श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – एकोनविंशोऽध्यायः
मैत्रेय उवाच –
(अनुष्टुप)
अथादीक्षत राजा तु हयमेधशतेन सः ।
ब्रह्मावर्ते मनोः क्षेत्रे यत्र प्राची सरस्वती ॥ १ ॥
विदुरजी ! महाराज मनुको ब्रम्हावर्त क्षेत्रमा जहाँ सरस्वती नदी पूर्वमुख भएर वग्दछीन् त्यहाँ राजा पृथुले एकसय अश्वमेघको दिक्षा लिए ।।१।।
तदभिप्रेत्य भगवान् कर्मातिशयमात्मनः ।
शतक्रतुर्न ममृषे पृथोर्यज्ञमहोत्सवम् ॥ २ ॥
यो देखेर महाराज इन्द्रलार्ई विचार भयो कि यस्तो पृथुको कर्म मेरो कर्मभन्दा बढि हुनेछ भनेर इन्द्रले यज्ञमहोत्सवलार्ई सहन सकेनन् ।।२।।
यत्र यज्ञपतिः साक्षाद् भगवान् हरिरीश्वरः ।
अन्वभूयत सर्वात्मा सर्वलोकगुरुः प्रभुः ॥ ३ ॥
महाराज पृथुको यज्ञमा सबैका अन्तरात्मा सर्वलोकपूज्य जगदिश्वर भगवान् श्रीहरिले यज्ञेश्वरको रूपमा साक्षात दर्शन दिनुभयो ।।३।।
अन्वितो ब्रह्मशर्वाभ्यां लोकपालैः सहानुगैः ।
उपगीयमानो गन्धर्वैः मुनिभिश्चाप्सरोगणैः ॥ ४ ॥
त्यसैगरी साथै ब्रम्हा, रुद्र्र, तथा आफ्ना अनुचरहरू सहित लोकपालहरू पनि आएका थिए । त्यहाँ गन्दर्भ, मुनि र अप्सराहरू प्रभुको कीर्ति गाईरहेका थिए ।।४।।
सिद्धा विद्याधरा दैत्या दानवा गुह्यकादयः ।
सुनन्दनन्दप्रमुखाः पार्षदप्रवरा हरेः ॥ ५ ॥
कपिलो नारदो दत्तो योगेशाः सनकादयः ।
तमन्वीयुर्भागवता ये च तत्सेवनोत्सुकाः ॥ ६ ॥
सिध्द, विद्याधर, दैत्य, दानव, यक्ष, सुनन्द, नन्द आदि भगवानका पार्षदहरू र जो सधैं भगवानको सेवाका लागि उत्सुक हुन्छन्, उनीहरू कपिल, नारद, दतात्रेय त्यस्तै सनकादि योगेश्वरहरू पनि वहाँँको साथमा थिए ।।५।६।।
यत्र धर्मदुघा भूमिः सर्वकामदुघा सती ।
दोग्धि स्माभीप्सितान् अर्थान् यजमानस्य भारत ॥ ७ ॥
भरत ! त्यस यज्ञमा यज्ञ सामग्री दिने भूमीले कामधेनुरूप भएर यजमानको सबै कामनाहरू पूर्ण गरेकी थिइन ।।७।।
ऊहुः सर्वरसान्नद्यः क्षीरदध्यन्नगोरसान् ।
तरवो भूरिवर्ष्माणः प्रासूयन्त मधुच्युतः ॥ ८ ॥
नदीहरूमा पानीको सट्टा दाख उखु आदिले सबैप्रकारका रस बगेका थिए । तथा जसले मह चुसिरहेका थिए त्यस्ता ठुलाठुला रुखहरू दूध, दहि, अन्न, र घीउ आदि विभिन्न प्रकारका सामाग्रीहरू समर्पण गर्दथे ।।८।।
सिन्धवो रत्ननिकरान् गिरयोऽन्नं चतुर्विधम् ।
उपायनं उपाजह्रुः सर्वे लोकाः सपालकाः ॥ ९ ॥
समुद्रले धेरै रत्नहरू, पर्वतले भोज्य, चोख्य र लेस्य चारप्रकारको अन्न र लोकपालहरू सहित सम्पूर्ण लोकले विभिन्न किसिमका सामग्रीहरू उनलार्र्ई अर्पण गरेका थिए ।
इति चाधोक्षजेशस्य पृथोस्तु परमोदयम् ।
