श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - चतुर्विंशोऽध्यायः
(अनुष्टुप)
मैत्रेय उवाच–
निर्वेदवादिनीमेवं मनोर्दुहितरं मुनिः ।
दयालुः शालिनीमाह शुक्लाभिव्याहृतं स्मरन् ॥ १ ॥
मैत्रेयजीले भने—
उत्तम गुणले सम्पन्न मुनिकुमारी देवहुतिले जव यस्तो वैराग्ययुक्त कुरा भनिन अनि कृपालु कर्दममुनिलाई भगवान् विष्णुले भन्नुभएको कुरा याद आयो ।।१।।
ऋषिरुवाच–
मा खिदो राजपुत्रीत्थं आत्मानं प्रत्यनिन्दिते ।
भगवान् तेऽक्षरो गर्भं अदूरात्सम्प्रपत्स्यते ॥ २ ॥
कर्दमले भने—
दोषरहित राजकुमारी ! तिमी आफ्नो विषयमा यसरी खेद नमान, निम्रो गर्भमा अविनाशि भगवान् विष्णु चाँढै नै आउनु हुन्छ ।।२।।
धृतव्रतासि भद्रं ते दमेन नियमेन च ।
तपोद्रविणदानैश्च श्रद्धया चेश्वरं भज ॥ ३ ॥
प्रिया! तिमीले धेरैप्रकारको ब्रतको पालना गरेकी छ्यौ त्यसैले तिम्रो कल्याण हुनेछ । अब तिमी संयम, नियम, तप र दानहरू गरेर श्रध्दा पूर्बक भगवानको भजन गर ।
स त्वयाऽऽराधितः शुक्लो वितन्वन् मामकं यशः ।
छेत्ता ते हृदयग्रन्थिं औदर्यो ब्रह्मभावनः ॥ ४ ॥
यसरी भजन गर्नाले श्रीहरि तिम्रो गर्भबाट अवतिर्ण भएर मेरो यस बढाउनु हुनेछ र ब्रह्मज्ञानको उपदेश दिएर तिम्रो हृदयको अहंकारमय ग्रन्थिलाई छेदन गर्नु हुनेछ ।।४।।
मैत्रेय उवाच–
देवहूत्यपि सन्देशं गौरवेण प्रजापतेः ।
सम्यक् श्रद्धाय पुरुषं कूटस्थं अभजद्गुरुम् ॥ ५ ॥
मैत्रेयजीले भने—
विदुरजी! प्रजापति कर्दमको आदेशलाई गौरव बुध्दि हुनाले देवहुतिले त्यसलाई पूर्णरूपले विश्वार गरिन र उनी निर्विकार जगद्गुरु भगवान् पुरुषोत्तमको आराधना गर्न लागिन ।।५।।
तस्यां बहुतिथे काले भगवान् मधुसूदनः ।
कार्दमं वीर्यमापन्नो जज्ञेऽग्निरिव दारुणि ॥ ६ ॥
यसरी केहि समय पछि भगवान् मदुसूदन कर्दमजीको वीर्यको आश्रय लिएर जसरी काठमा अग्नि प्रवेश गर्दछ त्यसैगरी उनको गर्भमा यसरी प्रवेश गर्नु भयो ।।६।।
अवादयन् तदा व्योम्नि वादित्राणि घनाघनाः ।
गायन्ति तं स्म गन्धर्वा नृत्यन्ति अप्सरसो मुदा ॥ ७ ॥
त्यस समयमा आकाशमा मेघ गर्जदै पानी वर्षाउदै बाजा बजाउन लाग्यो, गन्धर्वहरू गाउन लागे र अप्सराहरू आनन्द मानेर नाच्न लागे ।।७।।
पेतुः सुमनसो दिव्याः खेचरैः अपवर्जिताः ।
प्रसेदुश्च दिशः सर्वा अम्भांसि च मनांसि च ॥ ८ ॥
