श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः –एकविंशोऽध्यायः
मैत्रेय उवाच –
(अनुष्टुप)
मौक्तिकैः कुसुमस्रग्भिः दुकूलैः स्वर्णतोरणैः ।
महासुरभिभिर्धूपैः मण्डितं तत्र तत्र वै ॥ १ ॥
विदुरजी ! त्यस समयमा महाराज पृथुको सहरमा मोति र फूलका मालाहरू, रंगि विरंगि वस्त्रहरु र सुगन्धित धूपहरूले सुशोभित थियो ।।१।।
चन्दनागुरुतोयार्द्र रथ्याचत्वरमार्गवत् ।
पुष्पाक्षतफलैस्तोक्मैः लाजैरर्चिर्भिरर्चितम् ॥ २ ॥
त्यहाँका गल्ली, चोक तथा सडकहरूमा चन्दन र जल छर्किएका थिए । त्यस्तै फूल अक्षता, फल, जौको अंकुर, दीयो तथा अरु माङ्गलिकसामग्रीहरूले सजाइएको थियो ।।२।।
सवृन्दैः कदलीस्तम्भैः पूगपोतैः परिष्कृतम् ।
तरुपल्लवमालाभिः सर्वतः समलङ्कृतम् ॥ ३ ॥
ठाँउठाउमा राखिएका फल फूल का गुच्छाहरूले युक्त केराको खंम्बा र सुपारीको रुखले गर्दा धेरै राम्रो देखिन्थ्यो । सबैतिर आँपका रुखहरूमा नयाँ कलिला पातका मालले शोभा बढाएको थियो ।।३।।
प्रजास्तं दीपबलिभिः संभृताशेषमङ्गलैः ।
अभीयुर्मृष्टकन्याश्च मृष्टकुण्डलमण्डिताः ॥ ४ ॥
जव महाराज नगरमा प्रवेश गरे त्यतिवेला हातमा बिभिन्न उपहार र हातमा माङ्गलिकसामग्री लिएका प्रजाहरू तथा कन्याहरूले उनकोे स्वागत गरे ।।४।।
शङ्खदुन्दुभिघोषेण ब्रह्मघोषेण चर्त्विजाम् ।
विवेश भवनं वीरः स्तूयमानो गतस्मयः ॥ ५ ॥
शंख, दुन्दुभि गरीएका बाजाहरू बज्न लागे, ऋत्विजहरू वेदध्वनी गर्नलागे वन्दीजनहरू स्तुति गर्नलागे । यस्तो सबैतिर देखेर राजामा कुनै अहंकार भएन । यसरी वीरवर राजा पृथु राजमहलमा प्रवेश गरे ।।५।।
पूजितः पूजयामास तत्र तत्र महायशाः ।
पौराञ्जानपदान् स्तांस्तान् प्रीतः प्रियवरप्रदः ॥ ॥ ६ ॥
वाटोमा जताततै पुरवासी तथा अरु देशवासीहरूले उनकोे अभिनन्दन गरे, परम यशस्वी महाराजले पनि उनीहरूलार्ई अभिष्ट वर दिएर सन्तुष्ट पारे ।।६।।
(इन्द्रवज्रा)
स एवमादीन्यनवद्यचेष्टितः
कर्माणि भूयांसि महान्महत्तमः ।
कुर्वन्शशासावनिमण्डलं यशः
स्फीतं निधायारुरुहे परं पदम् ॥ ७ ॥
महाराज पृथुले अनकौ उदार कर्म गरेर अन्तमा विपुल यश फैलाएर भगवानको परमपद प्राप्त गरे ।।७।।
सूत उवाच –
तदादिराजस्य यशो विजृम्भितं
गुणैरशेषैर्गुणवत्सभाजितम् ।
क्षत्ता महाभागवतः सदस्पते
