/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

चतुर्थः स्कन्धः - द्वादशोऽध्यायः

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः - द्वादशोऽध्यायः


 
मैत्रेय उवाच
(इंद्रवज्रा)
ध्रुवं निवृत्तं प्रतिबुद्ध्य वैशसाद्
    अपेतमन्युं भगवान् धनेश्वरः ।
तत्रागतश्चारणयक्षकिन्नरैः
    संस्तूयमानो न्यवदत् कृताञ्जलिम् ॥ १ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे विदुरजी! ध्रुवजीको क्रोध शान्त भयो र उनी यक्षहरूको वधबाट निवृत्त भए भन्ने बुझेर धनेश्वर कुबेर त्यहाँ आउनुभयो। त्यस समयमा यक्ष, चारण र किन्नरहरू उहाँको स्तुति गरिरहेका थिए। कुबेरलाई देखेर ध्रुवजी हात जोडेर उभिनुभयो र कुबेरले भन्नुभयो ।।१।।
 
धनद उवाच
भो भोः क्षत्रियदायाद परितुष्टोऽस्मि तेऽनघ ।
यत्त्वं पितामहादेशाद् वैरं दुस्त्यजमत्यजः ॥ २ ॥
नेपाली भावानुवादः कुबेरजीले भन्नुभयोहे निष्पाप क्षत्रिय कुमार! तिमीले आफ्ना पितामह मनुको उपदेशलाई शिरोधार्य गरी यो त्याग्न कठिन शत्रुतालाई त्यागी दियौ, त्यसैले म तिमीसँग अत्यन्त प्रसन्न छु ।।२।।
 
(अनुष्टुप्)
न भवान् अवधीद्यक्षान् न यक्षा भ्रातरं तव ।
काल एव हि भूतानां प्रभुरप्ययभावयोः ॥ ३ ॥
नेपाली भावानुवादः वास्तवमा न तिमीले यक्षहरूलाई मार्यौ, न यक्षहरूले तिम्रो भाइलाई मारे। सबै जीवहरूको उत्पत्ति र विनाशको वास्तविक कारण त एकमात्र काल (समय) हो ।।३।।
 
अहं त्वमित्यपार्था धीः अज्ञानात् पुरुषस्य हि ।
स्वाप्नीवाभात्यतद्ध्यानाद् यया बन्धविपर्ययौ ॥ ४ ॥
नेपाली भावानुवादः '' 'तिमी' भन्ने यस्तो मिथ्या बुद्धि अज्ञानवश शरीरलाई नै आत्मा मान्नाले सपना झैँ भ्रमवश उत्पन्न हुन्छ। यसैले मानिसलाई बन्धन र दुःखको अवस्थामा पुर्याउँछ ।।४।।
 
तद्गच्छ ध्रुव भद्रं ते भगवन्तं अधोक्षजम् ।
सर्वभूतात्मभावेन सर्वभूतात्मविग्रहम् ॥ ५ ॥
भजस्व भजनीयाङ्घ्रिं अभवाय भवच्छिदम् ।
युक्तं विरहितं शक्त्या गुणमय्यात्ममायया ॥ ६ ॥
नेपाली भावानुवादः हे ध्रुव! अब तिमी जाऊ, भगवान्ले तिम्रो मङ्गल गरून्। संसारको बन्धनबाट मुक्त हुनका लागि सबै जीवमा आत्मभाव राखी श्रीहरिको भजन गर। उहाँ नै संसारको बन्धन काट्ने र सृष्टि आदिका लागि त्रिगुणात्मिका मायाले युक्त भएर पनि त्यसबाट निर्लिप्त रहनुहुने परमेश्वर हुनुहुन्छ। उहाँका चरणकमल सबैका लागि वन्दनीय छन् ।।५-६।।
 
(इंद्रवज्रा)
वृणीहि कामं नृप यन्मनोगतं
    मत्तस्त्वमौत्तानपदेऽविशङ्कितः ।
वरं वरार्होऽम्बुजनाभपादयोः 
    नन्तरं त्वां वयमङ्ग शुश्रुम ॥ ७ ॥
नेपाली भावानुवादः हे उत्तानपादका पुत्र! तिमी सधैँ भगवान् कमलनाभकै चरणकमलको चिन्तनमा रहन्छौ भन्ने हामीले सुनेका छौँ, त्यसैले तिमी वरदान पाउन योग्य छौ। तिम्रो मनमा जे इच्छा छ, मबाट निशङ्क भई वर माग ।।७।।
 
