श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – अष्टमोऽध्यायः
(अनुष्टुप्)
शुक उवाच–
गर्गः पुरोहितो राजन् यदूनां सुमहातपाः ।
व्रजं जगाम नन्दस्य वसुदेव प्रचोदितः ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! यदुवंशका पुरोहित महान तपस्वी गर्गाचार्य एक दिन वसुदेवजीको प्रेरणाले नन्दबाबाको गोकुलमा आए ।।१।।
तं दृष्ट्वान परमप्रीतः प्रत्युत्थाय कृताञ्जलिः ।
आनर्चाधोक्षजधिया प्रणिपातपुरःसरम् ॥२॥
गर्गलाई देखेर नन्द धेरै खुसी भए उने उठेर नम्र भएर हात जोडेर दण्डवत गरे । यसपछि उनलाई भगवान सम्झेर पूजा गरे ।।२।।
सूपविष्टं कृतातिथ्यं गिरा सूनृतया मुनिम् ।
नन्दयित्वाब्रवीद् ब्रह्मन् पूर्णस्य करवाम किम् ॥३॥
गर्गाचार्य नन्दको आतिथि सत्कार स्वीकार गरेर जव आसनमा बसे तव नन्दले विनम्र भएर भने । हे भगवन तपाई आफैमा पूर्ण हुनुहुन्छ भने म के सेवा गरु ? ।।३।।
महद्विचलनं नॄणां गृहिणां दीनचेतसाम् ।
निःश्रेयसाय भगवन् कल्पते नान्यथा क्वचित् ॥४॥
हामी जस्ता गृहस्थको घरमा तपाई जस्ता साधुको आगमन हाम्रो कल्याणको लागि नै हुन्छ, यसबाहेक अरु कुरा हुन सक्तैन ।।४।।
ज्योतिषामयनं साक्षाद् यत्तज्ज्ञानमतीन्द्रियम् ।
प्रणीतं भवता येन पुमान् वेद परावरम् ॥५॥
इन्द्रियहरुको बारेमा पनि प्रत्यक्ष रूपमा थाहा पाउन सकिने ज्योतिष शास्त्र हजुरले नै रचना गर्नु भएको हो ।।५।।
त्वं हि ब्रह्मविदां श्रेष्ठः संस्कारान् कर्तुमर्हसि ।
बालयोरनयोर्नॄणां जन्मना ब्राह्मणो गुरुः ॥६॥
ब्रह्मज्ञानीमा तपाई सर्वश्रेष्ठ हुनुहुन्छ । त्यसैले मेरा यी दुई बालकको नामकरण तपाई आफैले गराइदिनुहोस, किनकि ब्राह्मण नै जन्मजात सबै मनुष्यको गुरु हुन्छन् ।।६।।
गर्ग उवाच–
यदूनामहमाचार्यः ख्यातश्च भुवि सर्वतः ।
सुतं मया संस्कृतं ते मन्यते देवकीसुतम् ॥७॥
गर्गाचार्यजीले भन्नुभयो– हे नन्दजी ! यदुवंशीका आचार्य भनेर म सर्वत्र प्रसिद्ध छु । त्यसैले यदि मैले तिम्रो छोराको संस्कार गरें भनें, कंसले यो देवकीको छोरा हो भनि ठान्नेछ ।।७।।
कंसः पापमतिः सख्यं तव चानकदुन्दुभेः ।
देवक्या अष्टमो गर्भो न स्त्री भवितुमर्हति ॥८॥
इति सञ्चिन्तयञ्छ्रुत्वा देवक्या दारिकावचः ।
अपि हन्ताऽऽगताशङ्कस्तर्हि तन्नोऽनयो भवेत् ॥९॥
त्यो दुष्ट कंसलाई वसुदेवजीसँग तिम्रो घनिष्ठ मित्रता बारे थाहा छ । जब उसले देवकीकी छोरीको कुरा सुनेर आठौ गर्भ स्त्री हुन सक्तैन भन्ने सोचिरहेको छ । यस्तो बेलमा यदि मैले तिम्रो छोराको नामसंस्कार गरें भने यो बालक वसुदेवजीको हो भनेर मार्न सक्छ त्यसो भयोभने हामीमाथि ठूलो अन्याय हुनेछ ।।८–९।।