असूयन् भगवान् इन्द्रः प्रतिघातमचीकरत् ॥ १० ॥
मैत्रेयजीले भने–
महाराज पृथु ता एकमात्र श्रीहरिलार्ई नै आफ्नो प्रभु मान्दथे । वहाँँको कृपाले त्यो अनुष्ठान धेरै उत्कर्ष भएको थियो । तर त्यो कुरा देवराज इन्द्रलार्ई सह्य भएन, त्यसैल उनले वाधा पुर्याउने चेष्टा गरे ।।१०।।
चरमेणाश्वमेधेन यजमाने यजुष्पतिम् ।
वैन्ये यज्ञपशुं स्पर्धन् अपोवाह तिरोहितः ॥ ११ ॥
जुन समयमा महाराज पृथु अन्तिम यज्ञद्वारा यज्ञपतिको आराधना गरीरहेका थिए, इन्द्रले इष्र्यावश गुप्तरूपमा उनकोे यज्ञको घोडा हरण गरे ।।११।।
तं अत्रिर्भगवानैक्षत् त्वरमाणं विहायसा ।
आमुक्तमिव पाखण्डं योऽधर्मे धर्मविभ्रमः ॥ १२ ॥
अत्रिणा चोदितो हन्तुं पृथुपुत्रो महारथः ।
अन्वधावत सङ्क्रुद्धः तिष्ठ तिष्ठेति चाब्रवीत् ॥ १३ ॥
इन्द्रले आफ्नो रक्षाका लागि कवचको रुपमा पाखण्ड भेष धारणा गरेका थिए । जुन धर्मको भ्रम उत्पन्न गर्ने वाला हो । जसकोे आश्रय लिएर पापी पुरुष पनि धर्मात्मा जस्तो देखिन्छ । यस भेषमा उनले घोडालार्ई लिएर छिटो छिटो आकास मार्ग भएर गइरहेको कुरा अत्रिले देखे । उनले भनेपछि महाराज पृथु्का महारथी पुत्र इन्द्रलार्ई मार्नका लागि उनकोे पछिपछि दौडे र रिसाउँदै भन्नलागे । अहो ! “पर्ख, पर्ख” ।।१२।।१३।।
तं तादृशाकृतिं वीक्ष्य मेने धर्मं शरीरिणम् ।
जटिलं भस्मनाच्छन्नं तस्मै बाणं न मुञ्चति ॥ १४ ॥
इन्द्रले सिरमा जटा र शरीरमा भष्म धारण गरेका थिए । उनकोे यस्तो भेष देखेर पृथुकुमारले मुर्तिमान धर्म सम्झेर वाण चलाएनन ।।१४।।
वधान्निवृत्तं तं भूयो हन्तवेऽत्रिरचोदयत् ।
जहि यज्ञहनं तात महेन्द्रं विबुधाधमम् ॥ १५ ॥
जब इन्द्रसंग युध्द नगरीकन फर्के तव अत्रिले उनलार्र्ई मार्नको लागि आज्ञा दिए । वत्स ! त्यो देवता मध्देको इन्द्रले तिम्रो यज्ञ विध्न पारेको छ । त्यसैले तिमीले त्यसलाई मार ।।१५।।
एवं वैन्यसुतः प्रोक्तः त्वरमाणं विहायसा ।
अन्वद्रवद् अभिक्रुद्धो रावणं गृध्रराडिव ॥ १६ ॥
अत्रिमुनिले यसरी उक्साएपछि पृथुकुमार पनि रिसाए । यता इन्द्र धेरै तेजले आकासमा गइरहेको थियो । उसकोे पछाडि उनी यसरी दौडे जसरी रावणको पछाडि जटायु ।।१६।।
सोऽश्वं रूपं च तद्धित्वा तस्मा अन्तर्हितः स्वराट् ।
वीरः स्वपशुमादाय पितुर्यज्ञं उपेयिवान् ॥ १७ ॥
स्वर्गमा पनि इन्द्रले उसलार्र्ई आफु पछि पछि आएको देखेर त्यो भेष र घोडालार्ई छाडेर अन्तर्धान भए । अनि ती वीरले आफ्ने यज्ञपशु लिएर पिताको यज्ञशालामा फर्किए ।।१७।।
तत्तस्य चाद्भुतं कर्म विचक्ष्य परमर्षयः ।
नामधेयं ददुस्तस्मै विजिताश्व इति प्रभो ॥ १८ ॥