मैत्रेय उवाच
स राजराजेन वराय चोदितो
    ध्रुवो महाभागवतो महामतिः ।
हरौ स वव्रेऽचलितां स्मृतिं यया
    तरत्ययत्नेन दुरत्ययं तमः ॥ ८ ॥
नेपाली भावानुवादः यक्षराज कुबेरले वर माग्न आग्रह गरेपछि महाभागवत ध्रुवजीले— 'मलाई श्रीहरिको कहिल्यै नमेटिने अखण्ड स्मृति रहिरहोस्, जसबाट मानिसले यो दुस्तर संसार रूपी अन्धकारलाई सहजै पार गर्न सकोस्' भनी वर माग्नुभयो ।।८।।
 
(अनुष्टुप्)
तस्य प्रीतेन मनसा तां दत्त्वैडविडस्ततः ।
पश्यतोऽन्तर्दधे सोऽपि स्वपुरं प्रत्यपद्यत ॥ ९ ॥
नेपाली भावानुवादः कुबेरले प्रसन्न भई उनलाई भगवत्-स्मृतिको वरदान दिएर त्यहीँ अन्तर्धान हुनुभयो। त्यसपछि ध्रुवजी पनि आफ्नो राजधानी फर्कनुभयो ।।९।।
 
अथायजत यज्ञेशं क्रतुभिर्भूरिदक्षिणैः ।
द्रव्यक्रियादेवतानां कर्म कर्मफलप्रदम् ॥ १० ॥
नेपाली भावानुवादः राज्य सञ्चालनका क्रममा उनले ठुला-ठुला यज्ञहरू गरेर यज्ञपुरुष भगवान्‌को आराधना गरे। द्रव्य, क्रिया र देवता सम्बन्धी समस्त कर्मका फलदाता र स्वरूप भगवान् नै हुनुहुन्छ ।।१०।।
 
सर्वात्मनि अच्युतेऽसर्वे तीव्रौघां भक्तिमुद्वहन् ।
ददर्शात्मनि भूतेषु तं एव अवस्थितं विभुम् ॥ ११ ॥
नेपाली भावानुवादः हे विदुरजी! सर्वात्मा अच्युत भगवान्‌मा प्रबल भक्तिभाव राख्नाले ध्रुवजीले आफू र सबै प्राणीहरूमा उनै श्रीहरि विराजमान हुनुभएको देख्न थाल्नुभयो ।।११।।
 
तमेवं शीलसम्पन्नं ब्रह्मण्यं दीनवत्सलम् ।
गोप्तारं धर्मसेतूनां मेनिरे पितरं प्रजाः ॥ १२ ॥
नेपाली भावानुवादः ध्रुवजी शीलसम्पन्न, ब्राह्मणभक्त, दीनदुःखीप्रति दयालु र धर्म-मर्यादाका रक्षक थिए। प्रजाहरू उनलाई साक्षात् पिता समान ठान्दथे ।।१२।।
 
षट्त्रिंशद् वर्षसाहस्रं शशास क्षितिमण्डलम् ।
भोगैः पुण्यक्षयं कुर्वन् अभोगैः अशुभक्षयम् ॥ १३ ॥
नेपाली भावानुवादः उनले यसरी पुण्य कार्यहरूद्वारा भोग र त्यागको सन्तुलन मिलाई छत्तीस हजार वर्षसम्म पृथ्वीको न्यायपूर्ण शासन गरे ।।१३।।
 
एवं बहुसवं कालं महात्माविचलेन्द्रियः ।
त्रिवर्गौपयिकं नीत्वा पुत्रायादान् नृपासनम् ॥ १४ ॥
नेपाली भावानुवादः जितेन्द्रिय महात्मा ध्रुवले यसरी धर्म, अर्थ र कामको सम्पादनमा लामो समय बिताएर अन्तमा आफ्ना छोरा उत्कललाई राज्य सिंहासन सुम्पिनुभयो ।।१४।।

 मन्यमान इदं विश्वं मायारचितमात्मनि ।
अविद्यारचितस्वप्न गन्धर्वनगरोपमम् ॥ १५ ॥
नेपाली भावानुवादः यो दृश्य-प्रपञ्चलाई अविद्याद्वारा रचिएको सपना र गन्धर्वनगर समान मान्नुभयो ।