नन्द उवाच–
अलक्षितोऽस्मिन् रहसि मामकैरपि गोव्रजे ।
कुरु द्विजातिसंस्कारं स्वस्तिवाचनपूर्वकम् ॥१०॥
नन्दले भने – मेरा आफन्तलाई पनि थाहा नहुने गरी यो एकान्त ठाँउमा रहेको गोठमा स्वस्ति वाचन गरेर द्विजातीले गर्नु पर्ने बालकको नामकरण संस्कार गरिदिनुहोस ।।१०।।
शुक उवाच–
एवं संप्रार्थितो विप्रः स्वचिकीर्षितमेव तत् ।
चकार नामकरणं गूढो रहसि बालयोः ॥११॥
श्री शुकदेवजी भन्नुहुन्छ– गर्गाचार्यजी नामाकरण संस्कार गर्न चाहन्थे नै जब नन्दले उहाँलाई यसरी अनुरोध नै गरिसकेपछि, उनले गोप्य रूपमा दुवै बालकको नामकरण गरे ।।११।।
गर्ग उवाच–
अयं हि रोहिणीपुत्रो रमयन् सुहृदो गुणैः ।
आख्यास्यते राम इति बलाधिक्याद् बलं विदुः ।
यदूनामपृथग्भावात् सङ्कर्षणमुशन्त्युत ॥१२॥
गर्गाचार्यजीले भने– यो रोहिणीको छोरा हो । उसले आफ्ना गुणले आफन्त धेरै खुसी गराउँने हुँदा यसको नाम ‘राम’ भनि प्रख्यात हुनेछ यसको बललाई नाप्न नसकिने भएकोले यसलाई ‘बल’ पनि भन्नेछन् । यसले यादव र तिमी जनतामा भेदभाव नगर्ने र जनतामा विभाजन भएमा मेलमिलाप गराउने भएकाले यसलाई ‘संकर्षण’ पनि भन्नेछन् ।।१२।।
आसन् वर्णास्त्रयो ह्यस्य गृह्णतोऽनुयुगं तनूः ।
शुक्लो रक्तस्तथा पीत इदानीं कृष्णतां गतः ॥१३॥
यी कालो छाला भएको बालकले हरेक युगमा आफ्नो शरीर फेरिरहन्छन्, अघिल्लो युगहरूमा यिनले क्रमशः सेतो रातो र पहेंलो – तीन फरक रंगहरू स्वीकार गरेका थिए । यस पटक यी कालो रङमा छन् त्यसैले यसको नाम ‘कृष्ण’ हुनेछ ।।१३।।
प्रागयं वसुदेवस्य क्वचिज्जातस्तवात्मजः ।
वासुदेव इति श्रीमानभिज्ञाः संप्रचक्षते ॥१४॥
हे नन्दजी ! तिम्रो यो छोरो एक पटक वसुदेवजीको घरमा जन्मेको थियो, त्यसैले यो रहस्य जान्नेहरूले उनलाई ‘वासुदेव’ पनि भन्ने गर्छन् ।।१४।।
बहूनि सन्ति नामानि रूपाणि च सुतस्य ते ।
गुणकर्मानुरूपाणि तान्यहं वेद नो जनाः ॥१५॥
तिम्रो छोराको धेरै नाम र रूप पनि छन् । म यसबारेमा जान्दछु तर अरु मानिसले जान्न सक्तैनन् ।।१५।।
एष वः श्रेय आधास्यद् गोपगोकुलनन्दनः ।
अनेन सर्वदुर्गाणि यूयमञ्जस्तरिष्यथ ॥१६॥
यिनले तपाईलाई धेरै राम्रो गर्नेछन् । त्यसैगरी सबै गोपी र गाईहरुलाई पनि आनन्द दिलाउँनेछन् । तपाईहरुले यिनको सहायताले ठूला कठिनाइहरू बाट सजिलैसँग पार गर्नुहुनेछ ।।१६।।
पुरानेन व्रजपते साधवो दस्युपीडिताः ।
अराजके रक्ष्यमाणा जिग्युर्दस्यून् समेधिताः ॥१७॥
हे व्रजपति ! यो पहिलेको जमानाको कुरा हो । एक पटक पृथ्वीमा कुनै राजा बाँकी थिएन । डाँकुहरूले जताततै लुटपाट गरिरहेका थिए त्यतिबेला यिनैले सज्जनहरुको रक्षा गरेका थिए उनैको बल पाएर सज्जनहरुले लुटेराहरूलाई परास्त गरेर लखेटेका थिए ।।१७।।
