श्रीमद्भागवत महापुराण
दशमस्कन्धः – एकोनषष्टित्तमोऽध्यायः
राजोवाच–
(अनुष्टुप्)
यथा हतो भगवता भौमो येन च ताः स्त्रियः ।
निरुद्धा एतदाचक्ष्व विक्रमं शार्ङ्गधन्वनः ॥ १ ॥
राजा परीक्षितले सोधे– भौमासुरले ती हजारौं महिलाहरुलाई कसरी बन्दि बनाएको थियो र ती महिलाहरूलाई कैद गर्ने भौमासुरलाई भगवान कृष्णले किन र कसरी मार्नुभयो ? कृपया अब मलाई साङ्र्गधन्वा भगवान श्रीकृष्णको यस अद्वितीय चरित्र वर्णन गर्नुहोस् ।।१।।
श्रीशुक उवाच–
इन्द्रेण हृतछत्रेण हृतकुण्डलबन्धुना ।
हृतामराद्रिस्थानेन ज्ञापितो भौमचेष्टितम् ।
सभार्यो गरुडारूढः प्राग्ज्योतिषपुरं ययौ ॥ २ ॥
श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित ! भौमासुरले वरुणको छत्र र देवमाता अदितिको कानको कुण्डल हरण गरेको थियो । उसको यस कार्यबाट अपमानित हुन पुगेका राजा इन्द्र द्वारिका आएर भगवान श्रीकृष्णलाई भौमासुरको कुकृत्यका बारेमा बताए । त्यसपछि भगवान श्रीकृष्ण आफ्नी प्यारी पत्नी सत्यभामालाई साथमा लिएर गरुडमा चढेर भौमासुरको नगर प्रागज्योतिषपुरमा जानुभयो ।।२।।
गिरिदुर्गैः शस्त्रदुर्गैर्जलाग्न्यनिलदुर्गमम् ।
मुरपाशायुतैर्घोरैर्दृढैः सर्वत आवृतम् ॥ ३ ॥
प्रागज्योतिषपुर प्रवेश गर्न धेरै गाह्रो थियो । यसको चारैतिरे पहाडी किल्लाहरूले घेरिएको थियो र किल्ला भित्रबाट यसलाई केही हतियारहरूले घेरिएको थियो । पानीले भरिएको खाडल, आगो वा हावाका किल्लाहरु थियो र यस भित्र, मुर नामक दैत्यले बनाएको दशौं हजार बलिया र बाक्लो पाशोहरूले त्यो प्राग्ज्योतिषपुर घेरिएको थियो ।।३।।
गदया निर्विभेदाद्रीन् शस्त्रदुर्गाणि सायकैः ।
चक्रेणाग्निं जलं वायुं मुरपाशांस्तथासिना ॥ ४ ॥
भगवान कृष्णले आफ्नो गदाको प्रहारले पहाडका किल्लाहरु ध्वस्त पार्नुभयो र आफ्ना बाणले प्रहार गरेर त्यहाँका हतियार पनि ध्वस्त पार्नुभयो । त्यसैगरी वहाँले आफ्नो सुदर्शन चक्रले अग्नि, पानी र वायुको चार पर्खालहरू पनि नष्ट गर्नुभयो । त्यसैगरी आफ्नो तरवारले मुरपासलाई पनि काटेर त्यसलाई छिन्नभिन्न पर्नुभयो ।।४।।
शङ्खनादेन यन्त्राणि हृदयानि मनस्विनाम् ।
प्राकारं गदया गुर्व्या निर्बिभेद गदाधरः ॥ ५ ॥
भगवान्ले आफ्नो पांचजन्यशंखको आवाजले त्यहाँ जडान गरिएका विशाल यन्त्रहरु र यन्त्र चलाउँने वीर पुरुषहरूको हृदयलाई पनि टुक्रा–टुक्रा पारिदिनुभयो र भगवान गधाधरले आफ्नो गदा प्रहार गरेर शहरको पर्खालहरु ध्वस्त पार्नुभयो ।।५।।