(वसंततिलका)
आत्मस्त्र्यपत्यसुहृदो बलमृद्धकोशम्
    अन्तःपुरं परिविहारभुवश्च रम्याः ।
भूमण्डलं जलधिमेखलमाकलय्य
    कालोपसृष्टमिति स प्रययौ विशालाम् ॥ १६ ॥
त्यसपछि वहाँ आफ्नो शरीर, स्त्री, पुत्र, सेना, ढुकुटी र समुद्रसम्म फैलिएको राज्य सबै कालको अधीनमा छन् भन्ने बुझेर उहाँ बदरिकाश्रम (विशाला) तर्फ लाग्नुभयो ।।१५-१६।।
 
तस्यां विशुद्धकरणः शिववार्विगाह्य
    बद्ध्वाऽऽसनं जितमरुन्मनसाऽऽहृताक्षः ।
स्थूले दधार भगवत्प्रतिरूप एतद्
    ध्यायन् तदव्यवहितो व्यसृजत्समाधौ ॥ १७ ॥
नेपाली भावानुवादः त्यहाँ उनले पवित्र जलमा स्नान गरी शरीर शुद्ध गरे। स्थिर आसनमा बसी प्राणायामद्वारा वायुलाई वशमा लिए र इन्द्रियहरूलाई बाहिरी विषयबाट खिचेर मनलाई भगवान्‌को विराट् स्वरूपमा एकाग्र गरे। अन्त्यमा उनी ध्याता र ध्येयको भेद हराएको निर्विकल्प समाधिमा लीन भए ।।१७।।
 
भक्तिं हरौ भगवति प्रवहन्नजस्रम्
    आनन्दबाष्पकलया मुहुरर्द्यमानः ।
विक्लिद्यमानहृदयः पुलकाचिताङ्गो
    नात्मानमस्मरदसाविति मुक्तलिङ्गः ॥ १८ ॥
नेपाली भावानुवादः भगवान् श्रीहरिप्रति निरन्तर भक्ति प्रवाहमा रहेका कारण उनको आँखाबाट आनन्दका आँसु बग्न थाले। हृदय पग्लियो, शरीर रोमाञ्चित भयो र देहाभिमान शून्य भएकाले उनलाई 'म ध्रुव हुँ' भन्ने समेत होस रहेन ।।१८।।
 
(अनुष्टुप्)
स ददर्श विमानाग्र्यं नभसोऽवतरद् ध्रुवः ।
विभ्राजयद् दश दिशो राकापतिमिवोदितम् ॥ १९ ॥
नेपाली भावानुवादः त्यही समयमा ध्रुवले आकाशबाट झर्दै गरेको एउटा सुन्दर विमान देखे, जसले पूर्णिमाको चन्द्रमाले झैँ दशै दिशा उज्यालो पारिरहेको थियो ।।१९।।
 
(इंद्रवज्रा)
तत्रानु देवप्रवरौ चतुर्भुजौ
    श्यामौ किशोरावरुणाम्बुजेक्षणौ ।
स्थिताववष्टभ्य गदां सुवाससौ
    किरीटहाराङ्गदचारुकुण्डलौ ॥ २० ॥
नेपाली भावानुवादः त्यस विमानमा गदाको सहारा लिएर दुई दिव्य पार्षदहरू उभिएका थिए। उनीहरू श्याम वर्णका, किशोर अवस्थाका र चार हात भएका थिए। उनीहरूका आँखा रातो कमल समान थिए र उनीहरूले बहुमूल्य मुकुट, हार र कुण्डल धारण गरेका थिए ।।२०।।
 
विज्ञाय तावुत्तमगायकिङ्करौ
    अभ्युत्थितः साध्वसविस्मृतक्रमः ।
ननाम नामानि गृणन्मधुद्विषः
    पार्षत्प्रधानौ इति संहताञ्जलिः ॥ २१ ॥
नेपाली भावानुवादः उनीहरू भगवान् श्रीहरिका सेवक हुन् भन्ने बुझेपछि ध्रुवजी हत्तपत्त उठ्नुभयो। हडबडाहटमा सत्कारको विधि बिर्सिए पनि उनले हात जोडी भगवान् मधुसूदनको नाम उच्चारण गर्दै ती प्रधान पार्षदहरूलाई नमस्कार गर्नुभयो ।।२१।।
 
