#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

सप्तमः स्कंधः - तृतीयोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
सप्तमः स्कंधः - तृतीयोऽध्यायः


नारद उवाच -
(अनुष्टुप्)
हिरण्यकशिपू राजन् अजेयमजरामरम् ।
आत्मानं अप्रतिद्वन्द्वं एकराजं व्यधित्सत ॥ १ ॥

नारदले भन्नुभयो–
राजन् ! यसपछि हिरण्कशिपुले अब म अजेय, अमर भएर संसाको एकछत्र सम्राट बन्दछु । जसले गर्दा मेरा अगाडि कोहि पनि पर्न नसकुन भन्ने बिचार गर्यो ।।१।।

स तेपे मन्दरद्रोण्यां तपः परमदारुणम्।
ऊर्ध्वबाहुर्नभोदृष्टिः पादाङ्गुष्ठाश्रितावनिः ॥ २ ॥

जटादीधितिभी रेजे संवर्तार्क इवांशुभिः ।
तस्मिन् तपः तप्यमाने देवाः स्थानानि भेजिरे ॥ ३ ॥

उसले मन्राचलको गुफामा गएर अत्यन्त कठोर तपस्या गर्न लाग्यो । त्यहाँ उसले हात माथी उठाएर आकाशतिर हेरेर खुट्टाको औलाले टेकेर पृथ्वीमा उभियो । त्यतिबेला उसका जटाहरु प्रलयकालको सूर्यको किरण टल्किए जस्तै गरी चम्किरहेको थियो । जब यस प्रकार तपस्या गर्न थालेपछि सबै देवताहरु आफ्नो आफ्नो स्थान गएर रहन थाले ।।३।।

तस्य मूर्ध्नः समुद्‍भूतः सधूमोऽग्निस्तपोमयः ।
तीर्यग् ऊर्ध्वमधो लोकान् अतपत् विष्वगीरितः ॥ ४ ॥

तपस्याको धेरै दिन बितेपछि उसको सिरबाट तपस्याको आगोको धुँवा निक्लन लाग्यो र त्यो धुवाको मुस्लो तल माथिका लोकहरु सहित चारैतिर फैलन लाग्यो ।।४।।

चुक्षुभुर्नद्युदन्वन्तः सद्वीपाद्रिश्चचाल भूः ।
निपेतुः सग्रहास्तारा जज्वलुश्च दिशो दश ॥ ५ ॥

त्यसको रापले गर्दा नदी र समुद्रहरु सुक्न लाग्यो द्वीप र पर्वत सहित पृथ्वी डगमगाउन लागिन । ग्रह र ताराहरु झर्न लागे । दसै दिशाहरुमा मानौ आगो लागेको जस्तो भयो ।।५।।

तेन तप्ता दिवं त्यक्त्वा ब्रह्मलोकं ययुः सुराः ।
धात्रे विज्ञापयामासुः देवदेव जगत्पते ॥ ६ ॥

दैत्येन्द्रतपसा तप्ता दिवि स्थातुं न शक्नुमः ।
तस्य चोपशमं भूमन् विधेहि यदि मन्यसे ।
लोका न यावन् नङ्क्ष्यन्ति बलिहारास्तवाभिभूः ॥ ७ ॥

हिरण्यकशिपुको त्यो तमोमयी तपस्याको आगको ज्वालाले स्वर्गका देवताहरु पनि जल्न लागे । उनीहरु हड्वडाएर स्वर्गबाट ब्रम्हलोक गए र ब्रम्हाजीसंग प्रार्थना गर्न लागे । हे देवताहरुका पनि आराध्यदेव जगत्पति ब्रम्हा ! हामीहरु हिरण्यकशिपुको तपस्याको ज्वालाले जलीरहेका छौं । अब हामी स्वर्गमा बस्न नसक्ने भयौं । हे अनन्त ! हे सर्वाधिपति ! यदि तपाई उचित सम्झनु हुन्छ भने आफ्ना जनताको नाश हुनु पहिले नै यो ज्वालालाई शान्त गर्ने उपाय गरिदिनुहोस ।।६।७।।

तस्यायं किल सङ्कल्पः चरतो दुश्चरं तपः ।
श्रूयतां किं न विदितः तव अथापि निवेदितः ॥ ८ ॥

सृष्ट्वा चराचरमिदं तपोयोगसमाधिना ।
अध्यास्ते सर्वधिष्ण्येभ्यः परमेष्ठी निजासनम् ॥ ९ ॥

