श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – सप्तविंशोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
गोवर्धने धृते शैले आसाराद् रक्षिते व्रजे ।
गोलोकादाव्रजत् कृष्णं सुरभिः शक्र एव च ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! जब श्रीकृष्ण भगवानले मुसलधारे वर्षाबाट व्रजधामलाई रक्षा गर्नुभयो यो देखेर इन्द्र भगवान श्रीकृष्णलाई भेट्न भनेर स्वर्गबाट गोकुलमा आए ॥१॥
विविक्त उपसङ्गम्य व्रीडीतः कृतहेलनः ।
पस्पर्श पादयोरेनं किरीटेनार्कवर्चसा ॥२॥
इन्द्र आफूले भगवानलाई तिरस्कार गरेको कारणले लज्जित भएका थिए। त्यसैले उनी एकान्तमा गएर आफ्नो सूर्य सम्मानको तेज भएको मुकुटलाई झुकाएर श्रीकृष्णको चरण छुदै अभिवादन गरे ॥२॥
दृष्टश्रुतानुभावोऽस्य कृष्णस्यामिततेजसः ।
नष्टत्रिलोकेशमद इदमाह कृताञ्जलिः ॥३॥
भगवानको त्यो अद्भुत पराक्रम देखेर इन्द्रको म तिनै लोकको मालिक हुँ भन्ने जुन अहंकार थियो त्यो सबै नष्ट भयो। त्यसैले उनले हात जोडेर भन्न लागे ॥३॥
इन्द्र उवाच–
(मिश्र)
विशुद्धसत्त्वं तव धाम शान्तं
तपोमयं ध्वस्तरजस्तमस्कम् ।
मायामयोऽयं गुणसम्प्रवाहो
न विद्यते ते ग्रहणानुबन्धः ॥४॥
हे भगवान हजुर शुद्ध सात्विक सत्यगुणले भरिएको हुनुहुन्छ हजुरको स्वरूपमा रजोगुण तमोगुण आदिको कुनै प्रभाव पर्ने छैन। त्यसैले गर्दा हजुर शान्त हुनुहुन्छ र तपोमय हुनुहुन्छ हजुरमा प्रकृतिका गुण को आधारमा चल्ने कुनै प्रपञ्च पनि छैन ॥४॥
कुतो नु तद्धेतव ईश तत्कृता
लोभादयो येऽबुधलिङ्गभावाः ।
तथापि दण्डं भगवान् बिभर्ति
धर्मस्य गुप्त्यै खलनिग्रहाय ॥५॥
हजुरमा जन्म, मृत्यु आदि देहध्यासका कारण बाट हुने लोभ आदि पनि छैन । अज्ञानका कारणले हुने कार्य पनि छैनन् तापनि हजुर धर्मको रक्षाका लागि दुष्टको दमन गर्नुहुन्छ। यसैका लागि हजुरले यो शरीर धारण गर्नुभएको हो। ॥५॥
पिता गुरुस्त्वं जगतामधीशो
दुरत्ययः काल उपात्तदण्डः ।
हिताय स्वेच्छातनुभिः समीहसे
मानं विधुन्वन् जगदीशमानिनाम् ॥६॥
हजुर जगतका मातापिता र गुरु हुनुहुन्छ स्वामी हुनुहुन्छ हजुरले नै दुष्टलाई दण्ड दिनको लागि काल स्वरूप रूप धारण गर्नुहुन्छ हजुर संसारका मालिक भएका कारण भक्तहरूको रक्षाका लागि विभिन्न रुप धारण गरेर अनेकौं लिलाहरु गर्नुहुन्छ ॥६॥
(इंद्रवंशा)
