#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - त्रयोदशोऽध्यायः


श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - त्रयोदशोऽध्यायः



श्रीशुक उवाच ।
(अनुष्टुप)
निशम्य वाचं वदतो मुनेः पुण्यतमां नृप ।
भूयः पप्रच्छ कौरव्यो वासुदेवकथादृतः ॥ १ ॥

श्रीशुकदेवजीले भन्नुभयो–
हे राजन! मुनिवर मैत्रेयजीको मुखबाट यो परम पुण्यमय कथा सुनेर विदुरजीले सोधे किनकि भगवानको लीला कथामा यीनको अत्यन्त अनुराग भएको थियो ।।१।।
विदुर उवाच ।

स वै स्वायम्भुवः सम्राट् प्रियः पुत्रः स्वयम्भुवः ।
प्रतिलभ्य प्रियां पत्नीं किं चकार ततो मुने ॥ २ ॥

विदुरले सोधे—
मुने ! स्वयम्भु ब्रह्माका छोरा महाराज स्वयम्भुव मुनिले आफ्नी प्रिय पत्नी सतरूपा पाएर फेरी के गरे ? ।।२।।

चरितं तस्य राजर्षेः आदिराजस्य सत्तम ।
ब्रूहि मे श्रद्दधानाय विष्वक्सेनाश्रयो ह्यसौ ॥ ३ ॥

तपाई साधु सिरोमणि हुनुहुन्छ । मलाई आदिराज राजर्षि स्वयाम्भुव मनुको पवित्र चरित्रका बारेमा सुनाउनु होस । उनी विष्णु भगवान्का सरणापन्न थिए त्यसैले मलाई उनको चरित्र सुन्ने इच्छा छ ।।३।।

(इंद्रवजा)
श्रुतस्य पुंसां सुचिरश्रमस्, 
        नन्वञ्जसा सूरिभिरीडितोऽर्थः ।
तत्तद्गुणानुश्रवणं मुकुन्द, 
        पादारविन्दं हृदयेषु येषाम् ॥ ४ ॥

जस्को हृदयमा श्री मुकुन्दको चरणारविन्द विराजमान भएको हुन्छ । तिनै भक्तजनको गुणको श्रवण गर्नु नै मानिसको धेरै दिन सम्म गरिएको शास्त्र अभ्यासको फल हो भन्ने विद्वानहरूको श्रेष्ठ मत छ ।।४।।

श्रीशुक उवाच ।
इति ब्रुवाणं विदुरं विनीतं
        सहस्रशीर्ष्णश्चरणोपधानम्
प्रहृष्टरोमा भगवत्कथायां
        प्रणीयमानो मुनिरभ्यचष्ट ॥ ५ ॥

श्रीशुकदेवजीले भन्नुभयो—
राजन् ! विदुरजी सहस्रशीर्षा भगवान् श्रीहरिको चरणाश्रित भक्त थिए जव विनय पूर्वक भगवानको कथाको लागि आग्रह गरे तव मुनिवर मैत्रयजी हर्षले रोमन्चित भए अनि उनले भने ।।५।।

मैत्रेय उवाच ।
(अनुष्टुप)
यदा स्वभार्यया सार्धं जातः स्वायम्भुवो मनुः ।
प्राञ्जलिः प्रणतश्चेदं वेदगर्भमभाषत ॥ ६ ॥

मैत्रेयजीले भने—
जव आफ्नी भार्या शतरूपाको साथ जन्म भएपछि मनुले अत्यन्त नम्र भएर हात जोडेर श्री ब्रह्माजी संग भने ।।६।।

त्वमेकः सर्वभूतानां जन्मकृत् वृत्तिदः पिता ।
तथापि नः प्रजानां ते शुश्रूषा केन वा भवेत् ॥ ७ ॥

भगवान् एक मात्र हजूर जीवको जन्मदाता र उनीहरुलाई जीविका प्रदान गर्ने पिता हुनुहुन्छ तापनि हामी हजूरको सन्तानहरूले यस्तो कुनचाहि काम गरौं जसबाट हजूरको सेवा वन्न सकोस ? ।।७।।

