#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – नवमोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – नवमोऽध्यायः


श्रीशुक उवाच 
(भृंगनाद)
अथ कस्यचिद् द्विजवरस्याङ्गिरःप्रवरस्य शमदमतपःस्वाध्यायाध्ययनत्यागसन्तोषतितिक्षा प्रश्रयविद्यानसूयात्मज्ञानानन्दयुक्तस्यात्मसदृश श्रुतशीलाचाररूपौदार्यगुणा नव सोदर्या अङ्गजा बभूवुर्मिथुनं च यवीयस्यां भार्यायाम् ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
राजन ! आङ्गीरस गोत्रमा सम, दम, तप, स्वाध्याय, वेदाध्यन, त्याग, सन्तोष, तितिक्षा, विनय, विद्या, अनसूया एवं आनन्द सबै गुणले सम्पन्न एक ब्राम्हण थिए । उनकी जेठी पत्नीबाट उनै समान विद्या, शील, आचार, रूपर उदारता आदि गुण भएका नौ छोरा तथा कान्छी पत्नीबाट एक छोरा तथा एउटी छोरी भइन ।।१।। 

यस्तु तत्र पुमांस्तं परमभागवतं राजर्षिप्रवरं भरतमुत्सृष्टमृगशरीरं चरमशरीरेण विप्रत्वं गतमाहुः ॥ २ ॥ 

यी दुई मद्धे जुन छोरा थिए उनी परम भगवद्भक्त राजा भरत नै थिए । उनी मृग शरीरलाई परित्याग गरेर अन्तिम जन्ममा ब्राम्हण भएका थिए भन्ने महापुरुषको भनाइ छ ।।२।।

तत्रापि स्वजनसङ्गाच्च भृशमुद्विजमानो भगवतः कर्मबन्धविध्वंसन श्रवणस्मरणगुणविवरणचरणारविन्दयुगलं मनसा विदधदात्मनः प्रतिघातमाशङ्कमानो भगवदनुग्रहेणानुस्मृतस्वपूर्वजन्मावलिरात्मानमुन्मत्तजडान्धबधिरस्वरूपेण दर्शयामास लोकस्य ॥ ३ ॥
 
यस जन्ममा पनि भगवान्को कृपाले आफ्नो पूर्वजन्म स्मरण हुनाका कारण यस जन्ममा फेरि पनि कुनै विघ्न उत्पन्न हुन नपाओस त्यसैले उनी आफ्ना स्वजनसंग धेरै डराउँदथे र सबै संग सजग रहन्थे । जसको श्रवण, स्मरण, र गुणकीर्तन सब प्रकारको कर्मबन्धनलाई काटिदिन्छ, उनै भगवान्को युगल चरणकमललाई हृदयमा धारणा गरि रहन्थे भने अरुको नजरमा आफुलाई पागल, मुर्ख, अन्धो र बहिरो जस्तो भइदिन्थे ।।३।।

तस्यापि ह वा आत्मजस्य विप्र पुत्रस्नेहानुबद्धमना आसमावर्तनात्संस्कारान् 
यथोपदेशं विदधान उपनीतस्य च पुनः शौचाचमनादीन् कर्मनियमाननभिप्रेतानपि 
समशिक्षयदनुशिष्टेन हि भाव्यं पितुः पुत्रेणेति ॥ ४ ॥ 

उनका पिताको उनीमाथि ठुलो स्नेह थियो त्यसैले ति ब्राम्हणले आफ्ना पागल छोराको शास्त्रविधि अनुसार समावर्तन सम्मको विवाह पूर्वको सबै संस्कार गराउन विचारले उपनयन संस्कार गरे । भरत यस्तो कुरा मन पराउदैन थिए थिए तापनि पिताको कर्तब्य छोरालाई शिक्षा दिनु हो त्यसैले शास्त्रविधि अनुसार उनलाई शौच आचमन आदि आवस्यक कर्मको शिक्षा दिए ।।४।।

