श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - द्वाविंशोऽध्यायः
श्रीशुक उवाच -
(अनुष्टुप्)
एवं विप्रकृतो राजन् बलिर्भगवतासुरः ।
भिद्यमानोऽप्यभिन्नात्मा प्रत्याहाविक्लवं वचः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! यस प्रकार भगवान्ले असुरराज बलिलाई बडो तिरस्कार गर्नुभयो । उनलाई सत्य बाट विचलित गराउन खोज्नुभयो । तर बलि अलिकता पनि विचलित नभइकन उनले धैर्य भएर भने ।।१।।
श्रीबलिरुवाच -
यद्युत्तमश्लोक भवान्ममेरितं
वचो व्यलीकं सुरवर्य मन्यते ।
करोम्यृतं तन्न भवेत्प्रलम्भनं
पदं तृतीयं कुरु शीर्ष्णि मे निजम् ॥ २ ॥
दैत्यराज बलिले भने–
देवताहरुका आराध्यदेव ! तपाईको कीर्ति बडो पवित्र छ । के तपाई मेरो कुरालाई असत्य सम्झनुहुन्छ ? यस्तो होइन । म त्यसलाई सत्य गरेर देखाइदिन्छु । तपाईलाई धोका हुदैन । कृपा गरेर तपाईको तेश्रो पाउ मेरो सिरमा राखिदिनु होस ।।२।।
बिभेमि नाहं निरयात् पदच्युतो
न पाशबन्धाद्व्यसनाद् दुरत्ययात् ।
नैवार्थकृच्छ्राद्भनवतो विनिग्रहाद्
असाधुवादाद्भृिशमुद्विजे यथा ॥ ३ ॥
मलाई नरकमा जानु अथवा आफ्नो राज्यबाट च्युत हुनुमा कुनै डर छैन । म पासमा बाँधिनाले तथा अपार दुःखमा पर्नाले पनि डराउन्न । मसंग कुनै सम्पत्ति नहोस अथवा तपाईले मलाई घोर दण्ड दिनुहोस, यसमा पनि मलाई कुनै डर छैन । तर अपकीर्ति बाट सधैं डराउदछु ।।३।।
(अनुष्टुप्)
पुंसां श्लाघ्यतमं मन्ये दण्डमर्हत्तमार्पितम् ।
यं न माता पिता भ्राता सुहृदश्चादिशन्ति हि ॥ ४ ॥
आफ्ना पूजनीय गुरुले दिएको दण्ड त जीव मात्रका लागि वान्छनीय हुन्छ । किनकि यस्तो दण्ड स्नेहले गर्दा माता, पिता, भाई र सुहृद आदि कसैले पनि दिन सक्तैनन ।। ४ ।।
त्वं नूनमसुराणां नः परोक्षः परमो गुरुः ।
यो नोऽनेकमदान्धानां विभ्रंशं चक्षुरादिशत् ॥ ५ ॥
तपाई गुप्तरुपले अवस्य पनि हामी असुरहरुलाई श्रेष्ठ शिक्षा दिइरहनु हुन्छ । अतः तपाई हाम्रा परम गुरु हुनुहुछ । जब हामी धन, कुलीनता, बल आदिको घमण्डले अन्धो हुन्छौं त्यतिबेला हाम्रो सबै बस्तु खोसेर हामीलाई आँखा दान गर्नु हुन्छ ।।५।।
यस्मिन् वैरानुबन्धेन व्यूढेन विबुधेतराः ।
बहवो लेभिरे सिद्धिं यामु हैकान्तयोगिनः ॥ ६ ॥
तपाईले हामीलाई माथि गर्नु भऐको उपकारको बारेमा त म के बताऊँ ? अनन्यभावले योग गर्ने योगीहरुले जुन सिद्धि प्राप्त गर्दछन, त्यहि सिद्ध असुरहरुलाई तपाईमा दृढ वैरभाव गर्नालेनै प्राप्त गरेका छन ।।६।।
तेनाहं निगृहीतोऽस्मि भवता भूरिकर्मणा ।
बद्धश्च वारुणैः पाशैः नातिव्रीडे न च व्यथे ॥ ७ ॥
जसको यस्तो अनन्त महिमा, अनन्त लीला छ, वहि तपाई मलाई दण्ड दिदैहुनुहुन्छ र वरुणपाशले बाँधिराख्नु भएको छ । यसले ममा न कुनै लज्जा नै छ न कुनै प्रकारको व्यथा नै छ ।।७।।
