#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – एकविंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – एकविंशोऽध्यायः



श्रीशुक उवाच –
एतावानेव भूवलयस्य संनिवेशः प्रमाण लक्षणतो व्याख्यातः ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ –
राजन् ! सम्पूर्ण भूभण्डलको परिमाण र लक्षण्को बारेमा जे जति मैले तिमीलाई बताएं यस्को विस्तार यति नै हो ।।१।।

एतेन हि दिवो मण्डलमानं तद्विद उपदिशन्ति यथा द्विदलयोर्निष्पावादीनां ते अन्तरेणान्तरिक्षं तदुभयसन्धितम् ॥ २ ॥ 

बिद्वानहरू यहि भूमण्डलको परिमाण अनुसार नै अरु स्वर्गादि लोकको परिणाम पनि बताउँदछन । जस प्रकार चना मटर आदिमा एउटाको स्वरुपलाई जाने पछि अर्कोको पनि स्वरूप जानिन्छ त्यसरी नै भूलोकको परिणामले नै अरुलोकको परिमाण पनि अनुमान गर्नुपर्दछ । यो यी दुवैको विचको अन्तरिक्ष आकाश नै सन्धिस्थान हो ।।२।।

यन्मध्यगतो भगवांस्तपताम्पतिस्तपन आतपेन त्रिलोकीं प्रतपत्यवभासयत्यात्मभासा स एष उदगयनदक्षिणायनवैषुवतसंज्ञाभिर्मान्द्य शैघ्र्य समानाभिर्गतिभिरारोहणावरोहणसमान स्थानेषु यथासवनमभिपद्यमानो मकरादिषु राशिष्वहोरात्राणि दीर्घह्रस्वसमानानि विधत्ते ॥ ३ ॥ 

ग्रह र नक्षत्रका अधिपति श्री सूर्य भगवान आफ्नो ताप र प्रकाशले तीनै लोकलाई तताउने र प्रकाशित गर्ने गर्नु हुन्छ । त्यो उत्तरायण, दक्षिणायन र विषुवत् मार्गबाट  विस्तार, छिटो, र समान गतिले हिडेर समयानुसार मकरादि राशिहरूमा तल, माथि र समान स्थानमा गएर दिन र रातलाई लामो, छोटो र बरारबर गर्दछन ।।३।।

यदा मेषतुलयोर्वर्तते तदाहोरात्राणि समानानि भवन्ति यदा वृषभादिषु पञ्चसु च राशिषु चरति तदाहान्येव वर्धन्ते ह्रसति च मासि मास्येकैका घटिकारात्रिषु ॥ ४ ॥ 

यदा वृक्षिकादिषु पञ्चसु वर्तते तदाहोरात्राणि विपर्ययाणि भवन्ति ॥ ५ ॥ 

जब सूर्य भगवान् मेष या तुलाराशिमा आउँदछन त्यतिबेल दिन रात बराबर हुन्छ । जब बृषादि पाँच राशिमा गएको बेलामा प्रत्तेक महिना रात्रीमा एक घडि कम हुन्छ । त्यसै हिसाबले दिन बढ्दछ । जब बृश्चिकादि पाँच राशिमा जान्छन तब दिनको रात्रीमा यस्को विपरित हिसावले परिवर्तन हुन्छ ।।५।।

यावद्दक्षिणायनमहानि वर्धन्ते यावदुदगयनं रात्रयः ॥ ६ ॥ 

यस प्रकार दक्षिणायन आरम्भ हुँदा सम्म दिन बढिरहन्छ र उत्तरायण लागेपछि रात्री लामो हुदै जान्छ ।।६।।

एवं नव कोटय एकपञ्चाशल्लक्षाणि योजनानां मानसोत्तरगिरिपरिवर्तनस्योपदिशन्ति तस्मिन्नैन्द्रीं पुरीं पूर्वस्मान्मेरोर्देवधानीं नाम दक्षिणतो याम्यां संयमनीं नाम पश्चाद्वारुणीं निम्लोचनीं नाम उत्तरतः सौम्यां विभावरीं नाम तासूदयमध्याह्नास्तमयनिशीथानीति भूतानां प्रवृत्तिनिवृत्तिनिमित्तानि समयविशेषेण मेरोश्चतुर्दिशम् ॥ ७ ॥ 

