श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - पञ्चमोऽध्यायः
श्रीशुक उवाच ।
एवं भगवताऽऽदिष्टो दुर्वासाश्चक्रतापितः ।
अंबरीषमुपावृत्य तत्पादौ दुःखितोऽग्रहीत् ॥ १ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! भगवानले यसरी आज्ञा दिएपछि सुदर्शन चक्रको ज्वालाले सन्तप्त भएका दुर्वासा ऋषि राजा अम्बरीष कहाँ फर्किए र अत्यन्त दुःखी भएर राजाको पाउ पक्रेर शरणमा परे ।।१।।
तस्य सोद्यमनं वीक्ष्य पादस्पर्शविलज्जितः ।
अस्तावीत् तद्धरेरस्त्रं कृपया पीडितो भृशम् ॥ २ ॥
दुर्वासाको यस्तो अवस्था देखेर र आफ्नो खुट्टा समातेकोमा लज्जित हुदैं राजा अम्बरीषको मनमा दया जाग्यो र उनले भगवान्को सुदर्शन चक्रको स्तुति गरे ।।२।।
अंबरीष उवाच ।
त्वमग्निर्भगवान् सूर्यस्त्वं सोमो ज्योतिषां पतिः ।
त्वमापस्त्वं क्षितिर्व्योम वायुर्मात्रेन्द्रियाणि च ॥ ३ ॥
अम्बरीषले भने– हे भगवान सुदर्शन ! तपाई अग्नि स्वरुप हुनुहुन्छ । तपाईं नै परम शक्तिशाली सूर्य हुनुहुन्छ । सम्पूर्ण नक्षत्रको अधिपति चन्द्रमा पनि तपाईकै रूप हो । पृथ्वी, जल तेज वायु, आकाश, पञ्चतन्मात्रा र समस्त इन्द्रियका रूप तपाई नै हो ।।३।।
सुदर्शन नमस्तुभ्यं सहस्राराच्युतप्रिय ।
सर्वास्त्रघातिन् विप्राय स्वस्ति भूया इडस्पते ॥ ४ ॥
हजार दाँत भएका भगवानका प्रिय चक्रदेव ! म तपाईलाइ नमस्कार गर्छु । तपाई सबै सस्त्र अस्त्रलाई विनाश पारेर पृथ्वीको रक्षा गर्नुहुन्छ त्यसैले यी ब्राह्मणहरूको रक्षा गर्नुहोस् ।।४।।
त्वं धर्मस्त्वमृतं सत्यं त्वं यज्ञोऽखिलयज्ञभुक् ।
त्वं लोकपालः सर्वात्मा त्वं तेजः पौरुषं परम् ॥ ५ ॥
तपाई सबै धर्मका रक्षक हुनुहुन्छ, मीठो र सत्य वाणी पनि तपाई नै हुनुहुन्छ । सबै यज्ञका अधिपति र स्वयं यज्ञ हुनुहुन्छ । तपाई सबै लोकको रक्षा गर्नुहुन्छ । परमपुरुषको परमतेज पनि तपाई नै हुनुहुन्छ ।।५।।
नमः सुनाभाखिलधर्मसेतवे
ह्यधर्मशीलासुरधूमकेतवे ।
त्रैलोक्यगोपाय विशुद्धवर्चसे
मनोजवायाद्भु्तकर्मणे गृणे ॥ ६ ॥
तपाई सबै धर्मको रक्षा गर्ने सुनाभ हुनुहुन्छ । अधार्मिक कार्य गर्ने असूरका लागि नाश गर्न तपाई साक्षात अग्नि नै हुनुहुन्छ । तपाई तेजोमयरुप हुनुहुन्छ ! तपाईको गति मनको गति समान छ । तपाईका कार्य पनि चमत्कारी पुर्ण छ । म तपाईलाई नमस्कार गर्दछु ।।६।।
त्वत्तेजसा धर्ममयेन संहृतं
तमः प्रकाशश्च दृशो महात्मनाम् ।
