श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - सप्तदशोऽध्यायः
श्रीशुक उवाच ।
यः पुरूरवसः पुत्र आयुस्तस्याभवन् सुताः ।
नहुषः क्षत्रवृद्धश्च रजी रम्भश्च वीर्यवान् ॥ १ ॥
अनेना इति राजेन्द्र शृणु क्षत्रवृधोऽन्वयम् ।
क्षत्रवृद्धसुतस्यासन् सुहोत्रस्यात्मजास्त्रयः ॥ २ ॥
काश्यः कुशो गृत्समद इति गृत्समदादभूत् ।
शुनकः शौनको यस्य बह्वृचप्रवरो मुनिः ॥ ३ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! राजा पुरुरवाको आयु नामको जुन छोरो छोरो थिए, उनको नहुष, क्षत्रवृद्ध, रजी, शक्तिशाली रम्भ र एनेना नामका पाँच छोरा थिए –। अब क्षत्रवृद्धको वंश सुन । सुहोत्र क्षत्रवृद्धका पुत्र थिए । सुहोत्रका तीन छोरा थिए– काश्य, कुश र गृत्समद । गृत्समद को छोरा शुनक भयो यसै शुनकका छोरा ऋग्वेदका श्रेष्ठ शौनक भए ।।१–३।।
काश्यस्य काशिस्तत्पुत्रो राष्ट्रो दीर्घतमःपिता ।
धन्वन्तरिर्दैर्घतम आयुर्वेदप्रवर्तकः ॥ ४ ॥
काश्यका छोरा काशी, काशिका राष्ट्र, राष्ट्रका दुर्गातामा र दुर्गातामाका धन्वन्तरी भए । उनी आयुर्वेदका प्रवर्तक हुन ।।४।।
यज्ञभुग् वासुदेवांशः स्मृतमात्रार्तिनाशनः ।
तत्पुत्रः केतुमानस्य जज्ञे भीमरथस्ततः ॥ ५ ॥
यीनै यज्ञभागका भोक्ता र भगवान वासुदेवका अंश हुन् । यीनको सम्झनाले सबै प्रकारका रोग निको हुन्छन् । धन्वन्तरिकाका छोरा केतुमान र केतुमानका छोरा भीमरथ थिए ।।५।।
दिवोदासो द्युमांस्तस्मात् प्रतर्दन इति स्मृतः ।
स एव शत्रुजिद् वत्स ऋतध्वज इतीरितः ।
तथा कुवलयाश्वेति प्रोक्तोऽलर्कादयस्ततः ॥ ६ ॥
भीमरथका दिवोदास र दिवोदसका द्युमान हुन – यिनको नाम प्रतर्दन पनि हो । यी द्युमान शत्रुजित, वत्स, ऋतध्वज र कुवलायश्व नामले पनि प्रसिद्ध छन् । द्युमानका छोरा अलर्क आदि भए ।।६।।
षष्टि वर्षसहस्राणि षष्टि वर्षशतानि च ।
नालर्कादपरो राजन् मेदिनीं बुभुजे युवा ॥ ७ ॥
परीक्षित ! अलर्क बाहेक अरु कुनै पनि पृथ्वीमा राजाले छयसठ्ठी हजार वर्षसम्म जवान भएरे राज्य भोग गर्न सकेनन् ।।७।।
अलर्कात् सन्ततिस्तस्मात् सुनीथोऽथ निकेतनः ।
धर्मकेतुः सुतस्तस्मात् सत्यकेतुरजायत ॥ ८ ॥
अलर्कका छोरा सन्तति, सन्ततिकाका छोरा सुनिथ, सुनिथका छोरा सुकेतन, सुकेतनका छोरा धर्मकेतु र धर्मकेतुका छोरा सत्यकेतु थिए ।।८।।
धृष्टकेतुः सुतस्तस्मात् सुकुमारः क्षितीश्वरः ।
वीतिहोत्रोऽस्य भर्गोऽतो भार्गभूमिरभून्नृप ॥ ९ ॥
सत्यकेतुबाट धृष्टकेतु, धुष्टकेतुबाट सुकुमार, सुकुमारबाट वितिहोत्र, वितिहोत्रबाट भर्ग र भर्गबाट भर्गभूमिको जन्मभयो ।।९।।
इतीमे काशयो भूपाः क्षत्रवृद्धान्वयायिनः ।
रम्भस्य रभसः पुत्रो गम्भीरश्चाक्रियस्ततः ॥ १० ॥
