श्रीमद्भागवत महापुराण
दशमस्कन्धः– पञ्चषष्टितमोऽध्यायः
श्रीशुक उवाच–
(अनुष्टुप्)
बलभद्रः कुरुश्रेष्ठ भगवान् रथमास्थितः ।
सुहृद् दिदृक्षुरुत्कण्ठः प्रययौ नन्दगोकुलम् ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजा परीक्षित ! भगवान बलरामलाई आफन्तहरूसंग भेट्ने ठूलो इच्छा भएकोले वहाँ रथमा चढेर द्वारकाबाट नन्दबाबाको ब्रजमा जानुभयो ।।१।।
परिष्वक्तश्चिरोत्कण्ठैर्गोपैर्गोपीभिरेव च ।
रामोऽभिवाद्य पितरावाशीर्भिरभिनन्दितः ॥ २ ॥
बजवासी गोप र गोपीहरू लामो समयदेखि उहाँको दर्शनको प्रतीक्षामा थिए । त्यसैले उनीहरुले बलरामजीसंग धेरैबेर सम्म अंकमाल गरिरहे । बलरामजीले आफ्ना माता पितालाई पनि भेटेर वहाँहरुको आशिर्वाद पाएर खुसी हुनुभयो ।।२।।
चिरं नः पाहि दाशार्ह सानुजो जगदीश्वरः ।
इत्यारोप्याङ्कमालिङ्ग्य नेत्रैः सिषिचतुर्जलैः ॥ ३ ॥
हे बलराम ! हजुरका भाइ जगदिश्वर श्रीकृष्ण र हजुर भएर हामीलाई सधै रक्षा गर्नुभयो भनेर बलरामलाई काखमा राख्नुभयो । त्यतिबेला वहाँहरुको आँखाबाट निस्केको हर्षको आँसुले बलरामलाई शेचन गर्नुभयो ।।३।।
गोपवृद्धांश्च विधिवद् यविष्ठैरभिवन्दितः ।
यथावयो यथासख्यं यथासंबन्धमात्मनः ॥ ४ ॥
यसपछि बलरामले बृध्द गोपहरूलाई नमस्कार गर्नुभयो । यसैगरीसाना गोपहरुले बलरामलाई अभिवादन गरे । वहाँले संबैसंग सम्बन्ध र मित्रता अनुसार भेटघाट गर्नुभयो ।।४।।
समुपेत्याथ गोपालान् हास्यहस्तग्रहादिभिः ।
विश्रान्तंसुखमासीनं पप्रच्छुः पर्युपागताः ॥ ५ ॥
पृष्टाश्चानामयं स्वेषु प्रेमगद्गदया गिरा ।
कृष्णे कमलपत्राक्षे सन्न्यस्ताखिलराधसः ॥ ६ ॥
यसैगरी अर्को दिन गोपहरु संग गएर हाँसी ठट्टा गर्ने अंगालो हाल्ने आदि गर्नुभयो जसले गर्दा बलरामजीको थकाई मेटिन गयो । यसरी वहाँ आरामसंग बसिरहेको बेलामा त्यहाँ गोपहरु आए वहाँको नजिकमा बसे । उनीहरुले भगवान कृष्णको दर्शनको लागि सबै किसिमको विषय सुख त्यागेर भगवान मैं मन लगाएका थिए । जब बलरामले उनीहरुलाई स्वास्थ्यको बारेमा सोधपुछ गर्नभयो तब उनीहरुले पनि प्रेमले गदगद भएर आफ्ना यदुवंशीहरुको बारेमा बलरामसंग बारेमा सोधपुछ गरे ।।५–६।।
कच्चिन्नो बान्धवा राम सर्वे कुशलमासते ।
कच्चित्स्मरथ नो राम यूयं दारसुतान्विताः ॥ ७ ॥
हे बलराम ! द्वारकामा वासुदेव सहित हाम्रा सबै दाजुभाइ दिदीबहिनीहरु सञ्चै त छन् ? हजुरहरु आफ्ना पति पुत्रहरुसंग रहँदा हामी गोपहरुलाई सम्झनु हुथ्यो त ? ।।७।।
दिष्ट्या कंसो हतः पापो दिष्ट्या मुक्ताः सुहृज्जनाः ।
निहत्य निर्जित्य रिपून् दिष्ट्या दुर्गं समाश्रीताः ॥ ८ ॥
