श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – द्वादशोऽध्यायः
मैत्रेय उवाच –
(इंद्रवज्रा)
ध्रुवं निवृत्तं प्रतिबुद्ध्य वैशसाद्
अपेतमन्युं भगवान् धनेश्वरः ।
तत्रागतश्चारणयक्षकिन्नरैः
संस्तूयमानो न्यवदत् कृताञ्जलिम् ॥ १ ॥
मैत्रेयजीले भने –
विदुरजी त्यसपछि ध्रुवको क्रोध शान्तभयो र उनी यक्षको वधबाट निवृत्त भए भन्ने बुझेर त्यहाँ कुवेर आए । त्यस समयमा यक्ष चारण र किन्नर उनकोे स्तुति गरीरहेका थिए । उनलार्र्ई देखेर ध्रुवजी हात हात जोडेर उभिए अनि कुवेरले भने ।।१।।
धनद उवाच –
भो भोः क्षत्रियदायाद परितुष्टोऽस्मि तेऽनघ ।
यत्त्वं पितामहादेशाद् वैरं दुस्त्यजमत्यजः ॥ २ ॥
कुवेरजीले भने –
सुध्द हृदयका क्षत्रीय कुमार ! तिमीले आफ्नो बाजेको उपदेशलार्ई मानेर यो दुस्त्यज वैरलार्ई त्यागिदियौ त्यसैले म तिमीसंग धेरै खुसि छु ।।२।।
(अनुष्टुप्)
न भवान् अवधीद्यक्षान् न यक्षा भ्रातरं तव ।
काल एव हि भूतानां प्रभुरप्ययभावयोः ॥ ३ ॥
बास्तवमा न तिमीले यक्षलार्ई मार्यौ न यक्षले तिम्रो भाइलार्ई मारे । सबै जीवको उत्पत्ति र विनाशको कारण भनेको एकमात्र काल हो ।।३।।
अहं त्वमित्यपार्था धीः अज्ञानात् पुरुषस्य हि ।
स्वाप्नीवाभात्यतद्ध्यानाद् यया बन्धविपर्ययौ ॥ ४ ॥
यस्तो म तिमी भन्ने मिथ्याबुध्दि जीवलार्ई अज्ञानवश सपना समान शरीरलार्ई नै आत्मा भन्नाले भ्रमवश उत्पन्न हुन्छ । यसले मानिसलार्ई बन्धन र दुःख आदि अवस्था प्राप्त हुन्छ ।।४।।
तद्गच्छ ध्रुव भद्रं ते भगवन्तं अधोक्षजम् ।
सर्वभूतात्मभावेन सर्वभूतात्मविग्रहम् ॥ ५ ॥
भजस्व भजनीयाङ्घ्रिं अभवाय भवच्छिदम् ।
युक्तं विरहितं शक्त्या गुणमय्यात्ममायया ॥ ॥ ६ ॥
ध्रुव ! अव तिमी जाउ भगवान्ले तिम्रो मङ्गल गरुन । तिमी सांसारिक वन्धनबाट मुक्त हुनको लागि सबै जीवमा समान धारण राखेर सर्वभूतात्मा भगवान् श्रीहरिको भजन गर त्यसैले सांसारिक वन्धनलार्ई नाश गर्दछ तथा संसारको उत्पत्ति आदिका लागि आफ्नो त्रीगुणात्मिका माया शक्तिले युक्त हुंदा पनि त्यसबाट रहित छ हुनुहुन्छ । उहाँकोे चरणकमल सबैका लागि वन्दनीय छ ।।५।६।।
(इंद्रवज्रा)
वृणीहि कामं नृप यन्मनोगतं
मत्तस्त्वमौत्तानपदेऽविशङ्कितः ।
वरं वरार्होऽम्बुजनाभपादयोः
अनन्तरं त्वां वयमङ्ग शुश्रुम ॥ ७ ॥
प्रियवर ! हामीले सुनेका छौ कि तिमी सधै भगवान् कमलनाभकै चरणकमलमा रहने हौ त्यसैले तिमी वर पाउन योग्य छौ अब तिमीलार्ई जस्तो इच्छा छ निशंक भए मसंग बर माग ।।७।।
