#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – त्रयोत्रिंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – त्रयोत्रिंशोऽध्यायः



शुक उवाच–
(अनुष्टुप्)
इत्थं भगवतो गोप्यः श्रुत्वा वाचः सुपेशलाः ।
जहुर्विरहजं तापं तदङ्‌गोपचिताशिषः ॥१॥

श्री शकदेवजी भन्नुहुन्छ– हे राजन ! गोपिनीहरूले भगवानको यस्तो प्रेमपूर्ण बोली सुनेर उनीहरुले आफूमा भएको बिरहजन्य शोकलाई छाडिदिए । भगवानको अंगस्पर्शले गर्दा उनीहरूको सबै इच्छाहरू पूरा भयो ।।१।। 

तत्रारभत गोविन्दो रासक्रीडामनुव्रतैः ।
स्त्रीरत्नैवरन्वितः प्रीतैरन्योन्याबद्धबाहुभिः ॥२॥

त्यसपछि प्रसन्न भएर एउटीले अर्कीको हात समाएका गोपिनीहरूसँग भगवानले ह्रास लीला गर्नुभयो ।।२।। 

रासोत्सवः सम्प्रवृत्तो गोपीमण्डलमण्डितः ।
योगेश्वरेण कृष्णेन तासां मध्ये द्वयोर्द्वयोः ।
प्रविष्टेन गृहीतानां कण्ठे स्वनिकटं स्त्रियः ॥३॥

यं मन्येरन् नभस्तावद् विमानशतसङ्‌कुलम् ।
दिवौकसां सदाराणामौत्सुक्यापहृतात्मनाम् ॥४॥

अब भगवान श्रीकृष्ण दुई गोपिनीका बीचमा आफू प्रकट हुनुभयो । उहाँले आफ्ना दुई हातले दुवै गोपिनीलाई अँगालो मार्नुभएको थियो । त्यहाँ भएका गोपिनीहरुले श्रीकृष्ण आफूसँग भएको अनुभव गरे । यसरी भगवानले गोपिनीहरूको बीचमा रहेर रासलीला गर्नुभयो त्यसबेला देवताहरु रास लिला हेर्न उत्सुकताले आफ्ना विमानमा चढेर आकाशमा देखिए ।।३,४।।

ततो दुन्दुभयो नेदुर्निपेतुः पुष्पवृष्टयः ।
जगुर्गन्धर्वपतयः सस्त्रीकास्तद्यशोऽमलम् ॥५॥

त्यसपछि दुन्दुबीहरू बज्न थाले आकाशबाट पुष्पवृष्टि हुन थाल्यो । गन्धर्वहरू आफ्ना पत्नीका साथ आएर श्रीकृष्णको यस गाउन थाले ।।५।। 

वलयानां नूपुराणां किङ्‌किणीनां च योषिताम् ।
सप्रियाणामभूच्छब्दस्तुमुलो रासमण्डले ॥६॥

रासलीलामा गोपनीहरु आफ्ना प्रियतम श्रीकृष्णसँग नृत्य गर्न लागे । त्यतिबेला उनीहरूले लगाएका पाउजु बाला र  घुगुरुहरु एकै साथमा बज्न लागे ।।६।।

तत्रातिशुशुभे ताभिर्भगवान् देवकीसुतः ।
मध्ये मणीनां हैमानां महामरकतो यथा ॥७॥

जसरी सुनका मणिहरूको बीचमा महामणि चम्कन्छ । त्यसरी नै गोपीहरूको बीचमा देवकी पुत्र श्रीकृष्णको शोभा बढ्यो ।।७।।

(शार्दूलविक्रीडित)
पादन्यासैर्भुजविधुतिभिः सस्मितैर्भ्रूविलासैः ।
        भज्यन्मध्यैश्चलकुचपटैः कुण्डलैर्गण्डलोलैः ।
स्विद्यन्मुख्यः कबररसना ग्रन्थयः कृष्णवध्वो ।
        गायन्त्यस्तं तडित इव ता मेघचक्रे विरेजुः ॥८॥

