#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – चतुरशीतितमोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः – चतुरशीतितमोऽध्यायः


शुक उवाच–
(वसंततिलका)
श्रुत्वा पृथा सुबलपुत्र्यथ याज्ञसेनी
     माधव्यथ क्षितिपपत्न्ये उत स्वगोप्यः ।
कृष्णेऽखिलात्मनि हरौ प्रणयानुबन्धं
     सर्वा विसिस्म्युरलमश्रुकलाकुलाक्ष्यः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! सबै प्राणीहरुका आत्मा भगवान् श्रीकृष्णका ती पत्नीहरुको आफ्ना पति श्रीकृष्णमा गहिरो प्रेम देखेर कुन्ती, गान्धारी, द्रौपदी, सुभद्रा, अन्य राजपत्नीहरु र गोपिनीहरुको समेत आश्चर्यचकित भएर आँखाबाट आँसु झारे ।।१।। 
(अनुष्टुप्)
इति सम्भाषमाणासु स्त्रीभिः स्त्रीषु नृभिर्नृषु ।
आययुर्मुनयस्तत्र कृष्णरामदिदृक्षया ॥ २ ॥
यसरी त्यहाँ श्रीकृष्णका रानीहरु र अन्य स्त्रीहरुका बिचमा कुराकानी भइरहेको समयमा बलराम र श्रीकृष्णको दर्शन गर्ने इच्छाले अन्य ऋषिमुनिहरु त्यहाँ आइपुगे ।।२।। 
द्वैपायनो नारदश्च च्यवनो देवलोऽसितः ।
विश्वामित्रः शतानन्दो भरद्वाजोऽथ गौतमः ॥ ३ ॥
रामः सशिष्यो भगवान् वसिष्ठो गालवो भृगुः ।
पुलस्त्यः कश्यपोऽत्रिश्च मार्कण्डेयो बृहस्पतिः ॥ ४ ॥
द्वितस्त्रितश्चैकतश्च ब्रह्मपुत्रास्तथाङ्‌गिराः ।
अगस्त्यो याज्ञवल्क्यश्च वामदेवादयोऽपरे ॥ ५ ॥
तान्दृष्ट्वा् सहसोत्थाय प्रागासीना नृपादयः ।
पाण्डवाः कृष्णरामौ च प्रणेमुर्विश्ववन्दितान् ॥ ६ ॥
त्यहाँ द्वैपायन व्यास, देवर्षि नारद, च्यवन, देवल, असित, विश्वामित्र, शतानन्द, भारद्वाज, गौतम, भगवान परशुराम सहित उनका शिष्यहरू, वसिष्ठ, गालव, भृगु, पुलस्त्य, कश्यप, अत्रि, मार्कण्डेय, वृहस्पति, द्वैत, त्रित र ऋषि, गौतम आदि थिए । सनातन, सनत्कुमार, अंगिरा, अगस्त्य, याज्ञवल्क्य र वामदेव ऋषिहरू, त्यहाँ आइपुग्नुभयो । वहाँहरु आउनु भएको देखेर पाण्डव सहित भगवान् श्रीकृष्ण र बलराम झटपट उठेर प्राणाम गर्नुभयो ।।४–६।। 
तान् आनर्चुर्यथा सर्वे सहरामोऽच्युतोऽर्चयत् ।
स्वागतासनपाद्यार्घ्यमाल्यधूपानुलेपनैः ॥ ७ ॥
यसपछि, सबै राजाहरू र स्वयं भगवान श्रीकृष्णले दाजु बलरामसँगै भएर ती ऋषिहरूलाई स्वागत, आसन, पद्य, अर्घ्र्य, फूलको माला, धूप र चन्दन आदिले विधिपूर्वक पूजा गर्नुभयो ।।७।। 
उवाच सुखमासीनान् भगवान् धर्मगुप्तनुः ।
सदसस्तस्य महतो यतवाचोऽनुशृण्वतः ॥ ८ ॥
धर्मको रक्षाको लागि अवतार लिनुभएको भगवान कृष्ण सुखपूर्वक बसेपछि वहाँले त्यस धर्मसभामा आफुले भनेका कुरा मौन भएर सुनिरहेका ऋषिहरुसंग भन्नुभयो– ।।८।। 
श्रीभगवानुवाच–
अहो वयं जन्मभृतो लब्धं कार्त्स्न्येन तत्फलम् ।
देवानामपि दुष्प्रापं यद् योगेश्वरदर्शनम् ॥ ९ ॥
भगवान श्रीकृष्णले भन्नुभयो– धन्य हो ! आज हाम्रो जीवन सफल भएको छ, आज हामीलाई जन्मको फल प्राप्त भएको छ किनकि आज हामील देवताहरुले समेत दर्शन पाउन कठिन हुने ऋषिहरुलाई पाएका छौं ।।९।। 
किं स्वल्पतपसां नॄणामर्चायां देवचक्षुषाम् ।
दर्शनस्पर्शनप्रश्नप्रह्वपादार्चनादिकम् ॥ १० ॥
जसले धेरै कम तपस्या गरेका हुन्छन् र मुर्ति आदिमा मात्र भगवानलाई देख्दछन भने उनीहरुलाई हजुर जस्ता योगेश्वरको दर्शन, कुशल प्रश्न, प्रणाम एवं पूजन गर्ने अवसर के मिल्न सक्ला र ? अवस्य पनि मल्दैन ।।१०।। 
