श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - त्रयोविंशोऽध्याय:
श्रीशुक उवाच -
इत्युक्तवन्तं पुरुषं पुरातनं
महानुभावोऽखिलसाधुसंमतः ।
बद्धाञ्जलिर्बाष्पकलाकुलेक्षणो
भक्त्युत्कलो गद्गसदया गिराब्रवीत् ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
सनातन पुरुष भगवन्ले यस प्रकार भन्नु भए पछि साधुहरुका सम्मानित महानुभाव दैत्यराजको आँखाबाट आँसूको थोपा खस्यो । प्रेमको कण्ठ अवरुद्ध भयो अनि उनले हात जोडेर गद्गद् वाणीमा भन्न लागे ।।१।।
श्रीबलिरुवाच -
अहो प्रणामाय कृतः समुद्यमः
प्रपन्नभक्तार्थविधौ समाहितः ।
यल्लोकपालैस्त्वदनुग्रहोऽमरैः
अलब्धपूर्वोऽपसदेऽसुरेऽर्पितः ॥ २ ॥
बलिले भने–
मैले त तपाईलाई पुरा संग प्रणाम पनि गरिन, केवल प्रणाम गर्ने चेष्टा मात्र गरें । तैपनि मलाई यस किसिमको फल मिल्यो, जुन तपाईका सरणागत भक्तलाई प्राप्त हुन्छ । जुन फल ठुला ठुला लोकपाल र देवगणले समेत प्राप्त गर्न सकेका हुदैनन, तर म जस्तो असुरलाई आज सजिलै प्राप्त भयो ।।२।।
श्रीशुक उवाच -
(अनुष्टुप्)
इत्युक्त्वा हरिमानत्य ब्रह्माणं सभवं ततः ।
विवेश सुतलं प्रीतो बलिर्मुक्तः सहासुरैः ॥ ३ ॥
शुकदेवजीले भन्नुभयो–
परीक्षित ! यसो भन्दा साथ नै बलि वरुणको पाशबाट मुक्त भए । उनले भगवान् ब्रह्माजी र शंकरजीलाई प्रणाम गरे । यस पछि बडो आनन्द मान्दै असुरहरुलाई संगै लिएर सुतललोकको यात्रा गरे ।।३।।
एवं इन्द्राय भगवान् प्रत्यानीय त्रिविष्टपम् ।
पूरयित्वादितेः कामं अशासत् सकलं जगत् ॥ ४ ॥
यसरी भगवान्ले बलिबाट स्वर्गका राज्य लिएर इन्द्रलाई दिनु भयो । अदितिको कामना पूर्ण गर्नु भयो र स्वयं उपेन्द्र बनेर सारा जगतको शासन गर्न लाग्नुभयो ।।४।।
लब्धप्रसादं निर्मुक्तं पौत्रं वंशधरं बलिम् ।
निशाम्य भक्तिप्रवणः प्रह्राद इदमब्रवीत् ॥ ५ ॥
प्रल्हादले आफ्ना वंश पौत्र राजा बलि बन्धनबाट छुटेर यसरी भगवान्को कृपा प्राप्त गरेको देखेर उनी भक्ति भावले नम्र भरिए । त्यस बेला उनले यस प्रकार भगवान्को स्त्ुति गरे ।।५।।
श्रीप्रह्राद उवाच -
नेमं विरिञ्चो लभते प्रसादं
न श्रीर्न शर्वः किमुतापरेऽन्ये ।
यन्नोऽसुराणामसि दुर्गपालो
विश्वाभिवन्द्यैरभिवन्दिताङ्घ्रिः ॥ ६ ॥
प्रल्हादजीले भने–
प्रभो ! ब्रह्माजी, लक्ष्मीजी र शंकरजीलाई यस किसिमको कृपा प्राप्त पनि प्राप्त भएको थिएन भने अरुको ता के नै कुरा भयो । अहो ! ब्रह्मा आदि लोकपालहरु पनि जसको चरणको वन्दना गरि रहन्छन, उनै भगवान आज हामी असुरका पहरेदार किल्लाका रक्षक हुनुभयो ।।६।।
