#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – त्रिपञ्चाशत्तमोऽध्यायः



श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – त्रिपञ्चाशत्तमोऽध्यायः



श्रीशुक उवाच–
(अनुष्टुप्)
वैदर्भ्याः स तु सन्देशं निशम्य यदुनन्दनः ।
प्रगृह्य पाणिना पाणिं प्रहसनिदमब्रवीत् ॥१॥

श्रीशुकदेवजीले भन्नुभयो– विदर्भकीराजकुमारी रुक्मिणीको यो सन्देश सुनेर भगवान श्रीकृष्णले आफ्नो हातले ब्राह्मणको हात समातेर मुस्कुराउँदै यसो भन्नुभयो। १ ।। 

श्रीभगवानुवाच–
तथाहमपि तच्चित्तो निद्रां च न लभे निशि ।
वेदाहं रुक्मिणा द्वेषान्ममोद्वाहो निवारितः ॥२॥
भगवान श्रीकृष्णले भन्नुभयो– जसरी रुक्मिणीले मलाई सम्झेर व्याकुल भएकी छिन् त्यसैगरी मेरो मनले पनि सधैं उनैलाई सम्झिरहन्छ । उनको सम्झनाले म रातभर निदाउन पनि सकेको छैन । म संगको द्वेषका कारण रुक्मीले  मेरो बिबाह रुक्मिणीसंग हुनेभयो भनेर  रोकेको हो ।।२।। 

तामानयिष्य उन्मथ्य राजन्यापसदान् मृधे ।
मत्परामनवद्याङ्‌गीमेधसोऽग्निशिखामिव ॥३॥
तर म जसरी अग्नि मन्थन गर्दा काठ आगो निस्किन्छ त्यसरी नै त्यसरी नै म क्षत्रिय कुलका कलंक भएका ती शिशुपाल आदिगरिएका राजाहरुलाई जितेर मलाई माया गर्ने रुम्किणीलाई त्यहाँबाट लिएर आउछु ।।३।। 

श्रीशुक उवाच–
उद्वाहर्क्षं च विज्ञाय रुक्मिण्या मधुसूदनः ।
रथः संयुज्यतामाशु दारुकेत्याह सारथिम् ॥४॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! रुक्मिणीको विवाह भोलिपल्ट नै हुने थाहा पाएर मधुसूदन श्रीकृष्णले आफ्ना दारुक नाम गरेकवो सारथीलाई रथ तयार गर्न आदेश दिनुभयो ।।४।।

स चाश्वैः शैब्यसुग्रीवमेघपुष्पबलाहकैः ।
युक्तं रथमुपानीय तस्थौ प्राञ्जलिरग्रतः ॥५॥
दारुकाले शैव्य, सुग्रीव, मेघपुष्प र बलाहक नामक चार घोडाहरूले बाँधिएको भगवानको रथ अगाडि ल्याएर भगवानको अगाडि हात जोडेर उभिए ।।५।।

आरुह्य स्यन्दनं शौरिः द्विजमारोप्य तूर्णगैः ।
आनर्तादेकरात्रेण विदर्भानगमद्धयैः ॥६॥
त्यसपछि भगवान् ले पहिले ब्राह्मणलाई रथमा बसाउनु भयो आनि आफुपनि रथमा सवार भएर ती बलबान घोडाहरूको सहयोगमा एकै रातमा अनर्त देशबाट विदर्भ देशमा पुग्नुभयो ।।६।।

राजा स कुण्डिनपतिः पुत्रस्नेहवशं गतः ।
शिशुपालाय स्वां कन्यां दास्यन् कर्माण्यकारयत् ॥७॥
यता कुण्डीन राजा भीष्मकले आफ्नो जेठो छोरो रुक्मिको वशमा परेर आफ्नी छोरी शिशुपाललाई दिन विवाह समारोहको तयारी गरिरहेका थिए ।।७।। 

