#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः एकाशीतितमोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः  एकाशीतितमोऽध्यायः


शुक उवाच–
(अनुष्टुप्)
स इत्थं द्विजमुख्येन सह सङ्‌कथयन् हरिः ।
सर्वभूतमनोऽभिज्ञः स्मयमान उवाच तम् ॥ १ ॥
ब्रह्मण्यो ब्राह्मणं कृष्णो भगवान् प्रहसन् प्रियम् ।
प्रेम्णा निरीक्षणेनैव प्रेक्षन् खलु सतां गतिः ॥ २ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे प्रिय परीक्षित ! ती श्रीदामासंग यसरी कुरा गर्दा सबैको मनको भावलाई जान्नुहुने ब्राह्मणहरूका परम भक्त र सत्पुरुषका एकमात्र आश्रय भगवान श्रीकृष्णले मुस्कुराउँदै आफ्ना मित्र ती श्रीदामा ब्राह्मणलाई यसो भन्नुभयो ।।१–२ ।। 
श्रीभगवानुवाच (
किमुपायनमानीतं ब्रह्मन्मे भवता गृहात् ।
अण्वप्युपाहृतं भक्तैः प्रेम्णा भुर्येव मे भवेत् ।
भूर्यप्यभक्तोपहृतं न मे तोषाय कल्पते ॥ ३ ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे ब्राह्मण ! हजुरले घरबाट मेरो लागि के उपहार ल्याउनु भएको छ ? मेरा लागि भक्तहरूले सानो कुरा पनि प्रेमपूर्वक अर्पण गर्छन् त्यो मेरो लागि धेरै हुन्छ । तर अभक्तहरूले मलाई धेरै कुराहरू दिए पनि म त्यसबाट सन्तुष्ट हुन सक्तिन ।।३।। 
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ॥ ४ ॥
यदि कुनै व्यक्तिले प्रेम र भक्तिले मलाई फलफूल, फूल, पात वा पानी जे होस् त्यो भक्ति पूर्वक अर्पण चढाउँछ भने पवित्र र शुद्ध मनले अर्पण गरेको कुरालाई म तुरुन्तै स्वीकार गरेर खान्छु ।।४।। 
हे महाराज परीक्षित ! भगवान कृष्णले त्यसो भनेपछि पनि, ती ब्राह्मणले लाजले शिर निहुर्याए । उनले त्यो चार मुठी चिउरा लक्ष्मीपतिलाई श्रीकृष्णलाई दिएनन् ।।५।। 
इत्युक्तोऽपि द्विजस्तस्मै व्रीडितः पतये श्रियः ।
पृथुकप्रसृतिं राजन् न प्रायच्छदवाङ्मुखः ॥ ५ ॥
सर्वभूतात्मदृक् साक्षात् तस्यागमनकारणम् ।
विज्ञायाचिन्तयन्नायं श्रीकामो माभजत्पुरा ॥ ६ ॥
पत्न्याः  पतिव्रतायास्तु सखा प्रियचिकीर्षया ।
प्राप्तो मामस्य दास्यामि सम्पदोऽमर्त्यदुर्लभाः ॥ ७ ॥
