श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – द्वात्रिंशोऽध्यायः
शुक उवाच –
(अनुष्टुप्)
इति गोप्यः प्रगायन्त्यः प्रलपन्त्यश्च चित्रधा ।
रुरुदुः सुस्वरं राजन् कृष्णदर्शनलालसाः ॥१॥
हे परीक्षित ! गोपिनीहरू यसप्रकार आवेशमा आएर अनेक किसिमले गाउन र प्रलाप गर्न लागे, भगवानको दर्शनको लालसाले श्रीकृष्णलाई भेट्ने इच्छाले उनीहरू ठूलो स्वरले रुन लागे ।।१।।
तासामाविरभूच्छौरिः स्मयमानमुखाम्बुजः ।
पीताम्बरधरः स्रग्वी साक्षान्मन्मथमन्मथः ॥२॥
यसै समयमा भगवान कमल जस्तो कामदेवलाई पनि मोहित गराउँने हसिलो अनुहार लगाएर त्यहाँ गोपिनीको अगाडि प्रकट हुनुभयो ।।२।।
तं विलोक्यागतं प्रेष्ठं प्रीत्युत्फुल्लदृशोऽबलाः ।
उत्तस्थुर्युगपत् सर्वास्तन्वः प्राणमिवागतम् ॥३॥
भगवान आउँनुभएको देखेर ती गोपिनीहरुको आँखा आनन्दले विभोर भयो । प्राणहिन शरीरमा जसरी प्राण संचार हुँदा मृतक व्यक्ति उठ्दछ त्यसैगरी उनीहरु पनि भगवान श्रीकृष्णलाई देखेर जर्याकजुरुको उठे ।।३।।
काचित् कराम्बुजं शौरेर्जगृहेऽञ्जलिना मुदा ।
काचिद् दधार तद्बाशहुमंसे चन्दनरूषितम् ॥४॥
कुनै एक सुन्दरीले प्रेमपूर्वक आफ्ना दुवै हातले श्रीकृष्णको करकमललाई समातिन भने अर्की सुन्दरीले चाहिँ चन्दनको लेप लगाइएको भगवानको हात समातेर आफ्नो काधमा राखिन् ।।४।।
काचिदञ्जलिनागृह्णात्तन्वी ताम्बूलचर्वितम् ।
एका तदङ्घ्रिकमलं सन्तप्ता स्तनयोरधात् ॥५॥
अर्की सुन्दरीले भगवानले चपाएको पान उठाएर आफ्नो हातमा लिइन् भने भगवानको बिछोडमा दुखी भएकी अर्की गोपीले उहाँको चरण कमललाई उठाएर आफ्नो छातीमा राखिन् ।।५।।
एका भ्रुकुटिमाबध्य प्रेमसंरम्भविह्वला ।
घ्नन्तीवैक्षत् कटाक्षेपैः सन्दष्टदशनच्छदा ॥६॥
अर्की गोपिनीले प्रणयकोपले बिह्वल भएर दाँतले ओठ टोक्दै नझिम्क्याइकन एक टकसँग भगवानको मुखलाई हेरिरहेकि थिइन् ।।६।।
अपरानिमिषद्दृग्भ्यां जुषाणा तन्मुखाम्बुजम् ।
आपीतमपि नातृप्यत् सन्तस्तच्चरणं यथा ॥७॥
जसरी सन्त पुरुषहरू भगवानको चरण कमलको दर्शन पाएर तृप्त हुँदैनन् त्यसैगरी अर्की गोपीले आँखा नझिम्क्याइकन एकटकले भगवानलाई हेर्दा पनि तृप्त हुन सकिनन् ।।७।।
तं काचिन्नेत्ररन्ध्रेण हृदिकृत्य निमील्य च ।
पुलकाङ्ग्युपगुह्यास्ते योगीवानन्दसम्प्लुता ॥८॥
अर्की गोपीलेको नेत्रद्वारा भगवानलाई आफ्नो हृदयमा पसाएर आँखा चिम्लीएर वहाँलाई अँगालोमा हालेर आनन्दमा मग्न भईन् ।।८।।
सर्वास्ताः केशवालोकपरमोत्सवनिर्वृताः ।
जहुर्विरहजं तापं प्राज्ञं प्राप्य यथा जनाः ॥९॥
यसरी श्रीकृष्णको दर्शन हुँदा ती गोपनीहरु आफ्नो सुषुप्ति अवस्थालाई फर्किएको जस्तो ठानेर धेरै खुसी र आनन्दित भए, श्री कृष्णको दर्शन पाउँदा उनीहरूको सबै दुःख हटेर गयो ।।९।।