न ह्यम्मयानि तीर्थानि न देवा मृच्छिलामयाः ।
ते पुनन्त्युरुकालेन दर्शनादेव साधवः ॥ ११ ॥
केवल जलले भरिएका भरिएको स्थान मात्र तीर्थ होइन । माटो र ढुंगाले बनेका मूर्ति पनि देवता होइनन् । तिनीहरुलाई धेरै समयसम्म सेबा गरेपछि मात्र तीर्थ बन्दछन् । तर साधुहरुले त केवल दर्शनले नै पवित्र बनाउँदछन् ।।११।।
(मिश्र)
नाग्निर्न सूर्यो न च चन्द्रतारका
     न भूर्जलं खं श्वसनोऽथ वाङ्‌मनः ।
उपासिता भेदकृतो हरन्त्यघं
     विपश्चितो घ्नन्ति मुहूर्तसेवया ॥ १२ ॥
अग्नि, सूर्य, चन्द्रमा, तारा, पृथ्वी, पानी, आकाश, वायु, वाणी र मनका अधिष्ठातृ देवताहरूको धेरै समय सम्म पूजा गर्दापनि उनले सबै पापलाई नष्ट गर्र्न सक्दैन किनकि त्यहाँ भेदबुध्दि हुन्छ, तर साधु सन्तको थोरैको सेवाले सबै पापलाई नाश गरिदिन्छ ।।१२।।
यस्यात्मबुद्धिः कुणपे त्रिधातुके
     स्वधीः कलत्रादिषु भौम इज्यधीः ।
यत्तीर्थबुद्धिः सलिले न कर्हिचित्
     जनेष्वभिज्ञेषु स एव गोखरः ॥ १३ ॥
जसले वात, पित्त र कफ यी तीन धातुबाट बनेको मृत शरीरलाई मात्र आफ्नो आत्मा ठानेर पुत्र, पत्नी र घर परिवारमा आफ्नो भन्ने आत्म बुध्दि गर्दछ । उसको मनले काठ पत्थर बनेको मुर्तिमा देवताको भाव देख्दछ । जललाई मात्र तीर्थ सम्झन्छ भने त्यो मानिस नभएर पशुहरुमा पनि निच गधा समान हो ।।१३।। 
श्रीशुक उवाच–
(अनुष्टुप्)
निशम्येत्थं भगवतः कृष्णस्याकुण्ठमेधसः ।
वचो दुरन्वयं विप्रास्तूष्णीमासन् भ्रमद्धियः ॥ १४ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! भगवान श्रीकृष्ण अखण्ड ज्ञानले सम्पन्न हुनुहुन्छ, उहाँको गहन बुझ्नै नसकिने तात्पर्य सुनेर सबै ऋषिहरुको बुध्दिले चक्कर खायो, उनीहरुले भगवानले के भन्दै हुुनुहुन्छ भन्ने पनि बुझ्न नसकेर चुपो लागेर बसे ।।१४।। 
चिरं विमृश्य मुनय ईश्वरस्येशितव्यताम् ।
जनसङ्‌ग्रह इत्यूचुः स्मयन्तस्तं जगद्‌गुरुम् ॥ १५ ॥
ऋषिहरुले धेरै समय विचार–विमर्श गरेपछि उनीहरुले भगवान सर्वेश्वर भएर पनि कर्म परतन्त्र जीवले जस्तै केवल लोक संग्रहको लागि यस्तो ब्यवहार गनु भएको हो भन्ने बुझे त्यसपछि मुकुराउदै जगदगुरु श्रीकृष्णलाई यसो भने ।।१५।। 
मुनय ऊचुः–
(मिश्र)
यन्मायया तत्त्वविदुत्तमा वयं
     विमोहिता विश्वसृजामधीश्वराः ।
यदीशितव्यायति गूढ ईहया
     अहो विचित्रं भगवद् विचेष्टितम् ॥ १६ ॥
ऋषिहरूले भने– हे प्रभु ! मारिची आदि श्रेष्ठ प्रजापति र हामीहरु प्नि हजुरको मायाबाट मोहित भएका छौं । हजुर स्वयं भगवान भएर पनि मनसिको जस्तो चेष्टा गरेर आफुलाई लुकाउनु भएको छ । वास्तवमा यो चेष्टा नै हजुरको विचित्र र आश्चर्यमय लीला हो ।।१६।।
अनीह एतद्‌ बहुधैक आत्मना
     सृजत्यवत्यत्ति न बध्यते यथा ।
भौमैर्हि भूमिर्बहुनामरूपिणी
     अहो विभूम्नश्चरितं विडम्बनम् ॥ १७ ॥
जसरी एउटै पृथ्वी घटादिका कारण अनेक नामले चिनिन्छ, त्यसैगरी हजुर इच्छासून्य र एक मात्र भएर पनि अनेकौं रुप धारण गरेर सृष्टि स्थिति र संहार आदि कार्य गर्नुहुन्छ । तर यी सबै गर्दा पनि कर्ममा बाँधिनु हुुनुहदैन । त्यसैले भगवान्को यो सबै चरित्र लीला मात्र हो ।।१७।। 
