#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः –एकसप्ततितमोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः –एकसप्ततितमोऽध्यायः 


श्रीशुक उवाच–
.अनुष्टुप्)
इत्युदीरितमाकर्ण्य देवर्षेरुद्धवोऽब्रवीत् ।
सभ्यानां मतमाज्ञाय कृष्णस्य च महामतिः ॥ १ ॥
श्रीशुकदेवजीले भन्नुभयो– हे राजा परीक्षित ! भगवान श्रीकृष्णको वचन सुनेपछि उद्धवजीले देवर्षि नारद, सभाषद र भगवान श्रीकृष्णको भनाईको बारेमा सोचेर भन्नलाग्नुभयो ।।१।। 
उद्धव उवाच–
यदुक्तमृषिणा देव साचिव्यं यक्ष्यतस्त्वया ।
कार्यं पैतृष्वसेयस्य रक्षा च शरणैषिणाम् ॥ २ ॥
उद्धवजीले भन्नुभयो– हे प्रभु ! देवर्षि नारदजीले हजुरलाई दिनुभएको सुझाव अनुसार हजुरले आफ्ना फुपुका छोरा युधिष्ठिरले गर्न लागेको यज्ञमा सहायता र  शरणमा परेका राजाहरुको रक्षा यी दुवै कार्य हजुरले गनुपर्दछ ।।२।। 
यष्टव्यं राजसूयेन दिक् चक्रजयिना विभो ।
अतो जरासुतजय उभयार्थो मतो मम ॥ ३ ॥
हे प्रभु ! सबै दिशालाई जित्न चहाँने राजाले राजसूय यज्ञ गर्न सक्दछन् त्यसकारण हामीले जरासन्धलाई परास्त गर्नाले पाण्डवहरूको यज्ञको कार्य र शरणमा परेका राजाहरुको सुरक्षा दुवैको काम सिध्द हुुन्छ भन्ने मलाई लाग्दछ ।।३।। 
अस्माकं च महानर्थो ह्येतेनैव भविष्यति ।
यशश्च तव गोविन्द राज्ञो बद्धान् विमुञ्चतः ॥ ४ ॥
हे गोविन्द ! जरासन्धलाई पराजित गरेर मात्र हाम्रो महान उद्देश्य पूरा हुनेछ ।  बन्दी राजाहरू मुक्त हुँदा यस कार्यले हजुरको कीर्ति पनि बढ्नेछ ।।४।। 
स वै दुर्विषहो राजा नागायुतसमो बले ।
बलिनामपि चान्येषां भीमं समबलं विना ॥ ५ ॥
राजा जरासन्धसंग दश हजार हात्तीको बल छ । उसलाई हराउन सक्ने एक मात्र व्यक्ति भीमसेन हुन् किनभने उनी पनि उ जतिकै शक्तिशाली छन् भीमसेन बाहेक अरु उसंग सामना गर्न सक्ने अरु कुनै बलवान छैनन् ।।५।। 
द्वैरथे स तु जेतव्यो मा शताक्षौहिणीयुतः ।
ब्रह्मण्योऽभ्यर्थितो विप्रैर्न प्रत्याख्याति कर्हिचित् ॥ ६ ॥
त्यो वीर जरासन्धलाई युद्धमैं हराउनु राम्रो हुनेछ । जब जरासन्ध एकसय अक्षौहणी सेना लिएर युध्दमा आयो भने उसलाई जित्न सकिदैन किनकि उ ठुलो  ब्राह्मण भक्त हो । उसले ब्राह्मणहरुले मागेको कुरामा कहिल्यै खाली हात फर्काउदैन ।।६।। 
ब्रह्मवेषधरो गत्वा तं भिक्षेत वृकोदरः ।
हनिष्यति न सन्देहो द्वैरथे तव सन्निधौ ॥ ७ ॥
यसकारण भीमसेनले ब्राह्मणको भेषमा गएर युद्धको लागि भिक्षा मागुन् । हजुरको अगडि भीमसेन र जरासन्ध बीच द्वन्द्व भयो भने भीमसेनले उसलाई मार्नेछन् भन्ने कुरामा कुनै शंका छैन ।।७।। 