ताभिर्विधूतशोकाभिर्भगवानच्युतो वृतः ।
व्यरोचताधिकं तात पुरुषः शक्तिभिर्यथा ॥१०॥
भगवानको दर्शनले आफ्ना सबै दुःख हरू हटेका गोपनीहरुका अगाडि श्रीकृष्ण घेरिनुभएको थियो, उहाँ त्यतिबेला आफ्नो स्वरूपले अत्यन्तै शोभायमान देखिनुहुन्थ्यो ।।१०।।
ताः समादाय कालिन्द्या निर्विश्य पुलिनं विभुः ।
विकसत्कुन्दमन्दारसुरभ्यनिलषट्पदम् ॥११॥
शरच्चन्द्रांशुसन्दोहध्वस्तदोषातमः शिवम् ।
कृष्णाया हस्ततरलाचितकोमलवालुकम् ॥१२॥
त्यसपछि भगवान श्री कृष्ण त्यही गोपिनीहरु साथमा यमुना नदीको किनारमा पुग्नुभयो । त्यहाँ अनेक किसिमका कुन्द मन्दार आदि फुलको बासनाले सुगन्धित हावा चलिरहेको थियो, भमरा हरू फुलमा झुम्मिरहेका थिए । पूर्ण चन्द्रको समय भएको हुनाले रात्रीको अन्धकार हराएको थियो । भगवान श्रीकृष्ण त्यस समयमा यमुनाजीको
किनारमा पुग्नु हुँदा त्यहाँ मसिना बालुवाहरूको थुप्रो लागिरहेको थियो । जसले गर्दा श्रीकृष्णको शोभा झनै राम्रो देखिन्थ्यो ।।११,१२।।
(मिश्र)
तद्दर्शनाह्लादविधूतहृद्रुजो
मनोरथान्तं श्रुतयो यथा ययुः ।
स्वैरुत्तरीयैः कुचकुङ्कुमाङ्कितै–
रचीक्लृपन्नासनमात्मबन्धवे ॥१३॥
हे परीक्षित ! श्रीकृष्णको दर्शनको लालसाले गर्दा गोपिनीहरूको हृदय यति आनन्दित भएको थियो कि उनीहरूको सबै शोकहरु हटेर गएको थियो । वेदका मन्त्रहरूले पहिला कर्मलाई प्राथमिकता दिएर पछि परमात्मा प्राप्ति हुँदा जसरी आनन्द हुन्छ त्यसरी नै ती गोपिनीहरु पनि श्रीकृष्णलाई प्राप्त गर्दा उनीहरूको सम्पूर्ण इच्छा पूर्ण भएको थियो । गोपिनीहरूले त्यहाँ भगवानलाई बस्नका लागि आफ्ना स्तनका कुमकुम चन्दनको लेप लागेको पछ्यौराको आसन राखिदिए ।।१३।।
तत्रोपविष्टो भगवान् स ईश्वरो
योगेश्वरान्तर्हृदि कल्पितासनः ।
चकास गोपीपरिषद्गशतोऽर्चित–
स्त्रैलोक्यलक्ष्म्येकपदं वपुर्दधत् ॥१४॥
ठूलाठूला योगेश्वरहरूको हृदयमा आफ्नो आसन बनाउनुहुने श्रीकृष्ण भगवान यमुनाजीको तिरमा गोपिनीहरुले आसन दिएका पछ्यौरीमा बस्दा झनै शोभायमान देखिनुभयो ।।१४।।
सभाजयित्वा तमनङ्गदीपनं
सहासलीलेक्षणविभ्रमभ्रुवा ।
संस्पर्शनेनाङ्ककृताङ्घ्रिहस्तयोः
संस्तुत्य ईषत्कुपिता बभाषिरे ॥१५॥
गोपिनीहरूले मन्द मुस्कान र कर्के हेराइले श्रीकृष्णलाई स्वागत गरे फेरि यसैगरी हात पाउलाई सुमसुम्याएर वहाँको प्रशंसा गरे त्यसो गर्दा उनीहरुलाई श्रीकृष्णसँग पहिला वियोग हुँदाखेरिको सबै दुःख हट्यो र उनीहरुले श्रीकृष्णलाई भने ।।१५।।
श्रीगोप्य ऊचुः–
(अनुष्टुप्)
भजतोऽनुभजन्त्येक एक एतद्विपर्ययम् ।
नोभयांश्च भजन्त्येक एतन्नो ब्रूहि साधु भोः ॥१६॥
