श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः–एकादशोऽध्यायः
मैत्रेय उवाच –
(अनुष्टुप्)
निशम्य गदतामेवं ऋषीणां धनुषि ध्रुवः ।
सन्दधेऽस्त्रमुपस्पृश्य यन्नारायणनिर्मितम् ॥ १ ॥
मैत्रेयजीले भने–विदुरजी ! ऋषिहरूको यस्तो बोली सुनेर ध्रुर्व महाराजले आचमन गरेर नारायणले बनाउनु भएको
नारायणस्त्रलार्ई आफ्नो धनुषमा चढाए ।।१।।
सन्धीयमान एतस्मिन् माया गुह्यकनिर्मिताः ।
क्षिप्रं विनेशुर्विदुर क्लेशा ज्ञानोदये यथा ॥ २ ॥
क्षिप्रं विनेशुर्विदुर क्लेशा ज्ञानोदये यथा ॥ २ ॥
उनले नारायणस्त्र चढाउँदा यक्षहरूको सबै मायारूपी रचना तष्ट भयो, जसप्रकार ज्ञानको उदय भएपछि अविद्या आदि क्लेश नष्ट हुन्छ ।।२।।
(इंद्रवज्रा)
तस्यार्षास्त्रं धनुषि प्रयुञ्जतः
सुवर्णपुङ्खाः कलहंसवाससः ।
विनिःसृता आविविशुर्द्विषद्बलं
यथा वनं भीमरवाः शिखण्डिनः ॥ ३ ॥
ऋषिवर नारायणले आविस्कार गरेका त्यो अस्त्रलार्ई धनुषमा चढाउँदा साथ त्यसबाट तीखा टुप्पा भएका वाण निस्के, जसरी मयुर भयंकर शव्द निकालेर गरेर वनमा पस्दछ त्यसैगरी भयानक शव्द निक्लियो ।।३।।
तैस्तिग्मधारैः प्रधने शिलीमुखैः
इतस्ततः पुण्यजना उपद्रुताः ।
तमभ्यधावन् कुपिता उदायुधाः
सुपर्णं उन्नद्धफणा इवाहयः ॥ ४ ॥
त्यो तीखो धार भएको वाणले सत्रुहरूलार्ई वचैन गरीदियो त्यसपछि त्यो रणभूमीमा यक्षहरूले कुपित हुदैं आ–आफ्नो सस्त्र संहाले जसरी गरुडले ठुंग्नाले आफ्नो फणा उठाएर सर्प उसैतिर दौडन्छ त्यसरी नै उनीहरू ध्रुवजी भएतिर दौडे ।।४।।
स तान् पृषत्कैरभिधावतो मृधे
निकृत्तबाहूरुशिरोधरोदरान् ।
निनाय लोकं परमर्कमण्डलं
व्रजन्ति निर्भिद्य यमूर्ध्वरेतसः ॥ ५ ॥
उनीहिरू अगाडि आएको देखेर ध्रुर्वजीले आफ्नो वाणले उनीहरूका हात गोडा र अरु अंगहरूलार्ई छिन्नभिन्न गरेर सत्यलोकमा पठाईदिए जहाँ सूर्यमण्डललार्ई भेदन गरेर ठुलाठुला ऋषिहरू जान्छन्।।५।।
तान् हन्यमानानभिवीक्ष्य गुह्यकान्
अनागसश्चित्ररथेन भूरिशः ।
औत्तानपादिं कृपया पितामहो
मनुर्जगादोपगतः सहर्षिभिः ॥ ६ ॥
विचित्रको रथमा बसेका ध्रुर्वजीले निरापराधि यक्षहरूलार्ई मारेको देखेर महाराज मनुलार्ई दया आयो अनि ऋषिहरूलार्ई संगै लिएर त्यहाँ आएर आफ्ना पौत्र ध्रुर्वलार्ई सम्झाउँन लागे ।६।।
मनुरुवाच–
(अनुष्टुप्)
अलं वत्सातिरोषेण तमोद्वारेण पाप्मना ।
येन पुण्यजनानेतान् अवधीस्त्वं अनागसः ॥ ७ ॥
मनुजीले भने–