कौषारविं प्राह गृणन्तमर्चयन् ॥ ८ ॥
सूतजी भन्दछन्–
मुनिवर शौनकजी ! यसप्रकार भगवान् मैत्रेयको मुखबाट आदिराज पृथुका अनेकौ गुणले सम्पन्न र गुणनुवादले प्रेसित विस्तृत सुयस सुनेर विदुरले उनलार्र्ई अभिनन्दन गर्द भने ।।८।।
विदुर उवाच –
(अनुष्टुप)
सोऽभिषिक्तः पृथुर्विप्रैः लब्धाशेषसुरार्हणः ।
बिभ्रत् स वैष्णवं तेजो बाह्वोर्याभ्यां दुदोह गाम् ॥ ९ ॥
विदुरजीले भने–
ब्रम्हन ! ब्राम्हणहरूले पृथुलार्ई अभिषेक गरेर अनेक उपहारदिए । उनले आफ्ना बाहुहरूमा वैष्णव तेज धारण गरेर उनले पृथ्वी दोहन गरे ।।९।।
(इन्द्रवज्रा)
को न्वस्य कीर्तिं न शृणोत्यभिज्ञो
यद्विक्रमोच्छिष्टमशेषभूपाः ।
लोकाः सपाला उपजीवन्ति कामं
अद्यापि तन्मे वद कर्म शुद्धम् ॥ १० ॥
उनकोे त्यो पराक्रमको उच्छिस्टरूप विषय भोगले गर्दा नै आज सम्पूर्ण लोकपाल सहित सबै लोक इच्छा अनुसार जीवन निर्वाह गरीरहेकाछन् । यस्तो उनकोे पवित्र कीर्ति नसुन्ने कोहोला त्यसैले मलार्ई उनकोे अरु पवित्र चरित्रको बारेमा सुनाउँनुहोस ।।१०।।
मैत्रेय उवाच –
(अनुष्टुप)
गङ्गायमुनयोर्नद्योः अन्तरा क्षेत्रमावसन् ।
आरब्धानेव बुभुजे भोगान् पुण्यजिहासया ॥ ११ ॥
मैत्रेयजीले भने–
साधुश्रेष्ठ विदुरजी ! महाराज पृथु गंगा र यमुनाको मध्यवर्ति देशमा बसेर आफ्नो पुण्कर्मको क्षयको इच्छाले प्रारव्धवश प्राप्त भएको भोगहरू भोग्दथे ।।११।।
सर्वत्रास्खलितादेशः सप्तद्वीपैकदण्डधृक् ।
अन्यत्र ब्राह्मणकुलाद् अन्यत्राच्युतगोत्रतः ॥ १२ ॥
ब्राम्हण वंश र भगवान सम्बन्धि वैष्णवलार्ई छोडेर सातै द्विपमा उनकोे अखण्ड एवं निष्कण्टक शासन थियो ।।१२।।
एकदासीन् महासत्र दीक्षा तत्र दिवौकसाम् ।
समाजो ब्रह्मर्षीणां च राजर्षीणां च सत्तम ॥ १३ ॥
एकपटक उनले एउट महायज्ञको अनुष्ठान गरे । त्यसबखतमा देवताहरू, बैम्हर्षिहरू, रजर्षिहरूको ठुलो समाज जम्मा भएको थियो ।।१३।।
तस्मिन् अर्हत्सु सर्वेषु स्वर्चितेषु यथार्हतः ।
उत्थितः सदसो मध्ये ताराणां उडुराडिव ॥ १४ ॥
प्रांशुः पीनायतभुजो गौरः कञ्जारुणेक्षणः ।
सुनासः सुमुखः सौम्यः पीनांसः सुद्विजस्मितः ॥ १५ ॥
