श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – चतुर्विंशोऽध्यायः
शुक उवाच –
(अनुष्टुप्)
भगवानपि तत्रैव बलदेवेन संयुतः ।
अपश्यन्निवसन् गोपानिन्द्रयागकृतोद्यमान् ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! भगवान गोकुलमा बसेका श्रीकृष्ण बलरामले एकदिन त्यहाँका सबै गोपहरुले इन्द्रयज्ञ गर्ने तयारी गरिरहेको देख्नुभयो ।।१।।
तदभिज्ञोऽपि भगवान् सर्वात्मा सर्वदर्शनः ।
प्रश्रयावनतोऽपृच्छद् वृद्धान् नन्दपुरोगमान् ॥२॥
सर्वान्तर यामी श्रीकृष्णलाई इन्द्रयज्ञको विषयमा सबै कुरा थाहा थियो, तापनि आफूले नजाने जस्तै गरी विनयपूर्वक नन्दादि गोपलाई सोध्नुभयो।।२।।
कथ्यतां मे पितः कोऽयं सम्भ्रमो व उपागतः ।
किं फलं कस्य चोद्देशः केन वा साध्यते मखः ॥३॥
हे पिता ! हजुरहरू हतार हतारका साथ कुन त्यस्तो यज्ञ गर्न लागिरहनुभएको छ ? र त्यो यज्ञ कुन देवताको लागि गर्न लागिएको हो ? यसको फल के हो ? र यो यज्ञ कसरी सम्पन्न गरिन्छ ? ।।३।।
एतद्ब्रू हि महान् कामो मह्यं शुश्रूषवे पितः ।
न हि गोप्यं हि साधूनां कृत्यं सर्वात्मनामिह ॥४॥
हे पिताजी ! हजुरहरुले जुन ठूलो यज्ञगर्ने चाहना गर्दै हुनुहुन्छ त्यस यज्ञको बारेमा मलाई सुन्ने इच्छा छ । सबै कुरा भन्नुस् । किनभने सबैमा समान आत्मदृष्टि राख्ने सज्जनहरूका लागि लुकाएर राख्नुपर्ने कुरा केही पनि हुँदैन ।।४॥
अस्त्यस्वपरदृष्टीनाममित्रोदास्तविद्विषाम् ।
उदासीनोऽरिवद् वर्ज्य आत्मवत् सुहृदुच्यते ॥५॥
आफू र अर्कोमा कुनै भेदभाव नभएका, मित्र शत्रु आदि कोही नभएका सज्जनका लागि पनि गोप्यकर्ममा त्यागिन्छ भने मित्र चाहिँ आफू समान कै हुन्छ भनेर भनिन्छ त्यसैले उसका लागि लुकाउनुपर्ने कुरा केही पनि हुँदैन ।।५।।
ज्ञात्वाज्ञात्वा च कर्माणि जनोऽयमनुतिष्ठति ।
विदुषः कर्मसिद्धिः स्यात्तथा नाविदुषो भवेत् ॥६॥
संसारका मानिसले कसैले बुझेर कर्म गर्दछन् भने कसैले नबुझिकन कर्म गर्दछन् यसरी बुझेर कर्म गर्नाले उसको कर्म सफल हुन सक्छ भने नबुझिकन गर्नेको कर्म असफल हुन सक्छ ।।६।।
तत्र तावत् क्रियायोगो भवतां किं विचारितः ।
अथ वा लौकिकस्तन्मे पृच्छतः साधु भण्यताम् ॥७॥
यहाँ अहिले हजुरहरुले गर्न लाग्नुभएको कर्म शास्त्रसम्मत हो अथवा लोकमा गरिँदै आएको हो । यो कुरा मलाई जान्ने इच्छा भएको हुनाले बताउनुहोस् ।।७।।
श्रीनन्द उवाच–
पर्जन्यो भगवान् इन्द्रो मेघास्तस्यात्ममूर्तयः ।