छोरा ! धेरै रिस गर्नु ठिक हुदैन, यस्तो पाप नरकको ढोका हो । यसबाट बशीभूत भएर तिमीले यी निरापराधि यक्षलार्ई मार्यौ ।।७।।
नास्मत्कुलोचितं तात कर्मैतत् सद्विगर्हितम् ।
वधो यदुपदेवानां आरब्धस्तेऽकृतैनसाम् ॥ ८ ॥
बाबु ! तिमी जुन यी निर्दोष यक्षहरूको विनाशका लागि लागिपरेका छौ । यो हाम्रो कूलका अगाडि सुहाउने काम होइन । साधुहरू यस्तो कामको निन्दा गर्छन ।।८।।
नन्वेकस्यापराधेन प्रसङ्गाद् बहवो हताः ।
भ्रातुर्वधाभितप्तेन त्वयाङ्ग भ्रातृवत्सल ॥ ९ ॥
नायं मार्गो हि साधूनां हृषीकेशानुवर्तिनाम् ।
यदात्मानं पराग्गृह्य पशुवद्भूतवैशसम् ॥ १० ॥
प्रिय भातृवत्सल ! आफ्नो भाई प्रति तिम्रो ठुलो अनुराग थियो यो कुरा त राम्रो हो तर हेर उसकोे हत्यामा सन्तप्त भएर एउटा यक्षको अपराधको लागि यी निरापराधी यक्षलार्ई मार्यौ । यस जड शरीरलार्ई नै आत्मा मानेर यसको लागि पशुझैं प्राणीहरूको हिंसा गर्नु भगवत् प्रेमी साधुहरूको बाटो होइन । ।१०।।
सर्वभूतात्मभावेन भूतावासं हरिं भवान् ।
आराध्याप दुराराध्यं विष्णोस्तत्परमं पदम् ॥ ११ ॥
भगवानको आराधना गर्न धेरै कठिन छ । तर तिमीले त वालक कालमै सम्पूर्ण जगतका आश्रय श्रीहरिलार्ई सर्वभूतात्मभावले आराधना गरेर उनकोे परमपद प्राप्त गरेका छौ ।।११।।
स त्वं हरेरनुध्यातः तत्पुंसामपि सम्मतः ।
कथं त्ववद्यं कृतवान् अनुशिक्षन्सतां व्रतम् ॥ १२ ॥
तिमीलार्ई त भगवान् आफ्नो प्रिय भक्त सम्झनुहुन्थ्यो त्यसैले भक्तहरु पनि तिम्रो आदर गर्दछन् । तिमी साधुहरूको मार्गदर्शक हौ फेरि तिमीले यस्तो निन्दनिय काम किन गर्यौ ? ।।१२।।
तितिक्षया करुणया मैत्र्या चाखिलजन्तुषु ।
समत्वेन च सर्वात्मा भगवान् सम्प्रसीदति ॥ १३ ॥
सार्वात्मा श्रीहरि ता आफुभन्दा ठुलालार्ई आदर गर्नाले र सानालार्ई दया र मित्रता अनि सबै जीवमा समानताको वर्ताव गर्नाले नै प्रसन्न हुनुहुन्छ ।।१३।।
सम्प्रसन्ने भगवति पुरुषः प्राकृतैर्गुणैः ।
विमुक्तो जीवनिर्मुक्तो ब्रह्म निर्वाणमृच्छति ॥ १४ ॥
भगवान् प्रसन्न हुनुभएपछि उसकोे कार्यरूप लिंग शरीर वाट छुटेर परमानन्द स्वरूप प्राप्तहुन्छ ।।१४।।
भूतैः पञ्चभिरारब्धैः योषित्पुरुष एव हि ।
तयोर्व्यवायात् सम्भूतिः योषित्पुरुषयोरिह ॥ १५ ॥
छोरा ध्रुर्व ! देहादिकोरूपमा परिणत भएको पञ्चभूतले नै स्त्री पुरुषको अविर्भाव हुन्छ र तिनै स्त्री पुरुषको पारस्परिक समागमले अरु स्त्री पुरुष उत्पन्न हुन्छन ।।१५।।