त्यस भेलामा महाराज पृथुले जम्मा भएका पूजनीय अतिथिहरूलार्ई यथाशक्ति सत्कार गरे र त्यस सभामा नक्षत्र मण्डलका चन्द्रमा झैं खडा भएर रहे । उनकोे अग्लो शरीर ठुला हातहरू गोह्रो अनुहार, कमल झैं सुन्दर आखाँहरू सुरिलो नाँक मनोहर सौम्य स्वरूप अग्लो काँध र हसिले मुस्कानले युक्त भएका दाँतहरूले युक्त थिए ।।१५।।
व्यूढवक्षा बृहच्छ्रोणिः वलिवल्गुदलोदरः ।
आवर्तनाभिरोजस्वी काञ्चनोरुरुदग्रपात् ॥ १६ ॥
उनकोे चौडा छाति, कम्मरको पछाडिको भाग स्थूल र पेटमा तीन रेखाले पीपलको पात समान माथि उठेको तल बसेको राम्रो थियो ।।१६।।
सूक्ष्मवक्रासितस्निग्ध मूर्धजः कम्बुकन्धरः ।
महाधने दुकूलाग्र्ये परिधायोपवीय च ॥ १७ ॥
उनकोे कपाल घुम्रिएको कालो र चिल्लो थियो । गर्धन शंखको जस्तो आकार भएको थियो । उनले बहुमूल्यवान उत्तम खालको धोति लगाएका र माथि त्यस्तै ओड्ने ओडेका थिए ।।१७।।
व्यञ्जिताशेषगात्रश्रीः नियमे न्यस्तभूषणः ।
कृष्णाजिनधरः श्रीमान् कुशपाणिः कृतोचितः ॥ १८ ॥
यज्ञ दिक्षाको नियम अनुसार उनले सबै आभुषणहरू निकालेका थिए त्यसैले उनकोे शरीरको सबै अंगको शोभा स्वभाविकरूपमा स्पष्ट झल्किरहेको थियो । उनले शरीरमा कृष्ण मृगको छाला र हातमा कुश धारण गरेका थिए जसले गर्दा उनकोे कान्ति अझ बढेको थियो । उनले आफ्ना सबै नित्यकार्यहरू विधि अनुसार सम्पन्न गरेका थिए ।।१८।।
शिशिरस्निग्धताराक्षः समैक्षत समन्ततः ।
ऊचिवान् इदमुर्वीशः सदः संहर्षयन्निव ॥ १९ ॥
राजा पृथुले सभामा उपस्थित भएक सबैलार्ई हर्षित गराउँदै आफ्नो शीतल एवं स्नेहपुर्ण आँखाले सबैतिर हेरेर भन्नलागे ।।१९।।
चारु चित्रपदं श्लक्ष्णं मृष्टं गूढमविक्लवम् ।
सर्वेषां उपकारार्थं तदा अनुवदन्निव ॥ २० ॥
उनकोे भाषण अत्यन्त सुन्दर, बिभिन्न पदहरूले युक्त, स्पष्ट, भधुर, गम्भिर एवं अर्थले भरिपूर्ण थियो मानांैकि सबैको उपकारका लागि आफ्नो अनुभवको अनुवाद गरेका थिए ।।२०।।
राजोवाच –
सभ्याः श्रृणुत भद्रं वः साधवो य इहागताः ।
सत्सु जिज्ञासुभिर्धर्मं आवेद्यं स्वमनीषितम् ॥ २१ ॥
राजा पुथुले भने– सज्जनहरू! तपाईहरूको कल्याण होस । तपाईहरू जो यहाँ आउँनुभएको छ, सबैले मेरो प्रार्थना सुन्नुहोस, जिज्ञासु पुरुषले सन्त समाजमा आफ्नो मनको कुरा स्पष्टरुपमा प्रकट गर्नु धर्म जान्न इच्छा भएका पुरुषको कर्तब्य हो ।।२१।।
अहं दण्डधरो राजा प्रजानामिह योजितः ।
रक्षिता वृत्तिदः स्वेषु सेतुषु स्थापिता पृथक् ॥ २२ ॥