अथापि काले स्वजनाभिगुप्तये
     बिभर्षि सत्त्वं खलनिग्रहाय च ।
स्वलीलया वेदपथं सनातनं
वर्णाश्रमात्मा पुरुषः परो भवान् ॥ १८ ॥
हे भगवान ! हजुर प्रकृतिभन्दा परका परमपुरुष हुनुहुन्छ तापनि भक्तको रक्षाका लागि समय समयमा शुद्ध सत्वमय शरीर धारण गरेर दुष्टहरुको दमन गर्नुहुन्छ र आफ्ना लीलाद्वारा सनातन वेदमार्गको रक्षा गनुहुन्छ ।।१८।। 
(अनुष्टुप्)
ब्रह्म ते हृदयं शुक्लं तपःस्वाध्यायसंयमैः ।
यत्रोपलब्धं सद् व्यक्तमव्यक्तं च ततः परम् ॥ १९ ॥
हे भगवान ! वेद हजुरको विशुद्ध हृदय हो त्यही वेदबाट तपस्या, स्वाध्यायन, संयमबाट नै हजुरको साकार (व्यक्त) एवं निराकार अव्यक्त) रुप र त्यो भन्दा परको ब्रह्म साक्षात्कार हुन्छ ।।१९।। 
तस्माद्‌ ब्रह्मकुलं ब्रह्मन् शास्त्रयोनेस्त्वमात्मनः ।
सभाजयसि सद्धाम तद्‌ ब्रह्मण्याग्रणीर्भवान् ॥ २० ॥
हे भगवान ! हजुर सम्पूर्ण शास्त्रका एक मात्र कारण भएका कारण ब्राह्मणहरू हजुरको स्वरुपलाई आफुभित्र अनुभव गर्दछन् । त्यसैले हजुर ब्राह्मणलाई सम्मान गर्नुहुन्छ । किनकि हजुर ब्राह्मण भक्तका अग्रणी हुनुहुन्छ ।।२०।। 
अद्य नो जन्मसाफल्यं विद्यायास्तपसो दृशः ।
त्वया सङ्‌गम्य सद्‌गत्या यदन्तः श्रेयसां परः ॥ २१ ॥
हे भगवन् ! हजुर कल्याणकारी साधनको (सिमा) अवधि हुनुहुन्छ । सत्पुरुषको लागि एक मात्र गति हुनुहुन्छ । आज हजुरसंग भेट हुँदा हामीहरु कृतार्थ भएका छौं । हाम्रो ज्ञान तपस्या र मनुष्यजन्म समेत सफल भएको छ ।।२१।। 
नमस्तस्मै भगवते कृष्णायाकुण्ठमेधसे ।
स्वयोगमाययाच्छन्न महिम्ने परमात्मने ॥ २२ ॥
हे भगवान् ! हजुरको को ज्ञान अनन्त छ । हजुर आफ्नो योगमायाले आफ्नो स्वरुपलाई लुकाउनु भएको छ । यस्ता शक्ति सम्पन्न परमात्मालाई हामी नमस्कार गर्दछौंं ।।२२।।
न यं विदन्त्यमी भूपा एकारामाश्च वृष्णयः ।
मायाजवनिकाच्छन्नमात्मानं कालमीश्वरम् ॥ २३ ॥
हजुर सम्पूर्ण जगतको कारण र नियामक हुनुहुन्छ । हजुर आफ्नो स्वरुपलाई मायाको आवरणले ढाक्नुभएको छ । सबैका काल हुनुभएका हजुरको स्वरुपलाई यी राजाहरु र एकै घरमा बस्ने यदुवंशीहरुले पनि जानन सकेका हुदैनन् ।।२३।।
यथा शयानः पुरुष आत्मानं गुणतत्त्वदृक् ।
नाममात्रेन्द्रियाभातं न वेद रहितं परम् ॥ २४ ॥
एवं त्वा नाममात्रेषु विषयेष्विन्द्रियेहया ।
मायया विभ्रमच्चित्तो न वेद स्मृत्युपप्लवात् ॥ २५ ॥
जसरी निद्रामा परेको ब्यक्तिले सपनामा देखिएको झुटा विषयलाई पनि सत्य नै सम्झन्छ  र नाम मात्रको काल्पनिक इन्द्रियले देखिने आफ्नो शरीरलाई नै आफ्नो वास्तविक शरीर मान्दछ । तर उसलाई यो स्वप्न भन्दा पनि पर अर्को जाग्रित शरीर छ भन्ने पत्तो हुदैन यसैगरी जाग्रद अवस्थमा पनि इन्द्रियका प्रवृत्तिहरु मायामा मोहित भएको मानिस विषयमा मात्र मोहित हुन्छ र मायाद्वार उसको विवेक ढाकिएकोले उसले यो जगत भन्दा परका हजुरलाई जान्न सक्दैन ।।।२४–२५।।
(वसंततिलका)
तस्याद्य ते ददृशिमाङ्‌घ्रिमघौघमर्ष(
     तीर्थास्पदं हृदि कृतं सुविपक्वयोगैः ।
उत्सिक्तभक्त्युपहताशयजीवकोशा
     आपुर्भवद्‌गतिमथोनुगृहाण भक्तान् ॥ २६ ॥