निमित्तं परमीशस्य विश्वसर्गनिरोधयोः ।
हिरण्यगर्भः शर्वश्च कालस्यारूपिणस्तव ॥ ८ ॥
जसरी यस जगतका सृष्टि र विनाका कारण भनेर ब्रह्मा र शिवजीलाई भनिन्छ, त्यो त निमिन्त्र हो वास्तबमा त्यसको मुख्य कारण त रुप रहित काल स्वरुप हजुर बाट नै हुनुहुन्छ ।।८।।
वसंततिलका)
गायन्ति ते विशदकर्म गृहेषु देव्यो
     राज्ञां स्वशत्रुवधमात्मविमोक्षणं च ।
गोप्यश्च कुञ्जरपतेर्जनकात्मजायाः
     पित्रोश्च लब्धशरणा मुनयो वयं च ॥ ९ ॥
जब जरासन्धको वध हुने छ तब बन्दी बनाइएका राजाहरूका पत्नीहरूले आफ्ना दरबारहरूमा बसेर हजुरको पवित्र कीर्तिको गान यसरी गर्नेछन कि जसरी शंखचुणको वध हुँदा गोपिनीहरुले र गजेन्द्रको उध्दार हँुदा हजुरका शरणमा परेका मुनिहरुले, त्यसैगरी सीताको उध्दार र कंसको कारागारबाट हजुरबाट आफ्ना माता पिता वसुदेवदेवकीको उद्धार भएको कथाको गान हामी गरिरहन्छौं ।।९।। 
(अनुष्टुप्)
जरासन्धवधः कृष्ण भूर्यर्थायोपकल्पते ।
प्रायः पाकविपाकेन तव चाभिमतः क्रतुः ॥ १० ॥
त्यसैले जरासन्धको बधबाट धेरै उद्देश्यहरू पूरा हुनेछन् । बन्दी बनाइएका राजाहरुको उध्दारका कारण होस् वा जरासन्धको पापपूर्ण फलको परिणाम भएपनि हजुर युधिष्ठिरको राजसूय यज्ञ समयमा होस् भन्ने नै चाहनुहुन्छ त्यसैले पहिला राजसूय यज्ञमा जानु नै उचित हुनेछ ।।१०।। 
श्रीशुक उवाच–
इत्युद्धववचो राजन् सर्वतोभद्रमच्युतम् ।
देवर्षिर्यदुवृद्धाश्च कृष्णश्च प्रत्यपूजयन् ॥ ११ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजा परीक्षित ! उध्दवजीको यस्तो कल्याणकारी र भेदभाव रहित कुरालाई देवर्षि नारदले सहित यादवहरुले र स्वयं श्रीकृष्णले पनि प्रशंसा गनुभयो ।।११।।
अथादिशत् प्रयाणाय भगवान् देवकीसुतः ।
भृत्यान् दारुकजैत्रादीननुज्ञाप्य गुरून् विभुः ॥ १२ ॥
त्यसपछि भगवान् श्रीकृष्ण आफ्ना गुरुवर र मान्यजनको अनुमति लिएर दारुक, जैत्र आदि सेवकको साथमा हस्तिनापुर जानका लागि तयारी हुनुभयो ।।१२।।
निर्गमय्यावरोधान् स्वान् ससुतान् सपरिच्छदान् ।
सङ्‌कर्षणमनुज्ञाप्य यदुराजं च शत्रुहन् ।
सूतोपनीतं स्वरथमारुहद् गरुडध्वजम् ॥ १३ ॥
हे सत्रु नाश गर्ने परीक्षित ! त्यसपछि भगवानले यदुराज उग्रसेन र बलरामजीको अनुमति लिएर केटाकेटी र रानीहरुलाई पहिला नै पठाउनुभयो र वहाँ चाँही दारुकले ल्याएको गरुडको ध्वजा भएको रथमा सवार हुनुभयो ।।१३।।
(प्रभावती)
ततो रथद्‌विपभटसादिनायकैः
     करालया परिवृत आत्मसेनया ।
मृदङ्‌ग भेर्यानक शङ्खगोमुखैः
     प्रघोषघोषितककुभो निराक्रमत् ॥ १४ ॥