यसलोकमा मैले प्रजाहरूको शासन, उनीहरूको रक्षा र आजिविकाको प्रवन्ध तथा उनीहरूलार्ई आआफ्नो मर्यादामा राख्नको लागि नै मलार्ई ऋषिहरुले राजा बनाएका हुन ।।२२।।
तस्य मे तदनुष्ठानाद् यानाहुर्ब्रह्मवादिनः ।
लोकाः स्युः कामसन्दोहा यस्य तुष्यति दिष्टदृक् ॥ २३ ॥
त्यसैले यसलाई यथावत पालना गरेकोले नै मैले उनीहरूको मनोरथ पूर्ण गर्न त्यो लोक प्राप्त गर्नु पर्दछ जुन वेदवादि मुनिहरूको मतानुसार श्रीहरिको प्रसन्न हुंदामात्र प्राप्त हुन्छ ।।२३।।
य उद्धरेत्करं राजा प्रजा धर्मेष्वशिक्षयन् ।
प्रजानां शमलं भुङ्क्ते भगं च स्वं जहाति सः ॥ २४ ॥
जुन राजाले प्रजालार्ई धर्ममार्गको शिक्षा नदिएर केवल उसबाट करमात्र अशुल गर्दछ भने त्यो प्रजाको पापको भागि बन्दछ भने आफ्नो ऐश्वर्यबाट पनि हात धोएर बस्दछ ।।२४।।
तत्प्रजा भर्तृपिण्डार्थं स्वार्थमेवानसूयवः ।
कुरुताधोक्षजधियः तर्हि मेऽनुग्रहः कृतः ॥ २५ ॥
त्यसैले पृय प्रजाहरू ! तपाईले यो राजाको परलोकको हित गर्नका लागि आफुमा परस्पर दोष दृष्टिलार्ई छाडेर हृदयमा भगवानको सम्झना गर्दै आ आफ्नो कर्तब्यको पालना गर्नुहोस् किनकि तपाईहरूको स्वार्थ पनि यसैमा छ । जसले गर्दा म माथि तपाईहरूको ठुलो अनुग्रह हुनेछ ।।२५।।
यूयं तदनुमोदध्वं पितृदेवर्षयोऽमलाः ।
कर्तुः शास्तुरनुज्ञातुः तुल्यं यत्प्रेत्य तत्फलम् ॥ २६ ॥
बिशुध्द चित्त देवता, पितृ र महर्षिहरू! तपाईहरूले मेरो यो प्रार्थनालार्ई अनुमोदन गर्नुहोस किनकि कुनैपनि कर्मले मरेपछि त्यसकोे कर्ता, उपदेष्टा र समर्थकलार्ई समान फल मिल्दछ ।।२६।।
अस्ति यज्ञपतिर्नाम केषाञ्चिदर्हसत्तमाः ।
इहामुत्र च लक्ष्यन्ते ज्योत्स्नावत्यः क्वचिद्भुवः ॥ २७ ॥
माननीय सज्जनहरू ! कुनै ठुला महानुभावहरूको मतमा कर्मको फल दिने भगवान् यज्ञपति नै हुन् किनकि यस लोक र परलोकमा कुनुकुनै स्थान बडो तेजोमय देखिन्छ ।।२७।।
मनोरुत्तानपादस्य ध्रुवस्यापि महीपतेः ।
प्रियव्रतस्य राजर्षेः अङ्गस्यास्मत्पितुः पितुः ॥ २८ ॥
ईदृशानां अथान्येषां अजस्य च भवस्य च ।
प्रह्लादस्य बलेश्चापि कृत्यमस्ति गदाभृता ॥ २९ ॥
