#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

नवमः स्कंधः – प्रथमोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
नवमः स्कंधः – प्रथमोऽध्यायः 


श्रीराजोवाच–
मन्वन्तराणि सर्वाणि त्वयोक्तानि श्रुतानि मे ।
वीर्याणि अनन्तवीर्यस्य हरेस्तत्र कृतानि च ।।१।।

राजा परिक्षिणाले सोधे, हे भगवन् ! अब तपाईले सबै मन्वन्तरहरूमा अनन्त शक्तिशाली भगवान्ले गर्नु भएका ऐश्वर्यपूर्ण चरित्रहरूको वर्णन गर्नुभयो त्या मैले पनि सुनें ।।१।।

योऽसौ सत्यव्रतो नाम राजर्षिर्द्रविडेश्वरः ।
ज्ञानं योऽतीतकल्पान्ते लेभे पुरुषसेवया ।।२।।

स वै विवस्वतः पुत्रो मनुरासीदिति श्रुतम् ।
त्वत्तस्तस्य सुताश्चोक्ता इक्ष्वाकुप्रमुखा नृपाः ।।३।।

तपाईले बताउँनु भयो कि  अन्तिम कल्पको अन्त्यमा द्रविड़ देशका राजर्षि सत्यवानले भगवानको सेवा गरेर ज्ञान प्राप्त गरे र यही कल्पमा वैवस्वत मनुको जन्म भयो र उनका छोरा इक्ष्वाकु आदि नरपति छोराहरूको पनि वर्णन गर्नुभयो ।।२–३।।

तेषां वंशं पृथग् ब्रह्मन् वंशानुचरितानि च ।
कीर्तयस्व महाभाग नित्यं शुश्रूषतां हि नः ।।४।।

हे ब्रह्मदेव ! अब कृपया तिनीहरूको वंश र तिनीहरूका वंशमा हुने विभिन्न चरित्रहरुको वर्णन गर्नुहोस । हे महाभाग ! ती कथाहरु सुन्नको लागि हाम्रो मनमा सधैं जिज्ञासा बढिरहेको छ  ।।४।। 

ये भूता ये भविष्याश्च भवन्त्यद्यतनाश्च ये ।
तेषां नः पुण्यकीर्तीनां सर्वेषां वद विक्रमान् ॥ ५ ॥

वैवस्वत मनुको वंशमा जो अहिले जन्मिएका छन् र जो पछि जन्मनेछन् ति सबैको पवित्र कीर्ति पुरुषहरूको पराक्रम र वीरताको वर्णन गर्नुहोस् । ५।।

श्रीसूत उवाच–
एवं परीक्षिता राज्ञा सदसि ब्रह्मवादिनाम् ।
पृष्टः प्रोवाच भगवानञ्छुकः परमधर्मवित् ।।६।।

सुतजी भन्नुहुन्छ– 
हे शौनकदी ऋषिहरु ! जब राजा परीक्षीले ब्राह्मणवादी ऋषिहरूको सभामा यस्तो किसिमको  प्रश्न सोध्नुभयो तव नयाँ धर्मको सबैभन्दा मर्मस्पर्शी व्यक्ति भगवान श्रीष्कदेवजीले भन्नुभयो ।।६।।

श्रीशुक उवाच–
श्रूयतां मानवो वंशः प्राचुर्येण परंतप ।
न शक्यते विस्तरतो वक्तुं वर्षशतैरपि ।।७।।

श्रीशुकदेवजीले भन्नुभयो– राजा परीक्षित ! अब म मनुवंशको वर्णन छोटकरीमा बताउँदछु सुन्नुहोस् । बिस्तृत वर्णन ता सयौं वर्षमा पनि गर्न सकिँदैन ।।७।। 

परावरेषां भूतानामात्मा यः पुरुषः परः ।
स एवासीदिदं विश्वं कल्पान्तेऽन्यन्न किञ्चन ।।८।।