मैत्रेय उवाच –
स राजराजेन वराय चोदितो
ध्रुवो महाभागवतो महामतिः ।
हरौ स वव्रेऽचलितां स्मृतिं यया
तरत्ययत्नेन दुरत्ययं तमः ॥ ८ ॥
यसप्रकार यक्षराज कुवेरले वर माग्नको लागि आग्रह गरेपछि महाभागवत महामुनि ध्रुवजीले मलार्ई श्रीहरिको अखण्ड स्मृति रहिरहोस् जसबाट मानिसले यो दुस्तर महासागरबाट पार पाउन सकोस भरि वर मागे ।।८।।
(अनुष्टुप्)
तस्य प्रीतेन मनसा तां दत्त्वैडविडस्ततः ।
पश्यतोऽन्तर्दधे सोऽपि स्वपुरं प्रत्यपद्यत ॥ ९ ॥
इडविडाका छोरा कुवेरले खुसि हुंदै उनलार्र्ई भगवान् स्मृतिको वरदान दिएर अन्तर्धान भए । त्यसपछि ध्रुव पनि आफ्नो राजधानीमा फर्के ।।९।।
अथायजत यज्ञेशं क्रतुभिर्भूरिदक्षिणैः ।
द्रव्यक्रियादेवतानां कर्म कर्मफलप्रदम् ॥ १० ॥
राजपाठमा रहदा उनले ठुलाठुला यज्ञ गरेर भगवान् यज्ञपुरुषको आराधना गरे । द्व्य, क्रिया र देवता सम्बन्धि समस्त कर्मको फल वहाँ नै हो ।उहाँले नै सम्पूर्या कमएको फल दिनुहुन्छ ।।१०।।
सर्वात्मनि अच्युतेऽसर्वे तीव्रौघां भक्तिमुद्वहन् ।
ददर्शात्मनि भूतेषु तं एव अवस्थितं विभुम् ॥ ११ ॥
मैत्रेयजीले भने–
विदुरजी !
सम्पुर्ण उपाधिबाट सुन्य सर्वात्मा अच्युतमा प्रवल वेगयुक्त भक्तिभाव राखेर ध्रुवजी आफमा र सबै प्राणीमा श्रीहरि विराजमान हुनुभएको देख्न थाले ।।११।।
तमेवं शीलसम्पन्नं ब्रह्मण्यं दीनवत्सलम् ।
गोप्तारं धर्मसेतूनां मेनिरे पितरं प्रजाः ॥ १२ ॥
ध्रुवजी शिलसम्पन्न, ब्राम्हणभक्त दीनवत्सल र धर्म मर्यादाका रक्षक थिए । प्रजाहरू उनलार्र्ई साक्षात पिता ठान्दथे ।।१२।।
षट्त्रिंशद् वर्षसाहस्रं शशास क्षितिमण्डलम् ।
भोगैः पुण्यक्षयं कुर्वन् अभोगैः अशुभक्षयम् ॥ १३ ॥
यसप्रकार अनेकौ ऐश्वर्यभोग गरे । त्यसैगरी पुण्य र भोगलार्ई त्यागपुर्वक यज्ञादि कर्महरूको उनुष्ठान द्वारा पापहरू पखालेर उनले छत्तिसहजार वर्षसम्म पृथ्वीको शासन गरे ।।१३।।
एवं बहुसवं कालं महात्माविचलेन्द्रियः ।
त्रिवर्गौपयिकं नीत्वा पुत्रायादान् नृपासनम् ॥ १४ ॥
जितेन्द्रिय महात्मा ध्रुवले यसरी अर्थ, धर्म र कामको सम्पादनमा धेरै वर्ष विताएर अन्तमा आफ्ना छोरा उत्कललार्ई राज्य सिंहासन सुम्पे ।।१४।।
मन्यमान इदं विश्वं मायारचितमात्मनि ।
अविद्यारचितस्वप्न गन्धर्वनगरोपमम् ॥ १५ ॥
(वसंततिलका)
आत्मस्त्र्यपत्यसुहृदो बलमृद्धकोशम्
अन्तःपुरं परिविहारभुवश्च रम्याः ।
भूमण्डलं जलधिमेखलमाकलय्य