आकाशमा देवताहरूले वर्षाएको फूलको दिब्यबृष्टि हुनलाग्यो । सबै दिशाहरूमा आनन्द छायो । जलाशयको जल निर्मल हुन लाग्यो र सबै जीवको मन प्रसन्न भयो ।।८।।
तत्कर्दमाश्रमपदं सरस्वत्या परिश्रितम् ।
स्वयम्भूः साकं ऋषिभिः मरीच्यादिभिरभ्ययात् ॥ ९ ॥
यसै समयमा सरस्वती नदीले घेरिएको त्यस कर्दमजीको आश्रममा मरिचिआदि मुनि सहित ब्रह्माजी त्यहाँ आउँनुभयो ।।९।।
भगवन्तं परं ब्रह्म सत्त्वेनांशेन शत्रुहन् ।
तत्त्वसङ्ख्यानविज्ञप्त्यै जातं विद्वानजः स्वराट् ॥ १० ॥
सत्रुमर्दन विदुरजी! स्वतःसिध्द ज्ञानले सम्पन्न आजन्मा ब्रह्माजीलाई यो थाहा भयो कि साक्षत परब्रह्म भगवान् विष्णु शांख्यशास्त्रको उपदेश दिनका लागि विशुध्द सत्वमय अंशले अवतिर्ण हुदैहुनुहुन्छ ।।१०।।
सभाजयन् विशुद्धेन चेतसा तच्चिकीर्षितम् ।
प्रहृष्यमाणैरसुभिः कर्दमं चेदमभ्यधात् ॥ ११ ॥
अतः भगवान् जुन कार्य गर्न चहानुहुथ्यो त्यसलाई उनले विशुध्द चित्तले अनुमोदन अनि आदर गरे र आफ्नो सम्पूर्ण इन्द्रियले प्रशन्नता प्रकट गर्नु हुदै कर्दमजी संग यस प्रकार भन्नुभयो ।।११।।
ब्रह्मोवाच–
त्वया मेऽपचितिस्तात कल्पिता निर्व्यलीकतः ।
यन्मे सञ्जगृहे वाक्यं भवान्मानद मानयन् ॥ १२ ॥
ब्रह्माजीले भने—
पृय कर्दम ! तिमी अरुलाई मान दिने हौं तिमीले मेरो सम्मान गरेर मेरो आज्ञाको पालना ग¥यौ, त्यसैले तिमीबाट निष्कपट भावले मेरो पूजा सम्पन्न भयो ।।१२।।
एतावत्येव शुश्रूषा कार्या पितरि पुत्रकैः ।
बाढं इति अनुमन्येत गौरवेण गुरोर्वचः ॥ १३ ॥
छोराले आफ्नो पितालाई सबभन्दा बढि सेवा यहि गर्नुपर्दछ कि जो आज्ञा, यस्तो भने आदर पूर्वक उनले दिएको आदेशलाई स्वीकार गरोस ।।१३।।
इमा दुहितरः सभ्य तव वत्स सुमध्यमाः ।
सर्गमेतं प्रभावैः स्वैः बृंहयिष्यन्ति अनेकधा ॥ १४ ॥
छोरा ! तिमी सभ्य छौ । तिम्रो यी सुन्दरी कन्याहरूले आफ्रनो वंशद्वारा यस सृष्टिलाई अनेक प्रकारले बढाउनेछन् ।।१४।।
अतस्त्वं ऋषिमुख्येभ्यो यथाशीलं यथारुचि ।
आत्मजाः परिदेह्यद्य विस्तृणीहि यशो भुवि ॥ १५ ॥
अव तिमी मरिचि आदि मुनिवरलाई उनीहरूको स्वभाव र रुचि अनुसार आफ्नी कन्या समर्पित गर र संसारमा आफ्नो सुयश फैलाउ ।।१५।।
वेदाहमाद्यं पुरुषं अवतीर्णं स्वमायया ।
भूतानां शेवधिं देहं बिभ्राणं कपिलं मुने ॥ १६ ॥
मुने! म जान्दछु कि जो सम्पूर्ण प्राणीका निधि हुनुहुन्छ उनको अभिष्ट मनोरथ पूर्ण गर्नेवाला भएका आदिपुरुष श्री नारायण नै आफ्नो योगमायाले कपिलको रूपमा अवतिर्ण हुनुहुन्छ ।।१६।।