वहाँ परमात्मा त ठूला–साना सबै प्राणीहरुका आत्मा हुन् प्रलयको समयमा केवल यो विश्व र वहाँ मात्र हुनुहुन्थ्यो, वहाँबाहेक अरु कोहि थिएन ।।८।।

तस्य नाभेः समभवत् पद्मकोषो हिरण्मयः ।
तस्मिन् जज्ञे महाराज स्वयंभूश्चतुराननः ।।९।।

महाराज ! उनैको परमपुरुषको सुवर्णमय कमलको फूल प्रकट भयो। त्यसमा चतुर्मुख ब्रह्माजी प्रकट हुनुभयो ।।९।। 
मरीचिः मनसस्तस्य जज्ञे तस्यापि कश्यपः ।
दाक्षायण्यां ततोऽदित्यां विवस्वानभवत् सुतः ।।१०।।

ब्रह्माजीको मनबाट मरिची र मरिचीका छोरा कश्यपको जन्म भयो । उनै कस्यपकी धर्मपत्नी अदितिबाट विवस्वान (सूर्य) को जन्म भयो ।।१०।।

ततो मनुः श्राद्धदेवः संज्ञायामास भारत ।
श्रद्धायां जनयामास दश पुत्रान् स आत्मवान् ।।११।।

इक्ष्वाकुनृगशर्यातिदिष्टधृष्टकरूषकान् ।
नरिष्यन्तं पृषध्रं च नभगं च कविं विभुः ।।१२।।

विवस्वानकी पत्नी संज्ञाबाट श्राध्ददेवको जन्मभयो । महाराज परिक्षीत ! श्राध्ददेवले आफ्नी पत्नी संज्ञाबाट दश पुत्र पैदा गरे जसमा उनीहरुको नाम इक्ष्वाकु नृग, शर्याति दृष्ट, धृष्ट, करुप, नारिष्यन्त पृषद,, नभग र कवि हुन् ।। ११–१२।।

अप्रजस्य मनोः पूर्वं वसिष्ठो भगवान् किल ।
मित्रावरुणयोरिष्टिं प्रजार्थमकरोत् विभुः ।।१३।।

वैवस्वत मनु पहिले निःसंतान थिए, त्यसबखत सर्वशक्तिमान भगवान वशिष्ठले उनको सन्तान प्राप्ति कालागि मित्रवरुणको यज्ञ गरेका थिए ।।१३।। 

तत्र श्रद्धा मनोः पत्नीज होतारं समयाचत ।
दुहित्रर्थमुपागम्य प्रणिपत्य पयोव्रता ।।१४।।

यज्ञको प्रारम्भमा दूधमा मात्रै पिएर रहने भएकी वैवस्वत मनुकी पत्नी श्रद्धाले होता संगै आफ्नो पतिकहाँ गएर छोरी आफुबाट छोरी प्राप्त होस भनेर विनम्र अनुरोध गरिन् ।।१४।।

प्रेषितोऽध्वर्युणा होता ध्यायंस्तत् सुसमाहितः ।
हविषि व्यचरत् तेन वषट्कारं गृणन्द्विजः ।।१५।।

त्यसपछि अध्वर्यको प्रेरणाले होता बनेका ब्राह्मणले श्रध्दाको भनाईलाई सम्झदै एकाग्र मनले वषटकार उच्चारण गरेर यज्ञमा आहुती अर्पण गरे ।।१५।। 

होतुस्तद्‌व्यभिचारेण कन्येला नाम साभवत् ।
तां विलोक्य मनुः प्राह नाति हृष्टमना गुरुम् ।।१६।।

होताले यसप्रकार विपरित कर्म गरेका कारण फलस्वरूप छोराको स्थानमा इला नामक छोरीको जन्म भयो । उनलाई देखेर श्रद्धादेव मनुकाको मन खासै खुशी भएन । उनले आफ्ना गुरु वशिष्ठजीलाई भने ।।१६।।

भगवन् किमिदं जातं कर्म वो ब्रह्मवादिनाम् ।
विपर्ययमहो कष्टं मैवं स्याद् ब्रह्मविक्रिया ।।१७।।