य एतस्मिन् महाभागाः प्रीतिं कुर्वन्ति मानवाः ।
नारयोऽभिभवन्त्येतान् विष्णुपक्षानिवासुराः ॥१८॥
तपाईंको यो कालो छाला भएको बालकलाई माया गर्ने मानिसहरू धेरै भग्यमानी हुछन् । जसरी भगवान विष्णुको पक्षमा रहने देवताहरूलाई दानवहरूले जित्न सक्दैनन्, उनको पक्षमा रहनेलाई अरुले जित्न सक्तैनन् ।।१८।।
तस्मान्नन्दात्मजोऽयं ते नारायणसमो गुणैः ।
श्रिया कीर्त्यानुभावेन गोपायस्व समाहितः ॥१९॥
हे नन्दजी ! तिम्रा छोराहरु गुण, ऐश्वर्य कीर्ति र प्रभावमा ठ्याक्कै भगवान नारायणको जस्तै छ । त्यसैले सावधानी भएर यिनीहरुको रक्षा गर ।।१९।।
इत्यात्मानं समादिश्य गर्गे च स्वगृहं गते ।
नन्दः प्रमुदितो मेने आत्मानं पूर्णमाशिषाम् ॥२०॥
शुकदेवजीले भन्नुभयो– हे परीक्षित यसरी नन्दबाबालाई राम्ररी बुझाएर आदेश पाएपछि गर्गाचार्यजी आफ्नो आश्रममा फर्किए । गर्गजीको कुरा सुनेर नन्द बाबालाई धेरै खुशी लाग्यो । उनले आफ्ना इच्छाहरू पूरा भएको ठाने ।।२०।।
कालेन व्रजताल्पेन गोकुले रामकेशवौ ।
जानुभ्यां सह पाणिभ्यां रिङ्गमाणौ विजह्रतुः ॥२१॥
अब केही दिनमै बलराम र श्रीकृष्ण घुँडा टेकेर गोकुलमा बिहार गर्न थाले ।।२१।।
(वसंततिलका)
तावङ्घ्रियुग्ममनुकृष्य सरीसृपन्तौ
घोषप्रघोषरुचिरं व्रजकर्दमेषु ।
तन्नादहृष्टमनसावनुसृत्य लोकं
मुग्धप्रभीतवदुपेयतुरन्ति मात्रोः ॥२२॥
बलराम–श्रीकृष्ण दुवै दाजुभाइ गोकुलको हिलोमा पाउ घिसार्दै बामे सर्नुहुन्थ्यो यसरी बामेसर्ने क्रममा उहाका खुट्टाका पाउजुबाट धेरै मधुर आवाजमा निस्कन्थ्यो । त्यो आवाज सुनेर दुबै जना आफैँ रमाउनु हुन्थ्यो । बाटोमा हिँड्दा कहिलेकाहीँ अज्ञात व्यक्तिको पछि लाग्नुहुन्थ्यो । त्यसपछि तिनीहरुलाई नचिन्दा फेरी फर्केर आफ्नी आमा रोहिणी र यशोदाजी भएको ठाउँमा आउहुन्थ्यो ।।२२।।
तन्मातरौ निजसुतौ घृणया स्नुवन्त्यौ
पङ्काङ्गरागरुचिरावुपगृह्य दोर्भ्याम् ।
दत्त्वा स्तनं प्रपिबतोः स्म मुखं निरीक्ष्य
मुग्धस्मिताल्पदशनं ययतुः प्रमोदम् ॥२३॥
त्यसबेला हिलो लागेको शरीर हेर्देमा झनै राम्रो देखिन्थ्यो । वात्सल्यताका कारण मायाले भरिएर आमाहरुले छोरालाई काखमा लिएर दुध पियाउथे । यसरी दुध पियाउने क्रममा छोराले आफुतिर हेर्दा उनको दुधे दाँत देखेर दंग पर्दथे ।।२३।।
यर्ह्यङ्गनादर्शनीयकुमारलीला( ।
वन्तर्व्रजे तदबलाः प्रगृहीतपुच्छैः ।
वत्सैरितस्तत उभावनुकृष्यमाणौ
प्रेक्षन्त्य उज्झितगृहा जहृषुर्हसन्त्यः ॥२४॥