पाञ्चजन्यध्वनिं श्रुत्वा युगान्तशनिभीषणम् ।
मुरः शयान उत्तस्थौ दैत्यः पञ्चशिरा जलात् ॥ ६ ॥
भगवानको पञ्चजन्य शंखको आवाज प्रलयको समयमा बिजुलीको गर्जन जस्तै भयानक डरलाग्दो थियो । यो सुनेर पाँच टाउको भएको मुर दैत्य ब्युँझिएर पानिबाट बाहिर निस्कियो ।।६।।
(मिश्र)
त्रिशूलमुद्यम्य सुदुर्निरीक्षणो
युगान्तसूर्यानलरोचिरुल्बणः ।
ग्रसंस्त्रिलोकीमिव पञ्चभिर्मुखै–
रभ्यद्रवत्तार्क्ष्यसुतं यथोरगः ॥ ७ ॥
त्यो दैत्य प्रलयको समयको सूर्य र आगो जस्तै तेजस्वी थियो । ऊ यति डरलाग्दो थियो कि उसलाई हेर्न नसकिने थियो । त्यस मुरले आफ्नो त्रिशूल उठायो र सर्पले गरुड माथि जाइलागे जसरी भगवान तिर जाइलाग्यो । मानौं कि उसको पाँच मुखले तीनै लोकलाई निलौंला जस्तो गरेर ।।७।।
आविध्य शूलं तरसा गरुत्मते
निरस्य वक्त्रैर्व्यनदत् स पञ्चभिः ।
स रोदसी सर्वदिशोऽन्तरं महा–
नापूरयन्नण्डकटाहमावृणोत् ॥ ८ ॥
उसले आफ्नो त्रिशूल तीव्र गतिमा उचालेर गरुडमाथि प्रहार गर्यो र त्यसपछि आफ्ना पाँचै मुखले ठूलो स्वरले गर्जन थाल्यो । उसको गर्जनको आवाज पृथ्वी, आकाश, पाताल र दशै दिशामा र सम्पूर्ण ब्रह्माण्ड फैलियो ।।८।।
तदापतद् वै त्रिशिखं गरुत्मते
हरिः शराभ्यामभिनत्त्रिधौजसा ।
मुखेषु तं चापि शरैरताडयत्
तस्मै गदां सोऽपि रुषा व्यमुञ्चत ॥ ९ ॥
भगवान श्रीकृष्णले त्यो मुर दैत्यले प्रहार गरेको त्रिशूल तीव्र गतिमा गरुडतिर आउँदै गरेको देख्नुभयो त्यसपछि वहाँले तुरुन्तै दुईवटा बाण प्रहार गरेर त्रिशूललाई तीन टुक्रा पारिदिनुभयो । साथै भगवानले मुरको मुखमा ताकेर धेरै बाण प्रहार गर्नुभयो । जसले गर्दा त्यो मुर दैत्य धेरै क्रोधित भयो र उसले आफ्नो गदाले भगवानमाथि आक्रमण गर्यो ।।९।।
तामापतन्तीं गदया गदां मृधे
गदाग्रजो निर्बिभिदे सहस्रधा ।
उद्यम्य बाहूनभिधावतोऽजितः
शिरांसि चक्रेण जहार लीलया ॥ १० ॥
तर, भगवान कृष्णले मुर दैत्यले प्रहार गरेको गदा आफूसम्म पुग्नुभन्दा पहिले नै टुक्रा–टुक्रा पारिदिनुभयो । अब हतियारविहीन भएर उसले आफ्ना हातहरू फैलाएर श्रीकृष्ण भएतिर दौड्यो त्यसबेला भगवान श्रीकृष्णले आफ्नो सुदर्शनचक्रले सजिलैसंग उसको पाँचै वटा शिर काटिदिनुभयो ।।१०।।
व्यसुः पपाताम्भसि कृत्तशीर्षो
निकृत्तशृङ्गोऽद्रिरिवेन्द्रतेजसा ।
तस्यात्मजाः सप्त पितुर्वधातुराः
प्रतिक्रियामर्षजुषः समुद्यताः ॥ ११ ॥