हे महाराज ! भगवान श्रीकृष्ण सबै प्राणीहरूको हृदयको भावलाई जान्नुहुन्छ । उहाँले ती ब्राह्मणको आउनुको कारण थाहा पाइहाल्नुभयो । भगवानले विचार गनुभयो यी मेरा साथीले सम्पत्तिको चाहनाले कहिले पनि मेरो सेवा गरेका थिएनन् तर आज यिनले आफ्नी श्रीमतीको कार्य सिध्द गर्नकालागि मकहाँ आएका छन् त्यसैले म अब यिनको चाहानालाई पुरा गर्न देवताहरुलाई समेत दुर्लभ भएको ऐश्वर्य दिनेछु ।।५–७।।
इत्थं विचिन्त्य वसनाच्चीरबद्धान्द्विजन्मनः ।
स्वयं जहार किमिदमिति पृथुकतण्डुलान् ॥ ८ ॥
यस्तो बिचार गरेर भगवान कृष्णले ती ब्राह्मणको लुगामा बाँधिएको चामलको पोकोलाई यो के हो ? भनेर आफैले थुतेर निकाल्नुभयो ।।८।। 
नन्वेतदुपनीतं मे परमप्रीणनं सखे ।
तर्पयन्त्यङ्‌ग मां विश्वमेते पृथुकतण्डुलाः ॥ ९ ॥
अनि भगवान् ले भन्नुभयो हे साथी ! हजुरले मेरो लागि एकदमै प्यारो लाग्ने उपहार ल्याउनुभयो । यो चिउराले मलाई मात्र होइन, सारा संसारलाई तृप्त गराउदछ ।।९।। 
इति मुष्टिं सकृज्जग्ध्वा द्वितीयां जग्धुमाददे ।
तावच्छ्रीर्जगृहे हस्तं तत्परा परमेष्ठिनः ॥ १० ॥
यसो भन्दै भगवानले एक मुठ्ठी चिउरा खानुभयो र दोस्रो मुठ्ठी खान भनेर हातमा लिएको बेलामा भगवतपरायण लक्ष्मरुपिणी रुक्मिणीले भगवान कृष्णको हात समान्नुभयो ।।१०।।
एतावतालं विश्वात्मन् सर्वसम्पत्समृद्धये ।
अस्मिँल्लोकेऽथवामुष्मिन् पुंसस्त्वत्तोषकारणम् ॥ ११ ॥
रुक्मिणीजीले भन्नुभयो– हे विश्वात्मा ! मानिसका लागि यसलोकमा र मरेपछिको परलोकको समेत ऐश्वर्य प्राप्त गर्नका लागि एक मुठि नै पर्याप्त हुनेछ ।  किनकि यति बाट हजुर प्रसन्न हुनुहुन्छ ।।११।। 
ब्राह्मणस्तां तु रजनीमुषित्वाच्युतमन्दिरे ।
भुक्त्वा पीत्वा सुखं मेने आत्मानं स्वर्गतं यथा ॥ १२ ॥
त्यो रात ती ब्राह्मण सुदामा भगवान कृष्णको दरबारमा बसे । उनले त्यहाँ आनन्दसंग खानपान गरे । उनलाई भगवान् श्रीकृष्णको महलमा बस्दा आफू वैकुण्ठ पुगेको जस्तो महसुस गरे ।।१२।। 
श्वोभूते विश्वभावेन स्वसुखेनाभिवन्दितः ।
जगाम स्वालयं तात पथ्यनुव्रज्य नन्दितः ॥ १३ ॥
स चालब्ध्वा धनं कृष्णान्न तु याचितवान् स्वयम् ।
स्वगृहान् व्रीडितोऽगच्छन्महद्दर्शननिर्वृतः ॥ १४ ॥