पुरं सम्मृष्टसंसिक्तमार्गरथ्याचतुष्पथम् ।
चित्रध्वजपताकाभिस्तोरणैः समलङ्कृतम् ॥८॥
त्यस शहरका राजमार्गहरू, चोकहरू र सडकहरू बढार कुडार गरेर पानी छर्किएको थियो । अनौठा, रंगीन चित्रहरू, साना र ठूला ध्वजा पताका र तोरणहरू टागिएका थिए ।।८।। 

स्रग्गन्धमाल्याभरणैर्विरजोऽम्बरभूषितैः ।
जुष्टं स्त्रीपुरुषैः श्रीमद्‌गृहैरगुरुधूपितैः ॥९॥
त्यस नगरका पुरुष र महिलाहरू फूल, माला, हार, अत्तर, चन्दन, गरगहना र सफा लुगाले सजिएका थिए । त्यहाँका सुन्दर घरहरूबाट अगरबत्तीको सुगन्ध फैलिरहेको थियो ।।९।।

पितॄन् देवान् समभ्यर्च्य विप्रांश्च विधिवन्नृप ।
भोजयित्वा यथान्यायं वाचयामास मङ्‌गलम् ॥१०॥
हे राजन परीक्षित ! राजा भीष्मकले विधिपूर्वक पितृ र देवताहरूको पूजा गरेपछि ब्राह्मणहरूलाई भोजन गराए र नियमानुसार स्वस्ति वाचन पाठ पनि गराए ।।१०।।

सुस्नातां सुदतीं कन्यां कृतकौतुकमङ्‌गलाम् ।
आहतांशुकयुग्मेन भूषितां भूषणोत्तमैः ॥११॥
सुन्दर दाँत भएकी सबैभन्दा सुन्दर राजकुमारी रुक्मिणीजीलाई स्नान गराइयो, दुईवटा नयाँ लुगा लगाइयो र उत्तम अलंकारहरुले विभूषित बनाइदिए ।।११।। 
चक्रुः सामर्ग्यजुर्मन्त्रैरर्वध्वा रक्षां द्विजोत्तमाः ।
पुरोहितोऽथर्वविद् वै जुहाव ग्रहशान्तये ॥१२॥
उत्तम ब्राह्मणहरूले साम, ऋक र यजुर्वेदका मन्त्रहरूले रुक्मिणीकोे रक्षा गरे र अथर्ववेदी पुरोहितले ग्रहको शान्तिको लागि हवन गरे ।।१२।। 

हिरण्यरूप्यवासांसि तिलांश्च गुडमिश्रितान् ।
प्रादाद् धेनूश्च विप्रेभ्यो राजा विधिविदां वरः ॥१३॥
सबै शास्त्रिय बिधि बुझेकाले राजा भीष्मकले बिबाहको समयमा ब्राह्मणहरूलाई सुन, चाँदी, लुगा, सखर मिसाइएको तिल र गाई दिए ।।१३।।.
एवं चेदिपती राजा दमघोषः सुताय वै ।
कारयामास मन्त्रज्ञैः सर्वमभ्युदयोचितम् ॥१४॥
त्यसैगरी, चेदि नरेश राजा दमघोषले पनि आफ्नो छोरा शिशुपालको विवाहसँग सम्बन्धित शुभ संस्कारहरू ब्राह्मणहरूबाट गराए ।।१४।। 

मदच्युद्‌भिर्गजानीकैः स्यन्दनैर्हेममालिभिः ।
पत्त्यश्वसङ्कुलैः सैन्यैः परीतः कुण्डिनं ययौ ॥१५॥
यसपछि शिशुपाल पनि सुनको मालाले सजिएका मदोन्मत्त हात्तीहरूको सेना, रथहरू, र पैदल सैनिक र घोडसवारहरू भएका चार–गुणा सेना सहित लिएर विवाहको लागि कुण्डिन पुर पुग्यो ।।१५।। 

