#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - त्रयोदशोऽध्यायः

श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - त्रयोदशोऽध्यायः



श्रीशुक उवाच - 
(अनुष्टुप्) 
मनुर्विवस्वतः पुत्रः श्राद्धदेव इति श्रुतः । 
सप्तमो वर्तमानो यः तद् अपत्यानि मे श्रृणु ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
हे परीक्षित ! विवस्वन्का पुत्र श्राद्धदेव यशस्वी र विख्यात थिए । उनी नै सातौ (वैवस्वत) मनु हुन ॥ १ ॥ 
 
यो वर्तमान इक्ष्वाकुर्नभगश्चैव धृष्टः शर्यातिरेव च । 
नरिष्यन्तोऽथ नाभागः सप्तमो दिष्ट उच्यते ॥ २ ॥ 

करूषश्च पृषध्रश्च दशमो वसुमान्स्मृतः । 
मनोर्वैवस्वतस्यैते दशपुत्राः परन्तप ॥ ३ ॥ 

मन्वन्तर नै उनको कार्यकाल हो । उनको सन्तानको वर्णन म गर्दछु ।।१।।
वैवस्वत मनुका इक्ष्वाकु, नभग, धृष्ट, शर्याति, नरिष्यन्त, नाभाग, दिष्ट, करुष, पृषध, र वसुमान नामका दस छोरा थिए ।।२।३।।

आदित्या वसवो रुद्रा विश्वेदेवा मरुद्ग णाः । 
अश्विनावृभवो राजन् इंद्रस्तेषां पुरंदरः ॥ ४ ॥ 

परीक्षित ! यस मन्वन्तरमा आदित्य, वसु, रुद्र, विश्वेदेव, मरुद्गण, अश्विनीकुमार, र ऋभु यी देवताका प्रधान गण हुन ।।४।।

कश्यपोऽत्रिर्वसिष्ठश्च विश्वामित्रोऽथ गौतमः । 
जमदग्निर्भरद्वाज इति सप्तर्षयः स्मृताः ॥ ५ ॥ 

कश्यप, अत्रि, वसिष्ट, विश्वामित्र, गौतम, जमदग्नि र भरद्वाज यि सप्तर्षि हुन ।।५।।

अत्रापि भगवत् जन्म कश्यपाद् अदितेरभूत् । 
आदित्यानामवरजो विष्णुर्वामनरूपधृक् ॥ ६ ॥ 

यस मन्वन्तरमा पनि कस्यप पत्नी अदितिको गर्भबाट भगवान विष्णुले वामनअवतार लिनु  भएको थियो ।।६।।

संक्षेपतो मयोक्तानि सप्तमन्वन्तराणि ते । 
भविष्याण्यथ वक्ष्यामि विष्णोः शक्त्यान्वितानि च ॥ ७ ॥ 

राजन ! यस प्रकार मैले संपेक्षमा तिमीलाई मैले सात मन्वन्तरको वर्णन सुनएं । अब भगवान्को शक्तिले युक्त अब आउँने सात वन्वन्तरको वर्णन सुनाउँदछु ।।७।।

विवस्वतश्च द्वे जाये विश्वकर्मसुते उभे । 
संज्ञा छाया च राजेन्द्र ये प्राग् अभिहिते तव ॥ ८ ॥ 

परीक्षित ! विवस्वान् भगवान् सूर्यकी दुई पत्नी थिए जसको नाम संज्ञा र छाँया थियो । यि दुवै विश्वकर्माकी छोरी हुन जसको वारेमा मैले तिमीलाई पहिला (छैटौंस्कन्ध) मा बताइसकेको छु ।।८।।

तृतीयां वडवामेके तासां संज्ञासुतास्त्रयः । 
यमो यमी श्राद्धदेवः छायायाश्च सुतान् श्रृणु ॥ ९ ॥ 

सावर्णिस्तपती कन्या भार्या संवरणस्य या । 
शनैश्चरस्तृतीयोऽभूद् अश्विनौ वडवात्मजौ ॥ १० ॥ 