शक्तिशाली विदुरजी ! राजकुमारकोे त्यो अद्भुत पराक्रम देखेर महर्षिहरूले उसकोे नाम विजिताश्व राखे ।।१८।।
उपसृज्य तमस्तीव्रं जहाराश्वं पुनर्हरिः ।
चषालयूपतश्छन्नो हिरण्यरशनं विभुः ॥ १९ ॥
घोडालाई सुनको जंजीरले थाममा बाँधिएको थियो । शक्तिशाली इन्द्रले घोर अन्धकार फैलाएर त्यसैमा लुकेर घोडाको सुनको जन्जिर सहित लिएर गयो ।।१९।।
अत्रिः सन्दर्शयामास त्वरमाणं विहायसा ।
कपालखट्वाङ्गधरं वीरो नैनमबाधत ॥ २० ॥
अत्रिणा चोदितस्तस्मै सन्दधे विशिखं रुषा ।
सोऽश्वं रूपं च तद्धित्वा तस्थावन्तर्हितः स्वराट् ॥ २१ ॥
अत्रिमुनिले इन्द्र फेरी आकासमा तेजले गईरहेको देखाइदिए । तर उसकोे हातमा कपाल र खट्वांग देखेर पृथुकुमारले उसकोे मार्गमा वाधा पुर्याएनन् । अत्रि मुनिले राजकुमारलार्ई फेरी उक्साएकाले राजपुत्रले इन्द्रलार्ई लक्ष बनाएर वाण चलाए । यो देखेर देवाराज इन्द्र आफ्ने भेष र घोडालार्ई छोडेर अन्तर्धान भए ।।२१।।
वीरश्चाश्वमुपादाय पितृयज्ञमथाव्रजत् ।
तदवद्यं हरे रूपं जगृहुर्ज्ञानदुर्बलाः ॥ २२ ॥
वीर विजिताश्व आफ्नो घोडा लिएर पिताजीको यज्ञशालामा फर्के । त्यसपछि त्यो इन्द्रको निन्दित भेषलार्ई मन्दबुध्दि पुरुषले ग्रहण गरे ।।२२।।
यानि रूपाणि जगृहे इन्द्रो हयजिहीर्षया ।
तानि पापस्य खण्डानि लिङ्गं खण्डमिहोच्यते ॥ २३ ॥
इन्द्रले घोडा हरण गर्नकोलागि जुन जुन भेष धारण गरेका थिए । त्यो पापको खण्ड हुनाले पाखण्ड कहलाईए । यहाँ खण्ड शव्द चिन्हको वाचक हो ।।२३।।
एवमिन्द्रे हरत्यश्वं वैन्ययज्ञजिघांसया ।
तद्गृहीतविसृष्टेषु पाखण्डेषु मतिर्नृणाम् ॥ २४ ॥
धर्म इत्युपधर्मेषु नग्नरक्तपटादिषु ।
प्रायेण सज्जते भ्रान्त्या पेशलेषु च वाग्मिषु ॥ २५ ॥
यसरी पृथुको यज्ञ विध्वंश गर्नाका लागि इन्द्रले जुन पाखण्डरुप ग्रहण गरेर त्यागेका थिए । यो नग्न, रक्ताम्वधारी आदि पाखण्ड पूर्ण आचरण हो यसमा मानिसको बृध्दि प्राय मोहित हुन्छ । किनकि यस्ता नतमस्तक हेर्नमा देख्नमा सुन्दर र धेरै युक्तिले आफ्नो पक्षको समर्थन गर्दछन् वास्तवमा यो उपधर्म मात्र हो । मानिस भ्रमवश धर्म मानेर यसको आशक्त हुन्छन ।।२४।२५।।
तदभिज्ञाय भगवान् पृथुः पृथुपराक्रमः ।
इन्द्राय कुपितो बाणं आदत्तोद्यतकार्मुकः ॥ २६ ॥
इन्द्रको कुकर्म थाहापएर परम पराक्रमी महाराज पृथुलार्ई धेरै रिस उठ्यो उनले आफ्नो धनुष उठाएर उसालार्ई वाण चलाए ।।२६।।
(इन्द्रवज्रा)
तमृत्विजः शक्रवधाभिसन्धितं
विचक्ष्य दुष्प्रेक्ष्यमसह्यरंहसम् ।
निवारयामासुरहो महामते
न युज्यतेऽत्रान्यवधः प्रचोदितात् ॥ २७ ॥