ज्ञानविज्ञानयोगेन कर्मणां उद्धरन्जटाः ।
हिरण्यकेशः पद्माक्षः पद्ममुद्रापदाम्बुजः ॥ १७ ॥
एष मानवि ते गर्भं प्रविष्टः कैटभार्दनः ।
अविद्यासंशयग्रन्थिं छित्त्वा गां विचरिष्यति ॥ १८ ॥
फेरी देवहुतिलाई भन्नुभयो, कैटभासुरलाई मार्नु हुने साक्षत श्रीहरि नै ज्ञान र विज्ञानद्वारा कर्मको वासनाहरुको मूलच्छेदन गर्नको लागि तिम्रो गर्भमा प्रवेश गर्नुभएको छ । वहाँ सुनौलो केश कमल जस्तो आँखा र चरणकमलमा कमलकै चिन्ह भएको त्यस्तै अविद्याजनित मोहको ग्रन्थहरुलाई काटेर पृथ्वीमा स्वच्छरूपले विचरण गर्नुहुन्छ ।।१७।१८।।
अयं सिद्धगणाधीशः साङ्ख्याचार्यैः सुसम्मतः ।
लोके कपिल इत्याख्यां गन्ता ते कीर्तिवर्धनः ॥ १९ ॥
वहाँ सिध्दगणका मुनि र सांख्याचार्यका माननीय हुनुहुनेछ लोकमा तिम्रो कीर्तिलाई फैलाएर कपिल नामले विख्यात हुनुहुनेछ ।।१९।।
मैत्रेय उवाच–
तौ आवाश्वास्य जगत्स्रष्टा कुमारैः सहनारदः ।
हंसो हंसेन यानेन त्रिधामपरमं ययौ ॥ २० ॥
मैत्रेयजीले भने—
विदुरजी! जगतको सृष्टि गर्ने ब्रह्माजीले उनीहरुलाई यसप्रकार आश्वासन दिएर नारद र सनकादिका साथ हाँसमा चढेर ब्रह्मलोकमा जानुभयो ॥ २० ॥
गते शतधृतौ क्षत्तः कर्दमस्तेन चोदितः ।
यथोदितं स्वदुहितॄः प्रादाद्विश्वसृजां ततः ॥ २१ ॥
ब्रह्माजी जानु भएपछि कर्दमजीले मरिचि आदि प्रजापतिसंग आफ्ना कन्याहरुको विवाह गरिदिए ।।२१।।
मरीचये कलां प्रादाद् अनसूयां अथात्रये ।
श्रद्धां अङ्गिरसेऽयच्छत् पुलस्त्याय हविर्भुवम् ॥ २२ ॥
उनले आफ्नी कला नामकी कन्या मरिचिलाई, अनुसूया अत्रिलाई, श्रध्दा अंगरिालाई र हविभू पुलहस्त लाई समर्पित गरे ।।२२।।
पुलहाय गतिं युक्तां क्रतवे च क्रियां सतीम् ।
ख्यातिं च भृगवेऽयच्छद् वसिष्ठायाप्यरुन्धतीम् ॥ २३ ॥
पुलह लाई उनै अनुरूप गति नामकी कन्या दिए, क्रतुका साथ परम साध्वी कृयाको विवाह गरिदिए । भृगुजीलाई ख्याती र वशिष्ठजीलाई अरुन्धती सपर्पित गरे ।।२३।।
अथर्वणेऽददाच्छान्तिं यया यज्ञो वितन्यते ।
विप्रर्षभान् कृतोद्वाहान् सदारान् समलालयत् ॥ २४ ॥
अथर्वा ऋषिलाई शान्ती नाम गरेकी कन्या दिए, जसले यज्ञकर्मको विस्तार गर्दछन । कर्दम ऋषिले ती विवाहिता ऋषिहरुको उनका पत्नीहरु सहित खुव सत्कार गरे ।।२४।।