टाउको काट्ने बित्तिकै मुर दैत्य जसरी इन्द्रको वज्रपातले पहाडको चुचुरो काटिएर गिरेको थियो त्यसरी नै पानीमा ढलेर प्राण गुमायो । त्यो मुर दैत्यको सातवटा छोराहरु थिए । उनीहरु आफ्नो पिताको मृत्युबाट उनी धेरै दुःखी भए र बदला लिनको लागि रिसाउदै हतियार उठाए ।।११।।
ताम्रोऽन्तरिक्षः श्रवणो विभावसु–
र्वसुर्नभस्वानरुणश्च सप्तमः ।
पीठं पुरस्कृत्य चमूपतिं मृधे
भौमप्रयुक्ता निरगन् धृतायुधाः ॥ १२ ॥
ती ताम्र, अन्तरिक्ष, श्रवण, विभावसु, वसु, नभस्वान र अरुण नामका छोराहरु हतियारले सुसज्जित भएर पीठ नामक राक्षसलाई आफ्नो सेनापति बनाए र भौमासुरको आदेशमा श्रीकृष्णमाथि आक्रमण गरे ।।१२।।
प्रायुञ्जतासाद्य शरानसीन् गदाः
शक्त्यृष्टिशूलान्यजिते रुषोल्बणाः ।
तच्छस्त्रकूटं भगवान् स्वमार्गणै–
रमोघवीर्यस्तिलशश्चकर्त ह ॥ १३ ॥
ती असुरहरुले भगवान श्रीकृष्णमाथि बाण, तरवार, गदा, शक्ति, ऋष्टि र त्रिशूल आदि हतियारहरू वर्षा गर्न थाले भगवानको शक्ति अमोघ असीम छ । वहाँले आफ्ना बाणहरूले तिनीहरूले प्रहार गरेका हतियारहरूलाई एक–एक गरी काटेर तिलको गेडा जत्रो टुक्रा टुक्रा बनाइदिनुभयो ।।१३।।
तान्पीठमुख्याननयद् यमक्षयं
निकृत्तशीर्षोरुभुजाङ्घ्रिवर्मणः ।
स्वानीकपानच्युतचक्रसायकै–
स्तथा निरस्तान् नरको धरासुतः ॥ १४ ॥
(वंशस्था)
निरीक्ष्य दुर्मर्षण आस्रवन्मदै(
र्गजैः पयोधिप्रभवैर्निराक्रमात् ।
दृष्ट्वा सभार्यं गरुडोपरि स्थितं
सूर्योपरिष्टात् सतडिद्घनं यथा ।
कृष्णं स तस्मै व्यसृजच्छतघ्नीं
योधाश्च सर्वे युगपत् स्म विव्यधुः ॥ १५ ॥
त्यसपछि भगवान् श्रीकृष्णले पनि आफ्नो शस्त्रहरु प्रहार गरेर ती असुरहरुको टाउको, तिघ्रा, हात, खुट्टा र कवच आदि काटेर उनीहरुलाई यमलोक पठाइदिनुभयो । भगवान कृष्णको सुदर्शन चक्र र बाणको प्रहारले आफ्ना सेनापतिहरु पीठ ताम्र आदि दैत्यहरु मरेका देखेर त्यो नरकासुर पनि भनिने पृथ्वी पुत्र भौमासुर रिसले अत्यन्तै क्रोधित भयो र उसले समुद्रमा जन्मेका धेरै मदोन्मत्त हात्तीहरूको सेना लिएर युध्द गर्न भनि आफ्नो शहरबाट बाहिर निस्कियो । उसले भगवान श्रीकृष्णलाई सूर्य समान तेजिलो युक्त भएको वर्षाकालको श्याम मेघ झैं गरुडमाथि आफ्नी पत्नी सत्यभामाका साथमा बस्नु भएको देखेर त्यस भौमासुरले भगवानमाथि शतघ्नी नामक अश्त्र प्रहार गर्यो । यसरी नै उसका सबै सैनिकहरूले पनि एकैसाथ आफ्ना अस्त्रहरूले भगवान् माथि प्रहार गरे ।।१४–१५ ।।