हाम्रो भग्यले हजुरहरुले दुष्ट कंसलाई मारेर आफ्ना प्रियजनहरुलाई दुःखबाट मुक्त गराउनुभयो । खुसीको कुरा त यो छ कि हजुरहरुले आफ्ना सत्रुहरु कसैलाई मारेर कतिलाई जितेर अहिले धेरै सुरक्षित किल्ला द्वारकामा बस्नुभएको छ ।।८।।
गोप्यो हसन्त्यः पप्रच्छू रामसन्दर्शनादृताः ।
कच्चिदास्ते सुखं कृष्णः पुरस्त्रीजनवल्लभः ॥ ९ ॥
बलरामको दर्शन पाएर गोपीहरु धेरै खुसी भएका थिए । त्यसैले उनीहरुले हाँस्दै बलरामलाई सोधे– के अहिले श्रीकृष्ण आफ्ना परिवार एवं नगरवासीका साथमा द्वारकामा सुखपूर्वक रहने भएको छ त ? ।।९।।
कच्चित्स्मरति वा बन्धून् पितरं मातरं च सः ।
अप्यसौ मातरं द्रष्टुं सकृदप्यागमिष्यति ।
अपि वा स्मरतेऽस्माकमनुसेवां महाभुजः ॥ १० ॥
वहाँले आफ्ना माता पिता, बन्धु–बान्धवलाई कहिलेकही सम्झना त गर्नुहुन्छ ? आफ्ना माता–पितालाई भेट्न वहाँ यहाँ आउनु होला त ? ती लामा–लामा हात भएका श्रीकृष्णले हामीले गरेका सेवालाई कहिलेकही सम्झनु हुन्छ त ? ।।१०।।
मातरं पितरं भ्रातॄन् पतीन् पुत्रान् स्वसॄनपि ।
यदर्थे जहिम दाशार्ह दुस्त्यजान् स्वजनान् प्रभो ॥ ११ ॥
ता नः सद्यः परित्यज्य गतः सञ्छिन्नसौहृदः ।
कथं नु तादृशं स्त्रीभिर्न श्रद्धीयेत भाषितम् ॥ १२ ॥
हे बलराम ! आफ्ना मातापिता लगायत आफन्तलाई छोड्न धेरै कठिन हुन्छ तर हामीले श्रीकृष्णका लागि सबैलाई त्याग्यौं । तर श्रीकृष्णले मिठो कुरा गरेर अलमल्याएर सबै प्रेमबन्धनलाई चुडालेर हामीलाई छाडेर जानुभयो । हामी अवला स्त्री हौं, वहाँले त्यस्तो मिठो कुरा गरेपछि नपत्याउने करा पनि भएन ।।११–१२।।
(मिश्र)
कथं नु गृह्णन्त्यनवस्थितात्मनो
वचः कृतघ्नस्य बुधाः पुरस्त्रियः ।
गृह्णन्ति वै चित्रकथस्य सुन्दर(
स्मितावलोकोच्छ्वसितस्मरातुराः ॥ १३ ॥
एउटी गोपीले भनिन्– हे बलराम ! नगरका स्त्रीहरु धेरै चलाख हुन्छन् । उनीहरु चंञ्चल मन भएका श्रीकृष्णको कुरामा कसरी विश्वास गर्छन् र ? । हुनत अनेक थरिका कुरा जान्ने श्रीकृष्णको अनुहार, मन्दमुस्कान र हेराईले ती कामवासनाले विवश भएका नगरका स्त्रीहरुले उनको प्रभावमा परेर विश्वास गरिहाल्छन नि ।।१३।।
(अनुष्टुप्)
किं नस्तत्कथया गोप्यः कथाः कथयतापराः ।
यात्यस्माभिर्विना कालो यदि तस्य तथैव नः ॥ १४ ॥
अर्की गोपिनीले भनिन्– हे गोपीहरू ! अब ती कृष्णको कुरा गरेर हामीलाई कुनै फाइदा छैन । समय बिताउनको लागि बरु अरु कुरा गर । अब हामी नहुँदा पनि कृष्णको समय बित्दछ भने कृष्ण नहुदा पनि हाम्रो समय बित्दछ ।।१४।।
इति प्रहसितं शौरेर्जल्पितं चारु वीक्षितम् ।
गतिं प्रेमपरिष्वङ्गं स्मरन्त्यो रुरुदुः स्त्रियः ॥ १५ ॥
श्रीकृष्णको बारेमा यस्तो कुरा गरिरहेका ती गोपितीहरुले श्रीकृष्णको मधुर मुस्कान, प्रेमपूर्ण हेराई मिठो बोली, प्रेमयुक्त आलिंगन आदि सम्झेर रुन थाले ।।१५।।