तेऽभिवर्षन्ति भूतानां प्रीणनं जीवनं पयः ॥८॥
तं तात वयमन्ये च वार्मुचां पतिमीश्वरम् ।
द्रव्यैस्तद्रेतसा सिद्धैः यजन्ते क्रतुभिर्नराः ॥९॥
नन्दले भन्नुभयो– हे छोरा ! इन्द्र वर्षा दिने बादलका देवता हुन् । यी बादलहरूले प्राणीहरूको हितको लागि वर्षा गराउँदछन् । इन्द्रले वर्षा गराइदिनाले मानिसले पिउनको लागि पानी र जलबाट अन्नादिहरू उत्पादन गर्दछन् । त्यसकारण अहिले त्यही जलबाट फलेको अन्नद्वारा इन्द्रयज्ञको तयारी गर्दैछौ ।।८,९।।
तच्छेषेणोपजीवन्ति त्रिवर्गफलहेतवे ।
पुंसां पुरुषकाराणां पर्जन्यः फलभावनः ॥१०॥
इन्द्र सम्पूर्ण यज्ञका फलदाता हुन् । इन्द्रको यज्ञ बाट बचेको अन्नले नै हामी आफ्नो जीवनका चलाउँछौं र धर्म कर्म आदि कर्म गर्दछौँ । मानिसले जे जति पुरुषार्थ गर्दछ त्यसको फल दिने पनि इन्द्र नै हुन् ।।१०।।
य एनं विसृजेद् धर्मं परम्पर्यागतं नरः ।
कामाल्लोभात् भयाद् द्वेषात् स वै नाप्नोति शोभनम् ॥११॥
यो धर्म हाम्रो पारिवारिक परम्पराबाट चलि आएको हो । काम, लोभ, भय वा द्वेषले यस्तो परम्परागत धर्मको को आचरण गर्दैन भने उसको कल्याण हुँदैन। ।।११।।
शुक उवाच–
वचो निशम्य नन्दस्य तथान्येषां व्रजौकसाम् ।
इन्द्राय मन्युं जनयन् पितरं प्राह केशवः ॥१२॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! नन्दबाबा र अन्य व्रजवासीहरूको कुरा सुनेर भगवान केशवले इन्द्रलाई रिस उठ्ने गरी आफ्ना पिता नन्दलाई भन्नुभयो ।।१२।।
श्रीभगवानुवाच–
कर्मणा जायते जन्तुः कर्मणैव विलीयते ।
सुखं दुःखं भयं क्षेमं कर्मणैवाभिपद्यते ॥ १३ ॥
श्रीभगवानले भन्नुभयो– हे पिताजी ! जीव आफ्नो कर्म अनुसार जन्मन्छ र कर्मले मर्छ । उसले आफ्नो कर्म अनुसार सुख, दुःख, डर आदि पाउँछ ।।१३।।
अस्ति चेदीश्वरः कश्चित् फलरूप्यन्यकर्मणाम् ।
कर्तारं भजते सोऽपि न ह्यकर्तुः प्रभुर्हि सः ॥१४॥
कुनै पनि प्राणीको कर्मको फल दिने अर्को तत्त्व छ भने पनि उसले पनि कर्मफल दिनको लागि कर्ताको अपेक्षा गर्नुपर्दछ किनभने कर्म नगर्ने व्यक्तिलाई कर्मको फल दिन सकिँदैन ॥१४॥
किमिन्द्रेणेह भूतानां स्वस्वकर्मानुवर्तिनाम् ।
अनीशेनान्यथा कर्तुं स्वभावविहितं नृणाम् ॥१५॥
जब सबै प्राणीले आफ्नो कर्मको फल भोगिरहेका छन्, इन्द्रले ती कर्मलाई तलमाथि गर्न त सक्दैनन् भने अब इन्द्रको काम के भयो र ? ।।१५।।
स्वभावतन्त्रो हि जनः स्वभावमनुवर्तते ।