बलराम र श्रीकृष्ण दुवै हुर्किएपछि गोकुलमा यताउती डुल्ने गर्दा बसेको बाछोको पुच्छर समाति दिनुहुन्थ्यो, बाछाहरू डराएर दौडिन थालेपछि वहाँहरु दुवैले पुच्छरलाई झनै जोडले समातेर आफुपनि बाछाहरू संगै दौडनुहुन्थ्यो । यस्तो बाललीला देखेर गोपीहरूले आफ्नो घरको काम छोडेर बाहिर निस्केर दंग पर्दथे ।।२४।।
शृङ्ग्यग्निदंष्ट्र्यसिजलद्विजकण्टकेभ्यः
क्रीडापरावतिचलौ स्वसुतौ निषेद्धुम् ।
गृह्याणि कर्तुमपि यत्र न तज्जनन्यौ
शेकात आपतुरलं मनसोऽनवस्थाम् ॥२५॥
बलराम र श्रीकृष्ण दुवै भाई खेल्दा खेरी कहिले सिङ्ग भएका जनावरहरूतिर दौडने, कहिले बलेको आगोमा हाम फाल्ने, कहिले कुकुर आदि जनावर संग पुग्ने त कहिले तरवार नचाएर खेल्ने गर्नुहुन्थ्यो । यसैगरी कहिले पानीको पोखरीमा पुग्ने कहिले काँडा समाउने काम गरेर जिस्किने गर्नुहुन्थ्यो । छोराहरुको यस्तो कामले उनीहरुलाई केही होला भन्ने पिरले आमाहरु रोक्न खोज्नुहुन्थ्यो । जसले गर्दा वहाँलाई घरको कामधन्दा गर्ने फुर्सद पनि हुदैनथ्यो ।।२५।।
(अनुष्टुप्)
कालेनाल्पेन राजर्षे रामः कृष्णश्च गोकुले ।
अघृष्टजानुभिः पद्भिर्विचक्रमतुरञ्जसा ॥२६॥
हे राजर्षि ! केही दिनमै बलराम र श्रीकृष्ण बामे नसरी कन खुट्टाले टेकेर हिड्न सक्ने हुनुभयो र हिडेर गोकुल वरिपरि डुल्न थाल्नुभयो ।।२६।।
ततस्तु भगवान् कृष्णो वयस्यैर्व्रजबालकैः ।
सहरामो व्रजस्त्रीणां चिक्रीडे जनयन् मुदम् ॥२७॥
अब श्रीकृष्ण आफ्ना दाजु बलराम र आफ्नो उमेरका केटा साथीहरूलाई लिएर व्रजमा खेल्ने गर्नुहुन्थ्यो जसले गर्दा गापीहरु आनन्द मान्थे । यस्ता अनेकौं लीलाहरु गर्न थाल्नुभयो ।।२७।।
कृष्णस्य गोप्यो रुचिरं वीक्ष्य कौमारचापलम् ।
शृण्वन्त्याः किल तन्मातुरिति होचुः समागताः ॥२८॥
एक दिन सबैजना जम्मा भएर नन्दको घरमा आएर श्रीकृष्णको चञ्चल लीला कर्महरुको बारेमा माता यशोदालाई सुनाउन थाले ।।२८।।
(मंदाक्रांता)
वत्सान् मुञ्चन् क्वचिदसमये क्रोशसञ्जातहासः
स्तेयं स्वाद्वत्त्यथ दधि पयः कल्पितैः स्तेययोगैः ।
मर्कान् भोक्ष्यन् विभजति स चेन्नात्ति भाण्डं भिन्नत्ति
द्रव्यालाभे स गृहकुपितो यात्युपक्रोश्य तोकान् ॥२९॥
हे यशोदा ! तिम्रो छोरा कृष्ण साह्रै उजण्ड भएको छ, कहिले गाई दुने बेला नहुदै बाछो फुकाएर छाडिदिन्छ र हामीले गाली गर्दा ऊ चर्को स्वरमा हाँस्न थाल्छ । अनेक उपाय गरेर उसले हाम्रो दही र दुध चोरर खान्छ । आफुले मात्रै खाए पनि एउटा कुरा हो, बाँदरलाई सबै दही र दूध बाँडिदिन्छ र जब तिनीहरूले पनि खान सकेनन् भने भाँडाहरु नै फुटाइदिन्छ । कहिले घरमा केही पाएनन् भने रिसाएर हाम्रा छोराछोरीलाई रुवाएर भाग्छ ।।२९।।
हस्ताग्राह्ये रचयति विधिं पीठकोलूखलाद्यै(