स चापि तदु ह पितृसंनिधावेवासध्रीचीनमिव स्म करोति छन्दांस्यध्यापयिष्यन् सह 
व्याहृतिभिःसप्रणवशिरस्त्रिपदीं सावित्रीं ग्रैष्मवासन्तिकान्मासानधीयानमप्यसमवेतरूपं ग्राहयामास ॥ ५ ॥ 

तर भरतजी उनको पिताको उपदेश विरुद्धको आचरण गर्ने गर्दथे । उनका पिता उनलाई वर्षाऋतुमा वेदाध्ययनको आरम्भ गराउन चाहन्थे । तर वसन्त र गृष्मऋतुको चैत्र, वैशाख, जेष्ठ, आषाढ—चार महिनासम्म पढाउँदा पनि उनले भरतलाई व्याहृति त्रिपदा गायत्री पनि राम्रो सिकाउन सकेनन ।।५।।

एवं स्वतनुज आत्मन्यनुरागावेशितचित्तः शौचाध्ययनव्रतनियमगुर्वनलशुश्रूषणाद्यौपकुर्वाणककर्माण्यनभियुक्तान्यपि समनुशिष्टेन 
भाव्यमित्यसदाग्रहः पुत्रमनुशास्य स्वयं तावदनधिगतमनोरथः कालेनाप्रमत्तेन स्वयं गृह एव प्रमत्त उपसंहृतः ॥ ६ ॥ 

यसो हुँदा पनि उनलाई आफ्नो छोरामा आत्मासमान प्रेम थियो त्यसैले उनको प्रवृत्ति नहुदापनि त्यो छोरालाई राम्रो शिक्षा दिनुपर्दछ यस्तो अनुचित आग्रहले उनलाई शौच, वेदाध्ययन, व्रत, नियम तथा गुरु र अग्निको सेवा आदि ब्रम्हचर्याश्रमको आवस्यक शिक्षा दिइनै रहे । तर पनि छोरालाई सुशिक्षित देख्ने उनको मनोरथ पुरा भएन र स्वयं आफु पनि भगवद्भजनरूप आफ्नो कर्तव्यबाट असावधान रहेर केवल घरको धंन्धामा नै व्यस्त थिए । तर यत्तिकैमा सधैं सजग  रहने काल भगवानले आक्रमण गरेर उनको अन्त गरे ।।६।।

अथ यवीयसी द्विजसती स्वगर्भजातं मिथुनं सपत्‍न्या उपन्यस्य स्वयमनुसंस्थया पतिलोकमगात् ॥ ७ ॥ 

उनकी कान्छी पत्नि पनि आफ्ना दुई सन्तानलाई सौतालाई जिम्मा लगाएर स्वयं सती भएर पतिलोकमा गइन ।।७।।

पितर्युपरते भ्रातर एनमतत्प्रभावविदस्त्रय्यां विद्यायामेव पर्यवसितमतयो न परविद्यायां जडमतिरिति भ्रातुरनुशासननिर्कधान्न्यवृत्सन्त ॥ ८ ॥ 

भरतजीका भाईहरू कर्मकाण्डलाई सबैभन्दा श्रेष्ठ सम्झन्थे । उनीहरु ब्रम्हज्ञानरूप पराविद्याबाट अनभिज्ञ थिए । त्यसैले उनीहरूलाई भरतजीको प्रभावको बारेमा ज्ञान थिएन । उनी भरतजीलाई मुर्ख ठान्दथे । त्यसैले पिता परलोक जाँदा उनलाई पढाउन जुन आग्रह गरेका थिए, त्यसलाई  छोडिदिए ।।८।।

स च प्राकृतैर्द्विपदपशुभिरुन्मत्तजडबधिरेत्यभिभाष्यमाणो यदा तदनुरूपाणि प्रभाषते कर्माणि च स कार्यमाणःपरेच्छया करोति विष्टितो वेतनतो वा याञ्चया यदृच्छया वोपसादितमल्पं बहु मिष्टं कदन्नं वाभ्यवहरति परं नेन्द्रियप्रीतिनिमित्तं । नित्यनिवृत्तनिमित्तस्वसिद्धविशुद्धानुभवानन्दस्वात्मलाभाधिगमः सुखदुःखयोर्द्वन्द्वनिमित्तयोरसम्भावितदेहाभिमानः ॥ ९ ॥ 