तं वै विदर्भाधिपतिः समभ्येत्याभिपूज्य च ।
निवेशयामास मुदा कल्पितान्यनिवेशने ॥१६॥
विदर्भ देशका राजा भीष्मक ती शिशुपाललाइृ परम्परा अनुसार भेटघाट र पूजा गरे । यसपछि खुसी भएर विशिष्ठ निवासनमा राखे ।।१६।।

तत्र शाल्वो जरासन्धो दन्तवक्रो विदूरथः ।
आजग्मुश्चैद्यपक्षीयाः पौण्ड्रकाद्याः सहस्रशः ॥१७॥
शिसुपालका साथमा शाल्व, जरासन्ध, दन्तवक्त्र, विदुरथ र पौंड्र्क आलि राजाहरू त्यो विवाहको जन्ती आएका थिए ।।१७।। 

कृष्णरामद्विषो यत्ताः कन्यां चैद्याय साधितुम् ।
यद्यागत्य हरेत् कृष्णो रामाद्यैर्यदुभिर्वृतः ॥१८॥
योत्स्यामः संहतास्तेन इति निश्चितमानसाः ।
आजग्मुर्भूभुजः सर्वे समग्रबलवाहनाः ॥ ९॥
तिनीहरू सबै राजा श्रीकृष्ण र बलरामको द्वेष गर्देथे र राजकुमारी रुक्मिणीलाई शिशुपाललाई नै दिनुपर्छ भन्ने उद्देश्यले आएका थिए । उनीहरूले यदि श्रीकृष्ण, बलराम र अन्य यदुवंशीहरू आएर कन्या हरण गर्ने प्रयास गरे भने, हामी सबै मिलेर उनीसँग लड्नेछौं भन्ने यस्तो निश्चय गरेर ती राजाहरूले आफ्नो सम्पूर्ण सेना र रथ, घोडा, हात्ती आदि आफूसँगै लिएर आएका थिए ।।१८–१९।। 

श्रुत्वैतद् भगवान् रामो विपक्षीयनृपोद्यमम् ।
कृष्णं चैकं गतं हर्तुं कन्यां कलहशङ्‌कितः ॥२०॥
बलरामलले विपक्षी राजाहरूको यस किसिमको तयारी गरेको र यता भाइ श्रीकृष्ण रुक्मिणीलाई हरण गर्न एक्लै गएको भन्ने कुरा सुनेर वहाँले अब त्यहाँ युध्द हुन्छ भन्ने शंका गर्नुभयो ।।२०।।
 
बलेन महता सार्धं भ्रातृस्नेहपरिप्लुतः ।
त्वरितः कुण्डिनं प्रागाद् गजाश्वरथपत्तिभिः ॥२१॥
वलरामको हृदय भ्रातृप्रेमले भरिएको थियो; त्यसैले वहाँ तुरुन्तै हात्ती, घोडा, रथ र पैदल सेनाको विशाल सेनाको समुह लिएर कुण्डिन पुरतिर लाग्नुभयो ।।२१।। 

भीष्मकन्या वरारोहा काङ्‌क्षन्त्यागमनं हरेः ।
प्रत्यापत्तिमपश्यन्ती द्विजस्याचिन्तयत्तदा ॥२२॥
यता परम सुन्दरी रुक्मिणी भगवान श्रीकृष्णको शुभ आगमनको प्रतीक्षामा थिइन् । उने आफुले सन्देश पठाएका ब्राह्मण पनि फर्केर नआएकाले त्यसैले उनी धेरै चिन्तित भइन् र सोच्न थालिन् ।।२२।। 