ये मद्विधाज्ञा जगदीशमानिन–
स्त्वां वीक्ष्य कालेऽभयमाशु तन्मदम् ।
हित्वाऽऽर्यमार्गं प्रभजन्त्यपस्मया
ईहा खलानामपि तेऽनुशासनम् ॥७॥
संसारमा आफूलाई नै जगतको पिता मान्ने म जस्ता अज्ञानीहरू पनि छन्, तर ती हजुरको यस्तो रूपलाई देखेर आफ्नो अहंकारलाई त्याग्दछन् र आफ्नो घमण्डहरु त्यागेर हजुरले देखाएको बाटोको अनुसरण गर्दछन्। झलक्क हेर्दा हजुरका कर्महरु, चेष्टा हरु सामान्य जस्तो लागेता पनि दुष्टहरुका लागि भने शिक्षा बन्न सक्दछ। ॥७॥
(मिश्र)
स त्वं ममैश्वर्यमदप्लुतस्य
कृतागसस्तेऽविदुषः प्रभावम् ।
क्षन्तुं प्रभोऽथार्हसि मूढचेतसो
मैवं पुनर्भून्मतिरीश मेऽसती ॥८॥
प्रभु मैले हजुरको प्रभावलाई नबुझेका कारणले र आफ्नो ऐश्वर्यको अहङ्कारका कारणले ममा घमण्ड बढेको थियो। त्यसैले मेरो यो सबै अपराधलाई क्षमा गरिदिनुहोस्। जसले गर्दा फेरि पनि यस्तो दुष्ट बुद्धि नपलाओस् ॥८॥
तवावतारोऽयमधोक्षजेह
स्वयम्भराणामुरुभारजन्मनाम् ।
चमूपतीनामभवाय देव
भवाय युष्मच्चरणानुवर्तिनाम् ॥९॥
हे स्वयं प्रकाश प्रभु हजुरले यो जुन अवतार लिनुभएको छ यो अवतार त पृथ्वीका दुष्ट राजाहरू जसले आफ्नो शरीरलाई मात्रै पालनपोषण गर्दछन्, तिनीहरुको विनाशका लागि र भक्तहरूको कल्याणको लागि हो ॥९॥
(अनुष्टुप्)
नमस्तुभ्यं भगवते पुरुषाय महात्मने ।
वासुदेवाय कृष्णाय सात्वतां पतये नमः ॥१०॥
हे परंपुरुष भगवान ! हे वसुदेवका पुत्र यदुवंशहरूका स्वामी ! हजुरलाई मेरो बारम्बार नमस्कार छ ॥१०॥
स्वच्छन्दोपात्तदेहाय विशुद्धज्ञानमूर्तये ।
सर्वस्मै सर्वबीजाय सर्वभूतात्मने नमः ॥११॥
हे प्रभु ! हजुर स्वतन्त्र रूपले आफ्नो शरीर धारण गर्नुहुन्छ संसारको मूल कारण पनि हजुर नै हुनुहुन्छ यस्ता सर्वान्तरयामी प्रभुलाई म बारम्बार नमस्कार गर्दछु ॥११॥
मयेदं भगवन् गोष्ठनाशायासारवायुभिः ।
चेष्टितं विहते यज्ञे मानिना तीव्रमन्युना ॥१२॥
हे प्रभु ! मैले मेरो पूजा नष्ट भएका कारणले रिसाएर जुन हुरी, बतास र मुसलधारे वर्षा गरे त्यो मेरो कुकृत्य हो ॥१२॥
त्वयेशानुगृहीतोऽस्मि ध्वस्तस्तम्भो वृथोद्यमः ।
ईश्वरं गुरुमात्मानं त्वामहं शरणं गतः ॥१३॥
हे प्रभु ! हजुरले ममाथि अनुग्रह गर्नुभएको छ। मैले व्रजको विनाशका लागि जुन प्रयास गरेको थिएँ त्यो सबै विफल भएको छ। त्यसैले म आफ्नो सबै अहंकारलाई त्यागेर म हजुरलाई गुरु र स्वामीको रुपमा मानेर शरणमा परेको छु