तद्विधेहि नमस्तुभ्यं कर्मस्वीड्यात्मशक्तिषु ।
यत्कृत्वेह यशो विष्वक् अमुत्र च भवेद्गतिः ॥ ८ ॥

हे पूज्यपाद! हामी हजूरलाई नमस्कार गर्दछौं । हजूर हामीबाट हुन सक्ने योग्य कार्यका लागि आज्ञा दिनुहवस जसबाट यसलोकमा हाम्रो सबैतिर कीर्ति रहोस परलोकमा सद्गति प्राप्त होस ।।८।।

ब्रह्मोवाच
प्रीतस्तुभ्यमहं तात स्वस्ति स्ताद्वां क्षितीश्वर ।
यन्निर्व्यलीकेन हृदा शाधि मेत्यात्मनार्पितम् ॥ ९ ॥

ब्रह्माजीले भन्नुभयो—
हे तात! पृथ्वीपते! तिमी दुवैको कल्याण होस । म तिमीहरू संग धेरै खुसि छु किनकि तिमीले निष्कपट भावले “मलाई आज्ञा दिनुहोस” भनेर म प्रति आत्म समर्पण ग¥यौं ।।९।।

एतावत्यात्मजैर्वीर कार्या ह्यपचितिर्गुरौ ।
शक्त्याप्रमत्तैर्गृह्येत सादरं गतमत्सरैः ॥ १० ॥

वीर छोराले आफ्ना पितालाई यसै भावनाले पूजा गर्नु पर्दछ । उसलाई यहि उचित हुन्छ कि अर्को प्रति कुनै इष्र्याको भावना नराखेर जति सकिन्छ उनको आज्ञाको पालना गर्नु पर्दछ ।।१०।।

स त्वमस्यामपत्यानि सदृशान्यात्मनो गुणैः ।
उत्पाद्य शास धर्मेण गां यज्ञैः पुरुषं यज ॥ ११ ॥

तिमी यीनै पत्नीबाट आफु समान गुणवान सन्तान उत्पन्न गरेर धर्म पूर्वक पृथ्वीको पालन गर र यज्ञद्वारा श्री हरिको आराधना गर ।।११।।

परं शुश्रूषणं मह्यं स्यात्प्रजारक्षया नृप ।
भगवांस्ते प्रजाभर्तुः हृषीकेशोऽनुतुष्यति ॥ १२ ॥

हे राजन! प्रजा पालन बाट नै मेरो ठुलो सेवा हुन्छ । तिमीले प्रजा पालन गरेको देखेर भगवान् श्रीहरि तिमी संग खुसि हुनुहुन्छ ।।१२।।

येषां न तुष्टो भगवान् यज्ञलिङ्गो जनार्दनः ।
तेषां श्रमो ह्यपार्थाय यदात्मा नादृतः स्वयम् ॥ १३ ॥

जो संग यज्ञ मुर्ति भगवान् प्रशन्न हुनुहुदैन त्यसको सबै श्रम व्यर्थ हुन्छ । किनकि त्यो त एकप्रकारले आफ्नो आत्माको नै अनादर गर्दछ ।।१३।।

मनुरुवाच ।
आदेशेऽहं भगवतो वर्तेयामीवसूदन ।
स्थानं त्विहानुजानीहि प्रजानां मम च प्रभो ॥ १४ ॥

मनुजीले भने—
पापको नाश गर्ने पिताजी! म हजूरको आज्ञा पालन अवस्य गर्दछ तर यस जगतमा मेरो र मेरा भावि हुने प्रजाहरू बस्नको लागि स्थान बताउनु होस ।।१५।।

यदोकः सर्वसत्त्वानां मही मग्ना महाम्भसि ।
अस्या उद्धरणे यत्नो देव देव्या विधीयताम् ॥ १५ ॥

देव! सब जीवको निवासस्थान पृथ्वी यस बेला जलमा डुवेकी छिन् । हजूर यी देवीको उध्दारको लागि प्रयत्न गर्नुहोस ।।१५।।