त्यसपछि वहाँ भगवान् रथ, घोडा तथा युध्दनायकहरुले युक्त आफ्ना सेनाले घेरिनुभयो । त्यसबेला त्यहाँ मृदंग, नगरा, ढोल, शंख, नरसिंगा आदिको ठुलो आवाजले चारैतिर गुन्जिन थाल्यो ।।१४।।
नृवाजिकाञ्चनशिबिकाभिरच्युतं
     सहात्मजाः पतिमनु सुव्रता ययुः ।
वरांबराभरणविलेपनस्रजः
     सुसंवृता नृभिरसिचर्मपाणिभिः ॥ १५ ॥
रुक्मिणी सहित श्रीकृष्णका अरु पत्नीहरु प्नि आफ्ना बालबालिकाका साथमा राम्रा– राम्रा कपडाहरु लगाएर गहना चन्दन र फूलका मालाहरुले शोभित भएका हातमा ढाल तरवार आदि शस्त्रहरुले सहित भएका सैनिकहरुको साथमा घेरिएर सुनको पालकीमा चढेर आफ्ना पति श्रीकृष्णका साथमा हिंडे ।।१५।।
नरोष्ट्रगोमहिषखराश्वतर्यनः
     करेणुभिः परिजनवारयोषितः ।
स्वलङ्‌कृताः कटकुटिकम्बलाम्बरा(
     द्युपस्करा ययुरधियुज्य सर्वतः ॥ १६ ॥
त्यसैगरी अनेक प्रकारका गहनाहरु, पुष्पमालाहरुले सिंगारिएका नगर वधुहरु गुन्द्री आदिले बनेका अस्थायी छाप्राहरु, ओड्ने, उच्छ्याउने, कम्बल त्रिपाल दादि सामाग्रीहरु खच्चड, गोरु र रागो आदिमा बोकाएर आफु हथिनीमा चढेर भगवान्को पछि लागे ।।१६।।
बलं बृहद्ध्वजपटछत्रचामरै(
     र्वरायुधाभरणकिरीटवर्मभिः ।
दिवांशुभिस्तुमुलरवं बभौ रवे(
     र्यथार्णवः क्षुभिततिमिङ्‌गिलोर्मिभिः ॥ १७ ॥
जसरी रिसाएर शिलबध्द भएर हिडेका ठुला माछाहरुको छाल उठ्नाले समुद्रको शोभा बढ्दछ । त्यसैगरी राम्रा–राम्रा गहना मुकुट, कवच आदि लगाएका शस्त्रहरु हातमा लिएका त्यो ठुलोे सेनाको हल्लीखल्लीका साथमा अगाडि बढेको ःफौजको शोभायमान देखिएको थियो ।।१७।।
अथो मुनिर्यदुपतिना सभाजितः
     प्रणम्य तं हृदि विदधद् विहायसा ।
निशम्य तद्‌व्यवसितमाहृतार्हणो
     मुकुन्दसन्दर्शननिर्वृतेन्द्रियः ॥ १८ ॥
यसरी भगवान् द्वारकाबाट युधिष्ठिरको यज्ञका लागि हिड्नु हुँदा नारदजीले भगवान् श्रीकृष्णको अभिप्राय बुझेर भगवान्लाई नमस्कार गरेर खुसी हुँदै आकाशमार्ग हुँदै जानुभयो ।।१८।।  
(अनुष्टुप्)
राजदूतमुवाचेदं भगवान् प्रीणयन् गिरा ।
मा भैष्ट दूत भद्रं वो घातयिष्यामि मागधम् ॥ १९ ॥
यसपछि भगवान श्रीकृष्णले जरासन्धको बन्दी बन्दी बनाएका राजाको  दूतलाई आफ्नो मधुर वाणीले आश्वासन दिएर भन्नुभयो– हे दूत ! तिमी गएर आफ्ना राजाहरूलाई  नडराउनु, तपाईं सबैको कल्याण होस् । अब म बाट जरासन्धलाई चाडैंनै मार्नेछु भनेर यो खबर सुनाउ ।।१९।।
इत्युक्तः प्रस्थितो दूतो यथावदवदन्नृपान् ।
तेऽपि सन्दर्शनं शौरेः प्रत्यैक्षन् यन्मुमुक्षवः ॥ २० ॥