मनु, उत्तानपाद, महाराज ध्रुव, राजर्षि पृयव्रत, हाम्रा वाजे अंग, तथा ब्रम्हा, शिव, प्रल्हाद र वली आदि महानुभावहरूको विचारमा धर्म, अर्थ, काम, मोक्ष चतुवर्ग तथा स्वर्ग र अपवर्ग का साधन नियमक, कर्मफलदाको रूपले भगवान् गदाधार नै श्रेष्ठ हुनुहुन्छ । ।।२८।२९।।
दौहित्रादीन् ऋते मृत्योः शोच्यान् धर्मविमोहितान् ।
वर्गस्वर्गापवर्गाणां प्रायेणैकात्म्यहेतुना ॥ ३० ॥
यस विषयमा केवल मृत्युको दौहित्र वेन आदि कोहि सोचनिय र धर्म विमुढ हरूको मात्र मतभेद छ । त्यसैले उसकोे कुनै महत्व हुदैन ।।३०।।
(इन्द्रवज्रा)
यत्पादसेवाभिरुचिः तपस्विनां
अशेषजन्मोपचितं मलं धियः ।
सद्यः क्षिणोत्यन्वहमेधती सती
यथा पदाङ्गुष्ठविनिःसृता सरित् ॥ ३१ ॥
विनिर्धुताशेषमनोमलः पुमान्
असङ्गविज्ञानविशेषवीर्यवान् ।
यदङ्घ्रिमूले कृतकेतनः पुनः
न संसृतिं क्लेशवहां प्रपद्यते ॥ ३२ ॥
तमेव यूयं भजतात्मवृत्तिभिः
मनोवचःकायगुणैः स्वकर्मभिः ।
अमायिनः कामदुघाङ्घ्रिपङ्कजं
यथाधिकारावसितार्थसिद्धयः ॥ ३३ ॥
जसकोे चरणकमलको सेवाका लागि निरन्तर बढेर वहाँँकै चरणनखबाट निक्लिएको गंगाले झै, संसारिक तापबाट सन्तप्त भएका जीवहरूको सबै जन्मको सञ्चित मनोवललार्ई तत्काल नष्ट गरीदिन्छ । जसकोे चरणतलको आश्रय लिदा सबैप्रकारको मानसिक दोषलार्ई पखाल्दछ र वैराज्ञ र साक्षातकार स्वरूप ज्ञान पाएर फेरी यो दुःखमय संसार चक्रमा आउँनु पर्दैन र जसकोे चरणकमलले सबैप्रकारको कामनाहरूलार्ई पूर्ण गराउँदछ, उनै प्रभुको आआफ्नो वर्णाश्रम धर्म अध्यापन, ध्यान, स्तुति पूजा आदिबाट भजन गनुपर्दछ । मनमा कुनै किसिमको कमट नराख्नुहोस र यस्तो निश्चय गर्नुहोस कि हामीलार्ई आफ्नो अधिकार अनुसारको कर्मको फल अवस्य प्राप्त हुनेछ ॥ ३१, ३२, ३३ ॥
असौ इहानेकगुणोऽगुणोऽध्वरः
पृथक् विधद्रव्यगुणक्रियोक्तिभिः ।
सम्पद्यतेऽर्थाशयलिङ्गनामभिः
विशुद्धविज्ञानघनः स्वरूपतः ॥ ३४ ॥
भगवान् स्वभावैले विशुध्द विज्ञानघन सबै विशेषण आदिबाट रहित हुनुहुनेछ तर यस कर्म मार्गमा जो चामल आदि विभिन्न द्रव्य सत्वादि गुण, अवघात आदि क्रिया एवं मन्त्रद्वारा र अर्थ आशय (शंकल्प) लिंग, (पदार्थ शक्ति) तथा ज्योतिष्टोम आदि नामले सम्पन्न हुने अनेक विशेषण युक्त यज्ञको नाममा प्रकाशित हुनुहुन्छ ।।३४।।
प्रधानकालाशयधर्मसङ्ग्रहे
शरीर एष प्रतिपद्य चेतनाम् ।
क्रियाफलत्वेन विभुर्विभाव्यते