हे परीक्षित ! भोलिपल्टको दिन भगवानबाट अभिनन्दित भएकाले धेरै प्रसन्न भएर आफ्नो घरतिर लागे ।  भगवान् दर्शन गर्न पाएका ती श्रीदामा ब्राह्मणले श्रीकृष्णबाट कुनै सम्पत्ति पाएनन् र उनले केही माग्दापनि मागेनन् तैपनि उनी प्रसन्न मनले अलि लजाउदै आफ्नो घरतिर फर्के ।।१३–१४।।
अहो ब्रह्मण्यदेवस्य दृष्टा ब्रह्मण्यता मया ।
यद् दरिद्रतमो लक्ष्मीमाश्लिष्टो बिभ्रतोरसि ॥ १५ ॥
बाटोमा उनले मनमनै सोच्न थाले– ओहो, कस्तो खुशी र अचम्मको कुरा ! आज मैले आफ्नै आँखाले भगवान श्रीकृष्णको ब्राह्मण भक्तिको प्रत्यक्ष अनुभव गरें । धन्य ! जसको छातीमा देवी लक्ष्मी स्वयं सधैं बास गर्छिन उनै भगवानले आज म एक निर्धन व्यक्तिलाई अंकमाल गर्नुभयो ।।१५।। 
क्वाहं दरिद्रः पापीयान् क्व कृष्णः श्रीनिकेतनः ।
ब्रह्मबन्धुरिति स्माहं बाहुभ्यां परिरम्भितः ॥ १६ ॥
कहाँ म अत्यन्तै पापी र गरिब व्यक्ति हुँ भने कहाँ लक्ष्मीपति भगवान् श्रीकृष्ण । तर पनि भगवान् श्रीकृष्णले म आफू ब्राह्मण भएको कारणले नै वहाँले मलाई आफ्नो अंगालोमा हाल्नुभएको हो ।।१६।। 
निवासितः प्रियाजुष्टे पर्यङ्‌के भ्रातरो यथा ।
महिष्या वीजितः श्रान्तो वालव्यजनहस्तया ॥ १७ ॥
यतिमात्र होइन, उहाँले मलाई उहाँकी प्रिय रुक्मिणीजी बसेको पलंगमा आफ्नै दाजुजस्तो मानेर राख्नुभयो । त्यतिबेला म थाकेको थिएँ, रुक्मिणीले आफैंले आफ्नो हातले हम्किदिएर मेरो सेवा गर्नुभयो ।।१७।। 
शुश्रूषया परमया पादसंवाहनादिभिः ।
पूजितो देवदेवेन विप्रदेवेन देववत् ॥ १८ ॥
ओहो ! देवताहरूद्वारा पूजा गरिने देवता भए तापनि भगवानले आफैले मेरा पाउ धोएर देवता जस्तो मानेर मलाई सत्कार गर्नुभयो ।।१८।।
स्वर्गापवर्गयोः पुंसां रसायां भुवि सम्पदाम् ।
सर्वासामपि सिद्धीनां मूलं तच्चरणार्चनम् ॥ १९ ॥
वहाँको चरणको सेवाबाट स्वर्ग, मुक्ति, पृथ्वी र पाताल र सबैलोकको ऐश्वर्य प्राप्त गराउदछ । त्यसैले सबै सिध्दि प्राप्त गर्ने मुल आधार नै उहाँको चरणको पूजा हो ।।१९।। 
अधनोऽयं धनं प्राप्य माद्यात् उच्चैः न मां स्मरेत् ।
इति कारुणिको नूनं धनं मेऽभूरि नाददात् ॥ २० ॥
निश्चय नै परम दयालु भगवानले यो गरिब ब्राह्मणले सम्पत्ति पायो भने मात्तिएर मलाई बिर्सिएला भनेरे मलाई अलिकता पनि सम्पत्ति दिनुभएन ।।२०।।
इति तच्चिन्तयन्नन्तः प्राप्तो नियगृहान्तिकम् ।
