श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – चतुर्दशोऽध्यायः
मैत्रेय उवाच –
(अनुष्टुप्)
भृग्वादयस्ते मुनयो लोकानां क्षेमदर्शिनः ।
गोप्तर्यसति वै नॄणां पश्यन्तः पशुसाम्यताम् ॥ १ ॥
विदुरजी ! अंग वनतिर गएपछि सबैलोकको कल्याण चाहने भृगुआदि मुनिहरूले पृथ्वीको रक्षा गर्ने कोहि देखेनन् सबैजना पशुजस्तो छाडा भएकाछन् ।।१।।
वीरमातरमाहूय सुनीथां ब्रह्मवादिनः ।
प्रकृत्यसम्मतं वेनं अभ्यषिञ्चन् पतिं भुवः ॥ २ ॥
त्यसैले उनीहरूले माता सुनिथाको सहमति लिएर वेनलार्ई भूमण्डलमो राजपदमा अभिषेक गरे ।।२।।
श्रुत्वा नृपासनगतं वेनमत्युग्रशासनम् ।
निलिल्युर्दस्यवः सद्यः सर्पत्रस्ता इवाखवः ॥ ३ ॥
वेन धेरै कठोर शासक थियो । जव चोर डाँका वेन राज सिंहासनमा बसेको छ भन्नेकुरा जनताले सुने अनि उनीहरु सर्पको डरले मुसा लुकेझैं लुकेर रहन लागे ।।३।।
स आरूढनृपस्थान उन्नद्धोऽष्टविभूतिभिः ।
अवमेने महाभागान्स्तब्धः सम्भावितः स्वतः ॥ ४ ॥
राज्य सिंहासन पाएपछि वेन आठौं लोकपालको एैश्वर्यकलाको कारण उन्मत्त भयो र अभिमान् वश आफुलार्ई नै ठुलो हुं भन्नले लागेर महापुरुषको अपमान गर्नलाग्यो ।।४।।
एवं मदान्ध उत्सिक्तो निरङ्कुश इव द्विपः ।
पर्यटन् रथमास्थाय कम्पयन् इव रोदसी ॥ ५ ॥
यसरी उ ऐश्वर्यादिले अन्धो भएर रथम चढेर निरंकुश हात्ति झैं आकास र पृथ्वीलार्ई कमाउँदै सबैतिर डुल्न लाग्यो ।।५।।
न यष्टव्यं न दातव्यं न होतव्यं द्विजाः क्वचित् ।
इति न्यवारयद् धर्मं भेरीघोषेण सर्वशः ॥ ६ ॥
कुनैपनि द्विजजातीलार्ई यज्ञ, दान, र हवन आदि कार्य नगर्न डुङ्गी पिटाएर धर्मकर्म बन्द गर्यो ।।६।।
वेनस्यावेक्ष्य मुनयो दुर्वृत्तस्य विचेष्टितम् ।
विमृश्य लोकव्यसनं कृपयोचुः स्म सत्रिणः ॥ ७ ॥
दुष्ट वेनको यस्तो अत्याचार देखेर सबै ऋषिहरू भेला भएर पृथ्वीमा पर्न आएको शंकटको बारेमा एक आपसमा छलफल गरे ।।७।।
अहो उभयतः प्राप्तं लोकस्य व्यसनं महत् ।
दारुणि उभयतो दीप्ते इव तस्करपालयोः ॥ ८ ॥
अहो ! जसरी बलिरहेको दउरामा परेर कमिला आदि जीव महान शंकटमा पर्दछन् त्यसैगरी यता राजा र अर्को चोर डाँकुहरूको अत्याचारले गर्दा प्रजाहरु ठुलो शंकटमा परेकाछन् ।।८।।
अराजकभयादेष कृतो राजातदर्हणः ।
ततोऽप्यासीद्भयं त्वद्य कथं स्यात् स्वस्ति देहिनाम् ॥ ९ ॥
हमीले अराजकताको डरले अयोग्य हुंदाहंदै पनि वेनलार्ई राजा बनाएका थियौं तर अहिले उसैबाट प्रजाहरूलार्ई डर भइरहेको छ । यसरी प्रजालार्ई कसरी सुख मिल्दछ ? ।।९।।
अहेरिव पयःपोषः पोषकस्याप्यनर्थभृत् ।
वेनः प्रकृत्यैव खलः सुनीथागर्भसम्भवः ॥ १० ॥
मैत्रेयजी भन्दछन्–
