#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्ध एकपञ्चाशत्तमोऽध्यायः



श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – एकपञ्चाशत्तमोऽध्यायः 


श्रीशुक उवाच–
(अनुष्टुप्)
तं विलोक्य विनिष्क्रान्तमुज्जिहानमिवोडुपम् ।
दर्शनीयतमं श्यामं पीतकौशेयवाससम् ॥१॥
श्रीवत्सवक्षसं भ्राजत्कौस्तुभामुक्तकन्धरम् ।
पृथुदीर्घचतुर्बाहुं नवकञ्जारुणेक्षणम् ॥२॥
नित्यप्रमुदितं श्रीमत्सुकपोलं शुचिस्मितम् ।
मुखारविन्दं बिभ्राणं स्फुरन्मकरकुण्डलम् ॥३॥
वासुदेवो ह्ययमिति पुमाञ्छ्रीवत्सलाञ्छनः ।
चतुर्भुजोऽरविन्दाक्षो वनमाल्यतिसुंदरः ॥४॥
लक्षणैर्नारदप्रोक्तैर्नान्यो भवितुमर्हति ।
निरायुधश्चलन् पद्‌भ्यां योत्स्येऽनेन निरायुधः ॥५॥
इति निश्चित्य यवनः प्राद्रवन्तं पराङ्‌मुखम् ।
अन्वधावज्जिघृक्षुस्तं दुरापमपि योगिनाम् ॥६॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे प्रिय परीक्षित ! जब भगवान कृष्ण मथुरा शहरको मुख्य ढोकाबाट बाहिर निस्कनुभयो, त्यतिबेला भगवान पूर्वबाट चन्द्रमा उदाउँदै गरेको जस्तो देखिनुहुन्थ्यो । वहाँको  शरीर श्यामवर्णको अत्यन्तै आकर्षक थियो, पहेलो रेसमी कपडा धारण गर्नुभएको; छातीमा श्रीवत्स चिन्हले अंकित हुनुभएका र घाँटी कौस्तुभ मणि चम्किरहेको थियो । वहाँका लामा र मोटा चारवटा हात थिए । उहाँका आँखाहरू भर्खरै फुलेको कमल जस्तै कोमल र रत्नजस्ता थिए । मुहार प्रसन्न थियो । अत्यन्त सुन्दर गाला थियो भने कानमा मकराकारका कुण्डलहरू चम्किरहेका थिए । यस्तो स्वरुपलाई देख्नेबितिक्कै कालयवनले यो मानिस वासुदेव हो भन्ने निर्णय गरिहाल्यो । किनभने नारदजीले उसलाई बताएनु भएको कुरा उसले सम्झिहाल्यो । छातिमा श्रीवत्स चिन्ह अंकित, चार हात भएको, वनमालाहरु प्हिरिनु भएको सुन्दर स्वरुप भएको यी नै वासुदेव हुन् भन्ने उसले अठोट गर्यो । अब बिना हतियार नै श्रीकृष्णसंग युध्द गर्ने निश्चय गरेर त्यो कालयवन भगवन् भएपटि गयो । कालयवनलाई देखेर भगवन् त्यस युध्दस्थलबाट पछाडि फर्केर भाग्नुभयो । भगवान् यसरी भागेपछि योगीहरुले पनि प्राप्त गर्न नसक्ने त्यस्ता भगवान्लाई पक्रने इच्छाले कालयवन वहाँको पछि पछि लाग्यो ।।१–६।।

हस्तप्राप्तमिवात्मानं हरीणा स पदे पदे ।
नीतो दर्शयता दूरं यवनेशोऽद्रिकन्दरम् ॥७॥
भगवान लीला गर्दै रणभूमीबाट भागिरहनुभएको थियो भने यता कालयवन भगवान्लाई पक्रने इच्छाले पछि पछि दौडिरहेको थियो । मानौं कि समाउनै लागे जस्तो गरेर दौडिरहेको थियो । यसरी दौडदै जाँदा भगवान्ले उसलाई एक पहाडको गुफामा लिएर जानुभयो ।।७।।

पलायनं यदुकुले जातस्य तव नोचितम् ।
इति क्षिपन्ननुगतो नैनं प्रापाहताशुभः ॥८॥
कालयवनले पछाडिबाट कराउँदै भनिरहेको थियो– हे भाइ ! तिम्रो जन्म तिम्रो गौरवशाली यदुवंशमा भएको छ । यसरी युद्धबाट भाग्नु तिमीलाई ठीक होइन । उ भगवानलाई रोक्न खोज्दथ्यो तर उसको दुष्ट कर्म अझै समाप्त भइनसकेकोले उसले भगवानलाई प्राप्त गर्न सक्षम भएन ।।८।।

