । उसलाई हटाउने कुनै उपाय छैन तर श्रीकृष्णका तेजका कारण वहांको अगाडि परेपछि शान्त भयो ।।१५।।
मा मंस्था ह्येतदाश्चर्यं सर्वाश्चर्यमयेऽच्युते ।
य इदं मायया देव्या सृजत्यवति हन्त्यजः ॥ १६ ॥
भगवान् सर्वाश्चर्यमय हुनुहुन्छ त्यसैले यो कुनै आश्चर्यको कुरा होइन । वहां आफ्नो स्वशक्तिबाट नै संसारको सृटि, स्थिति र संहार गर्नुहुन्छ ।।१६।।
ब्रह्मतेजोविनिर्मुक्तैरात्मजैः सह कृष्णया ।
प्रयाणाभिमुखं कृष्णमिदमाह पृथा सती ॥ १७ ॥
जव भगवान् श्रीकृष्ण द्वारका जान भनेर लाग्नुभयो । अनि ब्रम्हास्त्रको रापले मुक्त भएका आफ्ना छोरा र द्रौपदीका साथ भएर कुन्तीले भगवान्को स्तुति गरीन् ।।१७।।
कुन्त्युवाच ।
नमस्ये पुरुषं त्वाऽऽद्यमीश्वरं प्रकृतेः परम् ।
अलक्ष्यं सर्वभूतानामन्तर्बहिरवस्थितम् ॥ १८ ॥
कुन्तीले भनिन्–
हजुर सम्पुण प्राणीको भित्र बाहिर एकनासले स्थित भएर रहनुहुन्छ, फेरी इन्द्रिय बृध्दिका कारण देख्न सकिदैन किनकि हजुर प्रकृति भन्दा पर आदिपुरुष हुनुहुन्छ, म हजुरलाई नमस्कार गर्दछु ।।१८।।
मायाजवनिकाच्छन्नमज्ञाधोक्षजमव्ययम् ।
न लक्ष्यसे मूढदृशा नटो नाट्यधरो यथा ॥ १९ ॥
जसले इन्द्रियका माध्यमले जे जति जान्दछन् उसै प्रकारले हजुर रहनुहुन्छ र आफनो मायाको पर्दाले ढाकिएको हुनुहुन्छ । म अवोध नारीले तपाई अविनाशी पुरुषोत्तमलाई कसरी जान्न सक्छु र ? अज्ञानि ब्यक्तिले भेषधारी नटुवालाई प्रत्यक्ष देख्दा नचिने जस्तै हजुरलाई पनि अगाडि हुदा पनि देख्न सकिदैन ।।१९।।
तथा परमहंसानां मुनीनाममलात्मनाम् ।
भक्तियोगविधानार्थं कथं पश्येम हि स्त्रियः ॥ २० ॥
हजुर त पबित्र मन भएका परमहंसहरूको हृदयमा भक्ति जगाउनको लागि नै अवतिर्ण हुनभएको हो । म मन्द बुध्दिभएकी स्त्रीजातीले तपाईलाई कसरी जान्न सकौं ? ।।२०।।
कृष्णाय वासुदेवाय देवकीनंदनाय च ।
नंदगोपकुमाराय गोविंदाय नमो नमः ॥ २१ ॥
हजुर श्रीकृष्ण, वासुदेव, देवकीनन्दन, नन्दगोपहरूका प्यारा कुमार र गोविन्दलाई नमस्कार छ ।।२१।।
नमः पङ्कजनाभाय नमः पङ्कजमालिने ।
नमः पङ्कजनेत्राय नमस्ते पङ्कजाङ्घ्रये ॥ २२ ॥
जसका नाभिकमलबाट ब्रम्हाजी प्रकट हुनुभयो जसले कमलकै माला पहिरिनुभएको छ जसका चरणकमलमा कमलको चिन्ह अंकित भएको छ यस्ता श्रीकृष्णलाई मेरो वारंवार नमस्कार छ ।।२२।।
(वंशस्थ)
यथा हृषीकेश खलेन देवकी
कंसेन रुद्धातिचिरं शुचार्पिता ।
विमोचिताहं च सहात्मजा विभो
त्वयैव नाथेन मुहुर्विपद्गणात् ॥ २३ ॥
