#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमः स्कंधः - एकोनविंशोऽध्यायः


श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - एकोनविंशोऽध्यायः


सूत उवाच
 (इन्द्रवज्रा)
महीपतिस्त्वथ तत्कर्म गर्ह्यं
        विचिन्तयन् नात्मकृतं सुदुर्मनाः
अहो मया नीचमनार्यवत्कृतं
        निरागसि ब्रह्मणि गूढतेजसि

सुतजी भन्छन्
राजा आफ्नो राजधानी फर्केपछि आफ्नो कामको बारेमा उनलाई पश्चातप भयो उनले सोचे अहो! आफ्नो तेजलाई लुकाई राखेका ती निरापराध ब्राम्हणलाई आज मैले अनार्य ब्यक्तिले झैं अपराधी काम गरें ।।१।।

ध्रुवं ततो मे कृतदेवहेलनाद्
        दुरत्ययं व्यसनं नातिदीर्घात्
तदस्तु कामं ह्यघनिष्कृताय मे
        यथा कुर्यां पुनरेवमद्धा

मलाई कुनै ठुलो विपत्ति आउने मेरो इच्छा पनि यस्तै किनकि त्यसबाट मैले गरेको पापको प्रायश्चित्त हुनेछ फेरी यस्तो निच काम गर्ने शाहस गर्नेछैन ।।२।।

अद्यैव राज्यं बलमृद्धकोशं
        प्रकोपितब्रह्मकुलानलो मे
दहत्वभद्रस्य पुनर्न मेऽभूत्
        पापीयसी धीर्द्विजदेवगोभ्यः

ब्राम्हणको क्रोधको आगोले मेरा राज्य, सेना सम्पत्ति जलेर खरानी होस् जसले गर्दा अवका दिनमा दुष्टको ब्राम्हण, देवता गाई प्रति यस्तो पाप बुध्दि नपलाओस ।।३।।

चिन्तयन्नित्थमथाशृणोद् यथा
        मुनेः सुतोक्तो निर्ऋतिस्तक्षकाख्यः
साधु मेने चिरेण तक्षका
        नलं प्रसक्तस्य विरक्तिकारणम्

यसप्रकार चिन्ता गरीरहेका राजाले ऋषिकुमारको श्रापले तक्षकले डस्नेछ भन्नेकुर थाहापाए उनले मनमनै सोचे धेरै दिन देखि यस संसारमा आशक्त भएको थिएं अव मलाई वैराग्य हुने अवसर प्राप्त भएको ।।४।।

अथो विहायेमममुं लोकं
        विमर्शितौ हेयतया पुरस्तात्
कृष्णाङ्घ्रिसेवामधिमन्यमान
        उपाविशत् प्रायममर्त्यनद्याम्

राजाले पहिले देखि नै यसलोक परलोकको भोगलाई तुच्छ सम्झन्थे अव ती सबैकुरालाई त्यागेर श्रीकृष्णको चरणकमलको सेवालाई सर्वो परि मानि आमरण अनसनको ब्रत लिएर गङ्गाको तीरमा गए ।।५।।

या वै लसच्छ्रीतुलसीविमिश्र
        कृष्णाङ्घ्रिरेण्वभ्यधिकाम्बुनेत्री
पुनाति लोकानुभयत्र सेशान्
        कस्तां सेवेत मरिष्यमाणः

गङ्गाजलमा तुलसीको गन्ध मिसिएको श्रीकृष्ण भगवान्को चरणरजले गर्दा पवित्र यसैकारण लोकपालहरू सहित तल माथिका लोकलाई पवित्र पार्दछ यस्तो कुराको सेवन नगर्ने पुरुष को होला ।।६।।

इति व्यवच्छिद्य पाण्डवेयः
        प्रायोपवेशं प्रति विष्णुपद्याम्
दधौ मुकुन्दाङ्घ्रिमनन्यभावो
        मुनिव्रतो मुक्तसमस्तसङ्गः