तद्भौमसैन्यं भगवान् गदाग्रजो
विचित्रवाजैर्निशितैः शिलीमुखैः ।
निकृत्तबाहूरुशिरोध्रविग्रहं
चकार तर्ह्येव हताश्वकुञ्जरम् ॥ १६ ॥
गदाग्रज भगवान कृष्णले पनि विचित्रका प्वाँख भएका तीखा र धारिला बाणहरू प्रहार गरेर भौमासुरको बिशाल सेनाहरुको हात, तिघ्रा, घाँटी र शरीर काटिदिनुभयो । यसैगरी हात्ती र घोडाहरू पनि मारिदिनुभयो ।।१६।।
(अनुष्टुप्)
यानि योधैः प्रयुक्तानि शस्त्रास्त्राणि कुरूद्वह ।
हरिस्तान्यच्छिनत्तीक्ष्णैः शरैरेकैकशस्त्रिभिः ॥ १७ ॥
हे कुरुश्रेष्ठ परीक्षित ! भौमासुरका सिपाहीहरूले भगवानमाथि प्रहार गरेका प्रत्येक हतियारलाई भगवानले तीनवटा तीखा बाणहरूले काटिदिनुभयो ।।१७।।
उह्यमानः सुपर्णेन पक्षाभ्यां निघ्नता गजान् ।
गुरुत्मता हन्यमानास्तुण्डपक्षनखैर्गजाः ॥ १८ ॥
पुरमेवाविशन्नार्ता नरको युध्ययुध्यत ।
दृष्ट्वाि विद्रावितं सैन्यं गरुडेनार्दितं स्वकं ॥ १९ ॥
तं भौमः प्राहरच्छक्त्या वज्रः प्रतिहतो यतः ।
नाकम्पत तया विद्धो मालाहत इव द्विपः ॥ २० ॥
त्यस समयमा भगवान श्रीकृष्ण गरुडमा सवार हुनुहुन्थ्यो भने यता गरुडजी पनि आफ्नो पखेटाले हात्तीहरु मारिरहेका थिए । गरुडको चुच्चो, पखेटा र पञ्जाको प्रहारबाट हात्तीहरुलाई ठूलो पीडा भएकाले उनीहरु युद्धभूमिबाट भागेर शहरमा फर्के । अब त्यहाँ भूमासुर एक्लै लडिरहेका थियो । उसले आफ्ना सेना हात्तीहरु भगेको देखेर गरुड माथि शक्तिशाल अस्त्र प्रहार गर्यो तर त्यो अस्त्रले हात्ती कुनै विचलित भएन उसलाइ फूलको मालाले प्रहार गरेजस्तो भयो ।।१८–२०।।
शूलं भौमोऽच्युतं हन्तुमाददे वितथोद्यमः ।
तद्विसर्गात् पूर्वमेव नरकस्य शिरो हरिः ।
अपाहरद् गजस्थस्य चक्रेण क्षुरनेमिना ॥ २१ ॥
अब भौमासुरले आफ्नो सबै प्रयासहरू असफल भएकोले उसले भगवान श्रकृष्णलाई मार्न भनि त्रिशूल उठायो । तर उसले त्यो त्रिशूल प्रहार गर्नुभन्दा अगाडि नै भगवान श्रीकृष्णले आफ्नो तीखो सुदर्शन चक्रको प्रहाले हात्तीमा बसेको भौमासुरको टाउको काटिदिनुभयो ।।२१।।
(मिश्र)
सकुण्डलं चारुकिरीटभूषणं
बभौ पृथिव्यां पतितं समुज्ज्वलम् ।
हा हेति साध्वित्यृषयः सुरेश्वरा
माल्यैर्मुकुन्दं विकिरन्त ईडिरे ॥ २२ ॥
सुन्दर मुकुट र कण्डलले युक्त भएको भौमासुरको चम्किलो शिर भुइँमा खस्यो । उसलाई देखेर भौमासुरका आफन्तहरू कराएर हाय हाय भन्नथाले भने ऋषिहरूले उनलाई साधु–साधु राम्रो राम्रो भन्न थाले आकाशबाट इन्द्रादि देवताहरूले पूष्प वृष्टि गरेर भगवानको स्तुति गर्न थाले ।।२२।।