एवं क्षिप्तोऽपि भगवान् प्राविशद् गिरिकन्दरम् ।
सोऽपि प्रविष्टस्तत्रान्यं शयानं ददृशे नरम् ॥९॥
उसले निरन्तर गालि गरेपनि पनि, भगवान त्यो पहाडको गुफामा प्रवेश गर्नुभयो । कालयवन पनि वहाँको पछि लागेर त्यही गुफामा प्रवेश गर्यो उसले त्यहाँ अर्को मानिस सुतिरहेको देख्यो ।।९।।

नन्वसौ दूरमानीय शेते मामिह साधुवत् ।
इति मत्वाच्युतं मूढस्तं पदा समताडयत् ॥१०॥
उसलाई देखेर कालयवनले सोच्यो कि यि वासुदेवले मलाई यहाँसम्म ल्याएर अहिले, केही थाहा नपाए जस्तो गरी साधु जस्तो भएर सुतिरहेको छन् । यस्तो सोचेर त्यो मूर्खले उसलाई वसुद्व नै सम्झि बेस्सरी लातले हान्यो । 

स उत्थाय चिरं सुप्तः शनैरुन्मील्य लोचने ।
दिशो विलोकयन् पार्श्वे तमद्राक्षीदवस्थितम् ॥११॥
त्यहाँ ती मान्छे धेरै समय अगाडि देखि  सुतिरहेको थिए । उसले खुट्टाले हिर्काउँदा उनी ब्युँझिए र बिस्तारै आँखा खोलेर यताउति हेर्दा नजिकै कलयवन उभिरहेको देखें ।।११।।

स तावत्तस्य रुष्टस्य दृष्टिपातेन भारत ।
देहजेनाग्निना दग्धो भस्मसादभवत्क्षणात् ॥१२॥
हे परीक्षित यसरी ब्युझन परेकोमा त्यो मान्छे अलि रिसाएको थियो । उसको आँखा कालयवनको शरीरमा पर्ने बित्तिकै आगो लाग्यो र क्षणभरमै उ जलेर खरानी भयो ।।१२।।

राजोवाच – 
को नाम स पुमान् ब्रह्मन् कस्य किंवीर्य एव च ।
कस्माद् गुहां गतः शिष्ये किंतेजो यवनार्दनः ॥१३॥
राजा परीक्षितले सोधे– हे ब्रह्मन ! त्यो कालयवनलाई भष्म गर्ने को थियो जसको एक नजरले नै कालयवन जलेर खरानी भयो ? उनी कुन कुलका थिए र नाम के थियो ? उनीमा कस्तो प्रकारको शक्ति थियो र उनी किन पहाडको गुफामा गएर सुतेका हुन ? ।।१३।।

श्रीशुक उवाच– 
स इक्ष्वाकुकुले जातो मान्धातृतनयो महान् ।
मुचुकुन्द इति ख्यातो ब्रह्मण्यः सत्यसङ्‌गरः ॥१४॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! उनी इक्ष्वाकु वंशका महाराजा मान्धताका छोरा मुचुकुन्द थिए । उनी ब्राह्मणहरूको ठूलो भक्त, सत्यवादी महापुरुष थिए ।।१४।।

स याचितः सुरगणैरिन्द्राद्यैरात्मरक्षणे ।
असुरेभ्यः परित्रस्तैस्तद्रक्षां सोऽकरोच्चिरम् ॥१५॥
एक पटक इन्द्रदि देवताहरु राक्षसहरूसँग धेरै डराएर आत्मरक्षाका लागि ती राजा मुचुकुन्दलाई आफ्नो सुरक्षाको लागि प्रार्थना गरेकाले उनले लामो समयसम्म इन्द्रादि देवताहरुको रक्षा गरे ।।१५।।

लब्ध्वा गुहं ते स्वःपालं मुचुकुन्दमथाब्रुवन् ।
राजन् विरमतां कृच्छ्राद् भवान् नः परिपालनात् ॥१६॥
धेरै समय पछि जब देवताहरूले स्वामी कार्तिकेयलाई आफ्नो सेनापति बनाए तब उनीहरूले राजा मुचुकुन्दलाई भने– हे महाराज ! हामीलाई बचाउन तपाईंले धेरै मेहनत र कष्ट गर्नुभयो, अब तपाई आराम गर्नुहोस ।।१६।।

नरलोके परित्यज्य राज्यं निहतकण्टकम् ।
अस्मान् पालयतो वीर कामास्ते सर्व उज्झिताः ॥१७॥
हे वीर ! हाम्रो रक्षा गर्न तपाईंले पृथ्वीलोकको सत्र ुरहित आफ्नो राज्यलाई त्याग्नुभयो र आफ्ना सबै इच्छा र सुखहरूलाई पनि त्याग्नुभयो ।।१७।।