यसप्रकारले राजाले सबै आशक्तिहरूलाई त्यागेर गङ्गाको तीरमा गएर अनशन ब्रत गर्ने निश्चय गरी मुनिब्रतलाई स्विकारे अनि अनन्य भावले श्रीकृष्ण्को चरणको ध्यान गर्नलागे ।।७।।

तत्रोपजग्मुर्भुवनं पुनाना
        महानुभावा मुनयः सशिष्याः
प्रायेण तीर्थाभिगमापदेशैः
        स्वयं हि तीर्थानि पुनन्ति सन्तः

त्यससमयमा तीनैलोकमा विचरण गर्ने ठुलाठुला ऋषिमुनिहरू आफ्ना शिष्यहरूलाई साथै लिएर त्यस ठाँउमा आए सन्त पुरुषहरू तीर्थ गर्ने क्रममा तीर्थलाई नै पवित्र गर्दछन् ।।८।।

अत्रिर्वसिष्ठश्च्यवनः शरद्वान्
        अरिष्टनेमिर्भृगुरङ्गिराश्च
पराशरो गाधिसुतोऽथ राम
        उतथ्य इन्द्रप्रमदेध्मवाहौ

त्यहाँ अत्रि, वशिष्ठ, च्यवन, सरद्वान, अरिष्टनेमि, भृगु, अंगिरा, पराशर, विश्वामित्र, प्रशुराम, उतथ्य, इद्रप्रमद, इध्मवाह, ।।९।।

मेधातिथिर्देवल आर्ष्टिषेणो
        भारद्वाजो गौतमः पिप्पलादः
मैत्रेय और्वः कवषः कुम्भयोनिः
        द्वैपायनो भगवान् नारदश्च १०

मेधातिथि, देवल, आष्र्टिषेण, भरद्वाज, गौतम, गौतम, पिप्लाद, मैत्रेय, और्व, कवष, अगस्त्य, भगवान् व्यास, नारद पनि  ।।१०।।

अन्ये देवर्षिब्रह्मर्षिवर्या
        राजर्षिवर्या अरुणादयश्च
नानार्षेयप्रवरान् समेतान्
        अभ्यर्च्य राजा शिरसा ववन्दे ११

अरु श्रेष्ठ देवर्षि, ब्रम्हर्षि तथा   अरुणादि राजर्षि समेत आए यसरी विभिन्न गोत्रका ऋषिहरू एक ठाँउमा जम्मा भएको देखेर राजाले वहांहरूलाई सकेसम्मको स्वागत गरे ।।११।।

सुखोपविष्टेष्वथ तेषु भूयः
        कृतप्रणामः स्वचिकीर्षितं यत्
विज्ञापयामास विविक्तचेता
        उपस्थितोऽग्रेऽभिगृहीतपाणिः १२

सबैजना आनन्दसंग आफ्नो आसनमा बसे अनि फेरी महाराज परीक्षितले सुध्द हृदयले उनीहरूको अगाडि उभिएर प्रणाम गर्दे आफुले गर्न खोजेको कुराको बारेमा बताए ।।१२।।

राजोवाच
अहो वयं धन्यतमा नृपाणां
        महत्तमानुग्रहणीयशीलाः
राज्ञां कुलं ब्राह्मणपादशौचाद्
        दूराद् विसृष्टं बत गर्ह्यकर्म १३

राजाले भने
अहो सबै राजाहरूमा नै भाग्यमानी रहेछु किनभने तपाईहरूले माथि आज ठुलो अनुग्रह गर्नु भयो तपाईहरूको स्वभावका कारणले नै आज माथि  तपाई महापुरुषहरूको कृपा प्राप्त भयो राजाहरू प्राय निन्दित काम गर्ने भएकाले ब्राम्हणको चरणबाट टाढा हुन्छन्, यो चिन्ताको विषय ।।१३।।

तस्यैव मेऽघस्य परावरेशो
        व्यासक्तचित्तस्य गृहेष्वभीक्ष्णम्
निर्वेदमूलो द्विजशापरूपो
        यत्र प्रसक्तो भयमाशु धत्ते १४