पण्डितहरूका अनुसार मानसोत्तर पर्वत सम्म सूर्यको पसिरक्रमाको मार्ग नौ करोड एकाउन्न लाख योजन भएको बताउँदछन । त्यस पर्वतमा मेरुको पूर्वमा  इन्द्रको देवधानी, दक्षिणमा यमराजको संयमनी, पश्चिममा वरुणको निम्लोचनी र उत्तरमा चन्द्रमाको विभावरी नामको पुरीहरू छन । यस पुरीमा सुमेरुको चारैतिर समय समयमा सूदर्योदय, मध्यान्न सायङ्काल र अर्धरात्रि भइरहन्छ  यसैको कारण सम्पूर्ण प्राणीहरूमा प्रवृत्ति र निवृत्ति हुन्छ ।।७।।

तत्रत्यानां दिवसमध्यङ्गत एव सदा ऽऽदित्यस्तपति सव्येनाचलं दक्षिणेन करोति ॥ ८ ॥ 

राजन् ! सुमेरुमा रहने प्राणीलाई सूर्यदेव सधैं मध्यान्न झैं तपाई रहन्छन । उनी आफ्नो गति अनुसार अश्विनि आदि नक्षत्र तिर जाँदा मेरुको देव्रेतिर भएर गएपनि सबै ज्योर्तिमण्डलमा घुम्ने निरन्तर दाहिनेतिर बहने वायु्को प्रवाहद्वारा घुमाउनाले सूर्यदेव त्यसको दाहिने भएर चल्नुहुन्छ ।।८।।

यत्रोदेति तस्य ह समानसूत्रनिपाते निम्लोचति यत्र क्वचन स्यन्देनाभितपति तस्य हैष समानसूत्रनिपाते प्रस्वापयति तत्र गतं न पश्यन्ति ये तं समनुपश्येरन् ॥ ९ ॥ 

जुन पुरीमा सूर्य भगवान्को उदय हुन्छ त्यसको ठिक उल्टो वहाँको अस्त हुलागेको अनुभव हुन्छ त्यहाँका प्राणीलाई मध्यान्हमा पसीना पसीना हुने गरि तताउँनुहुन्छ भने यस्को विपरित जहाँबाट उदय भएको थियो त्यहाँका प्राणीलाई निद्राको वशमा पार्नु हुन्छ । जसले मध्यान्हकालमा सूर्यलाई स्पष्टरुपमा देख्दछ तर त्यहि सूर्य उल्टो दिशामा पुग्दा देख्न सकिदैन ।।९।।

यदाचैन्द्र्याः पुर्याः प्रचलते पञ्चदशघटिकाभि र्याम्यां सपादकोटिद्वयं योजनानां सार्थद्वादश लक्षाणि साधिकानि चोपयाति ॥ १० ॥ 

सूर्यदेव  इन्द्रको पुरीबाट यमराजको पुरीमा गएको बखतमा पन्द्र घडिमा सबा दुई करोड र साढे बाह्रलाख योजन बाट अझ बढि भ्रभण गर्नुहुन्छ ।।१०।।

एवं ततो वारुणीं सौम्यामैन्द्रीं च पुनस्तथान्ये च ग्रहाः सोमादयो नक्षत्रैः सह ज्योतिश्चक्रे समभ्युद्यन्ति सह वा निम्लोचन्ति ॥ ११ ॥ 

फेरी यहि क्रमले वहाँ वरुण र चन्द्रमाको पुरीमा पुगेर फेरी इन्द्रको पुरीमा नै पुग्दछन । यस प्रकार चन्द्रमा आदि अन्य ग्रह पनि ज्योतिश्चक्रमा अन्य नक्षत्रका साथमा उदाउँने र अस्ताउँने गर्दछन ।।११।।

एवं मुहूर्तेन चतुस्रिंशल्लक्षयोजना न्यष्टशताधिकानि सौरो रथस्त्रयीमयोऽसौ चतसृषु परिवर्तते पुरीषु ॥ १२ ॥ 

यस प्रकार भगवान् सूर्यको वेदमय रथ एक मुहुर्तमा चौंतिस लाख आठ सय योजनका हिसावले हिडेर चारै पुरीमा घुमिरहन्छन ।।१२।।

यस्यैकं चक्रं द्वादशारं षण्नेमि त्रिणाभि संवत्सरात्मकं समामनन्ति तस्याक्षो मेरोर्भूर्धनि कृतो मानसोत्तरे कृतेतरभागो यत्र प्रोतं रविरथचक्रं तैलयन्त्रचक्रवद् भ्रमन्मानसोत्तरगिरौ परिभ्रमति ॥ १३ ॥ 