श्छिद्रं ह्यन्तर्निहितवयुनः शिक्यभाण्डेषु तद्वित् ।
ध्वान्तागारे धृतमणिगणं स्वाङ्गमर्थप्रदीपं
काले गोप्यो यर्हि गृहकृत्येषु सुव्यग्रचित्ताः ॥३०॥
हामी कहिलेकही घरधन्दामा व्यस्त भएको समयमा आएर हामीले झुण्ड्याएर राखेका दहीका भाँडाहरु पत्ता लगाएर हातले भेट्ने ठाउँमा हातले र हातले नभेट्ने ठाँउमा पिर्का ओच्छ्याएर, अझ ओखलमाथि चढेर पनि चोर्छ । त्यतिमात्र नभएर लठ्ठीले भाँडोमा प्वाल पारेर झिक्ने सबै कुरा यसलाई थाहा छ । अध्यारो कोठामा लुकाएको भाँडो पनि आफ्नो मणिमय शरीरले चम्कदा सबै उज्यालो हुन्छ र सबैकुरा देख्दछ ।।३०।।
एवं धार्ष्ट्यान्युशति कुरुते मेहनादीनि वास्तौ
स्तेयोपायैर्विरचितकृतिः सुप्रतीको यथास्ते ।
इत्थं स्त्रीभिः सभयनयनश्रीमुखालोकिनीभि(
र्व्याख्यातार्था प्रहसितमुखी न ह्युपालब्धुमैच्छत् ॥३१॥
यो यति चतुर छ कि यसले हामीलाई नै उल्टै चोर बनाउछ । यति मात्र होइन, यसले हाम्रो घर वरिपरि पिसाब पनि गरिदिन्छ । वहाँ हामिकाँ चाही अनेक उपाय गरेर चोरी गर्ने, अनि यहाँ चाही ढुंगाको मुर्ति बसेझैं साधु बनिरहेको छ । गोपिहरुले यसरी कुरा लगाउँदा पनि भगवान् डराएर चुपो लागेर बस्नुहुन्थ्यो । गोपीहरुले यसरी कुरा लगाउँदा पनि यशोदाजी केही नभनिकन हाँसिरहिन । कृष्णलाई केही भनिनन् ।।३१।।
(अनुष्टुप्)
एकदा क्रीडमानास्ते रामाद्या गोपदारकाः ।
कृष्णो मृदं भक्षितवानिइति मात्रे न्यवेदयन् ॥३२॥
एक दिन बलराम र अन्य गोपबालकहरु श्रीकृष्णसँग खेलिरहेका थिए । ती बालकहरुले माता यशोदा कहाँ आएर भने–हे माता ! तपाईका छोर श्रीकृष्णले माटो खाए ।।३२।।
सा गृहीत्वा करे कृष्णमुपालभ्य हितैषिणी ।
यशोदा भयसंभ्रान्तप्रेक्षणाक्षमभाषत ॥३३॥
शुभचिन्तक यशोदाले श्रीकृष्णको हात समातिन् त्यतिबेला श्रीकृष्णका आँखा डरले चञ्चल भएका थिए उनले कृष्णलाई हप्काउँदै भनिन् ।।३३।।
कस्मान् मृदमदान्तात्मन् भवान् भक्षितवान् रहः ।
वदन्ति तावका ह्येते कुमारास्तेऽग्रजोऽप्ययम् ॥३४॥
हे चकचके ! तिमीले लुकेर किन माटो खायौं ? तिम्रा साथी सहित तिम्रा दाजु बलराम पनि यो कुरा हो भन्दैछन् ।।३४।।
श्रीकृष्ण उवाच–
नाहं भक्षितवानम्ब सर्वे मिथ्याभिशंसिनः ।
यदि सत्यगिरस्तर्हि समक्षं पश्य मे मुखम् ॥३५॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे माता ! मैले माटो खाएको होइन । यिनीहरु सबै झुटो कुरा गर्दैछन् यिनीहरुले साँचो कुरा गरेको भए तपाईले मेरो मुखमा हेर्नुहोस् ।।३५।।
यद्येवं तर्हि व्यादेहीत्युक्तः स भगवान् हरिः ।
व्यादत्ताव्याहतैश्वर्यः क्रीडामनुजबालकः ॥३६॥
यशोदाजीले त्यसो भए मुख खोल हेरौं भनेर भन्नु हुँदा लीलाका लागि मान्छे बन्नुभएका श्रीकृष्णले आफ्नो मुख खोल्नुभयो ।।३७।।