हे ऋषिकेश ! हजुरले दुष्ट कंशले कैद गरेर लामो समय सम्म शोकमा डुवेकी देवकीको रक्षा गर्नुभयो त्यसैगरी मेरा छोराहरूको साथै मेरो पनि रक्षा गर्नुभयो हजुर हाम्रा स्वामी हुनुहुन्छ । हजुर सर्वशक्तिमान हुनुहुन्छ ।।२३।।
विषान्महाग्नेः पुरुषाददर्शना–
दसत्सभाया वनवासकृच्छ्रतः ।
मृधे मृधेऽनेकमहारथास्त्रतो
द्रौण्यस्त्रतश्चास्म हरेऽभिरक्षिताः ॥ २४ ॥
म कति सम्म वर्णन गरु लाक्षागृहको आगो, हिडिम्बा जस्ता राक्षसबाट, द्युतकृडाबाट, वनवासमा रहदाको विपत्तिबाट, कैयौपटक युध्दमा महारथिहरूको शस्त्रहरूबाट र अश्वत्थामाको ब्रम्हास्त्रबाट हाम्रो रक्षा गर्नु भयो ।।२४।।
(अनुष्टुप्)
विपदः सन्तु ताः शश्वत् तत्र तत्र जगद्गुरो ।
भवतो दर्शनं यत्स्याद् अपुनर्भवदर्शनम् ॥ २५ ॥
हे जगद्गुरु ! हाम्रो जीवनमा सधैंभरि विपत्ति आईरहोस, किनकि विपत्तिमै हजुरको वास्तविक दर्शन हुदोरहेछ र हजुरको दर्शनले नै जन्ममृत्युको चक्करमा पर्नु पर्दैन ।।२५।।
जन्मैश्वर्यश्रुतश्रीभिरेधमानमदः पुमान् ।
नैवार्हत्यभिधातुं वै त्वामकिञ्चनगोचरम् ॥ २६ ॥
उच्च–कुलको जन्म, संपत्ति र विद्याको कारण घमण्ड भएका ब्यक्तिहरू त हजुरको नाम पनि लिन सक्तैनन् । हजुर त उसैलाई दर्शन दिनुहुन्छ जो अकिन्चन हजुरको भक्त छ ।।२६।।
नमोऽकिञ्चनवित्ताय निवृत्तगुणवृत्तये ।
आत्मारामाय शान्ताय कैवल्यपतये नमः ॥ २७ ॥
हजुर निर्धनीका परम धन हुनुहुन्छ । मायाको प्रपञ्चले हजुरलाई छुन पनि सक्तैन । हजुर नै शान्तस्वरूप हुनुहुन्छ, हजुर नै कैवल्य मोक्षदायक हुनुहुन्छ, हजुरमा वारंवार नमस्कार गर्दछु ।।२७।।
मन्ये त्वां कालमीशानमनादिनिधनं विभुम् ।
समं चरन्तं सर्वत्र भूतानां यन्मिथः कलिः ॥ २८ ॥
म हजुरलाई अनन्त, सर्वव्यापक, सबैका मालिक कालरूप परमेश्वर मान्दछु । संसारका सबै पदार्थहरू र प्राणी मिलेर विषयका कारण परस्पर विरोधी हुन्छन् तर हजुर सबैमा समानरूपले रहनुहुन्छ ।।२८।।
(वंशस्थ)
न वेद कश्चिद् भगवंश्चिकीर्षितं
तवेहमानस्य नृणां विडम्बनम् ।
न यस्य कश्चिद् दयितोऽस्ति कर्हिचिद्
द्वेष्यश्च यस्मिन्विषमा मतिर्नृणाम् ॥ २९ ॥
हे भगवान् ! हजुर जव मानिसको जस्तो लीला गर्नुहुन्छ त्यसवेला हजुर के गर्दैहुहुन्छ भन्नेकुराको बारेमा कसैले चाल पाउँन सक्तैनन् । हजुर कसैको प्रिय पनि हुनुहुन्न र अप्रिय पनि हुनुहुन्न । हजुरका सम्वनधमा मानिसको बुध्दिमात्र फरक छ ।।२९।।
(अनुष्टुप्)
जन्म कर्म च विश्वात्मन्नजस्याकर्तुरात्मनः ।
तिर्यङ्नॄषिषु यादःसु तदत्यन्तविडम्बनम् ॥ ३० ॥
हजुर विश्वको आत्मा हुनुहुन्छ, विश्वरूप हुनुहुन्छ, हजुरले न जन्म लिनुहुन्छ न कर्म नै गर्नुहुन्छ, यो त हजुरको लीला मात्रै हो ।।३०।।