रिसका कारण केहि देखेनन् । असाध्य पराक्रमी राज रिसका कारण इन्द्रलार्ई बध गर्न तयार भएको ऋत्विजहरूले देखे अनि उनीहरूले रोक्दै भने राजन ! तपाई धेरै बुध्दिमान हुनुहुन्छ, यज्ञको दिक्षा लिएर शास्त्र विहित यज्ञ पशु छोडिसकेपछि अरु कसैको वध गनुर्् उचित हुदैन ।।२७।।
वयं मरुत्वन्तमिहार्थनाशनं
ह्वयामहे त्वच्छ्रवसा हतत्विषम् ।
अयातयामोपहवैरनन्तरं
प्रसह्य राजन् जुहवाम तेऽहितम् ॥ २८ ॥
यस कार्यमा विध्नपार्ने भएको सत्रु इन्द्र तपाईको सुयशले ईष्र्यावश निस्तेज भएको छ । हामी अमोघ आवाहन र मन्त्रद्वार उसलार्र्ई बोलाउँछौं । वलपूर्वक यज्ञमा हवन गरीदिन्छौं ।।२८।।
(अनुष्टुप)
इत्यामन्त्र्य क्रतुपतिं विदुरास्यर्त्विजो रुषा ।
स्रुग्घस्तान् जुह्वतोऽभ्येत्य स्वयम्भूः प्रत्यषेधत ॥ २९ ॥
विदुर ! यसरी ऋविजहरुले यजमानलाई शान्त पारेर हातमा स्रुव लिएर इन्द्रलाई आवाहन गरेर होम गर्न लागेका बखत त्यहाँ ब्रम्हाजी आएर रोक्नुभयो ।।२९।।
न वध्यो भवतां इन्द्रो यद्यज्ञो भगवत्तनुः ।
यं जिघांसथ यज्ञेन यस्येष्टास्तनवः सुराः ॥ ३० ॥
ब्रम्हाले भन्नुभयो ऋत्विजहरु ! तिमिहरूले इन्द्रको वध नगर इन्द्र त भगवान्कै मुर्ति हो । तिमीहरू यज्ञबाट जुन देवताहरूको हवन गरीरहेकाछौ त्यो इन्द्रको नै अंग हो । उसलार्ई मार्न उचित हुदैन ।।३०।।
तदिदं पश्यत महद् धर्मव्यतिकरं द्विजाः ।
इन्द्रेणानुष्ठितं राज्ञः कर्मैतद्विजिघांसता ॥ ३१ ॥
पृथुुको यस यज्ञ अनुष्ठानमा वाधा पुर्याउन इन्द्रले जुन पाखण्ड फैलाएको छ यसले धर्मलार्ई कस्तो हानि भईरहेको छ त्यसैले तिमीहरूले यसकुरालार्ई ध्यान देउ । अब उसको धेरै विरोध नगर किनकि यसले अरु पाखण्ड मार्गको प्रचार गर्दछ ।।३१।।
पृथुकीर्तेः पृथोर्भूयात् तर्ह्येकोनशतक्रतुः ।
अलं ते क्रतुभिः स्विष्टैः यद्भवान् मोक्षधर्मवित् ॥ ३२ ॥
फेरी पृथुलाई भन्नुभयो राजन् ! तपाई त मोक्ष धर्मलार्ई जान्नुहुन्छ । अब तपाईले अनुष्ठान गर्नु पर्दैन तपाई आफ्नो उनान्सयौं यज्ञबाटै सन्तुष्ट हुनुहोस ।।३२।।
नैवात्मने महेन्द्राय रोषमाहर्तुमर्हसि ।
उभावपि हि भद्रं ते उत्तमश्लोकविग्रहौ ॥ ३३ ॥
तपाईको मङ्गलहोस्! तपाई र इन्द्र दुवै पवित्रकीर्ति भगवानको शरीर हो । त्यसैले आफ्नो स्वरूपभूत इन्द्रसंग रिस गर्नुहुदैन ।।३३।।
(इन्द्रवज्रा)
मास्मिन्महाराज कृथाः स्म चिन्तां
निशामयास्मद्वच आदृतात्मा ।
यद्ध्यायतो दैवहतं नु कर्तुं
मनोऽतिरुष्टं विशते तमोऽन्धम् ॥ ३४ ॥
तपाईको यो यज्ञ निर्विघ्न समाप्त भैसकेको छैन भन्ने कुरामा चिन्ता नगर्नुहोस्, हाम्रो कुरालार्ई मान्नुहोस । हेर्नुहोस जो मानिस विधाताले बिगारेको काम बनाउने विचार गर्दछ भने उसकोे मन अत्यन्त क्रोध र मोहमा फस्दछ ।।३४।।