तदहं वर्धमानेन तपोयोगसमाधिना ।
कालात्मनोश्च नित्यत्वात् साधयिष्ये तथाऽऽत्मनः ॥ १० ॥

भगवन् ! तपाई सबैकुरा जान्नुहुन्छ । फेरी पनि हामी उसले कुन अभिप्रायले तपस्या गरि रहेको छ भन्ने कुरा तपाईसंग निवेदन गर्दछौं सुन्नुहोस, उसको विचारमा ‘जसरी ब्रम्हाजी आफ्नो तपस्या र योगको प्रभावले यस चराचर जगतको सृष्टि गरेर सबैलोक भन्दा माथि सत्यलोकमा विराजित छन्’ त्यसरी नै उग्र तपस्या र योगको प्रभावले त्यो पद र स्थान प्राप्त गर्दछु । किनकि समय असीम छ र आत्मा नित्य छ । एक जन्ममा र त्यो पनि नभए  अनेक युगमा भएपनि त्यो पद मलाई मिल्ने छ  ।।८।।१०।।

अन्यथेदं विधास्येऽहं अयथापूर्वमोजसा ।
किमन्यैः कालनिर्धूतैः कल्पान्ते वैष्णवादिभिः ॥ ११ ॥

म आफ्नो तपस्याको प्रभावले  पाप पुण्यादिको नियमलाई बदलेर यस संसारका नियमलाई नै  उलट पुलट गरिदिनेछु, जुन पहिले कहिल्यै थिएन । वैष्णवपदमा त के नै आशा हुन्छ र  किनकि कल्पको अन्त्यमा त्यो पनि कालको पासमा जानु पर्दछ ।।११।।

इति शुश्रुम निर्बन्धं तपः परममास्थितः ।
विधत्स्वानन्तरं युक्तं स्वयं त्रिभुवनेश्वर ॥ १२ ॥

उसले यस्तो हठ गरेर ठुलो तपस्यामा लागेको छ जसले गर्दा तपाईको पद लिन लागेको छ भन्ने हामीले सुनेका छौं । तपाई तीन लोकका स्वामी हुनुहुन्छ । अब तपाई जुन उचिन सम्झनु हुन्छ त्यहि गर्नुहोस ।।१२।।

तवासनं द्विजगवां पारमेष्ठ्यं जगत्पते ।
भवाय श्रेयसे भूत्यै क्षेमाय विजयाय च ॥ १३ ॥

ब्रम्हाजी ! तपाई यो सर्वश्रेष्ठ पद ब्राम्हण एवं गाईहरुको बृद्धि, कल्याण, विभूति, कुशल र विजयको लागि नै हो । यदि यो पद हिरण्यकशिपुको हातमा गयो भने सज्जनहरुमा ठुलो संकटको अबस्था आउदछ ।।१३।।

इति विज्ञापितो देवैः भगवान् आत्मभूर्नृप ।
परितो भृगुदक्षाद्यैः ययौ दैत्येश्वराश्रमम् ॥ १४ ॥

युधिष्ठिर ! देवताहरुले भगवान् ब्रम्हाजीसंग यस प्रकार निवेदन गरे त्यसपछि वहाँ भृगु र दक्षप्रजापतिहरुलाई साथै लिएर हिरण्यकशिपुको आश्रममा आउनुभयो ।।१४।।

न ददर्श प्रतिच्छन्नं वल्मीकतृणकीचकैः ।
पिपीलिकाभिराचीर्ण मेदस्त्वङ्‌ मांसशोणितम् ॥ १५ ॥

त्यहाँ जाँदा पहिले ता वहाँले हिरण्यकशिपुलाई देख्नै सक्नु भएन किनकि माटो, घाँस, बाँसले उसको शरीर छोपिएको थियो । चरा कमिला आदि कीराहरुले उसको मांसु र रगत चुसि रहेका थिए ।।१५।।

तपन्तं तपसा लोकान् यथाभ्रापिहितं रविम् ।
विलक्ष्य विस्मितः प्राह प्रहसन् हंसवाहनः ॥ १६ ॥

बादलले ढाकिएको सूर्य समान आफ्नो तपस्याको तेजले लोकलाई तप्त पारिरहेको त्यो दैत्यलाई देखेर ब्रम्हाजी पनि आश्चर्य हुनुभयो र हाँस्दै उसलाई भन्नुभयो ।।१६।।