सुता महिष्यो भवतो ज्ञातयोऽमात्यमन्त्रिणः ।
प्रजाश्च तुल्यकालीना नाधुना सन्ति कालिताः ॥१८॥
अब, तपाईंको समयका छोरा, रानी, आफन्त, मन्त्री र प्रजा कोही पनि जीवित छैनन् । सबै मृत्युको मुखमा पुगेर नष्ट भइसके ।।१८।।

कालो बलीयान् बलिनां भगवानीश्वरोऽव्ययः ।
प्रजाः कालयते क्रीडन् पशुपालो यथा पशून् ॥ १९ ॥
काल सबै शक्तिशालीहरु भन्दा पनि धेरै शक्तिशाली, अविनाशी र भगवानको रूप हो ।  जसरी गोठालाहरूले आफ्ना पशुहरूलाई आफ्नो अधिनमा राख्छन्, त्यसरी नै कालले पनि सबै लोकलाई आफ्नो नियन्त्रणमा राख्छ ।।१९।।

वरं वृणीष्व भद्रं ते ऋते कैवल्यमद्य नः ।
एक एवेश्वरस्तस्य भगवान् विष्णुरव्ययः ॥२०॥
हे राजन ! तपाईको कल्याण होस् । अब तपाईं जे चाहनुहुन्छ हामीसँग माग्नुहोस् । हामी तपाईंलाई कैवल्य–मोक्ष बाहेक सबै कुरा दिन सक्छौं । किनभने केवल अविनाशी भगवान विष्णुमा मात्र कैवल्य–मोक्ष प्रदान गर्ने शक्ति छ ।

एवमुक्तः स वै देवानभिवन्द्य महायशाः ।
अशयिष्ट गुहाविष्टो निद्रया देवदत्तया ॥२१॥ 
स्वापं यातं यस्तु मध्ये बोधयेत्त्वामचेतनः ।
स त्वया दृष्टमात्रस्तु भस्मीभवतु तत्क्षणात् ॥२२॥
त्यसबेला देवताहरूले यदि कुनै मूर्ख व्यक्तिले तिमीलाई निद्राको बीचमा उठायो भने, तिमीलाई देख्ने बित्तिकै ऊ खरानीमा परिणत हुनेछ भनेर अर्को वरदान पनि दिए ।।२२।।

यवने भस्मसान्नीते भगवान् सात्वतर्षभः ।
आत्मानं दर्शयामास मुचुकुन्दाय धीमते ॥२३॥
हे परीक्षित ! जब कालयवन जलेर खरानी भयो, यदुवंशको मुकुट भक्तवत्सल भगवान कृष्ण सबैभन्दा बुद्धिमान राजा मुचुकुण्डको सामु प्रकट हुनुभयो । भगवान श्रकृष्णले आफ्नो स्वरुप मुचुकुन्दलाई देखाउनुभयो ।।२३।।

तमालोक्य घनश्यामं पीतकौशेयवाससम् ।
श्रीवत्सवक्षसं भ्राजत्कौस्तुभेन विराजितम् ॥२४॥
चतुर्भुजं रोचमानं वैजयन्त्या च मालया ।
चारुप्रसन्नवदनं स्फुरन्मकरकुण्डलम् ॥२५॥
प्रेक्षणीयं नृलोकस्य सानुरागस्मितेक्षणम् ।
अपीव्यवयसं मत्तमृगेन्द्रोदारविक्रमम् ॥२६॥
पर्यपृच्छन्महाबुद्धिस्तेजसा तस्य धर्षितः ।
शङ्‌कितः शनकै राजा दुर्धर्षमिव तेजसा ॥२७॥

त्यतिबेला भगवान मेघजस्तै श्यामवर्णको रेशमी वस्त्र पहिरनु भएको  छातीमा श्रीवत्स र घाँटीमा कौस्तुभमणिले एवं वनमालाले गर्दा वहाँको दिव्य स्वरुप प्रकाश फैलाइरहेको थियो । वहाँका चार हात थिए । वैजयन्तिको माला घुँडासम्म लर्किएको थियो । वहाँको तरुण अवस्था, सुन्दर मुखारविन्द र प्रेमयुक्त हेराइले सबैलाई मोहित पार्ने थियो । सिंहको जस्तै देखिने यस्ता जवानी र पराक्रमले युक्त श्रीकृष्णलाई देखेर बुध्दिमान र धैर्यवान मुचुकुन्द छक्क परे । उनी भगवान्को तेजले केही हच्कदै र सशंकित हुँदै बिनम्र भएर सोधे ।।२३–२७।।