अहो त्रियामान्तरित उद्वाहो मेऽल्पराधसः ।
नागच्छत्यरविन्दाक्षो नाहं वेद्म्यत्र कारणम् ।
सोऽपि नावर्ततेऽद्यापि मत्सन्देशहरो द्विजः ॥२३॥
अहो ! अब, म अभागी केटीको विवाहको समय आउन अब एक रातमात्र बाँकी छ । कमलनयन श्रीहरी अझै आइपुग्नुभएको छैन, यसको कारण पनि थाहा पाउन सकेकी छैन । मेरो सन्देश लिएर गएका ब्राह्मण पनि अझै फर्केका छैनन् ।।२३।। 

अपि मय्यनवद्यात्मा दृष्ट्वान् किञ्चिज्जुगुप्सितम् ।
मत्पाणिग्रहणे नूनं नायाति हि कृतोद्यमः ॥२४॥
वहाँ श्रीकृष्णले पक्कै पनि ममा केही दोष देखेर मलाई विवाह गरी लैजान नआउनु भएको भएको त होइन ? ।।२४।।

दुर्भगाया न मे धाता नानुकूलो महेश्वरः ।
देवी वा विमुखी गौरी रुद्राणी गिरिजा सती ॥२५॥
म भाग्यहीनका लागि भगवान ब्रह्माजी, शंकरजी र हिमालय पुत्री देवी पार्वती पनी मेरो पक्षमा हुनुहुन्न जस्तो लाग्छ ।।२५।।
 
एवं चिन्तयती बाला गोविन्दहृतमानसा ।
न्यमीलयत कालज्ञा नेत्रे चाश्रुकलाकुले ॥२६॥
यसरी चिन्ता गरिरहेकी रुक्मिणीले अब भगवान आउने समय पनि छैन भन्ने यस्तो सोचेर उनले आँसुले भरिएका आँखा बन्द गरिन् ।।२६।।

एवं वध्वाः प्रतीक्षन्त्या गोविन्दागमनं नृप ।
वाम ऊरुर्भुजो नेत्रमस्फुरन् प्रियभाषिणः ॥२७॥
हे महाराज परीक्षित ! यसरी भगवान कृष्णको आगमनको प्रतीक्षा गरिरहेकी ती रुक्मिणीको देब्रे तिघ्रा, हात र आँखा फर्फराउन थाल्यो ।  जुन उनको प्रियजनको आगमनको संकेत थियो ।।२७।।
 
अथ कृष्णविनिर्दिष्टः स एव द्विजसत्तमः ।
अन्तःपुरचरीं देवीं राजपुत्रीं ददर्श ह ॥२८॥
यसैबीचमा भगवान् ले सन्देश पाठाउनु भएका ब्राह्मण त्यहाँ आइपुगे । उनले अन्तःपुरमा श्रीकृष्णको ध्यान गरेर बसेकी राजकुमारी रुक्मिणीलाई देखे ।।२८।। 

सा तं प्रहृष्टवदनमव्यग्रात्मगतिं सती ।
आलक्ष्य लक्षणाभिज्ञा समपृच्छच्छुचिस्मिता ॥२९॥
प्रसन्न हुँदै नहडबडाइन कन आएका ती ब्राह्मणलाई देखेर रुक्मिणीले शुभ अशुभ लक्षणको संकेत बुझेर खुशी हुँदै उनले ब्राह्मणलाई सोधिन् ।।२९।। 

तस्या आवेदयत् प्राप्तं शशंस यदुनन्दनम् ।
उक्तं च सत्यवचनमात्मोपनयनं प्रति ॥३०॥
त्यसपछि ती ब्राह्मणले भगवान श्रीकृष्ण यहाँ आइसक्नु भएको र वहाँले रुक्मिणीलाई लिएर जाने प्रतिज्ञा गर्नु भएको कुरा उनलाई सुनाए ।।३०।।

तमागतं समाज्ञाय वैदर्भी हृष्टमानसा ।
न पश्यन्ती ब्राह्मणाय प्रियमन्यन्ननाम सा ॥३१॥
भगवानको आगमनको कुरा सुनेर रुक्मिणीको धेरै खुसी भइन्, उनले ब्राह्मणलाई उनले गरेको सहयोगको बदला दिने कुरा केही नभएर केवल नमस्कार मात्र गरिन् ।।३१।।