श्रीब्रह्मोवाच -
उत्तिष्ठोत्तिष्ठ भद्रं ते तपःसिद्धोऽसि काश्यप ।
वरदोऽहमनुप्राप्तो व्रियतां ईप्सितो वरः ॥ १७ ॥

ब्रम्हाले भन्नुभयो–
हिरण्यकशिपु ! उठ  उठ । कश्यपनन्दन ! तिम्रो कल्याण होस । अब तिम्रो तपस्या सिद्ध भयो । म तिमीलाई वर दिनका लागि अएको हुं, अब कुनै संकोच नमानिकन तिम्रो इच्छा बमोजिमको बर माग ।।१७।।

अद्राक्षमहमेतं ते हृत्सारं महदद्‍भुतम् ।
दंशभक्षितदेहस्य प्राणा ह्यस्थिषु शेरते ॥ १८ ॥

मैले तिम्रो अद्भूत बल देखें । डाँसहरुले शरीर खाइसक्दा पनि तापनि हड्डिको सहाराले तिम्रो प्राण टिकेको छ ।

नैतत्पूर्वर्षयश्चक्रुः न करिष्यन्ति चापरे ।
निरम्बुर्धारयेत्प्राणान् कौ वै दिव्यसमाः शतम् ॥ १९ ॥

यस्तो कठिन तपस्या न पहिले कुनै ऋषिले गरेका थिए न पछि गर्नेछन । यसरी पानी सम्म पनि नपिइकन दिव्य सय वर्षसम्म  अरु कसले यस्तो तपस्या गर्न सक्छ र ?।।१९।।

व्यवसायेन तेऽनेन दुष्करेण मनस्विनाम् ।
तपोनिष्ठेन भवता जितोऽहं दितिनन्दन ॥ २० ॥

छोरा हिरण्यकशिपु ! ठुला ठुला धीर पुरुषले पनि तिम्रो जस्तो काम गर्न धेरै कठिनले मात्र सक्छन । तिमीले यस तपोनिष्ठाले मलाई आफ्नो वशमा लियौ ।।२०।।

ततस्त आशिषः सर्वा ददामि असुरपुङ्गव ।
मर्तस्य ते अमर्तस्य दर्शनं नाफलं मम ॥ २१ ॥

असुरशिरोमणे ! तिम्रो तपस्याबाट म प्रसन्न भएकोले तिमीले जे बर माग्दछौ त्यो दिनेछु । किनकि तिमी मर्ने हौ र म अमर । त्यसैले तिमीलाई मेरो यो मेरो दर्शन निष्फल हन सक्तैन ।।२१।।

नारद उवाच -
इत्युक्त्वाऽऽदिभवो देवो भक्षिताङ्गं पिपीलिकैः ।
कमण्डलुजलेनौक्षद् दिव्येनामोघराधसा ॥ २२ ॥

नारदजी भन्नुहुन्छ–
युघिष्ठर ! ब्रम्हाजीले यसो भनेर उसको कमिलाले खाएको शरीमा आफ्नो कमण्डलुको दिव्य एवं अमोघ जल छर्किदिनुभयो ।।२२।।

स तत्कीचकवल्मीकात् सहओजोबलान्वितः ।
सर्वावयवसम्पन्नो वज्रसंहननो युवा ।
उत्थितः तप्तहेमाभो विभावसुः इव वैधसः ॥ २३ ॥

जसरी दाउराको थुप्रोमा आगो प्रकट हुन्छ त्यसरी ब्रह्माजीले जल छर्कना साथ बाँसको झांग र धमिराको माटोबाट हिरण्यकसिपु उठ्यो । त्यस समय उसका शरीरका सबै अङ्गहरु पूर्ण र बलबान भएको थियो, इन्द्रियमा शक्ति पैदा भएको थियो भने मन पनि सचेत भएको थियो । सब अङ्ग वज्र जस्तौ कठोर तथा पोलेको सुन जस्तै चम्किलो देखियो ।।२३।।

स निरीक्ष्याम्बरे देवं हंसवाहमवस्थितम् ।
ननाम शिरसा भूमौ तद्दर्शनमहोत्सवः ॥ २४ ॥

उसले त्यहाँबाट उठ्दा ब्रह्माजीलाई देख्यो, वहाँ आकाशमा हाँस माथि उभिनुभएको थियो । उसले ब्रह्मालाई देखेर धेरै आनन्दित भयो त्यसपछि उसले आफ्नो सिर पृथ्वीमा राखेर ब्रह्मालाई नमस्कार गर्यो ।।२४।।