ततश्च भूः कृष्णमुपेत्य कुण्डले ।
प्रतप्तजाम्बूनदरत्न।भास्वरे ।
सवैजयन्त्या वनमालयार्पयत्
प्राचेतसं छत्रमथो महामणिम् ॥ २३ ॥
त्यसपछि पृथ्वी (भौमासुरकी आमा) श्रीकृष्ण नजिक आएर वहाँलाई वैजयन्तिसँगै वनको माला लगाइदिइन् र अति तातो सुनले बनेको र रत्नहरूले जडित चम्किलो दुई कुण्डल, वरुणको छात्र र मणिपर्वत सहित ल्याएर भगवान्लाई फिर्ता दिइन ।।२३।।
(अनुष्टुप्)
अस्तौषीदथ विश्वेशं देवी देववरार्चितम् ।
प्राञ्जलिः प्रणता राजन् भक्तिप्रवणया धिया ॥ २४ ॥
हे राजन् ! यसपछि, पृथ्वी देवीले सबै ब्रह्माआदि देवताहरूद्वारा पूजा गरिएका भगवान विश्वेश्वर भगवान श्रीकृष्णलाई दुवै हात जोडेर नमस्कार गरिन् अनि भक्तिभावले उहाँको स्तुति गर्न थालिन् ।।२४।।
भूमिरुवाच
नमस्ते देवदेवेश शङ्खचक्रगदाधर ।
भक्तेच्छोपात्तरूपाय परमात्मन्नमोऽस्तु ते ॥ २५ ॥
पृथिवीदेवीले भनिन् – हे शंखचक्र र गदाधारी हे देवदेवेश्वर ! हजुर आफ्ना भक्तहरूको इच्छा पूरा गर्न अनेक अवतार लिएर प्रकट हुनुहुन्छ, म हजुरलाई नमस्कार गर्दछु ।।२५।।
नमः पङ्कजनाभाय नमः पङ्कजमालिने ।
नमः पङ्कजनेत्राय नमस्ते पङ्कजाङ्घ्रये ॥ २६ ॥
हे कृष्ण ! नाभिमा कमल हुनुभएका, गलामा कमलको माला लगाउनु भएका, कमल जस्तै चम्किलो नेत्र हुनुभएका कोपल पाउ हुनुभएका यस्ता हजुरलाई म नमस्कार गर्दछु ।।२६।।
नमो भगवते तुभ्यं वासुदेवाय विष्णवे ।
पुरुषायादिबीजाय पूर्णबोधाय ते नमः ॥ २७ ॥
हजुरमा समग्र समृद्धि, धर्म, कीर्ति, धन, ज्ञान वैराग्यका आश्रय हुनुहुन्छ, सर्वव्यापक हुनुहुन्छ तापनि वासुदेवका पुत्र श्रीकृष्णका रुपमा हुनुहुन्छ । हजुर सम्पूर्ण जगतका कारण हुनुहुन्छ यस्ता ज्ञानस्वरुप हजुरलाई म नमस्कार गर्दछु ।।२७।।
अजाय जनयित्रेऽस्य ब्रह्मणेऽनन्तशक्तये ।
परावरात्मन् भूतात्मन् परमात्मन् नमोऽस्तु ते ॥ २८ ॥
हे प्रभु ! हजुर कारण र कार्यका रुपमा विराजमान रहनुहुन्छ यो पंचमहाभूत ब्रह्माण्ड पनि हजुर नै हो । हजुर आफैं अजन्मा हुनुहुन्छ, तर यस ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ । यस्ता परब्रह्म परमात्मालाई म नमस्कार गर्दछु ।।२८।।
(मिश्र)
त्वं वै सिसृक्षु रज उत्कटं प्रभो
तमो निरोधाय बिभर्ष्यसंवृतः ।
स्थानाय सत्त्वं जगतो जगत्पते
कालः प्रधानं पुरुषो भवान् परः ॥ २९ ॥