यत्पादपद्ममकरन्दनिषेवणेन
ब्रह्मादयः शरणदाश्नुवते विभूतीः ।
कस्माद्वयं कुसृतयः खलयोनयस्ते
दाक्षिण्यदृष्टिपदवीं भवतः प्रणीताः ॥ ७ ॥
शरणागत प्रभो ! ब्रह्माआदि लोकपाल तपाईको चरणकमलको मकरन्द रस सेवन गर्नाले सृष्टि रचनाको शक्ति आदि अनेक विभूतिहरु प्राप्त गर्दछन । हामी ता जन्मले नै मुर्ख र कुमार्ग गामी हौं । हामी माथि तपाईको यस्तो दृष्टि कसरी भयो । जसले गर्दा आज द्वारपाल पनि बन्नुभयो ।।७।।
चित्रं तवेहितमहोऽमितयोगमाया
लीलाविसृष्टभुवनस्य विशारदस्य ।
सर्वात्मनः समदृशोऽविषमः स्वभावो
भक्तप्रियो यदसि कल्पतरुस्वभावः ॥ ८ ॥
तपाईले आफ्नो योगमायाले खेलखेल मै सम्पूर्ण लोकको रचना गर्नु हुन्छ । तपाई सर्वज्ञ, सर्वात्मा र समदर्शी हुनुहुन्छ । तपाईको लीलाहरु बडोको छ । कल्पवृक्षको जस्तो स्वभाव हुनुभएका तपाई आफ्ना भक्तलाई अत्यन्त प्रेम गर्नु हुन्छ । त्यसैले आफ्ना उपासकहरुमा कुनै पक्षपान नगरीकन भक्तहरुमा विशेष कृपा गर्नु हुन्छ ।।८।।
श्रीभगवानुवाच -
(अनुष्टुप्)
वत्स प्रह्राद भद्रं ते प्रयाहि सुतलालयम् ।
मोदमानः स्वपौत्रेण ज्ञातीनां सुखमावह ॥ ९ ॥
भगवान्ले भन्नुभयो–
बाबु प्रल्हाद ! तिम्रो कल्याण होस अब तिमी पनि सुतललोकमा जाउ । त्यहाँ आफ्ना नाती बलिका साथ आनन्द प्रर्वक बसेर जाति बन्धुहरुलाई सुखी गराउ ।।९।।
नित्यं द्रष्टासि मां तत्र गदापाणिमवस्थितम् ।
मद्दर्शनमहाह्लाद ध्वस्तकर्मनिबन्धनः ॥ १० ॥
त्यहाँ तिमीले सदा नै मलाई गदा हातमा लिएको रुपमा देख्ने छौ । मेरो दर्शनको परमानन्दमा मग्न भएका कारण तिम्रो सबै कर्मवन्धन नष्ट हुनेछ ।।१०।।
श्रीशुक उवाच -
आज्ञां भगवतो राजन् प्रह्रादो बलिना सह ।
बाढमित्यमलप्रज्ञो मूर्ध्न्याधाय कृताञ्जलिः ॥ ११ ॥
परिक्रम्यादिपुरुषं सर्वासुरचमूपतिः ।
प्रणतः तदनुज्ञातः प्रविवेश महाबिलम् ॥ १२ ॥
शुकदेवजी भन्नुहुन्छ–
हे परीक्षित ! समस्त दैत्यसेनाका स्वामी निर्मल बुद्धि भएका प्रल्हादले जो आज्ञा भनेर हात जोडेर भगवान्को आदेशलाई आफ्नो मस्तकमा राखेर बलि सहित भएर आदिपुरुष भगवान्को परिक्रमा गरे, प्रणाम गरे अनि वहाँको अनुमति लिएर सुतललोकको तिर लागे ।।११।१२।।
अथाहोशनसं राजन् हरिर्नारायणोऽन्तिके ।
आसीनं ऋत्विजां मध्ये सदसि ब्रह्मवादिनाम् ॥ १३ ॥
परीक्षित ! त्यस समय भगवान् श्रीहरिले ऋत्विजको सभामा आफु नजिकै बसेका शुक्राचार्यलाई भन्नुभयो ।।१३।।
ब्रह्मन् सन्तनु शिष्यस्य कर्मच्छिद्रं वितन्वतः ।
यत् तत् कर्मसु वैषम्यं ब्रह्मदृष्टं समं भवेत् ॥ १४ ॥
