/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

तृतीय स्कंधः - चतुर्विंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः– चतुर्विंशोऽध्यायः



मैत्रेय उवाच निर्वेदवादिनीमेवं मनोर्दुहितरं मुनिः ।
दयालुः शालिनीमाह शुक्लाभिव्याहृतं स्मरन् ॥ १ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोउत्तम गुणले सम्पन्न मुनिकुमारी देवहूतिले जब यसप्रकार वैराग्ययुक्त कुरा भन्नुभयो, तब कृपालु कर्दम मुनिलाई भगवान् विष्णुले पूर्वकालमा भन्नुभएको कुराको सम्झना भयो ।।१।।
 
ऋषिरुवाच
मा खिदो राजपुत्रीत्थं आत्मानं प्रत्यनिन्दिते ।
भगवान् तेऽक्षरो गर्भं अदूरात्सम्प्रपत्स्यते ॥ २ ॥
नेपाली भावानुवादः कर्दम मुनिले भन्नुभयोहे दोषरहित राजकुमारी! तिमी आफ्नो विषयमा यसरी खेद नमान। अविनाशी भगवान् विष्णु शीघ्र नै तिम्रो गर्भमा अवतार लिनुहुनेछ ।।२।।
 
धृतव्रतासि भद्रं ते दमेन नियमेन च ।
तपोद्रविणदानैश्च श्रद्धया चेश्वरं भज ॥ ३ ॥
नेपाली भावानुवादः हे प्रिये! तिम्रो कल्याण होस्, तिमीले दृढतापूर्वक व्रतको पालना गरेकी छौ। अब तिमी संयम, नियम, तप र दानका साथ श्रद्धापूर्वक भगवान्‌को भजन गर ।।३।।
 
स त्वयाऽऽराधितः शुक्लो वितन्वन् मामकं यशः ।
छेत्ता ते हृदयग्रन्थिं औदर्यो ब्रह्मभावनः ॥ ४ ॥
नेपाली भावानुवादः तिम्रो आराधनाले प्रसन्न भई श्रीहरि तिम्रो गर्भबाट अवतरित भएर मेरो यश बढाउनुहुनेछ र ब्रह्मज्ञानको उपदेश दिएर तिम्रो हृदयको अहङ्कारमय गाँठो काटिदिनुहुनेछ ।।४।।
 
मैत्रेय उवाच
देवहूत्यपि सन्देशं गौरवेण प्रजापतेः । सम्यक् श्रद्धाय पुरुषं कूटस्थं अभजद्गुरुम् ॥ ५ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे विदुरजी! पति कर्दमको आदेशलाई गौरवमय मानी देवहूतिले त्यसलाई पूर्ण विश्वास गरिन् र निर्विकार जगद्गुरु भगवान् पुरुषोत्तमको आराधना गर्न थालिन् ।।५।।
 
तस्यां बहुतिथे काले भगवान् मधुसूदनः ।
कार्दमं वीर्यमापन्नो जज्ञेऽग्निरिव दारुणि ॥ ६ ॥
नेपाली भावानुवादः केही समयपछि भगवान् मधुसूदन, कर्दमजीको वीर्यको आश्रय लिई देवहूतिको गर्भमा त्यसरी नै प्रकट हुनुभयो, जसरी काठभित्र अग्नि लुकेर रहेको हुन्छ ।।६।।
 
अवादयन् तदा व्योम्नि वादित्राणि घनाघनाः ।
गायन्ति तं स्म गन्धर्वा नृत्यन्ति अप्सरसो मुदा ॥ ७ ॥
नेपाली भावानुवादः त्यस समयमा आकाशमा मेघहरूले बाजा बजाएझैँ गर्जन गरे, गन्धर्वहरूले गायन गरे र अप्सराहरू हर्षित हुँदै नाच्न थाले ।।७।।
 
पेतुः सुमनसो दिव्याः खेचरैः अपवर्जिताः ।
प्रसेदुश्च दिशः सर्वा अम्भांसि च मनांसि च ॥ ८ ॥
नेपाली भावानुवादः देवताहरूले आकाशबाट दिव्य पुष्पवृष्टि गरे। सबै दिशाहरू प्रसन्न देखिए, जलाशयको जल निर्मल भयो र सबै प्राणीहरूको मनमा शान्ति छायो ।।८।।
 