मुचुकुन्द उवाच–
को भवानिह सम्प्राप्तो विपिने गिरिगह्वरे ।
पद्‌भ्यां पद्मपलाशाभ्यां विचरस्युरुकण्टके ॥२८॥
राजा मुचुकुन्दले भने– यतिबेला यहाँ आइपुग्ने हजुर को हुनुहुन्छ ? यो काँडाले भरिएको यो घना जंगलमा कमलको पात जस्तै चरणले किन घुमिरहेका छ ? ।।२८।।

किंस्वित्तेजस्विनां तेजो भगवान् वा विभावसुः ।
सूर्यः सोमो महेन्द्रो वा लोकपालोऽपरोऽपि वा ॥२९॥
के हजुर सबै तेजका पनि तेज अग्निदेव वा सूर्य, चन्द्रमा, देवराज इन्द्र वा अरू कुनै लोकपाल हुनुहुन्छ ? ।।२९।।

मन्ये त्वां देवदेवानां त्रयाणां पुरुषर्षभम् ।
यद् बाधसे गुहाध्वान्तं प्रदीपः प्रभया यथा ॥३०॥
मलाई विश्वास छ कि हजुर ब्रह्मा, विष्णु र शंकर तीनै पूज्य देवताहरूमध्ये भगवान नारायण नै ठानेको छु । किनकि जसरी एउटा ठूलो बत्तीले अन्धकारलाई हटाउँछ, त्यसरी नै हजुरले आफ्नो शरीरको तेजले यो गुफाको अन्धकारलाई हटाइरहनुभएको छ ।।३०।।

शुश्रूषतामव्यलीकमस्माकं नरपुङ्गव ।
स्वजन्म कर्म गोत्रं वा कथ्यतां यदि रोचते ॥३१॥
हे पुरुषश्रेष्ठ ! मलाई हजुरको विषयमा जान्ने इच्छा भएको छ । यदि हजुरलाई मन पर्छ भने, कृपया आफ्नो जन्म, कर्म र गोत्र बारेमा बताउनुहोस् ।।३१।। 

वयं तु पुरुषव्याघ्र ऐक्ष्वाकाः क्षत्रबन्धवः ।
मुचुकुन्द इति प्रोक्तो यौवनाश्वात्मजः प्रभो ॥३२॥
हे पुरुषश्रेष्ठ ! म त क्षत्रीयवंशी इक्ष्वाकुकुलमा उत्पन्न भएको युवनाश्वपुत्र मान्धाताको छोरो मुचुकुन्द हुँ ।।३२।।

चिरप्रजागरश्रान्तो निद्रयापहतेन्द्रियः ।
शयेऽस्मिन् विजने कामं केनाप्युत्थापितोऽधुना ॥३३॥
म धेरै समयसम्म जागा बसेकोले थाकेको थिएँ, निद्राले मेरा सबै इन्द्रियहरूको शक्ति क्षीण भएको थियो त्यसैले म यो सुनसान ठाउँमा कुनै चिन्ता नगरिकन सुतिरहेको थिएँ । अहिले भर्खरै कसैले मलाई ब्युँझाइदियो ।।३३।।

सोऽपि भस्मीकृतो नूनमात्मीयेनैव पाप्मना ।
अनन्तरं भवाञ्छ्रीमान् लक्षितोऽमित्रशासनः ॥३४॥
निश्चय नै मलाई ब्यँझउने ब्यक्तिपनि उसको आफ्नै पापका कारण खरानी भयो । शत्रुहरूको संहारकर्ता, सबै एश्वर्यले सम्पन्न हजुर देखिनुभयो ।।३४।।

तेजसा तेऽविषह्येण भूरि द्रष्टुं न शक्नुमः ।
हतौजसा महाभाग माननीयोऽसि देहिनाम् ॥३५॥
हे भाग्यशाली प्रभु ! हजुर सबै तेजले सम्पन्न हुनुहुन्छ । हजुरको तेजले गर्दा हजुरलाई देख्ने मेरो सामथ्र्य छैन ।  हजुर सबै प्राणीहरुका पूज्य हुनुहुन्छ ।।३५।।

एवं सम्भाषितो राज्ञा भगवान् भूतभावनः ।
प्रत्याह प्रहसन् वाण्या मेघनादगभीरया ॥३६॥
राजा मुचुकुन्दले यसो भनेपछि भगवान श्रीकृष्णले मुस्कुराउदै गम्भिर वाणीद्वारा भन्नुभयो ।।३६।।