पनि राजा हुं, सदासर्वदा देह गेहमा आशक्ति राख्ने हुदा पापी भएको छु त्यसैले स्वयं भगवान् नै ब्राम्हणको रूपमा श्राप दिन पाल्नु भएको हो यो श्राप वैराज्ञ उत्पन्न गराउने हो यस्तो श्रापले संसार प्रति आशक्ति भएका मानिसलाई भयभित वनाई विरक्त वनाउछ ।।१४।।

तं मोपयातं प्रतियन्तु विप्रा
        गङ्गा देवी धृतचित्तमीशे
द्विजोपसृष्टः कुहकस्तक्षको वा
        दशत्वलं गायत विष्णुगाथाः १५

ब्राम्हणहरू! मैले आफ्नो चित्त भगवान्को चरणमा समर्पण गरेको छु तपाईहरूले गङ्गामाताले शरणागत संझेर प्रति अनुग्रह गर्नु होला ब्राम्हणकुमार बाट प्रेरित भएर जो भए पनि तक्षकरूप लिएर अथवा स्वयं तक्षक आएर डसोस् मलाई कुनै परवाह छैन तपाईहरूले माथि कृपा गरेर भगवान्का रसमय लीलाहरूको बारेमा वर्णन गर्नुहोस् ।।।१६।।

पुनश्च भूयाद्भगवत्यनन्ते
        रतिः प्रसङ्गश्च तदाश्रयेषु
महत्सु यां यामुपयामि सृष्टिं
        मैत्र्यस्तु सर्वत्र नमो द्विजेभ्यः १६

तपाईहरूको चरणमा प्रणाम गरेर फेरी यो भन्दछु कि मेरो कर्मका कारण जुनसुकै योनिमा जन्म लिए पनि भगवान् श्रीकृष्ण प्रति अनुराग रहिरहोस्, उनको चरणमा आश्रित भएका महात्माहरू प्रति प्रेम रहोस, संसारका प्राणीहरूमा मैत्री रहोस् मलाई यहि आशिर्वाद दिनुहोस् ।।१६।।

इति स्म राजाध्यवसाययुक्तः
        प्राचीनमूलेषु कुशेषु धीरः
उदङ्मुखो दक्षिणकूल आस्ते
        समुद्रपत्न्याः स्वसुतन्यस्तभारः १७

महाराज परीक्षितले यस्तो दृढ निश्चय गरेर गङ्गाको दक्षिण कीनारमा पूर्व फर्किएको कुशको आसनमा उत्तर तिर फर्केर बसे उनले राजकाज सबै आफ्ना छोरा जन्मेजयलाई सुम्पिसकेका थिए ।।१७।।

एवं तस्मिन् नरदेवदेवे
        प्रायोपविष्टे दिवि देवसङ्घाः
प्रशस्य भूमौ व्यकिरन् प्रसूनैः
        मुदा मुहुर्दुन्दुभयश्च नेदुः १८

पृथ्वीको एकछत्र सम्राट महाराज परीक्षितले यसरी आमरण अनसन ब्रत लिएर बसेका वखत आकाशबाट देवताहरू हर्षित भएर उनको प्रशंसा गर्दै फूलको वर्षा गर्नलागे बाजाहरू बज्न लाग्यो ।।१८।।

महर्षयो वै समुपागता ये
        प्रशस्य साध्वित्यनुमोदमानाः
ऊचुः प्रजानुग्रहशीलसारा
        यदुत्तमश्लोकगुणाभिरूपम् १९

त्यहाँ भएका सबै महर्षिहरूले पनि उनको कार्यको प्रशंसा गर्दे स्यावासी दिएर उनको कार्यको अनुमोदन गरे स्वभावैले सबैका अनुग्रहको वर्षा गर्ने ऋषिजनहरूले भगवान्को गुणबाट प्रभावित परीक्षितराजालाई यस्तो श्यावासिको वचन भने ।।१९।।

वा इदं राजर्षिवर्य चित्रं
        भवत्सु कृष्णं समनुव्रतेषु
येऽध्यासनं राजकिरीटजुष्टं
        सद्यो जहुर्भगवत्पार्श्वकामाः २०