भगवान ! तपाई त ब्राह्मणवादी हुनुहुन्छ, तपाईको कामले यस्तो विपरित फल कसरी भयो ?  वैदिक कर्मबाट यस्तोकिसिमको विपरितफल त कहिले पनि हुनुहुदैन ।।१७।। 

 यूयं मन्त्रविदो युक्तास्तपसा दग्धकिल्बिषाः ।
कुतः संकल्पवैषम्यमनृतं विबुधेष्विव ।।१८।।

तपाईहरु मन्त्रमा निपुण हुनुहुन्छ   छ र तपस्याका कारण निस्पाप पनि हुनुहुन्छ । देवताहरुको असत्वप्राप्ति समान तपाईहरुको मन्त्रमा भिन्नता कसरी भयो ।।१८।।  

तन्निशम्य वचस्तस्य भगवान् प्रपितामहः ।
होतुर्व्यतिक्रमं ज्ञात्वा बभाषे रविनन्दनम् ।।१९।।

परिक्षित ! हाम्रा बृध्दपितामह वसिष्ठले उनको यो कुरा सुनेर थाहा पाउनुभयो  कि होताले मन्त्र नै उल्टोगरेका कारण यसोभएको हो ।।१९।। 

एतत् संकल्पवैषम्यं होतुस्ते व्यभिचारतः ।
तथापि साधयिष्ये ते सुप्रजास्त्वं स्वतेजसा ।।२०।।

तब बसिष्ठले वैवस्वत मनुलाई भन्नुभयो कि होताको संकल्पका कारण नै हाम्रो संकल्प पुरा नभएको हो तैपनि अब म आफ्नो तपस्याको प्रभावले म तिमिलाई उत्तम पुत्र दिने छु ।।२०।।

एवं व्यवसितो राजन् भगवान् स महायशाः ।
अस्तौषीदादिपुरुषमिलायाः पुंस्त्वकाम्यया  ।।२१।।

हे राजन ! यस्तो निश्चय गरेर परम यशस्वी भगवान वसिष्ठले ती इला नाम गरेकी कन्यालाई नै पुरुष बनाउनको लागि भगवान नारायणको स्तुति गरे ।।२१।।

तस्मै कामवरं तुष्टो भगवान् हरिरीश्वरः ।
ददाविलाभवत् तेन सुद्युम्नः पुरुषर्षभः ।।२२।।

तपस्याबाट खुसि भएर भगवान श्रीहरिले उनले मागे अनुसार नै वरदान दिनुभयो जसले गर्दा ती कन्या सुद्युम्न नामको उत्तम पुत्र बने ।।२२।।

स एकदा महाराज विचरन् मृगयां वने ।
वृतः कतिपयामात्यैरश्वमारुह्य सैन्धवम् ।।२३।।

महाराज, एक पटक राजा सुद्युम्न आफ्ना मन्त्रीहरुका साथमा सिन्धुको घोडामा चढेर वनमा गएका थिए ।।२३।।

प्रगृह्य रुचिरं चापं शरांश्च परमाद्भु तान् ।
दंशितोऽनुमृगं वीरो जगाम दिशमुत्तराम् ।।२४।।

ती सुद्युम्न, कवच लगाएर र आफ्नो हातमा एक सुन्दर धनुष र एउटा धेरै अद्भुत वाण लिएर, मृगलाई पछ्याउँदै उत्तर तर्फ धेरै टाढा गए ।।२४।। 

सु कुमातो वनं मेरोरधस्तात् प्रविवेश ह ।
यत्रास्ते भगवाञ्छर्वो रममाणः सहोमया ।।२५।।

यसरी जाँदा ति सुद्यम्न मेरु पहाडको फेदमा रहेको जंगलमा गए जहाँ भगवान शंकर पार्वतीसँग विहार गरिरहेका थिए ।।२५।। 

तस्मिन् प्रविष्ट एवासौ सुद्युम्नः परवीरहा ।
अपश्यत् स्त्रियमात्मानं अश्वं च वडवां नृप ।।२६।।