दुरत्ययस्ते महिमा गिरां पते
त्वद्रूपमेतत् सदसत् परावरम् ॥ ७ ॥
हे वेदवाणीका भगवान ! तपाईंको धर्ममय तेजले अन्धकारलाई नष्ट गदर्छ र सूर्यादि महापुरुषको तेजको रक्षा गर्छ । तपाईको महिमा अपरम्पार छ । ठूलो–सानो भेदभाव सहितको यो सम्पूर्ण कारक जगत तपाईको रूप हो ।।७।।
यदा विसृष्टस्त्वमनञ्जनेन वै
बलं प्रविष्टोऽजित दैत्यदानवम् ।
बाहूदरोर्वङ्घ्रिशिरोधराणि
वृक्णन्नजस्रं प्रधने विराजसे ॥ ८ ॥
हे सुदर्शन चक्र ! तपाईलाई कसैले जित्न सक्दैन जुन समय भगवान निरञ्जनले तिमीलाई प्रयोग गर्नुहुन्छ त्यतिबेला तपाई दैत्य र दानवको सेनामा प्रवेश गरेर उनीहरुको हात, पेट, तिघ्रा, खुट्टा, गर्दन आदि काटेर अति शोभायमान देखिनुहुन्छ ।।८।।
स त्वं जगत्त्राण खलप्रहाणये
निरूपितः सर्वसहो गदाभृता ।
विप्रस्य चास्मत्कुलदैवहेतवे
विधेहि भद्रं तदनुग्रहो हि नः ॥ ९ ॥
हे विश्वका रक्षक ! तपाई युध्दमा सबैको प्रहारलाई सहन सक्नुहुन्छ । तपाईलाई कसैले पनि नोक्स्नानि पुर्याउन सक्दैनन्, कसैले हानि गर्न सक्दैन । गदाधारी भगवान्ले तपाईलाई दुष्टको विनाश गर्न नियुक्त गर्नुभएको हो । तपाईले कृपा गरेर हाम्रो कुलको भाग्योदयका लागि दुर्वासाको कल्याण गर्नुहोस् । हामी माथि तपाईको यो ठूलो कृपा हुनेछ ।।९।।
यद्यस्ति दत्तमिष्टं वा स्वधर्मो वा स्वनुष्ठितः ।
कुलं नो विप्रदैवं चेद् द्विजो भवतु विज्वरः ॥ १० ॥
यदि मैले केही दान गरेको छु, यज्ञ गरेको छु वा धर्मको पालना गरेको छु, अथवा हाम्रा वंशहरुले ब्राह्मणहरूलाई आफ्नो पूजनीय देवता मानेका छन् भने दुर्वासाजीको सबै दुःख हटोस ।।१०।।
यदि नो भगवान् प्रीत एकः सर्वगुणाश्रयः ।
सर्वभूतात्मभावेन द्विजो भवतु विज्वरः ॥ ११ ॥
भगवान् सबै गुणहरूका एकमात्र आश्रय हुनुहुन्छ । यदि मैले उहाँलाई सबै प्राणीहरूको आत्माको रूपमा देखेको छु र तिनीहरू मसँग प्रसन्न छन् भने दुर्वासाजीको सबै दुःख हटोस ।।११।।
श्रीशुक उवाच ।
इति संस्तुवतो राज्ञो विष्णुचक्रं सुदर्शनम् ।
अशाम्यत् सर्वतो विप्रं प्रदहद् राजयाच्ञया ॥ १२ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– जब राजा अम्बरीषले दुर्वासालाई सबैतिरबाट जलाउन लागेको सुदर्शन चक्रको प्रार्थना गरे, तब उनको प्रार्थनाले चक्र शान्त भयो ।।१२।।
स मुक्तोऽस्त्राग्नितापेन दुर्वासाः स्वस्तिमांस्ततः ।
प्रशशंस तमुर्वीशं युञ्जानः परमाशिषः ॥ १३ ॥