श्रीभगवानुवाच– 
जन्मकर्माभिधानानि सन्ति मेऽङ्ग सहस्रशः ।
न शक्यन्तेऽनुसङ्ख्यातुमनन्तत्वान्मयापि हि ॥३७॥
भगवान्ले भन्नुभयो– हे मुचुकुन्द ! मेरा हजारौं जन्म, कर्म र नामहरू छन् । तिनीहरू अनगिन्ती छन्, त्यसैले म ती सबैलाई गन्न पनि सक्दिन ।।३७।।

क्वचिद् रजांसि विममे पार्थिवान्युरुजन्मभिः ।
गुणकर्माभिधानानि न मे जन्मानि कर्हिचित् ॥३८॥
मानिसले आफ्नो धेरै जन्महरूमा पृथ्वीमा भएका साना धुलोका कणहरू गन्न सक्लान् तर कसैले पनि मेरो जन्म, पुण्य, कर्म र नाम कुनै पनि हिसाबले गन्न सक्दैन ।।३८।।

कालत्रयोपपन्नानि जन्मकर्माणि मे नृप ।
अनुक्रमन्तो नैवान्तं गच्छन्ति परमर्षयः ॥३९॥
हे राजा ! परमऋषिहरूले मेरो त्रिकालसिद्ध जन्म र कर्महरूको वर्णन गरिरहन्छन् तापनि मेरा वर्णन गरेर पार पाउन सकेका छैनन् ।।३९।।

तथाप्यद्यतनान्यङ्‌ग शृणुष्व गदतो मम ।
विज्ञापितो विरिञ्चेन पुराहं धर्मगुप्तये ।
भूमेर्भारायमाणानामसुराणां क्षयाय च ॥४०॥
हे प्रिय मुचुकुन्द ! यति हुँदाहँदै पनि, म मेरो वर्तमान जन्म, कर्म र नाम वर्णन गर्नेछु, सुन । पहिले, भगवान ब्रह्माले मलाई धर्मको रक्षा गर्न र पृथ्वीमा भार बनेका राक्षसहरूलाई नष्ट गर्न प्रार्थना गर्नुभएको थियो ।।४०।।

अवतीर्णो यदुकुले गृह आनकदुन्दुभेः ।
वदन्ति वासुदेवेति वसुदेवसुतं हि माम् ॥४१॥
उहाँको प्रार्थनाको कारणले गर्दा मैले यदुवंशमा वसुदेवजीको पुत्रको रूपमा अवतार लिएको छु । त्यसैले अहिले मानिसहरू मलाई ’वासुदेव’ भन्छन् ।।४१।।

कालनेमिर्हतः कंसः प्रलम्बाद्याश्च सद्‌‍द्विषः ।
अयं च यवनो दग्धो राजंस्ते तिग्मचक्षुषा ॥४२॥
अहिलेसम्म मैले कंसको रूपमा आएको कालनेमी राक्षस र प्रलम्बसुर आदि दानवहरुलाई मारिसकें । हे राजन ! अहिले त्यही कालयवन थियो जसमाथि तिम्रो तीक्ष्ण दृष्टि पर्ने बित्तिकै मेरो प्रेरणाले खरानी भयो ।।४२।।

सोऽहं तवानुग्रहार्थं गुहामेतामुपागतः ।
प्रार्थितः प्रचुरं पूर्वं त्वयाहं भक्तवत्सलः ॥४३॥
आज म तिमीमाथि अनुग्रह गर्नको लागि मात्र यो गुफामा आएको हुँ । हे भक्तका प्यारा तिमीले पहिले पनि मेरो धेरै पूजा आराधना गरेका छौ ।।४३।।

वरान् वृणीष्व राजर्षे सर्वान् कामान् ददामि ते ।
मां प्रसन्नो जनः कश्चिन्न भूयोऽर्हति शोचितुम् ॥४४॥
त्यसैले त राजर्षे ! अब तिमीलाई जे मन लाग्छ, मसँग वर माग । म तिम्रा सबै इच्छा र आकांक्षा पूरा गर्नेछु । ममा शरण लिने मानिसको लागि, उसले शोक गर्नुपर्ने केही बाँकी रहँदैन। ।।४४।।

श्रीशुक उवाच–
इत्युक्तस्तं प्रणम्याह मुचुकुन्दो मुदान्वितः ।
ज्ञात्वा नारायणं देवं गर्गवाक्यमनुस्मरन् ॥४५॥
श्री शुकदेवजी भन्नुहुन्छ – जब भगवान श्रीकृष्णले यसो भन्नुभएपछि राजा मुचुकुन्दलाई वृद्ध गर्गले भगवान यदुवंशमा अवतार लिनुहुनेछ भनेको कुरा याद आयो र आफ्नो अगाडि आएका साक्षात भगवान नारायण हुन् भन्ने बुझेर आनन्दले चरणमा दण्डवत् गरे र भन्नथाले ।।४५।।

