श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - द्वाविंशोऽध्यायः
श्रीशुक उवाच
मित्रेयुश्च दिवोदासाच्च्यवनस्तत्सुतो नृप ।
सुदासः सहदेवोऽथ सोमको जन्तुजन्मकृत् ॥ १ ॥
तस्य पुत्रशतं तेषां यवीयान् पृषतः सुतः ।
द्रुपदो द्रौपदी तस्यजज्ञे धृष्टद्युम्नादयः सुताः ॥ २ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! दिवोदासका छोरा मित्रेयु थिए । मित्रेयुका चार छोरा थिए – च्यवन, सुदास, सहदेव र सोमक, सोमकका सय छोरा थिए, जसमध्ये जेठा जन्तु र कान्छो पिषत थिए । पिषतका छोरा द्रुपद थिए, द्रुपदका द्रौपदी र धृष्टद्युम्न नामकी छोरी थिए ।।१–२।।
धृष्टद्युम्नात् धृष्टकेतुर्भार्म्याः पाञ्चालका इमे ।
योऽजमीढसुतो ह्यन्य ऋक्षः संवरणस्ततः ॥ ३ ॥
धृष्टद्युम्नका पुत्र धृष्टकेतु थिए । भम्र्याश्वको वंशमा जन्मिएका यी नरपतिलाई पाञ्चाल’ भनियो । अजमिढको दोस्रो छोरो ऋक्ष थियो । उनका छोरा सम्वरण भए ।।३।।
तपत्यां सूर्यकन्यायां कुरुक्षेत्रपतिः कुरुः ।
परीक्षित् सुधनुर्जह्नुर्निषधाश्व कुरोः सुताः ॥ ४ ॥
सम्वरणको विवाह सूर्यकी पुत्री तपतिसँग भएको थियो । उनको गर्भबाट कुरुक्षेत्रका स्वामी कुरुको जन्म भयो । कुरुका चार छोरा थिए– परीक्षित, सुधन्व, जन्हु र निषधाश्व ।।४।।
सुहोत्रोऽभूत् सुधनुषश्च्यवनोऽथ ततः कृती ।
वसुस्तस्योपरिचरो बृहद्रथमुखास्ततः ॥ ५ ॥
सुधन्वाबाट सुहोत्र, सुहोत्रबाट च्यवन, च्यवनबाट कृति, कृतिबाट उपरिचरवसु र उपरिचरवसुबाट बृहद्रथ आदि नाम गरेका धेरै पुत्र भए ।।५।।
कुशाम्बमत्स्यप्रत्यग्रचेदिपाद्याश्च चेदिपाः ।
बृहद्रथात् कुशाग्रोऽभूदृषभस्तस्य तत्सुतः ॥ ६ ॥
जज्ञे सत्यहितोऽपत्यं पुष्पवान् तत्सुतो जहुः ।
अन्यस्यामपि भार्यायां शकले द्वे बृहद्रथात् ॥ ७ ॥
तीमध्ये कुशाम्ब, मत्स्य, प्रत्यग र चेदीप भए । उनीहरु चेदिदेशकै राजा भए । बृहद्रथका छोरा कुशाग्र, कुशाग्रका छोरा ऋषभ, ऋषभका छोरा सत्यहित, सत्यहितका छोरा पुष्पवन र पुष्पवनका छोरा जहु भए । बृहद्रथको दोस्रो पत्नीको गर्भबाट शरीरका दुई टुक्रा उत्पन्न भए ।।६–७।।
ये मात्रा बहिरुत्सृष्टे जरया चाभिसन्धिते ।
जीव जीवेति क्रीडन्त्या जरासन्धोऽभवत् सुतः ॥ ८ ॥
तिनीहरुलाई उनका आमाले बाहिर फ्याकिदिइन् । त्यसपछि ‘जरा’ नामको राक्षसले खेल खेल मैं ‘बाँच, बाँच’ भन्दा ती दुई टुक्रा एकआपसमा जोडिदियो । सोही जोएिको बालकको नाम जरासन्ध भयो ।।८।।
ततश्च सहदेवोऽभूत् सोमापिर्यच्छ्रुतश्रवाः ।
परीक्षिदनपत्योऽभूत् सुरथो नाम जाह्नवः ॥ ९ ॥