(वसंततिलका)
गोप्याददे त्वयि कृतागसि दाम तावद्
या ते दशाश्रुकलिलाञ्जनसंभ्रमाक्षम् ।
वक्त्रं निनीय भयभावनया स्थितस्य
सा मां विमोहयति भीरपि यद्बिभेति ॥ ३१ ॥
बालक कालमा हजुरले दहिको घैटा फुटाएर यशोदा मातालाई दुःख दिनुभयो अनि उनले हजुरलाई बाँध्न भनि डोरी हातमा लिएकी थिइन, त्यसवेला हजुरका आँखामा आँसुको थोपा टल्पलाइरहेको थियो गाजल पोतिएको आँसु बगाउदै डरका कारण तपाईको मुख तलतिर घोप्टिएको थियो । जसका अगाडि डर नै डराउदछ त्यतिवेला हजुरको यस्तो दशा, हजुरको त्यो दशाको लीला संझेर म मोहित भएको छु ।।३१।।
(अनुष्टुप्)
केचिदाहुरजं जातं पुण्यश्लोकस्य कीर्तये ।
यदोः प्रियस्यान्ववाये मलयस्येव चन्दनम् ॥ ३२ ॥
हजुर आजन्मा भएर पनि किन जन्म लिनुभएको भन्ने बारेमा महापुरुषहरू यो भन्छन् कि जसरी मलयाचलको कीर्ति फैलाउनको लागि चन्दनको विस्तार हुन्छ त्यसरी नै आफ्ना पृयभक्त पुण्यश्लोक राजा यदुवंशको कीर्ति बढाउनको लागि हजुरको अवतार भएको हो ।।३२।।
अपरे वसुदेवस्य देवक्यां याचितोऽभ्यगात् ।
अजस्त्वमस्य क्षेमाय वधाय च सुरद्विषाम् ॥ ३३ ॥
त्यसैगरी कोही भन्छन् कि पूर्व जन्ममा वसुदेव र देवकी (सुतपा र पृश्निको रूपमा) ले बरदान मागेका कारण हजुर आजन्मा भएर पनि जगतको कल्याण र दैत्यको विनाश गर्न जन्म लिनुभएको हो ।।३३।।
भारावतारणायान्ये भुवो नाव इवोदधौ ।
सीदन्त्या भूरिभारेण जातो ह्यात्मभुवार्थितः ॥ ३४ ॥
केहि यसो पनि भन्छन् कि दैत्यहरूको भारले गर्दा समुद्रमा डुवेर जहाज झै डगमगाएकी पृथ्विको भार उतार्न ब्रम्हाले प्रार्थना गर्नुभएका कारण हजुर प्रकट हुनुभएको हो ।।३४।।
भवेऽस्मिन् क्लिश्यमानानामविद्याकामकर्मभिः ।
श्रवण स्मरणार्हाणि करिष्यन्निति केचन ॥ ३५ ॥
कोही महापुरुषको भनाइ छ अज्ञानरूप कामना र कर्मका कारण वन्धन मा परेर पीडित भएका ब्यक्तिहरूका लागि स्मरण गर्न र लीलाहरू गर्न नै अवतार लिनुभएको हो ।।३५।।
(वंशस्थ)
श्रृण्वन्ति गायन्ति गृणन्त्यभीक्ष्णशः
स्मरन्ति नन्दन्ति तवेहितं जनाः ।
त एव पश्यन्त्यचिरेण तावकं
भवप्रवाहोपरमं पदाम्बुजम् ॥ ३६ ॥
भक्तहरू हजुरको चरित्रको श्रवण, कीर्तन, गान र स्मरण गरेर आनन्दित हुन्छन् अनि हजुरको चरणकमलको दर्शन पाएर जन्म–मृत्युको चक्कर बाट सधैको लागि छुट्कारा पाउँछन् ।।३६।।
अप्यद्य नस्त्वं स्वकृतेहित प्रभो
जिहाससि स्वित् सुहृदोऽनुजीविनः ।
येषां न चान्यत् भवतः पदाम्बुजात्
परायणं राजसु योजितांहसाम् ॥ ३७ ॥