पितामहो मे भवदीयसम्मतः
प्रह्राद आविष्कृतसाधुवादः ।
भवद्विपक्षेण विचित्रवैशसं
संप्रापितस्त्वं परमः स्वपित्रा ॥ ८ ॥
प्रभु मेरा पितामह प्रल्हादको कीर्ति सारा जगतमा पवित्र छ । वहाँ तपाईको भक्तमा श्रेष्ठ हुनुहुन्छ । वहाँका पिता हिरण्यकशिपुले तपाईसंग वैरभाव राखेका कारण उनलाई अनेक प्रकारको दुःख दिए । उनले आफ्नो जीवन तपाईमा नै अर्पण गरे ।।८।।
किमात्मनानेन जहाति योऽन्ततः
किं रिक्थहारैः स्वजनाख्यदस्युभिः ।
किं जायया संसृतिहेतुभूतया
मर्त्यस्य गेहैः किमिहायुषो व्ययः ॥ ९ ॥
उनले यो निश्चय गरे कि शरीरले पनि एकदिन साथ छोडिदिन्छ । जुन धन सम्पत्ति लिनका लागि स्वजन बनेका डाँकुहरु संग पनि मेरो कुनै सरोकार छैन ? पत्नीबाट पनि कुनै फाइदा छैन उनीले पनि यो मृत्युरुप संसार चक्रमा खसाल्दछिन । एक दिन मर्दा पनि यो धन सबै छाडेरै जाने हो ? यी सबै वस्तुहरुमा अलमलिनु ता केवल आफ्नो आयुलाई छोट्टयाउनु मात्रै हो ।।९।।
इत्थं स निश्चित्य पितामहो महान्
अगाधबोधो भवतः पादपद्मम् ।
ध्रुवं प्रपेदे ह्यकुतोभयं जनाद्
भीतः स्वपक्षक्षपणस्य सत्तम ॥ १० ॥
यस्तो निश्चय गरेर मेरा पितामह प्रल्हादजीले, तपाई लौकिक दृष्टिले आफ्नो वंश नाश गर्ने हो भन्ने बुझेर पनि तपाईकै भय रहित, अविनाशी चरणकमलको शरण ग्रहण गरेका थिए ।।१०।।
अथाहमप्यात्मरिपोस्तवान्तिकं
दैवेन नीतः प्रसभं त्याजितश्रीः ।
इदं कृतान्तान्तिकवर्ति जीवितं
ययाध्रुवं स्तब्धमतिर्न बुध्यते ॥ ११ ॥
तपाई त्यस दृष्टिले मेरो पनि सत्रु हो, फेरी पनि विधाताले मलाई बलात ऐश्वर्य लक्ष्मीबाट अलग गरेर तपाईको चरणमा ल्याइदियो । राम्रै भयो किनकि ऐश्वर्य लक्ष्मीको कारण जीवको बुद्धि जड ह्ुन्छ । त्यसैले उसले आफ्नो जीवन मृत्युको पञ्जामा परेको अनित्य छ भन्ने सम्झन सक्तैन ।।११।।
श्रीशुक उवाच -
(अनुष्टुप्)
तस्येत्थं भाषमाणस्य प्रह्रादो भगवत्प्रियः ।
आजगाम कुरुश्रेष्ठ राकापतिरिवोत्थितः ॥ १२ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! राजा बलि यस प्रकार भनिरहेका बेलामा उदाउँन लागेको चन्द्रमा को समान भगवान्का प्यारा प्रल्हादजी त्यहाँ आइपुगे ।।१२।।
तमिन्द्रसेनः स्वपितामहं श्रिया
विराजमानं नलिनायतेक्षणम् ।
प्रांशुं पिशंगांबरमञ्जनत्विषं
प्रलंबबाहुं शुभगर्षभमैक्षत ॥ १३ ॥
राजा बलिले आफ्ना पितामह बडो श्रीसम्पन्न भएका, कमलको समान आँखा भएका, लामा लामा हातहरु भएका, सुन्दर वर्णको श्यामल शरीरमा पीताम्बर धारण गरेका यस्तो अवस्थामा देखे ।।१३।।
तस्मै बलिर्वारुणपाशयन्त्रितः
समर्हणं नोपजहार पूर्ववत् ।
ननाम मूर्ध्नाश्रुविलोललोचनः
सव्रीडनीचीनमुखो बभूव ह ॥ १४ ॥