भगवानबाट यस्तो आदेश पाएपछि दूतले ती राजाहरुलाई श्रीकृष्ण भगवान्को सन्देश सुनायो । श्रीकृष्णको यो सन्देश सुनेर जेलबाट मुत्त हुनका लागि आतुर भएका राजाहरुले सकेसम्म चाँडो भगवानको शुभ दर्शनको प्रतीक्षा गर्र्नथाले ।।२०।।
आनर्तसौवीरमरूंस्तीर्त्वा विनशनं हरिः ।
गिरीन् नदीरतीयाय पुरग्रामव्रजाकरान् ॥ २१ ॥
भगवान् श्रीकृष्ण आनर्त सौवीर, मरु, कुरुक्षेत्रका आसपासमा रहेका नगर, गाउँ बस्तीहरु र यसै बिचमा पर्ने अनेक नदी पर्वतहरु पर गरेर अगाडि बढ्नुभयो ।।२१।।
ततो दृषद्‌वतीं तीर्त्वा मुकुन्दोऽथ सरस्वतीम् ।
पञ्चालानथ मत्स्यांश्च शक्रप्रस्थमथागमत् ॥ २२ ॥
अब भगवान् श्रीकृष्ण चक्रनदी, सरस्वती नदीलाई पार गरेर पाञ्चाल र मत्स्यदेश भएर इन्द्रपस्थमा पुग्नुभयो ।।२२।।
तमुपागतमाकर्ण्य प्रीतो दुर्दर्शनं नृणाम् ।
अजातशत्रुर्निरगात् सोपाध्यायः सुहृद्‌वृतः ॥ २३ ॥
हे राजन् !  मनुष्यका निम्ति भगवान श्रीकृष्णको दर्शन धेरै दुर्लभ मानिन्छ । जब अजातशत्रु महाराज युधिष्ठिरले भगवान कृष्ण आइपुगेको खबर पाएर उनी हर्षले गद्गद हुँदै आफ्ना आफन्त, बन्धुबान्धब सहित भएर भगवान्को  स्वागत गर्न शहरबाट बाहिर निस्के ।।२३। 
गीतवादित्रघोषेण ब्रह्मघोषेण भूयसा ।
अभ्ययात् स हृषीकेशं प्राणाः प्राणमिवादृतः ॥ २४ ॥
भगवान्को आगमनबाट खुसी भएका युधिष्ठिर जसरी इन्द्रियहरु मुख्य प्राणसंग मिल्न जान्छ त्यसरी नै उनी  गीतहरू गाउदै, बाजाहरु बजाउँदै, ब्राह्मणहरुद्वार वेदमन्त्र उच्चरण गराउदै भगवान हृषिकेशलाई स्वागत गर्न गए ।।२४।। 
दृष्ट्वार विक्लिन्नहृदयः कृष्णं स्नेहेन पाण्डवः ।
चिराद् दृष्टं प्रियतमं सस्वजेऽथ पुनः पुनः ॥ २५ ॥
भगवान कृष्णलाई देखेर राजा युधिष्ठिरको हृदय प्रेमले भरियो । धेरै समय पछि उनले आफ्ना प्रिय भगवान कृष्णको दर्शन गर्ने सौभाग्य पाएका थिए त्यसैले उनले भगवानलाई धेरैबेर सम्म अंगालोमा हाले ।।२५।।
(मिश्र)
दोर्भ्यां परिष्वज्य रमामलालयं
     मुकुन्दगात्रं नृपतिर्हताशुभः ।
लेभे परां निर्वृतिमश्रुलोचनो
     हृष्यत्तनुर्विस्मृत लोकविभ्रमः ॥ २६ ॥
भगवान श्रीकृष्णको श्रीविग्रह देवी लक्ष्मीजीको एकमात्र पवित्र निवासस्थान हो । राजा युधिष्ठिरले आफ्नो दुवै हातले वहाँलाई अँगालो हालेर आफ्ना सबै पाप र ताप बाट मुक्ति भएको अनुभव गरे । खुसिले गर्दा उनको आँखाबाट आँसु बग्नथाल्यो । उनको शरीरको हरेक भाग रोमाञ्चित हुनगयो । त्यतिबेला उनले सबै लोकव्यबहारको चिन्तालाई बिर्सेर आनन्दमा मग्न भए ।।२६।।
तं मातुलेयं परिरभ्य निर्वृतो
     भीमः स्मयन् प्रेमजलाकुलेन्द्रियः ।