(अनुष्टुप)
क्रतुर्विरमतामेष देवेषु दुरवग्रहः ।
धर्मव्यतिकरो यत्र पाखण्डैः इन्द्रनिर्मितैः ॥ ३५ ॥
अब यो यज्ञलार्ई बन्द गर्नुहोस । यसैकारण इन्द्रले चलाएको पाखण्डले धर्मको नाश भईरहेको छ, यज्ञ बन्द नगरेसम्म धर्मको ह्रास हन सक्दैन यसकाम बाट इन्द्रलाई निवृत्ति गर्न धेरै गारो छ र यदि गर्न सकियो भने पनि देवताहरुको निरादर हुन्छ ।।३५।।
एभिरिन्द्रोपसंसृष्टैः पाखण्डैर्हारिभिर्जनम् ।
ह्रियमाणं विचक्ष्वैनं यस्ते यज्ञध्रुगश्वमुट् ॥ ३६ ॥
हेर्नुहोस त इन्द्रले घोडा हरेर यज्ञमा विध्वंस पुर्याई रहेको भने उसले उत्पन्न गरेको पाखण्ड तिर सबै जनतालाई मोहित भएर त्यसैमा सबै दुनिया आकृष्ट हुदैछन ३६।।
(इन्द्रवज्रा)
भवान्परित्रातुमिहावतीर्णो
धर्मं जनानां समयानुरूपम् ।
वेनापचारादवलुप्तमद्य
तद्देहतो विष्णुकलासि वैन्य ॥ ३७ ॥
तपाई सक्षात विष्णुको अंश हुनुहुन्छ । वेनको दु्राचारले धर्म लुप्त भएको थियो त्यो समायोचित धर्मको रक्षाको लागि नै तपाई उसकोे शरीरबाट अवतार लिनुभएको हो ।।३७।।
स त्वं विमृश्यास्य भवं प्रजापते
सङ्कल्पनं विश्वसृजां पिपीपृहि ।
ऐन्द्रीं च मायामुपधर्ममातरं
प्रचण्डपाखण्डपथं प्रभो जहि ॥ ३८ ॥
त्यसैले प्रजापालक पृथुजी ! तपाईले यो अवतारको उद्देश्यलार्ई विचार गरेर भृगुआदि विश्व रचयिता मुनिश्वरहरूको संकल्प पुरा गर्नुहोस ।।३८।।
मैत्रेय उवाच –
इत्थं स लोकगुरुणा समादिष्टो विशाम्पतिः ।
तथा च कृत्वा वात्सल्यं मघोनापि च सन्दधे ॥ ३९ ॥
मैत्रेयजीले भने–
लोक गुरु व्रम्हाजीले यसप्रकार सम्झाएपछि प्रवल पराक्रमी राजा पृथुले यज्ञको आग्रह छोडिदिए र इन्द्रको साथ प्रीतिपूर्वक सन्धि पनि गरे ।।३९।।
कृतावभृथस्नानाय पृथवे भूरिकर्मणे ।
वरान्ददुस्ते वरदा ये तद्बर्हिषि तर्पिताः ॥ ४० ॥
त्यसपछि उनी यज्ञान्त स्नान गरेर निवृत्त भएपछि उनकोे यज्ञबाट तृप्त भएका देवताहरूले उनलार्र्ई अभिष्ट वर दिए ।।४०।।
विप्राः सत्याशिषस्तुष्टाः श्रद्धया लब्धदक्षिणाः ।
आशिषो युयुजुः क्षत्तः आदिराजाय सत्कृताः ॥ ४१ ॥
ब्राम्हणहरू पनि उनकोे सत्कारबाट सन्तुष्ट भएर उनलार्र्ई अमोघ आशिर्वाद दिए ।।४१।।
त्वयाऽऽहूता महाबाहो सर्व एव समागताः ।
पूजिता दानमानाभ्यां पितृदेवर्षिमानवाः ॥ ४२ ॥
उनीहरू भन्नलागे महावाहो ! तपाईले बोलाउँनाले जुन पितृ, देवता, ऋषि र मानिसहरू आएको थिए उनीहरू सबैलार्ई तपाईले दान र मानले श्रद्धापूर्वक सत्कार गर्नुभयो ।।४२।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे एकोनविंशोऽध्यायः ॥ १९ ॥