तत्कर्दमाश्रमपदं सरस्वत्या परिश्रितम् ।
स्वयम्भूः साकं ऋषिभिः मरीच्यादिभिरभ्ययात् ॥ ९ ॥
नेपाली भावानुवादः त्यसै अवसरमा सरस्वती नदीको किनारमा रहेको कर्दमजीको आश्रममा मरीचि आदि ऋषिहरूसहित ब्रह्माजी पाल्नुभयो ।।९।।
 
भगवन्तं परं ब्रह्म सत्त्वेनांशेन शत्रुहन् ।
तत्त्वसङ्ख्यानविज्ञप्त्यै जातं विद्वानजः स्वराट् ॥ १० ॥
नेपाली भावानुवादः हे शत्रुविजयी विदुर! आजन्मा ब्रह्माजीलाई यो थाहा थियो कि साक्षात् परब्रह्म भगवान् विष्णु नै साङ्ख्यशास्त्रको उपदेश दिनका लागि विशुद्ध सत्त्वमय अंशले अवतरित हुनुभएको हो ।।१०।।
 
सभाजयन् विशुद्धेन चेतसा तच्चिकीर्षितम् ।
प्रहृष्यमाणैरसुभिः कर्दमं चेदमभ्यधात् ॥ ११ ॥
नेपाली भावानुवादः अतः ब्रह्माजीले भगवान्‌को त्यस उद्देश्यलाई विशुद्ध चित्तले अभिनन्दन गर्नुभयो र प्रसन्न हुँदै कर्दमजीसँग यसप्रकार भन्नुभयो ।।११।।
 
ब्रह्मोवाच
त्वया मेऽपचितिस्तात कल्पिता निर्व्यलीकतः ।
यन्मे सञ्जगृहे वाक्यं भवान्मानद मानयन् ॥ १२ ॥
नेपाली भावानुवादः ब्रह्माजीले भन्नुभयोहे प्रिय कर्दम! तिमीले मेरो सम्मान राखी मेरो आज्ञा पालन गर्यौ, त्यसैले तिमीबाट निष्कपट भावले मेरो पूजा सम्पन्न भयो ।।१२।।
 
एतावत्येव शुश्रूषा कार्या पितरि पुत्रकैः ।
बाढं इति अनुमन्येत गौरवेण गुरोर्वचः ॥ १३ ॥
नेपाली भावानुवादः पुत्रले आफ्ना पिताको सबैभन्दा ठुलो सेवा यही हो कि उहाँको आज्ञालाई आदरपूर्वक "हुन्छ" भनी स्वीकार गरोस् ।।१३।।
 
इमा दुहितरः सभ्य तव वत्स सुमध्यमाः ।
सर्गमेतं प्रभावैः स्वैः बृंहयिष्यन्ति अनेकधा ॥ १४ ॥
नेपाली भावानुवादः हे वत्स! तिम्रा यी सुन्दरी छोरीहरूले आफ्ना सन्तानद्वारा यस सृष्टिलाई अनेक प्रकारले विस्तार गर्नेछन् ।।१४।।
 
अतस्त्वं ऋषिमुख्येभ्यो यथाशीलं यथारुचि ।
आत्मजाः परिदेह्यद्य विस्तृणीहि यशो भुवि ॥ १५ ॥
नेपाली भावानुवादः अब तिमीले मरीचि आदि श्रेष्ठ ऋषिहरूलाई उनीहरूको स्वभाव र रुचि अनुसार आफ्नी छोरीहरू सुम्पिदेऊ र संसारमा आफ्नो सुयश फैलाऊ ।।१५।।
 
वेदाहमाद्यं पुरुषं अवतीर्णं स्वमायया ।
भूतानां शेवधिं देहं बिभ्राणं कपिलं मुने ॥ १६ ॥
नेपाली भावानुवादः हे मुने! मलाई थाहा छ कि सम्पूर्ण प्राणीका निधि आदिपुरुष श्रीनारायण नै आफ्नो योगमायाले कपिलका रूपमा अवतरित हुनुभएको छ ।।१६।।
 
