/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

चतुर्थः स्कन्धः – चतुर्दशोऽध्यायः

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – चतुर्दशोऽध्यायः


 
मैत्रेय उवाच
(अनुष्टुप्) भृग्वादयस्ते मुनयो लोकानां क्षेमदर्शिनः ।
गोप्तर्यसति वै नॄणां पश्यन्तः पशुसाम्यताम् ॥ १ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे विदुरजी! राजा अङ्ग वनतर्फ लागेपछि लोकको कल्याण चाहने भृगु आदि मुनिहरूले पृथ्वीको रक्षा गर्ने कोही नदेखेपछि सम्पूर्ण प्रजालाई पशु झैँ उच्छृङ्खल भएको पाए ।।१।।
 
वीरमातरमाहूय सुनीथां ब्रह्मवादिनः ।
प्रकृत्यसम्मतं वेनं अभ्यषिञ्चन् पतिं भुवः ॥ २ ॥
नेपाली भावानुवादः त्यसैले ती ब्रह्मवादी मुनिहरूले वीर-माता सुनीथाको सहमति लिएर प्रजाको इच्छा नहुँदा नहुँदै पनि वेनलाई भूमण्डलको राजपदमा अभिषेक गरे ।।२।।
 
श्रुत्वा नृपासनगतं वेनमत्युग्रशासनम् ।
निलिल्युर्दस्यवः सद्यः सर्पत्रस्ता इवाखवः ॥ ३ ॥
नेपाली भावानुवादः वेन अत्यन्त कठोर शासक थियो। जब चोर-डाँकाहरूले वेन राजसिंहासनमा बसेको समाचार सुने, तब उनीहरू सर्पको डरले मुसा लुके झैँ डराएर लुक्न थाले ।।३।।
 
स आरूढनृपस्थान उन्नद्धोऽष्टविभूतिभिः ।
अवमेने महाभागान्स्तब्धः सम्भावितः स्वतः ॥ ४ ॥
नेपाली भावानुवादः राज्य सिंहासन पाएपछि वेन आठ लोकपालहरूको ऐश्वर्यका कारण उन्मत्त भयो। ऊ अभिमानी बनेर आफूलाई नै सर्वशक्तिमान् ठान्न थाल्यो र महापुरुषहरूको अपमान गर्न लाग्यो ।।४।।
 
एवं मदान्ध उत्सिक्तो निरङ्कुश इव द्विपः ।
पर्यटन् रथमास्थाय कम्पयन् इव रोदसी ॥ ५ ॥
नेपाली भावानुवादः यसरी ऊ ऐश्वर्यले अन्धो भई रथमा चढेर निरङ्कुश हात्ती झैँ आकाश र पृथ्वीलाई थर्काउँदै सबैतिर डुल्न लाग्यो ।।५।।
 
न यष्टव्यं न दातव्यं न होतव्यं द्विजाः क्वचित् ।
इति न्यवारयद् धर्मं भेरीघोषेण सर्वशः ॥ ६ ॥
नेपाली भावानुवादः उसले सबैतिर ढ्याङ्ग्रो पिटाएर कुनै पनि द्विजहरूले यज्ञ, दान र हवन जस्ता धार्मिक कार्य नगर्नू भनी रोक लगायो ।।६।।
 
वेनस्यावेक्ष्य मुनयो दुर्वृत्तस्य विचेष्टितम् ।
विमृश्य लोकव्यसनं कृपयोचुः स्म सत्रिणः ॥ ७ ॥
नेपाली भावानुवादः दुष्ट वेनको यस्तो अत्याचार देखेर ऋषिहरू भेला भए र पृथ्वीमा आइपरेको सङ्कटबारे दयापूर्वक आपसमा छलफल गर्न थाले ।।७।।
 