स्वभावस्थमिदं सर्वं सदेवासुरमानुषम् ॥१६॥
मानिस लगायत सारा प्राणीहरू आफ्नो कर्म संस्कारको अधीनमा रहन्छन् मानिस मात्र नभएर देवता असुर सहित यो जगत पनि कर्मैको आधारमा चलेको हुन्छ ।।१६।।
देहानुच्चावचाञ्जन्तुः प्राप्योत्सृजति कर्मणा ।
शत्रुर्मित्रमुदासीनः कर्मैव गुरुरीश्वरः ॥१७॥
जीवले आफ्नो कर्म अनुसार राम्रो र खराब शरीर लिन्छ र छोड्छ । यो सबै कर्मैको आधारमा हुने हुन्। यो शत्रु हो, यो मित्र हो, यो उदासीन हो भन्ने कुरा पनि कर्मैकै आधारबाट भएका हुन्। गुरु र ईश्वर पनि कर्मैका रूप हुन् र आफ्नो कर्मविना गुरु कृपा पनि मिल्दैन ईश्वर कृपा पनि मिल्दैन ॥१७॥
तस्मात् संपूजयेत्कर्म स्वभावस्थः स्वकर्मकृत् ।
अन्जसा येन वर्तेत तदेवास्य हि दैवतम् ॥१८॥
सारा जीवले कर्मको अधीनमा रहेर कार्य गर्नुपर्दछ कर्मलाई नै सर्वोपरि ठान्नुपर्दछ । त्यसो भयो भने सबैको जीविका राम्ररी चल्दछ कर्म नै देवता हुन ।।१८।।
आजीव्यैकतरं भावं यस्त्वन्यमुपजीवति ।
न तस्माद् विन्दते क्षेमं जारं नार्यसती यथा ॥१९॥
जसरी आफ्नो विवाहित पतिलाई छाडेर जारपतिको सेवा गर्दा कल्याण हुँदैन त्यसैगरी नै आफ्नो जीविको पार्जनको लागि एउटै देवतालाई छाडेर अर्काको पूजा गर्ने पुरुषलाई कहिल्यै सुख प्राप्त हुँदैन ।।१९।।
वर्तेत ब्रह्मणा विप्रो राजन्यो रक्षया भुवः ।
वैश्यस्तु वार्तया जीवेच्छूद्रस्तु द्विजसेवया ॥२०॥
ब्राह्मणको धर्म वेद अध्ययन गर्नु र अध्यापन गराउँनु गर्नु हो । क्षत्रियको धर्म पृथ्वीको रक्षा गर्नु, वैश्यको धर्म व्यापार गर्नु हो । शुद्रको धर्म सबैको सेवा गरी जीविका चलाउनु हो ।।२०।।
कृषिवाणिज्यगोरक्षा कुसीदं तूर्यमुच्यते ।
वार्ता चतुर्विधा तत्र वयं गोवृत्तयोऽनिशम् ॥२१॥
वैश्यको वृत्ति कृषि, वाणिज्य, गौ संरक्षण र ब्याज लिने । ती चारमध्ये हामीले सधैं एउटा मात्र गाई पालन गर्दै आएका छौं ।।२१।।
सत्त्वं रजस्तम इति स्थित्युत्पत्त्यन्तहेतवः ।
रजसोत्पद्यते विश्वमन्योन्यं विविधं जगत् ॥२२॥
संसारको उत्पत्ति स्थिति र नाशको कारण सत्व रज र तम हो । स्त्री पुरुषको संसर्गले रजो गुणद्वारा प्राणीहरूको उत्पत्ति हुन्छ ।।२२।।
रजसा चोदिता मेघा वर्षन्त्यम्बूनि सर्वतः ।
प्रजास्तैरेव सिध्यन्ति महेन्द्रः किं करिष्यति ॥२३॥
रजोगुणको प्रेरणाले नै बादलले वर्षा गराउने हो । त्यही पानीद्वारा मानिसहरूलाई उत्पादन र जीविका चलाउने हुन भने इन्द्रले हामीलाई के सहयोग गरेका छन् र ? ।।२३।।