ज्ञानविज्ञानयोगेन कर्मणां उद्धरन्जटाः ।
हिरण्यकेशः पद्माक्षः पद्ममुद्रापदाम्बुजः ॥ १७ ॥
एष मानवि ते गर्भं प्रविष्टः कैटभार्दनः ।
अविद्यासंशयग्रन्थिं छित्त्वा गां विचरिष्यति ॥ १८ ॥
नेपाली भावानुवादः हे देवहूति! कैटभ असुरलाई मार्नुहुने साक्षात् श्रीहरि नै ज्ञान र विज्ञानद्वारा कर्मको वासनालाई जडैदेखि उखेल्न तिम्रो गर्भमा प्रवेश गर्नुभएको हो। सुनौलो केश र कमल झैँ आँखा भएका उहाँले अविद्याको गाँठो काटेर पृथ्वीमा विचरण गर्नुहुनेछ ।।१७-१८।।
 
अयं सिद्धगणाधीशः साङ्ख्याचार्यैः सुसम्मतः ।
लोके कपिल इत्याख्यां गन्ता ते कीर्तिवर्धनः ॥ १९ ॥
नेपाली भावानुवादः उहाँ सिद्धगणका स्वामी र साङ्ख्यशास्त्रका आचार्यका रूपमा मानिनुहुनेछ। उहाँ कपिलका नामले विख्यात हुनुहुनेछ र तिम्रो कीर्ति फैलाउनुहुनेछ ।।१९।।
 
मैत्रेय उवाच
तौ आवाश्वास्य जगत्स्रष्टा कुमारैः सहनारदः ।
हंसो हंसेन यानेन त्रिधामपरमं ययौ ॥ २० ॥
नेपाली भावानुवादः हे विदुर! जगत्‌का सृष्टिकर्ता ब्रह्माजी उनीहरूलाई यसरी आश्वासन दिएर नारद र सनकादि कुमारका साथ हाँसमा सवार भई ब्रह्मलोक जानुभयो ।।२०।।
 
गते शतधृतौ क्षत्तः कर्दमस्तेन चोदितः ।
यथोदितं स्वदुहितॄः प्रादाद्विश्वसृजां ततः ॥ २१ ॥
नेपाली भावानुवादः ब्रह्माजी प्रस्थान गरेपछि कर्दमजीले उहाँको आज्ञा अनुसार मरीचि आदि प्रजापतिहरूसँग आफ्ना छोरीहरूको विवाह गरिदिनुभयो ।।२१।।
 
मरीचये कलां प्रादाद् अनसूयां अथात्रये ।
श्रद्धां अङ्गिरसेऽयच्छत् पुलस्त्याय हविर्भुवम् ॥ २२ ॥
नेपाली भावानुवादः उहाँले कलालाई मरीचिसँग, अनसूयालाई अत्रिसँग, श्रद्धालाई अङ्गिरासँग र हविर्भूलाई पुलस्त्यसँग विवाह गराई सुम्पिनुभयो ।।२२।।
 
पुलहाय गतिं युक्तां क्रतवे च क्रियां सतीम् ।
ख्यातिं च भृगवेऽयच्छद् वसिष्ठायाप्यरुन्धतीम् ॥ २३ ॥
नेपाली भावानुवादः पुलहलाई गति, क्रतुलाई क्रिया, भृगुजीलाई ख्याति र वशिष्ठजीलाई अरुन्धती सुम्पिनुभयो ।।२३।।
 
अथर्वणेऽददाच्छान्तिं यया यज्ञो वितन्यते ।
विप्रर्षभान् कृतोद्वाहान् सदारान् समलालयत् ॥ २४ ॥
नेपाली भावानुवादः अथर्वा ऋषिलाई शान्ति नामकी कन्या दिनुभयो, जसबाट यज्ञकर्मको विस्तार हुन्छ। कर्दम ऋषिले ती विवाहित ऋषिहरू र उनीहरूका पत्नीहरूको उचित सत्कार गर्नुभयो ।।२४।।
 
ततस्त ऋषयः क्षत्तः कृतदारा निमन्त्र्य तम् ।
प्रातिष्ठन् नन्दिमापन्नाः स्वं स्वमाश्रम मण्डलम् ॥ २५ ॥
नेपाली भावानुवादः हे विदुर! यसरी विवाह सम्पन्न भएपछि ती सबै ऋषिहरू कर्दमजीसँग आज्ञा लिएर हर्षित हुँदै आ-आफ्ना आश्रमतिर लागे ।।२५।।
 