यथानलो दारुषु तद्गुणात्मकः ॥ ३५ ॥
जसरी अग्नि एक भएर पनि काठहरूमा विभिन्न आकारा अनुरूप देखा पर्दछन् त्यसरी नै सर्वब्यापक भगवान् पनि परमानन्द स्वरूप भएर पनि प्रकृति, काल, वासना तथा अदृष्टले उत्पन्न भएको शरीरमा विषयाकार वनेको बुध्दिमा स्थित भएर ती यज्ञ यज्ञादि कार्यहरूमा फलरूपले अनेकप्रकारको रूपमा जानिन्छ ।।३५।।
अहो ममामी वितरन्त्यनुग्रहं
हरिं गुरुं यज्ञभुजामधीश्वरम् ।
स्वधर्मयोगेन यजन्ति मामका
निरन्तरं क्षोणितले दृढव्रताः ॥ ३६ ॥
अहो ! यस पृथ्वीमा मेरा प्रजाहरू यज्ञभोक्तहरूको अधिश्वर सर्वगुरु श्रीहरिको एकनिष्ठ भावले आ–आफ्नो धर्मद्वारा निरन्तर पूजा गर्दछन् । वहाँँ म माथि धेरै कृपा गर्नुहुन्छ ।।३६।।
मा जातु तेजः प्रभवेन्महर्द्धिभिः
तितिक्षया तपसा विद्यया च ।
देदीप्यमानेऽजितदेवतानां
कुले स्वयं राजकुलाद् द्विजानाम् ॥ ३७ ॥
सहनशीलता, तपस्या र ज्ञान यी विशिष्ट विभुतिहरूको कारण वैष्णव र ब्राम्हणहरूको वंश स्वभावतः नै उज्वल हुन्छ । उनीहरूमा राजकूलको तेज, धन, ऐश्वर्य आदि सम्बृध्दिहरूको कारणले गर्दा आफ्नो प्रभाव देखाउँदैनन् ।।३७।।
ब्रह्मण्यदेवः पुरुषः पुरातनो
नित्यं हरिर्यच्चरणाभिवन्दनात् ।
अवाप लक्ष्मीं अनपायिनीं यशो
जगत्पवित्रं च महत्तमाग्रणीः ॥ ३८ ॥
हामी मात्र होइन ब्रम्हादि सबै महापुरुषहरूका समेत अग्रगण्य ब्राम्हणभक्त, पुराणपुरुष श्रीहरिले निरन्तर यिनै ब्राम्हणको चरणको वन्दना गरेर अविचल लक्ष्मी र संसारलार्ई पवित्र गराउँने कीर्ति प्राप्त गर्नुभएको हो ।।३८।।
यत्सेवयाशेषगुहाशयः स्वराड्
विप्रप्रियस्तुष्यति काममीश्वरः ।
तदेव तद्धर्मपरैर्विनीतैः
सर्वात्मना ब्रह्मकुलं निषेव्यताम् ॥ ३९ ॥
तपाईहरू भगवानका लोकसंग्रहरूप धर्मलार्ई पालन गर्नुहुन्छ तथा सर्वान्तर्यामी स्वयंप्रकाश ब्राम्हण प्रिय श्रीहरि प्रियवंशको सेवा गर्नाले नै सन्तुष्ट हुनुहुन्छ । त्यसैले तपाईहरू सबैले सबप्रकारको ब्राम्हण कूलको सेवा गर्नुपर्दछ ।।३९।।
पुमान् लभेतान् अतिवेलमात्मनः
प्रसीदतोऽत्यन्तशमं स्वतः स्वयम् ।
यन्नित्यसंबन्धनिषेवया ततः
परं किमत्रास्ति मुखं हविर्भुजाम् ॥ ४० ॥