एवं प्रवर्तते सर्गः स्थितिः संयम एव च ।
गुणव्यतिकराद् राजन् मायया परमात्मनः ॥ १६ ॥
ध्रुव ! यसप्रकार भगवानको मायाले सत्वादिगुणमा न्युनाधिक भाव हुनाले नै जसरी पञ्चभूतद्वारा शरीरको रचना हुन्छ त्यसरी नै उसकोे स्थिति र प्रलय हुन्छ ।।१६।।
निमित्तमात्रं तत्रासीत् निर्गुणः पुरुषर्षभः ।
व्यक्ताव्यक्तमिदं विश्वं यत्र भ्रमति लोहवत् ॥ १७ ॥
पुरुषश्रेष्ठ निर्गुण परमात्मा त यसकोे निमित्त मात्र हुनुहुन्छ, वहाँँको आश्रयले यो कार्यकारण जगत घुमिरहन्छ,जसरी चुम्बकको आकर्षण शक्तिले फलाम घुम्दछ ।।१७।।
(इंद्रवज्रा)
स खल्विदं भगवान्कालशक्त्या
गुणप्रवाहेण विभक्तवीर्यः ।
करोत्यकर्तैव निहन्त्यहन्ता
चेष्टा विभूम्नः खलु दुर्विभाव्या ॥ १८ ॥
कालशक्तिद्वारा क्रमशः सत्वादिगुणमा क्षोभ हुनाले लीलामय भगवानको शक्ति पनि सृष्टि आदिको रूपमा विभक्त हुन्छ त्यसैले भगवान् अकर्ता भएर पनि जगतको रचना गर्नुहुन्छ र संहार कर्ता नभएर पनि यसकोे संहार गर्नुहुन्छ । त्यसैले वहाँँ अनन्त भगवानको लीला अचिन्तनीय छ ।।१८।।
(अनुष्टुप्)
सोऽनन्तोऽन्तकरः कालो ऽनादिरादिकृदव्ययः ।
जनं जनेन जनयन् मारयन् मृत्युनान्तकम् ॥ १९ ॥
ध्रुव ! उनै कालस्वरूप अव्यय परमात्मा नै स्वयं अनन्त रहित भएर पनि आदिकर्ता हुनुहुन्छ । उहा नै एक जीवबाट अर्को जीव उत्पन्न गरेर संसारको सृष्टि गर्नुहुन्छ र मृत्युद्वारा मार्नेलार्ई पनि मराएर उसकोे संहार गर्नुहुन्छ ।।१९।।
(इन्द्रवज्रा)
न वै स्वपक्षोऽस्य विपक्ष एव वा
परस्य मृत्योर्विशतः समं प्रजाः ।
तं धावमानं अनुधावन्त्यनीशा
यथा रजांस्यनिलं भूतसङ्घाः ॥ २० ॥
वहाँँ काल भगवान् सबै सृष्टिमा समान भावले रहनुहुन्छ वहाँँको न कुनै मित्र र न कुनै सत्रु नै छन् । जसरी हावा चल्दा घुलो संगसगै उड्दछ त्यसैगरी सबै जीव आ–आफ्नो अधिन भएर कालको गतिको अनुशरण गर्दछन् र आफ्नो कर्म अनुसार सुख दुःख भोग्दछन् ।।२०।।
(अनुष्टुप्)
आयुषोऽपचयं जन्तोः तथैवोपचयं विभुः ।
उभाभ्यां रहितः स्वस्थो दुःस्थस्य विदधात्यसौ ॥ २१ ॥
सर्व सामथ्र्य श्रीहरिले कर्मवन्धनमा बाँधिएका जीवहरूको आयुको बृध्दि र क्षयको विधान गर्नुहुन्छ र यी दुवैबाट रहित भएर आफ्नो स्वरूपमा स्थित हुनुहुन्छ ।।२१।
केचित्कर्म वदन्त्येनं स्वभावमपरे नृप ।
एके कालं परे दैवं पुंसः काममुतापरे ॥ २२ ॥
राजन !