स चावतीर्णं त्रियुगं आज्ञाय विबुधर्षभम् ।
विविक्त उपसङ्गम्य प्रणम्य समभाषत ॥ २६ ॥
नेपाली भावानुवादः कर्दमजीले साक्षात् भगवान् श्रीहरिले नै अवतार लिनुभएको कुरा थाहा पाउनुभयो। त्यसपछि उहाँ एकान्तमा भगवान्‌का नजिक गई प्रणाम गरेर यसप्रकार भन्न थाल्नुभयो ।।२६।।
 
अहो पापच्यमानानां निरये स्वैरमङ्गलैः ।
कालेन भूयसा नूनं प्रसीदन्तीह देवताः ॥ २७ ॥
नेपाली भावानुवादः अहो! आफ्नै पापकर्मका कारण यस दुःखमय संसारमा पीडित भएका मानिसहरूप्रति देवताहरू धेरै समयपछि मात्र प्रसन्न हुँदा रहेछन् ।।२७।।
 
बहुजन्मविपक्वेन सम्यग् योगसमाधिना ।
द्रष्टुं यतन्ते यतयः शून्यागारेषु यत्पदम् ॥ २८ ॥
स एव भगवानद्य हेलनं न गणय्य नः ।
गृहेषु जातो ग्राम्याणां यः स्वानां पक्षपोषणः ॥ २९ ॥
नेपाली भावानुवादः अनेक जन्मको साधना र समाधिद्वारा योगीहरू जसको स्वरूपलाई एकान्तमा देख्ने प्रयत्न गर्छन्, ती भक्तवत्सल श्रीहरि आज हामी जस्ता विषय-आसक्तको घरमा अवतरित हुनुभएको छ ।।२८-२९।।
 
स्वीयं वाक्यमृतं कर्तुमं अतीर्णोऽसि मे गृहे ।
 चिकीर्षुर्भगवान् ज्ञानं भक्तानां मानवर्धनः ॥ ३० ॥
नेपाली भावानुवादः हजुर वास्तवमा भक्तको मान बढाउने हुनुहुन्छ। हजुरले आफ्नो वचन सत्य गर्न र साङ्ख्ययोगको उपदेश दिनका लागि नै मेरो घरमा अवतार लिनुभएको हो ।।३०।।
 
तान्येव तेऽभिरूपाणि रूपाणि भगवंस्तव ।
यानि यानि च रोचन्ते स्वजनानां अरूपिणः ॥ ३१ ॥
नेपाली भावानुवादः हे भगवन्! हजुर प्राकृत रूपरहित भए तापनि आफ्ना भक्तहरूलाई जे मन पर्छ, त्यही अलौकिक रूप धारण गर्नुहुन्छ ।।३१।।
 
त्वां सूरिभिस्तत्त्वबुभुत्सयाद्धा
    सदाभिवादार्हणपादपीठम् ।
ऐश्वर्यवैराग्ययशोऽवबोध
    वीर्यश्रिया पूर्तमहं प्रपद्ये ॥ ३२ ॥
नेपाली भावानुवादः हजुरको पाउको पिठ तत्वज्ञानको इच्छा राख्ने विद्वान्‌हरूका लागि सदैव वन्दनीय छ। ऐश्वर्य, यश, ज्ञान, वैराग्य, वीर्य र श्रीले पूर्ण हजुरको म शरण पर्दछु ।।३२।।
 
परं प्रधानं पुरुषं महान्तं कालं
    कविं त्रिवृतं लोकपालम् ।
आत्मानुभूत्यानुगतप्रपञ्चं
    स्वच्छन्दशक्तिं कपिलं प्रपद्ये ॥ ३३ ॥
नेपाली भावानुवादः हे भगवान्! हजुर परब्रह्म हुनुहुन्छ। प्रकृति, पुरुष, महत्तत्व, काल र लोकपालका रूपमा हजुर नै प्रकट हुनुहुन्छ। म हजुर कपिल भगवान्‌को शरणमा छु ।।३३।।
 
आस्माभिपृच्छेऽद्य पतिं प्रजानां
    त्वयावतीर्णार्ण उताप्तकामः ।
परिव्रजत्पदवीमास्थितोऽहं
    चरिष्ये त्वां हृदि युञ्जन् विशोकः ॥ ३४ ॥
नेपाली भावानुवादः हे प्रभो! हजुरको कृपाले म तीनै ऋणबाट मुक्त भएको छु र मेरा मनोरथ पूर्ण भएका छन्। अब म सन्न्यास ग्रहण गरी हजुरको चिन्तन गर्दै शोकबिना विचरण गर्नेछु, यसका लागि मलाई आज्ञा दिनुहोस् ।।३४।।
 