मैत्रेय उवाच ।
परमेष्ठी त्वपां मध्ये तथा सन्नामवेक्ष्य गाम् ।
कथमेनां समुन्नेष्य इति दध्यौ धिया चिरम् ॥ १६ ॥

मैत्रेयजीले भने— 
पृथ्वीलाई यसरी यो अपार जलमा डुवेकी देखेर मनमनै यो सोच्न लागे कि अव म यीनलाईकसरी निकालु हो ।।१६।।

सृजतो मे क्षितिर्वार्भिः प्लाव्यमाना रसां गता ।
अथात्र किमनुष्ठेयं अस्माभिः सर्गयोजितैः ।
यस्याहं हृदयादासं स ईशो विदधातु मे ॥ १७ ॥

जुन समयमा म लोक रचनाका लागि लागिपरेको थिएं त्यति वेला पृथ्वी डुवेर रसाताल पुगिन् । हामी त सृष्टिका लागि नियुक्त भएका हौं त्यसैले यसका लागि हामीले के गर्नु पर्दछ? जस्को संकल्पले मात्र मेरो जन्म भयो अव उनै सर्बैशक्तिमान श्रीहरिले नै मेरो यो काम पुरा गर्नु हुनेछ ।।१७।।

इत्यभिध्यायतो नासा विवरात्सहसानघ ।
वराहतोको निरगाद् अङ्गुष्ठपरिमाणकः ॥ १८ ॥

निष्पाप विदुरजी ब्रह्माजी यस प्रकार विचार गरिरहेका बखत उनको नाकको प्वालबाट एक औंला बराबर आकारको एउटा बराह (सुंगुर) बालक निस्कियो ।।१८।।

तस्याभिपश्यतः खस्थः क्षणेन किल भारत ।
गजमात्रः प्रववृधे तदद्भुतं अभून्महत् ॥ १९ ॥

भारत! ठुलो आश्चर्यको कुरा त यो भयो कि आकासमा खडा भएको त्यो वराह बालक ब्रह्माजीले देख्दा देख्दै एकक्षण मै हात्ती जत्रो भयो ।।१९।।

मरीचिप्रमुखैर्विप्रैः कुमारैर्मनुना सह ।
दृष्ट्वा तत्सौकरं रूपं तर्कयामास चित्रधा ॥ २० ॥

त्यो विशाल वराहलाई देखेर मरिचि आदि मुनिजन, सनकादि र स्वायम्भुव मनु सहित श्री ब्रह्माजी अनेक किसिमको विचार गर्न लागे ।।२०।।

किमेतत्सौकरव्याजं सत्त्वं दिव्यमवस्थितम् ।
अहो बताश्चर्यमिदं नासाया मे विनिःसृतम् ॥ २१ ॥

अहो! सुंगुरकोरूपमा कुनचाँहि प्राणी आज यहाँ प्रकट भयो । कस्तो आश्चर्य हो! यो भर्खरै मेरो नाकबाट प्रकट भएको थियो ।।२१।।

दृष्टोऽङ्गुष्ठशिरोमात्रः क्षणाद्गण्डशिलासमः ।
अपि स्विद्भगवानेष यज्ञो मे खेदयन्मनः ॥ २२ ॥

पहिले त यो औंलाको टुप्पो बराबरको थियो । तर एकक्षणमै ठुलो ढुंगा जस्तो भयो । अवस्य नै यज्ञमुर्ति भगवान् हाम्रो मनलाई मोहित पारिरहनु भएको छ ।।२२।।

इति मीमांसतस्तस्य ब्रह्मणः सह सूनुभिः ।
भगवान् यज्ञपुरुषो जगर्जागेन्द्रसन्निभः ॥ २३ ॥

ब्रह्माजी र उनका छोरा यस प्रकार सोचिरहेका बखतमा भगवान् यज्ञपुरुष पर्वत समान भएर गर्जन लाग्नुभयो ।।२३।।