सूर्यानलेन्दुसङ्‌काशैर्विमानैः सर्वतो वृतम् ॥ २१ ॥
विचित्रोपवनोद्यानैः कूजद्द्वि जकुलाकुलैः ।
प्रोत्फुल्लकमुदाम्भोजकह्लारोत्पलवारिभिः ॥ २२ ॥
जुष्टं स्वलङ्‌कृतैः पुम्भिः स्त्रीभिश्च हरिणाक्षिभिः ।
किमिदं कस्य वा स्थानं कथं तदिदमित्यभूत् ॥ २३ ॥
मनमा यस्तै सोच्दै ती ब्राह्मण आफ्नो घर नजिकै पुगे । त्यहाँ उनले चन्द्रसूर्य समान अत्यन्त चम्किला महलले घेरिएको आफ्नो घर थियो । घरको वरिपरी पोखरीहरु, बिभिन्न वन उपवन, बगैचाले युक्त थियो । रुख विरुवामा अनेक किसिमका पंक्षीहरु मिठो आवाज निकालेर कराइरहेका थिए । पोखरीका र तालका पानीमा कुमुद, कल्ह्वार र कमलहरु फलिरहेका थिए । राम्रो वस्तले सिंगारिएका नारी र पुरुषहरु महलमा यतउनी घुमिरहेका देखिन्थे । यस्तो ठाउँ र महलहरु देखेर ती ब्राह्मणले म यो के देखिरहेको छु ? यो कुन ठाउँ होला ? आफैं बसेको ठाउँ अहिले यस्तो कसरी भयो भनेर सोच्नथाले ।।२१–२३।। 
एवं मीमांसमानं तं नरा नार्योऽमरप्रभाः ।
प्रत्यगृह्णन् महाभागं गीतवाद्येन भूयसा ॥ २४ ॥
उनले यसरी सोचिरहेको अवस्थामा देवताहरू जस्तै सुन्दर पुरुष र स्त्रीहरूले अनेक वाद्यवादन गरेर गीत गाउँदै ती श्रीदामा ब्राह्मणको स्वागत गरे ।।२४।। 
पतिमागतमाकर्ण्य पत्न्यु द्धर्षातिसम्भ्रमा ।
निश्चक्राम गृहात्तूर्णं रूपिणी श्रीरिवालयात् ॥ २५ ॥
आफ्नो पतिको आगमनको शुभ समाचार सुनेपछि ती ब्राह्मणकी पत्नी धेरै खुसी भइन् र हडबडाउदै कमलवनबाट लक्ष्मी आएझैं गरी घरबाट बाहिर निस्किइन् ।।२५।। 
पतिव्रता पतिं दृष्ट्वा  प्रेमोत्कण्ठाश्रुलोचना ।
मीलिताक्ष्यनमद् बुद्ध्या मनसा परिषस्वजे ॥ २६ ॥
आफ्ना पतिलाई देखेर, ती श्रीदामाकी पतिव्रता पत्नीको आँखाबाट प्रेमको आँसु झर्यो । उसले आँखा बन्द गरेर आँसुलाई बन्द गरिन् । त्यसपछि आफ्नो बुध्दिद्वारा ठूलो प्रेमले पतिको स्वागत गरिन् र मनमनै अँकमाल गरिन् ।।२६।।. 

पत्नींप वीक्ष्य विस्फुरन्तीं देवीं वैमानिकीमिव ।
दासीनां निष्ककण्ठीनां मध्ये भान्तीं स विस्मितः ॥ २७ ॥
त्यसबेला ती ब्राह्मणकी पत्नी घाँटीमा सुनको हार लगाएकी आफ्ना दासीहरूका बीचमा धेरै सुन्दर आकाशचारी जस्ति चम्किलो देखिएकी । उनको यो रूप देखेर श्रीदामा आश्चर्य मानेर छक्क परे ।।२७।।. 