कालोपसृष्टमिति स प्रययौ विशालाम् ॥ १६ ॥
यो सबै दृष्य–प्रपञ्चको अविद्या रचित स्वप्न र गन्धर्वनगरको समान मायाले कल्पिएको मानेर रमणीय विहारभूमि र समुद्र पर्यन्त भूमण्डलका राज्य कालको वसमा परेकाछन भन्ने संझेर उनी वदरिकाश्रम तिर लागे ।।१५।१६।।
तस्यां विशुद्धकरणः शिववार्विगाह्य
बद्ध्वाऽऽसनं जितमरुन्मनसाऽऽहृताक्षः ।
स्थूले दधार भगवत्प्रतिरूप एतद्
ध्यायन् तदव्यवहितो व्यसृजत्समाधौ ॥ १७ ॥
त्यहाँ उनले पवित्र जलमा स्नान गरेर आफ्नो शरीरलार्ई सुध्द र शान्त गरे । त्यसपछि स्थिर आशनमा बसेर प्रणायामद्वारा वायु्लार्ई वशमा लिए । बाहिरी विषयलार्ई मनद्वारा हटाए, मनलार्ई भगवानको स्थूल विराटरूपमा स्थीर गरे । अनि उनै विराटरूपको चिन्तन गर्नलागे र अन्त्यमा ध्याता र ध्येयको भेदबाट सुन्य निर्विकल्प समाधिमा लीन भए । त्यस अवस्थामा त्यो विराटरूपलार्ई पनि त्यागिदिए ।।१७।।
भक्तिं हरौ भगवति प्रवहन्नजस्रम्
आनन्दबाष्पकलया मुहुरर्द्यमानः ।
विक्लिद्यमानहृदयः पुलकाचिताङ्गो
नात्मानमस्मरदसाविति मुक्तलिङ्गः ॥ १८ ॥
यसप्रकार भगवान् श्रीहरि प्रति निरन्तर भक्तिभावको प्रवाहमा रहनाले उनकोे आँखाबाट आनन्दको आँसु आउँथ्यो । जसले गर्दा उनकोे हृदय द्रविभूत भयो । शरीर रोमाञ्च हुनलाग्यो । फेरी देहाभिमानबाट गलित हुनाले उनलार्र्ई म ध्रुव हुं भन्ने सम्झना पनि भएन ।।१८।।
(अनुष्टुप्)
स ददर्श विमानाग्र्यं नभसोऽवतरद् ध्रुवः ।
विभ्राजयद् दश दिशो राकापतिमिवोदितम् ॥ १९ ॥
त्यसै समयमा ध्रुवले आकासमा सुन्दर विमान देखे जसले सबै दिशाहरूमा आफ्नो प्रकाश फैलार्ईरहेको थियो । त्यो पूर्णिमाको चन्द्रमा जस्तो देखिन्थ्यो ।।१९।।
(इंद्रवज्रा)
तत्रानु देवप्रवरौ चतुर्भुजौ
श्यामौ किशोरावरुणाम्बुजेक्षणौ ।
स्थिताववष्टभ्य गदां सुवाससौ
किरीटहाराङ्गदचारुकुण्डलौ ॥ २० ॥
जस्मा गदाको सहारा लिएर दुई पार्षदहरू उभिएका थिए । उनीहरूको चारहात सुन्दर शरीर थियो र युवा अवस्थाका थिए । उनीहरूको आँखा अरुणकमल समान थियो । सुन्दर वस्त्र लगाएका किरिट, हार, भुजवन्ध र राम्रा कुण्डल धारणा गरेका थिए ।।२०।।
विज्ञाय तावुत्तमगायकिङ्करौ
अभ्युत्थितः साध्वसविस्मृतक्रमः ।
ननाम नामानि गृणन्मधुद्विषः
पार्षत्प्रधानौ इति संहताञ्जलिः ॥ २१ ॥
उनीहरू पुण्यश्लोक श्रीहरिका सेवक थिए । ध्रुवजी हडवडाएर उनीहरूको आदर सत्कारलार्ई विर्सिएर त्यसै उभिए । पछि यिनीहरू भगवानका पार्षद हुन् भन्ने सोचेर हात जोडेर भगवान् मदुसुदनको नाम उच्चारण गरेर उनीहरुलाई नमस्कार गरे ।।२१।।