गोपनीहरू छम छम गरी आफ्नो पाउ अगाडि र पछाडि बढाउथे । कहिले बिस्तारै चलाउँथे । उनीहरूको अनुहारमा मन्द मुस्कान थियो भने टेढो नजरले हेरिरहन्थे उनीहरुले आफ्नो कम्मर मर्काएर नाच्दा लगाएका लुगा, स्तन र कुण्डल हल्लिरहन्थ्यो उनीहरुले उच्च स्वरमा श्रीकृष्ण सम्बन्धी गीतहरू गाइरहेका थिए । यसरी नाचिरहेका गोपनिहरू मेघ चम्कदाको बिजुली जस्तै सुशोभित देखिन्थे ।।८।। 

(अनुष्टुप्)
उच्चैर्जगुर्नृत्यमाना रक्तकण्ठ्यो रतिप्रियाः ।
कृष्णाभिमर्शमुदिता यद्गी्तेनेदमावृतम् ॥९॥

यसरी आनन्दमा नाचिरहेका गोपिनीहरूलाई श्रीकृष्ण भगवानले सुमसुम्याउँदा मख्ख परेर ठूलो स्वरमा गीत गाए श्रीकृष्ण रतिलाइ चाहिने उनीहरूको गीतले संसार नै गुन्जियो ।।९।। 

काचित् समं मुकुन्देन स्वरजातीरमिश्रिताः ।
उन्निन्ये पूजिता तेन प्रीयता साधु साध्विति ।
तदेव ध्रुवमुन्निन्ये तस्यै मानं च बह्वदात् ॥१०॥

केही गोपिनीहरू भगवानसँग स्वर मिलाएर गीत गाइरहेका थिए । केही चाहिँ कृष्णको भन्दा ठूलो आवाज निकालेर गाइरहेका हुन्थे । त्यतिबेला भगवान दङ्ग परेर वाह वाह बनेर उनीहरुको प्रशंसा गर्नुहुन्थ्यो । अर्की गोपिनीले रागलाई ध्रुव नामक तालमा गाइन उनको राग सुनेर भगवान श्रीकृष्णले झनै प्रशंसा गर्नुभयो ।।१०।। 

काचिद् रासपरिश्रान्ता पार्श्वस्थस्य गदाभृतः ।
जग्राह बाहुना स्कन्धं श्लथद्वलयमल्लिका ॥११॥

यसरी नृत्य गर्दागर्दा थाकेकी अर्की गोपिनीले हातको माला र चुलठोमा घुसारेको बेली खसालेर भगवानलाई अंगालोमा बाँधिन् ।।११।। 

तत्रैकांसगतं बाहुं कृष्णस्योत्पलसौरभम् ।
चन्दनालिप्तमाघ्राय हृष्टरोमा चुचुम्ब ह ॥१२॥

अर्की गोपिनीले भगवानले उनको काँधमा राख्नुभएको चन्दन लेपन भएको हातलाई सुगेर चुम्बन गरिन् । ।।१२।। 

कस्याश्चिन्नाट्यविक्षिप्तकुण्डलत्विषमण्डितम् ।
गण्डं गण्डे सन्दधत्या अदात्ताम्बूलचर्वितम् ॥१३॥

कुनै गोपिनीले नाच्दा उनले लगाएको चम्किलो कुण्डलको उज्यालो जस्तै चम्किरहेकी थिइन् । उनी श्रीकृष्णको गालामा आफ्नो गाला जोड्न पुगिन् । त्यतिबेला उनलाई श्रीकृष्णले आफूले चपाइरहेको पान दिनुभयो ।।१३।। 

नृत्यन्ती गायती काचित् कूजन्नूपुरमेखला ।
पार्श्वस्थाच्युतहस्ताब्जं श्रान्ताधात् स्तनयोः शिवम् ॥१४॥

कुनै गोपिनी आफूनो पाउजेव र कर्धनीको तालमा नाचिरहेकी थिइन् । यसरी नाच्दा थाकेर उनले श्रीकृष्णको हातलाई आफ्नो स्तनमा राखिन् ।।१४।। 

गोप्यो लब्ध्वाच्युतं कान्तं श्रिय एकान्तवल्लभम् ।
गृहीतकण्ठ्यस्तद्दोर्भ्यां गायन्त्यस्तं विजह्रिरे ॥१५॥