भरतजीलाई मान अपमानको कुनै परवाह थिएन । जव साधारण नरपशु उनलाई पागल मुर्ख अथवा बहिरो भनेर बोलाउँदथे त्यतिबेल उनी त्यस्तै बोलीको नक्कल गर्दथे । कसैले कुनै काम लगायो भने उनी उस्को इच्छा अनुसार काम  गरिदिन्थे । र जे मिल्थ्यो त्यसैमा सन्तुष्ट हुन्थे ।।९।।

शीतोष्णवातवर्षेषु वृष इवानावृताङ्गः पीनः संहननाङ्गः स्थण्डिलसंवेशनानुन्मर्दनामज्जनरजसा महामणिरिवानभिव्यक्तब्रह्मवर्चसः कुपटावृतकटिरुपवीतेनोरुमषिणा द्विजातिरिति ब्रह्मबन्धुः इति संज्ञयाऽतज्ज्ञजनावमतो विचचार ॥ १० ॥ 

उनी सर्दी, गर्मी, वर्षा र आँधीको समयमा साँडेको समान नाङ्गै उभि नै रहन्थे । उनका सबै अंग हृष्ट पुस्ट थियो, उनी पृथ्वीमै रहन्थे । कहिल्यै तेल नलगाउने र कहिल्यै पनि ननुहाउदा उनको शरीरमा मैलो जमेको थियो । उनको ब्रम्हतेज धुलोले ढाकिएको मूल्यवान मणि समान लुकेको थियो ।  उनले कम्मरमा एउटा मैलो कपडा बेरेका थिए । उनको काँधको जनै पनि मैलो थियो । त्यसैले अज्ञानी जनता यो कुनै ब्राम्हण हो, कोहि अधम ब्राम्हण हो, यस्तो भनेर उनलाई अपमान गर्दथे । तर उनी भने यस्तो कुरामा कुनै विचार नगरेर आाफ्नो इच्छाले सबैतिर हिड्दथे ।।१०।।

यदा तु परत आहारं कर्मवेतनत ईहमानः स्वभ्रातृभिरपि केदारकर्मणि निरूपितस्तदपि 
करोति किन्तु न समं विषमं न्यूनमधिकमिति वेद 
कणपिण्याकफलीकरणकुल्माषस्थालीपुरीषादीन्यप्यमृतवदभ्यवहरति ॥ ११ ॥ 

अरुको ज्याला गरेर पेट पलेको देखेर जब उनलाई उनका दाजुहरूले खेतका आली लगाउने काम गर्न लागाए । तर उनले अग्लो होचोका कुनै ध्यान नदिई केवल एकोरो खनिमात्र रहन्थे  । उनलाई दाजुहरूले कनिका, भूस अथवा डढेका खानेकुरा आदि जे खानेकुरा दिन्थे त्यसलाई अमृत समान मानेर खाइदिन्थे ।।११।।

अथ कदाचित्कश्चिद् वृषलपतिर्भद्रकाल्यै पुरुषपशुमालभतापत्यकामः ॥ १२ ॥ 

कुनै समय डाकुको सरदारले, जो सामन्त सूद्र जातीका थिए, पुत्रको कामनाले भद्रकालीलाई नरबली दिने संकल्प गरे ।।१२।।

तस्य ह दैवमुक्तस्य पशोः पदवीं तदनुचराः परि धावन्तो निशि निशीथसमये तमसाऽऽवृतायामनधिगतपशव आकस्मिकेन विधिना केदारान् वीरासनेन मृगवराहादिभ्यः संरक्षमाण मङ्गिरःप्रवरसुतमपश्यन् ॥ १३ ॥ 