हे भगवान् ! ठुला–ठुला ऋषिहरु ऋाफ्नो परिपक्व योग साधनाद्वारा हजुरको चरणलाई आफ्नो हृदयमा धारण गर्दछन् । यसैगरी सबै पापलाई नाश गरिदिने गंगाको आश्रय पनि हजुर नै हो । आज सौभाग्यले गर्दा हामीलाई हजुरको चरणको दर्शन गर्ने अवसर प्राप्त भयो । हे प्रभु ! हामी हजुरका भक्त हौं हामी माथी कृपा गर्नुहोस् । हजुरको परंपद प्राप्ति त उसैलाई हुन्छ । जो हजुरको उत्कृष्ट भक्तिद्वारा उसको जीवकोशको नष्ट भएको हुन्छ उनैले हजुरको परंपद प्राप्त गर्दछन् अरुले सक्तैनन् ।।२६।।
श्रीशुक उवाच–
अनुष्टुप्)
इत्यनुज्ञाप्य दाशार्हं धृतराष्ट्रं युधिष्ठिरम् ।
राजर्षे स्वाश्रमान् गन्तुं मुनयो दधिरे मनः ॥ २७ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन् ! यसरी स्तुती गरेपछि ऋषिहरुले धृतराष्ट्र् र युधिष्ठिर ंसंग अनुपति लिएर आफ्नो आश्रममा जाने बिचार गरे ।।२७।।
तद् वीक्ष्य तानुपव्रज्य वसुदेवो महायशाः ।
प्रणम्य चोपसङ्‌गृह्य बभाषेदं सुयन्त्रितः ॥ २८ ॥
ऋषिहरु जन खोजेको देखेर महायशस्वी वसुदेवजी ती मुनिहरुका नजिकमा गएर प्रणम गरेर नम्रपूर्वक यसो भन्नुभयो ।।२८।।
वसुदेव उवाच (
नमो वः सर्वदेवेभ्य ऋषयः श्रोतुमर्हथ ।
कर्मणा कर्मनिर्हारो यथा स्यान्नस्तदुच्यताम् ॥ २९ ॥
वसुदेवले भन्नुभयो– हे ऋषिहरू तपाईंहरू सबै देवस्वरुप हुनुहुन्छ । म हजुरहरु सबैलाई नमस्कार गर्दछु । अब मेरो एउटा प्रार्थना सुन्नुहोस । जुन कर्म गर्दा कर्म र अकर्मको वासनाको नाश हुन्छ त्यस कर्मका बारेमा हामीलाई उपदेश दिनुहोस् ।।२९।। 
नारद उवाच (
नातिचित्रमिदं विप्रा वसुदेवो बुभुत्सया ।
कृष्णं मत्वार्भकं यन्नः पृच्छति श्रेय आत्मनः ॥ ३० ॥
नारदजीले भन्नुभयो– हे ऋषिहरू ! वसुदेवले श्रीकृष्णलाई बालक सम्झेर हामीसंग आत्मकल्याको साधनाको बारेमा जान्ने इच्छाले हामीसंग सोधिरहनुभएको छ ।।३०।।
सन्निकर्षो हि मर्त्यानामनादरणकारणम् ।
गाङ्‌गं हित्वा यथान्याम्भस्तत्रत्यो याति शुद्धये ॥ ३१ ॥
संसारमा धेरै नजिक रहनु पनि मानिसका लागि अनादरको कारण बन्छ । जसरी गंगाको किनारमा बस्ने मानिस गंगाको पानी छोडेर आत्मशुध्दिका लागि अर्को तीर्थस्थलमा स्नान गर्नजान्छ ।।३१।। 
यस्यानुभूतिः कालेन लयोत्पत्त्यादिनास्य वै ।
स्वतोऽन्यस्माच्च गुणतो न कुतश्चन रिष्यति ॥ ३२ ॥
समयको फेरले सृष्टि, स्थति र प्रलयमा कुनै किसिमले खण्डित वा नष्ट हुदैन । त्यसैगरी भगवान् श्रीकृष्णले दिनुभएको ज्ञान कहिल्यै नष्ट हुदैन । त्यसलाई नष्ट गर्ने कारण न वहाँमा छ न अरुमा नै छ । यो ज्ञानलाई गुणको ह्रास वा अरु कुनै अन्य कारणले प्रभावमा पार्न सक्तैन ।।३२।।
(वसंततिलका)
तं क्लेशकर्मपरिपाकगुणप्रवाहै(
     रव्याहतानुभवमीश्वरमद्वितीयम् ।
प्राणादिभिः स्वविभवैरुपगूढमन्यो
     मन्येत सूर्यमिव मेघहिमोपरागैः ॥ ३३ ॥
उहाँको ज्ञानमय स्वरूप अज्ञानता, आसक्ति, द्वेष आदि, कष्ट, पुण्य, पापपूर्ण कर्म, सुखदुःखादि कर्मको परिणाम र सत्वादि गुणको प्रवाहले खण्डित हुदैन किनकि वहाँ त स्वयं अद्वितीय परमात्मा हुनुहुन्छ । जब अज्ञानी पुरुष बादल कुइरो या ग्रहणले आफ्नो आँखालाई ढाक्दा सूर्य नै ढाकिएको मान्छन् त्यसरी वहाँ भगवान् आफ्नो प्राण आदि शक्तिद्वारा आफुलाई ढाक्नुहुन्छ अनि अज्ञानी पुरुष आफू ढाकिएको ठान्छन् ।।३३।।