हे प्रभु ! जब हजुर संसारको सृष्टि गर्न चाहनुहुन्छ, तब कार्योन्मुख रजोगुणलाई स्वीकार गर्नुहुन्छ, संहारका लागि तमोगुण स्वीकार गर्नुहुन्छ, र जब हजुर यस जगतलाई पालन गर्न चाहनुहुन्छ, तव सत्वगुणलाई स्वीकार गर्नुहुन्छ । तर यी सबै कार्य गर्दा पनि हजुरमा कुनै गुण रहँदैन स्वतन्त्र हुनुहुन्छ । हे जगतका स्वामी ! हजुर काल प्रकृति र पुरुषको रुपमा रहेर पनि त्यसबाट टाढा रहनुहुन्छ ।।२९।।
अहं पयो ज्योतिरथानिलो नभो
मात्राणि देवा मन इन्द्रियाणि ।
कर्ता महानित्यखिलं चराचरं
त्वय्यद्वितीये भगवन्नयं भ्रमः ॥ ३० ॥
हे प्रभु ! पृथ्वी, जल, अग्नि, वायु, आकाश यी पञ्चतत्व, तथा शव्द आदि तन्मात्रा, अग्नि आदि इन्द्रिय र तिनका अधिष्ठात्री देवता, मन, अहंकार महतत्व यि सबै चराचर जगत सबै हजुरमा ओतप्रोत छ ता पनि मायाले गर्दा यो जगत हजुरमा देखिएको जस्तो मात्र हो ।।३०।।
तस्यात्मजोऽयं तव पादपङ्कजं
भीतः प्रपन्नार्तिहरोपसादितः ।
तत् पालयैनं कुरु हस्तपङ्कजं
शिरस्यमुष्याखिलकल्मषापहम् ॥ ३१ ॥
हे सम्पूर्ण भक्तको दुःख नाश गर्ने भगवान् ! यो भौमासुरको छोरो मेरो नाति भगदत्त अत्यन्तै डराएको छ । मैले यसलाई हजुरको चरणकमलमा ल्याएको छु । हे भगवान् ! कृपया यसको रक्षा गर्नुहोस् र आफ्नो कर कमल यसको शिरमा राखिदिनुहोस् ।।३१।।
श्रीशुक उवाच–
(अनुष्टुप्)
इति भूम्यर्थितो वाग्भिर्भगवान् भक्तिनम्रया ।
दत्त्वाभयं भौमगृहं प्राविशत् सकलर्द्धिमत् ॥ ३२ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! जब पृथ्वी भक्तिभावले विनम्र भएर यसरी भगवान कृष्णको स्तुतिगान वाचन गरिन् तब भगवान् श्रीकृष्णले भगदत्तलाई अभयदान दिनुभयो र सम्पूर्ण सुविधाले युक्त भएको भौमासुरको दरबारमा प्रवेश गर्नुभयो ।।३२।।
तत्र राजन्यकन्यानां षट्सहस्राधिकायुतम् ।
भौमाहृतानां विक्रम्य राजभ्यो ददृशे हरिः ॥ ३३ ॥
भगवान्ले त्यहाँ भौमासुरको दरबारमा उसले आफ्ना पराक्रमले राजाहरूबाट अपहरण गरेर ल्याएका सोह्र हजार रानीहरूलाई बन्दी बनाएर जबरजस्ती राखेको देख्नुभयो ।।३३।।
तं प्रविष्टं स्त्रियो वीक्ष्य नरवर्यं विमोहिताः ।
मनसा वव्रिरेऽभीष्टं पतिं दैवोपसादितम् ॥ ३४ ॥
जब ती रानीहरुले श्रीकृष्ण भित्री कोठामा आउँदै गरेको देखे तब वहाँलाई देखेर उनीहरू मोहित भए र मनमनै वहाँलाई पतिको रुपमा माने ।।३४।।
भूयात् पतिरयं मह्यं धाता तदनुमोदताम् ।
इति सर्वाः पृथक् कृष्णे भावेन हृदयं दधुः ॥ ३५ ॥