सुनिथाको कोखबाट उत्पन्न भएको यो वेद सारै दुष्ट भयो । सर्पलार्ई दूध पिलाएझैं यसलार्ई पाल्दा पाल्नेलार्ई नै अनर्थको कारक बन्यो ।।१०।।
निरूपितः प्रजापालः स जिघांसति वै प्रजाः ।
तथापि सान्त्वयेमामुं नास्मान् तत्पातकं स्पृशेत् ॥ ११ ॥
हामीले यसलार्ई प्रजाको रक्षा गर्नको लागि नियुक्त गरेका थियौं । तर यसले त प्रजालाई नै नष्ट गर्न खोजि रहेछ । अब हामीले यसलार्ई समाउँनु पर्दछ जसले गर्दा यसले गरेको पापमा हाम्रो स्पर्श नहोस ।।११।।
तद् विद्वद्भिः असद्वृत्तो वेनोऽस्माभिः कृतो नृपः ।
सान्त्वितो यदि नो वाचं न ग्रहीष्यत्यधर्मकृत् ॥ १२ ॥
हामीले जानि बुझिकनै यस्तो दुराचारीलार्ई राजा बनाएको थियौं तर यो सम्झेर यसले हामीलार्ई मान्दैन भने लोकको तिरस्कारले जलेको यस दुष्टलार्ई हाम्रो तेजले भष्म गरीदिनु पर्दछ । यस्तो विचार गरेर मुनिहरू वेनलार्ई भेट्न गए । उनीहरूले आफ्नो क्रोधलार्ई लुकाएर मिठो बोलीले उसलार्र्ई संझाउँदै भन्नलागे ॥ १२ ॥
लोकधिक्कारसन्दग्धं दहिष्यामः स्वतेजसा ।
एवं अध्यवसायैनं मुनयो गूढमन्यवः ।
उपव्रज्याब्रुवन् वेनं सान्त्वयित्वा च सामभिः ॥ १३ ॥
मुनय ऊचुः –
नृपवर्य निबोधैतद् यत्ते विज्ञापयाम भोः ।
आयुःश्रीबलकीर्तीनां तव तात विवर्धनम् ॥ १४ ॥
मुनिहरूले भने–
राजन ! हामी तपाईलाई जे कुरा भन्दैछौं ध्यान दिएर सुन्नुहोस् यसले तपाईको आयु, श्री, वल र कीर्तिलार्ई बढाउँछ ।।१४।।
धर्म आचरितः पुंसां वाङ्मनःकायबुद्धिभिः ।
लोकान् विशोकान् वितरति अथ अनन्त्यमसङ्गिनाम् ॥ १५ ॥
स ते मा विनशेद्वीर प्रजानां क्षेमलक्षणः ।
यस्मिन् विनष्टे नृपतिः ऐश्वर्यादवरोहति ॥ १६ ॥
राजन ! यदि मानिसले मन, वाणी, बुध्दि र शरीरले धर्मको आचरण गर्दछ भने उसलार्र्ई शोक रहित भएको स्वर्गादि लोक मिल्दछ । उसमा निष्कामभाव छ भने उसलार्र्ई अनन्त मोक्ष मिल्दछ ।।१६।।
राजन् असाध्वमात्येभ्यः चोरादिभ्यः प्रजा नृपः ।
रक्षन् यथा बलिं गृह्णन् इह प्रेत्य च मोदते ॥ १७ ॥
त्यसैले वीरवर ! प्रजाको प्रजाको कल्याणरूप यस्तो धर्मलार्ई तपाईले नष्ट गर्नुहुदैन । धर्मको नष्ट हुनाले राजा पनि ऐश्वर्यबाट च्युत हुन्छन ।।१७।।
यस्य राष्ट्रे पुरे चैव भगवान् यज्ञपूरुषः ।
इज्यते स्वेन धर्मेण जनैर्वर्णाश्रमान्वितैः ॥ १८ ॥
जुन राजाले दुष्ट मन्त्री र चोर आदिबाट जोगाएर प्रजाको रक्षा गर्दछन्, न्याय अनुसार रहन्छन् भने उसले लोक परलोक दुवैतिर सुख पाउँछ ।।१८।।
तस्य राज्ञो महाभाग भगवान् भूतभावनः ।
परितुष्यति विश्वात्मा तिष्ठतो निजशासने ॥ १९ ॥
जसले राज्य अथवा नगरमा वर्णाश्रम धर्मलार्ई पाल्ने पुरुष आफ्नो स्वधर्मअनुसार यज्ञपुरुषको आराधना गर्दछ भने उसले आफ्नो आज्ञा पालना गर्ने ती राजासंग भगवान् प्रशन्न हुनुहुन्छ किनकि वहाँँ त सबै जीवको आत्मा र सबै भूतहरूको रक्षक हुनुहुन्छ ।।१८।१९।।