भगवान् श्रीकृष्णका पाण्डव वंशिय! तपाईको लागि यो कुनै आश्चर्यको कुरा होइन किनभने भगवान्को सानिध्य पाउने इच्छाले क्षणभर मै राजसिहासन त्याग गरीदिनु भयो  २० 

सर्वे वयं तावदिहास्महेऽद्य
        कलेवरं यावदसौ विहाय
लोकं परं विरजस्कं विशोकं
        यास्यत्ययं भागवतप्रधानः २१

ऋषिहरू भन्नथाले भगवान्का परमभक्त राजा परीक्षितले जव सम्म आफ्नो नश्वर शरीर त्याग गदैनन् तव सम्म हामी यहि बस्नेछौं ।।२१।।

आश्रुत्य तद् ऋषिगणवचः परीक्षित्
        समं मधुच्युद् गुरु चाव्यलीकम्
आभाषतैनानभिनन्द्य युक्तान्
        शुश्रूषमाणश्चरितानि विष्णोः २२

ऋषिहरूका कुराहरू मधुर, सत्य पक्षपात रहित थियो यस्तो कुरा सुनेर महाराज परीक्षितले भगवान्को मनोहर चरित्रहरू सुन्ने इच्छाले प्रार्थना गरे ।।२२।।

समागताः सर्वत एव सर्वे
        वेदा यथा मूर्तिधरास्त्रिपृष्ठे
नेहाथवामुत्र कश्चनार्थ
        ऋते परानुग्रहमात्मशीलम् २३

महात्माहरू हो! तपाईहरू सबै यहाँ पाल्नुभएको तपाईहरू सत्यलोकमा बस्ने मुर्तिमान वेद सरह हुनुहुन्छ तपाईहरूमा अरुको भलाइ गर्नु भन्दा अरु कुनै स्वार्थ छैन तपाईहरूमा पूर्ण विश्वास गरेर मेरो कतब्यको बारेमा पश्न गर्दछु  २३ 

ततश्च वः पृच्छ्यमिमं विपृच्छे
        विश्रभ्य विप्रा इति कृत्यतायाम्
सर्वात्मना म्रियमाणैश्च कृत्यं
        शुद्धं तत्रामृशताभियुक्ताः २४

तपाई सबै विद्वानहरूले बिचार गरेर बताउनुहोस् कि सबैका निमित्त सबै अवस्थामा विशेष गरेर छोटो समयमै, मर्नेवाला पुरुषका लागि मन शरीरले गर्नुपर्ने पवित्र कर्म के हो ?।।२४।।

तत्राभवद् भगवान् व्यासपुत्रो
        यदृच्छया गामटमानोऽनपेक्षः
अलक्ष्यलिङ्गो निजलाभतुष्टो
        वृतश्च बालैरवधूतवेषः २५

परीक्षितले ऋषिहरूसंग यस्ता कुरा बारे भलाकुसारी गरीरहेको बखतमा कसैको अपेक्षा नराखि पृथ्वीमा स्वेच्छापूर्वक विचरण गर्ने व्यासानन्दन् सुकदेवजी महाराज त्यहाँ आई पुग्नुभयो उनीमा वर्ण तथा आश्रम धर्मको कुनै चिन्ह थिएन आत्मा अनुभुतिले सन्तुष्ट थिए वच्चा स्त्रीहरूले घेरिएका, उनी अवधूत भेषका थिए ।।२५।।

तं द्व्यष्टवर्षं सुकुमारपाद
        करोरुबाह्वंसकपोलगात्रम्
चार्वायताक्षोन्नसतुल्यकर्ण
        सुभ्र्वाननं कम्बुसुजातकण्ठम् २६

उनको अवस्था सोह्र वर्षको थियो उनको चरण, हात, तिघ्रा, गाला, कपाल सहितका शरीरका अंगहरू अत्यन्तै सुकुमार थियो आँखा ठुला ठुला राम्रा थिए नाक अलि उठेको थियो कान एकनासको थियो राम्रो आँखीभुईले गर्दा अनुहार अत्यन्त शोभायमान थियो भने शंखजस्तो घाँटी थियो ।२६।।