उनीहरूको नित्य सेवा गर्नाले चाँडैनै चित्त सुध्दहुन्छ र यसैबाट मानिसले ज्ञान र अभ्यास बिना नै परम शान्तिरूप मोक्ष प्राप्त गर्दछ । त्यसैले लोकमा देवताहरुलाई आफ्नो आहुति ग्रहण गर्न ब्र्राम्हण बाहेक अरु मुख हुदैन ।।४०।।
अश्नात्यनन्तः खलु तत्त्वकोविदैः
श्रद्धाहुतं यन्मुख इज्यनामभिः ।
न वै तथा चेतनया बहिष्कृते
हुताशने पारमहंस्यपर्यगुः ॥ ४१ ॥
उपनिषदको ज्ञानपरक वचन भनेर एक स्वरमा जस्को निरुपण गर्दछन, अनन्त इन्द्रियादि यज्ञिय देवताहरूको नामले तत्वज्ञानीहरू द्वारा ब्राम्हण्को मुखमा श्रध्दापूर्वक हवन गरीएको पदार्थको जसरी श्रीहरि चाख मानेर ग्रहण गर्नुहुन्छ त्यसरी नै चेतनासुन्य अग्निमा होम गरीएको द्रव्य ग्रहण गर्नुहुदैन ।।४१।।
यद्ब्रह्म नित्यं विरजं सनातनं
श्रद्धातपोमङ्गल मौनसंयमैः ।
समाधिना बिभ्रति हार्थदृष्टये
यत्रेदमादर्श इवावभासते ॥ ४२ ॥
तेषामहं पादसरोजरेणुं
आर्या वहेयाधिकिरीटमाऽऽयुः ।
यं नित्यदा बिभ्रत आशु पापं
नश्यत्यमुं सर्वगुणा भजन्ति ॥ ४३ ॥
सभ्यगण ! जसप्रकार सफा ऐनामा प्रतिविम्वको भान हुन्छ । त्यसैगरी यस सम्पूर्ण प्रपञ्चको बारेमा ठिकठिक ज्ञान हुन्छ त्यो नित्य, सुध्द र सनातन ब्रम्ह (वेद) को जो परमार्थ तत्वको उपलब्धिको लागि श्रध्दा, तप, मङ्गलमय आचरण, स्वाध्याय विरोधि कुराहरूको त्याग तथा सम्यम र समाधिको अभ्यास द्वारा धारणा गर्दछन् ती ब्राम्हणको चरणकमलको धुलोलार्ई म आयु पर्यन्त (बाँचुन्जेल) आफ्नो मुकुटमा धारणा गर्दछु । किनकि उसलार्र्ई सिरमा राख्नाले मानिसको सबै पापहरू तत्काल नाश हुन्छन् र सबै गुणहरूले उसकोे सेवा गर्दछन् ।।४२।४३।।
गुणायनं शीलधनं कृतज्ञं
वृद्धाश्रयं संवृणतेऽनु सम्पदः ।
प्रसीदतां ब्रह्मकुलं गवां च
जनार्दनः सानुचरश्च मह्यम् ॥ ४४ ॥
त्यस्ता गुणवान शीलसम्पन्न कृतज्ञ र गुरुजनको सेवा गर्ने पुरुषसंग सबै सम्पदाहरू आफै नै आउँदछ । त्यसैले मेरो यो अभिलाषा छ कि ब्राम्हणकूल गोवंश र भक्तजन सधैं मसंग प्रसन्न रहुन ।।४४।।
महाराज पृथुको यस्तो भाषण सुनेर देवता, पितृ र ब्राम्हणहरू धेरै खुसि हुंदै साधु साधु भन्दै उनकोे प्रशंसा गर्नलागे ।।४५।।
मैत्रेय उवाच –
(अनुष्टुप)
इति ब्रुवाणं नृपतिं पितृदेवद्विजातयः ।
तुष्टुवुर्हृष्टमनसः साधुवादेन साधवः ॥ ४६ ॥
मैत्रेयजी भन्दछन–