(अनुष्टुप्)
अथोचुर्मुनयो राजन्नाभाष्यानकदुंदुभिम् ।
सर्वेषां शृणतां राज्ञां तथैवाच्युतरामयोः ॥ ३४ ॥
यसपछि ऋषिहरूले वसुदेवलाई सम्बोधन गर्दै भगवान कृष्ण, बलराम र अन्य राजाहरूको अगाडि भने ।।३४।।
कर्मणा कर्मनिर्हार एष साधुनिरूपितः ।
यच्छ्रद्धया यजेद् विष्णुं सर्वयज्ञेश्वरं मखैः ॥ ३५ ॥
यज्ञादिद्वारा समस्त यज्ञका अधिपति विष्णु भगवानको आराधना गर्नु नै कर्मद्वारा वासनाको क्षय गराउने उत्तम कर्म हो ।।३५।।
चित्तस्योपशमोऽयं वै कविभिः शास्त्रचक्षुषा ।
दर्शितः सुगमो योगो धर्मश्चात्ममुदावहः ॥ ३६ ॥
त्रिकालदर्शी ज्ञानीहरुले शास्त्रको दृष्टिद्वारा यसैलाई आत्मालाई आनन्द गराउने धर्म र सजिलो योग साधन हो भनि बताएका छन् ।।३६।। 
अयं स्वस्त्ययनः पन्था द्विजातेर्गृहमेधिनः ।
यच्छ्रद्धयाऽऽप्तवित्तेन शुक्लेनेज्येत पूरुषः ॥ ३७ ॥
आफ्नो न्यायोचित कमाईको धनले भक्तिपूर्वक भगवानको पूजा आराधना र सेवा गर्नुपर्दछ । गृहस्थि द्विजातिका यो नै परम कल्याणको मार्ग हो ।।३७।। 
वित्तैषणां यज्ञदानैः गृहैर्दारसुतैषणाम् ।
आत्मलोकैषणां देव कालेन विसृजेद्‌बुधः ।
ग्रामे त्यक्तैषणाः सर्वे ययुर्धीरास्तपोवनम् ॥ ३८ ॥
हे वसुदेव ! बुध्दिमान पुरुषले यज्ञ, दान आदि मार्फत धनको इच्छा त्याग्नुपर्छ, गृहस्थ धर्मद्वारा पत्नी र छोराको इच्छा त्याग्नुपर्छ । त्यसैगरी समयको कारणले सबै भोगहरु नष्ट हुँदै जानेछन् भन्ने विचार गरेर सांसारिक इच्छाहरू र पुण्यलोकको इच्छालाई पनि त्याग्नुपर्छ । किनकी धैर्यवान पुरुषहरूले गाउँ घरमै बसेर तीनै प्रकारका इच्छाहरूलाई त्यागेर तपस्याको लागि वनको बाटो अपनाएर उतै जान्थे ।।३८।। 
ऋणैस्त्रिभिर्द्विजो जातो देवर्षिपितॄणां प्रभो ।
यज्ञाध्ययनपुत्रैस्तान्यनिस्तीर्य त्यजन्पतेत् ॥ ३९ ॥
हे राजन् ! ब्राह्मण, क्षत्रिय र वैश्य – यी तीनै वर्णका मानिस, देवता, ऋषि र पितृहरूको ऋण साथैमा लिएर जन्मिएका हुन्छन् । यज्ञ गरेर, पढेर र सन्तान जन्माएर यी ऋणबाट मुक्ति पाउन सकिन्छ । जसले संसारको ऋण नतिरी मोक्षको इच्छा गर्दछ भने त्यो पतन हुन्छ ।।३९।। 
त्वं त्वद्य मुक्तो द्वाभ्यां वै ऋषिपित्रोर्महामते ।
यज्ञैर्देवर्णमुन्मुच्य निर्ऋणोऽशरणो भव ॥ ४० ॥
हे परम बुद्धिमान वसुदेवजी ! अहिले सम्म तपाई ऋषि ऋण र पितृको ऋणबाट मुक्त भैसक्नु भएको छ । अब यज्ञद्वारा देवताहरूको ऋण तिर्नु भई सबै ऋणबाट मुक्त भएर सन्यास लिनुहोस–भगवानको शरणमा जानुहोस् ।।४०।। 
वसुदेव भवान् नूनं भक्त्या परमया हरिम् ।
जगतामीश्वरं प्रार्चः स यद् वां पुत्रतां गतः ॥ ४१ ॥
हे वसुदेव ! तपाईंले अत्यन्त भक्तिपूर्वक भगवान जगदीश्वर भगवानको आराधना गर्नुभएको छ । त्यसैले स्वयं भगवान तपाईहरुको दुई पुत्र हुनुभएको छ ।।४१।।
श्रीशुक उवाच–
इति तद्वचनं श्रुत्वा वसुदेवो महामनाः ।
तानृषीनृत्विजो वव्रे मूर्ध्नाऽऽनम्य प्रसाद्य च ॥ ४२ ॥
श्रीशुकदेवले भन्नुभयो– हे परीक्षित ! यसप्रका ऋषिहरूको वचनहरू सुनेपछि, ती उदार मनका वसुदेवले शिर झुकाएर उनीहरुलाई प्रणम गर्नुभयो अनि यज्ञको ऋत्विकमा वरण गर्नुभयो ।।४२।। 
त एनमृषयो राजन् वृता धर्मेण धार्मिकम् ।