प्राप्तौ श्रुत्वा स्वदुहितुरुद्‌वाहप्रेक्षणोत्सुकौ ।
अभ्ययात्तूर्यघोषेण रामकृष्णौ समर्हणैः ॥३२॥
यता राजा भीष्मकले भगवान कृष्ण र बलराम मेरी छोरीको विवाह हेर्न उत्सुकताका साथ यहाँ आउनु भएको छ भन्न कुरा थाहा पाएर पूजा सामग्री लिएर बाजा–गाजाका साथ वहाँहरुको भब्य स्वागत गरे ।।३२।।

मधुपर्कमुपानीय वासांसि विरजांसि सः ।
उपायनान्यभीष्टानि विधिवत् समपूजयत् ॥३३॥
त्यस पछि उनले मधुपर्क, उत्तम वस्त्र र अनेकौं उपहारहरू चढाएर विधिपूर्वक उहाँको पूजा गरे ।।३३।। 

तयोर्निवेशनं श्रीमदुपकल्प्य महामतिः ।
ससैन्ययोः सानुगयोरातिथ्यं विदधे यथा ॥३४॥
बुद्धिमान भीष्मकले आफ्ना सेना र साथीहरू सहित आउनुभएका बलराम र श्रीकृष्णलाई आवश्यक सुविधाहरूले सुसज्जित आफ्नो निवासमा विश्राम गराएर उचित आतिथ्य प्रदान गरे ।।३।। 

एवं राज्ञां समेतानां यथावीर्यं यथावयः ।
यथाबलं यथावित्तं सर्वैः कामैः समर्हयत् ॥३५॥
विदर्भ राजा भीष्मकको निमन्त्रणामा आएका सबै राजाहरूलाई उनीहरूको वीरता, उमेर, बल र धन अनुसारका इच्छा पुरा गरेर राम्रोसंग सम्मान गरिएको थियो ।।३५।।

कृष्णमागतमाकर्ण्य विदर्भपुरवासिनः ।
आगत्य नेत्राञ्जलिभिः पपुस्तन्मुखपङ्‌कजम् ॥३६॥
जब विदर्भ देशका नागरिकहरूले भगवान् श्रीकृष्ण आउनु भएको थाहा पाएर उनीहरू भगवान बस्नु भएको निवासमा आएर आफ्ना नेत्र रुपी आँखाले वहाँको मुख कमलको मकरन्द पान गरे ।।३६।।

अस्यैव भार्या भवितुं रुक्मिण्यर्हति नापरा ।
असावप्यनवद्यात्मा भैष्म्याः समुचितः पतिः ॥३७॥
तब उनीहरु एक आपसमा कुरा गर्दै– रुक्मिणी उहाँ श्रीकृष्ण कै पत्नी हुन योग्य छिन्, र श्रीकृष्ण बाहेक रुक्मिणीको पति हुन अरु कोहि पनि योग्य छैन भन्दथे ।।३७।।

किञ्चित्सुचरितं यन्नस्तेन तुष्टस्त्रिलोककृत् ।
अनुगृह्णातु गृह्णातु वैदर्भ्याः पाणिमच्युतः ॥३८॥
यदि हामीले हाम्रो पूर्व जन्ममा वा यस जन्ममा कुनै शुभ कर्म गरेका छौं भने, तीन लोकका सृष्टिकर्ता भगवान हामीसँग प्रसन्न हुनुहुन्छ भने श्रीकृष्णले मात्र विदर्भकी राजकुमारी रुक्मिणीसँग विवाह गर्न सकून् ।।३८।।