जरासन्धका छोराको नाम सहदेव, सहदेवका छोराको नाम सोमापी र सोमपीका छोराको नाम श्रुतश्रवा थियो । कुरुका जेठा छोरा परीक्षितको कुनै सन्तान भएनन् । जन्हुका पुत्र सुरथ भयो ।।९।।
ततो विदूरथस्तस्मात् सार्वभौमस्ततोऽभवत् ।
जयसेनस्तत्तनयो राधिकोऽतोऽयुता ह्यभूत् ॥ १० ॥
सुरथका विदुरथ, विदुरथका सर्वभौम, सर्वभौमका जयसेन, जयसेनका राधिका र राधिकाको पुत्र अयुत भयो ।।१०।।
अयुतका क्रोधन, क्रोधनका देवतिथि, देवतिथिको ऋष्य ऋष्यको दिलीप र दिलीपको पुत्र प्रतीप भयो ।।११।।
ततश्च क्रोधनस्तस्माद् देवातिथिरमुष्य च ।
ऋष्यस्तस्य दिलीपोऽभूत् प्रतीपस्तस्य चात्मजः ॥ ११ ॥
प्रतीपका तीन छोरा थिए जुन देवापी, शान्तनु र बाल्हीका हुन । देवापी आफ्नो पैतृक सम्पत्ति छोडेर वनमा गए ।।१२।।
देवापिः शान्तनुस्तस्य बाह्लीक इति चात्मजाः ।
पितृराज्यं परित्यज्य देवापिस्तु वनं गतः ॥ १२ ॥
अभवच्छन्तनू राजा प्राङ्महाभिषसंज्ञितः ।
यं यं कराभ्यां स्पृशति जीर्णं यौवनमेति सः ॥ १३ ॥
त्यसैले उनका भाइ शान्तनु राजा भए । पूर्वजन्ममा शान्तनुको नाम महाभिष थियो । यो जन्ममा पनि उसले आफ्नो हातले जसलाई हातले छोयो, बूढोबाट युवा हुन्थ्यो ।।१३।।
शान्तिमाप्नोति चैवाग्र्यां कर्मणा तेन शन्तनुः ।
समा द्वादश तद्राज्ये न ववर्ष यदा विभुः ॥ १४ ॥
शन्तनुर्ब्राह्मणैरुक्तः परिवेत्तायमग्रभुक् ।
राज्यं देह्यग्रजायाशु पुरराष्ट्रविवृद्धये ॥ १५ ॥
उनलाई उनको चमत्कारीबाट सन्तनु नाम राखिएको थियो यसबाट उनलाई सन्तोष पनि थियो । एकपटक इन्द्रले शान्तनुको राज्यमा १२ वर्षसम्म वर्षा गरेनन् । त्यसमा ब्राह्मणहरूले शान्तनुलाई भने, तपाईले आफ्नो जेठो भाइ देवापी भन्दा अगाडि विवाह, अग्निहोत्र र राज्यसत्ता स्वीकार गर्नभएको छ, त्यसैले तापाई परिवेत्ता हो । यसकारण तपाईको राज्यमा पानी नपरेको हो । अब यदि तपाई आफ्नो नगर र राष्ट्रको उन्नति चाहनुहुन्छ भने जतिसक्दो चाँडो आफ्नो जेठो दाजुलाई राज्य फिर्ता गर्नुहोस् ।।१४।–१५।।
एवमुक्तो द्विजैर्ज्येष्ठं छन्दयामास सोऽब्रवीत् ।
तन्मन्त्रिप्रहितैर्विप्रैर्वेदाद् विभ्रंशितो गिरा ॥ १६ ॥
वेदवादातिवादान् वै तदा देवो ववर्ष ह ।
देवापिर्योगमास्थाय कलापग्राममाश्रितः ॥ १७ ॥
सोमवंशे कलौ नष्टे कृतादौ स्थापयिष्यति ।
बाह्लीकात् सोमदत्तोऽभूद् भूरिर्भूरिश्रवास्ततः ॥ १८ ॥