हे राजन ! त्यतिबेला गोपिनीहरूको सौभाग्य लक्ष्मीको भन्दा पनि बढी देखिन्थ्यो । श्रीकृष्णको साथ पाएर उनीहरूले धेरै विहार गरे भगवानले पनि उनीहरूको गलालाई आफ्नो बाहुलीले बाँधिरहनु भएको थियो । त्यतिबेला उनीहरूले भगवानकै विषयमा गाइरहेका थिए ।।१५।।

(वसंततिलका)
कर्णोत्पलालकविटङ्‌ककपोलघर्म
     वक्त्रश्रियो वलयनूपुरघोषवाद्यैः ।
गोप्यः समं भगवता ननृतुः स्वकेश–
     स्रस्तस्रजो भ्रमरगायकरासगोष्ठ्याम् ॥१६॥

त्यो रात्रीमा भ्रमराहरु ठूलो स्वरमा आफ्नो स्वर मिलाएर ताल मिलाइरहेका थिए । गोपिनीहरू पाउजु बालाहरुले बाजाको ताल दिइरहेका थिए भने उनीहरुले लगाएको कुण्डल र घुम्रिएको केसले मुखको शोभा बढेको थियो उनीहरुको केसबाट पुष्पको वर्षा भइरहेको थियो यसरी गोपिनीहरु भगवान श्रीकृष्णसँग नाचिरहे ।।१६।। 

 (मिश्र)
एवं परिष्वङ्‌गकराभिमर्श–
     स्निग्धेक्षणोद्दामविलासहासैः ।
रेमे रमेशो व्रजसुन्दरीभि–
     र्यथार्भकः स्वप्रतिबिम्बविभ्रमः ॥१७॥

जसरी बालकहरू आफ्नो छायाँसँग खेल्दछन् त्यसैगरी भगवान श्रीकृष्ण पनि आफ्नै स्वरूपका युवतीहरूसँग प्रेमपूर्ण तरिकाले हेरेर लिलामय हाँसो गरेर उनीहरुसँग खेल्नुभयो ।।१७।। 

तदङ्‌गसङ्‌गप्रमुदाकुलेन्द्रियाः
     केशान् दूकूलं कुचपट्टिकां वा ।
नाञ्जः प्रतिव्योढुमलं व्रजस्त्रियो
     विस्रस्तमालाभरणाः कुरूद्वह ॥१८॥

हे परीक्षित ! भगवानको अङ्गको स्पर्शपाएर गोपनीहरु आनन्दले मग्न भए । त्यतिबेला उनीहरूले लगाएका फूलका माला र गहनाहरु भुइँमा झर्न थाले । उनीहरु आफूले लगाएका कपडा पनि सम्हाल्न नसक्ने भएका थिए ।।१८।। 

 (अनुष्टुप्)
कृष्णविक्रीडितं वीक्ष्य मुमुहुः खेचरस्त्रियः ।
कामार्दिताः शशाङ्‌कश्च सगणो विस्मितोऽभवत् ॥१९॥

भगवानको त्यो रासकृडालाई देखेर स्वर्गका अप्सराहरू पनि कामातुर भएर मोहित हुन पुगे । चन्द्रमा पनि छक्क परेर अरु ग्रहका साथमा भएर हेर्न थाले ।।१९।।

कृत्वा तावन्तमात्मानं यावतीर्गोपयोषितः ।
रेमे स भगवांस्ताभिः आत्मारामोऽपि लीलया ॥२०॥

हे परीक्षित भगवान त आत्माराम हुनुहुन्थ्यो उहाँलाई कुनै कुराको आवश्यकता थिएन । त्यहाँ जति गोपिनीहरु थिए त्यति नै रूप धारण गरेर उनीहरूका साथमा खेल्न लाग्नुभयो ।।२०।। 

तासामतिविहारेण श्रान्तानां वदनानि सः ।
प्रामृजत् करुणः प्रेम्णा शन्तमेनाङ्‌ग पाणिना ॥२१॥