भक्तहरूका इच्छा पुरा गर्ने प्रभु! के अव हजुर हामीहरूलाइ छोडेर जान चहानुहुन्छ ? अव हजुर विना हाम्रो सहारा अरु कोहीपनि छैन । पृथ्वीका राजाहरूको त हामी अझै बिरोधी नै छौं ।।३७।।
(अनुष्टुप्)
के वयं नामरूपाभ्यां यदुभिः सह पाण्डवाः ।
भवतोऽदर्शनं यर्हि हृषीकाणामिवेशितुः ॥ ३८ ॥
जसरी प्राण विनाको इन्द्रिय शक्तिहिन हुन्छ त्यसरी नै हजुरको संगको वियोग पछि यदुवंशी र हाम्रा छोरा पाण्डवको नाम र अस्तित्व नै के रहन्छ र ।।३८।।
नेयं शोभिष्यते तत्र यथेदानीं गदाधर ।
त्वत्पदैरङ्किता भाति स्वलक्षणविलक्षितैः ॥ ३९ ॥
हे गदाधर! हजुरको चरणकमलबाट पवित्र यो कुरुजांङ्गल देश जति शोभायमान छ तर हजुर फर्कनु भएपछि हुदैन ।।३९।।
इमे जनपदाः स्वृद्धाः सुपक्वौषधिवीरुधः ।
वनाद्रिनद्युदन्वन्तो ह्येधन्ते तव वीक्षितैः ॥ ४० ॥
हजुरको दृटिको प्रभाव नै देशमा सुपक्क औषधि तथा लता बृक्षले सुसम्मन्न भएको छ । यी वन, नदी, पर्वत र समुद्र पनि तपाईकै दृष्टिले फैलिएका छन् ।।४०।।
अथ विश्वेश विश्वात्मन् विश्वमूर्ते स्वकेषु मे ।
स्नेहपाशं इमं छिन्धि दृढं पाण्डुषु वृष्णिषु ॥ ४१ ॥
हजुरविश्वको मालिक हुनुहुन्छ, विश्वको आत्मा र विश्वको रूप हुनुहुन्छ । यी यदुवंशिय पाण्डवहरूमा मेरो ममता बढेको छ हजुरले कृपा गरेर त्यो स्नेहरूपी डोरीलाई काटि दिनुहोस् ।।४०।।
त्वयि मेऽनन्यविषया मतिर्मधुपतेऽसकृत् ।
रतिमुद्वहतादद्धा गङ्गेवौघमुदन्वति ॥ ४२ ॥
जसरी श्रीकृष्ण जस्तो गङ्गाको अखण्ड धारा समुद्रमा परिरहन्छ त्यसै गरी मेरो बुध्दि पनि अन्त नलागिकन निरन्तर हजुरको प्रेममा रहिरहोस ।।४२।।
(वसंततिलका)
श्रीकृष्ण कृष्णसख वृष्ण्यृषभावनिध्रुग्
राजन्यवंशदहनानपवर्ग वीर्य ।
गोविन्द गोद्विजसुरार्तिहरावतार
योगेश्वराखिलगुरो भगवन्नमस्ते ॥ ४३ ॥
हे श्रीकष्ण ! अर्जुनका प्यारा मित्र यदुवंशशिरोमणि ! हजुर राजभेषरूप धारि दैत्यलाई जलाउनको लागि अग्नि स्वरूप हुनहुन्छ । हजुरको शक्ति अनन्त छ । हे गोविन्द हजुरको यो अवतार गाई, ब्राम्हण र देवताको दुःख हटाउनको लागि नै हो । हे योगेश्वर ! चराचरका गुरु भगवन् म हजुरलाई नमस्कार गर्दछु ।।४३।।
सूत उवाच ।
(अनुष्टुप्)
पृथयेत्थं कलपदैः परिणूताखिलोदयः ।
मन्दं जहास वैकुण्ठो मोहयन्निव मायया ॥ ४४ ॥
सूतजीले भन्नुभयो –
यसप्रकार कुन्तीले विनम्र र मिठो बोलीले भगवान्को सबै लीलाहरूको वर्णन गरीन् अनि उनको कुरा सुनेर श्रीकृष्णले आफ्नो मायाले उनलार्ई मोहित गराउनु भयो र मुस्कुराउन लाग्नुभयो ।।४४।।