यमौ किरीटी च सुहृत्तमं मुदा
     प्रवृद्धबाष्पाः परिरेभिरेऽच्युतम् ॥ २७ ॥
भीमसेनले पनि मुस्कुराउँदै आफ्नो आफ्ना मामाका छोरा श्रीकृष्णलाई प्रेमले अँगालो हाल जसले गर्दा उनलाई आनन्दमा मग्न भए । नकुल, सहदेव र अर्जुनले पनि आफ्ना परम शुभचिन्तक भगवान अच्यूतलाई अति प्रेमले हर्षको आँसु बगाउदै आलिंन गरे ।।२७.।। 
(अनुष्टुप्)
अर्जुनेन परिष्वक्तो यमाभ्यामभिवादितः ।
ब्राह्मणेभ्यो नमस्कृत्य वृद्धेभ्यश्च यथार्हतः ॥ २८ ॥
अर्जुन, नकुल र सहदेवबाट अभिवादन भएपछि  भगवान श्रीकृष्णले पनि ब्राह्मणहरू र कुरु वंशका वृद्धहरूलाई उनीहरूको उचित सम्मान अनुसार नमस्कार गर्नुभयो ।।२८।। 
मानिनो मानयामास कुरुसृञ्जयकैकयान् ।
सूतमागधगन्धर्वा वन्दिनश्चोपमंत्रिणः ॥ २९ ॥
मृदङ्‌गशङ्खपटहवीणापणवगोमुखैः ।
ब्राह्मणाश्चारविन्दाक्षं तुष्टुवुर्ननृतुर्जगुः ॥ ३० ॥
कुरु, सृंजय र केकय राजाहरूले भगवान कृष्णलाई सम्मान गरे र भगवान कृष्णले पनि उनीहरूलाई उचित रूपमा सम्मान गर्नुभयो । यसैगरी सुत, मगध, वन्दीजन र ब्राह्मणहरूले भगवानको स्तुति गर्न थाले र गन्धर्व वन्दिजन, विदुषक र ब्रह्मणहरुले पनि  मृदंग, शंख, नगडा, वीणा, ढोल आदि बाजा बजाउँदै नाच्दै र गाउदै श्रीकृष्णलाई प्रसन्न गराए ।।२९–३०।। 
एवं सुहृद्‌भिः पर्यस्तः पुण्यश्लोकशिखामणिः ।
संस्तूयमानो भगवान् विवेशालङ्‌कृतं पुरम् ॥ ३१ ॥
यसरी आफ्ना आफन्तहरू बन्धुबान्धवहरुले सहित प्रशंसा गरिएका भगवान श्रीकृष्ण सबै प्रकारले सुसज्जित भएको इन्द्रप्रस्थ शहरमा प्रवेश गर्नुभयो ।।३१।। 
(वसंततिलका)
संसिक्तवर्त्म करिणां मदगन्धतोयै(
     श्चित्रध्वजैः कनकतोरणपूर्णकुम्भैः ।
मृष्टात्मभिर्नवदुकूलविभूषणस्रग्(
     गन्धैर्नृभिर्युवतिभिश्च विराजमानम् ॥ ३२ ॥
इन्द्रप्रस्थ नगरका सडक र गल्लीहरूमा हात्तिको मद मिश्रीत सुगन्धित जल सेचन गरिएको थियो । विभिन्न ठाउँमा जलले भरिएको कलश र रंंगीचंगी ध्वजाहरु, सुनका तोरणहरुले सिंगारिएको थियो । त्यस नगरका पुरुष र महिलाहरू नयाँ वस्त्र गहना, फूलका माला, अत्तर आदिले सजिएका थिए । जसले गर्दा त्यो नगर अति सुन्दर देखिन्थ्यो ।।३२।। 
उद्दीप्तदीपबलिभिः प्रतिसद्मजाल(
     निर्यातधूपरुचिरं विलसत्पताकम् ।
मूर्धन्यहेमकलशै रजतोरुशृङ्‌गै(
     र्जुष्टं ददर्श भवनैः कुरुराजधाम ॥ ३३ ॥
प्रत्येक घरमा दिपावली गरिएको थियो । हरेक घरका झ्यालहरूबाट धूपको सुगन्धित वासना निस्किएको थियो । त्यहाँका सबै घरहरूमा झण्डा ध्वजाहरु फहराइरहेका थिए र घरको छानामा रहेका सुनौला कलशहरू र चाँदीका शिखरहरूले सजिएका भवनले त्यो नगर अति सुन्दर देखिन्थ्यो ।  भगवान श्रीकृष्णले यस्तो पाण्डवहरूको राजधानी इन्द्रप्रस्थ शहरलाई देख्नुभयो ।।३३।। 