ततस्त ऋषयः क्षत्तः कृतदारा निमन्त्र्य तम् ।
प्रातिष्ठन् नन्दिमापन्नाः स्वं स्वमाश्रम मण्डलम् ॥ २५ ॥
विदुरजी! यस प्रकार विवाह भएपछि ती सबै ऋषिहरु कर्दमजी संग आज्ञा लिएर आ आफ्नो आश्रममा फर्के ।।२५।।
स चावतीर्णं त्रियुगं आज्ञाय विबुधर्षभम् ।
विविक्त उपसङ्गम्य प्रणम्य समभाषत ॥ २६ ॥
कर्दमजीले साक्षात देवाधिदेव श्रीहरि ले नै अवतार लिनु भएको छ भन्ने थाहापाए । त्यसपछि उनी एकात्नमा वहाँ नजिक गएर वहाँलाई प्रणाम गरेर भन्न लागे ।।२६।।
अहो पापच्यमानानां निरये स्वैरमङ्गलैः ।
कालेन भूयसा नूनं प्रसीदन्तीह देवताः ॥ २७ ॥
अहो! आफ्नो पापकर्मको कारण यो दुःखमय संसारमा नाना प्रकारले पिडित भएका पुरुषहरु प्रति देवगण त धेरैकाल वितेपछि प्रसन्न हुन्छन ।।२७।।
बहुजन्मविपक्वेन सम्यग् योगसमाधिना ।
द्रष्टुं यतन्ते यतयः शून्यागारेषु यत्पदम् ॥ २८ ॥
स एव भगवानद्य हेलनं न गणय्य नः ।
गृहेषु जातो ग्राम्याणां यः स्वानां पक्षपोषणः ॥ २९ ॥
अनेक जन्मको साधनाद्वारा सिध्द भएकोसुदृढ समाधिद्वारा योगिजन जस्को स्वरुपलाई एकान्तमा हेर्ने अनेक प्रयत्न गर्दछन । आफ्नो भक्तको रक्षा गर्नु हुने वहाँ श्रीहरि हामी विषय को आशक्तिमा परेको म अवज्ञालाई कुनै विचार नगरेर आज हाम्रो घरमा अवतिर्ण हुनुभएको छ ।।२८।२९।।
स्वीयं वाक्यमृतं कर्तुमं अतीर्णोऽसि मे गृहे ।
चिकीर्षुर्भगवान् ज्ञानं भक्तानां मानवर्धनः ॥ ३० ॥
हजूर वास्तवमा आफ्नो भक्तको मान वढाउने हुनुहुन्छ । हजूर आफ्नो वचनलाई सत्य गर्न र शांख्ययोगको उपदेश गर्नका लागि नै यहाँ अवतार लिनुभएको छ ।।३०।।
तान्येव तेऽभिरूपाणि रूपाणि भगवंस्तव ।
यानि यानि च रोचन्ते स्वजनानां अरूपिणः ॥ ३१ ॥
भगवन् हजूर प्राकृतरूपले रहित हुनुहुन्छ हजूरको जुन चतुर्भजआदि अलौकिक रूप छ त्यो नै हजूरलाई योग्य छ । जो भक्तहरुका लागि प्यारो लाग्दछ त्यैरूप धारण गर्नु हुन्छ ।।३१।।
(इन्द्रवज्रा)
त्वां सूरिभिस्तत्त्वबुभुत्सयाद्धा
सदाभिवादार्हणपादपीठम् ।
ऐश्वर्यवैराग्ययशोऽवबोध
वीर्यश्रिया पूर्तमहं प्रपद्ये ॥ ३२ ॥
हजूरको पादपिठ तत्वज्ञानको इच्छाले विद्वानहरुका लागि सदैव वन्दनिय छ । तथा हजूर ऐश्वर्य, यज्ञ, ज्ञान, वीर्य र श्री यी छः ऐश्वर्यले पूर्ण हुनुहुन्छ, म हजूरको शरणमा छु ।।३२।।
परं प्रधानं पुरुषं महान्तं
कालं कविं त्रिवृतं लोकपालम् ।
आत्मानुभूत्यानुगतप्रपञ्चं