जब ब्राह्मणहरूले शान्तनुलाई यसो भने, उनी वन गए र आफ्नो जेठा भाइ देवापीलाई राज्य स्वीकार गर्न अनुरोध गरे । तर शान्तनुका मन्त्री अश्मरतले पहिले नै केही ब्राह्मणहरूलाई उहाँकहाँ पठाइसकेका थिए, जसले देवताहरूलाई वेदहरूलाई भ्रष्ट गर्ने शब्दहरू बोलेकाले देवापि वेदमार्गबाट हटाएका थिए । त्यसको परिणाम यो भयो कि वेद अनुसार गृहस्थ आश्रमलाई स्वीकार गर्नुको सट्टा देवापीले आलोचना गर्न थाले । त्यसैले राज्यको अधिकारबाट वञ्चित भए र त्यसपछि शान्तनुको राज्यमा वर्षा भयो । यस समयमा पनि देवापी योग अभ्यास गरिरहेका छन् र योगीहरूको प्रसिद्ध निवास कलापग्राममा बस्छन् ।।१६–१७।।
शलश्च शन्तनोरासीद् गङ्गायां भीष्म आत्मवान् ।
सर्वधर्मविदां श्रेष्ठो महाभागवतः कविः ॥ १९ ॥
जब कलियुगमा चन्द्रवंशको विनाश हुनेछ, तब सत्ययुगको प्रारम्भमा तिनीहरूले यसलाई पुनः स्थापना गर्नेछन् । सन्तनुका कान्छो भाई बाह्ल्लीकको छोरो सोमदत्त भयो – सोमदत्तका तीन छोरा थिए – भूरी, भुरिश्रवा र शल । ब्रह्मचारी भीष्म शान्तनुद्वारा गंगाको गर्भबाट जन्मेका थिए । उनी सबै धर्मज्ञ विद्वान भगवानको परमभक्त भक्त थिए ।।१८–१९।।
वीरयूथाग्रणीर्येन रामोऽपि युधि तोषितः ।
शन्तनोर्दाशकन्यायां जज्ञे चित्राङ्गदः सुतः ॥ २० ॥
विचित्रवीर्यश्चावरजो नाम्ना चित्राङ्गदो हतः ।
यस्यां पराशरात् साक्षादवतीर्णो हरेः कला ॥ २१ ॥
वेदगुप्तो मुनिः कृष्णो यतोऽहमिदमध्यगाम् ।
हित्वा स्वशिष्यान् पैलादीन् भगवान् बादरायणः ॥ २२ ॥
मह्यं पुत्राय शान्ताय परं गुह्यमिदं जगौ ।
विचित्रवीर्योऽथोवाह काशीराजसुते बलात् ॥ २३ ॥
स्वयंवरादुपानीते अम्बिकाम्बालिके उभे ।
तयोरासक्तहृदयो गृहीतो यक्ष्मणा मृतः ॥ २४ ॥
उनी संसारका सबै योद्धाहरूको अग्रणी नेता थिए । अरुको कुरा त के उनले आफ्ना गुरु भगवान परशुरामलाई युद्धमा पनि सन्तुष्ट पारेका थिए । शान्तनुद्वारा दाशराज (भाझी)की छोरी सत्यवतीको गर्भबाट चित्रांगद र विचित्रवीर्य नामका दुई छोरालाई जन्म भए । चित्रांगद नामक गन्धर्वद्वारा चित्रांगदको हत्या भएको थियो । मेरा पिता, स्वयं भगवानको कला अवतार, भगवान श्री कृष्णद्वैपायन व्यासजी, यस दाशराजकी छोरी सत्यवतीबाट पराशरजीद्वारा अवतरित हुनुभएको थियो । उहाँले वेदको रक्षा गर्नुभयो । परीक्षित ! मैले यो श्रीमद् भागवत पुराण उहाँबाटै पढेको थिएँ । यो पुराण अति गोप्य छ – अति रहस्यमय छ । त्यसैले मेरो बुवा भगवान व्यासजीले पैल आदि शिष्यहरूलाई नपढाएर मलाई मात्र योग्य ठान्नुभयो । पहिलो, म उहाँको छोरा थिएँ र दोस्रो, ममा पनि शान्ति आदि विशेष गुण थिए । शान्तनुका दोस्रो छोरा विचित्रवीर्यले काशीराजकी छोरी अम्बिका र अम्बालिकासँग विवाह गरे । भीष्मले दुवैलाई स्वयम्वरबाट बलपूर्वक हरण गरेर ल्याएका थिए । विचित्रवीर्य आफ्नी दुवै पत्नीसँग यति आसक्त थिए कि जसले गर्दा उनलाई क्षयरोग लागेर मृत्युभयो । २०–२४।।