॥१३॥
शुक उवाच–
एवं सङ्कीर्तितः कृष्णो मघोना भगवानमुम् ।
मेघगम्भीरया वाचा प्रहसन्निदमब्रवीत् ॥१४॥
सुखदेव जी भन्नुहुन्छ– इन्द्र यसरी आफ्नो शरणमा पर्न आएकोले भगवानले पनि हाँसेर आफ्नो मित झैँ गम्भीर वाणीमा उनलाई भन्नुभयो ॥१४॥
श्रीभगवानुवाच –
मया तेऽकारि मघवन् मखभङ्गोऽनुगृह्णता ।
मदनुस्मृतये नित्यं मत्तस्येन्द्रश्रिया भृशम् ॥१५॥
हे इन्द्र ! तिमी इन्द्र पद आफ्नो ऐश्वर्यका कारणले मत्त भएका थियौ त्यसैले तिम्रो अनुग्रह गर्नको लागि नै मैले यो यज्ञलाई विनाश गरेको थिए। जसले गर्दा तिमीले अब मलाई बारम्बार सम्झना गर्नेछौ ॥१५॥
मामैश्वर्यश्रीमदान्धो दण्डपाणिं न पश्यति ।
तं भ्रंशयामि सम्पद्भ्योण यस्य चेच्छाम्यनुग्रहम् ॥१६॥
जो आफ्नो धन र सम्पत्तिले अन्धो भएको हुन्छ त्यसले म कालस्वरूप परमात्मालाई जान्न सक्दैन त्यसैले म जसको अनुग्रह गर्न चाहन्छु त्यसको सबै धन सम्पत्ति नष्ट गरिदिन्छु ॥१६॥
गम्यतां शक्र भद्रं वः क्रियतां मेऽनुशासनम् ।
स्थीयतां स्वाधिकारेषु युक्तैर्वः स्तम्भवर्जितैः ॥१७॥
अब तिम्रो कल्याण होस्। तिमी आफ्नो स्वर्गमा जाउ र मैले दिएको आदेशलाई पालना गरेर अहंकार रहित भएर आफ्नो अधिकार अनुसार मर्यादामा बसेर स्वर्गको राज्य गर ॥१७॥
अथाह सुरभिः कृष्णमभिवन्द्य मनस्विनी ।
स्वसन्तानैरुपामन्त्र्य गोपरूपिणमीश्वरम् ॥१८॥
उदार स्वभाव भएकी मनस्यनी काम धनु गाईले आफ्ना सन्तान सहित आएर गोपको भेषमा रहनुभएका श्रीकृष्णलाई सम्बोधन गर्दै भन्न लागिन् ॥१८॥
सुरभिरुवाच –
कृष्ण कृष्ण महायोगिन् विश्वात्मन् विश्वसम्भव ।
भवता लोकनाथेन सनाथा वयमच्युत ॥१९॥
कामधेनुले भनिन्– हे श्रीकृष्ण ! हे महायोगी ! हे विश्वात्मा !हे विश्वका कारण ! हे अचुत ! सम्पूर्ण लोकका नाथ हजुरका कारण हामी अहिलेसम्म सुरक्षित भएका छौं ॥१९॥
त्वं नः परमकं दैवं त्वं न इन्द्रो जगत्पते ।
भवाय भव गोविप्रदेवानां ये च साधवः ॥२०॥
हे प्रभु ! हजुर हामीहरूका परम इन्द्र हुनुहुन्छ। त्यसैले हजुरले अब हाम्रा गाई ब्राह्मण र देवता तथा साधुहरूको अभिनय गराइदिनुहोस् ॥२०॥
इन्द्रं नस्त्वाभिषेक्ष्यामो ब्रह्मणा नोदितावयम् ।
अवतीर्णोऽसि विश्वात्मम् भूमेर्भारापनुत्तये ॥२१॥