यीनै परमात्मालार्ई मिमांसकहरू कर्म, चार्वाक मतले स्वभाव, वैशेषिक मतावलम्बीले काल, ज्योतिषीहरु दैव र कर्मशास्त्री काम भन्दछन् ॥ २२ ॥
अव्यक्तस्याप्रमेयस्य नानाशक्त्युदयस्य च ।
न वै चिकीर्षितं तात को वेदाथ स्वसम्भवम् ॥ २३ ॥
वहाँँ कुनै विषय अथवा प्रमाणको विषय हुनुहुन्न महदादि शक्तिहरू पनि वहाँँबाटै प्रकट भएकाछन् । वहाँँ के गर्न चाहानुहुन्छ भन्ने विषयमा त संसारमा कोहिपनि जान्दैन भने आफ्नो मूल कारण प्रभुलार्ई त कस्ले जान्न सक्छर ? ।।२३।।
न चैते पुत्रक भ्रातुः हन्तारो धनदानुगाः ।
विसर्गादानयोस्तात पुंसो दैवं हि कारणम् ॥ २४ ॥
यी कुवेरका अनुचरले तिम्रा भाईलार्ई मारेका होइनन् किनकि मानिसको जन्ममरणको वास्तविक कारण त ईश्वर नै हुनुहुुन्छ ।।२४।।
स एव विश्वं सृजति स एवावति हन्ति च ।
अथापि ह्यनहङ्कारात् नाज्यते गुणकर्मभिः ॥ २५ ॥
संसारको रचना, पालन र नष्ट गर्ने एकमात्र वहाँँ नै हुनुहुन्छ तर अहंकार सुन्य हुनाले यसको गुण र कर्मबाट सधैं टाढा रहनुहुन्छ ।।२५।।
एष भूतानि भूतात्मा भूतेशो भूतभावनः ।
स्वशक्त्या मायया युक्तः सृजत्यत्ति च पाति च ॥ २६ ॥
वहाँँ सम्पूर्ण प्राणीहरूको अन्तरात्मा, नियन्ता र रक्षा गर्ने भएका प्रभुनै आफ्नो माया शक्तिले युक्त भएर सबै जीवको सृजना, पालना र संहार गर्नुहुन्छ ।।२६।।
(इंद्रवज्रा)
तमेव मृत्युममृतं तात दैवं
सर्वात्मनोपेहि जगत्परायणम् ।
यस्मै बलिं विश्वसृजो हरन्ति
गावो यथा वै नसि दामयन्त्रिताः ॥ २७ ॥
जसरी नाकमा नत्थी लगाइएको गोरु आफ्नो मालिकको भारी बोक्दछन् त्यसरी नै जगतको रचना गर्ने ब्रम्हाजी पनि नामरूप डोरीले बाँधिएर उनैकोे आज्ञाको पालना गर्दछन् । वहाँँ अभक्तका लागि मृत्युरूप र भक्तका लागि अमृतरूप हुनुहुन्छ । र संसारको एकमात्र आश्रय हुनुहुन्छ । तात ! तिमी सबै प्रकारले उनै परमात्माको शरण लेउ ।।२७।।
यः पञ्चवर्षो जननीं त्वं विहाय
मातुः सपत्न्या वचसा भिन्नमर्मा ।
वनं गतस्तपसा प्रत्यगक्षं
आराध्य लेभे मूर्ध्नि पदं त्रिलोक्याः ॥ २८ ॥
तमेनमङ्गात्मनि मुक्तविग्रहे
व्यपाश्रितं निर्गुणमेकमक्षरम् ।
आत्मानमन्विच्छ विमुक्तमात्मदृग्
यस्मिन् इदं भेदमसत्प्रतीयते ॥ २९ ॥