तस्मिन् अयाजयन् क्षेत्रे मखैरुत्तमकल्पकैः ॥ ४३ ॥
हे महाराज ! जब वसुदेवले ऋषिहरुलाई यज्ञमा वणर गरे तव ती ऋषिहरूले कुरुक्षेत्रको पवित्र ठाँउमा उत्तम सामग्रीहरूले यज्ञ गराए ।।४३।। 
तद्दीक्षायां प्रवृत्तायां वृष्णयः पुष्करस्रजः ।
स्नाताः सुवाससो राजन् राजानः सुष्ठ्वलङ्‌कृताः ॥ ४४ ॥
हे राजन परीक्षित ! जब वसुदेवजीले यज्ञको दीक्षा लिनुभयो तब यदुवंशीहरूले स्नान गरे अनि सुन्दर वस्त्रहरु, कमलको माला धारण गरे । अरु त्यहाँ आएका राजाहरूले वस्त्र र गहनाहरू लागएर सजिए ।।४४।। 
तन्महिष्यश्च मुदिता निष्ककण्ठ्यः सुवाससः ।
दीक्षाशालामुपाजग्मुरालिप्ता वस्तुपाणयः ॥ ४५ ॥
हे परीक्षित ! दिक्षाको समय भएपछि वृष्णिवंशी स्त्रीहरु पनि सुन्दर वस्त्र, सुनको हारले सजिएर, आफ्नो हातमा मांगलिक वस्तुहरु लिएर प्रसन्न हुँदै दिक्षशालामा प्रवेश गरे ।।४५।।
नेदुर्मृदङ्‌गपटहशङ्खभेर्यानकादयः ।
ननृतुर्नटनर्तक्यस्तुष्टुवुः सूतमागधाः ।
जगुः सुकण्ठ्यो गन्धर्व्यः सङ्‌गीतं सहभर्तृकाः ॥ ४६ ॥
त्यस समयमा मृदंग,पटह, शंख, भेरी नगडा आदि बाजाहरु बज्न थाले । नटुवाहरू नाच्न थाल भने सुत र मागधले स्तुति गर्न थाले । सुमधुर स्वर भएका गन्धर्व पत्नीहरूले गाउन थाले ।।४६।। 
तमभ्यषिञ्चन् विधिवदक्तमभ्यक्तमृत्विजः ।
पत्नीषभिरष्टादशभिः सोमराजमिवोडुभिः ॥ ४७ ॥
त्यसपछि पुरोहितहरूले आँखामा गाजल लगाएका र नौनी आदि देलेका वसुदेवका अठार पत्नीहरू देवकी आदि सहित वसुदेवलाई बिधि अनुसार अभिषेक गरे । जसरी प्राचीन समयमा चन्द्रमा र तारालाई अभिषेक गरिएको थियो ।।४७।। 
ताभिर्दुकूलवलयैर्हारनूपुरकुण्डलैः ।
स्वलङ्‌कृताभिर्विबभौ दीक्षितोऽजिनसंवृतः ॥ ४८ ॥
त्यस समयमा यज्ञमा दीक्षित भएको कारण वसुदेवले मृगचर्म धारण गरेका थिए तर उनकी पत्नीहरू चाँही सुन्दर साडी, बाला हार, पाउजु, झुम्का र अन्य गहनाहरूले सजिएका थिए । जसले गर्दा विचमा उनीहरुको साथमा रहेका वसुदेव सुन्दर देखिन्थे ।।४८।। 
तस्यर्त्विजो महाराज रत्नीकौशेयवाससः ।
ससदस्या विरेजुस्ते यथा वृत्रहणोऽध्वरे ॥ ४९ ॥
हे महाराज परीक्षित ! यज्ञमा वरण भएका सबै ऋत्विज र सदस्यहरुले पनि  रत्नजडित गहना र रेशमी कपडाले सजाइएको थिए । जसले गर्दा उनीहरु पहिला इन्द्रको यज्ञमा वरण भएका ब्राह्मण जस्तै सुशोभित भएका थिए ।।४९।। 
तदा रामश्च कृष्णश्च स्वैः स्वैर्बन्धुभिरन्वितौ ।
रेजतुः स्वसुतैर्दारैः जीवेशौ स्वविभूतिभिः ॥ ५० ॥
त्यस समयमा सबका मालिक भगवान श्रीकृष्ण र भगवान बलराम सहित आ–आफ्ना दाजुभाइ, पुत्र र पत्नी, बन्धुबान्धवहरुको उपस्थितिले त्यो यज्ञ झनै सुन्दर देखिन्थ्यो ।।५०।। 
ईजेऽनुयज्ञं विधिना अग्निहोत्रादिलक्षणैः ।
प्राकृतैर्वैकृतैर्यज्ञैर्द्रव्यज्ञानक्रियेश्वरम् ॥ ५१ ॥
प्रत्येक यज्ञमा वसुदेवजीले प्राकृत, वैकृत यज्ञद्वारा यज्ञिय विधि अनुसार  भगवान् श्रीकृष्णको पूजा गर्नुभयो ।।५१।। 
अथर्त्विग्भ्योऽददात्काले यथाम्नातं स दक्षिणाः ।
स्वलङ्‌कृतेभ्योऽलङ्‌कृत्य गोभूकन्या महाधनाः ॥ ५२ ॥
त्यसपछि, उचित समयमा वसुदेवले ब्राह्मणहरुलाई लुगा र आभूषणले सजाउनुभयो र प्रशस्त धन, सजाइएका गाईहरू, पृथ्वी र सुन्दर कन्याहरूलाई सजाएर दक्षिणको रुपमा दिनुभयो ।।५२।। 