निगूढजत्रुं पृथुतुङ्गवक्षसं
        आवर्तनाभिं वलिवल्गूदरं
दिगम्बरं वक्त्रविकीर्णकेशं
        प्रलम्बबाहुं स्वमरोत्तमाभम् २७

चेप्टो छाती, भरिलो काँध, नाईटो भुवरी परेजस्तो गहिरो तीन लुडा परेको, लामालामा हातहरू मुखमा घुम्रिएको कपाल छरिएकोलेगर्दा दिगम्बर देवता जस्तै देखिन्थे ।।२७।।

श्यामं सदापीच्यवयोऽङ्गलक्ष्म्या
        स्त्रीणां मनोज्ञं रुचिरस्मितेन
प्रत्युत्थितास्ते मुनयः स्वासनेभ्यः
        तल्लक्षणज्ञा अपि गूढवर्चसम् २८

श्याम वर्णका मनलाई लठ्ठ पार्ने खालको जवानी थियो शरीरको छटा मन्दमुस्कानले गर्दा स्त्रीहरूको मनलाई आकर्षित गर्दथे तापनि आफ्नो तेजले लुकाएर राखेका थिए उनको बारेमा थाहा पाउने ऋषिहरूले देख्दैमा चिन्हिहाले अनि सबैले उठेर उनको सम्मान गरे ।।२८।।

विष्णुरातोऽतिथय आगताय
        तस्मै सपर्यां शिरसाऽऽजहार
ततो निवृत्ता ह्यबुधाः स्त्रियोऽर्भका
        महासने सोपविवेश पूजितः २९

अतिथिको रूपमा पाल्नुभएका सुकदेवजीलाई देख्नासाथ राजा परीक्षितले टाउको झुकाएर प्रणाम गरे अनि उनको पूजा गरे उनको स्वरूपलाई नचिनेर पछि लागेका बालक स्त्रीहरू उनको महिमाको बारेमा थाहा पाएर फर्के ।।

संवृतस्तत्र महान् महीयसां
        ब्रह्मर्षिराजर्षिदेवर्षि सङ्घैः
व्यरोचतालं भगवान् यथेन्दुः
        ग्रहर्क्षतारानिकरैः परीतः ३०

यसरी सबैबाट सम्मान पाएका सुकदेवजी उच्च आसनमा बिराजमान भए ग्रह नक्षत्र ताराले घेरिएका चन्द्रमा जस्तै ब्रम्हर्षि, देवर्षि राजर्षिले घेरिएका सुकदेवजी अत्यन्त शोभायमान देखिए किनकि उनी महात्माहरूको पनि आदरणीय थिए

प्रशान्तमासीनमकुण्ठमेधसं
        मुनिं नृपो भागवतोऽभ्युपेत्य
प्रणम्य मूर्ध्नावहितः कृताञ्जलिः
        नत्वा गिरा सूनृतयान्वपृच्छत् ३१

प्रखर बुध्दि भएका सुकदेवजी शान्त स्वभाव संग बसेपछि भगवान्का परमभक्त राजा परीक्षितले उनको नजिक आएर उनको चरणमा सिर राखेर प्रणाम गरे अनि उठेर हात जोडेर नमस्कार गरे त्यसपछि परीक्षितले विनम्र भएर उनलार्ई सोध्न लागे ।।३१।।

परीक्षिदुवाच
(अनुष्टुप्)
अहो अद्य वयं ब्रह्मन् सत्सेव्याः क्षत्रबन्धवः
कृपयातिथिरूपेण भवद्भिस्तीर्थकाः कृताः ३२

परीक्षितले भने
ब्रम्हस्वरूप भगवान्! आज धेरै भाग्यमानि भए किनकि एक आपराधि क्षेत्रीय भएर पनि सन्तहरूको समागममा अधिकारी हुन पाएं तपाईले कृपा गरी अतिथिको रूपमा पाल्नुभएर हाम्रो तीर्थलाई पवित्र वनाई दिनु भयो ।।३२।।