क्षेत्रेऽप्रजस्य वै भ्रातुर्मात्रोक्तो बादरायणः ।
धृतराष्ट्रं च पाण्डुं च विदुरं चाप्यजीजनत् ॥ २५ ॥
माता सत्यवतीको सल्लाहमा भगवान व्यासजीले भाइका सन्तान नभएकाले उनका पत्नीहरूबाट दुई छोरा धृतराष्ट्र र पाण्डुलाई जन्म दिए । उनको दासीबाट तेस्रो पुत्र विदुरजीको जन्म भएको थियो ।।२५।।
गान्धार्यां धृतराष्ट्रस्य जज्ञे पुत्रशतं नृप ।
तत्र दुर्योधनो ज्येष्ठो दुःशला चापि कन्यका ॥ २६ ॥
परीक्षित ! गान्धारी धृतराष्ट्रकी पत्नी थिइन् । उनले सय सन्तानलाई जन्म दिइन्, तीमध्ये जेठा दुर्योधन थिए । छोरीको नाम दुःशाला थियो ।।२६।।
शापान्मैथुनरुद्धस्य पाण्डोः कुन्त्यां महारथाः ।
जाता धर्मानिलेन्द्रेभ्यो युधिष्ठिरमुखास्त्रयः ॥ २७ ॥
पाण्डुकी पत्नी कुन्ती थिइन् । श्रापका कारण पाण्डुले स्त्रीसंग सहवास गर्न सकेनन् । त्यसैले उनकी पत्नी कुन्तीको धर्म वायु र इन्द्रको गर्भबाट युधिष्ठिर, भीमसेन र अर्जुन नामका तीन छोराहरूको जन्मभयो यी तीनै जना महारथी थिए ।।२७।।
नकुलः सहदेवश्च माद्र्यां नासत्यदस्रयोः ।
द्रौपद्यां पञ्च पञ्चभ्यः पुत्रास्ते पितरोऽभवन् ॥ २८ ॥
पाण्डुको दोस्रो पत्नीको नाम माद्रीबाट नकुल र सहदेव नामका दुई छोरा थिए यी दुवै अश्विनीकुमारको गर्भबाट जन्मेका थिए । परीक्षित ! यी पाँच पाण्डवहरूद्वारा द्रौपदीको गर्भबाट तिम्रा पाँच काकाहरू जन्मिएका थिए ।।२८।।
युधिष्ठिरात् प्रतिविन्ध्यः श्रुतसेनो वृकोदरात् ।
अर्जुनाच्छ्रुतकीर्तिस्तु शतानीकस्तु नाकुलिः ॥ २९ ॥
सहदेवसुतो राजञ्छ्रुतकर्मा तथापरे ।
युधिष्ठिरात् तु पौरव्यां देवकोऽथ घटोत्कचः ॥ ३० ॥
भीमसेनाद्धिडिम्बायां काल्यां सर्वगतस्ततः ।
सहदेवात् सुहोत्रं तु विजयासूत पार्वती ॥ ३१ ॥
करेणुमत्यां नकुलो निरमित्रं तथार्जुनः ।
इरावन्तमुलूप्यां वै सुतायां बभ्रुवाहनम् ।
मणिपुरपतेः सोऽपि तत्पुत्रः पुत्रिकासुतः ॥ ३२ ॥
यिनीहरूमध्ये युधिष्ठिरका छोराको नाम प्रतिविन्ध्य, भीमसेनका छोराको नाम श्रुतसेन, अर्जुनको श्रुतकीर्ति, नकुलको शतानिका र सहदेवको श्रुतकर्मा नामको छोरो थियो । यिनीहरू बाहेक युधिष्ठिरको पत्नी पौरवीबाट देवक नामका छोराहरू र भीमसेनको हिडिम्बाबाट घटोत्कच र कालीबाट सर्वगत नाम गरेका छोराहरू भएका थिए । सहदेवकी पर्वतकुमारी विजयाबाट सुहोत्र र नकुलकी करेणुमती निरमित्र भए । अर्जुनद्वारा नागकन्या उलुपीको गर्भबाट इरबानको जन्म भएको थियो भने मणिपुरका राजाकी छोरीबाट बभ्रुवाहनको जन्म भएको थियो। बभ्रुवाहनलाई आफ्नो मामाको छोरा नै मानिन्थ्यो । किनभने यो विषय पहिले नै तय भइसकेको थियो ।।२९–३२।।