प्रीतः स्वयं तया युक्तः प्रविष्टो निजमन्दिरम् ।
मणिस्तम्भशतोपेतं महेन्द्रभवनं यथा ॥ २८ ॥
ती ब्राह्मण आफ्नी पत्नीका साथमा बडो प्रसन्न भएर त्यस महलमा प्रवेश गरे । जुन महल देवराज इन्द्रको महल जस्तै सयौं मणिमय खम्बाहरुले बनेको यियो ।।२८।।
पयःफेननिभाः शय्या दान्ता रुक्मपरिच्छदाः ।
पर्यङ्‌का हेमदण्डानि चामरव्यजनानि च ॥ २९ ॥
जहाँ हात्तीको दाँतले बनेका र सुनका पाताहरूले मोरिएको  पलंग दूधको फिँज जत्तिकै सेतो र नरम बिक्षैनाहरूले ओछ्याइएका थिए । त्यसैगरी त्यहाँ सुनको बीड भएका चामर पंखा राखिएका थिए ।।२९।। 
आसनानि च हैमानि मृदूपस्तरणानि च ।
मुक्तादामविलम्बीनि वितानानि द्युमन्ति च ॥ ३० ॥
सुनको सिंहासनमा कोमल आसनी ओछ्याइएका थियो जसको माथी पटि टल्कने मोतीको दानाले युक्त भएको चँदीको चदुवा टाँगिएको थियो ।।३०।। 
स्वच्छस्फटिककुड्येषु महामारकतेषु च ।
रत्न्दीपा भ्राजमाना ललनारत्नदसंयुताः ॥ ३१ ॥
सफा स्पटिकमणिले बनाइएको महलको भित्तामा पन्ना जडिएको थियो । रत्न पत्थरद्वारा बनाइएको स्त्रीमूर्तिहरूको हातमा रत्नमय बत्तीहरू चम्किरहेका थिए ।।३१।।
विलोक्य ब्राह्मणस्तत्र समृद्धीः सर्वसम्पदाम् ।
तर्कयामास निर्व्यग्रः स्वसमृद्धिमहैतुकीम् ॥ ३२ ॥
यसरी आफ्नो घरमा धन र ऐश्वर्यले भरिभराउ भएको देखेर ती श्रीदामा ब्राह्मणले अनायाश नै यति धेरै समृध्दि भएकोमा उनी गम्भीर भएर बिचार गर्नलागे ।।३२।।
(मिश्र)
नूनं बतैतन्मम दुर्भगस्य
     शश्वद्दरिद्रस्य समृद्धिहेतुः ।
महाविभूतेरवलोकतोऽन्यो
     नैवोपपद्येत यदूत्तमस्य ॥ ३३ ॥
उनी आफैं मनमनै भन्न थाले, म जन्मदेखि नै गरिब छु । अहिले यत्रो ऐश्वर्य प्राप्त हुनुमा अबस्य पनि भगवान श्रीकृष्णको कृपा बाहेक अरु कुनै कारण हुन सक्दैन ।।३३।। 
नन्वब्रुवाणो दिशते समक्षं
     याचिष्णवे भूर्यपि भूरिभोजः ।
पर्जन्यवत्तत् स्वयमीक्षमाणो
     दाशार्हकाणामृषभः सखा मे ॥ ३४ ॥
निश्चय नै यदुकुल भूषण भगवान श्रीकृष्ण स्वयं पूर्ण सन्तुष्ट र ऐश्वर्यले सम्पन्न हुनुहुन्छ वहाँले आफ्ना भक्तलाई थोरै ऐश्वर्य प्रदान गर्नुहुन्छ तर वर्षाकालको बदल झैं एकदम धेरै हुन्छ । आज उनै मेरा साथी भगवान्ले अगाडिबाट नभनिकन नै धेरै ऐश्वर्य प्रदान गर्नुभयो ।।३४।।
किञ्चित्करोत्युर्वपि यत् स्वदत्तं
     सुहृत्कृतं फल्ग्वपि भूरिकारी ।
मयोपनीतां पृथुकैकमुष्टिं
     प्रत्यग्रहीत् प्रीतियुतो महात्मा ॥ ३५ ॥
मेरो प्यारो मित्र भगवान् श्रीकृष्णले आफ्ना उदार हृदय भएका भक्तले दिएको सानो उपहारलाई पनि ठुलो ठान्नुहुन्छ तर आफ्ना भक्तलाई आफुले दिएको बर भने एकदम थोरै ठान्नुहुन्छ । मैले उहाँलाई कोसेली लगेको एक मुठी च्युरा पनि कति धेरै प्रेमका साथ स्वीकार गर्नुभयो ।।३५।। 