न नः पुरोजनपदा न ग्रामा न गृहा वयम् ।
नित्यं वनौकसस्तात वनशैलनिवासिनः ॥२४॥
हे पिताजी हामीहरूको न त कुनै देशको राज्य छ, न कुनै ठूला सहर हाम्रो नियन्त्रणमा छ । हामीसँग गाउँ र घर पनि छैनन् । हामी सदा वनवासी हौं, जंगल र वन नै हाम्रो घर हो ।।२४।।
तस्माद्गवां ब्राह्मणानामद्रेश्चारभ्यतां मखः ।
य इंद्रयागसंभारास्तैरयं साध्यतां मखः ॥२५॥
त्यसैले अब गाई ब्राह्मण गोवर्धन प्राणीको यज्ञ गर्नुपर्दछ । अहिले हामीले इन्द्रका लागि जे जति सामग्री तयार गरेका छौं त्यही सामग्रीद्वारा नै यो यज्ञगराउनुहोस् ।।२५।।
पच्यन्तां विविधाः पाकाः सूपान्ताः पायसादयः ।
संयावापूपशष्कुल्यः सर्वदोहश्च गृह्यताम् ॥२६॥
ब्रजका सारा दूध, दही आदि एकत्रित गरेर खीर पकवान्न हलुवा पुरी आदि नैवेद्यहरु पकाउँ ।।२६।।
हूयन्तामग्नयः सम्यग् ब्राह्मणैर्ब्रह्मवादिभिः ।
अन्नं बहुगुणं तेभ्यो देयं वो धेनुदक्षिणाः ॥२७॥
वेदवादी ब्राह्मणहरूबाट राम्रोसँग यज्ञ गराउँ, ब्राह्मणहरूलाई पनि अनेक प्रकारको दान दक्षिणा र गाईहरू दिएर सन्तुष्ट पार्नुपर्दछ ।।२७।।
अन्येभ्यश्चाश्वचाण्डाल पतितेभ्यो यथार्हतः ।
यवसं च गवां दत्त्वा गिरये दीयतां बलिः ॥२८॥
यसैगरी अन्य कुकुर चाण्डाल र पतितहरूलाई पनि यथायोग्य अन्न आदि दिएर गाईहरूलाई घाँस दिएर गौरवर्धन पर्वतलाई नैवद्य दिएर यज्ञ गर्नुपर्दछ ।।२८।।
स्वलङ्कृता भुक्तवन्तः स्वनुलिप्ताः सुवाससः ।
प्रदक्षिणां च कुरुत गोविप्रानलपर्वतान् ॥२९॥
हजुरले राम्रा राम्रा वस्त्रहरू आभूषणहरू लगाएर मिठा खाने वस्तुहरु तयार गरेर सबैको पूजा गरेपछि गाई ब्रह्मण अग्नि गोवर्धनको परिक्रमा गर्नुपर्दछ ॥२९॥
एतन्मम मतं तात क्रियतां यदि रोचते ।
अयं गोब्राह्मणाद्रीणां मह्यं च दयितो मखः ॥३०॥
हे पिताजी यो मेरो मत हो। यदि मैले भनेका कुराहरू हजुरलाई चित्त बुझ्छ भने त्यसै गरौं । जुन गर्नाले गाई ब्राह्मण गोवर्धन आदि सबैलाई प्रिय हुन्छ मलाई पनि प्रिय लाग्छ ॥३०॥
शुक उवाच–
कालात्मना भगवता शक्रदर्पं जिघांसता ।
प्रोक्तं निशम्य नन्दाद्याः साध्वगृह्णन्त तद्वचः ॥३१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! भगवान इन्द्रको घमण्डलाई नाश गर्न चाहनुहुन्थ्यो त्यसैले त्यहाँ भएका नन्द आदि गोपहरुले भगवान श्रीकृष्णको कुरा सुनेर उहाँको कुरालाई सबैले राम्रोसँग स्वीकार गरे ।।३१।।