सूर्यको सम्वत्सर नामको एउटा चक्र (पांग्रा) भएको बताइएको छ । त्यसमा महिनारूप बाह्र आरा र ऋतुरूप छ नेमी छन् त्यस्तै चतुर्मास रुपी तीन नाभि छन् । यस रथको धुरीको छेउ मेरु पर्वतको टुप्पोमा छ र अर्को मानसोत्तर पर्वतमा छ । यसमा लगाइएको यो चक्र नित्य कोलको पांग्र झै घुमेर मानसोत्तर पर्वतमा चक्कर लगाउँदछ ।।१३।।

तस्मिन्नक्षे कृतमूलो द्वितीयोऽक्षस्तुर्यमानेन सम्मितस्तैलयन्त्राक्षवद् ध्रुवे कृतोपरिभागः ॥ १४ ॥ 

यस धुरीमा अर्को धुरी पनि छ  जुन एक अर्को मूल भाग जोडिएका हुन्छ । जसको मूल भाग जोडिएको छ यस्तो एक धुरी अर्को पनि छ । त्यो लम्बाईमा यसको चौथाई बराबर छ । त्यसको माथिको भाग तैल यन्त्र झैं ध्रुवलोकसित जोरिएको हुन्छ । ।।१४।।

रथनीडस्तु षट्त्रिंशल्लक्षयोजनायतस्तत्तुरीय भागविशालस्तावान रविरथयुगो यत्र हयाश्छन्दो नामानःसप्तारुणयोजिता वहन्ति देवमादित्यम् ॥ १५ ॥ 

यस रथमा बस्ने ठाँउ छत्तीस लाख नौ हजार योजन चौंडा छ । यसको जुवा पनि छत्तीस लाख योजनको लम्बाई छ । त्यसमा अरुण नामको सारथिले गायत्री आदि छन्दका नाम भएको सात घोडा जोतिराखेका छन । उनलेनै भगवान् सूर्यलाई भ्रमण गराउछन ।। १५।।

पुरस्तात्सवितुररुणः पश्चाच्च नियुक्तः सौत्ये कर्मणि किलास्ते ॥ १६ ॥ 


अरुण सूर्यका अगाडि मुख र घोडातिर पिठ्यु फर्काएर बसेका हुन्छन उनैले सारथीको काम गर्दछन ।।१६।।

तथा वालखिल्या ऋषयोऽङ्गुष्ठपर्वमात्राः षष्टिसहस्राणि पुरतः सूर्यं सूक्तवाकाय नियुक्ताः संस्तुवन्ति ॥ १७ ॥ 

भगवान् सूर्यको रथको अगाडि बूढी औलाको टुप्पो समान आकारका वालखिल्यादि साठीहजार ऋषि स्वस्ति वाचनका लागि नियुक्ति भएका छन । उनीहरूले वहाँको स्तुति गरिरहन्छन ।।१७।।

तथान्ये च ऋषयो गन्धर्वाप्सरसो नागा गामण्यो यातुधाना देवा इत्येकैकशो गणाः सप्त चतुर्दश मासि मासि भगवन्तं सूर्यमात्मानं नानानामानं पृथङ्नानानामानः पृथक्कर्मभिर्द्वन्द्वश उपासते ॥ १८ ॥

यो बाहेक ऋषि गन्धर्व, अप्सरा, नाग, यक्ष, राक्षस, र देवता पनि जुन सबै मिलाउँदा चौध छन, तर संगै रहने भएकाले सात गण भनिन्छ । प्रत्येक महिनामा भिन्न भिन्न नाम भएर आफ्नो भिन्न भिन्न कर्मले प्रत्येक महिनामा भिन्न भिन्न नाम धारण गर्ने आत्मस्वरूप भगवान् सूर्यलाई दुइ दुई जना मिलेएर उपासना गर्दछन ।।१८।।
लक्षोत्तरं सार्धनवकोटियोजनपरिमण्डलं भूवलयस्य क्षणेन सगन्मूत्युत्तरं द्विसहस्रयोजनानि स भुङ्क्ते ॥ १९ ॥ 

यस प्रकार सूर्य भगवान् भूमण्डलको नौ करोड एकाउन्न लाख योजन लामो घेराबाट प्रत्येक क्षणमा दुई हजार दुई योजनको दुरी पार गर्दछन ।।१९।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे ज्योतिश्चक्रसूर्यरथमण्डलवर्णनं नामैकविंशोऽध्यायः ॥ २१ ॥