पत्नीसिंयाजावभृथ्यैश्चरित्वा ते महर्षयः ।
सस्नू रामह्रदे विप्रा यजमानपुरःसराः ॥ ५३ ॥
यसपछि महर्षि ब्राह्मणहरूले वसुदेवलाई पत्नीसंयाज र अवभृथ स्नान सम्बन्धि अवशिष्ट कर्महरु पनि गर्न लगाएर उनीहरुलाई अगाडि  लगाएर आफुले पनि परशुरामले बनाउनु भएको कुण्डमा स्नान गरे ।।५३।।
स्नातोऽलङ्‌कारवासांसि वन्दिभ्योऽदात्तथा स्त्रियः ।
ततः स्वलङ्‌कृतो वर्णानाश्वभ्योऽन्नेन पूजयत् ॥ ५४ ॥
अवभृथ स्नान गरिसकेपछि वासुदेव र उनकी पत्नीहरूले आफ्ना सबै लुगा र गहनाहरू बन्दीहरूलाई दिए । अनि, नयाँ लुगा र गहनाहरूले सजिएर वहाँले ब्राह्मण देखि कुकुरसम्म सबै प्राणीलाई भोजन गराए ।।५४।। 
बन्धून् सदारान् ससुतान् पारिबर्हेण भूयसा ।
विदर्भकोसलकुरून् काशिकेकय सृञ्जयान् ॥ ५५ ॥
सदस्यर्त्विक्सुरगणान् नृभूतपितृचारणान् ।
श्रीनिकेतमनुज्ञाप्य शंसन्तः प्रययुः क्रतुम् ॥ ५६ ॥
त्यसपछि, वसुदेवले आफ्ना दाजुभाइ र आफन्तहरू, उनीहरूका पत्नीहरू र छोराहरू, राजाहरू, सदस्यहरूलाई सत्कार गर्नुभयो । यसैगरी  कोशल, कुरु, काशी, केकय र सृञ्जय आदि देशका राजाहरुलाई र यज्ञमा वरण गरिएका पुरोहित, अन्य सदस्य लगायत मानिस, भूत, पितृ र चारणहरुलाई समेत विभिन्न उपहारहरु दिएर सम्मान गर्नुभयो । त्यसपछि उनीहरू लक्ष्मीपति भगवान श्रीकृष्णको अनुमति लिएर यज्ञको प्रशंसा गर्दै आ–आफ्नो घरमा गए ।।५५–५६।। 
धृतराष्ट्रोऽनुजः पार्था भीष्मो द्रोणः पृथा यमौ ।
नारदो भगवान् व्यासः सुहृत्संबन्धिबान्धवाः ॥ ५७ ॥
बन्धून्परिष्वज्य यदून् सौहृदाक्लिन्नचेतसः ।
ययुर्विरहकृच्छ्रेण स्वदेशांश्चापरे जनाः ॥ ५८ ॥
त्यसबेला राजा धृतराष्ट्र, विदुर, युधिष्ठिर, भीम, अर्जुन, भीष्मपितामह, द्रोणाचार्य, कुन्ती, नकुल, सहदेव, नारद, भगवान व्यासदेव लगायत अन्य आफन्त र मित्रहरूले आफ्ना शुभचिन्तक बन्धु यादवहरूलाई छोडेर वियोगको अत्याधिक पीडा महसुस गर्न थाले । उनीहरूले यदुवंशीहरूलाई ठूलो स्नेहका साथ अंकमाल गरे र सबै सित विदा भएर आफ्नो देशतिर लागे ।।५७–५८।। 
नन्दस्तु सह गोपालैः बृहत्या पूजयार्चितः ।
कृष्णरामोग्रसेनाद्यैर्न्यवात्सीद्‌ बन्धुवत्सलः ॥ ५९ ॥
भगवान श्रीकृष्ण, बलराम र उग्रसेन आदिले नन्दबाबा र अन्य सबै गोपालहरूलाई बिशेष सामग्रीले पूजा गरि सम्मान गरे । आपसि प्रेमका कारण नन्द आदि गोपहरु केही दिन त्यही बसे ।।५९।। 
वसुदेवोऽञ्जसोत्तीर्य मनोरथमहार्णवम् ।
सुहृद्‌वृतः प्रीतमना नन्दमाह करे स्पृशन् ॥ ६० ॥
वसुदेव जीले आफ्नो मनोरथ रुपी महासागर सहजै पार गर्नुभएको थियो । जसले गर्दा धेरै खुसी भएर आफन्त साथमा बसेका नन्दबाबाको हात समातेर भन्नुभयो ।।६०।। 
वसुदेव उवाच–
भ्रातरीशकृतः पाशो नृनां यः स्नेहसंज्ञितः ।
तं दुस्त्यजमहं मन्ये शूराणामपि योगिनाम् ॥ ६१ ॥
वसुदेवले भन्नुभयो– हे भाइ ! भगवानले मानिसको लागि प्रेम रुपी ठूलो बन्धन सिर्जना गर्नुभएको छ । जुुन बन्धनबाट पार पाउन ठुला योगीहरूलाई पनि कठिन छ ।।६१।। 
अस्मास्वप्रतिकल्पेयं यत्कृताज्ञेषु सत्तमैः ।
मैत्र्यर्पिताफला चापि न निवर्तेत कर्हिचित् ॥ ६२ ॥