एवं प्रेमकलाबद्धा वदन्ति स्म पुरौकसः ।
कन्या चान्तःपुरात् प्रागाद् भटैर्गुप्ताम्बिकालयम् ॥३९॥
जुन समयमा नगरवासीहरु यसरी प्रेमले अभिभूत भएर यसरी एकअर्कासँग कुरा गरिरहेका थिए त्यसै समयमा अम्विका देवीको दर्शनका लागि रुक्मिणी अन्तःपुरबाट निस्केर अम्बिका देवीको मन्दिरतिर लागिन् ।।३९।।

पद्‌भ्यां विनिर्ययौ द्रष्टुं भवान्याः पादपल्लवम् ।
सा चानुध्यायती सम्यङ्‌मुकुन्दचरणाम्बुजम् ॥४०॥
उनी श्री कृष्णको कमल चरणको सम्झना गर्दै देवी पार्वतीको चरणको दर्शन गर्न पैदल गइन् ।।४०।। 

यतवाङ्‌मातृभिः सार्धं सखीभिः परिवारिता ।
गुप्ता राजभटैः शूरैः सन्नद्धैरुद्यतायुधैः ।
मृडङ्‌गशङ्खपणवास्तूर्यभेर्यश्च जघ्निरे ॥४१॥
रुक्मिणी आफैं मौन थिइन् र उनका साथीहरूले उनलाई चारैतिरबाट घेरेका थिए । कवच आदि लगाएका हातमा हतियार बोकेका र सिपाहीहरूले उनीको सुरक्षा गरिरहेका थिए । त्यतिबेला मृदंग, शंख, ढोलक, तुरही र भेरी आदि वाद्यवादनहरू बजाइएको थियो ।।४१।।
 
नानोपहार बलिभिर्वारमुख्याः सहस्रशः ।
स्रग्गन्धवस्त्राभरणैर्द्विजपत्न्यः  स्वलङ्कृताः ॥४२॥
गायन्त्यश्च स्तुवन्तश्च गायका वाद्यवादकाः ।
परिवार्य वधूं जग्मुः सूतमागधवन्दिनः ॥४३॥ 
यस अवसरमा ब्राह्मण पत्नीहरु, गणिकाहरु फूलको माला, चन्दन आदि गरगहना र वस्त्र आदि उपहारहरु लिएर गायक हरु गाउदै, सूत मागध र वन्दिीहरुले स्तुति र जयजयकार गरिरहेका थिए ।।४२–४३।।

आसाद्य देवीसदनं धौतपादकराम्बुजा ।
उपस्पृश्य शुचिः शान्ता प्रविवेशाम्बिकान्तिकम् ॥४४॥
देवीको मन्दिरमा पुगेपछि, रुक्मिणीले आफ्नो कमल जस्तै नरम हात र खुट्टा धोइन्, आचमन गरिन्  र पवित्र भएर अम्बिकादेवीको मन्दिरमा प्रवेश गरिन् ।।४४।। 

तां वै प्रवयसो बालां विधिज्ञा विप्रयोषितः ।
भवानीं वन्दयाञ्चक्रुर्भवपत्नीं  भवान्विताम् ॥४५॥
विभिन्न बिधि जान्ने धेरै ब्राह्मण पत्नीहरुले रुक्मिणिलाई भगवान शंकर सहित पार्वतीको दर्शन गराए ।।४५।।

नमस्ये त्वाम्बिकेऽभीक्ष्णं स्वसन्तानयुतां शिवाम् ।
भूयात् पतिर्मे भगवान् कृष्णस्तदनुमोदताम् ॥४६॥

त्यस समयमा रुक्मिणीले भगवतीको प्रार्थना गर्दै भनिन्– हे माता अम्बिका ! हजुरका प्रिय पुत्र गणेश सहित हजुरलाई म बारम्बार प्रणाम गर्दछु । श्रीकृष्ण मेरा पति बनुन् भन्ने मेरो इच्छलाई हजुरले अनुमोदन गरिदिनुहोस् ।।४६।।