तथा च व्यदधुः सर्वं यथाऽऽह मधुसूदनः ।
वाचयित्वा स्वस्त्ययनं तद् द्रव्येण गिरिद्विजान् ॥३२॥
उपहृत्य बलीन् सम्यग् सर्वानादृता यवसं गवाम् ।
गोधनानि पुरस्कृत्य गिरिं चक्रुः प्रदक्षिणम् ॥३३॥
मधुसुदन भगवानले बताए जसरी नै ती सबै गोपहरु मिलेर पहिला ब्राह्मणद्वारा स्वष्ति वाचन गरे त्यसपछि त्यही सामग्रीद्वारा गोवर्धन पर्वतको पूजा र ब्राह्मणहरूको पूजा गरी त्यहाँ नैवेद्य फलफुलहरु चढाई सबै गाईहरुलाई घाँस काटेर खुवाए र भगवानले बताए अनुसार सबै मिलेर गोवर्धन पर्वतको परिक्रमा गरे ।।३२ ३३।।
अनांस्यनडुद्युक्तानि ते चारुह्य स्वलङ्कृताः ।
गोप्यश्च कृष्णवीर्याणि गायन्त्यः सद्विजाशिषः ॥३४॥
सबै गोपगोपी हरू राम्रा राम्रा बस्त्र र आभूषणले सजिएर यज्ञमा सहभागी भएका थिए । त्यहाँ ब्राह्मणले उनीहरुलाई आशीर्वाद दिए त्यसपछि भगवान श्रीकृष्ण गाडामा चढ्नु भयो गोप गोपिनीहरूले गाढालाई ताने र श्रीकृष्णको कीर्ति गाउँदै गोवर्धनको परिक्रमा गरी ॥३४॥
कृष्णस्त्वन्यतमं रूपं गोपविश्रम्भणं गतः ।
शैलोऽस्मीति ब्रुवन् भूरि बलिमादद् बृहद्वपुः ॥३५॥
गोपहरूलाई विश्वास दिलाउन, भगवान कृष्ण अर्को विशालशरीर धारण गर्नुभयो र म नै गिरिराज हुँ भन्दै त्यहाँ चढाइएका नैवेद्य प्रसादहरू खानुभयो ॥३५॥
तस्मै नमो व्रजजनैः सह चक्रेऽऽत्मनाऽऽत्मने ।
अहो पश्यत शैलोऽसौ रूपी नोऽनुग्रहं व्यधात् ॥३६॥
भगवानले व्रजवासीलाई भन्नुभयो हेर पहाडले विचित्रको रूप धारण गरेर हामी माथि अनुग्रह गरेको छ । भनेर देखाउँदै गोपहरुसँगै आफूले पनि आफ्नो रूपलाई नमस्कार गर्नुभयो ॥३६॥
एषोऽवजानतो मर्त्यान् कामरूपी वनौकसः ।
हन्ति ह्यस्मै नमस्यामः शर्मणे आत्मनो गवाम् ॥३७॥
यस्तो यो इच्छा रूप धारण गर्ने गोवर्धन पहाडले आफ्नो अपमान गर्ने मानिसलाई होस् अथवा बनवासीलाई होस् सबैलाई नष्ट गर्दछ त्यसैले हामीले आफ्नो गाईको कल्याणका लागि यो पर्वतलाई नमस्कार गर्दछौ ॥३७॥
इत्यद्रिगोद्विजमखं वासुदेवप्रचोदिताः ।
यथा विधाय ते गोपा सहकृष्णा व्रजं ययुः ॥३८॥
यस प्रकार भगवान् श्रीकृष्णको प्रेरणाले नन्दाआदि गोपरूले भगवान श्रीकृष्णको बताए अनुसार गोवर्धन पहाड गाई र ब्राह्मणहरूको सबैलाई प्रसन्न पार्ने यज्ञ गरेर कृष्ण सहित सबैजना गोपहरु ब्रजमा फर्के ॥३८॥
इति श्रीमद्भागगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे चतुर्विंशोऽध्यायः ॥२४॥