पाँच वर्षको अवस्था मै सौतेनी आमाको कटुवाणले मर्माहत भएर आमाको काख पनि छाडेर तिमी वनमा गएका थियौ । त्यहाँ तपस्या गरेर ऋषिकेष भगवानको आराधना गरेर जुन तिनलोक भन्दा माथिको ध्रुवलोक प्राप्तगर्यौ त्यो तिम्रो वैरभाव हीन सरल हृदयका वात्स्ल्यवश विशेषरूपले विराजमान भएका थिए उनै निर्गुण, अद्वितीय, अविनाशी र नित्यमुक्त परमात्मालार्ई अध्यात्मरूपले आफ्नो अन्तःकरणमा खोज, उहाँमा ये भेदभावमय प्रपञ्च मिथ्या देखिन जान्छ ।।२८।।२९।।
त्वं प्रत्यगात्मनि तदा भगवत्यनन्त
आनन्दमात्र उपपन्नसमस्तशक्तौ ।
भक्तिं विधाय परमां शनकैरविद्या
ग्रन्थिं विभेत्स्यसि ममाहमिति प्ररूढम् ॥ ३० ॥
यस्तो गर्नाले सर्वशक्ति सम्पन्न परमानन्दस्वरूप सर्वान्तर्यामी भगवान् अनन्तमा तिम्रो हृदय तिम्रो सुहृद भक्ति हुनेछ र उनैको प्रभावले तिमीमा म र मेरो भन्ने जुन अविद्यारूपी गाठो छ, त्यसलार्ई काट्न सक्छौ ।।३०।।
(अनुष्टुप्)
संयच्छ रोषं भद्रं ते प्रतीपं श्रेयसां परम् ।
श्रुतेन भूयसा राजन् अगदेन यथामयम् ॥ ३१ ॥
राजन ! जसप्रकार औषधीले रोगलार्ई शान्त गराउँदछ त्यसरी नै मैले तिमीलार्ई जुन उपदेश दिएको छु त्यसले आफ्नो क्रोधलार्ई शान्त गर । क्रोध कल्याण मार्गको विरोधि हो । भगवान्ले तिम्रो कल्याण गरुन ।।३१।।
येनोपसृष्टात्पुरुषात् लोक उद्विजते भृशम् ।
न बुधस्तद्वशं गच्छेद् इच्छन् अभयमात्मनः ॥ ३२ ॥
क्रोधले वशिभूत भएको पुरुषबाट सबैलार्ई डर नै हुन्छ । त्यसैले बुध्दिमान पुरुषले म बाट कसैलार्ई डर नहोस र मलार्ई पनि कसैबाट डर नहोस, क्रोधको वशमा कहिल्यै पनि हुनुहुन्न ।।३२।।
हेलनं गिरिशभ्रातुः धनदस्य त्वया कृतम् ।
यज्जघ्निवान् पुण्यजनान् भ्रातृघ्नानित्यमर्षितः ॥ ३३ ॥
तिमीले यसले मेरो भाईलार्ई मार्यो भनेर यत्रा यक्षको संहार गर्यौ । त्यसैले तिमीबाट भगवान् शंकरका साथि कुवेरजी माथि ठुलो अपराध भयो ।।३३।।
तं प्रसादय वत्साशु सन्नत्या प्रश्रयोक्तिभिः ।
न यावन्महतां तेजः कुलं नोऽभिभविष्यति ॥ ३४ ॥
त्यसैले महापुरुषको तेजले जबसम्म हाम्रो कूलमाथि आक्रान्त गर्नुभन्दा पहिले नै विनम्र भाषण र विनयद्वारा वहाँँलार्ई चाढैं प्रसन्न गराउ ।।३४।।
एवं स्वायम्भुवः पौत्रं अनुशास्य मनुर्ध्रुवम् ।
तेनाभिवन्दितः साकं ऋषिभिः स्वपुरं ययौ ॥ ३५ ॥
यसप्रकार स्वायम्भुव मनुले आफ्ना नाती ध्रुवलार्ई उपदेश दिए । अनि ध्रुवले वहाँँलार्ई प्रणाम गरेर महर्षि सहित आफ्नो लोकमा गए ।।३५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे एकादशोऽध्यायः ॥ ११ ॥