हे प्रभु ! हजुरको यो रूप पृथ्वीको भार हरण गर्नको लागि नै हो। त्यसैले हजुर हाम्रा मालिक हुनुहुन्छ हामी ब्रह्माजीद्वारा प्रेरित भएर यहाँ आएका छौं त्यसैले हामी हजुरको अभिषेक गर्दछौं ॥२१॥
शुक उवाच –
एवं कृष्णमुपामन्त्र्य सुरभिः पयसाऽऽत्मनः ।
जलैराकाशगङ्गाया ऐरावतकरोद्धृतैः ॥२२॥
इन्द्रः सुरर्षिभिः साकं चोदितो देवमातृभिः ।
अभ्यसिञ्चत दाशार्हं गोविन्द इति चाभ्यधात् ॥२३॥
श्री शुकदेवजी भन्नुहुन्छ – भगवानलाई यसो भनेर कामधेनुले ऐरावतको सुडद्वारा ल्याइएको आकाशगंगाको जलले भगवानलाई अभिषेक गरी उहाँलाई गोविन्द नामले सम्बोधन गरे ॥२२–२३॥
(मिश्र)
तत्रागतास्तुम्बुरुनारदादयो
गन्धर्वविद्याधरसिद्धचारणाः ।
जगुर्यशो लोकमलापहं हरेः
सुराङ्गनाः संननृतुर्मुदान्विताः ॥२४॥
त्यस समयमा तुम्बरुका साथ नारदजी पनि त्यहाँ आइपुग्नुभयो। त्यसैगरी त्यहाँ उपस्थित भएका विद्याधर, सिद्ध र चारणहरूले भगवानको निर्मल यसको गान गरेर आनन्द भएर नाच्न थाले ॥२४॥
तं तुष्टुवुर्देवनिकायकेतवो
व्यवाकिरंश्चाद्भुदतपुष्पवृष्टिभिः ।
लोकाः परां निर्वृतिमाप्नुवंस्त्रयो
गावस्तदा गामनयन् पयोद्रुताम् ॥२५॥
त्यस समयमा आकाशमा रहेका मुख्य देवताहरूले उहाँमाथि पुष्पवृष्टि गर्न लागे। यसरी उहाँको कृतिले तिनै लोकमा परम आनन्द भयो। गाईहरु का थुनबाट दुधका धारा बगेर पृथ्वीलाई पखालिएका थिए ॥२५॥
(अनुष्टुप्)
नानारसौघाः सरितो वृक्षा आसन् मधुस्रवाः ।
अकृष्टपच्यौषधयो गिरयोऽबिभ्रदुन्मणीन् ॥२६॥
नदीहरूले स्वच्छ जल बगाउन थाले, रुखबाट महका धारा बग्न थाले, यसरी पृथ्वीले पनि खन्जोत आदि नगरिकन नै अनेक किसिमका फलफुल हरु उत्पादन गर्न थालिन्, पर्वतहरुले नाना किसिमका मणिरत्नहरु बाहिर निकाल्न थाले ॥२६॥
कृष्णेऽभिषिक्त एतानि सत्त्वानि कुरुनन्दन ।
निर्वैराण्यभवंस्तात क्रूराण्यपि निसर्गतः ॥२७॥
महाराज परीक्षित यसरी श्रीकृष्ण भगवान अभिसिक्त हुनु भएपछि स्वभावैले क्रुर प्राणीहरू पनि बैरभाव रहित भएर मित्रको रुपमा व्यवहार गर्न थाले ॥२७॥
इति गोगोकुलपतिं गोविन्दमभिषिच्य सः ।
अनुज्ञातो ययौ शक्रो वृतो देवादिभिर्दिवम् ॥२८॥
इन्द्र पनि भगवान श्रीकृष्णलाई र गाईहरूलाई अभिषेक गरेर आफ्ना साथमा आएका देवताहरू सहित भएर श्रीकृष्णको आज्ञा लिएर स्वर्गतिर गए ॥२८॥
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे सप्तविंशोऽध्यायः ॥ २७ ॥