सा तत्र ददृशे विश्वं जगत् स्थास्नुक च खं दिशः ।
साद्रिद्वीपाब्धिभूगोलं सवाय्वग्नीन्दुतारकम् ॥३७॥
ज्योतिश्चक्रं जलं तेजो नभस्वान् वियदेव च ।
वैकारिकाणीन्द्रियाणि मनो मात्रा गुणास्त्रयः ॥३८॥
यशोदाले भगवान् श्रीकृष्णको मुखमा मुखमा सम्पूर्ण ब्रह्माण्ड देख्नुभयो । त्यतिबेला श्रीकृष्णको मुखमा सुन्य आकाश, दिशाहरू, पहाड, टापु र समुद्र सहित सम्पूर्ण पृथ्वी, वायु, विद्युतरुप अग्नि, चन्द्रमा र ताराहरू सहितको सम्पूर्ण ज्योतिमण्डल, पानी, तेज, वायु, प्राणीहरु र खालीठाउँ, सात्विक अहंकारबाट उत्पन्नहुने श्रीकृष्णको मुखमा मन, इन्द्रिय, पञ्चतन्मात्रा र तीनवटै गुणहरू सहित सम्पूर्ण विश्व देख्नुभयो ।।३८।।
(मिश्र – ११ अक्षरी)
एतद्विचित्रं सहजीवकाल–
स्वभावकर्माशयलिङ्गभेदम् ।
सूनोस्तनौ वीक्ष्य विदारितास्ये
व्रजं सहात्मानमवाप शङ्काम् ॥३९॥
हे परीक्षित ! यशोदाले पुरै विश्व, व्रज र आफैलाई पनि श्रीकृष्णको खुलेको सानो मुखमा देखिन र यो देखेर सशंकित भइन् ।।३९।।
किं स्वप्न एतदुत देवमाया
किं वा मदीयो बत बुद्धिमोहः ।
अथो अमुष्यैव ममार्भकस्य
यः कश्चनौत्पत्तिक आत्मयोगः ॥४०॥
उनी सोच्न थालिन्, ‘यो सपना हो कि भगवानको माया हो ? अथवा मेरो बुध्दिको मोह हो ? अथवा यो बालकमा कुनै जन्मजात योगसिद्धि हुन सक्छ ।।४०।।
(मिश्र – १२ अक्षरी)
अथो यथावन्न वितर्कगोचरं
चेतोमनःकर्मवचोभिरञ्जसा ।
यदाश्रयं येन यतः प्रतीयते
सुदुर्विभाव्यं प्रणतास्मि तत्पदम् ॥४१॥
जसमा यो सम्पूर्ण जगत आश्रित छ, जुन परमात्मालाई मन वचन र कर्मले जान्न सकिदैन । यस्ता परमात्माको त्यस्तो स्वरुपलाई म नमस्कार गर्दछु ।।४१।।
अहं ममासौ पतिरेष मे सुतो
व्रजेश्वरस्याखिलवित्तपा सती ।
गोप्यश्च गोपाः सहगोधनाश्च मे
यन्माययेत्थं कुमतिः स मे गतिः ॥४२॥
जुन परमात्माको मायाका कारण यो मेरो पति हो, यो मेरो छोरा हो, साथसाथै म व्रजका मालिककी गुणी पत्नी हुँ, सबै सम्पत्तिको मालिक हुँ, यी गोपी, गोप र गोधनहरू मेरो अधीनमा छन् । भन्ने यस्तो भ्रमबुध्दि हुन्छ उनै परमात्माको म शरणमा छु ।।४२।।
(अनुष्टुप्)
इत्थं विदिततत्त्वायां गोपिकायां स ईश्वरः ।
वैष्णवीं व्यतनोन्मायां पुत्रस्नेहमयीं विभुः ॥४३॥
जब माता यशोदाले श्रीकृष्णको सार आत्मतत्वलाई यसरी बुझिन् तब सर्वशक्तिमान, सर्वव्यापी भगवानले उनको हृदयमा आफ्नो पुत्र–स्नेहरुपी वैष्णवी योगमाया प्रवेश गर्नुभयो तब यशोदाजीले त्यो घटना तुरुन्तै बिर्सिइन ।।४३।।
सद्यो नष्टस्मृतिर्गोपी साऽऽरोप्यारोहमात्मजम् ।