अद्‌भिर्गन्धाक्षतैर्धूपैर्वासःस्रङ्‌माल्यभूषणैः ।
नानोपहारबलिभिः प्रदीपावलिभिः पृथक् ॥४७॥
यसपछि रुक्मिणीले जल, चन्दन, अक्षता, धूप–दीप, भेटी, उपहार आदि पूजा सामग्रीले देवी अम्बिकाको पूजा गरिन् ।।४७।। 

विप्रस्त्रियः पतिमतीस्तथा तैः समपूजयत् ।
लवणापूपताम्बूलकण्ठसूत्रफलेक्षुभिः ॥४८॥
त्यसपछि रुक्मिणीले माथि तिनै सामग्रीहरूले र नुनिलो पुआ, सुपारी, कण्ठसूत्र, फलफूल र उखु आदि सामाग्रीले त्यहाँ आएका सधवा ब्राह्मणीहरूको पनि पूजा गरिन् ।।४८।। 

तस्यै स्त्रियस्ताः प्रददुः शेषां युयुजुराशिषः ।
ताभ्यो देव्यै नमश्चक्रे शेषां च जगृहे वधूः ॥४९॥
त्यसपछि ब्राह्मणी महिलाहरूले रुक्मिणीलाई प्रसाद दिएर आशीर्वाद दिए । अनि रुक्मिणीले पनि अम्बिका देवी र ब्राह्मणीहरुलाई नमस्कार गरेर प्रसाद ग्रहण गरिन् ।।४९।।

मुनिव्रतमथ त्यक्त्वा निश्चक्रामाम्बिकागृहात् ।
प्रगृह्य पाणिना भृत्यां रत्नरमुद्रोपशोभिना ॥५०॥
पूजा र प्रार्थना सकिएपछि रुक्मिणीले आफ्नो मौन व्रत त्यागिन् र रत्नजडित औंठीले चम्किरहेको आफ्नो हातले सेविकाकोे हात समातेर उनी गिरिजा मन्दिरबाट बाहिर निस्किइन् ॥५०॥

(मिश्र)
तां देवमायामिव वीरमोहिनीं
     सुमध्यमां कुण्डलमण्डिताननाम् ।
श्यामां नितम्बार्पितरत्नणमेखलां
     व्यञ्जत्स्तनीं कुन्तलशङ्‌कितेक्षणाम् ॥५१॥
हे परीक्षित ! भगवानको माया जस्तै ती रुक्मिणीलाई देखेर सबै जना मोहित भए । बहादुर वीरहरूलाई पनि मोहित पार्ने, पातलो कम्वर भएकी कुण्डल आदि आभुषण लगाउनले सुन्दर अनहार भएकी, कम्वमा रत्न जडित मेखला लगएकी सुन्दर अनुहार भएकी, कपाल अगाडितिर लर्किएको र चंचल दुष्टि भएकी यस्ती रुक्मिणीलाई देखेर सबैजना मोहित भएका थिए ।।५१।। 

शुचिस्मितां बिम्बफलाधरद्युति–
     शोणायमानद्विजकुन्दकुड्मलाम् ।
पदा चलन्तीं कलहंसगामिनीं
     सिञ्जत्कलानूपुरधामशोभिना ।
विलोक्य वीरा मुमुहुः समागता
     यशस्विनस्तत्कृतहृच्छयार्दिताः ॥५२॥
ओठमा पवित्र मुस्कान भएकी, कुन्तपुष्पको कोपिला जस्तो दाँत भएकी, कान्तिले भरिएको ओठ भएकी, आफ्नो कोमल पाउले विस्तार बिस्तार हिँडिरहेकी ती रुम्किणीको यस्तो कृयाकलाप देखेर त्यहाँ आएका वीरहरु मोहित भए ।।५२।।