उनीहरूले भने छोराद्वारा नै पिताले पुण्यलोक प्राप्त गर्दछन् भन्ने श्रुति यथार्थ हो । पापी वेन ब्राम्हणको श्रापले मारिएको थियो तापनि यिनको पुण्यले गर्दा नरकबाट छुट्यो ।।४६।।
पुत्रेण जयते लोकान् इति सत्यवती श्रुतिः ।
ब्रह्मदण्डहतः पापो यद्वेनोऽत्यतरत्तमः ॥ ४७ ॥
हिरण्यकसिपु पनि भगवान््को निन्दा गरेका कारण नरकमा पर्ने थियो । आखिर आफ्ना छोरा प्रल्हादको प्रभावले गर्दा पार पायो ।।४७।।
हिरण्यकशिपुश्चापि भगवन् निन्दया तमः ।
विविक्षुरत्यगात्सूनोः प्रह्लादस्यानुभावतः ॥ ४८ ॥
वीरवर पृथुजी ! तपाई ता पृथ्वीको पिता नै हुनुहुन्छ र सबलोकका स्वामी श्रीहरिमा नै तपाईको यस्तो अटल भक्ति छ त्यसैले तपाई वर्षौ सम्म जीवित रहनुहोस ।।४९।।
वीरवर्य पितः पृथ्व्याः समाः सञ्जीव शाश्वतीः ।
यस्येदृश्यच्युते भक्तिः सर्वलोकैकभर्तरि ॥ ४९ ॥
तपाईको सुयश वडो पवित्र छ । तपाई उदारकीर्ति, ब्रम्हण्यदेव श्रीहरिको कथाहरूको प्रचार गनुर््हुन्छ । यो हाम्रो लागि ठुलो सौभाग्य हो । आज तपाईलार्ई आफ्नो स्वामीको रूपमा पाएर हामी यस राज्यलार्ई भगवान्कै राज्य सम्झेका छौं ।।४९।।
(इन्द्रवज्रा)
अहो वयं ह्यद्य पवित्रकीर्ते
त्वयैव नाथेन मुकुन्दनाथाः ।
य उत्तमश्लोकतमस्य विष्णोः
ब्रह्मण्यदेवस्य कथां व्यनक्ति ॥ ५० ॥
स्वामी आफु प्रति आश्रित भएकालार्ई यसप्रकार उपदेश दिनु तपाईकालार्ई कुनै आश्चर्यको कुरो होइन । किनकि आफ्ना प्रजाहरूमा प्रेम राख्नु त करुणामय महापुरुषको स्वभाव नै हो ।।५०।।
(अनुष्टुप)
नात्यद्भुतमिदं नाथ तवाजीव्यानुशासनम् ।
प्रजानुरागो महतां प्रकृतिः करुणात्मनाम् ॥ ५१ ॥
हामीहरू प्रारब्धले गर्दा विवेकहीन भएर संसारमा भट्किरहेका थियौं आज तपाईले हामीलार्ई अन्धकारबाट पार लागाउँनु भयो ।।५१।।
अद्य नस्तमसः पारः त्वयोपासादितः प्रभो ।
भ्राम्यतां नष्टदृष्टीनां कर्मभिर्दैवसंज्ञितैः ॥ ५२ ॥
तपाई सुध्द सत्वमय पुरुष हुनुहुन्छ, जो ब्राम्हण जातिमा जन्मिएर क्षत्रीयलार्ई र क्षत्रिय जातिमा प्रविष्ट भएर ब्राम्हण तथा दुवै जातिमा प्रतिष्ठित भएर सारा जगतको रक्षा गर्दछन्, तपाईलार्ई हाम्रो नमस्कार छ ।।५२।।
नमो विवृद्धसत्त्वाय पुरुषाय महीयसे ।
यो ब्रह्म क्षत्रमाविश्य बिभर्तीदं स्वतेजसा ॥ ५३ ॥
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे एकविंशोऽध्यायः ॥ २१ ॥