तपाईले हामी अकृतघ्नहरूप्रति अनुपम मित्रता देखाउनुभएको छ । तपाई जस्ता महान सन्तहरूको स्वभाव नै यस्तै हुन्छ । हामी यसलाई न कहिल्यै पनि यसको बदला तिर्न सक्छौं न त हामी यसको लागि कुनै इनाम नै दिन सक्छौं । तैपनि यो मित्राको सद्भावनाबाट हजुर कहिलेपनि पछि हट्नु हुन्न ।।६२।। 
प्रागकल्पाच्च कुशलं भ्रातर्वो नाचराम हि ।
अधुना श्रीमदान्धाक्षा न पश्यामः पुरः सतः ॥ ६३ ॥
हे भाइ नन्द ! पहिलो कुरा हामी जेलमा बन्द भएका कारणले गर्दा हामीले तपाईको हित वा भलाइको लागि केही गर्न सकेनौं । तर अहिले धनको कारण अन्धो भएकाले आफ्नो अगाडि हुँदा पनि तपाईलाई देख्न सकेको छैनौं ।।६३।।
मा राज्यश्रीरभूत् पुंसः श्रेयस्कामस्य मानद ।
स्वजनानुत बन्धून् वा न पश्यति ययान्धदृक् ॥ ६४ ॥
अरूलाई सम्मान दिने तर आफ्नो लागि सम्मान नचाहने भाइ नन्द ! जसले राम्रो चाहन्छ, उसका लागि राज्यलक्षी प्राप्त नहोस् किनभने धनको कारण मानिस अन्धो हुन्छ र आफ्ना दाजुभाइ, आफन्त र साथीभाइलाई पनि देख्न सक्दैन ।।६४।। 
श्रीशुक उवाच–
एवं सौहृदशैथिल्यचित्त आनकदुन्दुभिः ।
रुरोद तत्कृतां मैत्रीं स्मरन्नश्रुविलोचनः ॥ ६५ ॥
श्रीशुकदेवले भन्नुभयो– हे परीक्षित ! ययसरी कुरा गर्दै गर्दा वसुदेवको मन प्रेमले भरियो । उनले नन्द बाबाको मित्रता र ब्यवहारलाई सम्झेर आँखाबाट आँसु खसालेर रुन थाले ।।६५।। 
नन्दस्तु सख्युः प्रियकृत् प्रेम्णा गोविन्दरामयोः ।
अद्य श्व इति मासांस्त्रीन् यदुभिर्मानितोऽवसत् ॥ ६६ ॥
नन्द आफ्नो मित्र वसुदेवलाई खुशी पार्न र भगवान कृष्ण र बलरामको प्रेममा बाँधिएर, यदुवंशीहरुलाई खुसी पार्न त्यहाँ तीन महिना बसे ।।६६।। 

ततः कामैः पूर्यमाणः सव्रजः सहबान्धवः ।
परार्ध्याभरणक्षौमनानानर्घ्यपरिच्छदैः ॥ ६७ ॥
त्यसपछि वसुदेव, उग्रसेन, श्रीकृष्ण, वलराम र उध्दवले पनि नन्द बाबा सहित व्रजवासी र आफन्तहरूलाई बहुमूल्य गहना, रेशमी वस्त्र, विभिन्न प्रकारका उत्तम वस्तुहरू र भेटीहरूले तृप्त पारे ।।६७।।
वसुदेवोग्रसेनाभ्यां कृष्णोद्धवबलादिभिः ।
दत्तमादाय पारिबर्हं यापितो यदुभिर्ययौ ॥ ६८ ॥

त्यसपछि नन्द लगायत सबै व्रववासीहरु वसुदेवादिले दिएको उपहारहरु स्वीकार गरेर सबैसंग बिदा भएर व्रजतिर लागे ।।६८।।
नन्दो गोपाश्च गोप्यश्च गोविन्दचरणाम्बुजे ।
मनः क्षिप्तं पुनर्हर्तुमनीशा मथुरां ययुः ॥ ६९ ॥
नन्दबाबा, गोप र गोपीहरूको मन भगवान कृष्णको चरणकमलमा यसरी लागेको थियो कि  घेरै प्रयास गर्दा पनि उनीहरूले त्यसलाई त्यहाँ हटाउन नसकि व्रजतिर लागे ।।६९।। 
बन्धुषु प्रतियातेषु वृष्णयः कृष्णदेवताः ।
वीक्ष्य प्रावृषमासन्नां ययुर्द्वारवतीं पुनः ॥ ७० ॥
सबै यदुवंशीहरुका परंदेवता श्रीकृष्ण नै हुनुहुन्थ्यो । आफ्ना बन्धु र आफन्तहरू त्यहाँबाट फर्किएका र वर्षाऋतु पनि लागेका ले यदुवंशीहरु पनि  द्वारकातिर लागे ।।७०।। 
जनेभ्यः कथयाञ्चक्रुर्यदुदेवमहोत्सवम् ।
यदासीत्तीर्थयात्रायां सुहृत्संदर्शनादिकम् ॥ ७१ ॥
द्वारका फर्किएपछि उनीहरुले वसुदेवको यज्ञ र तीर्थयात्रामा आफ्ना बन्धुबान्धवहरुसंग भएको भेटघाटको विषयका घटनाहरु द्वारकाबासीहरुलाई बताए ।।७१।।
इति श्रीमद्भागगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
तीर्थयात्रानुवर्णनं नाम चतुरशीतितमोऽध्यायः ॥ ८४ ॥