श्रीभगवानुवाच
मया प्रोक्तं हि लोकस्य प्रमाणं सत्यलौकिके ।
अथाजनि मया तुभ्यं यदवोचमृतं मुने ॥ ३५ ॥
नेपाली भावानुवादः भगवान्‌ले भन्नुभयोहे मुने! वैदिक र लौकिक सबै कर्ममा मेरो वचन नै प्रमाण हो। तिम्रो घरमा जन्म लिनेछु भनी मैले दिएको वचन सत्य गर्न नै मैले यो अवतार लिएको हुँ ।।३५।।
 
एतन्मे जन्म लोकेऽस्मिन् मुमुक्षूणां दुराशयात् ।
प्रसङ्ख्यानाय तत्त्वानां सम्मतायात्मदर्शने ॥ ३६ ॥
नेपाली भावानुवादः यस लोकमा मेरो यो जन्म संसारी बन्धनबाट मुक्त हुन चाहनेहरूका लागि तत्वको विवेचना र आत्मदर्शन गराउनका लागि भएको हो ।।३६।।
 
एष आत्मपथोऽव्यक्तो नष्टः कालेन भूयसा ।
तं प्रवर्तयितुं देहं इमं विद्धि मया भृतम् ॥ ३७ ॥
नेपाली भावानुवादः आत्मज्ञानको यो सूक्ष्म मार्ग समयक्रममा हराइसकेको थियो, यसलाई पुनः स्थापना गर्न नै मैले यो शरीर धारण गरेको हुँ ।।३७।।
 
गच्छ कामं मयाऽऽपृष्टो मयि सन्न्यस्तकर्मणा ।
जित्वा सुदुर्जयं मृत्युं अमृतत्वाय मां भज ॥ ३८ ॥
नेपाली भावानुवादः हे मुने! म तिमीलाई आज्ञा दिन्छु, तिमी आफ्नो इच्छा अनुसार जाऊ र सम्पूर्ण कर्म मलाई अर्पण गरी मृत्युलाई जितेर मोक्षका लागि मेरो भजन गर ।।३८।।
 
मामात्मानं स्वयंज्योतिः सर्वभूतगुहाशयम् ।
आत्मन्येवात्मना वीक्ष्य विशोकोऽभयमृच्छसि ॥ ३९ ॥
नेपाली भावानुवादः म सम्पूर्ण जीवको हृदयमा रहने स्वयंप्रकाश परमात्मा हुँ। जब तिमीले आफ्नो अन्तःकरणमा मेरो साक्षात्कार गर्नेछौ, तब सबै शोकबाट मुक्त भई मोक्ष प्राप्त गर्नेछौ ।।३९।।
 
मात्र आध्यात्मिकीं विद्यां शमनीं सर्वकर्मणाम् ।
वितरिष्ये यया चासौ भयं चातितरिष्यति ॥ ४० ॥
नेपाली भावानुवादः म माता देवहूतिलाई पनि आत्मज्ञान प्रदान गर्नेछु, जसबाट उनी यस संसाररुप भयबाट पार पाउनेछिन् ।।४०।।
 
मैत्रेय उवाच एवं समुदितस्तेन कपिलेन प्रजापतिः ।
दक्षिणीकृत्य तं प्रीतो वनमेव जगाम ह ॥ ४१ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोभगवान् कपिलले यसरी आज्ञा दिएपछि कर्दम मुनिले उहाँको परिक्रमा गरी प्रसन्नताका साथ वनतिर प्रस्थान गर्नुभयो ।।४१।।
 
व्रतं स आस्थितो मौनं आत्मैकशरणो मुनिः ।
निःसङ्गो व्यचरत् क्षोणीं अनग्निरनिकेतनः ॥ ४२ ॥
नेपाली भावानुवादः त्यहाँ उहाँले मौन र सन्न्यास धर्मको पालना गरी केवल भगवान् श्रीहरिको शरण लिनुभयो र घरबार त्यागी निःसङ्ग भई पृथ्वीमा विचरण गर्न थाल्नुभयो ।।४२।।
 
मनो ब्रह्मणि युञ्जानो यत्तत् सदसतः परम् ।
गुणावभासे विगुण एकभक्त्यानुभाविते ॥ ४३ ॥
नेपाली भावानुवादः कार्य र कारणभन्दा पर रहेका, गुणका प्रकाशक तर स्वयं निर्गुण परब्रह्ममा उहाँले आफ्नो मन लगाउनुभयो ।।४३।।
 