गोपिनीहरूले भने– हे श्रीकृष्ण ! केही व्यक्ति आफूलाई मन पराउनेसँग प्रेम गर्छन् भने कोही आफूलाई मन नपराउने सँग पनि प्रेम गर्दछन् । तर कोही भने दुबैलाई प्रेम गर्दैनन् । यसको रहस्यको बारेमा बताउनुहोस् ।।१६।।
श्रीभगवानुवाच –
मिथो भजन्ति ये सख्यः स्वार्थैकान्तोद्यमा हि ते ।
न तत्र सौहृदं धर्मः स्वार्थार्थं तद्धि नान्यथा ॥१७॥
श्रीकृष्णले भन्नुभयो– हे संगिनीहरू ! जो आफूलाई प्रेम गर्नेसँग प्रेम गर्दछन् भने ती स्वार्थका लागि प्रेम गर्दछन् । त्यस्ताहरुसंग सौहाद्रता धर्म भन्ने कुरा हुँदैन ।।१७।।
भजन्त्यभजतो ये वै करुणाः पितरो यथा ।
धर्मो निरपवादोऽत्र सौहृदं च सुमध्यमाः ॥१८॥
हे सुन्दरीहरू ! जसले आफूलाई मन नपराउनेसँग प्रेम गर्दछन् उनीहरु स्वभावैले दयाशील सज्जन र आमाबाबु समानका हुन्छन् । उनीहरूले सत्य र धर्ममा रहेर व्यवहार गर्दछन् ।।१८।।
भजतोऽपि न वै केचिद् भजन्त्यभजतः कुतः ।
आत्मारामा ह्याप्तकामा अकृतज्ञा गुरुद्रुहः ॥१९॥
जसले आफूलाई मन पराउनेसँग पनि प्रेम गर्दैनन् उनीहरु मध्ये कोही ज्ञानी र आफैमा रमाउने स्वभावका हुन्छन् भने कोही चाहिँ प्रेमको महत्व नबुझ्ने अकृत्य र मान्यजन माथि पनि द्रोह गर्ने हुन्छन् ।।१९।।
(मिश्र)
नाहं तु सख्यो भजतोऽपि जन्तून्
भजाम्यमीषामनुवृत्तिवृत्तये ।
यथाधनो लब्धधने विनष्टे
तच्चिन्तयान्यन्निभृतो न वेद ॥२०॥
हे गोपिनीहरू ! म त प्रेम गर्नेहरूसँग पनि प्रेम गर्दिन यसको कारण प्रेम गर्नेको चित्तवृत्ति ममा लागिराखोस् भनेर हो । यदि गरिब व्यक्तिलाई धेरै धन मिल्यो भने त्यो धन हराउँदा ऊ त्यस धनको चिन्तामा डुबीरहन्छ । त्यसैले मसँगको बिछोडमा पनि मेरा प्रेमीहरूको चित्त ममा लागिरहोस् भनेर म तिमीहरूसँग मिल्दा पनि टाढा हुन्छु ।।२०।।
एवं मदर्थोज्झितलोकवेद–
स्वानां हि वो मय्यनुवृत्तयेऽबलाः ।
मयापरोक्षं भजता तिरोहितं
मासूयितुं मार्हथ तत् प्रियं प्रियाः ॥२१॥
हे गोपिनीहरू ! तिमीहरूले लोकमर्यादा वेदका भनाइ र आफ्ना इष्टमित्रलाई त्यागेर ममा प्रेम गरेका छौ । त्यो प्रेमलाई प्रगाढ बनाउनको लागि नै म तिमीहरुबाट हराएको थिएँ । यसमा तिमीहरुले मलाई दोष दिन मिल्दैन ।।२१।।
न पारयेऽहं निरवद्यसंयुजां
स्वसाधुकृत्यं विबुधायुषापि वः ।
या माभजन् दुर्जरगेहशृङ्खलाः
संवृश्च्य तद् वः प्रतियातु साधुना ॥२२॥
हे गोपिनीहरू ! तिमीहरूले मेरा लागि घरपरिवारको बन्धनलाई समेत चुडालेर ममा प्रेम गरेका छौं । तिमीहरूको प्रेमलाई देवताहरूको दिव्य आयु पाउँदा पनि चुकाउन सक्दिन । जन्म जन्मसम्म म तिमीहरूको ऋणी हुनेछु । त्यसैले तिमीहरूको मप्रति जुन प्रेम छ त्यसको स्नेहका कारण नै म प्रतिको ऋण चुक्ता होस् ।।२२।।
इति श्रीमद्भांगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे रासक्रीडायां गोपीसान्त्वनं नाम द्वात्रिंशोऽध्यायः ॥३२॥