तं कृष्णपादाभिनिविष्टचेतसं
बद्धाञ्जलिं प्रश्रयनम्रकन्धरम् ।
सुनन्दनन्दावुपसृत्य सस्मितं
प्रत्यूचतुः पुष्करनाभसम्मतौ ॥ २२ ॥
ध्रुवजीको मन भगवानको चरणकमलमा तल्लिन भएको थियो । उनी हात जोडेर नम्रपुर्वक उभिरहे । त्यसपछि श्रीहरिका प्यारा पार्षदहरूले उनकोे नजिक गएर हाँस्दै भन्नलागे ।।२२।।
सुनन्दनन्दावूचतुः –
(अनुष्टुप्)
भो भो राजन् सुभद्रं ते वाचं नोऽवहितः श्रृणु ।
यः पञ्चवर्षस्तपसा भवान् देवमतीतृपत् ॥ २३ ॥
सुनन्द र नन्दले भने–
राजन ! तपाईको कल्याण होस् । तपाई मन लगाएर हाम्रो कुरा सुन्नुहोस । तपाईले पाँचवर्षको हुंदैमा तपस्या गरेर सर्वेश्वर श्रीहरिलार्ई प्रसन्न गराउँनु भयो ।।२३।।
तस्याखिलजगद्धातुः आवां देवस्य शार्ङ्गिणः ।
पार्षदौ इविह सम्प्राप्तौ नेतुं त्वां भगवत्पदम् ॥ २४ ॥
हामी उनै निखिलजगन्नियन्ता शाङ्र्गपाणि भगवान् विष्णुका सेवक हौं । हामी तपाईलार्ई धाममा लिएर जान यहाँ आएकाहौं ।।२४।।
(इंद्रवज्रा)
सुदुर्जयं विष्णुपदं जितं त्वया
यत्सूरयोऽप्राप्य विचक्षते परम् ।
आतिष्ठ तच्चन्द्रदिवाकरादयो
ग्रहर्क्षताराः परियन्ति दक्षिणम् ॥ २५ ॥
तपाईले आफ्नो भक्तिको प्रभावले विष्णुलोकको अधिकार प्राप्त गर्नुभएको छ । जुन अरुकालागि धेरै दुर्लभ छ । परमज्ञानी सप्तऋषिहरू पनि त्यहाँसम्म पुग्न सक्तैनन् उनीहरूता तलैबाट हेर्न मात्र सक्दछन् । सूर्य र चन्दमा आदि ग्रहहरू, नक्षत्र एवं तारागण पनि उसलार्र्ई प्रदक्षिणा गर्दछन । अब तपाई उहि विष्णुलोकमा बस्नको लागि हिड्न्होस ।।२५।।
(अनुष्टुप्)
अनास्थितं ते पितृभिः अन्यैरप्यङ्ग कर्हिचित् ।
आतिष्ठ जगतां वन्द्यं तद्विष्णोः परमं पदम् ॥ २६ ॥
पृयवर ! अहिलेसम्म तपाईका पूर्व वंशहरू कोहिपनि त्यस्तो पदमा पुगेका छैनन । त्यस्तो विष्णु भगवानको परमधाम सबै संसारका लागि वन्दनिय छ । तपाई वहिं गएर बस्नुहोस ।।२६।।
एतद्विमानप्रवरं उत्तमश्लोकमौलिना ।
उपस्थापितमायुष्मन् अधिरोढुं त्वमर्हसि ॥ २७ ॥
आयुष्मान यो उत्तम खालको विमान पुण्यश्लोक शिखामणि श्रीहरिले तपाईकै लागि पठाउनु भएको हो । तपाई यस्मा बस्नुहोस ।।२७।।
मैत्रेय उवाच –
(इंद्रवज्रा)
निशम्य वैकुण्ठनियोज्यमुख्ययोः
मधुच्युतं वाचमुरुक्रमप्रियः ।
कृताभिषेकः कृतनित्यमङ्गलो
मुनीन् प्रणम्याशिषमभ्यवादयत् ॥ २८ ॥