अहो उभयतः प्राप्तं लोकस्य व्यसनं महत् ।
दारुणि उभयतो दीप्ते इव तस्करपालयोः ॥ ८ ॥
नेपाली भावानुवादः अहो! जसरी दुवैतिरबाट बलिरहेको दाउराको बीचमा परेका कमिलाहरू सङ्कटमा पर्छन्, त्यसैगरी यता राजा र अर्कोतिर चोर-डाँकाहरूको अत्याचारले प्रजा ठुलो सङ्कटमा परेका छन् ।।८।।
 
अराजकभयादेष कृतो राजातदर्हणः ।
ततोऽप्यासीद्भयं त्वद्य कथं स्यात् स्वस्ति देहिनाम् ॥ ९ ॥
नेपाली भावानुवादः हामीले अराजकताको डरले अयोग्य हुँदाहुँदै पनि वेनलाई राजा बनाएका थियौँ, तर अहिले उसैबाट प्रजाहरूलाई भय भइरहेको छ। यस्तो अवस्थामा प्रजाहरूले कसरी सुख पाउलान्? ।।९।।
 
अहेरिव पयःपोषः पोषकस्याप्यनर्थभृत् ।
वेनः प्रकृत्यैव खलः सुनीथागर्भसम्भवः ॥ १० ॥
 
नेपाली भावानुवादः सुनीथाको कोखबाट जन्मिएको यो वेन स्वभावैले दुष्ट छ। सर्पलाई दूध पिलाए झैँ यसलाई पाल्नु त पाल्नेकै लागि अनर्थको कारण बन्यो ।।१०।।
 
निरूपितः प्रजापालः स जिघांसति वै प्रजाः ।
तथापि सान्त्वयेमामुं नास्मान् तत्पातकं स्पृशेत् ॥ ११ ॥
नेपाली भावानुवादः हामीले यसलाई प्रजाको रक्षा गर्न नियुक्त गरेका थियौँ, तर यसले त प्रजामैथि नै हिंसा गरिरहेछ। तैपनि हामीले यसलाई सम्झाउनुपर्छ, ताकि यसले गरेको पापको दोष हामीलाई नलागोस् ।।११।।
 
तद् विद्वद्भिः असद्वृत्तो वेनोऽस्माभिः कृतो नृपः ।
सान्त्वितो यदि नो वाचं न ग्रहीष्यत्यधर्मकृत् ॥ १२ ॥
लोकधिक्कारसन्दग्धं दहिष्यामः स्वतेजसा ।
एवं अध्यवसायैनं मुनयो गूढमन्यवः ।
उपव्रज्याब्रुवन् वेनं सान्त्वयित्वा च सामभिः ॥ १३ ॥
नेपाली भावानुवादः हामीले जानीबुझिकन यस्तो दुराचारीलाई राजा बनाएका थियौँ। यदि हाम्रो मधुर वचन यस अधर्मीले सुन्दैन भने लोकको धिक्कारले जलेको यसलाई हामी आफ्नै तपोबलले भष्म गरिदिनेछौँ। यस्तो विचार गरी मुनिहरूले आफ्नो क्रोधलाई लुकाएर वेनलाई भेट्न गए र सम्झाउन थाले ।।१२-१३।।
 
मुनय ऊचुः
नृपवर्य निबोधैतद् यत्ते विज्ञापयाम भोः ।
आयुःश्रीबलकीर्तीनां तव तात विवर्धनम् ॥ १४ ॥
नेपाली भावानुवादः मुनिहरूले भनेहे नृपवर्य! हामी तपाईंलाई जे बिन्ती गर्दैछौँ, त्यसलाई ध्यान दिएर सुन्नुहोस्। यसले तपाईंको आयु, श्री, बल र कीर्ति बढाउनेछ ।।१४।।
 