ब्रह्मन ! तपाईको शिष्यले जुन यज्ञ गरेका छन त्यसमा भएका सबै कमि कमजोरीलाई तपाईले पूर्ण गरिदिनुहोस । किनकि कर्म गर्दा जुन त्रुटि हुन्छ त्यो ब्राह्णको कृपादृष्टिले पुरा हुन्छ ।।१४।।
श्रीशुक्र उवाच -
कुतस्तत्कर्मवैषम्यं यस्य कर्मेश्वरो भवान् ।
यज्ञेशो यज्ञपुरुषः सर्वभावेन पूजितः ॥ १५ ॥
शुक्राचार्यले भने–
भगवान् ! जसले आफ्नो समस्त कर्म समर्पण गरेर सब प्रकारले यज्ञेश्वर यज्ञपुरुष तपाईको पुजा गरे, उसको कर्ममा कुनै त्रुटि, कुनै विषमता कसरी हुन सक्छ ? ।।१५।।
मंत्रतः तंत्रतः छिद्रं देशकालार्हवस्तुतः ।
सर्वं करोति निश्छिद्रं अनुसंकीर्तनं तव ॥ १६ ॥
किनकि मन्त्रको, अनुष्टान पद्धतिको, देश, काल, पात्र र वस्तुको सबै त्रुटिलाई तपाईको नामसंकीर्तन गर्नाले नै पुरा हुन्छ ।।१६।।
तथापि वदतो भूमन् करिष्याम्यनुशासनम् ।
एतच्छ्रेयः परं पुंसां यत् तवाज्ञा अनुपालनम् ॥ १७ ॥
तथापि अनन्त ! जब तपाईले स्वयं भन्नु भएपछि म अवस्य तपाईको आज्ञा पालन गर्दछु । किनकि तपाईको आज्ञाको पालन गर्नु नै मानिसका लागि सबैभन्दा ठुलो कल्याणको साधन हो ।।१७।।
श्रीशुक उवाच -
अभिनन्द्य हरेराज्ञां उशना भगवानिति ।
यज्ञच्छिद्रं समाधत्त बलेर्विप्रर्षिभिः सह ॥ १८ ॥
शुकदेवजी भन्नुहुन्छ–
भगवन् शुक्राचार्यले भगवान्को यो आज्ञालाई स्वीकार गरेर अरु ब्रह्मर्षिका साथ बलिको यज्ञमा जुन कमि भएको थियो त्यसलाई पूण गरे ।।१८।।
एवं बलेर्महीं राजम् भिक्षित्वा वामनो हरिः ।
ददौ भ्रात्रे महेन्द्राय त्रिदिवं यत्परैर्हृतम् ॥ १९ ॥
परीक्षित ! यस प्रकार वामन भगवान्ले बलिसंग पृथ्वी भिक्षा मागेर आफ्ना दाजु इन्द्रलाई स्वर्गको राज्य दिनु भयो । जसलाई उनका सत्रुले खोसेका थिए ।।१९।।
प्रजापतिपतिर्ब्रह्मा देवर्षिपितृभूमिपैः ।
दक्षभृग्वङ्गिरोमुख्यैः कुमारेण भवेन च ॥ २० ॥
कश्यपस्यादितेः प्रीत्यै सर्वभूतभवाय च ।
लोकानां लोकपालानां अकरोद् वामनं पतिम् ॥ २१ ॥
त्यसपछि प्रजापतिका स्वामी ब्रह्मा देवर्षि, पितृ, मनु, दक्ष, भृगु, अङ्गिरा, सनतकुमार र शंकर सबै भएर कश्यप अदितिको प्रशन्नताका लागि सम्पूर्ण प्राणीहरुको अभ्युदयका लागि वामनभगवान्लाइ समस्त लोक र लोकपालको स्वामीको पदमा अभिषेक गरे ।।२०।२१।।
वेदानां सर्वदेवानां धर्मस्य यशसः श्रियः ।
मंगलानां व्रतानां च कल्पं स्वर्गापवर्गयोः ॥ २२ ॥
उपेन्द्रं कल्पयां चक्रे पतिं सर्वविभूतये ।
तदा सर्वाणि भूतानि भृशं मुमुदिरे नृप ॥ २३ ॥