तं कृष्णपादाभिनिविष्टचेतसं
    बद्धाञ्जलिं प्रश्रयनम्रकन्धरम् ।
सुनन्दनन्दावुपसृत्य सस्मितं
    प्रत्यूचतुः पुष्करनाभसम्मतौ ॥ २२ ॥
नेपाली भावानुवादः भगवान्‌को चरणमा मन लीन भएका र नम्रतापूर्वक हात जोडेर उभिएका ध्रुवको नजिक गएर श्रीहरिका प्यारा पार्षद सुनन्द र नन्दले मुस्कुराउँदै भन्नुभयो ।।२२।।
 
सुनन्दनन्दावूचतुः
(अनुष्टुप्)
भो भो राजन् सुभद्रं ते वाचं नोऽवहितः श्रृणु ।
यः पञ्चवर्षस्तपसा भवान् देवमतीतृपत् ॥ २३ ॥
नेपाली भावानुवादः सुनन्द र नन्दले भनेहे राजन्! तपाईंको कल्याण होस्। हाम्रो कुरा ध्यान दिएर सुन्नुहोस्। तपाईंले पाँच वर्षकै उमेरमा तपस्या गरेर सर्वेश्वर श्रीहरिलाई प्रसन्न गराउनुभयो ।।२३।।
 
तस्याखिलजगद्धातुः आवां देवस्य शार्ङ्गिणः ।
पार्षदौ इविह सम्प्राप्तौ नेतुं त्वां भगवत्पदम् ॥ २४ ॥
नेपाली भावानुवादः हामी उनै जगत्पति शार्ङ्गधनुषधारी भगवान् विष्णुका पार्षद हौँ। तपाईंलाई उहाँको परमधाम लैजान हामी यहाँ आएका हौँ ।।२४।।
 
(इंद्रवज्रा)
सुदुर्जयं विष्णुपदं जितं त्वया
    यत्सूरयोऽप्राप्य विचक्षते परम् ।
आतिष्ठ तच्चन्द्रदिवाकरादयो
    ग्रहर्क्षताराः परियन्ति दक्षिणम् ॥ २५ ॥
नेपाली भावानुवादः तपाईंले आफ्नो भक्तिले त्यो विष्णुपद (ध्रुवलोक) जित्नुभएको छ, जुन पदलाई ठुला-ठुला ज्ञानीहरूले पनि टाढैबाट हेर्ने मात्र गर्छन्। सूर्य, चन्द्रमा, ग्रह र नक्षत्रहरूले पनि जसको प्रदक्षिणा गर्दछन्, अब तपाईं त्यही धाममा बस्न हिँड्नुहोस् ।।२५।।
 
(अनुष्टुप्)
अनास्थितं ते पितृभिः अन्यैरप्यङ्ग कर्हिचित् ।
आतिष्ठ जगतां वन्द्यं तद्विष्णोः परमं पदम् ॥ २६ ॥
नेपाली भावानुवादः प्रिय ध्रुव! तपाईंका पुर्खाहरूमध्ये अहिलेसम्म कोही पनि यस्तो पदमा पुग्न सकेका थिएनन्। संसारकै वन्दनीय त्यो विष्णुपदमा गएर तपाईं बस्नुहोस् ।।२६।।
 
एतद्विमानप्रवरं उत्तमश्लोकमौलिना ।
उपस्थापितमायुष्मन् अधिरोढुं त्वमर्हसि ॥ २७ ॥
नेपाली भावानुवादः आयुष्मान्! यो श्रेष्ठ विमान भगवान् श्रीहरिले तपाईंकै लागि पठाउनुभएको हो। तपाईं यसमा सवार हुनुहोस् ।।२७।।
 
मैत्रेय उवाच  
(इंद्रवज्रा)
निशम्य वैकुण्ठनियोज्यमुख्ययोः
    मधुच्युतं वाचमुरुक्रमप्रियः ।
कृताभिषेकः कृतनित्यमङ्गलो
    मुनीन् प्रणम्याशिषमभ्यवादयत् ॥ २८ ॥
नेपाली भावानुवादः वैकुण्ठका पार्षदहरूको यस्तो अमृतमय वचन सुनेर ध्रुवजीले स्नान गरी नित्यकर्म सकेर माङ्गलिक आभूषण धारण गरे। उनले त्यहाँका मुनिहरूलाई प्रणाम गरी उनीहरूबाट आशीर्वाद लिए ।।२८।।
 