तव तातः सुभद्रायामभिमन्युरजायत ।
सर्वातिरथजिद् वीर उत्तरायां ततो भवान् ॥ ३३ ॥
तिम्रा पिता अभिमन्यु अर्जुनकी पत्नी सुभद्राबाट जन्मेका थिए । बहादुर अभिमन्युले आफ्ना समकक्षी सबै योध्दाहरुलाई पराजित गरेका थिए । तपाई अभिमन्युद्वारा उत्तराको गर्भबाट जन्मनु भएको हो ।।३३।।
परिक्षीणेषु कुरुषु द्रौणेर्ब्रह्मास्त्रतेजसा ।
त्वं च कृष्णानुभावेन सजीवो मोचितोऽन्तकात् ॥ ३४ ॥
परीक्षित ! त्यसबेला कुरु वंशको विनाश भएको थियो । तपाई पनि अश्वत्थामाको ब्रह्मास्त्रले जल्नु भएको थियो तर भगवान कृष्णले आफ्नो प्रभावले तपाईलाई त्यो मृत्युबाट बचाउनु भयो ।।३४।।
तवेमे तनयास्तात जनमेजयपूर्वकाः ।
श्रुतसेनो भीमसेन उग्रसेनश्च वीर्यवान् ॥ ३५ ॥
परीक्षित ! तपाईंका छोराहरू यही अगाडि बसेका छन्– यीनीहरूका नामहरू जनमेजय, श्रुतसेन, भीमसेन र उग्रसेन हुन् । यी सबै पराक्रमी छन् ।।३५।।
जनमेजयस्त्वां विदित्वा तक्षकान्निधनं गतम् ।
सर्पान् वै सर्पयागाग्नौ स होष्यति रुषान्वितः ॥ ३६ ॥
जब तक्षकको डसाइले तपाईको मृत्यु हुन्छ, तब जनमेजय धेरै क्रोधित हुनेछन् र सर्पयज्ञ गरेर अग्निमा सर्पकोे बलि दिनेछन् ।।३६।।
कावषेयं पुरोधाय तुरं तुरगमेधयाट् ।
समन्तात् पृथिवीं सर्वां जित्वा यक्ष्यति चाध्वरैः ॥ ३७ ॥
यीनले कावशेय गोत्रका तुरलाई पुरोहित बनाएर अश्वमेध यज्ञ गर्नेछन् र सबैतिरबाट पृथ्वीलाई जितेर यज्ञहरूद्वारा भगवानको आराधना गर्नेछन् ।।३७।।
तस्य पुत्रः शतानीको याज्ञवल्क्यात् त्रयीं पठन् ।
अस्त्रज्ञानं क्रियाज्ञानं शौनकात् परमेष्यति ॥ ३८ ॥
जनमेजयको पुत्र शतानिक हुनेछन् । उसले याज्ञवल्क्य ऋषिबाट तीन वेद र अनुष्ठानको शिक्षा र कृपाचार्यबाट अस्त्रविद्या प्राप्त गर्नेछ र शौनकजीबाट आत्मज्ञान प्राप्त गरेपछि उसले परमपद प्राप्त गर्नेछन् ।।३८।।
सहस्रानीकस्तत्पुत्रस्ततश्चैवाश्वमेधजः ।
असीमकृष्णस्तस्यापि नेमिचक्रस्तु तत्सुतः ॥ ३९ ॥
शतानिकको सहस्रानिक, सहस्रानिकाको अश्वमेधज, अश्वमेधजको असिमकृष्ण र असिमकृष्णको छोरा नेमिचक्र हुनेछन् ।।३९।।
गजाह्वये हृते नद्या कौशाम्ब्यां साधु वत्स्यति ।
उक्तस्ततश्चित्ररथस्तस्मात् कविरथः सुतः ॥ ४० ॥
तस्माच्च वृष्टिमांस्तस्य सुषेणोऽथ महीपतिः ।
सुनीथस्तस्य भविता नृचक्षुर्यत् सुखीनलः ॥ ४१ ॥
परिप्लवः सुतस्तस्मान्मेधावी सुनयात्मजः ।