धर्म आचरितः पुंसां वाङ्मनःकायबुद्धिभिः ।
लोकान् विशोकान् वितरति अथ अनन्त्यमसङ्गिनाम् ॥ १५ ॥
स ते मा विनशेद्वीर प्रजानां क्षेमलक्षणः ।
यस्मिन् विनष्टे नृपतिः ऐश्वर्यादवरोहति ॥ १६ ॥
नेपाली भावानुवादः राजन्! यदि मानिसले मन, वचन, बुद्धि र शरीरले धर्मको आचरण गर्छ भने उसले शोक-रहित स्वर्गलोक प्राप्त गर्छ। यदि ऊ निष्काम छ भने उसले अनन्त मोक्ष पाउँछ। त्यसैले हे वीर! प्रजाको कल्याण गर्ने यस्तो धर्मलाई तपाईंले नष्ट नगर्नुहोस्; धर्म नष्ट भएमा राजा पनि ऐश्वर्यबाट च्युत हुन्छ ।।१५-१६।।
 
राजन् असाध्वमात्येभ्यः चोरादिभ्यः प्रजा नृपः ।
रक्षन् यथा बलिं गृह्णन् इह प्रेत्य च मोदते ॥ १७ ॥
नेपाली भावानुवादः जुन राजाले दुष्ट मन्त्री र चोरहरूबाट प्रजाको रक्षा गरी न्यायोचित कर लिन्छ, उसले यस लोक र परलोक दुवैतिर सुख पाउँछ ।।१७।।
 
यस्य राष्ट्रे पुरे चैव भगवान् यज्ञपूरुषः ।
इज्यते स्वेन धर्मेण जनैर्वर्णाश्रमान्वितैः ॥ १८ ॥
तस्य राज्ञो महाभाग भगवान् भूतभावनः ।
परितुष्यति विश्वात्मा तिष्ठतो निजशासने ॥ १९ ॥
नेपाली भावानुवादः जसको राज्य र नगरमा वर्णाश्रम धर्म पालन गर्ने मानिसहरूले आ-आफ्नो धर्म अनुसार यज्ञपुरुषको आराधना गर्छन्, ती राजाको आज्ञा पालन गर्ने प्रजादेखि भगवान् विश्वेश्वर प्रसन्न हुनुहुन्छ; किनकि उहाँ सबै जीवका आत्मा हुनुहुन्छ ।।१८-१९।।
 
तस्मिन् तुष्टे किमप्राप्यं जगतां ईश्वरेश्वरे ।
लोकाः सपाला ह्येतस्मै हरन्ति बलिमादृताः ॥ २० ॥
नेपाली भावानुवादः ईश्वरका पनि ईश्वर भगवान् विष्णु प्रसन्न भएपछि के प्राप्त हुँदैन र? सम्पूर्ण लोक र लोकपालहरूले पनि उहाँकै पूजा गर्दछन् ।।२०।।
 
(इंद्रवज्रा)
तं सर्वलोकामरयज्ञसङ्ग्रहं
    त्रयीमयं द्रव्यमयं तपोमयम् ।
यज्ञैर्विचित्रैर्यजतो भवाय ते रा
    जन् स्वदेशान् अनुरोद्धुमर्हसि ॥ २१ ॥
नेपाली भावानुवादः राजन्! भगवान् श्रीहरि सबै लोकका रक्षक र यज्ञका स्वामी हुनुहुन्छ। उहाँ वेदमय, द्रव्यमय र तपोमय हुनुहुन्छ। त्यसैले आफ्नो देशको समुन्नतिका लागि अनेक यज्ञद्वारा उहाँको पूजा गर्न अनुमति दिनुहोस्। तपाईंले प्रजाको हित अनुकूल नै चल्नुपर्छ ।।२१।।
 
यज्ञेन युष्मद्विषये द्विजातिभिः
    वितायमानेन सुराः कला हरेः ।
स्विष्टाः सुतुष्टाः प्रदिशन्ति वाञ्छितं
    तद्धेलनं नार्हसि वीर चेष्टितुम् ॥ २२ ॥
नेपाली भावानुवादः जब तपाईंको राज्यमा ब्राह्मणहरूले यज्ञको अनुष्ठान गर्छन्, तब भगवानका अंशरूप देवताहरू प्रसन्न भएर तपाईंलाई इच्छित फल दिन्छन्। त्यसैले हे वीर! यज्ञादि बन्द गराएर देवताहरूको अपमान नगर्नुहोस् ।।२२।।
 