त्यस समय बलि बरुण पाशमा बाँधिएका थिए । त्यस कारण प्रल्हादजी आउँदा पहिलाको जस्तो पूजा आदि सम्मान गर्न सकेनन । उनको आँखा आँसुले चंचल भएको थियो, लाजले गर्दा मुख झुकेको थियो । उनले केवल सिर झुकाएर उनलाई नमस्कार गरे ।।१४।।
स तत्र हासीनमुदीक्ष्य सत्पतिं
हरिं सुनन्दाद्यनुगैरुपासितम् ।
उपेत्य भूमौ शिरसा महामना
ननाम मूर्ध्ना पुलकाश्रुविक्लवः ॥ १५ ॥
प्रल्हादजीले त्यहाँ भक्तवत्सल भगवान् त्यहाँ विराजमान हुनुभएको र सुनन्द नन्द आदि पार्षद वहाँको सेवा गरिरहेका सबै कुरा देखे त्यसपछि प्रेमको उद्वेगले उनको शरीर रोमाञ्चित भयो, उनको आँखामा आँसूको छचल्किएर आयो । उनले आनन्दपूर्ण हृदयले सिर झुकाए आफ्ना स्वामी भगवान्लाई साष्टांग प्रणाम गरे ।।१५।।
श्रीप्रह्राद उवाच -
त्वयैव दत्तं पदमैन्द्रमूर्जितं
हृतं तदेवाद्य तथैव शोभनम् ।
मन्ये महानस्य कृतो ह्यनुग्रहो
विभ्रंशितो यच्छ्रिय आत्ममोहनात् ॥ १६ ॥
प्रल्हाजीले भने–
प्रभो ! तपाईले नै बलिलाई इन्द्र पद दिनुभएको थियो, आज फेरि आफैले हरेर लिनु भयो । तपाई दिने बेलामा तपाईमा जुन सुन्दरता थियो आज लिने बेलामा पनि तपाईमा त्यत्तिकै सुन्दरता छ । आज तपाईले यस आत्माबाट मोहित गराउने राज्यबाट बलिलाई अलग गराइदिनु भएर यसमाथि ठुलो उपकार गर्नु भएको छ ।।१६।।
यया हि विद्वानपि मुह्यते यतः
तत् को विचष्टे गतिमात्मनो यथा ।
तस्मै नमस्ते जगदीश्वराय वै
नारायणायाखिललोकसाक्षिणे ॥ १७ ॥
प्रभो ! विद्वान पुरुष समेत मोहित गराउने लक्ष्मी रहेसम्म पुरुषले आफ्नो वास्तविक स्वरुपलाई ठिक संग कसले जान्न सक्छ ? त्यसैले उस लक्ष्मीलाइृ खोसेर महान उपकार गर्नु भएको छ यस्ता सबैका परमसाक्षी श्री नारायण देवलाई म नमस्कार गर्दछु ।।१७।।
श्रीशुक उवाच -
(अनुष्टुप्)
तस्यानुश्रृवतो राजन् प्रह्रादस्य कृताञ्जलेः ।
हिरण्यगर्भो भगवान् उवाच मधुसूदनम् ॥ १८ ॥
बद्धं वीक्ष्य पतिं साध्वी तत्पत्नी॥ भयविह्वला ।
प्राञ्जलिः प्रणतोपेन्द्रं बभाषेऽवांमुखी नृप ॥ १९ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! प्रल्हाद हात जोरेर उभिएका थिए । उनको अगाडि नै ब्रह्माजीले वामन भगवान् संग केहि भन्न खोज्नु भएको बेलामा राजा बलिकी परम साध्वी पत्नी विन्ध्यावतीले आफ्ना पतिलाई बाँधेको देखेर डराउँदै भगवान्को चरणमा प्रणाम गरिन र सिर निहुर्याएर भगवान्लाई भनिन।।१८।१९।।
श्रीविन्ध्यावलिरुवाच -
क्रीडार्थमात्मन इदं त्रिजगत्कृतं ते
स्वाम्यं तु तत्र कुधियोऽपर ईश कुर्युः ।
कर्तुः प्रभोस्तव किमस्यत आवहन्ति
त्यक्तह्रियस्त्वदवरोपितकर्तृवादाः ॥ २० ॥
विध्न्यावतीले भनिन–
प्रभो आफ्नो कृडाको लागि नै तपाईले यस जगतको रचना गर्नु भएको हो । कुबुद्धि भएकाले नै यिनलाई स्वामी मान्दछन । जब तपाई नै सम्पूर्ण जगतका कर्ता, भर्ता र संरक्षक हुनुहुन्छ, तपाई मायाले मोहित गराएर आफुलाई झठमुठ कर्ता मान्ने निर्लज्जले तपाईलाई के समर्पण गर्न सक्छ ? ।।२०।।