(अनुष्टुप्)
परीत्याभ्यर्च्य धिष्ण्याग्र्यं पार्षदौ अवभिवन्द्य च ।
इयेष तदधिष्ठातुं बिभ्रद्रूपं हिरण्मयम् ॥ २९ ॥
तदोत्तानपदः पुत्रो ददर्शान्तकमागतम् ।
मृत्योर्मूर्ध्नि पदं दत्त्वा आरुरोहाद्भुतं गृहम् ॥ ३० ॥
नेपाली भावानुवादः त्यसपछि ध्रुवजीले श्रेष्ठ विमानलाई पूजा र प्रदक्षिणा गरे, पार्षदहरूलाई वन्दना गरे र सुन जस्तै कान्तिमान् दिव्य रूप धारण गरी विमानमा चढ्न तयार भए। त्यही समयमा उनले काल (मृत्यु) लाई प्रत्यक्ष उभिएको देखे। उनले मृत्युको शिरमा पाइला राखेर त्यस अद्भुत विमानमा चढे ।।२९-३०।।
 
तदा दुन्दुभयो नेदुः मृदङ्गपणवादयः ।
गन्धर्वमुख्याः प्रजगुः पेतुः कुसुमवृष्टयः ॥ ३१ ॥
नेपाली भावानुवादः त्यस समयमा आकाशमा दुन्दुभि, मृदङ्ग र ढोलहरू बज्न थाले, श्रेष्ठ गन्धर्वहरूले गायन गरे र फूलको वर्षा भयो ।।३१।।
 
स च स्वर्लोकमारोक्ष्यन् सुनीतिं जननीं ध्रुवः ।
अन्वस्मरदगं हित्वा दीनां यास्ये त्रिविष्टपम् ॥ ३२ ॥
नेपाली भावानुवादः विमानमा चढेर दिव्य लोक जान लाग्दा ध्रुवजीलाई आफ्नी आमा सुनीतिको सम्झना भयो। उनले सोचे— 'म आफ्नी दीन आमालाई छाडेर एक्लै कसरी वैकुण्ठ जाऊँ?' ।।३२।।
 
इति व्यवसितं तस्य व्यवसाय सुरोत्तमौ ।
दर्शयामासतुर्देवीं पुरो यानेन गच्छतीम् ॥ ३३ ॥
नेपाली भावानुवादः ध्रुवको मनको कुरा बुझेर पार्षदहरूले देखाएउनकी आमा सुनीति अर्कै विमानमा उनीभन्दा अगाडि-अगाडि जाँदै थिइन् ।।३३।।
 
तत्र तत्र प्रशंसद्भिः पथि वैमानिकैः सुरैः ।
अवकीर्यमाणो ददृशे कुसुमैः क्रमशो ग्रहान् ॥ ३४ ॥
नेपाली भावानुवादः बाटोमा देवताहरूले फूल बर्साउँदै उनको प्रशंसा गरे। उनले क्रमशः सूर्य लगायत सबै ग्रहहरूलाई पार गर्दै अगाडि बढे ।।३४।।
 
त्रिलोकीं देवयानेन सोऽतिव्रज्य मुनीनपि ।
परस्ताद्यद्ध्रुवगतिः विष्णोः पदमथाभ्यगात् ॥ ३५ ॥
नेपाली भावानुवादः त्यो दिव्य विमानमा चढेर ध्रुवजीले तीनै लोक र सप्तर्षिमण्डललाई पनि पार गरी भगवान् विष्णुको नित्यधाम प्राप्त गरे, जुन अविचल र स्थिर छ ।।३५।।

यद्भ्राजमानं स्वरुचैव सर्वतो
    लोकास्त्रयो ह्यनु विभ्राजन्त एते ।
यन्नाव्रजन्जन्तुषु येऽननुग्रहा
    व्रजन्ति भद्राणि चरन्ति येऽनिशम् ॥ ३६ ॥
नेपाली भावानुवादः  जुन लोक (ध्रुवलोक) आफ्नै प्रकाशले सबैतिर दैदीप्यमान छ र जसको प्रकाशको सहाराले यी तीनै लोकहरू प्रकाशित भइरहेका छन्। जुन लोकमा ती मानिसहरू कहिल्यै जान सक्दैनन् जो अन्य प्राणीप्रति निर्दयी छन्। तर, जो प्राणीहरूको कल्याणमा लागेका छन् र निरन्तर सत्कर्म गर्छन्, उनीहरू मात्र त्यहाँ पुग्न सक्छन्॥ ३६ ॥
 