तस्मिन् तुष्टे किमप्राप्यं जगतां ईश्वरेश्वरे ।
लोकाः सपाला ह्येतस्मै हरन्ति बलिमादृताः ॥ २० ॥
भगवान् ब्रह्मादि जगदिश्वरका पनि ईश्वर हुनुहुन्छ । वहाँँलार्ई प्रशन्न गराएपछि कुनै कुराको पनि कमि हुदैन । त्यसैले इन्द्रादि लोकपाल वहाँँलार्ई ठुलो आदरले पूजा गर्दछन् ।।२०।।
(इंद्रवज्रा)
तं सर्वलोकामरयज्ञसङ्ग्रहं
त्रयीमयं द्रव्यमयं तपोमयम् ।
यज्ञैर्विचित्रैर्यजतो भवाय ते
राजन् स्वदेशान् अनुरोद्धुमर्हसि ॥ २१ ॥
राजन ! भगवान् श्रीहरि सबैलोकको लोकपाल यज्ञका नियन्ता हुनुहुन्छ । वेदका तीनरूप, द्रव्यरूप र तपरूप हुनुहुन्छ । यसैले तपाईका देशवासीहरूको उन्नतिका लागि अनेकौं यज्ञ गरेर भगवानको यजन गर्नु पर्दछ । तपाई उनीहरूको अनुकुल नै रहनुपर्दछ ।।२१।।
यज्ञेन युष्मद्विषये द्विजातिभिः
वितायमानेन सुराः कला हरेः ।
स्विष्टाः सुतुष्टाः प्रदिशन्ति वाञ्छितं
तद्धेलनं नार्हसि वीर चेष्टितुम् ॥ २२ ॥
जव तपाईको राज्यमा ब्राम्हणहरू यज्ञाको अनुष्ठान गर्दछन् तव उनीहरूको पूजाले प्रशन्न भएर भगवानको अंशरूप देवताहरू तपाईलार्ई इच्छा अनुसारको फल दिन्छन् अतः वीरवर ! तपाईले यज्ञादि अनुष्ठान बन्द गरेर देवताहरूको तिरस्कार नगर्नुहोस ।।२२।।
वेन उवाच–
(अनुष्टुप)
बालिशा बत यूयं वा अधर्मे धर्ममानिनः ।
ये वृत्तिदं पतिं हित्वा जारं पतिमुपासते ॥ २३ ॥
वेनले भन्यो तिमीहरू धेरै मुर्ख छौ । धिक्कार छ तिमीहरूलार्ई तिमीहरूले अधर्ममा नै धर्म मानिरहेका छौ । त्यसैले म सक्षात परमेश्वरलार्ई छाडेर अरुको उपाशना गरीरहेका छौ ।।२३।।
अवजानन्त्यमी मूढा नृपरूपिणमीश्वरम् ।
नानुविन्दन्ति ते भद्रं इह लोके परत्र च ॥ २४ ॥
जुन मानिस मुर्खताका कारण राजरूप परमेश्वरलार्ई अनादर गर्दछ भने उसलार्र्ई न यसलोकमा न परलोकमा नै सुख मिल्दछ ।।२४।।
को यज्ञपुरुषो नाम यत्र वो भक्तिरीदृशी ।
भर्तृस्नेहविदूराणां यथा जारे कुयोषिताम् ॥ २५ ॥
हेर जसमा तिमीहरूको ठुलो भक्ति छ त्यो त यसतो हा ेकि जो स्त्री आफ्नो विवाहिता पतिलार्ई प्रेम नगरेर अरु परपुरुषसंग आशक्त हुन्छे ।।२५।।
विष्णुर्विरिञ्चो गिरिश इन्द्रो वायुर्यमो रविः ।
पर्जन्यो धनदः सोमः क्षितिरग्निरपाम्पतिः ॥ २६ ॥
एते चान्ये च विबुधाः प्रभवो वरशापयोः ।
देहे भवन्ति नृपतेः सर्वदेवमयो नृपः ॥ २७ ॥
विष्णु, ब्रम्हा, महादेव, इन्द, वायु, यम, सुर्य, मेघ, कुवेर, चन्द्रमा, पृथ्वी, अग्नि, र वरुण तथा यस्तै अरु वर र श्राप दिन समर्थ भएका देवताहरू ती सबै राजाको शरीरमा रहन्छन् त्यसैले राजा सर्व देवमय हुन् र देवताहरू त उसैको अंशमात्र हुन् ।।२६।२७।।
तस्मान्मां कर्मभिर्विप्रा यजध्वं गतमत्सराः ।