हे राजन ! त्यस वनमा पस्ने बित्तिकै सुद्युम्नले आफु स्त्री बनेको र घोडा घोडी बनेको देखे ।।२६।।

तथा तदनुगाः सर्वे आत्मलिङ्गविपर्ययम्।
दृष्ट्वा विमनसोऽभूवन् विक्षमाणाः परस्परम् ।।२७ ।

परीक्षित ! यसैगरी उनीसंगै गएका सबै साथीहरु पनि नारीको रूपमा देखे । सबैले एक अर्कालाई हेर्न थाले, यस्तो अवस्था देखेर तिनीहरू सबैको मन एकदमै उदास भयो ।।२७ ।।

श्रीराजोवाच ।
कथमेवंगुणो देशः केन वा भगवन् कृतः ।
प्रश्नमेनं समाचक्ष्व परं कौतूहलं हि नः ।।२८।।

राजा परीक्षितले सोधे– हे प्रभु ! त्यो देशमा यस्तो अनौठो गुण कसरी भयो ? कसले उनीहरुलाई यस्तो अवस्था बनायोे ? कृपया हाम्रो प्रश्नको जवाफ दिनुहोस  किनभने यस विषयले हामीलाई धेरै उत्सुक बनायो ।।२८।।

 श्रीशुक उवाच ।
एकदा गिरिशं द्रष्टुमृषयस्तत्र सुव्रताः ।
दिशो वितिमिराभासाः कुर्वन्तः समुपागमन् ।।२९।।

श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित ! एक दिन महान व्रतधारी ऋषिहरू आफ्नो तेजले सबै दिशाको अन्धकार हटाउँदै भगवान शंकरलाई हेर्न त्यस वनमा गए ।।२९।।

तान् विलोक्याम्बिका देवी विवासा व्रीडिता भृशम् ।
भर्तुरङ्‌गात् समुत्थाय नीवीमाश्वथ पर्यधात् ।।३०।।

त्यतिबेला अम्बिकादेवी बिना कपडा थिइन् । ऋषिहरूको अचानक आगमन देखेर उनी अत्यन्तै लज्जित भइन । उनले तुरुन्तै भगवान शंकरको काखबाट उठेर लुगा लगाइन् ।।३०।।

ऋषयोऽपि तयोर्वीक्ष्य प्रसङ्‌गं रममाणयोः ।
निवृत्ताः प्रययुस्तस्मान्नरनारायणाश्रमम् ।।३१।।

ऋषिहरूले यस समयमा भगवान गौरीशंकरको विहारको समय देखेरे त्यहाँबाट फर्केर भगवान् नरनारायणको आश्रममा गए ।।३१।। 

तदिदं भगवानाह प्रियायाः प्रियकाम्यया ।
स्थानं यः प्रविशेदेतत् स वै योषिद् भवेदिति ॥ ३२ ॥

त्यसैसमयमा भगवान् शंकरले आफ्नी पृया अंबिकादेवीलाई खुसी बनाउनको लागि भन्नुभयो कि म बाहेक अरु कोहिपनि पुरुष यस वनमा प्रवेश गर्योभने स्त्री हुनेछ ।।३२।।

तत ऊर्ध्वं वनं तद् वै पुरुषा वर्जयन्ति हि ।
सा चानुचरसंयुक्ता विचचार वनाद् वनम् ॥ ३३ ॥

हे परिक्षीत ! त्यसोभएकोले त्यस वनमा पुरुषहरु प्रवेश गर्दैनन् । अब सुद्युम्न पनि आफ्ना साथ गएका अनुचरहरु जो स्त्री बनेका थिए, उनैसंग एक वनहँदै अर्को वनमा घुम्नलागे ।।३३।।

अथ तामाश्रमाभ्याशे चरन्तीं प्रमदोत्तमाम् ।
स्त्रीभिः परिवृतां वीक्ष्य चकमे भगवान् बुधः ॥ ३४ ॥

यसरी डुलिरहेको बखतमा चन्द्रमाका छोरा बुधले देखे तब उनको मनमा ती स्त्रीलाई पाउने इच्छा गरे ।।३४।।