शान्ताः समदृशः शुद्धाः सर्वभूतानुरञ्जनाः ।
यान्त्यञ्जसाच्युतपदं अच्युतप्रियबान्धवाः ॥ ३७ ॥
नेपाली भावानुवादः  जो शान्त छन्, सबैलाई समान दृष्टिले हेर्छन् (समदर्शी), हृदयले शुद्ध छन् र सबै प्राणीहरूलाई खुसी तुल्याउँछन्; त्यस्ता भगवान् अच्युत (विष्णु) का प्रिय भक्तहरूलाई नै आफ्नो आत्मिय मित्र ठान्ने व्यक्तिहरू सजिलैसँग भगवानको परमपद (अच्युतपद) प्राप्त गर्दछन्॥ ३७ ॥

इत्युत्तानपदः पुत्रो ध्रुवः कृष्णपरायणः ।
अभूत्त्रयाणां लोकानां चूडामणिरिवामलः ॥ ३८ ॥
नेपाली भावानुवादः  यसरी भगवान् श्रीकृष्णमा पूर्ण रूपले समर्पित उत्तानपादका पुत्र ध्रुव, तीनै लोकको शिरमा रहने निर्मल 'चूडामणि' (शिरको रत्न) जस्तै अत्यन्त शोभायमान र श्रेष्ठ भएर रहे।

गम्भीरवेगोऽनिमिषं ज्योतिषां चक्रमाहितम् ।
यस्मिन् भ्रमति कौरव्य मेढ्यामिव गवां गणः ॥ ३९ ॥
नेपाली भावानुवादः  हे विदुर (कौरव्य)! जसरी दाइँ गर्दा खम्बा (मेढी) मा बाँधिएका गोरुहरू त्यसकै वरिपरि घुम्छन्, त्यसरी नै कालको गम्भीर र नरोकिने वेगले गर्दा ग्रह-नक्षत्र आदि सम्पूर्ण ज्योतिपुञ्जहरू (तारा मण्डल) ध्रुवलोकलाई नै केन्द्र बनाएर त्यसकै वरिपरि निरन्तर घुमिरहन्छन्
॥ ३९ ॥
 
महिमानं विलोक्यास्य नारदो भगवान् ऋषिः ।
आतोद्यं वितुदन् श्लोकान् सत्रेऽगायत् प्रचेतसाम् ॥ ४० ॥
नेपाली भावानुवादः ध्रुवजीको यस्तो महिमा देखेर देवर्षि नारदले प्रचेताहरूको यज्ञमा वीणा बजाउँदै यी श्लोकहरू गाउनुभयो ।।४०।।
 
नारद उवाच
(इंद्रवज्रा)
नूनं सुनीतेः पतिदेवतायाः
    तपःप्रभावस्य सुतस्य तां गतिम् ।
दृष्ट्वाभ्युपायानपि वेदवादिनो
    नैवाधिगन्तुं प्रभवन्ति किं नृपाः ॥ ४१ ॥
नेपाली भावानुवादः यसमा सन्देह छैन! पतिपरायण सुनीतिका छोरा ध्रुवले आफ्नो तपस्याद्वारा जुन गति प्राप्त गरे, त्यस्तो पद वेदवेत्ता मुनिहरूलाई पनि दुर्लभ छ भने अरु राजाहरूको त के कुरा ।।४१।।
 
यः पञ्चवर्षो गुरुदारवाक्शरैः
    भिन्नेन यातो हृदयेन दूयता ।
वनं मदादेशकरोऽजितं प्रभुं
    जिगाय तद्भक्तगुणैः पराजितम् ॥ ४२ ॥
नेपाली भावानुवादः अहो! उनी पाँच वर्षकै उमेरमा सौतेनी आमाको कठोर वचनले मर्माहत भई वनमा गएका थिए। त्यहाँ मेरो उपदेश अनुसार साधना गरेर उनले ती अजेय प्रभुलाई जिते, जो केवल भक्तिको वशमा हुनुहुन्छ ।।४२।।
 
यः क्षत्रबन्धुर्भुवि तस्याधिरूढं
    अन्वारुरुक्षेदपि वर्षपूगैः ।
षट्पञ्चवर्षो यदहोभिरल्पैः
    प्रसाद्य वैकुण्ठमवाप तत्पदम् ॥ ४३ ॥
नेपाली भावानुवादः ध्रुवले बालककालमै थोरै समयको तपस्याबाट भगवान्लाई प्रसन्न पारी वैकुण्ठ पद प्राप्त गरे। यस्तो पद प्राप्त गर्न अरु क्षत्रियहरूलाई हजारौँ वर्ष तपस्या गर्दा पनि कठिन हुन्छ ।।४३।।
 