मुचुकुन्द उवाच–
(मिश्र)
विमोहितोऽयं जन ईश मायया
     त्वदीयया त्वां न भजत्यनर्थदृक् ।
सुखाय दुःखप्रभवेषु सज्जते
     गृहेषु योषित् पुरुषश्च वञ्चितः ॥४६॥
मुचुकुन्दले भने– हे प्रभु ! संसारका सबै प्राणीहरू हजुरको मायाबाट अत्यन्तै मोहित भइरहेका छन् । उनीहरु संसारमै रमाएकाले हजुरको भजन पूजा गर्दैनन् । सुखको खोजीमा उनीहरु आसक्त गृहाश्रममा नै अल्झिएका छन् । जुन सबै दुःखको मूल कारण हो ।।४६।।

लब्ध्वा जनो दुर्लभमत्र मानुषं
     कथञ्चिदव्यङ्‌गमयत्नश्रतोऽनघ ।
पादारविन्दं न भजत्यसन्मति– 
     गृहान्धकूपे पतितो यथा पशुः ॥४७॥
हे निष्पाप प्रभू ! यो भूमि धेरै पवित्र कर्मस्थल हो, यसमा बिना प्रयास नै मानिस जन्मनु धेरै दुर्लभ छ । मानव जीवन पाएर पनि सांसारिक कुरामा नै रमाउदछन्, र हजुरको चरणको भजन पूजन गर्दैनन् भने जसरी घाँसमा लोभिएको पशु अन्धकार इनारमा खस्दछन् त्यसरीनै मानिसहरु तुच्छ इन्द्रिय सुखका लागि सबै प्रयास गर्छन् र गृहस्थ जीवनको अँध्यारो इनारमा खस्दछन् ।।४७ ।।

ममैष कालोऽजित निष्फलो गतो
     राज्यश्रियोन्नद्धमदस्य भूपतेः ।
मर्त्यात्मबुद्धेः सुतदारकोशभू– 
     ष्वासज्जमानस्य दुरन्तचिन्तया ॥४८॥
हे भगवान ! म राजा थिएँ र राज्यको धनसम्पत्तिमा मातिरहेको थिएँ । म यो नश्वर शरीरलाई आत्मा मानिरहेको थिएँ । मेरो वास्तविक रूप र राजकुमार, रानी, धनसम्पित्ति र पृथ्वीको लोभमा आसक्त भएर फसेको थिए ँ। ती कुराहरूको चिन्ताले मलाई दिनरात सताइरह्यो । यसरी मेरो जीवनको यो बहुमूल्य समय पूर्ण रूपमा व्यर्थमा गयो ।।४८।।

कलेवरेऽस्मिन् घटकुड्यसन्निभे
     निरूढमानो नरदेव इत्यहम् ।
वृतो रथेभाश्वपदात्यनीकपै– 
     र्गां पर्यटंस्त्वागणयन् सुदुर्मदः ॥४९॥
बिचार गर्दा घैटो  र भित्ता जस्तै माटोबाट बनेको यो शरीरलाई अभिमान वश राजा भन्ने ठानें । त्यहीकारण म अन्धो भएर हजुरलाई पटक्कै बुझन सकिन । रथ, हात्ती, घोडा सेना र मेरा सेनापतिहरूले घेरिएको म पृथ्वीभरि घुमेर व्यर्थमा जीवन बिताउन पुगें ।।४९।।

प्रमत्तमुच्चैरितिकृत्यचिन्तया
     प्रवृद्धलोभं विषयेषु लालसम् ।
त्वमप्रमत्तः सहसाभिपद्यसे
     क्षुल्लेलिहानोऽहिरिवाखुमन्तकः ॥५०॥
मैले यो गर्नुपर्छ र मैले यो गर्नु हुँदैन; विभिन्न कर्तव्य र अकर्तव्यको बारेमा चिन्ता गरेर, मानिस आफ्नो एकमात्र कर्तव्य अर्थात् ईश्वर प्राप्तिबाट टाढा हुन पुगेका हामी जस्ता संसारसँग बाँधिएका ब्यक्तिलाई जसरी भोको सर्पले मुसालाई समात्छ, त्यसरी नै कालरुप हजुरले हामीलाई झम्टिनुहुन्छ ।।५०।।