प्राप्तं निशम्य नरलोचनपानपात्र(
     मौत्सुक्यविश्लथितकेशदुकूलबन्धाः ।
सद्यो विसृज्य गृहकर्म पतींश्च तल्पे
     द्रष्टुं ययुर्युवतयः स्म नरेन्द्रमार्गे ॥ ३४ ॥
सबै मानिसको आँखाको पात्र हुनुभएको श्रीकृष्ण इन्द्रपस्थ आउनुभएकोे थाहा पाएर उहाँलाई हेर्ने उत्कण्ठाका कारण हस्तिनापुरका युवतीहरु आफ्नो साडीका बन्धन पनि बाँध्न छाडेर, उनीहरूले घरको काम  र पतिलाई पनि छाडेर भगवान कृष्णको दर्शन गर्न राजमार्गमा पुगे ।।३४।। 
तस्मिन् सुसङ्‌कुल इभाश्वरथद्‌विपद्‌भिः
     कृष्णंसभार्यमुपलभ्य गृहाधिरूढाः ।
नार्यो विकीर्य कुसुमैर्मनसोपगुह्य
     सुस्वागतं विदधुरुत्स्मयवीक्षितेन ॥ ३५ ॥
त्यहाँको बाटो हात्ती, घोडा, रथ र पैदल सेनाले भरिएको थियो । ती महिलाहरू आफ्नो घरको छानामा चढेर अफ्ना पत्नीहरुका साथमा आईरहनुभएका भगवान कृष्णलाई देखेर उहाँमाथि फूल बर्साएर हृदयदेखि अँगालो हालेर अति प्रेमपूर्ण मुस्कानले भगवान्को स्वागत गरे ।।३५।। 
ऊचुः स्त्रियः पथि निरीक्ष्य मुकुन्दपत्नीत(
     स्तारा यथोडुपसहाः किमकार्यमूभिः ।
यच्चक्षुषां पुरुषमौलिरुदारहास(
     लीलावलोककलयोत्सवमातनोति ॥ ३६ ॥
भगवान्का साथमा आएका वहाँका पत्नीहरु चन्द्रमाका साथमा रहेका तारा जस्ता देखिन्थे उनीहरुलाई देखेर शहरका स्त्रीहरूले आपसमा भन्न थाले– यी भाग्यशाली रानीहरूले के कस्ता असल काम गरेका छन्, यी रानीहरुले पूर्वजन्ममा के कस्तो पुण्यकार्य गरेका थिए होलान् ? जसका कारण पुरुवंशी भगवान श्रीकृष्णले आफ्नो मन्दमुस्कान र चंचल नेत्रले उनीहरूलाई हेरेर उनीहरूको आँखालाई परम आनन्द दिनुभएको छ ।।३६।। 
(अनुष्टुप्)
तत्र तत्रोपसङ्‌गम्य पौरा मङ्‌गलपाणयः ।
चक्रुः सपर्यां कृष्णाय श्रेणीमुख्या हतैनसः ॥ ३७ ॥
यसरी भगवान कृष्ण राजपथमा हिंडिरहनुभएको समयमा भगवानको दर्शनले निष्पाप भएका नगरवासीले हातमा मांगलिक वस्तुलिएर भगवानको स्वागत सत्कार गरे ।।३७।। 
अन्तःपुरजनैः प्रीत्या मुकुन्दः फुल्ललोचनैः ।
ससम्भ्रमैरभ्युपेतः प्राविशद् राजमन्दिरम् ॥ ३८ ॥
भगवान कृष्णलाई देखेपछि अन्तपूर्वका महिलाहरू प्रेम र आनन्दले मग्न भए । उनीहरुले प्रेम र आनन्दले भरिएका आँखाले भगवानलाई स्वागत गरे र श्रीकृष्णले पनि उनीहरुको स्वागत स्वीकार गरेर राजमहलमा प्रवेश गर्नुभयो ।।३८।।
पृथा विलोक्य भ्रात्रेयं कृष्णं त्रिभुवनेश्वरम् ।