श्रीब्रह्मोवाच -
(अनुष्टुप्)
भूतभावन भूतेश देवदेव जगन्मय ।
मुञ्चैनं हृतसर्वस्वं नायमर्हति निग्रहम् ॥ २१ ॥
ब्रह्माजीले भन्नुभयो–
समस्त प्राणीको जीवनदाता, र जगत्स्वरुप देवाधिदेव प्रभो ! अब तपाईले यसलाई छाडिदिनु होस । तपाईले यसको सर्वस्व हरण गरी सक्नु भएको छ । त्यसैले अब यो दण्डको पात्र होइन ।।२१।।
कृत्स्ना तेऽनेन दत्ता भूर्लोकाः कर्मार्जिताश्च ये ।
निवेदितं च सर्वस्वं आत्माविक्लवया धिया ॥ २२ ॥
यसले आफ्नो सम्पूर्ण भूमि र पुण्यकर्मले उपार्जित गरेको स्वर्गादि लोक आफ्नो तथा आत्मासम्म पनि तपाईलाइ समर्पित गरिसकेको छ ।।२२।।
यत्पादयोरशठधीः सलिलं प्रदाय
दूर्वाङ्कुरैरपि विधाय सतीं सपर्याम् ।
अप्युत्तमां गतिमसौ भजते त्रिलोकीं
दाश्वानविक्लवमनाः कथमार्तिमृच्छेत् ॥ २३ ॥
प्रभो ! जो मनुष्य आफ्नो सच्चा हृदयले तपाईको चरणमा जलको अघ्र्य दिन्छ र केवल दुवोको दलले तपाईको सच्चा पूजा गर्दछ उसलाई पनि उत्तम गति प्राप्त हुन्छ भने बलिले ता प्रसन्न भएर त्रिभुवन नै दान दिएको छ । त्यसैले अब यो दुःखको भोगी हुन सक्दैन ।।२३।।
श्रीभगवानुवाच -
(अनुष्टुप्)
ब्रह्मन् यमनुगृह्णामि तद्विशो विधुनोम्यहम् ।
यन्मदः पुरुषः स्तब्धो लोकं मां चावमन्यते ॥ २४ ॥
श्री भगवान्ले भन्नुभयो !
ब्रह्माजी म जसलाई कृपा गर्दछु, उसको धन हरण गरिदिन्छु । किनकि धनले मात्तिएको पुरुषले मेरो लोकलाई अनादर गर्न लाग्दछ ।।२४।।
यदा कदाचित् जीवात्मा संसरन्निजकर्मभिः ।
नानायोनिष्वनीशोऽयं पौरुषीं गतिमाव्रजेत् ॥ २५ ॥
जीव आफ्नो कर्मका कारण विवश भएर अनेकौ योनि प्राप्त गरेर त्यसमा फस्दछ । जब कहिले मेरो कृपाले मानिस शरीर प्राप्त गर्दछ ।।२५।।
जन्मकर्मवयोरूप विद्यैश्वर्यधनादिभिः ।
यद्यस्य न भवेत् स्तंभः तत्रायं मदनुग्रहः ॥ २६ ॥
मनुष्यमा जन्म लिएर आफ्नो कूल, कर्म, अवस्था, रुप, विद्या, ऐश्वर्य र धन आदिका कारण उसमा घमण्ड भएन भने उसलाई मेरै कृपा प्राप्त भयो भन्ने सम्झनु पर्दछ ।।२६।।
मानस्तम्भनिमित्तानां जन्मादीनां समन्ततः ।
सर्वश्रेयःप्रतीपानां हन्त मुह्येन्न मत्परः ॥ २७ ॥
कुलीनता आदि अनेक कारण जसले अभिमान र उपद्रता उत्पन्न गरेर मनुष्यलाई कल्याणको समस्त साधनले वञ्चित गरिदिन्छ, तर जो मेरो शरणागत हुन्छ त्यो यसबाट मोहित हुदैन ।।२७।।
एष दानवदैत्यानामग्रनीः कीर्तिवर्धनः ।
अजैषीदजयां मायां सीदन्नपि न मुह्यति ॥ २८ ॥
यो बलि दानव र दैत्य दुवै वंशमा अग्रगण्य हो । आफ्नो वंश र आफ्नो कीर्ति बढाउने पनि हो यसले माया माथि विजय प्र्राप्त गरिसकेको छ, जसलाई जित्न अत्यन्त गारो छ । यत्रो दुःख पाउँदा पनि यो मोहित भएको छैन । आफ्नो वचनमा स्थीर छ, जुन तिमी देखिरहेका छौ,।।२८।।