नृपञ्जयस्ततो दूर्वस्तिमिस्तस्माज्जनिष्यति ॥ ४२ ॥
हस्तिनापुर गंगाले बगाएपछि कौशम्बीपुरीमा सुखले बास गर्नेछ । नेमिचक्रको पुत्र चित्ररथ, चित्ररथको कविरथ, कविरथको वृष्टिमान, वृष्टिमानको राजा सुषेण, सुषेणको सुनिथ, सुनिथको नृचक्षु, नृचक्षुकको सुखिनल, सुखिनलको परिप्लव, परिप्लवको सुनय, सुनयको मेधावी, मेधाविको नृपंजय, नृपन्जयको दुव र दुव को छोरा तिमि हुनेछ ।।४०–४२।।
तिमेर्बृहद्रथस्तस्माच्छतानीकः सुदासजः ।
शतानीकाद् दुर्दमनस्तस्यापत्यं वहीनरः ॥ ४३ ॥
दण्डपाणिर्निमिस्तस्य क्षेमको भविता नृपः ।
ब्रह्मक्षत्रस्य वै प्रोक्तो वंशो देवर्षिसत्कृतः ॥ ४४ ॥
क्षेमकं प्राप्य राजानं संस्थां प्राप्स्यति वै कलौ ।
अथ मागधराजानो भवितारो ये वदामि ते ॥ ४५ ॥
तिमिबाट बृहद्रथ, बृहद्रथबाट सुदास, सुदासबाट शतानिक, शतानिकबाट दुर्दमन, दुर्दमनबाट वाहिनर, वहिनरबाट दण्डपाणी, दण्डपाणीबाट निमी र निमि बाट क्षेमकको जन्म हुनेछ । । यसरी मैले तिमीलाई ब्राह्मण र क्षत्रिय दुवैको उत्पत्तिस्थान र सोमवंशको वर्णन सुनाएँ ठुला ठुला देवताहरू र ऋषिहरूले यस कलियुगमा राजा क्षेमकपछि यो वंशको अन्त्य हुनेछ । अब म पछि हुने मगधका देशका राजाहरूको वर्णन गर्छु सुन ।।४३–४५।।
भविता सहदेवस्य मार्जारिर्यच्छ्रुतश्रवाः ।
ततोऽयुतायुस्तस्यापि निरमित्रोऽथ तत्सुतः ॥ ४६ ॥
जरासन्धका छोरो सहदेवबाट मार्जारी, मार्जारीबाट श्रुतश्रवा, श्रुतश्रवाबाट युतायु र युतायुबाट निरमित्र हुनेछन् ।।४६।।
सुनक्षत्रः सुनक्षत्राद् बृहत्सेनोऽथ कर्मजित् ।
ततः सृतञ्जयाद् विप्रः शुचिस्तस्य भविष्यति ॥ ४७ ॥
निरमित्रको सुनक्षत्र, सुनक्षत्रको बृहत्सेन, बृहत्सेनको कर्मजित, कर्मजितको सृतञ्जय, सृतञ्जयको विप्र र विप्रको छोराको नाम शुचि हुनेछ ।।४७।।
क्षेमोऽथ सुव्रतस्तस्माद् धर्मसूत्रः शमस्ततः ।
द्युमत्सेनोऽथ सुमतिः सुबलो जनिता ततः ॥ ४८ ॥
सुनीथः सत्यजिदथ विश्वजित् यद् रिपुञ्जयः ।
बार्हद्रथाश्च भूपाला भाव्याः साहस्रवत्सरम् ॥ ४९ ॥
शुचिको क्षेम, क्षेमबाट सुव्रत, सुव्रतबाट धर्मसूत्र, धर्मसूत्रबाट शम, शमबाट द्युमत्सेन, द्युमत्सेनबाट सुमति र सुमतिबाट सुबलको जन्म हुनेछ सुबलको छोरा सुनिथ, सुनितको छोरा सत्यजित, सत्यजितको छोरा विश्वजित र विश्वजितको छोरा रिपुंजय हुनेछन् । ती सबै बृहद्रथ वंशका राजा हुनेछन् । उनको शासन एक हजार वर्षसम्म मात्र रहनेछ ।।४९।।
इति श्रीमद्भाहगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे द्वाविंशोऽध्यायः ॥ २२ ॥