(वसंततिलका)
यां वीक्ष्य ते नृपतयस्तदुदारहास
     व्रीडावलोकहृतचेतस उज्झितास्त्राः ।
पेतुः क्षितौ गजरथाश्वगता विमूढा
     यात्राच्छलेन हरयेऽर्पयतीं स्वशोभाम् ॥५३॥
यसरी यात्राको बाहनाले रुक्मिणीले भगवान कृष्णलाई आफ्नो अपार सौन्दर्य देखाइरहेकी थिइन् । यस्ती रुक्मिणीलाई देखेर त्यहाँ आएका वीर पराक्रमी राजाहरू र योद्धाहरू यति मोहित भए कि उनीहरूले आफ्नो हातमा भएको हतियारलाई पनि बिर्सिए । उनीहरु बेहोस भएर आफु बसेको बाहन रथ, हात्ती र घोडा बाट खसेर भुइँमा लड्नपुगे ।।५३।।

सैवं शनैश्चलयती चलपद्मकोशौ
     प्राप्तिं तदा भगवतः प्रसमीक्षमाणा ।
उत्सार्य वामकरजैरलकानपाङ्‌गैः
     प्राप्तान् ह्रियैक्षत नृपान् ददृशेऽच्युतं सा ॥५४॥
यसरी, भगवान कृष्णको आगमनको प्रतीक्षामा रहेकी रुक्मिणीले कमलको कोपिला जस्तै नरम आफ्नो खुट्टा बिस्तारै अगाडि बढाएकी थिइन् । उनले आफ्नो देब्रे हातको औंलाले आफ्नो अनुहारतिर लत्रिएको केशलाई हटाएर त्यहाँ आएका राजाहरूलाई लजालु दृष्टिले हेरिन् । त्यही क्षणमा उनले भगवान कृष्णको दर्शनलाई पनि देखिन् ।।५४।। 

(मिश्र)
तां राजकन्यां रथमारुरुक्षतीं
     जहार कृष्णो द्विषतां समीक्षताम् ।
रथं समारोप्य सुपर्णलक्षणं
     राजन्यचक्रं परिभूय माधवः ॥५५॥
अब राजकुमारी रुक्मिणी रथमा चढ्न लागेकी थिइन । त्यसै बेलामा लक्ष्मीपति भगवान श्रीकृष्णले सबै शत्रुहरूको अगाडि उनीहरुले हेर्दाहेर्दै त्यो भीडबाट रुक्मिणीलाई च्याप्प समाएर आफ्नो गरुडध्वजाले अंकित रथमा चढाउनु भएर ती सारा राजाहरुलाई तिरस्कार गरेर रुक्मिणीलाई हरण गर्नुभयो ।।५५।। 

ततो ययौ रामपुरोगमः शनैः
     सृगालमध्यादिव भागहृद्धरिः ॥५६॥
त्यसपछि, जसरी सिंहले निर्भय भएर स्यालहरूको भीडबाट आफ्नो भाग लिएर जान्छ त्यसरी नै भगवान श्रीकृष्णले रुक्मिणीलाई लिएर बलराम र अन्य यदुवंशीहरूका साथमा त्यहाँबाट निस्कनुभयो ।।५६।। 

तं मानिनः स्वाभिभवं यशःक्षयं
     परे जरासन्धमुखा न सेहिरे ।
अहो धिगस्मान्यश आत्तधन्वनां
     गोपैर्हृतं केशरिणां मृगैरिव ॥५७॥
त्यस समयमा अहंकारी जरासन्धको नियन्त्रणमा रहेका घमण्डी राजाहरूले यो ठूलो अपमान र आफ्नो कीर्ति गुमेको सहन सकेनन् र उनीहरुले आफलाई धिक्कार्दै भन्न थाले– अहो ! जसरी सिंहको भाग अरु पशुहरुले हरण गर्दछ त्यसरी नै यी गोठालाहरूले हाम्रो कीर्ति लाई खोसेर लगे ।।५७।।

इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे
रुक्मिणीहरणं नाम त्रिपञ्चाशत्तमोऽध्यायः ॥५३॥