श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – अष्टाविंशोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
एकादश्यां निराहारः समभ्यर्च्य जनार्दनम् ।
स्नातुं नन्दस्तु कालिन्द्यां द्वादश्यां जलमाविशत् ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! नन्दजीले कार्तिक शुक्ल एकादशीको व्रत बसेर भगवानको आराधना गरे र सोही दिन राति द्वादशी परेपछि स्नान गर्न यमुना जलमा प्रवेश गरे ।।१।।
तं गृहीत्वानयद् भृत्यो वरुणस्यासुरोऽन्तिकम् ।
अवज्ञायासुरीं वेलां प्रविष्टमुदकं निशि ॥२॥
नन्दबाबालाई यो दानवको समय हो भन्ने हेक्का भएन । , त्यसैले उहाँ राती नै यमुना जलमा प्रवेश गर्नुभयो। त्यतिखेर बरुणको सेवक एक असुरले उनलाई पक्रेर मालिक कहाँ लग्यो ।।२।।
चुक्रुशुस्तमपश्यन्तः कृष्ण रामेति गोपकाः ।
भगवांस्तदुपश्रुत्य पितरं वरुणाहृतम् ।
तदन्तिकं गतो राजन् स्वानामभयदो विभुः ॥३॥
नन्दबाबा जलबाट बाहिर नआउँनु भएपछि व्रजका सबै गोपहरू हे कृष्ण ! भनेर कराउँन थाले । भगवान श्रीकृष्ण सर्वशक्तिमान् हुनुहुन्छ र आफ्ना भक्तहरूको डरलाई सधैं भगाइरहनुभएको छ। जब उनले व्रजका मानिसहरूको रोदन र विलाप सुनेर भक्तहरुलाई अभय दिनको लागि वहाँ वरुणलोकमा जानुभयो ।।३।।
प्राप्तं वीक्ष्य हृषीकेशं लोकपालः सपर्यया ।
महत्या पूजयित्वाऽऽह तद्दर्शनमहोत्सवः ॥४॥
भगवान् दर्शनलाई महोत्सव ठान्ने वरुणले ऋषीकेश भगवान् स्वयं आफुकहाँ आउँनु भएको देखेर वरुणको हरेक अंग खुसीले पुलकित भयो । यसपछि उनले भगवान्संग भन्न थाले ॥४॥
वरुण उवाच–
अद्य मे निभृतो देहोऽद्यैवार्थोऽधिगतः प्रभो ।
त्वत्पादभाजो भगवन्नवापुः पारमध्वनः ॥५॥
हे भगवन् आज मैले शरीर धारण गरेको सफल भएको छ । र मेरो सबै कामना पनि पुरा भयो । जसले हजुरको चरणकमलको उपाशना गर्दछन् उसले संसार मार्गबाट पार पाउँदछ । ।।५।।
नमस्तुभ्यं भगवते ब्रह्मणे परमात्मने ।
न यत्र श्रूयते माया लोकसृष्टिविकल्पना ॥६॥
हे भगवन् हजुर सर्वब्यापक हुनुहुन्छ र सबैका आत्मस्वरुप पनि हुनुहुन्छ । हजुरले मायाद्वारा जुन चराचर जगतको सृष्टि गर्नुहुन्छ, तर त्यो रुप छैन भनेर श्रुतिहरुले भन्दछन् ।।६।।
अजानता मामकेन मूढेनाकार्यवेदिना ।
आनीतोऽयं तव पिता तद् भवान् क्षन्तुमर्हति ॥७॥
हे प्रभु ! मेरो यो सेवक धेरै मूर्ख र अज्ञानी छ। उसलाई आफ्नो कर्तव्य पनि थाहा छैन । यसले हजुरको पिताजीलाई ल्याएको छ त्यसैले यसको अपराधलाई क्षमा गरिदिनु होस ।।७।।
ममाप्यनुग्रहं कृष्ण कर्तुमर्हस्यशेषदृक् ।
गोविन्द नीयतामेष पिता ते पितृवत्सल ॥८॥
हे गोबिन्द ! हजुर सबैका साक्षी हुनुनुहुन्छ । हजुर आफ्ना पिता प्रति हजुरको ठुलो प्रेम छ । त्यसैले म माथि कृपा गरेर आफ्ना पिताजीलाई लिएर जानु होस् । ।।८।।
शुक उवाच–
एवं प्रसादितः कृष्णो भगवानीश्वरेश्वरः ।