जब दुर्वासा चक्रको रापबाट मुक्त भए र उनको मन स्वस्थ र शान्त भयो, तब उनले राजा अम्बरीषलाई उत्तम आशिर्वाद दिएर प्रशंसा गर्न थाले ।।१३।।
दुर्वासा उवाच ।
अहो अनन्तदासानां महत्त्वं दृष्टमद्य मे ।
कृतागसोऽपि यद् राजन् मंगलानि समीहसे ॥ १४ ॥
दुर्वासाले भने– अहो धन्य हो ! आज मैले भगवानको प्यारा भक्तहरूको महत्व देखें । राजन ! मैले तपाई माथि ठुलो अपराध गरेको छु, तापनि तपाईले मेरो लागि मंगल कामना गर्नुभयो ।।१४।।
दुष्करः को नु साधूनां दुस्त्यजो वा महात्मनाम् ।
यैः संगृहीतो भगवान् सात्वतामृषभो हरिः ॥ १५ ॥
जसले प्रेमभावले भक्तवत्सल भगवान श्रीहरिको चरण कमल पक्रेका हुन्छन् उनीहरुका लागि कठिन भन्ने कुरा के नै हुन्छ र । जसको हृदय उदार हुन्छ त्यस्ता महात्माले के कुराको त्याग गनै सक्तैनन् र ? ।।१५।।
यन्नामश्रुतिमात्रेण पुमान् भवति निर्मलः ।
तस्य तीर्थपदः किं वा दासानामवशिष्यते ॥ १६ ॥
जसले भगवान्को मंगलमय नामको श्रवण गरेर उनै तीर्थपादको भगवानको चरण कमलको दाश भएका छन उनका लागि शेष काम भन्ने कुर नै के हुन्छ र ? ।।१६।।
राजन्ननुगृहीतोऽहं त्वयातिकरुणात्मना ।
मदघं पृष्ठतः कृत्वा प्राणा यन्मेऽभिरक्षिताः ॥ १७ ॥
हे महाराज अम्बरीष ! तपाईको हृदय करुणा र दयाले भरिएको छ । तपाईंले ममाथि ठूलो उपकार गर्नुभयो । ओहो, तपाईले मेरा सबै अपराधलाई विर्सेर मेरो प्राण बचाइदिनुभयो ।।१७।।
राजा तमकृताहारः प्रत्यागमनकांक्षया ।
चरणावुपसंगृह्य प्रसाद्य समभोजयत् ॥ १८ ॥
हे परीक्षित ! दुर्वासाजी चक्रले लखेटेर भागेदेखि राजा अम्बरीषले खाना खाएका थिएनन् । उनी वहाँ फर्केनुहुन्छ भनेर बाटो कुरिरहेका थिए । अब उनले दुर्वासाजीको पाउ समातेर प्रसन्न पूर्वक भोजन गराए ।।१८।।
सोऽशित्वाऽऽदृतमानीतमातिथ्यं सार्वकामिकम् ।
तृप्तात्मा नृपतिं प्राह भुज्यतामिति सादरम् ॥ १९ ॥
राजा अम्बरीषले अति आदरपूर्वक अतिथिका लागि योग्य खाद्य वस्तुहरू ल्याएर खुवाए । भोजनबाट दुर्वासाजी तृप्त भए । त्यसपछि आदरपूर्वक राजालाई भने– ‘राजन् ! अब तपाई पनि भोजन गर्नुहोस् ।।१९।।
प्रीतोऽस्म्यनुगृहीतोऽस्मि तव भागवतस्य वै ।
दर्शनस्पर्शनालापैरातिथ्येनात्ममेधसा ॥ २० ॥
हे अम्बरीष ! तपाई भगवानका धेरै प्यारा भक्त हुनुहुन्छ । दर्शन, स्पर्श, वार्तालाप र आतिथ्यबाट म अत्यन्त प्रसन्न र धन्य छु । मेरो मन भगवान् तिर प्रेरित भएको छ ।।२०।।