तां बाढमित्युपामंत्र्य प्रविश्य गजसाह्वयम् ।
स्त्रियश्च स्वपुरं यास्यन् प्रेम्णा राज्ञा निवारितः ॥ ४५ ॥
वहांले कुन्तीलाई ठिक छ भनेर रथ भएको ठाँउबाट हस्तिनापुर आउनु भयो । त्यहा सुभद्रा आदि स्त्रीहरू संग विदा लिएर जान लाग्नुभयो अनि युधिष्ठिरले बडो नम्र भएर वहांलाई रोके ।।४५।।
व्यासाद्यैरीश्वरेहाज्ञैः कृष्णेनाद्भुतकर्मणा ।
प्रबोधितोऽपीतिहासैः नाबुध्यत शुचार्पितः ॥ ४६ ॥
राजा युधिष्टरलाई आफ्ना भाई वनधुहरूको मृत्युका कारण ठुलो शोक परेको थियो । भगवान्को लीला मर्म आदि जान्ने महर्षि व्यास र स्वयं भगवान् कृष्णले पनि धेरै इतिहासहरू बताएर संझाउने कोशिस गर्नुभयो तर उनलार्ई सान्त्वना मिलेन र शोक पनि हटेन ।।४६।।
आह राजा धर्मसुतः चिन्तयन् सुहृदां वधम् ।
प्राकृतेनात्मना विप्राः स्नेहमोहवशं गतः ॥ ४७ ॥
हे शौनकादि ऋषिहरू! धर्भपुत्र राजा युधिष्टरलाई आफ्ना स्वजनको हत्यामा ठुलो चिन्ता थियो उनी अविवेकि र मोहका बशमा परेर भन्नलागे ।।४७ ।।
अहो मे पश्यताज्ञानं हृदि रूढं दुरात्मनः ।
पारक्यस्यैव देहस्य बह्व्यो मेऽक्षौहिणीर्हताः ॥ ४८ ॥
अहो! म दुरात्माको हृदयलाई बाँधिएको यो अज्ञानलाई हेर्नोस, स्याल कुक्कुरको आहारा भएको यो अनात्म शरीरका लागि मैले त्यत्रो अक्षौहिणी सेनालाई नाशगरें ।।४८।।
बालद्विजसुहृन्मित्रपितृभ्रातृगुरुद्रुहः ।
न मे स्यान्निरयान्मोक्षो ह्यपि वर्षायुतायुतैः ॥ ४९ ॥
मैले बालक ब्राम्हण, साथी, भाई वन्धु र गुरुजन संग द्रोह गरें मेरो कराडौ जन्म पनि नरकबाट छुट्कारा हुदैन ।।४९।।
नैनो राज्ञः प्रजाभर्तुर्धर्मयुद्धे वधो द्विषाम् ।
इति मे न तु बोधाय कल्पते शासनं वचः ॥ ५० ॥
तापनि शास्त्रको बचन छ कि यदि प्रजाको हितका लागि धर्मयुध्दमा सत्रुलाई मार्छन् भने कुनै पाप लाग्दैन, तर पनि मलाई सन्तोष छैन ।।५०।।
स्त्रीणां मद्धतबन्धूनां द्रोहो योऽसाविहोत्थितः ।
कर्मभिर्गृहमेधीयैर्नाहं कल्पो व्यपोहितुम् ॥ ५१ ॥
भाई बन्धु, स्त्रीहरूका पतिहरूलाई मार्नाले म बाट जुन किसिमको अपराध हुनगएको छ त्यसको कुनै पनि यज्ञयज्ञादिबाट पबित्र हुन सक्तिन ।।५१।।
यथा पङ्केन पङ्काम्भः सुरया वा सुराकृतम् ।
भूतहत्यां तथैवैकां न यज्ञैः मार्ष्टुमर्हति ॥ ५२ ॥
जसरी हिलो जलले अरु हिलोलाई सफा गर्न सक्दैन, मदिराले मदिराको गन्ध हटाउन सक्तैन त्यसैगरी अश्वमेधादि हिंशामय यज्ञले प्राणीहत्याको प्रायश्चित्त हुन सक्तैन ।।५२।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे कुन्तीस्तुतिर्युधिष्ठिरानुतापो नाम अष्टमोऽध्यायः ॥ ८ ॥