आदायागात् स्वपितरं बन्धूनां चावहन् मुदम् ॥९॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! लोकपाल वरुणले यसरी भगवान्को स्तुति गरेर वहाँलाई प्रसन्न गराएपछि भगवानले आफ्ना पिता नन्दजीलाई व्रजमा लिएर जानुभयो ।।९।।
नन्दस्त्वतीन्द्रियं दृष्ट्वाच लोकपालमहोदयम् ।
कृष्णे च सन्नतिं तेषां ज्ञातिभ्यो विस्मितोऽब्रवीत् ॥१०॥
नन्दजीले वरुणको ऐश्वर्य र त्यहाँका निवासिले भगवान् लाई गरेको आदरभाव देखेर चकित परे उनले यस्तो सम्पत्ति कहिले पनि देखेका थिएनन् । उनी त्यहाँबाट फर्केर व्रजमा आएपछि सबै कुरा आफ्ना आफन्तलाई सुनाए ।।१०।।
ते चौत्सुक्यधियो राजन् मत्वा गोपास्तमीश्वरम् ।
अपि नः स्वगतिं सूक्ष्मामुपाधास्यदधीश्वरः ॥११॥
हे परीक्षित् ! भगवान् का प्यारा गोप गापीहरुले यस्तो कुरा सुनेर श्रीकृष्णलाई स्वयं भगवान् नै सम्झे । उनीहरुले भगवान्ले हामीलाई पनि यस्तो सूक्ष्म परंधामको दर्शन गराइदिनु होला कि भनेर आशा गरे ।।११।।
इति स्वानां स भगवान् विज्ञायाखिलदृक् स्वयम् ।
सङ्कल्पसिद्धये तेषां कृपयैतदचिन्तयत् ॥१२॥
हो परीक्षित् ! गोपिनीहरुको यस्तो इच्छालाई बुझेर सर्व साक्षी भगवान् श्रीकृष्णले उनीहरुको अभिलाषालाई बुझेर उनीहरुको इच्छा पुरा गरिदिने बिचार गर्नुभयो ।।१२।।
जनो वै लोक एतस्मिन्नविद्याकामकर्मभिः ।
उच्चावचासु गतिषु न वेद स्वां गतिं भ्रमन् ॥१३॥
संसारका जीवहरु अज्ञानी भएका कारण अविद्या र कर्मवासनाका कारण उच नीच अवस्थामा घुम्दा घुम्दै आफ्नो वास्तविक स्वरुपलाई चिन्न सक्तैनन।।१३।
इति सञ्चिन्त्य भगवान् महाकारुणिको हरिः ।
दर्शयामास लोकं स्वं गोपानां तमसः परम् ॥१४॥
यस्तो सोचेर परम दयालु भगवान श्रीकृष्णले ती गोपहरूलाई मायाको अन्धकारभन्दा परको आफ्नो परंधाम देखाउनुभयो ।।१४।।
सत्यं ज्ञानमनन्तं यद् ब्रह्म ज्योतिः सनातनम् ।
यद्धि पश्यन्ति मुनयो गुणापाये समाहिताः ॥१५॥
भगवानले उनीहरुलाई सत्य, ज्ञान, अनन्त, ब्रह्मज्योतिको दर्शन गराउँनु भयो । जसलाई समाधिमा रहेका मुनिहरुले मात्र देख्न सक्छन् भन्ने अनुभूति गराउनुभयो ।।१५।।
ते तु ब्रह्मह्रदं नीता मग्नाः कृष्णेन चोद्धृताः ।
ददृशुर्ब्रह्मणो लोकं यत्राक्रूरोऽध्यगात् पुरा ॥१६॥
भगवान्ले उनीहरुलाई पहिला ब्रह्मकुण्डमा लैजानु भयो । उनीहरु कुण्डको आनन्दमा मग्न भइरहेको बखतमा त्यहाबाट भिकेर फेरी ब्रह्मलोकको दर्शन गराउँनु भयो । जहाँ पहिले अक्रुरले दर्शन पाएका थिए ।।१६।।
नन्दादयस्तु तं दृष्ट्वा् परमानन्दनिवृताः ।
कृष्णं च तत्रच्छन्दोभिः स्तूयमानं सुविस्मिताः ॥१७॥
त्यो दिव्य धामलाई भगवानको रूपमा देखेर नन्द र अन्य गोपहरू परमानंदमा मग्न भए। उनीहरुले त्यहाँ वेदहरुले मुर्तिमान भएर श्रीकृष्णको स्तुति गरेको देखेर आश्चर्य चकित भए । ।।१७।।
इति श्रीमद्भाचगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे अष्टाविंशोऽध्यायः ॥२८॥