कर्मावदातमेतत् ते गायन्ति स्वःस्त्रियो मुहुः ।
कीर्तिं परमपुण्यां च कीर्तयिष्यति भूरियम् ॥ २१ ॥
स्वर्गका देवांगनाहरुले तपाईको यो उत्तम चरित्रको गाना गाउनेछन् । तपाईको परम कीर्ति पृथ्वीमा पनि फैलिने छ ।।२१।।
श्रीशुक उवाच ।
एवं संकीर्त्य राजानं दुर्वासाः परितोषितः ।
ययौ विहायसाऽऽमंत्र्य ब्रह्मलोकमहैतुकम् ॥ २२ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– धेरै सन्तुष्ट भएर दुर्वासाजीले अम्बरीषका गुणको प्रशंसा गरे र उनीबाट अनुमति लिएर आकाश मार्ग हुँदै निःस्वार्थ कर्मले मात्र प्राप्त हुने ब्रह्मलोको यात्रा गरे ।।२२।।
संवत्सरोऽत्यगात् तावद् यावता नागतो गतः ।
मुनिस्तद्दर्शनाकांक्षो राजाऽब्भक्षो बभूव ह ॥ २३ ॥
परीक्षित ! सुदर्शन चक्रको डरले भागेका दुर्वासा फेरी फर्कदा एक वर्ष बितेको थियो । यति धेरै दिनसम्म राजा अम्बरीष उनलाई दर्शन गर्ने इच्छाले पानी मात्र पिएर बसे ॥२३॥
गतेऽथ दुर्वाससि सोऽम्बरीषो
द्विजोपयोगातिपवित्रमाहरत् ।
ऋषेर्विमोक्षं व्यसनं च बुद्ध्वा
मेने स्ववीर्यं च परानुभावम् ॥ २४ ॥
दुर्वासाजी गएपछि राजाले उनले खाइ बचेको पवित्र अन्न भोजन गरे । दुर्वासा चक्रको दुःखमा पर्नु र आफ्नो प्रार्थनाले फेरी दुःखबाट मुक्ति पाउनु यो सबै भगवान्को महिमा हो भन्ने सम्झे ।।२४।।
एवंविधानेकगुणः स राजा
परात्मनि ब्रह्मणि वासुदेवे ।
क्रियाकलापैः समुवाह भक्तिं
ययाऽऽविरिञ्च्यान् निरयांश्चकार ॥ २५ ॥
राजा अम्बरीषमा यस्ता धेरै गुण थिए । उनले आफ्ना सबै कर्महरूद्वारा परब्रह्म परमात्मा श्रीभगवान प्रति आफ्नो भक्ति बढाउँदै गए । त्यही भक्तिको प्रभावले ब्रह्मलोकका सबै भोगलाई नर्कसमान ठाने ।।२५।।
श्रीशुक उवाच ।
अथाम्बरीषस्तनयेषु राज्यं
समानशीलेषु विसृज्य धीरः ।
वनं विवेशात्मनि वासुदेवे
मनो दधद् ध्वस्तगुणप्रवाहः ॥ २६ ॥
त्यसपछि राजा अम्बरीषले राज्यको जिम्मेवारी आफु समान भक्त छोराहरूमा सुम्पेर आफु वनमा गए । त्यहाँ धेरै एकाग्र भएर आफ्नो मन परमात्मामा गुणको प्रवाहरूप संसारबाट मुक्त भये ।।२६।।
इत्येतत् पुण्यमाख्यानं अंबरीषस्य भूपतेः ।
संकीर्तयन् अनुध्यायन् भक्तो भगवतो भवेत् ॥ २७ ॥
हे महाराज परीक्षित ! महाराज अम्वरिशको यो पवित्रकथा जसले पढ्ला वा सुन्ला त्यो अवस्य पनि भगवान्को भक्त बन्नेछ ।।२७।।
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे पञ्चमोऽध्यायः ॥ ५ ॥