रााजाले बलि दिनका लागि जुन पुरुषलाई पक्रेर काममा लगाएका थिए, त्यो दैववश उस्को बन्धनबाट फुत्केर भाग्यो । उसलाई खोज्नका लागि उनकाहरु सेवक चारैतिर दौडे तर अधेरी रात र आधारातको समयमा उस्को कतै पत्ता लागेन । त्यसै समयमा दैवयोगले अकस्मात् उनीहरूको दृष्टि उनै अङ्गिरा गोत्रका ब्राम्हणकुमार जडभरत माथि पर्यो । जो विरासनमा रहेर मृग वराहादि जीवबाट खेतीको जोगाउन बसेका थिए । ।।१३।। 
                                                  
अथ त एनमनवद्यलक्षणमवमृश्य भर्तृकर्म निष्पत्तिं मन्यमाना बद्ध्वा रशनया चण्डिकागृहमुपनिन्युर्मुदा विकसितवदनाः ॥ १४ ॥ 

उनीहरूले देखे कि यो पशु त धेरै लक्षण भएको छ यसबाट  हाम्रा स्वामीको कार्य अवस्य सिद्ध हुनेछ  यस्तो सोचे । उनीहरूको मुख पनि आनन्दले हसिलो भयो त्यसपछि तिनलाई डेरीले बाँधेर चण्डिकाको मन्दिरमा लिएर गए ।।१४।।

अथ पणयस्तं स्वविधिनाभिषिच्याहतेन वाससाऽऽच्छाद्य भूषणालेपस्रक्‌तिलकादिभिरुपस्कृतं भुक्तवन्तं धूपदीपमाल्यलाजकिसलयाङ्कुरफलोपहारोपेतया वैशससंस्थया महता गीतस्तुतिमृदङ्गपणवघोषेण च पुरुषपशुं 
भद्रकाल्याः पुरत उपवेशयामासुः ॥ १५ ॥ 

त्यस पछि ति चोरहरूले पद्धति अनुसार विधिपूर्वक उनलाई अभिषेक एवं स्नान गराएर कोरा वस्त्र लगाइदिए अनि अनेक प्रकारका गहनाहरू, चन्दन, माला र तिलक अदिले सिंगारेर मिठो भोजन गराए । फेरि दूप, दीप, माला, लावा, पात, अंकुर, र फल आदि उपहार सामग्रीले सहित बलिदनको विधिले गान, स्तुति र मृदंग एवं ढोल आदिको शव्द निकालेर ती पुरुषलाई भद्रकालीको अगाडि निहउर्याएर बसाए ।।१५।।

अथ वृषलराजपणिः पुरुषपशोरसृगासवेन देवीं भद्रकाली यक्ष्यमाणस्तदभिमन्त्रितम् असिम् अतिकरालनिशितमुपाददे ॥ १६ ॥ 

त्यसपछि त्यो चोर राजाका पुरोहित बनेका लुटेराहरूले त्यो नरपशुको रगतले देवीलाई तृप्त गराउनको लागि देवीमन्त्रले अभिमन्त्रित एक तीखो तलवार हातमा उठायो ।।१६।।

इति तेषां वृषलानां रजस्तमःप्रकृतीनां धनमदरजउत्सिक्तमनसां भगवत्कलावीरकुलं कदर्थीकृत्योत्पथेन स्वैरं विहरतां हिंसाविहाराणां कर्मातिदारुणं यद्‌ब्रह्मभूतस्य साक्षाद्‌ ब्रह्मर्षिसुतस्य निर्वैरस्य सर्वभूतसुहृदः सूनायामप्यननुमतमालम्भनं तदुपलभ्य ब्रह्मतेजसातिदुर्विषहेण दन्दह्यमानेन वपुषा सहसोच्चचाट सैव देवी भद्रकाली ॥ १७ ॥ 