ब्रह्माणं हर्षयामास हरिस्तांश्च द्विजोत्तमान् ।
स्वगर्जितेन ककुभः प्रतिस्वनयता विभुः ॥ २४ ॥

सर्बशक्तिमान श्रीहरिले आफ्नो दिशाहरूको प्रतिनिधित्व गरेर ब्रह्मा र श्रेष्ठ मुनिहरुलाई खुसि तुल्याउनु भयो ।।२४।।

(इन्द्रवज्रा)
निशम्य ते घर्घरितं स्वखेद
        क्षयिष्णु मायामयसूकरस्य ।
जनस्तपःसत्यनिवासिनस्ते
        त्रिभिःपवित्रैर्मुनयोऽगृणन् स्म ॥ २५ ॥

आफ्नो खेदलाई हटाउने भएका महामय भगवन् बराहको घुरघुर आवाज सुनेर जनलोक, तपलोक र मत्र्यलोक निवासि मुनि गणहरू तीनैवेदको परम पवित्र मन्त्रले स्तुति गर्न लागे ।।२५।।

तेषां सतां वेदवितानमूर्तिः
        ब्रह्मावधार्यात्मगुणानुवादम् ।
विनद्य भूयो विबुधोदयाय
        गजेन्द्रलीलो जलमाविवेश ॥ २६ ॥

भगवानको स्वरूपको बारेमा वेदमा विस्तार पूर्वक वर्णन गरिएको छ, त्यसैले ती मुनिहरूले जुन प्रकारको स्तुति गरे त्यसलाई वेदरूप मानेर भगवान् धेरै प्रशन्न हुनुभयो र एकपटक फेरी गर्जिएर देवताहरूको कल्याणका लागि हात्ती झैं जलमा प्रवेश गर्नुभयो ।।२६।।

उत्क्षिप्तवालः खचरः कठोरः
        सटा विधुन्वन् खररोमशत्वक् ।
 खुराहताभ्रः सितदंष्ट्र ईक्षा
        ज्योतिर्बभासे भगवान्महीध्रः ॥ २७ ॥

वहाँ सुंगुररूप भगवानले पहिले पुच्छर उठाएर ठुलो वेगले माथि उचालेको फेरी आफ्नो गर्दनको ठाडो रौं हल्लाएर खुरको आघातले आकासको वादललाई फटाउन लागे । उनको शरीर धेरै कडा थियो । सेता दाह्रा थियो आँखाको तेजले अन्धकारलाई हटाउनु भएको थियो । आफ्नो स्तुति गर्ने मरिचि आदि मुनिहरू प्रति अति सौम्य दृष्टिले हेरेर वहाँ जलमा प्रवेश गर्नुभयो २७।।

घ्राणेन पृथ्व्याः पदवीं विजिघ्रन्
        क्रोडापदेशः स्वयमध्वराङ्गः ।
करालदंष्ट्रोऽप्यकरालदृग्भ्याम्
        उद्वीक्ष्य विप्रान् गृणतोऽविशत्कम् ॥ २८ ॥

त्यस समयमा वहाँको वज्रमय पर्वत समान कठोर शरीर जलमा डुब्यो । वहाँको वेगले समुद्रको पेट फाट्यो त्यहाँ बादलको गडगडाहट जस्तो ठुलो आवाज आयो । त्यतिवेला यस्तो भान हुन्थ्यो कि मानौं आफ्नो तरंगरूप हातहरू उठाएर आर्तस्वरमा ठुलो आवाज निकालेर हे योगेश्वर! हे योगेश्वर! मेरो रक्षा गर्नुहोस यस्तो भनेर कराए जस्तो भईरहेको थियो ।।२८।।

स वज्रकूटाङ्गनिपातवेग
        विशीर्णकुक्षिः स्तनयन्नुदन्वान् ।
उत्सृष्टदीर्घोर्मिभुजैरिवार्तः
        चुक्रोश यज्ञेश्वर पाहि मेति ॥ २९॥