बलिं च मह्यं हरत मत्तोऽन्यः कोऽग्रभुक् पुमान् ॥ २८ ॥
त्यसैले ब्राम्हणहरू, तिमीहरू आफ्नो मत्सरतालार्ई छाडेर आफ्नो सबै कर्मले मलार्ई मात्र पूजा गर र मलार्ई नै वली समर्पण गर म भन्दा अर्को को नै पूजाको अधिकारी छ र ।।२८।।
मैत्रेय उवाच –
इत्थं विपर्ययमतिः पापीयानुत्पथं गतः ।
अनुनीयमानस्तद्याच्ञां न चक्रे भ्रष्टमङ्गलः ॥ २९ ॥
मैत्रेयजी भन्दछन्–
यसप्रकार विपरित बुध्दि भएको त्यो वेन अत्यन्तै पापी र कुमार्गगामी भाएको थियो । उसकोे सबै पुण्य नष्ट भैसकेको थियो । ऋषिहरूले धरै अनुनय विनय गर्दा पनि उनीहरूको कुरालार्ई मानेन ।।२९।।
इति तेऽसत्कृतास्तेन द्विजाः पण्डितमानिना ।
भग्नायां भव्ययाच्ञायां तस्मै विदुर चुक्रुधुः ॥ ३० ॥
कल्याणरूप विदुरजी ! आफुलार्ई धेरै बुध्दिमान सम्झने वेनले यसरी मुनिहरूको अपमान गर्यो । आफ्नो अनुरोध वेकार भएकोले मुनिहरू उ संग धेरै रिसाए ।।३०।।
हन्यतां हन्यतामेष पापः प्रकृतिदारुणः ।
जीवन् जगदसावाशु कुरुते भस्मसाद् ध्रुवम् ॥ ३१ ॥
मारिदेउ यस्तो दुष्ट स्वभाव भएको पापीलार्ई मारिदेउ यदि यो बाँचिरह्यो भने यसले संसारलार्ई भष्म गर्दछ ।।३१।।
नायमर्हत्यसद्वृत्तो नरदेववरासनम् ।
योऽधियज्ञपतिं विष्णुं विनिन्दत्यनपत्रपः ॥ ३२ ॥
यो दुराचारी कुनैप्रकारले पनि राज्य सिंहासनमा बस्न योग्य छैन । यो त निर्लज्ज भएर साक्षात यज्ञपति भगवान् विष्णुलार्ई निन्दा गरीरहेछ ।।३२।।
को वैनं परिचक्षीत वेनमेकमृतेऽशुभम् ।
प्राप्त ईदृशमैश्वर्यं यदनुग्रहभाजनः ॥ ३३ ॥
अहो ! जसकोे कृपाले यस्तो सम्पत्ति मिल्यो उनै श्रीहरिको निन्दा यो अभागि वेन वाहेक अरु कस्ले गर्न सक्छ र ? ।।३३।।
इत्थं व्यवसिता हन्तुं हृषयो रूढमन्यवः ।
निजघ्नुर्हुङ्कृतैर्वेनं हतमच्युतनिन्दया ॥ ३४ ॥
मुनिहरुले झोक्किएर आफुमा क्रोध उत्पन्न गरेर उसलार्र्ई मार्ने निश्चय गरे । उ ता वास्तवमा भगवानको निन्दा गरेका कारण पहिल्यै मरिसकेको थियो । हुंकारले नै उनीहरूले काम पुरा गरे ।।३४।।
ऋषिभिः स्वाश्रमपदं गते पुत्रकलेवरम् ।
सुनीथा पालयामास विद्यायोगेन शोचती ॥ ३५ ॥
जव मुनिहरू आफ्नो आश्रममा गए यता वेनकी आमा सुनिथाले मन्त्रीहरू र अरुको सहायताले छोराको सवलार्ई रक्षा गरेर राखिन ।।३५।।
एकदा मुनयस्ते तु सरस्वत् सलिलाप्लुताः ।
हुत्वाग्नीन् सत्कथाश्चक्रुः उपविष्टाः सरित्तटे ॥ ३६ ॥
एकदिन उनै मुनिहरू सरस्वतीको पवित्र जलमा स्नान गरेर अग्नि होमादिले निवृत्त भएर नदीको किनार मा बसेर हरिको गुणगान गरीरहेका थिए ।।३६।।
वीक्ष्योत्थितान् तदोत्पातान् आहुर्लोक भयङ्करान् ।
अप्यभद्रमनाथाया दस्युभ्यो न भवेद्भुवः ॥ ३७ ॥