निरहङ्कृतिर्निर्ममश्च निर्द्वन्द्वः समदृक् स्वदृक् ।
प्रत्यक्प्रशान्तधीर्धीरः प्रशान्तोर्मिरिवोदधिः ॥ ४४ ॥
नेपाली भावानुवादः उहाँ अहङ्काररहित, समदृष्टि र शान्त हुनुभयो। त्यस समयमा धीर कर्दम मुनि छालविहीन शान्त समुद्र जस्तै देखिनुहुन्थ्यो ।।४४।।
 
वासुदेवे भगवति सर्वज्ञे प्रत्यगात्मनि ।
परेण भक्तिभावेन लब्धात्मा मुक्तबन्धनः ॥ ४५ ॥
नेपाली भावानुवादः सर्वज्ञ भगवान् वासुदेवमा अनन्य भक्ति हुनाले उहाँ सबै बन्धनबाट मुक्त हुनुभयो ।।४५।।
 
आत्मानं सर्वभूतषु भगवन्तं अवस्थितम् ।
अपश्यत्सर्वभूतानि भगवत्यपि चात्मनि ॥ ४६ ॥
नेपाली भावानुवादः उहाँले सम्पूर्ण प्राणीमा परमात्मा र परमात्मामा सम्पूर्ण प्राणीलाई देख्न थाल्नुभयो ।।४६।।
 
इच्छाद्वेषविहीनेन सर्वत्र समचेतसा ।
भगवद्भक्तियुक्तेन प्राप्ता भागवती गतिः ॥ ४७ ॥
नेपाली भावानुवादः यसप्रकार इच्छा र द्वेषरहित भई सर्वत्र समबुद्धि र भक्तिले सम्पन्न भएका कर्दमजीले भगवान्‌को परमपद प्राप्त गर्नुभयो ।।४७।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे चतुर्विंशोऽध्यायः ॥ २४ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