परीक्षित ! वेद, समस्त देवता, धर्म, यश, लक्ष्मी, मंगल, ब्रत, स्वर्ग र मोक्ष आदि सबैका रक्षकका रुपमा सबैको परमकल्याणका लागि सर्वशक्तिमान वामन भगवान्लाई उनले उपेन्द्रको पद दिए । त्यस समय सबै प्राणीहरुलाई अत्यन्त आनन्द भयो ।।२२।२३।।
ततस्त्विन्द्रः पुरस्कृत्य देवयानेन वामनम् ।
लोकपालैर्दिवं निन्ये ब्रह्मणा चानुमोदितः ॥ २४ ॥
त्यसपछि ब्रम्हाजीको अनुमतिले लोकपालका साथ इन्द्रले भगवान् वामनलाई सबैका अगाडि विमानमा बसालेर स्वर्गमा लिएर गए ।।२४।।
प्राप्य त्रिभुवनं चेन्द्र उपेन्द्रभुजपालितः ।
श्रिया परमया जुष्टो मुमुदे गतसाध्वसः ॥ २५ ॥
इन्द्रलाई एक त तीनैलोकको ऐश्वर्य सम्पन्न राज्य र अर्को वामन भगवान्को करकमलको साथ दुवै पाए ।।२५।।
ब्रह्मा शर्वः कुमारश्च भृग्वाद्या मुनयो नृप ।
पितरः सर्वभूतानि सिद्धा वैमानिकाश्च ये ॥ २६ ॥
सुमहत्कर्म तद्विष्णोः गायन्तः परमाद्भु तम् ।
धिष्ण्यानि स्वानि ते जग्मुः अदितिं च शशंसिरे ॥ २७ ॥
ब्रह्मा, शंकर, सनतकुमार, भृगु आदि मुनि, पितृ, भूत, सिद्ध र देवगणले भगवान्को यस्तो परम अद्भुत एवं अत्यन्त महान् कर्मको गान गर्दै आफ्नो आफ्नो लोकतिर लागे र सबैले अदितिको पनि धेरै प्रशंसा गरे ।।२६।२७।।
सर्वं एतन्मयाख्यातं भवतः कुलनन्दन ।
उरुक्रमस्य चरितं श्रोतॄणां अघमोचनम् ॥ २८ ॥
परीक्षित ! तिमीलाई मैले भगवान्को यो सबै लीला सुनाएं । यसलाई सुन्नाले सबै पाप नाश हुन्छ ।।२८।।
पारं महिम्न उरुविक्रमतो गृणानो
यः पार्थिवानि विममे स रजांसि मर्त्यः ।
किं जायमान उत जात उपैति मर्त्य
इत्याह मन्त्रदृगृषिः पुरुषस्य यस्य ॥ २९ ॥
भगवान्को लीला अनन्त छ । वहाँको महिमा अपार छ । पृथ्वीको परमाणु गन्न सकिएला तर वहाँको महिमाबाट पाउ पाउन सकिदैन । मन्त्रद्रष्टा ऋषि वसिष्ठले भगवान्को सम्बन्धमा वेदमा भनेका छन् कि भगवान्को महिमाबाट पार पाउन सक्ने व्यक्ति न कहिल्यै भयो न पछि हुनेछ ।।२९।।
(अनुष्टुप्)
य इदं देवदेवस्य हरेरद्भु तकर्मणः ।
अवतारानुचरितं श्रृण्वन्याति परां गतिम् ॥ ३० ॥
देवताहरुका आराध्यदेव अनेक लीलाहरु गर्ने वामनभगवान्को अवतार चरित्रका बारेमा जसले श्रवण गर्दछ, उसलाई परम गति मिल्दछ ।।३०।।
क्रियमाणे कर्मणीदं दैवे पित्र्येऽथ मानुषे ।
यत्र यत्रानुकीर्त्येत तत्तेषां सुकृतं विदुः ॥ ३१ ॥
देवता, पितृ र मनुष्य सम्बन्धि जुन सुकै यज्ञ गर्दा पनि जहाँ जहाँ भगवान्को यस लीलाको कीर्तन हुन्छ भने त्यो कर्म सफलता पूर्वक सम्पन्न हुन्छ । यो ठुला ठुला महात्माहरुको अनुभव हो ।।३१।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे वामनावतारचरिते त्रयोविंशोऽध्यायः ॥ २३ ॥