मैत्रेय उवाच
(अनुष्टुप्)
एतत्तेऽभिहितं सर्वं यत्पृष्टोऽहमिह त्वया ।
ध्रुवस्योद्दामयशसः चरितं सम्मतं सताम् ॥ ४४ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे विदुरजी! तपाईंले मलाई उदारकीर्ति ध्रुवको चरित्रबारे सोध्नुभएको थियो, त्यो मैले सुनाएँ। सज्जनहरू यस कथाको सधैँ प्रशंसा गर्दछन् ।।४४।।
 
धन्यं यशस्यमायुष्यं पुण्यं स्वस्त्ययनं महत् ।
स्वर्ग्यं ध्रौव्यं सौमनस्यं प्रशस्यमघमर्षणम् ॥ ४५ ॥
नेपाली भावानुवादः यो ध्रुवचरित्र धन, यश र आयु बढाउने, अत्यन्त पवित्र र मङ्गलमय छ। यसले पाप नाश गर्छ र अविनाशी पद प्राप्त गराउँछ ।।४५।।
 
श्रुत्वैतत् श्रद्धयाभीक्ष्णं अच्युतप्रियचेष्टितम् ।
भवेद्भक्तिर्भगवति यया स्यात् क्लेशसङ्क्षयः ॥ ४६ ॥
नेपाली भावानुवादः जसले श्रद्धापूर्वक यो चरित्र सुन्दछ, उसलाई भगवान् प्रति भक्ति प्राप्त हुन्छ र सबै दुःखहरूको नाश हुन्छ ।।४६।।
 
महत्त्वमिच्छतां तीर्थं श्रोतुः शीलादयो गुणाः ।
यत्र तेजस्तदिच्छूनां मानो यत्र मनस्विनाम् ॥ ४७ ॥
नेपाली भावानुवादः यो कथा सुन्नेलाई शील आदि गुण प्राप्त हुन्छ। जसले महत्त्व, तेज वा सम्मान चाहन्छ, उसले ती सबै प्राप्त गर्दछ ।।४७।।
 
प्रयतः कीर्तयेत्प्रातः समवाये द्विजन्मनाम् ।
सायं च पुण्यश्लोकस्य ध्रुवस्य चरितं महत् ॥ ४८ ॥
नेपाली भावानुवादः पवित्रकीर्ति ध्रुवजीको यो महान् चरित्र बिहान र बेलुका ब्राह्मणहरूको समाजमा वा एकाग्र चित्तले चिन्तन गर्नुपर्दछ ।।४८।।
 
पौर्णमास्यां सिनीवाल्यां द्वादश्यां श्रवणेऽथवा ।
दिनक्षये व्यतीपाते सङ्क्रमेऽर्कदिनेऽपि वा ॥ ४९ ॥
श्रावयेत् श्रद्दधानानां तीर्थपादपदाश्रयः ।
नेच्छन् तत्रात्मनात्मानं सन्तुष्ट इति सिध्यति ॥ ५० ॥
नेपाली भावानुवादः पूर्णिमा, औँसी, द्वादशी, श्रवण नक्षत्र वा सङ्क्रान्तिका दिन निष्काम भावले यो चरित्र सुनाउने व्यक्ति स्वयं आफ्नो आत्मामा सन्तुष्ट रहन्छ र उसलाई सबै सिद्धि प्राप्त हुन्छ ।।४९-५०।।
 
ज्ञानमज्ञाततत्त्वाय यो दद्यात्सत्पथेऽमृतम् ।
कृपालोर्दीननाथस्य देवास्तस्यानुगृह्णते ॥ ५१ ॥
नेपाली भावानुवादः यो साक्षात् अमृत समान ज्ञान हो। अनभिज्ञ व्यक्तिलाई जसले यो भगवद्-कथा सुनाउँछ, त्यस्तो कृपालु व्यक्तिमाथि देवताहरू प्रसन्न हुन्छन् ।।५१।।
 
(इंद्रवज्रा)
इदं मया तेऽभिहितं कुरूद्वह
    ध्रुवस्य विख्यातविशुद्धकर्मणः ।
हित्वार्भकः क्रीडनकानि मातुः
    गृहं च विष्णुं शरणं यो जगाम ॥ ५२ ॥
नेपाली भावानुवादः हे कुरुनन्दन! बालककालमै खेलौना र घर छोडेर भगवान् विष्णुको शरणमा जाने ध्रुवको यो पवित्र चरित्र मैले तिमीलाई सुनाएँ ।।५२।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां चतुर्थस्कन्धे
ध्रुवचरित नाम द्वादशोऽध्यायः ॥ १२ ॥
🌸 •••••••••• 🌸