यि श्रीकृष्ण मेरा पति होउन, सृष्टिकर्ताले मेरो इच्छा पुरा गरिदिउन भने ती सबै राजकुमारीहरुले प्रार्थना गरे । यसरी प्रार्थना गर्दा उनीहरुले आफ्नो हृदय पूर्णरुपमा श्रीकृष्णमा लगाएका थिए ।।३५।।
ताः प्राहिणोद् द्वारवतीं सुमृष्टविरजोऽम्बराः ।
नरयानैर्महाकोशान् रथाश्वान् द्रविणं महत् ॥ ३६ ॥
त्यसपछि भगवान श्रीकृष्णले स्नान गरेर सुन्दर वस्त्र पहिरिएका ती राजकन्याहरुलाई पालकीमा चढाएर द्वारका पठाउनुभयो । त्यहाँ भएका रथ, घोडा खजाना र धेरै सम्पत्ति पनि द्वारका पठाउनुभयो ।।३६।।
ऐरावतकुलेभांश्च चतुर्दन्तांस्तरस्विनः ।
पाण्डुरांश्च चतुःषष्टिं प्रेरयामास केशवः ॥ ३७ ॥
त्यहाँबाट भगवानले ऐरावतको वंशमा जन्मेका चार चार दाँत भएका खैरो वर्णका चौसठ्ठीवटा हात्तीहरू पनि द्वारका पठाउनुभयो ।।३७।।
गत्वा सुरेन्द्रभवनं दत्त्वादित्यै च कुण्डले ।
पूजितस्त्रिदशेन्द्रेण सहेन्द्राण्या च सप्रियः ॥ ३८ ॥
यसपछि भगवान श्रीकृष्ण सत्यभामालाई साथैमा लिएर अमरावतीमा रहेको देवराज इन्द्रको दरबारमा जानुभयो । त्यहाँ देवराज इन्द्रले आफ्नी पत्नी इन्द्राणीसँग मिलेर सत्यभामाजी र भगवान श्रीकृष्णको पूजा सत्कार गरे । त्यसपछि भगवानले अदितिलाई भौमासुरले हरण गरेको कुण्डल दिनुभयो ।।३८।।
चोदितो भार्ययोत्पाट्य पारीजातं गरुत्मति ।
आरोप्य सेन्द्रान् विबुधान् निर्जित्योपानयत् पुरम् ॥ ३९ ॥
त्यहाँबाट फर्कने क्रममा सत्यभामाले इच्छा गरेको हुँदा भगवान कृष्णले पारिजातको वृक्षलाई उखेलेर गरुडमा राख्नुभयो र यो देखेर विरोध गर्न आएका देवराज इन्द्र लगायत सबै देवताहरूलाई पराजित गरेर पारिजातलाई द्वरकामा ल्याउनुभयो ।।३९।।
स्थापितः सत्यभामाया गृहोद्यानोपशोभनः ।
अन्वगुर्भ्रमराः स्वर्गात् तद्गन्धासवलम्पटाः ॥ ४० ॥
भगवानले त्यस पारिजातलाई सत्यभामाको महल नजिकै बगैंचामा रोप्नुभयो । जसले गर्दा त्यो बगैंचाको सौन्दर्यलाई निकै बढायो । त्यो पारिजातको सुगन्घबाट लोभिएर भवराहरु स्वर्गलाई छाडेर द्वारकामा आएका थिए ।।४०।।
(मिश्र)
ययाच आनम्य किरीटकोटिभिः
पादौ स्पृशन्नच्युतमर्थसाधनम् ।
सिद्धार्थ एतेन विगृह्यते महा–
नहो सुराणां च तमो धिगाढ्यताम् ॥ ४१ ॥
हे परीक्षित ! हेर्नुहोस् जब आफ्नो स्वार्थ सिध्द गराउनको लागि भौमासुरलाई मार्नुथियो त्यतिबेला इन्द्रले आफ्नोे शिर झुकाएर आफ्नो मुकुटको टुप्पोले भगवान कृष्णको पाउ छोएर उहाँसँग मद्दतकोलागि प्रार्थना गरे । तर जब उनको काम भगवान्ले पुरा गरिदिनुभयो तब पारिजातका लागि भगवानसंग युध्द गरे । यी देवताहरू सत्वगुणी भएर पनि उनीहरुमा अज्ञानता छ यसको कारण धन हो त्यसैले यस्तो धनलाई धिक्कार मान्नुपर्छ ।।४१।।