उत्थाय प्राञ्जलिः प्रह्व ईक्षमाणो दृशा विभुम् ।
हर्षाश्रुपुलकोद्‍भेदो गिरा गद्‍गदयागृणात् ॥ २५ ॥

फेरी हात जोडेर नम्र भावले उभियो र बडो प्रेमले एकटकले वहाँलाई हेरेर गद्गद वाणीले स्तुति गर्न लाग्यो । त्यस समय उसको आँखामा आँसु बगिरहेको थियो । सबै शरीरमा रोभाञ्च भएको थियो ।।२५।।

हिरण्यकशिपुरुवाच -
कल्पान्ते कालसृष्टेन योऽन्धेन तमसाऽऽवृतम् ।
अभिव्यनग् जगदिदं स्वयंज्योतिः स्वरोचिषा ॥ २६ ॥

हिरण्यकशिपुले भन्यो–
कल्पको अन्तमा यो सबै सृष्टि कालद्वारा प्रेरित तमोगुणले भरिएको अन्धकारले ढाकेको थियो । त्यस समय स्वयंप्रकाशरूप आफ्नो तेजले पुनः प्रकट गर्नुभयो ।।२६।।

आत्मना त्रिवृता चेदं सृजत्यवति लुम्पति ।
रजःसत्त्वतमोधाम्ने पराय महते नमः ॥ २७ ॥

यो त्रिगुणमयरूपले यसको रचना, रक्षा र संहार आफैं गर्नुहुन्छ । तपाई रजोगुण, सत्वगुण र तमोगुण्को आश्रय हुनुहुन्छ । सबैबाट टाढा र सबैभन्दा महान हुनुभएका, तपाईलाई म नमस्कार गर्दछु ।।२७।।

नम आद्याय बीजाय ज्ञानविज्ञानमूर्तये ।
प्राणेन्द्रियमनोबुद्धि विकारैर्व्यक्तिमीयुषे ॥ २८ ॥

तपाई नै जगतको मूल कारण हुनुहुन्छ । ज्ञान र विज्ञान तपाईको मूर्ति हो । प्राण, इन्द्रिय, मन र बुद्धि आदि विकारहरु द्वारा आफुलाई आफैं प्रकट गर्नुभयो ।।२८।।

(इंद्रवज्रा)  
त्वमीशिषे जगतस्तस्थुषश्च
         प्राणेन मुख्येन पतिः प्रजानाम् ।
चित्तस्य चित्तैर्मन इन्द्रियाणां
         पतिर्महान् भूतगुणाशयेशः ॥ २९ ॥

तपाई मुख्य प्राण स्वरूपले चराचर जगतलाई आफ्नै नियन्त्रणमा राख्नुहुन्छ । तपाई प्रजाका रक्षक पनि हुनुहुन्छ । भगवन् ! चित्त, चेतना, मन र इन्द्रियका स्वामी तपाई नै हो । पञ्चभूत, शव्दादि विषय र उसको संस्कारको रचयीता पनि महत्तत्वको रूपमा तपाई नैं हो ।।२९।।

त्वं सप्ततन्तून् वितनोषि तन्वा
         त्रय्या चतुर्होत्रकविद्यया च ।
त्वमेक आत्माऽऽत्मवतामनादिः
         अनन्तपारः कविरन्तरात्मा ॥ ३० ॥

जुन वेद होता, अध्वर्यु, ब्रम्हा र उद्गाता—यी ऋत्विजहरुबाट हुने यज्ञको प्रतिपादन गर्दछन, त्यो तपाईकै शरीर हो । उनीहरुद्वारा गरिएको सात अग्निष्टोम यज्ञलाई तपाई स्वीकार गर्नुहुन्छ । तपाई नै सम्पूर्ण प्राणिहरुको आत्मा हुनुहुन्छ । किनकि तपाई अनादि, अनन्त, अपार, सर्वज्ञ र अन्तर्यामी हुनुहन्छ ।।३०।।


त्वमेव कालोऽनिमिषो जनानां
         आयुर्लवाद्यवयवैः क्षिणोषि ।
कूटस्थ आत्मा परमेष्ठ्यजो महान्
         त्वं जीवलोकस्य च जीव आत्मा ॥ ३१ ॥

तपाई नै काल हो । तपाई प्रतिक्षण साबधान भएर क्षण, लब आदि विभागद्वारा जीवको आयु क्षीण गराउनु हुन्छ तापनि तपाई निर्विकार हुनुहुन्छ । किनकि तपाई ज्ञानस्वरूप, परमेश्वर, आजन्मा, महान र सम्पूर्ण जीवका जीवनदाता अन्तरात्मा हुनुहुन्छ ।।३१।।