यस अध्यायको सारांश :

श्रीमद्भागवतको बाह्रौँ अध्यायमा ध्रुवजीको अन्तिम जीवन र उनको परमपद प्राप्तिको अत्यन्त भावुक तथा गौरवपूर्ण कथा वर्णन गरिएको छ। जब ध्रुवजीले यक्षहरूसँगको युद्ध त्यागेयक्षराज कुबेर उनीसँग प्रसन्न भएर प्रकट हुनुभयो। कुबेरले ध्रुवलाई 'र 'तिमीको अज्ञानताबाट मुक्त हुन र सबै प्राणीमा भगवान्‌को दर्शन गर्न उपदेश दिनुभयो। ध्रुवजीले कुबेरसँग धन वा राज्य नमागेर भगवान् श्रीहरिको अखण्ड स्मृतिको वरदान माग्नुभयो। यसपछि ध्रुवजीले छत्तीस हजार वर्षसम्म न्यायपूर्ण र धर्मसम्मत रूपमा पृथ्वीको शासन गर्नुभयो। उनले आफ्नो शासनकालमा धेरै यज्ञहरू गरे र प्रजालाई सन्तानलाई झैँ स्नेह गरे। अन्तमा आफ्नो छोरा उत्कललाई राज्य सुम्पेर उनी बदरिकाश्रममा तपस्या गर्न गए।

बदरिकाश्रममा ध्रुवजीले कठोर साधना गरी आफ्नो मनलाई भगवान्‌को विराट् स्वरूपमा लीन गराउनुभयो। उनको भक्ति यति प्रगाढ थियो कि उनले आफ्नो देहको समेत होस बिर्सिए। त्यही समयमा उनलाई लिन वैकुण्ठबाट सुनन्द र नन्द नामक दुई पार्षदहरू दिव्य विमान लिएर आए। ध्रुवजीले मृत्युको शिरमा पाइला राखेर विमानमा चढ्ने साहस देखाएजुन उनको महान् आध्यात्मिक शक्तिको प्रतीक थियो। विमानमा चढ्दा उनलाई आफ्नी आमा सुनीतिको चिन्ता भयोतर पार्षदहरूले सुनीति अर्को विमानमा अगाडि नै गइरहेको देखाएपछि उनी ढुक्क भए। ध्रुवजीले सप्तर्षिमण्डल भन्दा पनि माथि रहेको 'ध्रुवलोकप्राप्त गरेजहाँ पुगेपछि मानिस कहिल्यै फर्कनु पर्दैन। यो अध्यायले एउटा सानो बालकको सङ्कल्प कसरी ब्रह्माण्डको अटल सत्य बन्न पुग्यो भन्ने कुराको वर्णन गर्दछ।

यस अध्यायको दार्शनिक पक्ष :

यस अध्यायले जीवनको अन्तिम सत्य र मुक्तिको मार्गलाई दार्शनिक ढङ्गले प्रस्तुत गरेको छ। कुबेरको उपदेशले यो स्पष्ट पार्छ कि संसारमा शत्रु र मित्र भन्ने कुरा अज्ञानताका उपज हुन्सबै घटना काल (समय) को अधीनमा छन्। ध्रुवजीले कुबेरसँग 'अखण्ड स्मृतिमाग्नुको अर्थ हो— जुनसुकै अवस्थामा पनि परमात्मालाई नबिर्सनु नै वास्तविक सम्पत्ति हो। छत्तीस हजार वर्ष राज्य गर्दा पनि उनी अनासक्त रहेजसले 'कर्मयोगको सिद्धान्तलाई पुष्टि गर्दछ। ध्रुवको समाधि अवस्थाले 'भक्तियोगको पराकाष्ठा देखाउँछजहाँ भक्त र भगवान् बीचको भेद हराउँछ। मृत्युको शिरमा पाइला राख्नुको दार्शनिक अर्थ हो— जसले भगवान्‌को शरण लिन्छउसले मृत्युको भयलाई जित्दछ। अन्त्यमाध्रुवलोकको स्थिरताले यो सङ्केत गर्छ कि परिवर्तनशील संसारको माथि एउटा यस्तो सत्य छजो कहिल्यै डगमगाउँदैन।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...