येषां संस्मरणात् पुंसां सद्यः शुद्ध्यन्ति वै गृहाः
किं पुनर्दर्शनस्पर्श पादशौचासनादिभिः ३३

तपाई जस्ता महात्माको स्मरण गर्नाले नै गृहस्थहरूको घर पवित्र हुन्छ भने दर्शन, स्पर्श, पाउ धुने आसनको अवसरको मिल्दामा पवित्र हुने कुराको बारेमा के नै भन्नु ।।३३।।

सान्निध्यात्ते महायोगिन् पातकानि महान्त्यपि
सद्यो नश्यन्ति वै पुंसां विष्णोरिव सुरेतराः ३४

हे महायोगिन्! जसरी भगवान् विष्णुको अगाडि दैन्त्य बस्न सक्तैन त्यसैगरी तपाईको अगाडि पापीहरू पनि तुरुन्तै नष्ट हुन्छन् ।।३४।।

अपि मे भगवान् प्रीतः कृष्णः पाण्डुसुतप्रियः
पैतृष्वसेयप्रीत्यर्थं तद्गोत्रस्यात्तबान्धवः ३५

पाण्डवहरूका सुहृद भगवान् श्रीकृष्ण आफ्ना फुपुका छोरा पाण्डवहरूलाई प्रसन्न गराउनको निम्ति नै उनको कूलमा जन्मेको मलाई पनि आत्मिय सम्झेर प्रशन्न हुनुभएको थियो ।।३५।।

अन्यथा तेऽव्यक्तगतेः दर्शनं नः कथं नृणाम्
नितरां म्रियमाणानां संसिद्धस्य वनीयसः ३६

भगवान्को कृपा नभएको भए तपाई जस्ता एकान्तबासी परमसिध्द अब्यक्त पुरुष आफैं आएर यस्तो मृत्युको समयमा दर्शन किन दिनुहुन्थ्यो ।।३६।।

अतः पृच्छामि संसिद्धिं योगिनां परमं गुरुम्
पुरुषस्येह यत्कार्यं म्रियमाणस्य सर्वथा ३७

तपाई योगीहरूका पनि गुरु हुनुहुन्छ त्यसैले तपाई संग परमसिध्द साधनका सम्वन्धमा प्रश्न गर्दछु कि जो पुरुष मरणको अन्तिम अवस्थामा भने उसले के गर्नु पर्दछ ।।३७।।

यच्छ्रोतव्यमथो जप्यं यत्कर्तव्यं नृभिः प्रभो
स्मर्तव्यं भजनीयं वा ब्रूहि यद्वा विपर्ययम् ३८

भगवन्! फेरि यो पनि बताउनुहोस कि मानिसले कस्को श्रवण, जप, स्मरण कस्को कीर्तन गर्नु पर्दछ के कुराको त्याग गर्नु पर्दछ ।।३८।।

नूनं भगवतो ब्रह्मन् गृहेषु गृहमेधिनाम्
लक्ष्यते ह्यवस्थानं अपि गोदोहनं क्वचित् ३९

हे मुनिवर तपाईको दर्शन अत्यन्त मुस्किल किनकि गाई दुहुने जति समय लाग्छ त्यति बेर नै तपाई गृहस्थको घरमा बस्नुहुन्छ ।।३९।।

सूत उवाच
एवमाभाषितः पृष्टः राज्ञा श्लक्ष्णया गिरा
प्रत्यभाषत धर्मज्ञो भगवान् बादरायणिः ४०

सूतजी भन्छन् राजाले अत्यन्त मिठो बोलीले यसरी प्रश्न गरेपछि सम्पुर्ण धर्मका बारेमा जान्ने भएका व्यासजीका छोरा सुकदेवजीले राजाले सोधेको प्रश्नको उत्तर दिन थाले ।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे शुकागमनं नाम एकोनविंशोऽध्यायः १९