स्वच्छन्दशक्तिं कपिलं प्रपद्ये ॥ ३३ ॥
भगवान् हजूर परब्रह्म हुनुहुन्छ, सबै शक्ति हजूरकै अधिनमा छ । प्रकृति, पुरुष, महतत्व, काल, ब्रह्मा, त्रिविध, अहंकार, समस्तलोक र लोकपालको रुपमा हजूर नै प्रकट हुनुहुन्छ । तथा हजूर सर्बज्ञ परमान्मा नै हुनुहुन्छ अतः आफ्नो चेतन शक्तिद्वारा सबै प्रपन्चलाई आफुमा लीन गर्नु हुन्छ । म हजूर कपिल भगावन्को शरण पर्दछु ।।३३।।
आस्माभिपृच्छेऽद्य पतिं प्रजानां
त्वयावतीर्णर्ण उताप्तकामः ।
परिव्रजत्पदवीमास्थितोऽहं
चरिष्ये त्वां हृदि युञ्जन् विशोकः ॥ ३४ ॥
हे प्रभो! हजूरको कृपाले म तिनै ऋणबाट मुक्त भएको छु । मेरो सबै मनोरथ पूर्ण भयो । अव म सन्यास ग्रहण गरेर हजूरको चिन्तन गदै शोक रहित भएर विचरण गर्दछु । हजूर सबै प्रजाका स्वामी हुनुहुन्छ यसकारण म यसैका लागि हजूरको आज्ञा चाहान्छु ।।३४।।
श्रीभगवानुवाच–
(अनुष्टुप)
मया प्रोक्तं हि लोकस्य प्रमाणं सत्यलौकिके ।
अथाजनि मया तुभ्यं यदवोचमृतं मुने ॥ ३५ ॥
भगवानले भन्नुभयो—
मुने! वैदिक र लौकिक सबै कर्महरुमा संसारका लागि मेरो वचन नै प्रमाण हो । त्यसैले मैले जुन तिमीलाई भनेको थिए कि म यहाँ तिमीकहाँ जन्म लिनेछु । त्यसैलाई सत्य गर्नको लागि नै मैले यो अवतार लिएको हुं ।।३५।।
एतन्मे जन्म लोकेऽस्मिन् मुमुक्षूणां दुराशयात् ।
प्रसङ्ख्यानाय तत्त्वानां सम्मतायात्मदर्शने ॥ ३६ ॥
यसलोकमा मेरो यो जन्म लिंग–शरीरबाट मुक्त हुन इच्छा राख्ने मानिसहरुका लागि आत्म दर्शनमा उपयोगी प्रकृति आदि तत्वको विवेचना गर्नको लागि नै भएको हो ।।३६।।
एष आत्मपथोऽव्यक्तो नष्टः कालेन भूयसा ।
तं प्रवर्तयितुं देहं इमं विद्धि मया भृतम् ॥ ३७ ॥
आत्मज्ञान यो सूक्ष्म मार्ग धेरै अगाडि देखि लुप्त भएको थियो यसलाई फेरी प्रचार गराउनका लागि नै मैले यो शरीर ग्रहण गरेको हुँ, भन्ने जान ।।३७।।
गच्छ कामं मयाऽऽपृष्टो मयि सन्न्यस्तकर्मणा ।
जित्वा सुदुर्जयं मृत्युं अमृतत्वाय मां भज ॥ ३८ ॥
मुने म आज्ञा दिन्छु, तिमी आफ्नो इच्छा अनुसार जाउ र आफ्नो सम्पूर्ण कर्म ममा अर्पण गरेर दुर्जय मृत्युलाई जितेर मोक्ष प्राप्त गर्नको लागि मेरो भजन गर ।।३८।।
मामात्मानं स्वयंज्योतिः सर्वभूतगुहाशयम् ।
आत्मन्येवात्मना वीक्ष्य विशोकोऽभयमृच्छसि ॥ ३९ ॥