(अनुष्टुप्)
अथो मुहूर्त एकस्मिन् नानागारेषु ताः स्त्रियः ।
यथोपयेमे भगवांस्तावद्रूपधरोऽव्ययः ॥ ४२ ॥
द्वारकामा फर्केपछि भगवानले एकै समय र मुहुर्तमा ती विभिन्न रुप धारण गरेर ती सोह्रहजार रानीलाई शास्त्रिय विधि अनुसार विवाह गर्नुभयो ।।४२।।
(वंशस्था)
गृहेषु तासामनपाय्यतर्ककृ–
न्निरस्तसाम्यातिशयेष्ववस्थितः ।
रेमे रमाभिर्निजकामसम्प्लुतो
यथेतरो गार्हकमेधिकांश्चरन् ॥ ४३ ॥
भगवान्का ती सबै पत्नीहरुको दरबारहरू यस्ता दिव्य सामग्रीहरूले भरिएका थिए कि जुन त्यो बराबर अन्त कतैपनि मिल्न सक्दैनत्यो । त्यस्तो सुविधा सम्पन्न महलमा बस्दा पनि भगवान् सामान्य मनुष्यको जस्तो ब्यवहार गर्नुहुन्थ्यो । जगतका कर्ता भगवान कृष्ण आफ्नो आत्माको आनन्दले पूर्ण भएर पनि लक्ष्मीका अंश भएका ती सोह्रहजार एकसय पत्नीहरुका साथमा विहार गर्नुभयो ।।४३।।
(वसंततिलका)
इत्थं रमापतिमवाप्य पतिं स्त्रियस्ता
ब्रह्मादयोऽपि न विदुः पदवीं यदीयाम् ।
भेजुर्मुदाविरतमेधितयानुराग–
हासावलोकनवसङ्गमजल्पलज्जाः ॥ ४४ ॥
हे परीक्षित ! ब्रह्मा आदि ठूला देवताहरूलाई पनि भगवानको वास्तविक स्वरूप र उहाँलाई प्राप्त गर्ने मार्गका बारेमा थाहा पाउन सक्दैनन् । तस्ता लक्ष्मीपति श्रीकृष्णलाई ती रानीहरुले आफ्नो पतिको रूपमा पाएकाले उनीहरुमा दिन प्रतिदिन भगवान् प्रति प्रेम बढ्दै गयो । उनीहरुले वहाँ भगवान्को मन्द मुस्कान सहितको हेराइ नयाँ वातचित र लजालुभावले युक्त भएर आनन्दसंग भगवानको सेवा गरे ।।४४।।
प्रत्युद्गमासनवरार्हणपदशौच–
ताम्बूलविश्रमणवीजनगन्धमाल्यैः ।
केशप्रसारशयनस्नपनोपहार्यै–
र्दासीशता अपि विभोर्विदधुः स्म दास्यम् ॥ ४५ ॥
ती सबै पत्नीहरूहरुका सयौं दासीहरू थिए तैपनि उनीहरुले आफैंले नैं भगवान्को स्वागत सेवा गरे । भगवान् दरवारमा आउँनुहुँदा उहाँलाई उत्तम आसनमा बसाएर जल अर्घ्य आनि उत्तम सामग्रीले उहाँको पूजा सत्कार गर्ने, पाउ धोइदिने उहाँलाई ख्वाइदिने अत्तर, चन्दन माला आदि लगाइदिने केश कोरिदिने उहाँलाई सुताउने र विभिन्न प्रकारका भोजन गराउने गरेर आफ्नै हातले भगवानको सेवा गर्ने गर्दथे ।।४५।।
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे
पारिजातहरणनरकवधो नाम एकोनषष्टितमोऽध्यायः ॥ ५९ ॥