प्रवृद्धस्नेहकलिलहृदयाऽऽसीद् यथा पुरा ॥४४॥
तब उनले पहिला जसरी नै आफ्नो छारालाई काखमा लिइन् । पुत्रको प्रेमले उनको हृदय पग्लेर आयो ।।४४।।
त्रय्या चोपनिषद्भिश्च साङ्ख्ययोगैश्च सात्वतैः ।
उपगीयमानमाहात्म्यं हरिं सामन्यतात्मजम् ॥४५॥
यशोदाजीले सबै वेद, उपनिषद, सांख्ययोग र भक्तहरुद्वारा महात्म्य गाइने श्रीहरिलाई आफ्नो छोरो हो भन्ने ठानिन् ।।४५।।
राजोवाच–
नन्दः किमकरोद् ब्रह्मन् श्रेय एवं महोदयम् ।
यशोदा च महाभागा पपौ यस्याः स्तनं हरिः ॥४६॥
राजा परीक्षितले सोधे– हे प्रभु ! श्रीहरिले जसको स्तन पान गर्नुभयो त्यस्ती भाग्यवती यशोदा र नन्दले त्यस्तो पुण्य साधना के गरेका थिए ? ।।४६।।
पितरौ नान्वविन्देतां कृष्णोदारार्भकेहितम् ।
गायन्त्यद्यापि कवयो यल्लोकशमलापहम् ॥४७॥
सबै पापलाई नष्ट गरिदिने श्रीकृष्णका लीलाहरुको गान आज पनि ठुला ठुला ज्ञानीहरुले गाउँछन् । वहाँका वाल लीलाहरु स्वयं वहाँका पिता माता वसुदेव देवकीले देख्न पाउनु भएन । तर यशोदा र नन्दले देख्न पाए ?।।४७।।
शुक उवाच–
द्रोणो वसूनां प्रवरो धरया भार्यया सह ।
करिष्यमाण आदेशान् ब्रह्मणस्तमुवाच ह ४८॥
श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित ! नन्द बाबा आफ्नो पूर्वजन्ममा महापुरुष थिए र उनको नाम द्रोण थियो र उनकी पत्नीको नाम धारा थियो । उनले ब्रह्माजीको सृष्टि आदेशलाई पालन गरेर भने ।।४८।।
जातयोर्नौ महादेवे भुवि विश्वेश्वरे हरौ ।
भक्तिः स्यात् परमा लोके ययाञ्जो दुर्गतिं तरेत् ॥४९॥
हे प्रभु ! जब हामी पृथ्वीमा जन्म लिनुपरे पनि हामीमा जगदीश्वर भगवान श्री कृष्णको अनन्य प्रेम भक्ति रहोस– जुन भक्तिद्वारा जुनसुकै प्राणीहरुले पनिे यस संसारको कठिनाइहरूबाट सजलै तर्न सकुन् ।।४९।।
अस्त्वित्युक्तः स भगवान् व्रजे द्रोणो महायशाः ।
जज्ञे नन्द इति ख्यातो यशोदा सा धराभवत् ५०॥
ब्रह्माजीबाट यस्तै होस भन्ने आसिर्वाद पाएर उनै द्रोण व्रजमा नन्द नामले जन्मनुभयो र धारा उहाँकी पत्नी यशोदा भइन् ।।५०।।
ततो भक्तिर्भगवति पुत्रीभूते जनार्दने ।
दम्पत्योर्नितरामासीद् गोपगोपीषु भारत ॥५१॥
हे परीक्षित ! त्यसैले सबै गोप गोपी हरुमा यी दम्पति नन्द र यशोदाको जनार्दनमा बढि प्रेम भक्ति थियो ।।५१।।
कृष्णो ब्रह्मण आदेशं सत्यं कर्तुं व्रजे विभुः ।
सहरामो वसंश्चक्रे तेषां प्रीतिं स्वलीलया ॥५२॥
ब्रह्माजीले द्रोणलाई दिनु भएको आशिर्वाद सत्य बनाउनका लागि भगवान कृष्ण बलरामजी सँगै व्रजमण्डलमा बस्नुभयो र व्रजवासीलाई आनन्द दिलाउनुभयो ।।५२।।
इति श्रीमद्भाकगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे अष्टमोऽध्यायः ॥८॥