तस्यैव मे सौहृदसख्यमैत्री
     दास्यं पुनर्जन्मनि जन्मनि स्यात् ।
महानुभावेन गुणालयेन
     विषज्जतस्तत्पुरुषप्रसङ्‌गः ॥ ३६ ॥
मलाई हरेक जन्ममा उनै श्रीकृष्णमा प्रेम, सौहाद्रता, मित्रता र उहाँको सेवा गर्ने अवसर प्राप्त भइरहोस् ।  वहाँ भगवान् सबै गुणहरूका खानी हुनुहुन्छ । वहाँ संग प्रेम गर्दा वहाँका प्रेमी भक्तहरुसंग सत्संग गर्ने अवसर पनि पाइरहन सकौं ।।३६।।
(इंद्रवंशा)
भक्ताय चित्रा भगवान् हि सम्पदो
     राज्यं विभूतीर्न समर्थयत्यजः ।
अदीर्घबोधाय विचक्षणः स्वयं
     पश्यन् निपातं धनिनां मदोद्‌भवम् ॥ ३७ ॥
अजन्मा भगवान कृष्णलाई सम्पत्तिले युक्त ब्यक्ति घमण्ड र धन विलासिताका कारण कारण पतन भएको थाहा छ त्यसैले उहाँ आफ्ना दूरदर्शी विवेकदृष्टि भएका भक्तलाई मागे पनि धन, राज्य र ऐश्वर्य आदि प्रदान गर्नुहुन्न ।।३७।। 
हे परीक्षित ! आफ्नो बुद्धिले यसरी निर्णय गरेपछि ती सुदामा ब्राह्मणले सबै आशक्तिलाई त्यागेर आफ्नी पत्नीसँगै भएर भगवानको नित्य स्मरण गर्दै वहाँबाट प्राप्त विषयहरुलाई भोग गर्न थाले ।।३८।। 
(अनुष्टुप्)
इत्थं व्यवसितो बुद्ध्या भक्तोऽतीव जनार्दने ।
विषयाञ्जायया त्यक्ष्यन् बुभुजे नातिलम्पटः ॥ ३८ ॥
भगवान् देवताहरूका पनि, पूजनीय सर्वशक्तिमान देवता हुनुहुन्छ, सर्वसम्पन्न हुनुहुन्छ तापनि वहाँ ब्राह्मणलाई नै आफ्नो इष्टदेवता मान्नुहुन्छ । त्यसैले संसारमा ब्राह्मण भन्दा ठूलो कुनै प्राणी छैन ।।३९।। 
तस्य वै देवदेवस्य हरेर्यज्ञपतेः प्रभोः ।
ब्राह्मणाः प्रभवो दैवं न तेभ्यो विद्यते परम् ॥ ३९ ॥
एवं स विप्रो भगवत्सुहृत्तदा
     दृष्ट्वाह स्वभृत्यैरजितं पराजितम् ।
तद्ध्यानवेगोद्‌ग्रथितात्मबन्धन(
     स्तद्धाम लेभेऽचिरतः सतां गतिम् ॥ ४० ॥
यसरी भगवान कृष्णका प्रिय मित्र ती ब्राह्मणले अजित भगवान् पनि भक्तहरुसंग पराजित हुनुहुदोरहेछ भन्ने बुझेर उनै भगवान्को चरणको आश्रय लिएर रहँदा उनका मनका बिषय बन्धनहरु सबै चुडालियो र उनले चाँडै नै सज्जनहरुको एकमात्र आश्रय रहेको उत्तम गति भगवत्स्वरुप प्राप्त गरे ।।४०।। 
एतद् ब्रह्मण्यदेवस्य श्रुत्वा ब्रह्मण्यतां नरः ।
लब्धभावो भगवति कर्मबन्धाद् विमुच्यते ॥ ४१ ॥
हे महाराज परीक्षित ! ब्राह्मणहरूलाई आफ्नो देवता मान्ने भगवान श्रीकृष्णको यो ब्राह्मण भक्तिको चरित्र जसले सुनेर भगवानको चरणमा प्रेमभाव दर्शाउछ भने त्यो ब्यक्ति सबै कर्मबन्धनबाट मुक्त हुन्छ ।।४१।। 
इति श्रीमद्भागिवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
पृथुकोपाख्यानं नाम एकशीतितमोऽध्यायः ॥ ८१ ॥