पुरा रथैर्हेमपरिष्कृतैश्चरन्
     मतङ्‌गजैर्वा नरदेवसंज्ञितः ।
स एव कालेन दुरत्ययेन ते
     कलेवरो विट्कृमिभस्मसंज्ञितः ॥५१॥
हे सामर्थ्य प्रभू ! जो पहिले सुनौला रथ वा विशाल हात्तीमा चढेर यात्रा गर्दा मानिसहरूले राजा भनेर सम्मान गर्दछन् त्यही शरीरलाई जब कालस्वरुप हजुरले ग्रहण गर्नुहुन्छ र अचेष्ट बन्दछ तब त्यो शरीर विष्टा कीरा वा खरानीको थुप्रो बन्छ ।।५१।।

निर्जित्य दिक्‌चक्रमभूतविग्रहो
     वरासनस्थः समराजवन्दितः ।
गृहेषु मैथुन्यसुखेषु योषितां
     क्रीडामृगः पूरुष ईश नीयते ॥५२॥
हे प्रभु ! जसले सबै दिशाहरू जितेर सत्रु रहित भएर सबै राजाहरुबाट सम्मान पाएर राम्रो सिंहासनमा विराजमान भएको ब्यक्ति पनि मैथुनसुख रुपी घरपरिवारको कामुक सुखहरूको आनन्दमा रहँदा केवल स्त्रीहरुको खेलौना जस्तो बनेर उनैको वशमा रहेर घरपालुवा जनावर जस्तो भएको हुन्छ ।।५२।।

करोति कर्माणि तपस्सुनिष्ठितो
     निवृत्तभोगस्तदपेक्षया ददत् ।
पुनश्च भूयेयमहं स्वराडिति
     प्रवृद्धतर्षो न सुखाय कल्पते ॥५३॥
निष्ठापूर्वक तपस्यामा रहेर विषय वस्तुलाई छाडेको ब्यक्तिपनि दान आदि शुभकर्म गरेर फेरी चक्रवर्ति राजा हुन चाहान्छन् भने यस्तो तृष्णालाई बढाएका ब्यक्तिले कहिले पनि सुख प्राप्त गर्न सक्दैनन् ।।५३।।

भवापवर्गो भ्रमतो यदा भवे
     ज्जनस्य तर्ह्यच्युत सत्समागमः ।
सत्सङ्‌गमो यर्हि तदैव सद्‌गतौ
     परावरेशे त्वयि जायते मतिः ॥५४॥
हे प्रभु, जन्म र मृत्युको संसारमा भौतारिरहेका ब्यक्तिहरुले ज्ञानी सज्जनको संगत प्राप्त गरे भने उनीहरुले यो संसार चक्रबाट मुक्त हुनसक्छन् ।  किनभने सत्संगका कारण सन्तहरूको गतिस्वरुप र कार्य–कारण देखि पर रहनुभएका हजुरमा चित्त लाग्दछ ।।५४।।

मन्ये ममानुग्रह ईश ते कृतो
     राज्यानुबन्धापगमो यदृच्छया ।
यः प्रार्थ्यते साधुभिरेकचर्यया
     वनं विविक्षद्‌भिरखण्डभूमिपैः ॥५५॥
हे भगवान ! मलाई लाग्छ कि हजुरले अनायासै ममाथि परम आशीर्वाद दिनुभएको छ, किनकि कुनै प्रयास बिना नै मेरो सबै बन्धनहरु तोडिएका छन् । यो म माथि हजुरको अनुग्रह हो । यस्तो बन्धनबाट मुक्त हुनको लागि एक्लै वनमा गएर तपस्या गर्ने साधु स्वभावका राजाहरुले इच्छा गर्दछन् ।।५५।।

न कामयेऽन्यं तव पादसेवना
     दकिञ्चनप्रार्थ्यतमाद् वरं विभो ।
आराध्य कस्त्वां ह्यपवर्गदं हरे
     वृणीत आर्यो वरमात्मबन्धनम् ॥५६॥
हे सर्वज्ञ प्रभु ! सबै भोगलाई त्यागेका ब्यक्तिले हजुरको चरणको सेवा गर्ने जुन चाहना गर्दछन् म पनि हजुरको त्यही चरण बाहेक अरु वरको चाहना गर्दिन । हजुरको आराधना गर्दा जुन मोक्ष मिल्दछ त्यसलाई छाडेर कुन पुरुषले बन्धनमा पर्ने विषयलाई चाहना राख्ल्ला र ? ।।५६।।

तस्माद् विसृज्याशिष ईश सर्वतो
     रजस्तमःसत्त्वगुणानुबन्धनाः ।
निरञ्जनं निर्गुणमद्वयं परं
     त्वां ज्ञप्तिमात्रं पुरुषं व्रजाम्यहम् ॥ ५७ ॥
त्यसैले सत्वगुण, रजोगुण र तमोगुणसँग सम्बन्धित सबै इच्छा र कामनालाई त्यागेर हजुर ज्ञानस्वरुप परमपुरुष हजुरको शरणमा आएको छु ।।५७।।