कोहि कोहि उनकी अर्कि वढवा नामकी तेस्री पत्नी पनि थिइन् भनेर भन्दछन तर संज्ञाको नाम नै वढवा हो भन्ने मेरो विचार छ । ती सूर्यपत्नी बाट तीन सन्तान भए ।  जुन यम, यमी र श्राद्धदेव हुन । छाँयाबाट पनि तीन सन्तान भए । सवर्णि, तपति शनैश्चर र तपति नामकी कन्या, उनको विवाह सम्वरणसंग भएको थियो । जब संज्ञाले वडवाको रुप धारण गरिन् तब उनीबाट दुई अश्विनीकुमार भए ।।९।।१०।।

अष्टमेऽन्तर आयाते सावर्णिर्भविता मनुः । 
निर्मोकविरजस्काद्याः सावर्णितनया नृप ॥ ११ ॥ 

आठौं मन्वन्तरमा सावर्णि मन्वन्तर हुनेछ । उनका निर्मोक, विरजस्क आदि छोरा हुनेछन ।।११।।

तत्र देवाः सुतपसो विरजा अमृतप्रभाः । 
तेषां विरोचनसुतो बलिरिन्द्रो भविष्यति ॥ १२ ॥ 

परीक्षित ! त्यस समय सुतप, विरजा र अमृतप्रभ नामका देवगण हुन्छन । यि देवताका इन्द्र विरोचनका पुत्र बलि हुनेछन ।।१२।।

दत्त्वेमां याचमानाय विष्णवे यः पदत्रयम् । 
राद्धं इंद्रपदं हित्वा ततः सिद्धिं अवाप्स्यति ॥ १३ ॥ 

विष्णु भगवान्ले वामन अवतार ग्रहण गरेर यिनी बलिसंग तीन पाउ पृथ्वी माग्नु भएको थियो, तर उनले वहाँलाई सबै त्रिलोक नै दिनुभयो । राजा बलिलाई भगवान्ले एक पटक बाँधिदिनु भएको थियो ॥ १३ ॥

योऽसौ भगवता बद्धः प्रीतेन सुतले पुनः । 
निवेशितोऽधिके स्वर्गाद् अधुनास्ते स्वराडिव ॥ १४ ॥ 

फेरी  प्रसन्न भएर यिनलाई स्वर्ग भन्दा पनि श्रेष्ठ सुतललोको राज्य दिनुभयो । यस समय उनी त्यहाँ इन्द्रको समान विराजमान छन । अब पछि गएर यिनी इन्द्र हुनेछन । पछि गएर सबै ऐश्वर्यले परिपूर्ण इन्द्रपदलाई पनि त्यागिदिएर परम सिद्धि प्राप्त गर्नछन ।।१४।।

गालवो दीप्तिमान् रामो द्रोणपुत्रः कृपस्तथा । 
ऋष्यश्रृंगः पितास्माकं भगवान् बादरायणः ॥ १५ ॥ 

इमे सप्तर्षयस्तत्र भविष्यन्ति स्वयोगतः । 
इदानीं आसते राजन् स्वे स्वे आश्रममण्डले ॥ १६ ॥ 

गालव, दिप्तमान, पशुराम, अश्वत्थामा, कृपाचार्य, ऋष्यशृंग र मेरा पिता भगवान् व्यास उहाँहरु आठौं मन्वन्तरमा सप्तर्षि हुनेछन । अहिले उनीहरु सबै  योगबलले आफ्ने आफ्नो आश्रममा रहेका छन ।।१५।१६।।

देवगुह्यात्सरस्वत्यां सार्वभौम इति प्रभुः । 
स्थानं पुरन्दराद् हृत्वा बलये दास्यतीश्वरः ॥ १७ ॥ 

यो मन्वन्तरमा देवगुह्यकी पत्नी सरस्वतीको गर्भबाट भगवान्को सार्वभौम नामको अवतार हुनेछ । वहाँले नै पुरन्दर नामको इन्द्रको राज्य बलिलाई दिनु हुनेछ ।।१७।।

नवमो दक्षसावर्णिः मनुर्वरुणसम्भवः । 
भूतकेतुर्दीप्तकेतुः इत्याद्यास्तत्सुता नृप ॥ १८ ॥ 