त्यस समयमा उनको वज्रमय पर्वत समान कठोर शरीर जलमा डुब्यो । वेगका समुद्रको पेट फाट्यो त्यहाँ मेघ गर्जे जस्तो ठुलो आवाज आयो । त्यतिवेला यस्तो भान हुन्थ्यो कि आफ्नो तरंगरूपआफ्नो हात हरु उठाएर स्वरमा ठुलो आवाज निकालेर हे योगेश्वर! हे योगेश्वर! मेरो रक्षा गर्नुहोस भन्ने यस्तो प्रकारको आवाज आई रहेको भान हुन्थ्यो ।।२९।।

खुरैः क्षुरप्रैर्दरयंस्तदाप
        उत्पारपारं त्रिपरू रसायाम् ।
ददर्श गां तत्र सुषुप्सुरग्रे
        यां जीवधानीं स्वयमभ्यधत्त ॥ ३० ॥

त्यसपछि भगवान् यज्ञमुर्तिले आफ्नो वाण समान तीखा खुरले जललाई फटाएर त्यो अपार जलराशि तल रसातल पुगे । त्यहाँ रसातलमा उहाँले सबै जीवको आश्रयभूता पृथ्वीलाई देख्नुभयो, जसलाई कल्पान्तको समयमा सयन गर्ने समयमा स्वयं श्रीहरिले नै आफ्नै पेटमा लीन गराउनु भएकोथियो ।।३१।।

स्वदंष्ट्रयोद्धृत्य महीं निमग्नां
        स उत्थितः संरुरुचे रसायाः ।
तत्रापि दैत्यं गदयापतन्तं
        सुनाभसन्दीपिततीव्रमन्युः ॥ ३१ ॥

जघान रुन्धानमसह्यविक्रमं
        स लीलयेभं मृगराडिवाम्भसि ।
तद्रक्तपङ्काङ्कितगण्डतुण्डो
        यथा गजेन्द्रो जगतीं विभिन्दन् ॥ ३२ ॥

त्यसपछि वहाँले जलमा डुवेकी पृथ्वीलाई आफ्नो दाह्राले उठाएर रसातलबाट माथी लिएर आउनुभयो । त्यस समयमा वहाँमा धेरै शोभा देखिन्थ्यो जलबाट बाहिर आउदा वहाँलाई बाटोमा ब्यवधान पु¥याउनको लागि महापराक्रमी हिरण्याक्षले जल भित्र नै गदाले आक्रमण ग¥यो जसले गर्दा वहाँको रिस चक्र समान रातो भयो र वहाँले त्यो दैत्यलाई लीलाले नै यसरी मार्नुभयो कि त्यतिवेला वहाँको अनुहार कुनै गजराजले रातोमाटोको हिलोमा टक्कर मारेर आएको जस्तै थियो ।।३१।३२।।

तमालनीलं सितदन्तकोट्या
        क्ष्मामुत्क्षिपन्तं गजलीलयाङ्ग ।
प्रज्ञाय बद्धाञ्जलयोऽनुवाकैः
        विरिञ्चिमुख्या उपतस्थुरीशम् ॥ ३३ ॥

विदुरजी! जसरी हात्तीले आफ्नो दाँत माथी कमल पूष्प धारणा गर्दछ उसै गरी आफ्नो चम्किलो दाँतको टुप्पामा पृथ्वीलाई उठाएर जलबाट बाहिर लिएर आउनुभयो । तमालको नीलो वर्णकोरुपमा भगवान वराहलाई देखेर ब्रह्मा, मरिचिआदिलाई यो निश्चय भयो कि वहाँ भगवान् नै हुनुहुन्छ भन्ने विचार गरेर उनीहरुले हात जोडेर उहाँको स्तुति गर्न लागे ।।३३।।

ऋषय ऊचुः
जितं जितं तेऽजित यज्ञभावन
        त्रयीं तनुं स्वां परिधुन्वते नमः ।
यद् रोमगर्तेषु निलिल्युरध्वराः
        तस्मै नमः कारणसूकराय ते ॥ ३४ ॥