क्षीणरिक्थश्च्युतः स्थानात्क्षिप्तो बद्धश्च शत्रुभिः ।
ज्ञातिभिश्च परित्यक्तो यातनामनुयापितः ॥ २९ ॥
गुरुणा भर्त्सितः शप्तो जहौ सत्यं न सुव्रतः ।
छलैरुक्तो मया धर्मो नायं त्यजति सत्यवाक् ॥ ३० ॥
यसको धन हरण गरि दिएको छु । राजपदबाट अलग गरिदिएं, अनेक किसिमको आक्षेप गरिदिएं, सत्रुहरुले बाँधिदिए, भाई बन्धुहरुले छोडेर हिँडे । यत्रो यातना भोग्नु पर्यो, यहाँसम्म कि गुरुदेवले पनि यसलाई हप्काए र श्राप समेत दिए । तर यसले दृढ रहेर आफ्नो प्रतिज्ञा छोडेन । मैले यसलाई मैले छल गरेर धर्मको उपदेश दिएं तैपनि यो सत्यवादीले आफ्नो धर्म छोडेन ।।२९।३०।।
एष मे प्रापितः स्थानं दुष्प्रापं अमरैरपि ।
सावर्णेरन्तरस्यायं भवितेन्द्रो मदाश्रयः ॥ ३१ ॥
त्यसैले मैले यसलाई ठुला ठुला देवताहरुलाई पनि कठिनाइले प्राप्त हुने स्थान दिएको छु । सावर्णि मन्वन्तरमा यो मेरो परमभक्त इन्द्र हुनेछ ।।३९।।
तावत् सुतलमध्यास्तां विश्वकर्मविनिर्मितम् ।
यदाधयो व्याधयश्च क्लमस्तन्द्रा पराभवः ।
नोपसर्गा निवसतां सम्भवन्ति ममेक्षया ॥ ३२ ॥
त्यतिबेला सम्म यो विश्वकर्माले बनाएको सुतललोकमा रहने छ । त्यहाँ रहनेले मेरो कृपादृष्टिको अनुभव गर्दछ । त्यसैले उनीहरुलाई शारीरिक अथवा मानसिक रोग, थकावट, तन्द्रा बाहिरी अथवा भित्री सत्रुहरुबाट पराजय र कुनै प्रकारको विघ्नको सामना गर्नु पर्दैैन ।।३२।।
इन्द्रसेन महाराज याहि भो भद्रमस्तु ते ।
सुतलं स्वर्गिभिः प्रार्थ्यं ज्ञातिभिः परिवारितः ॥ ३३ ॥
बलिलाई सम्बोधन गरेर भन्नुभयो– महाराज इन्द्रसेन ! तिम्रो कल्याण होस, अब तिमी आफ्ना भाई बन्धुहरुका त्यो देवताहरुले समेत चाहना गर्ने सुतललोकमा जाउ ।।३३।।
न त्वां अभिभविष्यन्ति लोकेशाः किमुतापरे ।
त्वत् शासनातिगान् दैत्यान् चक्रं मे सूदयिष्यति ॥ ३४ ॥
ठुला ठुला लोकपालहरु पनि अब तिमीलाई पराजित गर्न सक्तैनन भने अरुको ता के नै कुरा भयो । तिम्रो आज्ञालाई उलंघन गर्ने दैत्यलाई पनि मेरो चक्रले उनीहरुलाई टुक्रा टुक्रा पारिदिने छ ।।३४।।
रक्षिष्ये सर्वतोऽहं त्वां सानुगं सपरिच्छदम् ।
सदा सन्निहितं वीर तत्र मां द्रक्ष्यते भवान् ॥ ३५ ॥
वीर बलि ! म त्यहाँ तिमी र तिम्रा अनुचरहरु र भोग सामग्रीहरुको पनि सबै प्रकारको विघ्नबाट रक्षा गर्नेछु । तिमी त्यहाँ सदा सर्वदा मलाई आफु नजिक नै देख्नेछौं ।।३५।।
तत्र दानवदैत्यानां संगात् ते भाव आसुरः ।
दृष्ट्वा मदनुभावं वै सद्यः कुण्ठो विनंक्ष्यति ॥ ३६ ॥
दानव र दैत्यको संसर्गले तिमीमा जुन असुरभाव छ, त्यो मेरो प्रभावले अथवा नष्ट हुनेछ ॥ ३६ ॥
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे वामनप्रादुर्भवे बलिवामनसंवादे द्वाविंशोऽध्यायः ॥ २२ ॥