परीक्षित ! वरुणका पुत्र दक्षसावर्णि नवौं मनु हुन्छन । भूतकेतु, दीप्तकेतु आदि उनका छोरा हुनेछन ।।१८।।

पारा मरीचिगर्भाद्या देवा इन्द्रोऽद्भुतः स्मृतः। 
द्युतिमत्  प्रमुखास्तत्र भविष्यन्ति ऋषयस्ततः ॥ १९ ॥ 

त्यस मन्वन्तरमा पार, मरीचिगर्भ आदि देवगण हुनेछन र अद्भुत नामका इन्द्र हनेछन । द्युतिमान आदि सप्तर्षि हुनेछन ।।१९।।

आयुष्मतोऽम्बुधारायां ऋषभो भगवत्कला । 
भविता येन संराद्धां त्रिलोकीं भोक्ष्यतेऽद्भु तः ॥ २० ॥ 

आयुष्मानकी पत्नी अम्बुधाराको गर्भबाट ऋषभको रुपमा भगवान्को कलावतार हुनेछ । अद्भुत नामका इन्द्रले, वहाँले दिनु भएको तीनैलोकको राज्य उपभोग गर्दछन ।।२०।।

दशमो ब्रह्मसावर्णिः उपश्लोकसुतो मनुः । 
तत्सुता भूरिषेणाद्या हविष्मत्प्रमुखा द्विजाः ॥ २१ ॥ 

हविष्मान्सुकृतः सत्यो जयो मूर्तिस्तदा द्विजाः । 
सुवासनविरुद्धाद्या देवाः शम्भुः सुरेश्वरः ॥ २२ ॥ 

दसौं मनुमा उत्तमश्लोकका पुत्र बह्मसावर्णि हुनेछन् । उनमा सबै सद्गुणको निवास हुनेछ । भुरिषेण आदि उनका पुत्र हुनेछन र अविष्मान्, सुकृति, सत्य, जय, मूर्ति आदि सप्तर्षि हुनेछन । सुवाहन, विरुद्ध आदि देवताहरुका गण हुनेछन र शम्भु नामका इन्द्र हुनेछन ।।२१।।२२।।

विष्वक्सेनो विषूच्यां तु शम्भोः सख्यं करिष्यति । 
जातः स्वांशेन भगवान् गृहे विश्वसृजो विभुः ॥ २३ ॥ 

विश्वसृजकी पत्नी विषूचिको गर्भबाट भगवान्ले विश्वक्सेनको रुपमा अंशावतार ग्रहण गरेर शम्भु नामका इन्द्रसंग मित्रता गर्नु हुनेछ ।।२३।।

मनुर्वै धर्मसावर्णिः एकादशम आत्मवान् । 
अनागतास्तत्सुताश्च सत्यधर्मादयो दश ॥ २४ ॥ 

अत्यन्त सम्यमी धर्मसावर्णि एघारौं मनु हुनेछन । उनका सत्य, धर्म आदि  दस छोरा हुनेछन ।।२४।।

विहंगमाः कामगमा निर्वाणरुचयः सुराः । 
इन्द्रश्च वैधृतस्तेषां ऋषयश्चारुणादयः ॥ २५ ॥ 

विहंगम कामगम, निर्वाणरुचि आदि देवताका गण हुनेछन । अरुणादि सप्तर्षि हुनेछन । र वैधृत नामका इन्द्र यस मन्वन्तरमा हुनेछन ।।२५।।

आर्यकस्य सुतस्तत्र धर्मसेतुरिति स्मृतः । 
वैधृतायां हरेरंशः त्रिलोकीं धारयिष्यति ॥ २६ ॥ 

अर्यककी पत्नी वैधृताको गर्भबाट धर्मसेतुका रुपमा भगवान्को अंशावतार हुनेछ । यही रुपमा वहाँले तीनैलोकको रक्षा गर्नुहुनेछ ।।२६।।

भविता रुद्रसावर्णी राजन् स्वादशमो मनुः । 
देववान् उपदेवश्च देवश्रेष्ठादयः सुताः ॥ २७ ॥ 

रुद्र सावर्णि बाह्रौं मनु हुनेछन । देववान्, उपदेव, देवश्रेष्ट आदि उनका छोरा हुनेछन ।।२७।।