सापि तं चकमे सुभ्रूः सोमराजसुतं पतिम् ।
स तस्यां जनयामास पुरूरवसमात्मजम् ॥ ३५ ॥

ती सुद्युम्न जो स्त्री बनेकी थिइन उनले पनि चन्द्रका छोरा बुधलाई पति बनाउँने इच्छा भयो । यसप्रकार बुधले ती स्त्रीबाट पुरुरवा नामको पुत्र जन्माए ।।३५।।

एवं स्त्रीत्वमनुप्राप्तः सुद्युम्नो मानवो नृपः ।
सस्मार स कुलाचार्यं वसिष्ठमिति शुश्रुम ॥ ३६ ॥

यस प्रकार मनुकुमार सुद्युम्नले आफु स्त्री बनेकौ अवस्थामा आफ्ना कुलगुरु वसिष्ठको सम्झना गरे ।।३६।।

स तस्य तां दशां दृष्ट्वा कृपया भृशपीडितः ।
सुद्युम्नस्याशयन् पुंस्त्वमुपाधावत शंकरम् ॥ ३७ ॥

सुद्युम्नको यस्तो अवस्था देखेर वसिष्ठको हृदयमा धेरै पीडा भयो र उनले सुद्युम्नलाई फेरी पुरुष बनाउनको लागि भगवान् शंकरको आराधना गरे ।।३७।।

तुष्टस्तस्मै स भगवानृषये प्रियमावहन् ।
स्वां च वाचमृतां कुर्वनिदमाह विशाम्पते ॥ ३८ ॥

हे परिक्षीत ! वसिष्ठको आराधनाबाट भगवान् शंकर प्रसन्न हुनुभयो र उनको अभिलाषा पूर्ण गर्न र आफ्नो वाणीको पनि मिथ्या नहोस भन्ने बिचारले यस्तो कुरा भन्नुभयो ।।३८।।

मासं पुमान् स भविता मासं स्त्री तव गोत्रजः ।
इत्थं व्यवस्थया कामं सुद्युम्नोऽवतु मेदिनीम् ॥ ३९ ॥

हे वसिष्ठ ! तिम्रो यजमान सुद्युम्न एक महिनासम्म पुरुष र एक महिनासम्म स्त्री भएर पृथ्वीको पालना गर्न सक्तछ ।।३९।।

आचार्यानुग्रहात् कामं लब्ध्वा पुंस्त्वं व्यवस्थया ।
पालयामास जगतीं नाभ्यनन्दन् स्म तं प्रजाः ॥ ४० ॥

यसरी वसिष्ठको अनुग्रह पाएर पुरुषत्व लाभ गरेर सुद्युम्नले पृथ्वीको पालना गर्न लागे तर स्त्रीका कारण एक महिनासम्म गुप्त रहँदा उनका प्रजाहरुले मन पराएनन् ।।४०।।

तस्योत्कलो गयो राजन् विमलश्च सुतास्त्रयः ।
दक्षिणापथराजानो बभूवुर्धर्मवत्सलाः ॥ ४१ ॥

यसरी रहँदा सुद्युम्नका तीनवटा छोरा भए जुन उत्कल, गय र विमल थिए उनीहरु सबै दक्षिण तर्फका राजा भए ।।४१।।

ततः परिणते काले प्रतिष्ठानपतिः प्रभुः ।
पुरूरवस उत्सृज्य गां पुत्राय गतो वनम् ॥ ४२ ॥

धेरै समय बितेपछि बृध्द अवस्था अएकाले प्रतिष्ठान नगरीका राजा सुद्युम्नले आफ्नो स्त्रीकालमा जन्मेका छोरा पुरुरवालाई राज्य सुम्पेर आफु तपस्या गर्न भनि वनतिर लागे ।।४२।। 

इति श्रीमद्भाकगवते महापुराणे पारमहंस्यां 
संहितायां नवमस्कन्धे प्रथमोध्याऽयः ॥ १ ॥