यसरी धेरै बेरसँग नाच्ने र गाउने गर्दा गोपिनीहरू थाक्न थाले । तब भगवानले आफ्नो कल्याणमय हातले उनीहरूको अनुहार पुछि दिनुभयो ।।२१।। 

 (वसंततिलका)
गोप्यः स्फुरत्पुरटकुण्डलकुन्तलत्विड्
     गण्डश्रिया सुधितहासनिरीक्षणेन ।
मानं दधत्य ऋषभस्य जगुः कृतानि
     पुण्यानि तत्कररुहस्पर्शप्रमोदाः ॥२२॥

श्रीकृष्णको नखस्पर्श पाएर गोपिनीहरूलाई धेरै आनन्द भयो । उनीहरूको चम्किला गाला सुवर्णमय कुण्डल र घुम्रिएको कपालले गर्दा निकै उज्याला देखिन्थे । उनीहरुले आफ्नो हसिलो अनुहारको हेराइले श्रीकृष्णको सम्मान गर्दै लिलाहरु गाउन थाले ।।२२।।

ताभिर्युतः श्रममपोहितुमङ्‌गसङ्‌ग–
     घृष्टस्रजः स कुचकुङ्‌कुमरञ्जितायाः ।
गन्धर्वपालिभिरनुद्रुत आविशद् वा
     श्रान्तो गजीभिरिभराडिव भिन्नसेतुः ॥२३॥

त्यसपछि जसरी खेल्दा खेरी थाकेका गजराजले हथिनीहरू सहित भएर बाँधहरूलाई भत्काउँदै जलमा क्रीडा गर्दछ । त्यसैगरी गोपिनीका स्तनका कुमकुम लागेका र अँगालो हाल्दा मडारिएका मालामा गन्धर्व हरूको गीत गाएझैँ भुनभुनाई रहेका भमराले पिछा गरेझैं गोपिनी सङ्गको बिहार का कारण थाक्नुभएका भगवान श्रीकृष्ण आफ्नो थकाई मेटाउनको लागि यमुनाजीमा पस्नुभयो ।।२३।। 

सोऽम्भस्यलं युवतिभिः परिषिच्यमानः
     प्रेम्णेक्षितः प्रहसतीभिरितस्ततोऽङ्‌ग ।
वैमानिकैः कुसुमवर्षिभिरीड्यमानो
     रेमे स्वयं स्वरतिरत्र गजेन्द्रलीलः ॥२४॥

हे परीक्षित ! यसरी यमुनाजीको जलभित्र पसेपछिग गोपिनीहरू खित्काका छाडेर हाँस्दै भगवानलाई जल छ्याप्न लागे त्यतिबेला आकाशमा रहेका देवताहरूले विमानबाट पुष्पवृष्टि गर्दै उहाँको स्तुति गर्न लागे यसरी भगवान श्रीकृष्ण स्वयं आत्माराम भएर पनि हात्तीलेझैं विहार गर्नुभयो ।।२४।। 

 (मिश्र)
ततश्च कृष्णोपवने जलस्थल–
     प्रसूनगन्धानिलजुष्टदिक्तटे ।
चचार भृङ्‌गप्रमदागणावृतो
     यथा मदच्युद् द्विरदः करेणुभिः ॥२५॥

त्यसपछि मदजल बगाईरहेको हात्तिनीले घेरिएको हात्ती घुमेझैं भगवान श्रीकृष्ण गोपिनीहरूद्वारा घेरिएर यमुनामा जानुभयो । त्यहाँको उपपन धेरै रमाइलो थियो रमणीय थियो त्यहाँ चारैतिर फुलहरु फुलिरहेका थिए र फुलका वासनापूर्ण वायु चलिरहेको थियो ।।२५।। 

एवं शशाङ्‌कांशुविराजिता निशाः
     स सत्यकामोऽनुरताबलागणः ।
सिषेव आत्मन्यवरुद्धसौरतः
     सर्वाः शरत्काव्यकथारसाश्रयाः ॥२६॥

हे राजन परिक्षित ! शरदऋतुको त्यस रात्री चन्द्रमाको किरणले उज्यालिएको थियो । गोपिनीहरू भगवान श्री कृष्ण माथि असाध्यै अनुरक्त थिए । तापनि भगवानले सबै कामभावलाई रोकिदिनुभयो ।।२६।।