उनीहरूले सधै जसो लोकमा चोर डाँकुहरुले उनेक उपद्रो गरी आतंक फैलार्ईरहेको देखेर आपसमा सल्लाह गर्नलागे, अहिले पृथ्वीको रक्षक शासक कोहिपनि छैन त्यसैले चोर डाँकुहरूले कुनै अमङ्गल त गर्ने होइनन् ?।।३७।।
एवं मृशन्त ऋषयो धावतां सर्वतोदिशम् ।
पांसुः समुत्थितो भूरिः चोराणामभिलुम्पताम् ॥ ३८ ॥
ऋषिहरूले यस्तो विचार गरेर बसेका बखतमा उनहिरूले सबै दिशाहरूमा चोरहरु भाग्नाले उठेको ठुलो धुलोको मुस्लो देखे ।।३८।।
तदुपद्रवमाज्ञाय लोकस्य वसु लुम्पताम् ।
भर्तर्युपरते तस्मिन् अन्योन्यं च जिघांसताम् ॥ ३९ ॥
चोरप्रायं जनपदं हीनसत्त्वमराजकम् ।
लोकान् आवारयञ्छक्ता अपि तद्दोषदर्शिनः ॥ ४० ॥
उनीहरूले सोचेकि राजाको मृत्युपछि देशमा अराजकता फैलिएको छ । राज्यशक्ति हिन भएको छ । चोर डाँकाहरू ब्ढिरहेका छन । यो सबै उपद्रवहरू देख्दा देख्दै पनि हिंसाको दोष देखेर केहि गरेनन ।।३९।४०।।
ब्राह्मणः समदृक् शान्तो दीनानां समुपेक्षकः ।
स्रवते ब्रह्म तस्यापि भिन्नभाण्डात्पयो यथा ॥ ४१ ॥
फेरी बिचार गर्न लागे कि ब्राम्हण यदि समदर्शी र शान्त श्वभाव पनि हुन् तापनि दुःखी, अनाथ हरुको रक्षा गर्दैनन् भने उनीहरूको तप त्यसरी नै नष्ट हुन्छ जसरी फुटेको घडाबाट जल पोखिन्छ ।।४१।।
नाङ्गस्य वंशो राजर्षेः एष संस्थातुमर्हति ।
अमोघवीर्या हि नृपा वंशेऽस्मिन् केशवाश्रयाः ॥ ४२ ॥
विनिश्चित्यैवमृषयो विपन्नस्य महीपतेः ।
ममन्थुरूरुं तरसा तत्रासीद्बाहुको नरः ॥ ४३ ॥
फेरी राजर्षि अंगका वंशहरू पनि नष्ट हुनुहुदैन किनकि यस्मा अनेक अमोघ शक्ति छ । यस्तो निश्चय गरेर उनीहरूले मरेको राजाको तिघ्रालार्ई ठुृलो जोडले मन्थन गर्नलागे । जसबाट एउटा बाउन्ने पुरुष उत्पन्न भयो ।।४३।।
काककृष्णोऽतिह्रस्वाङ्गो ह्रस्वबाहुर्महाहनुः ।
ह्रस्वपान् निम्ननासाग्रो रक्ताक्षस्ताम्रमूर्धजः ॥ ४४ ॥
त्यो कौवा वरावर कालो थियो । सबै अंग र खासमा दुवै हात छोटा तथा साना थिए । ठुलो चिहँुडो, सानो नाक, चेप्टो अँखा तथा केसहरु तामा जस्तो रंगका थिए ।।४४।।
तं तु तेऽवनतं दीनं किं करोमीति वादिनम् ।
निषीदेत्यब्रुवंस्तात स निषादस्ततोऽभवत् ॥ ४५ ॥
त्यो पुरुषले दिनता र नम्रभावले अब म के गरौं ? भनि सोध्यो अनि ऋषिहरूले भने निषीद (वसिहाल) भने त्यसैकारण त्यो निषाद कहलार्ईयो ।।४५।।
तस्य वंश्यास्तु नैषादा गिरिकाननगोचराः ।
येनाहरत् जायमानो वेनकल्मषमुल्बणम् ॥ ४६ ॥
उनले जन्म हुनासाथ राजा वेनको भयंकर पापलार्ई आफुमा लिए । त्यसैले निषादका वंशहरु पाप कर्म गर्ने भएकाले उनीहरु गाँउ सहरमा बस्न योग्य नभएकाले वन पर्वतमा नै रहन्छन ।।४६।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे पृथुचरिते निषादोत्पत्तिर्नाम चतुर्दशोऽध्यायः ॥ १४ ॥