चोर स्वभावले ती रजोगुणी, तमोगुणी थिए नै, धनको घमण्डले उनीहरूको चित्त पनि उन्मत्त भएको थियो । हिंसामा पनि उनको स्वभाविक रुचि थियो । त्यस बखत भगवान्का अंशरूप ब्राम्हणकुलको तिरस्कार गरेर स्वच्छन्दताले कुमार्गतिर बढेका थिए । आपत्ति कालमा पनि जसको हिंसा गर्न निषिध्द गरेको छ । ब्राम्हण वधलाई सर्वत्र निषेध गरिएको छ त्यसमा पनि उनी साक्षत ब्रम्हभाव प्राप्त गरेका कसैसंग सत्रुता नभएका  तथा सबै प्राणीहरूलाई भलो गर्ने एक ब्रम्हर्षिकुमारलाई बलि दिन लागेका थिए । यो भयंकर कुकर्म देखेर देवी भद्रकालीेको शरीर अति दुःसह ब्रम्हतेजले जल्न लाग्यो वहाँ एकाएक मुर्ति फोरेर प्रकट हुनुभयो ।।१७।। 
          
भृशममर्षरोषावेशरभसविलसितभ्रुकुटिविटपकुटिलदंष्ट्रारुणेक्षणाटोपातिभयानकवदना 
हन्तुकामेवेदं महाट्टहासमतिसंरम्भेण विमुञ्चन्ती तत उत्पत्य पापीयसां दुष्टानां तेनैवासिना विवृक्णशीर्ष्णां गलात्स्रवन्तमसृगासवमत्युष्णं सह गणेन निपीयातिपानमदविह्वलोच्चैस्तरां स्वपार्षदैः सह जगौ ननर्त च विजहार च शिरःकन्दुकलीलया ॥ १८ ॥ 

अत्यन्त असहनशीलता र क्रोधका कारण उहाँको आँखीभुई बाँगिएको थियो ठुला दह्रा र राता चञ्चल आँखाले गर्दा अनुहार डरलाग्दो थियो । ठुलो वेष देख्दा मानौं संसारलाई नै भष्म गर्दैछिन जस्तो लग्दथ्यो । उनको रिसले गर्जेर ठुलो अट्टाहास गर्न लागिन  उफ्रेर त्यहि अभिमन्त्रित खड्गले नै ती सबै पाहिहरूको सिर उडाइदिइन  र आफ्ना गण सहित भएर उनीहरूको कण्ठबाट बगिरहेको रगत पिएर अति उन्मत्त भएर ठुलो स्वरले नाच्दै गाँउदै र उनीहरूको टाउकोमा खेल्न लागे ।।१८।।

एवमेव खलु महदभिचारातिकक्रमः कारर्त्स्न्येनात्मने फलति ॥ १९ ॥ 

महापुरुष माथि गरिएको अत्याचार यसरी नै आफै माथि बज्रिन आउँछ । त्यस्ता महात्मालाई केहि हानी हुदैन उल्टै अत्याचारीको विनाश हुन्छ ।

न वा एतद्विष्णुदत्त महदद्‌भुतं यदसम्भ्रमः स्वशिरश्छेदन आपतितेऽपि विमुक्तदेहाद्यात्मभावसुदृढहृदग्रन्थीथीनां सर्वसत्त्वसुहृदात्मनां निर्वैराणां साक्षाद्‌भगवतानिमिषारिवरायुधेनाप्रमत्तेन तैस्तैभावैः परिरक्ष्यमाणानां तत्पादमूलमकुतश्चिद्‌भयमुपसृतानां भागवतपरमहंसानाम् ॥ २० ॥ 

परीक्षित ! जसको देहाभिमानरूप सुदृढ हृदयग्रन्थि काटिएको हुन्छ जो समस्त प्राणीहरूको सुहृद आत्मा र आफुमा समान देख्दछ उसको कुनै सत्रु हुदैन  । साक्षात भगवान् नै  भद्रकाली आदि भिन्न भिन्न रूपधारण गरेर आफ्नो कहिले न चुकने कालचक्ररूपश्रेष्ठ सस्त्रले सधैं उनको रक्षा गर्दछन र जसले भगवान्को निर्भय चरणकमलको आश्रय लिएको छ ती भगवद्भक्त परमहंसको लागि आफ्ना् सिर काटिनेका समय आउदा पनि उसमा कुनै प्रकारको व्याकुल हुदैनन । यो कुनै आश्चर्यको कुरा होइन ।।२०।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे जडभरतचरिते नवमोऽध्यायः ॥ ९ ॥