प्रीतात्मोत्थाय पर्यङ्‌कात् सस्नुषा परिषस्वजे ॥ ३९ ॥
जब कुन्तीले आफ्ना भतिजा त्रिभुवनका मालिक श्रीकृष्णलाई देखिन् अनि उनको हृदय प्रेमले भरियो । उनी पलंगबाट उठेर आफ्नी बुहारी द्रौपदीसँगै अगाडि आएर भगवान कृष्णलाई आलिंगन गरिन् ।।३९।। 
गोविन्दं गृहमानीय देवदेवेशमादृतः ।
पूजायां नाविदत् कृत्यं प्रमोदोपहतो नृपः ॥ ४० ॥
देवदेवेश्वर भगवान श्रीकृष्णलाई आफ्नो दरबार भित्र ल्याएपछि, राजा युधिष्ठिर आनन्दविभोर भएका कारण उनले कसरी अतिथि स्वागत गर्ने भन्ने विषय पनि विर्सिए ।।४०।। 
पितृष्वसुर्गुरुस्त्रीणां कृष्णश्चक्रेऽभिवादनम् ।
स्वयं च कृष्णया राजन् भगिन्या चाभिवन्दितः ॥ ४१ ॥
भगवान श्रीकृष्णले आफ्नी फुपू कुन्ती र आफ्ना गुरुहरूका पत्नीहरूलाई अभिवादन गर्नुभयो । अनि उनकी सुभद्रा र द्रौपदीले भगवानलाई नमस्कार गरे ।।४१।। 
श्वश्र्वा सञ्चोदिता कृष्णा कृष्णपत्नीदश्च सर्वशः ।
आनर्च रुक्मिणीं सत्यां भद्रां जाम्बवतीं तथा ॥ ४२ ॥
कालिन्दीं मित्रविन्दां च शैब्यां नाग्नजितीं सतीम् ।
अन्याश्चाभ्यागता यास्तु वासःस्रङ्‌मण्डनादिभिः ॥ ४३ ॥
आफ्नी सासू कुन्तीको प्रेरणाले, द्रौपदीले रुक्मिणी, सत्यभामा, भद्रा, जाम्बवती, कालिन्दी, मित्रविन्दा, सत्या र नाग्नजिती लागायत अरु जो जो स्त्री थिए उनीहरुलाई पनि वस्त्र, गहना, माला आदिले स्वागत सम्मान गरिन् ।।४२–४३ ।। 
सुखं निवासयामास धर्मराजो जनार्दनम् ।
ससैन्यं सानुगामत्यं सभार्यं च नवं नवम् ॥ ४४ ॥
धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णलाई र वहाँ साथ आएका सेना, सेवक, मन्त्री र पत्नी सहित सबैलाई बस्नको लागि आरामदायि निवासको ब्यवस्था मिलाए र राखे ।।४४।। 
तर्पयित्वा खाण्डवेन वह्निं फाल्गुनसंयुतः ।
मोचयित्वा मयं येन राज्ञे दिव्या सभा कृता ॥ ४५ ॥
अर्जुनसँगै रहेर भगवान श्रीकृष्णले खाण्डव वनलाई जलाएर आगोलाई सन्तुष्ट पार्नुभयो र मय नामको दानवलाई त्यहाँबाट बचाउनुभयो । त्यही मायासुरले भगवानको अनुमतिले धर्मराज युधिष्ठिरको लागि दिव्य सभा भवन बनाइदियो ।।४५।।
उवास कतिचिन्मासान् राज्ञः प्रियचिकीर्षया ।
विहरन् रथमारुह्य फाल्गुनेन भटैर्वृतः ॥ ४६ ॥
राजा युधिष्ठिरलाई प्रसन्न पार्न भगवान कृष्ण धेरै महिनासम्म अर्जुनका साथमा इन्द्रप्रस्थमा बस्नुभयो । त्यतिबेला वहाँ रथमा चढेर जहाँ जानुहुन्थ्यो त्यहाँ सेनाहरु पनि वहाँको सथमा नै हुन्थे ।।४६।।
इति श्रीमद्भाथगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
कृष्णस्य इंद्रप्रस्थगमनं नाम एकसप्ततितमोऽध्यायः ॥ ७१ ॥