ती सबै क्षत्रवृद्धको वंशमा काशीबाटजन्मेका राजा थिए । रम्भका छोराको नाम रभस थियो, उनीबाट गम्भीर र गम्भीरबाट अक्रियको जन्म भयो ।।१०।।
तस्य क्षेत्रे ब्रह्म जज्ञे श्रृणु वंशमनेनसः ।
शुद्धस्ततः शुचिस्तस्मात् त्रिककुद् धर्मसारथिः ॥ ११ ॥
अक्रियकी पत्नीबाट ब्राह्मण वंश सुरु भएको हो । अब अनेनाको वंश सुन्नुहोस् । अनेनाका छोरा शुध्द, शुध्दका शुचि, शुचिका त्रिककुद र त्रिककुदको धर्मसारथी भए ।।११।।
ततः शान्तरजो जज्ञे कृतकृत्यः स आत्मवान् ।
रजेः पञ्चशतान्यासन् पुत्राणां अमितौजसाम् ॥ १२ ॥
शान्तरय धर्मसारथीका पुत्र थिए । शान्तरय आत्मज्ञानी भएर आनन्दित थिए उनलाई सन्तानको चाहना थिएन । परीक्षित ! आयुका छोरा रजीका पाँच सय तेजस्वी छोरा थिए ।।१२।।
देवैरभ्यर्थितो दैत्यान् हत्वेन्द्रायाददाद् दिवम् ।
इन्द्रस्तस्मै पुनर्दत्त्वा गृहीत्वा चरणौ रजेः ॥ १३ ॥
आत्मानमर्पयामास प्रह्रादाद्यरिशङ्कितः ।
पितर्युपरते पुत्रा याचमानाय नो ददुः ॥ १४ ॥
त्रिविष्टपं महेन्द्राय यज्ञभागान् समाददुः ।
गुरुणा हूयमानेऽग्नौ बलभित् तनयान् रजेः ॥ १५ ॥
अवधीद् भ्रंशितान् मार्गान्न कश्चिदवशेषितः ।
कुशात् प्रतिः क्षात्रवृद्धात् सञ्जयस्तत्सुतो जयः ॥ १६ ॥
देवताहरूको प्रार्थनाले रजीले दानवहरूलाई मारेर इन्द्रलाई स्वर्गको राज्य दिए । तर प्रह्लाद आदि आफ्ना शत्रुहरूदेखि डराए त्यसैले उनले त्यो स्वर्ग फेरी रजीलाई फर्काए र उहाँको खुट्टा समातेर रक्षाको जिम्मेवारी पनि उनैलाई सुम्पि दिए । जब रजीको मृत्यु भयो, इन्द्रले मागे पनि रजीका छोराहरू स्वर्गमा फर्किएनन् । उनी आफै यज्ञको भाग ग्रहण गर्न लागे । त्यसपछि इन्द्रले गुरु बृहस्पतिको प्रर्थना गरे । बृहस्पतिले अभिचारविधिले हवन गरे । जसका कारण उनीहरु धर्ममार्गबाट भ्रष्ट भए । त्यसपछि इन्द्रले अनायासमा ती सबै रजीका छोराहरूलाई मारिदिए । तिनीहरूमध्ये कोही पनि बाँचेनन् । क्षत्रवृद्धका नाति कुशबाट प्रति, प्रतिबाट सञ्जय र सञ्जयबाट जयको जन्म भएको थियो ।।१३–१६।।
ततः कृतः कृतस्यापि जज्ञे हर्यवनो नृपः ।
सहदेवस्ततो हीनो जयसेनस्तु तत्सुतः ॥ १७ ॥
जयबाट कृत, कृतबाट राजा हर्यवन, हर्यवनबाट सहदेव, सहदेवबाट हिन र हिनबाट जयसेन नामको पुत्र भयो ।।१७।।
सङ्कृतिस्तस्य च जयः क्षत्रधर्मा महारथः ।
क्षत्रवृद्धान्वया भूपाः श्रृणु वंशं च नाहुषात् ॥ १८ ॥
जयसेनको संकृति, संकृतीका पुत्र महान् योद्धा वीरशिरोमणि जय भए । क्षत्रवृद्धको वंशमा यति नै नरपति भए ।। अब नहुष वंशको वर्णन सुन ।।१८।।
इति श्रीमद्भाहगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे सप्तदशोऽध्यायः ॥ १७ ॥