ऋषिहरुले भने–
हे यज्ञका मालिक ! हजुरको जय होस आफ्नो वेद त्रयीरूप विग्रहलाई हल्लाइ रहनु भएको छ । प्रत्तेक रौंमा सम्पूर्ण यज्ञ लीन भएकाछन । हजूरले पृथ्वीको उध्दार गर्नका लागि यो वराहरूप धारण गर्नु भएको हो । हजूरलाई नमस्कार छ ।।३४।।

रूपं तवैतन्ननु दुष्कृतात्मनां
        दुर्दर्शनं देव यदध्वरात्मकम् ।
छन्दांसि यस्य त्वचि बर्हिरोम-
        स्वाज्यं दृशि त्वङ्घ्रिषु चातुर्होत्रम् ॥ ३५ ॥

हे देव! दुराचारीहरुलाई तपाईको स्वरुपको यस दर्शन मिल्न कठिन छ, किनकि यो यज्ञरूप हो । तपाईको शरीरको त्वचामा गायत्री आदि छन्द छन, रोमावलीमा कुश, आँखामा घीउ तथा चारै चरणमा होता, अध्वर्यु, उद्गाता र ब्रह्म यी चारै ऋत्विजको कर्म हो ।।३५।।

स्रक्तुण्ड आसीत्स्रुव ईश नासयोः
        इडोदरे चमसाः कर्णरन्ध्रे ।
प्राशित्रमास्ये ग्रसने ग्रहास्तु ते
        यच्चर्वणं ते भगवन्नग्निहोत्रम् ॥ ३६ ॥

हे ईश! हजूरको थुतुनो (मुखको अग्रभाग) सुरो हो । नाशीका छिद्र स्रुवा, पेटमा इडा (यज्ञीय भक्षण पात्र) छ । कानमा चमस छ । मुखमा प्राशित्र (ब्रह्मभाग पात्र) छ र कण्ठ छिद्रमा ग्रह (सोमपात्र) छ । भगवन्! तपाईले चपाउनु नै अग्निहोत्र हो ।।३६।।

दीक्षानुजन्मोपसदः शिरोधरं
            त्वं प्रायणीयोदयनीयदंष्ट्रः ।
जिह्वा प्रवर्ग्यस्तव शीर्षकं क्रतोः
            सत्यावसथ्यं चितयोऽसवो हि ते ॥ ३७ ॥

पटककपटक अवतार लिनु यज्ञस्वरूप तपाईको दीक्षा हो , गरदन उपसद (तिन इष्टियहरु) हुन दुवै दाह्रा प्रायणीय (दिक्षापछिको इष्टि) र उदयनीय (यज्ञ समाप्तिको इष्टि) हो जिह्वा पवग्र्य (प्रत्येक उपसदको पूर्वव्रिmया जान्नेवाला महावीर नामक कर्म) हो । सिर सभ्य (होम रहित अग्नि) र आवसथ्य (ओपासनाग्नि) दुवै मस्तिक हो तथा प्रायाचित्ति (इष्टिकाचयन) हो । ३७।।

सोमस्तु रेतः सवनान्यवस्थितिः
        संस्थाविभेदास्तव देव धातवः ।
सत्राणि सर्वाणि शरीरसन्धि-
        स्त्वं सर्वयज्ञक्रतुरिष्टिबन्धनः ॥ ३८ ॥

देव तपाईको वीर्य सोमरस हो आसन (वाल्यावस्था) प्रातः सवनादि तीन सवन –वाल्यावस्था) हो, सात धातु गग्निष्टोम, अत्याग्निष्टोम, उक्थ, षोडशी, वाजपेय, अतिरात्र, र आप्तोर्याम नामक सात सस्था हुन तथा शरीरको सन्धि –जोड) सम्पूर्ण शरीरका जोर्नीहरु हुन । यस प्रकार हजूरको सम्पूर्ण यज्ञ (सोमरहित याग) र क्रतु (सोम सहित याग) रूपहो । यज्ञानुष्ठान हजूरको अंगलाई मिलाउने मासुका लुदा हुन ।।३८।।