(मालिनी)
चिरमिह वृजिनार्तस्तप्यमानोऽनुतापै
     रवितृषषडमित्रोऽलब्धशान्तिः कथञ्चित् ।
शरणद समुपेतस्त्वत्पदाब्जं परात्म
     न्नभयमृतमशोकं पाहि माऽऽपन्नमीश ॥५८॥
हे भगवान् ! अनादिकालदेखि नै मैले गरेका कार्यहरूको दुःखले म अत्यन्तै पीडित भएको छु र तिनीहरूको पीडादायी ज्वालाले मलाई दिनरात डढाइरहेको छ । मेरा छ शत्रुहरू (पाँच इन्द्रियहरू र एउटा मन) कहिल्यै पनि विषयबाट शान्त भएनन् । यिनले मलाई सधैं सताइरहेका कारण मैले कहिपनि शान्ति पाउन सकिन । त्यसैले अहिले हजुरको अनुग्रहले भयरहित र शोकरहित भएर हजुरको शरणमा परेको छु मेरो रक्षा गर्नुहोस् ।।५८।।
 
श्रीभगवानुवाच–
(अनुष्टुप्)
सार्वभौम महाराज मतिस्ते विमलोर्जिता ।
वरैः प्रलोभितस्यापि न कामैर्विहता यतः ॥५९॥
भगवान श्रीकृष्णले भन्नुभयो – हे सार्वभौम सम्राट राजा ! तिम्रो मन र बुध्दि धेरै शुध्द छ । मैले तिमीलाई बारम्बार वरदान दिन लोभ्याए पनि, तिम्रो बुद्धि विचलित भएन ।।५९।।

प्रलोभितो वरैर्यत्त्वमप्रमादाय विद्धि तत् ।
न धीर्मय्येकभक्तानामाशीर्भिर्भिद्यते क्वचित् ॥६०॥
मैले तिमीलाई जुन वरदान माग भनेर प्रलोभनमा पारेको थिएँ त्यो तिमीलाई साबधान गराउनको लागि र परीक्षा लिनको लागि मात्र थियो । मेरा अनन्य भक्तहरूको बुद्धि कहिल्यै पनि विषयको लोभमा परेर विचलित हुदैन ।।६०।। 

युञ्जानानामभक्तानां प्राणायामादिभिर्मनः ।
अक्षीणवासनं राजन् दृश्यते पुनरुत्थितम् ॥६१॥
हे राजन् ! जो मेरा अभक्त छन् तिनीहरूले प्राणायाम आदि मार्फत आफ्नो मनलाई जतिसुकै निरोध गर्ने प्रयास गरे पनि, तिनीहरूको इच्छा कम हुँदैन र अबसर आउनासाथ उसको मन फेरि सांसारिक विषयमा फर्किेएको पनि पाइन्छ ।।६१।।

विचरस्व महीं कामं मय्यावेशितमानसः ।
अस्त्वेव नित्यदा तुभ्यं भक्तिर्मय्यनपायिनी ॥६२॥
हे राजा ! तिमीले आफ्नो मन ममा लगाएर स्वतन्त्ररुपले पृथ्वीमा घुम । कुनै पनि कामवासना रहित भएको तिम्रो शुद्ध भक्ति सधैं ममा लागिरहेस् ।।६२।।

क्षात्रधर्मस्थितो जन्तून् न्यवधीर्मृगयादिभिः ।
समाहितस्तत्तपसा जह्यघं मदुपाश्रितः ॥६३॥
क्षत्रियको कर्तव्य पालना गर्दा, तिमीले धेरै पशुहरूलाई मारेका छौ । अब एकाग्रतापूर्वक मेरो पूजा गर र तपस्याद्वारा त्यो पापलाई पखालेर नाश गर ।।६३।।

जन्मन्यनन्तरे राजन् सर्वभूतसुहृत्तमः ।
भूत्वा द्विजवरस्त्वं वै मामुपैष्यसि केवलम् ॥६४॥  
हे राजा ! अर्को जन्ममा तिमी ब्राह्मण बन्नेछौ र सबै प्राणीहरूको साँचो हितैषी, हुनेछौ र त्यसपछि तिमीले विशुध्द विज्ञानस्वरुप म ईश्वरलाई प्राप्त गर्नेछौ ।।६४।।

इति श्रीमद्भाभागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे मुचकुंदस्तुतिर्नाम एकपञ्चाशत्तमोऽध्यायः ॥५१॥