भगवानका प्रमुख पार्षदहरूबाट यस्तो अमृतमय वचन सुनेर परमभागवत ध्रुवजीले स्नान गरे अनि सन्ध्या कर्महरू बाट निवृत्त भएर माङ्गलिक अलङ्गकार धारण गरे । बदरीकाश्रममा भएका मुनिहरूलार्ई प्रणाम गरेर उनीहरूसंग आशीर्वाद लिए ।।२८।।
(अनुष्टुप्)
परीत्याभ्यर्च्य धिष्ण्याग्र्यं पार्षदौ अवभिवन्द्य च ।
इयेष तदधिष्ठातुं बिभ्रद्रूपं हिरण्मयम् ॥ २९ ॥
मैत्रेयजीले भने–
त्यसपछि त्यस श्रेष्ठ विमानलार्ई पूजा प्रदक्षिण गरे, पार्षदहरूलार्ई प्रणाम गरे अनि सुन जस्तै कान्तिमान दिव्यरूप धारण गरेर त्यस विमानमा चड्न भनि तयार भए । त्यतिबेला उनले काललार्ई मुर्तिैमान भएर उभिएको देखे । तव उनी मृत्युको सिरमा खुट्टा राखेर त्यस विमानमा चढे ।।३०।।
तदोत्तानपदः पुत्रो ददर्शान्तकमागतम् ।
मृत्योर्मूर्ध्नि पदं दत्त्वा आरुरोहाद्भुतं गृहम् ॥ ३० ॥
तदा दुन्दुभयो नेदुः मृदङ्गपणवादयः ।
गन्धर्वमुख्याः प्रजगुः पेतुः कुसुमवृष्टयः ॥ ३१ ॥
त्यस समयमा आकासमा दुन्दुभि, मृदंग र ढोल आदि बज्न लागे, श्रेष्ठ गन्धर्भहरू गाउँन लागे र फूलको वर्षा हुनलाग्यो ।।३१।।
स च स्वर्लोकमारोक्ष्यन् सुनीतिं जननीं ध्रुवः ।
अन्वस्मरदगं हित्वा दीनां यास्ये त्रिविष्टपम् ॥ ३२ ॥
विमानमा बसेर धु्रवजी भगवानको धाम जान तयार भएका बखत उनलार्र्ई आफ्नी आमा सुनितिको सम्झना भयो । उनले विचार गरेकी म आफ्नी आमालार्ई छाडेर एक्ले कसरी वैकुुण्ठ जाउँ ? ।।३२।।
इति व्यवसितं तस्य व्यवसाय सुरोत्तमौ ।
दर्शयामासतुर्देवीं पुरो यानेन गच्छतीम् ॥ ३३ ॥
नन्द सुनन्दले ध्रुवको मनको कुरा बुझेर भने सुनिति अर्को विमानमा अगाडि अगाडि जादैछिन् ।।३३।।
तत्र तत्र प्रशंसद्भिः पथि वैमानिकैः सुरैः ।
अवकीर्यमाणो ददृशे कुसुमैः क्रमशो ग्रहान् ॥ ३४ ॥
उनले क्रमशः सूर्य लगायत सबै ग्रहहरूलार्ई देखे । बाटोमा देवताहरू सबैतिरबाट फूल बर्षाउँदे उनकोे प्रशंसा गर्दथे ।।३४।।
त्रिलोकीं देवयानेन सोऽतिव्रज्य मुनीनपि ।
परस्ताद्यद्ध्रुवगतिः विष्णोः पदमथाभ्यगात् ॥ ३५ ॥
त्यो दिव्य विमानमा बसेर ध्रुवजी तिनैलोकलार्ई पार गरेर सप्तऋषिमण्डल भन्दापनि माथि भगवान् विष्णुको नित्यधाममा पुगे । यसरी उनलार्र्ई अविचल गति प्राप्त भयो ।
(इंद्रवज्रा)
यद्भ्राजमानं स्वरुचैव सर्वतो
लोकास्त्रयो ह्यनु विभ्राजन्त एते ।
यन्नाव्रजन्जन्तुषु येऽननुग्रहा
व्रजन्ति भद्राणि चरन्ति येऽनिशम् ॥ ३६ ॥
(अनुष्टुप्)
शान्ताः समदृशः शुद्धाः सर्वभूतानुरञ्जनाः ।