नमो नमस्तेऽखिलमन्त्रदेवता
            द्रव्याय सर्वक्रतवे क्रियात्मने ।
वैराग्यभक्त्यात्मजयानुभावित
            ज्ञानाय विद्यागुरवे नमो नमः ॥ ३९ ॥

सबै मन्त्र, देवता, द्रब्य, यत्र र कर्म हव्यश्वरूप हो, त्यसैले हजूरलाई नमस्कार छ । वैराग्य भक्ति र मनको एकाग्रताले जुन ज्ञानको अनुभव हुन्छ त्यो हजूरको स्वरूपनै हो । त्यसैले हजूर सबैका विद्यागुरु हुनुहुन्छ । हजूरलाई फेरी पनि नमस्कार छ । ३९।।

दंष्ट्राग्रकोट्या भगवंस्त्वया धृता
            विराजते भूधर भूः सभूधरा ।
यथा वनान्निःसरतो दता धृता
            मतङ्गजेन्द्रस्य सपत्रपद्मिनी ॥ ४० ॥

पृथ्वीलाई धारण गर्ने भगवान् तपाईको दाह्राको टुप्पोमा राखिएको यो पर्वतादि मण्डित पृथ्वी यस्तो सुशोभित देखिएको छ कि जसरी वनबाट निक्लिएर बाहिर आएको कुनै गजराजको दातमा पत्रयुक्त कमलको फूल राखिएको जस्तो. छ ।।४०।।

त्रयीमयं रूपमिदं च सौकरं
        भूमण्डलेनाथ दता धृतेन ते ।
चकास्ति शृङ्गोढघनेन भूयसा
        कुलाचलेन्द्रस्य यथैव विभ्रमः ॥ ४१ ॥।।

तपाईको दाँतमा राखिएको यो भूमण्डले गर्दा हजूरको यो वेदमय वराह शरीर यस्तो सुशोभित भएको छ जसरी शिखरको माथि छाएको मेघ सहितको कुलाचल पर्वतको शोभा हुन्छ ।।४१।।
 संस्थापयैनां जगतां सतस्थुषां

लोकाय पत्नीमसि मातरं पिता ।
विधेम चास्यै नमसा सह त्वया
यस्यां स्वतेजोऽग्निमिवारणावधाः ॥ ४२ ॥

चराचर जीवहरुको सुखपूर्वक रहनाका लागि हजूर आफ्नी पत्नी जगन्माता यी पृथ्वीलाई जलमाथि स्थापित गराउनुहोस । हजूर जगतका पिता हुनुहुन्छ । यज्ञकालागि अरणीमा आग्नस्थापना गरे जस्तै हजूरले पृथ्वीमा आफ्नो धारण शक्ति तेज स्थापना गर्नुभएको छ । हामी हजूरलाई र यी पृथ्वीमातालाई प्रणाम गर्दछौं ।।४२।।

 कः श्रद्दधीतान्यतमस्तव प्रभो
            रसां गताया भुव उद्विबर्हणम् ।
न विस्मयोऽसौ त्वयि विश्वविस्मये
            यो माययेदं ससृजेऽतिविस्मयम् ॥ ४३ ॥

प्रभो! रसातालमा डुवेकी यी पृथ्वीलाई निकाल्ने साहस हजूर बाहेक अरु कल्ले गर्न सक्तछ । तर हजुर नै आफ्नो मायाले यो आश्चर्यमय विश्वको रचना गर्नुभयो ।।४३।।

विधुन्वता वेदमयं निजं वपुः
            जनस्तपःसत्यनिवासिनो वयम् ।  
सटाशिखोद्धूत शिवाम्बुबिन्दुभिः
            विमृज्यमाना भृशमीश पाविताः ॥ ४४ ॥

 जव तपाई आफ्नो वेदमय विग्रहलाई हल्लाउदा खेरि हजूरको गर्धनको रौंबाट झरेको शीतल जलको थोपा हामीमा पर्दछ । त्यसलाई भोगेर हामी जनलोक, तपलोक र सत्यलोकमा बसेका का मनुनिजनहरु सधैंभरि पबित्र हुने हौं ।।४४।।