सङ्कर्षणस्ताः कृष्णस्य सन्देशैर्हृदयङ्गमैः ।
सान्त्वयामास भगवान् नानानुनयकोविदः ॥ १६ ॥
बलराम विभिन्न तरिकाले अनुनय विनय गरेर मनाउनमा धेरै सिपालु हुनुहुन्थ्यो त्यसैले वाहाँले भगवान कृष्णका हृदयस्पर्शी सन्देशहरू सुनाएर गोपीहरूलाई सान्त्वना दिनुभयो ।।१६।।
द्वौ मासौ तत्र चावात्सीन्मधुं माधवमेव च ।
रामः क्षपासु भगवान् गोपीनां रतिमावहन् ॥ १७ ॥
बलरामजीले रातको समयमा गोपिनीसंग विहार गरेर उनीहरुको मनमा प्रिति जगाउदै वसन्त ऋतुको चैत्र र वैशाख दुई महिना त्यही बिताउनु भयो ।।१७।।
पूर्णचन्द्रकलामृष्टे कौमुदीगन्धवायुना ।
यमुनोपवने रेमे सेविते स्त्रीगणैर्वृतः ॥ १८ ॥
त्यस समयमा रातको समयमा पूर्णिमाको चन्द्रमाको प्रकाश फैलिएको थियो । कुमुदिनीको सुगन्धले युक्त हावा चलिरहेको यमुनाको तटमा रहेको उपवनमा बलरामले गोपिनीहरुसंग घेरिएर रमण गर्र्नुभयो ।।१८।।
वरुणप्रेषिता देवी वारुणी वृक्षकोटरात् ।
पतन्ती तद् वनं सर्वं स्वगन्धेनाध्यवासयत् ॥ १९ ॥
वरुणदेवले आफ्नी छोरी वारुणी लाई त्यहाँ पठाएका थिए । ती बारुणी मदिराकी अधिष्ठात्री देवीले रूखको टोड्का सुगन्ध धाराको रुपमा भुईमा खसालेकीले त्यो उपवनलाई सुगन्धित बनाइन् ।।१९।।
तं गन्धं मधुधाराया वायुनोपहृतं बलः ।
आघ्रायोपगतस्तत्र ललनाभिः समं पपौ ॥ २० ॥
हावाले त्यो सुगन्धलाई बलराम नजिक पुर्याएकोले वहाँले त्यो सुगन्ध सुघ्नुभयो । त्यसपछि बलराम गोपीहरूसँगै त्यहाँ रुख भएको ठाँएमा पुग्नुभयो र उनीहरूसँगै भएर त्यो मदिरा पान गर्नुभयो ।।२०।।
उपगीयमानचरितो वनिताभिर्हलायुधः ।
वनेषु व्यचरत् क्षीबो मदविह्वललोचनः ॥ २१ ॥
स्रग्व्येककुण्डलो मत्तो वैजयन्त्या च मालया ।
बिभ्रत् स्मितमुखाम्भोजं स्वेदप्रालेयभूषितम् ॥ २२ ॥
त्यसबेला देवता गन्धर्व आदिले वहाँको चरित्रको गान गाइरहेका थिए । वहाँ मदिराले मदमस्त भएकोले आँखा लोलाएका थिए । फुलको माला लगाउनु भएका, एउटामात्र कुण्डल लगाउनु भएका, वैजयन्तीमाला लगाउनु भएका, अनुहारमा सेतो हिउँजस्तै पसिनाका कारण अत्यन्तै सुन्दर देखिनु भएका बलराम हतियार रुपी हलो हातमा लिएर गोपिनीहरुसंग विहार गर्नुभयो ।।२१–२२।।
स आजुहाव यमुनां जलक्रीडार्थमीश्वरः ।
निजं वाक्यमनादृत्य मत्त इत्यापगां बलः ॥ २३ ॥
सर्वशक्तिमान बलरामजीले यमुनाजीलाई जलक्रीडा गर्न बोलाउनुभयो तर यमुनाजीले बलरामजी मदले मस्त हुनुभएको देखेर वहाँकोे आदेशलाई उल्लङ्घन गरेर उनी आइनन् । त्यसपछि आफ्नो आज्ञा नमानेकोले बलरामले रिसाउँदै आफ्नो हलोको टुप्पोले उनलाई तान्नुभयो ।।२३।।
अनागतां हलाग्रेण कुपितो विचकर्ष ह ।
पापे त्वं मामवज्ञाय यन्नायासि मयाऽऽहुता ।
नेष्ये त्वां लाङ्गलाग्रेण शतधा कामचारिणीम् ॥ २४ ॥