यान्त्यञ्जसाच्युतपदं अच्युतप्रियबान्धवाः ॥ ३७ ॥
इत्युत्तानपदः पुत्रो ध्रुवः कृष्णपरायणः ।
अभूत्त्रयाणां लोकानां चूडामणिरिवामलः ॥ ३८ ॥
कुरुनन्दन ! जसरी दाउनी गर्दा खम्बाको चरो र गोरु घुम्दछ त्यसैप्रकार गम्भिर वेग भएको ज्योतिश्चक्र त्यो अविनाशी धु्रवलोकको आश्रयले निरन्तर घुमिरहन्छ ।।३९।।
गम्भीरवेगोऽनिमिषं ज्योतिषां चक्रमाहितम् ।
यस्मिन् भ्रमति कौरव्य मेढ्यामिव गवां गणः ॥ ३९ ॥
महिमानं विलोक्यास्य नारदो भगवान् ऋषिः ।
आतोद्यं वितुदन् श्लोकान् सत्रेऽगायत् प्रचेतसाम् ॥ ४० ॥
त्यहाँ उसकोे महिमा देखेर नारदजीले प्रचेताहरूलार्ई यज्ञशालामा वीणा बजाएर यस्तो तीन श्लोक गाएका थिए ।।४०।।
नारद उवाच –
(इंद्रवज्रा)
नूनं सुनीतेः पतिदेवतायाः
तपःप्रभावस्य सुतस्य तां गतिम् ।
दृष्ट्वाभ्युपायानपि वेदवादिनो
नैवाधिगन्तुं प्रभवन्ति किं नृपाः ॥ ४१ ॥
यस्मा सन्देह छैन ! पतिपरायण सुनितिका छोरा ध्रुवले तपस्याद्वारा अद्भूत शक्ति सञ्चय गरेर जुन गति पाए त्यस्तो भगवद्धामलाई वेदवादि मुनिगण पनि पाउँन सक्तैनन् भने अरु राजाको त के कुरा नै भयो र ।।४१।।
यः पञ्चवर्षो गुरुदारवाक्शरैः
भिन्नेन यातो हृदयेन दूयता ।
वनं मदादेशकरोऽजितं प्रभुं
जिगाय तद्भक्तगुणैः पराजितम् ॥ ४२ ॥
अहो ! उनी पाँच वर्षको उमेर मै सौतेनी आमाको वचनको वाणले मर्माहत भएर दुखी हुंदै बनमा गएका थिए । त्यहाँ मेरै उपदेश अनुसार आचरण गरेर उनले अजेय प्रभुलार्ई जितेका थिए, जुन आफ्नो भक्ति गुणले नै वशमा आउँछन् ।।४२।।
यः क्षत्रबन्धुर्भुवि तस्याधिरूढं
अन्वारुरुक्षेदपि वर्षपूगैः ।
षट्पञ्चवर्षो यदहोभिरल्पैः
प्रसाद्य वैकुण्ठमवाप तत्पदम् ॥ ४३ ॥
धु्रवले पाँच छ वर्षको अवस्था मै केहिदिनको तपस्याबाटै भगवान्लार्ई प्रसन्न गराएर वहाँँको पद प्राप्त गरेका थिए । यस्तो पदलाई अरु क्षेत्रीयहरुले हजारौं वर्ष तपस्या गर्दा पनि पाउँन सक्तैनन ।।४३।।
मैत्रेय उवाच –
(अनुष्टुप्)
एतत्तेऽभिहितं सर्वं यत्पृष्टोऽहमिह त्वया ।
ध्रुवस्योद्दामयशसः चरितं सम्मतं सताम् ॥ ४४ ॥
मैत्रेयजीले भने–
विदुरजी ! मसंग उदारकीर्ति ध्रुवको चरित्रका बारेमा सोधेका थियौ । त्यसकोे बारेमा मैले तिमीलार्ई सुनाएं । साधुहरू यस चरित्रको प्रशंसा गर्दछन् ।।४४।।
धन्यं यशस्यमायुष्यं पुण्यं स्वस्त्ययनं महत् ।
स्वर्ग्यं ध्रौव्यं सौमनस्यं प्रशस्यमघमर्षणम् ॥ ४५ ॥
नारदजीले भनेका थिए–