स वै बत भ्रष्टमतिस्तवैष ते, 
            यः कर्मणां पारमपारकर्मणः ।
यद्योगमायागुणयोगमोहितं
            विश्वं समस्तं भगवन्विधेहि शम् ॥ ४५ ॥

जो पुरुष हजूरको कर्मको पार पाउन चाहान्छ, अवस्य पनि उस्को बुध्दि नष्ट भएको हुन्छ किनकि हजूरको कर्मको कुनै पार नै छैन । हजूर कै योगमायाको सत्वादि गुणले यो सारा जगत मोहित भएको छ । हे भगवान् यसको कल्याण गर्नुहोस ।।४५।।

मैत्रेय उवाच ।
इत्युपस्थीयमानस्तैः मुनिभिर्ब्रह्मवादिभिः ।
सलिले स्वखुराक्रान्त उपाधत्तावितावनिम् ॥ ४६ ॥

मैत्रेयजी भन्दछन! ती ब्रह्मादि मुनिहरुले यस प्रकार स्तुति गर्दा सबैको रक्षा गर्ने बराह भगवानले खुरले जललाई स्तम्भित गरेर पृथ्वीलाई स्थापना गर्नुभयो ।।४६।।

स इत्थं भगवानुर्वीं विष्वक्सेनः प्रजापतिः ।
रसाया लीलयोन्नीतां अप्सु न्यस्य ययौ हरिः ॥ ४७ ॥

यस प्रकार रसातलबाट लीलापूर्वक ल्याइएको पृथ्वीलाई जलमा राखेर वहाँ विश्वक्सेन प्रजापति भगवान् श्रीहरि अन्तर्धान हुनुभयो ।।४७।।

 (इंद्रवज्रा)
य एवमेतां हरिमेधसो हरेः
        कथां सुभद्रां कथनीयमायिनः ।
शृण्वीत भक्त्या श्रवयेत वोशतीं
        जनार्दनोऽस्याशु हृदि प्रसीदति ॥ ४८ ॥

विदुरजी! भगवानको लीलामय चरित्र अत्यन्त कीर्तनिय छ । वहाँमा लागेको बुध्दिले सबै प्रकारको पाप र तपालाई नाश गरिदिन्छ । जो ब्यक्ति वहाँको यस मंगलमयी कथालाई भक्तिभावले सुनाउदछ वा सुन्दछ उ देखि जनार्दन भगवान् चाडै ने प्रसन्न हुनुहुन्छ ।४८।।

तस्मिन्प्रसन्ने सकलाशिषां प्रभौ
        किं दुर्लभं ताभिरलं लवात्मभिः ।
अनन्यदृष्ट्या भजतां गुहाशयः
        स्वयं विधत्ते स्वगतिं परः पराम् ॥ ४९

भगवान त सबैको कामना पूर्ण गर्न सामथ्र्य हुनुहुन्छ वहाँ प्रशन्न भएपछि संसारमा दुर्लभ भन्ने कुरा के नै रहन्छ र ? जो मानिस वहाँको अनन्य भावले भजन गर्दछ उसलाई अन्तर्यामी परमात्माले स्वयं आफ्नो परमपद दिनुहुन्छ ।।४९।।

को नाम लोके पुरुषार्थसारवित्
        पुराकथानां भगवत्कथासुधाम् ।
आपीय कर्णाञ्जलिभिर्भवापहा-
        महो विरज्येत विना नरेतरम् ॥ ५० ॥
     
अहो! संसारमा पशुहरुलाई छाडेर आफ्नो पुरुषर्थको सार जान्ने यस्तो कुन मानिस छ सबै भयलाई नाश गराउने भगवानको प्राचीन कथाहरुको कुनै पनि अमृतमयी कथा आफ्नो कर्णपुटबाट एकपटक पनि पान गरेर फेरी त्यसबाट मन हटाउदछ ? ।।५०।। 

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे वराहप्रादुर्भावानुवर्णनं त्रयोदशोऽध्यायः ॥ १३ ॥