परीक्षिदुवाच–
(अनुष्टुप्)
संस्थापनाय धर्मस्य प्रशमायेतरस्य च ।
अवतीर्णो हि भगवानंशेन जगदीश्वरः ॥२७॥

राजा परीक्षितले सोधे– हे शुकदेवजी ! भगवान श्रीकृष्ण त जगतका एकमात्र स्वामी हुनुहुन्थ्यो उहाँले धर्मको स्थापना गर्नका लागि र अधर्मको नाशका लागि नै श्रीकृष्णको रूपमा अवतार लिनुभएको थियो । ।।२७।। 

स कथं धर्मसेतूनां वक्ता कर्ताभिरक्षिता ।
प्रतीपमाचरद् ब्रह्मन् परदाराभिमर्शनम् ॥२८॥

तर धर्म मर्यादाका व्याख्याता भएर पनि धर्मको रक्षा गर्ने भएर पनि उहाँ श्रीकृष्णले परस्त्रीसँग कसरी गमन गर्नुभयो ।।२८।। 

आप्तकामो यदुपतिः कृतवान् वै जुगुप्सितम् ।
किमभिप्राय एतं नः संशयं छिन्धि सुव्रत ॥२९॥

भगवान श्रीकृष्ण पूर्णकाम हुनुहुन्थ्यो । उहाँको कुनै वस्तुप्रति कामना थिएन तापनि उहाँले कुन अभिप्रायले यस्तो निन्दनीय कर्म गर्नुभयो । हे ब्रह्मदेव ! तपाईंले कृपा गरेर मेरो यस सन्देशलाई मेटाइदिनुहोस ।।२९।। 

शुक उवाच–
धर्मव्यतिक्रमो दृष्ट ईश्वराणां च साहसम् ।
तेजीयसां न दोषाय वह्नेः सर्वभुजो यथा ॥३०॥

श्री शुकदेवजी भन्नुहुन्छ– ईश्वरहरूले कहिलेकाहीँ धर्मको उल्लङ्घन गरिएको देखिन्छ तापनि ती तेजस्वीहरूमा यसको कुनै दोष लाग्दैन जसरी अग्निले सबैलाई बालेर खाइदिन्छ त पनि उसलाई कुनै दोष लाग्दैन ।।३०।। 

नैतत्समाचरेज्जातु मनसापि ह्यनीश्वरः ।
विनश्यत्याचरन् मौढ्याद्यथारुद्रोऽब्धिजं विषम् ॥३१॥

जसमा यस्तो कार्य गर्ने सामर्थ्य हुँदैन उसले यस्तो सोच्न पनि हुँदैन किनकि भगवान रुद्रले समुद्रबाट निस्किएको विषलाई जसरी पिइदिनु भयो त्यसैगरी त्यो कार्यलाई अरुले पनि गर्न थाल्यो भने ऊ नष्ट हुन्छ ।।३१।। 

ईश्वराणां वचः सत्यं तथैवाचरितं क्वचित् ।
तेषां यत् स्ववचोयुक्तं बुद्धिमांस्तत् समाचरेत् ॥३२॥

ईश्वरको वचन सत्य हुन्छ । सत्य वचनको पालना गर्नुपर्दछ तर आचरण भनेको सधैं सत्य हुँदैन त्यसैले बुद्धिमान पुरुषले उहाँको आचरणलाई आफू अनुकूल हुने गरी पालना गर्नुपर्दछ ।।३२।। 

कुशलाचरितेनैषामिह स्वार्थो न विद्यते ।
विपर्ययेण वानर्थो निरहङ्‌कारिणां प्रभो ॥३३॥

किमुताखिलसत्त्वानां तिर्यङ्‌मर्त्यदिवौकसाम् ।
ईशितुश्चेशितव्यानां कुशलाकुशलान्वयः ॥३४॥