यस अध्यायमा भगवान् विष्णुको कपिल अवतार र कर्दम मुनिको सन्न्यास यात्राको वर्णन गरिएको छ। देवहूतिको वैराग्य देखेर कर्दम मुनिले उनलाई भगवान् विष्णु स्वयं पुत्रका रूपमा आउने आश्वासन दिनुभयो। मुनिको उपदेश पछि देवहूतिले पूर्ण श्रद्धाका साथ भगवान् पुरुषोत्तमको उपासना सुरु गरिन्। केही समयपछि भगवान् विष्णु कर्दमको वीर्य र देवहूतिको गर्भको आश्रय लिई प्रकट हुनुभयो। भगवान्‌को प्राकट्यको समयमा आकाशमा बाजागाजागन्धर्व गायन र अप्सराहरूको नृत्य भयो। देवताहरूले पुष्पवृष्टि गरे र प्रकृतिका सबै तत्वहरू निर्मल एवं प्रसन्न देखिए। यही अवसरमा ब्रह्माजी मरीचि आदि ऋषिहरूका साथ कर्दमको आश्रममा पाल्नुभयो। ब्रह्माजीलाई थाहा थियो कि भगवान् विष्णु साङ्ख्यशास्त्रको प्रचार गर्न अवतरित हुनुभएको हो। ब्रह्माजीले कर्दम मुनिलाई आफ्ना नौ छोरीहरूको विवाह योग्य ऋषिहरूसँग गरिदिन आज्ञा दिनुभयो। उहाँले भन्नुभयो कि यी छोरीहरूबाटै सृष्टिको वंश विस्तार हुनेछ। ब्रह्माजीले देवहूतिलाई उनको गर्भमा रहेका बालक साक्षात् श्रीहरि हुन् र उनले संसारको अविद्या नाश गर्नेछन् भन्नुभयो। ब्रह्माजीले ती बालकको नाम 'कपिलहुने भविष्यवाणी पनि गर्नुभयो। ब्रह्माजीको बिदाइ पछि कर्दम मुनिले आफ्ना नौ छोरीहरूको विवाह मरीचिअत्रिअङ्गिरा जस्ता नौ प्रजापतिहरूसँग गरिदिनुभयो। कलाअनसूयाश्रद्धाहविर्भूगतिक्रियाख्यातिअरुन्धती र शान्तिको विवाह सम्पन्न भयो। विवाह पछि सबै ऋषिहरू आफ्ना पत्नीका साथ आ-आफ्ना आश्रमतिर प्रस्थान गरे। कर्दम मुनिले आफ्नो घरमा साक्षात् भगवान्‌ले अवतार लिएको कुरामा गर्व र आनन्द महसुस गर्नुभयो। उहाँले भगवान् कपिलका अगाडि गएर भक्तिपूर्वक स्तुति गर्नुभयो। मुनिले भन्नुभयो कि योगीहरूले धेरै जन्मको तपस्या पछि पाउने ईश्वर आज उहाँको घरमा पुत्र भएर आउनुभयो। कर्दमले भगवान्‌लाई आफ्नो वचन सत्य गर्न र भक्तको मान राख्न आएकोमा धन्यवाद दिनुभयो। मुनिले अब आफू गृहस्थ त्यागेर सन्न्यास लिन चाहेको र त्यसका लागि भगवान्‌को अनुमति मागेको बताउनुभयो। भगवान् कपिलले कर्दमको इच्छालाई अनुमोदन गर्दै आफ्नो अवतारको उद्देश्य स्पष्ट पार्नुभयो। भगवान्‌ले भन्नुभयो कि उहाँ लुप्त भएको साङ्ख्ययोग र आत्मज्ञानको मार्ग पुनः स्थापना गर्न आउनुभएको हो। भगवान्‌ले कर्दमलाई सबै कर्महरू उहाँमा अर्पण गरेर निर्भय भई वन जान आज्ञा दिनुभयो। कपिलले आफ्नो माता देवहूतिलाई पनि मोक्ष प्रदान गर्ने वचन दिनुभयो। भगवान्‌को आज्ञा पाएपछि कर्दम मुनिले उहाँको परिक्रमा गरी वनतर्फ प्रस्थान गर्नुभयो। वनमा कर्दमले मौन रहेर केवल परमात्माको ध्यानमा आफ्नो जीवन समर्पित गर्नुभयो। उहाँ अहङ्कार र ममताबाट मुक्त भई सर्वत्र समदर्शी बन्नुभयो। उहाँको चित्त शान्त समुद्र जस्तै स्थिर भयो र उहाँले परमात्माको साक्षात्कार गर्नुभयो। सबै प्राणीमा भगवान् र भगवान्‌मा सबै प्राणी देख्ने अवस्थामा उहाँ पुग्नुभयो। अन्त्यमा कर्दम मुनिले परम पद प्राप्त गर्नुभयोजुन सबै मुमुक्षुहरूको अन्तिम लक्ष्य हो।

दार्शनिक पक्ष

यस अध्यायले 'साङ्ख्ययोगको जग बसाल्छजसले प्रकृति र पुरुषको पृथक्ता र तत्वको ज्ञान दिन्छ। भगवान्‌को अवतार केवल दुष्टको नाश गर्न मात्र नभई हराएको ज्ञानको पुनः स्थापना गर्न पनि हुन्छ। ब्रह्माजीको आज्ञा पालन गर्दा कर्दमले पाउनुभएको सफलताले पितृ-भक्ति र गुरु-भक्तिको महत्त्व दर्शाउँछ। 'अविद्यावा अज्ञानताको गाँठो काट्नु नै जीवनको वास्तविक स्वतन्त्रता (मोक्ष) हो। भगवान् निराकार भए तापनि भक्तको इच्छा अनुसार साकार रूप धारण गर्नुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट छ। सन्न्यास भनेको घर छोड्नु मात्र होइनबरु सबै कर्म र फलहरू ईश्वरमा अर्पण गर्नु हो। संसारमा दुःख पाउनुको मुख्य कारण आफ्नै पापकर्म र अज्ञानता हो भन्ने दर्शन यहाँ पाइन्छ। समदृष्टि (सबैमा ईश्वर देख्नु) नै योगको उच्चतम शिखर हो। ईश्वरको भक्ति र ज्ञानबाट नै मृत्युलाई जितेर अमृतत्त्व (मोक्ष) प्राप्त गर्न सकिन्छ। गृहस्थ धर्म पछि वानप्रस्थ वा सन्न्यासमा जानु जीवनको स्वाभाविक र आवश्यक क्रम हो भन्ने यसले सिकाउँछ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...