यो धन, यश, र आयुको बढाउने परम पवित्र र अत्यन्त मङ्गलमय छ । यसबाट अविनाशी पद पनि प्राप्त हुनसक्छ । यो देवता प्राप्त गर्ने गराउँने भएको पाप नाश गर्ने भएकोले बडो प्रशंसनिय छ ।।४५।।
श्रुत्वैतत् श्रद्धयाभीक्ष्णं अच्युतप्रियचेष्टितम् ।
भवेद्भक्तिर्भगवति यया स्यात् क्लेशसङ्क्षयः ॥ ४६ ॥
भगवद्भक्त ध्रुवको यो चरित्र जसले श्रध्दापूर्वक सुन्दछ उसलार्र्ई भगवान् प्राप्ति हुन्छ र उसकोे सबै दुःख नाश भएर जान्छ ।।४६।।
महत्त्वमिच्छतां तीर्थं श्रोतुः शीलादयो गुणाः ।
यत्र तेजस्तदिच्छूनां मानो यत्र मनस्विनाम् ॥ ४७ ॥
यस चरित्र सुन्नेलार्ई शीलादि गुण प्राप्त हुन्छ । जसले महत्व चाहान्छन् उनले महत्व पाउँदछन्, जो तेज चाहान्छन् उसलार्र्ई तेज प्राप्त हुन्छ र यसले मनिसको मान बढाउँदछ ।।४७।।
प्रयतः कीर्तयेत्प्रातः समवाये द्विजन्मनाम् ।
सायं च पुण्यश्लोकस्य ध्रुवस्य चरितं महत् ॥ ४८ ॥
पवित्रकीर्ति ध्रुवजीको यस महान चरित्र बिहान, साँझ ब्राम्हणका समाजमा एकाग्र चित्तले चिन्तन गर्नुपर्दछ ।।४८।।
पौर्णमास्यां सिनीवाल्यां द्वादश्यां श्रवणेऽथवा ।
दिनक्षये व्यतीपाते सङ्क्रमेऽर्कदिनेऽपि वा ॥ ४९ ॥
श्रावयेत् श्रद्दधानानां तीर्थपादपदाश्रयः ।
नेच्छन् तत्रात्मनात्मानं सन्तुष्ट इति सिध्यति ॥ ५० ॥
भगवानको परमपवित्र चरणको शरणमा रहने जो कोहिपनि यसलाार्ई निष्काम भावले पूर्णिमा, औसी, द्वादशी, श्रवण नक्षत्र, क्षय तिथि, व्यतिपात, संक्रान्ति अथवा आईतवारको दिन श्रध्दालु पुरुषलार्ई सुनाउँदछ भने त्यो स्वयं आफ्नो आत्मामा नै सन्तुष्ट रहन्छ र सबै सिध्द मिल्दछ ।।४९।५०।।
ज्ञानमज्ञाततत्त्वाय यो दद्यात्सत्पथेऽमृतम् ।
कृपालोर्दीननाथस्य देवास्तस्यानुगृह्णते ॥ ५१ ॥
यो साक्षात भगवद्विषयको अमृत ज्ञान हो । भगवद्धर्म एवं मर्मबाट अनभिज्ञ भएकालाई जसले यो भगवतामृत प्रदान गर्दछ भने त्यस्तो दीनवत्सल कृपालु ब्यक्तिलार्ई देवताले अनुग्रह गर्दछन् ।।५१।।
(इंद्रवज्रा)
इदं मया तेऽभिहितं कुरूद्वह
ध्रुवस्य विख्यातविशुद्धकर्मणः ।
हित्वार्भकः क्रीडनकानि मातुः
गृहं च विष्णुं शरणं यो जगाम ॥ ५२ ॥
ध्रुवजीको कर्म सबैतिर प्रसिध्द र परम पवित्र छ । उनी आफ्नो वात्सल्यवस्थामा नै आमाको घर छोडेर श्री विष्णु भगवानको शरणमा गएका थिए । कुरुदन्दन ! उनको यो पवित्र चरित्र मैले तिमीलार्ई सुनाएं ।।५२।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे ध्रुवचरित नाम द्वादशोऽध्यायः ॥ १२ ॥