ए राजन परीक्षित ! जसमा सामर्थ्य हुन्छ उनीहरु अहङ्कार रहित हुन्छन् । उनीहरुमा कुनै सांसारिक स्वार्थ हुँदैन त्यसैले जगतका मालिक भगवानले शुभ, अशुभ काम गर्दा कुनै लाभहानी हुँदैन ।।३३,३४।।

(वसंततिलका)
यत्पादपङ्‌कजपरागनिषेवतृप्ता
     योगप्रभावविधुताखिलकर्मबन्धाः ।
स्वैरं चरन्ति मुनयोऽपि न नह्यमाना–
     तस्येच्छयाऽऽत्तवपुषः कुत एव बन्धः ॥३५॥

जसको चरण कमलको पराग सेवन गरेर भक्तहरु तृप्त हुन्छन् । योगीजन हरू सबै सांसारिक कर्म बन्धन हरुलाई काट्दछन्, ज्ञानीजन हरु पनि कुनै बन्धनमा नपरिकन आफ्नो इच्छाले हिँड्दछन् भने संसारका कल्याणका लागि अवतार लिनुहुने परमात्मा त कर्म बन्धनमा कसरी पर्नुहुन्छ ।।३५।। 

 (अनुष्टुप्)
गोपीनां तत्पतीनां च सर्वेषामेव देहिनाम् ।
योऽन्तश्चरति सोऽध्यक्षः क्रीडनेनेह देहभाक् ॥३६॥

गोपिनीहरू उनका पतिहरु सहित सम्पूर्ण जगतका मालिक सबका हृदयमा रहनुहुन्छ यस्ता अन्तरयामी परमात्माले आफ्नो दिव्य श्री विग्रह प्रकट गरेर यहाँ आउनुभएको हो ।।३६।। 

अनुग्रहाय भूतानां मानुषं देहमास्थितः ।
भजते तादृशीः क्रीड याः श्रुत्वा तत्परो भवेत् ॥३७॥

मनुष्यको शरीर ग्रहण गरेर आउनुभएका परमात्माले सम्पूर्ण प्राणीहरूको अनुग्रह गर्नको लागि यस्तो लिलाहरू गर्नुहुन्छ जुन लिलाहरु देखेर अथवा सुनेर जीव भगवानमय हुन्छ ।।३७।। 

नासूयन् खलु कृष्णाय मोहितास्तस्य मायया ।
मन्यमानाः स्वपार्श्वस्थान् स्वान् स्वान् दारान् व्रजौकसः ॥३८॥

गोपिनीहरु भगवान्को मायाबाट मोहित भएका थिए । त्यसैले उनीहरु आफ्ना पति संगै बसेको अनुभव गर्दथे । त्यसैले उनीहरूको श्रीकृष्णपति कुनै ईर्ष्या भाव थिएन ।।३८।। 

ब्रह्मरात्र उपावृत्ते वासुदेवानुमोदिताः ।
अनिच्छन्त्यो ययुर्गोप्यः स्वगृहान् भगवत्प्रियाः ॥३९॥

यो रात्री ब्रह्माजीको एक रात्री जसमा १००० युग बराबर बितेको थियो अब ब्रह्म मुहुर्त भएपछि श्रीकृष्णले गोपिनीहरुलाई फर्कने आज्ञा दिनुभयो उनीहरु पनि मन नहुँदानहुँदै आ–आफ्नो घर फर्किए ।।३९।। 

 (वसंततिलका)
विक्रीडितं व्रजवधूभिरिदं च विष्णोः
     श्रद्धान्वितोऽनुशृणुयादथ वर्णयेद् यः ।
भक्तिं परां भगवति प्रतिलभ्य कामं
     हृद्रोगमाश्वपहिनोत्यचिरेण धीरः ॥४०॥


भगवान श्रीकृष्णले गोपिनीहरूसँग कृडा गर्नुभएको यो प्रसङ्गलाई जसले श्रद्धापूर्वक सुन्दछ वा अरुलाई सुनाउँदछ भने उसले तत्कालै भगवान प्राप्ति गर्दछ उसका सबै कामवासना रुपी रोगहरु हटेर जानेछन् ।।४०।। 

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे रासक्रीडावर्णनं नाम त्रयोत्रिंशोऽध्यायः ॥३३॥