ऋतधामा च तत्रेन्द्रो देवाश्च हरितादयः । 
ऋषयश्च तपोमूर्तिः तपस्व्याग्नीध्रकादयः ॥ २८ ॥ 

यस मन्वन्तरमा ऋतधामा, इन्द्र हरित आदि देवगण हुनेछन र तपोमूर्ति, आग्नीध्रक, तपस्वी आदि सप्तर्षि हुनेछन ।।२८।।

स्वधामाख्यो हरेरंशः साधयिष्यति तन्मनोः । 
अन्तरं सत्यसहसः सुनृतायाः सुतो विभुः ॥ २९ ॥ 

सत्यसहाकी पत्नी सुतृताको गर्भबाट स्वधामाका रुपमा भगवान्को अंशावतार हनेछ र यै रुपमा भगवान त्यस मन्वतरको पालन गर्नुहुन्छ ।।२९।।

मनुस्त्रयोदशो भाव्यो देवसावर्णिरात्मवान् । 
चित्रसेनविचित्राद्या देवसावर्णिदेहजाः ॥ ३० ॥ 

तेह्रौं मनुमा परम जितेन्द्रिय देवसावर्णि हुनेछन् । चित्रसेन, विचित्र आदि उनका छोरा हुनेछन ।।३०।।

देवाः सुकर्मसुत्राम संज्ञा इन्द्रो दिवस्पतिः । 
निर्मोकतत्त्वदर्शाद्या भविष्यन्ति ऋषयस्तदा ॥ ३१ ॥ 

सुकर्मा र सुत्रामा आदि देवगण हुनेछन । त्यससमयका इन्द्रको नाम दिवस्पति हनेछन । त्यस समय निर्मोक र तत्वदर्शी आदि सप्तर्षि हुनेछन् ।।३१।।

देवहोत्रस्य तनय उपहर्ता दिवस्पतेः । 
योगेश्वरो हरेरंशो बृहत्यां संभविष्यति ॥ ३२ ॥ 

देवहोत्रकी पत्नी वृहतीको गर्भबाट योगेश्वरको रुपमा भगवान्को अंशावतार हुनेछ र यसै रुपमा भगवान्ले दिवस्पतिलाई इन्द्र पद दिनुहुनेछ ।।३२।।

मनुर्वा इन्द्रसावर्णिः चतुर्दशम एष्यति । 
उरुगम्भीरबुधाद्या इन्द्रसावर्णिवीर्यजाः ॥ ३३ ॥ 

महाराज ! चौधौं मनु इन्द्रसावर्णि हुनेछन । उरु, गम्भिरबुद्धि आदि उनका छोरा हुनेछन ।।३३।।

पवित्राश्चाक्षुषा देवाः शुचिरिन्द्रो भविष्यति । 
अग्निर्बाहुः शुचिः शुद्धो मागधाद्यास्तपस्विनः ॥ ३४ ॥ 

त्यस समय पवित्र, चाक्षुष आदि देवगाण हुनेछन । र शुचि नामका इन्द्र हुनेछन । अग्निबाहु, शुचि, शुद्धि र माघद आदि सप्तर्षि हुनेछन ।।३४।।

सत्रायणस्य तनयो बृहद्भाधनुस्तदा हरिः । 
वितानायां महाराज क्रियातन्तून्वितायिता ॥ ३५ ॥ 

त्यस समय सत्रायणकी पत्नी वितानाको गर्भबाट बृहद्भानुको रुपमा भगवान्ले अवतार ग्रहण गर्नु हुनेछ  तथा कर्मकाण्डको विस्तार गर्नु हुन्छ ।।३५।।

राजन् चतुर्दशैतानि त्रिकालानुगतानि ते । 
प्रोक्तान्येभिर्मितः कल्पो युगसाहस्रपर्ययः ॥ ३६ ॥ 

परीक्षित ! यी चौध मन्वन्तर भूत, वर्तमान र भविष्य—तीनै कालमा चलिरहन्छन । यिनै द्वारा एक सहस्र चतुर्युगी कल्पको समयको गणना गरिन्छ ।।३६।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे मन्वन्तरानुवर्णनं नाम त्रयोदशोऽध्यायः ॥ १३ ॥