त्वत्तः परं नापरमप्यनेजद्
         एजच्च किञ्चिद् व्यतिरिक्तमस्ति ।
विद्याः कलास्ते तनवश्च सर्वा
         हिरण्यगर्भोऽसि बृहत् त्रिपृष्ठः ॥ ३२ ॥

प्रभो ! कार्य कारण, चल र अचल आदि कुनै वस्तु पनि तपाई देखि भिन्न छैन । समस्त विद्या र कलाहरु तपाईको शरीर हो । तपाई त्रिगुणमयी मायाले अतीत स्वयं ब्रम्ह हुनुहुन्छ । यो स्वर्णमय ब्रम्हाण्ड तपाईको गर्भमा रहेको छ । तपाई यसलाई आफैं प्रकट गर्नुहुन्छ ।।३२।।

व्यक्तं विभो स्थूलमिदं शरीरं
         येनेन्द्रियप्राण मनोगुणांस्त्वम् ।
भुङ्क्षे स्थितो धामनि पारमेष्ठ्ये
         अव्यक्त आत्मा पुरुषः पुराणः ॥ ३३ ॥

प्रभो ! यो व्याप्त्तः ब्रम्हाण्ड तपाइको स्थूल शरीर हो । यसले तपाई इन्द्रिय, प्राण, र मनको विषयको उपभोग गर्नुहुन्छ तापनि त्यस समय पनि तपाई आफ्नो परम ऐश्वर्यमय स्वरूपमा रहनुहुन्छ । त्यसैले तपाई पुराणपुरुष, स्थूल सूक्ष्म भन्दा पर ब्रम्हस्वरूप हुनुहुन्छ ।।३३।।

(अनुष्टुप्)
अनन्ताव्यक्तरूपेण येनेदं अखिलं ततम् ।
चिद् अचित् शक्तियुक्ताय तस्मै भगवते नमः ॥ ३४ ॥

तपाई आफ्नो अनन्त र अव्यक्त स्वरूपले साह्रा जगतमा व्याप्त हुनुहुन्छ । चेतन र अचेतन दुवै शक्तिले युक्त हुनुहुन्छ । भगवन् ! म तपाईलाई नमस्कार गर्दछु ।।३४।।

यदि दास्यस्यभिमतान् वरान्मे वरदोत्तम ।
भूतेभ्यस्त्वद् विसृष्टेभ्यो मृत्युर्मा भून्मम प्रभो ॥ ३५ ॥

नान्तर्बहिर्दिवा नक्तं अन्यस्मादपि चायुधैः ।
न भूमौ नाम्बरे मृत्युः न नरैर्न मृगैरपि ॥ ३६ ॥

व्यसुभिर्वासुमद्‌भिर्वा सुरासुरमहोरगैः ।
अप्रतिद्वन्द्वतां युद्धे ऐकपत्यं च देहिनाम् ॥ ३७ ॥

प्रभो ! तपाई सबै वरदाताहरुमा श्रेष्ठ हुनुहुन्छ । यदि तपाई मलाई अभिष्ट वर दिन चहानुहुन्छ भने, तपाईले बनाएका कुनै पनि प्राणी चाहे त्यो मनुस्य, पशु, प्राणी देवता, अथावा नागादि हुन् यी कोहिबाट पनि मेरो मृत्यु नाहोस । भित्र–बाहिर, दिनमा, रात्रीमा, कुनै जीवले पनि अस्त्र–सस्त्रले, पृथ्वीमा आकाशमा कहिँपनि मलाई मार्न नसकुन । युद्धमा कसैले पनि म संग सामना गर्न नसकोस । म सबै प्राणीहरुको एकछत्र शासक हुनसकुं ।।३५।३७।।

सर्वेषां लोकपालानां महिमानं यथाऽऽत्मनः ।
तपोयोगप्रभावाणां यन्न रिष्यति कर्हिचित् ॥ ३८ ॥

इन्द्रादि समस्त लोकपालमा तपाईको जस्तो महिमा छ । त्यस्तै महिमा मेरो पनि होस । तपस्वीहरुलाई र योगीहरुलाई जुन अक्षय ऐश्वर्य प्राप्त छन, त्यो मलाई पनि दिनुहोस ।।३८।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे हिरण्यकशिपोर्वरयाचनं नाम तृतीयोऽध्याय