म स्वयंप्रकाश र सम्पूर्ण जीवको अन्तःकरणमा रहने भएको परमात्मा हुँ । त्यसैले जव तिमी विशुध्द वुध्दिद्वार आफ्नो अन्तःकरणमा मेरो साक्षत्कार गर्न लाग्दछौ तव सबै प्रकारको शोक छुटेर निर्भय (मोक्ष) प्राप्त गर्दछौ ।।३९।।
मात्र आध्यात्मिकीं विद्यां शमनीं सर्वकर्मणाम् ।
वितरिष्ये यया चासौ भयं चातितरिष्यति ॥ ४० ॥
माता देवहुतीलाई पनि म कर्म बाट छुटाउने आत्मज्ञान प्रदान गर्नेछु जसबाट उनी यो संसाररूप भयबाट पार पाउँदछिन ।।४०।।
मैत्रेय उवाच–
एवं समुदितस्तेन कपिलेन प्रजापतिः ।
दक्षिणीकृत्य तं प्रीतो वनमेव जगाम ह ॥ ४१ ॥
मैत्रेयजीले भने—
भगवान् कपिलले यस प्रकार भनेपछि प्रजापति कर्दमजी वहाँलाई परक्रमा गरेर प्रसन्नता पूर्वक वनतिर लागे ।।४१।।
व्रतं स आस्थितो मौनं आत्मैकशरणो मुनिः ।
निःसङ्गो व्यचरत् क्षोणीं अनग्निरनिकेतनः ॥ ४२ ॥
त्यहाँ उनले अहिंसा, मौन धर्म (सन्यासधर्म) को पालन गरेर उनै एकमात्र भगवान् श्रीहरिको शरण लिए । तथा अग्नि र आश्रमलाई त्यागेर निःसंग भावले पृथ्वीमा विचरण गर्नलागे ।।४२।।
मनो ब्रह्मणि युञ्जानो यत्तत् सदसतः परम् ।
गुणावभासे विगुण एकभक्त्यानुभाविते ॥ ४३ ॥
जुन कार्य कारणले अतित छ, सत्वादि गुणको प्रकाशक एवं निर्गुण छन् र अनन्त भक्तिले प्रत्यक्ष हुन्छन, उनै परब्रह्ममा मन लगाए ।।४३।।
निरहङ्कृतिर्निर्ममश्च निर्द्वन्द्वः समदृक् स्वदृक् ।
प्रत्यक्प्रशान्तधीर्धीरः प्रशान्तोर्मिरिवोदधिः ॥ ४४ ॥
सबैमा आफ्नो आत्मा नै देख्न लागे । उनको बुध्दि अन्र्तमुख एवं शान्ति भयो यस समयमा धीर कर्दमजी शान्त लहरको समुद्र जस्तै देखिन्थे ।।४४।।
वासुदेवे भगवति सर्वज्ञे प्रत्यगात्मनि ।
परेण भक्तिभावेन लब्धात्मा मुक्तबन्धनः ॥ ४५ ॥
परम भक्तिभावद्वार सर्बान्तर्यामी सर्बज्ञ श्री वासुदेवमा चित्त स्थिर हुनाले उनी सबै बन्धनबाट मुक्त भए ।।४५।।
आत्मानं सर्वभूतेषु भगवन्तं अवस्थितम् ।
अपश्यत्सर्वभूतानि भगवत्यपि चात्मनि ॥ ४६ ॥
सम्पूर्ण प्राणीमा आफ्नो आत्मा र सम्पूर्ण प्राणीको आत्मामा श्रीहरिमा स्थित देख्न लागे ।।४६।।
इच्छाद्वेषविहीनेन सर्वत्र समचेतसा ।
भगवद्भक्तियुक्तेन प्राप्ता भागवती गतिः ॥ ४७ ॥
यस प्रकारइच्छा र द्वेष रहित सर्बत्र समबुध्दि भगवद् भक्तिले सम्पन्न भएर कर्दमजीले भगवानको परमपद प्राप्त गरे ।।४७।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे चतुर्विंशोऽध्यायः ॥ २४ ॥