अनि बलरामजीले गंगालाई भन्नुभयो हे पापिनी मैले बोलाउँदा पनि तँ आइनस । त स्वेच्छाचारिणी बनिछस अब मेरो हलोले तलाई सय टुक्रा पारिदिनेछु ।।२४।।
एवं निर्भर्त्सिता भीता यमुना यदुनन्दनम् ।
उवाच चकिता वाचं पतिता पादयोर्नृप ॥ २५ ॥
जब बलरामले यमुनालाई यसरी हप्काउनु भयो तब उनी डराएर काम्दै बलरामजीको पाउमा परेर भन्न थालिन् ।।२५।।
राम राम महाबाहो न जाने तव विक्रमम् ।
यस्यैकांशेन विधृता जगती जगतः पते ॥ २६ ॥
हे लोकरञ्जक महाबाहु बलरामजी ! हे जगत्पते । हजुरको एक अंश संकर्षणले नै यो सम्पूर्ण जगत धारण गर्नुएभएकोे छ । हजुरको यस्तो प्रभावको बारेमा मैले जान्नसकिन ।।२६।।
परं भावं भगवतो भगवन् मामजानतीम् ।
मोक्तुमर्हसि विश्वात्मन् प्रपन्नां भक्तवत्सल ॥ २७ ॥
हे भगवान ! हजुर अत्यन्तै गौरवशाली विश्वात्मा हुनुहुन्छ । हे भक्तवत्सल मैले हजुरमो वास्तविक स्वभाव जान्न सकिन । त्यसैले म हजुरको शरणमा आएकी छु । मलाई छाडिदिनुहोस ।।२७।।
ततो व्यमुञ्चद् यमुनां याचितो भगवान् बलः ।
विजगाह जलं स्त्रीभिः करेणुभिरिवेभराट् ॥ २८ ॥
यमुनाजीले यसरी प्रार्थना गरेकीले बलरामजीले उनलाई क्षमा दिनुभयोे र गजराजले हस्तिनीहरुसंग कृडा गरजस्तै गोपिनीहरुसंग यमुनाको जलमा प्रवेश गर्नुभयो ।।२८।।
कामं विहृत्य सलिलादुत्तीर्णायासिताम्बरे ।
भूषणानि महार्हाणि ददौ कान्तिः शुभां स्रजम् ॥ २९ ॥
यसरी यथेष्ट जल विहार गरिसकेपछि बलराम यमुनाको जलबाट बाहिर निस्कनु भयो । वहाँ जलबाट बाहिर निस्किए पछि देवी लक्ष्मीले उहाँलाई नीलो कपडा बहुमूल्य गहना मंगलमय माला दिनुभयो ।।२९।।
वसित्वा वाससी नीले मालामामुच्य काञ्चनीम् ।
रेये स्वलङ्कृतो लिप्तो माहेन्द्र इव वारणः ॥ ३० ॥
बलरामजीले लक्ष्मीले दिएको नीलो लुगाहरु लगाएर सुवर्णमय माला घाँटीमा पहिरिनुभयो, चन्दनहरु लेपन गर्नुभयो । यसरी सजिदा बलरामजी देवराज इन्द्रको एरावत हात्ती जस्तै सुन्दर देखिनुभयो ।।३०।।
अद्यापि दृश्यते राजन् यमुनाऽऽकृष्टवर्त्मना ।
बलस्यानन्तवीर्यस्य वीर्यं सूचयतीव हि ॥ ३१ ॥
हे महाराज परीक्षित ! अहिले पनि यमुना अनन्त शक्तिमान भगवान बलरामले हलोले तानेको बाटोबाट बगेगी देखिन्छिन् । त्यही बाटोबाट बगेर यमुनाले भगवान बलरामको सामथ्र्यको गान गाइरहेकी छिन् ।।३१।।
एवं सर्वा निशा याता एकेव रमतो व्रजे ।
रामस्याक्षिप्तचित्तस्य माधुर्यैर्व्रजयोषिताम् ॥ ३२ ॥
बलरामजी यसरी व्रजका गोपिनीहरुसंग विहार गर्नुहुँदा गोपिनीहरुको माधुर्यले मुग्ध हुनुभएको थियो जसले गर्दा धेरै रातहरू एक रात जस्तै बिते । यसरी बलराम व्रजमा घुमिरहनुभयो ।।३२।।
इति श्रीमद्भाुगवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे
बलदेवविजये नाम पञ्चषष्टितमोऽध्यायः ॥ ६५ ॥