वेन उवाच
(अनुष्टुप)
बालिशा बत यूयं वा अधर्मे धर्ममानिनः ।
ये वृत्तिदं पतिं हित्वा जारं पतिमुपासते ॥ २३ ॥
नेपाली भावानुवादः वेनले भन्योतिमीहरू कति मुर्ख रहेछौ! धिक्कार छ तिमीहरूलाई, जसले अधर्मलाई नै धर्म मानिरहेका छौ। जीविका दिने म साक्षात् पति (स्वामी) लाई छोडेर कुनै परपुरुष (जार) झैँ अरूको उपासना गरिरहेका छौ ।।२३।।
 
अवजानन्त्यमी मूढा नृपरूपिणमीश्वरम् ।
नानुविन्दन्ति ते भद्रं इह लोके परत्र च ॥ २४ ॥
नेपाली भावानुवादः जुन मुर्खहरूले राजरूपमा रहेका म परमेश्वरलाई अनादर गर्छन्, उनीहरूले यस लोक वा परलोक कतै पनि सुख पाउँदैनन् ।।२४।।
 
को यज्ञपुरुषो नाम यत्र वो भक्तिरीदृशी । भ
र्तृस्नेहविदूराणां यथा जारे कुयोषिताम् ॥ २५ ॥
नेपाली भावानुवादः तिमीहरूको जसमा यति धेरै भक्ति छ, त्यो यज्ञपुरुष को हो? तिमीहरूको यो भक्ति त पतिलाई छोडेर परपुरुषमा आशक्त हुने कुलक्षण भएकी स्त्रीको जस्तै छ ।।२५।।
 
विष्णुर्विरिञ्चो गिरिश इन्द्रो वायुर्यमो रविः ।
पर्जन्यो धनदः सोमः क्षितिरग्निरपाम्पतिः ॥ २६ ॥
एते चान्ये च विबुधाः प्रभवो वरशापयोः ।
देहे भवन्ति नृपतेः सर्वदेवमयो नृपः ॥ २७ ॥
नेपाली भावानुवादः विष्णु, ब्रह्मा, महादेव, इन्द्र, वायु, यम, सूर्य, वरुण र कुबेर आदि सबै शक्तिशाली देवताहरू राजाकै शरीरमा निवास गर्छन्। त्यसैले राजा 'सर्वदेवमय' हुन्छन् र देवताहरू त राजाकै अंश मात्र हुन् ।।२६-२७।।
 
तस्मान्मां कर्मभिर्विप्रा यजध्वं गतमत्सराः ।
बलिं च मह्यं हरत मत्तोऽन्यः कोऽग्रभुक् पुमान् ॥ २८ ॥
नेपाली भावानुवादः त्यसैले हे ब्राह्मणहरू! ईर्ष्या त्यागेर आफ्ना सबै कर्मद्वारा मेरै पूजा गर र मलाई नै बलि अर्पण गर। म बाहेक अरू कुन पुरुष अग्रपूजाको अधिकारी छ र? ।।२८।।
 
मैत्रेय उवाच
इत्थं विपर्ययमतिः पापीयानुत्पथं गतः ।
अनुनीयमानस्तद्याच्ञां न चक्रे भ्रष्टमङ्गलः ॥ २९ ॥
नेपाली भावानुवादः मैत्रेयजी भन्नुहुन्छयसरी विपरीत बुद्धि भएको त्यो पापी वेन कुमार्गमा लागेको थियो। उसको सबै पुण्य नष्ट भइसकेकाले ऋषिहरूको अनुनय-विनयलाई पनि उसले टेरेन ।।२९।।
 
इति तेऽसत्कृतास्तेन द्विजाः पण्डितमानिना ।
भग्नायां भव्ययाच्ञायां तस्मै विदुर चुक्रुधुः ॥ ३० ॥
नेपाली भावानुवादः हे कल्याणरूप विदुरजी!
आफूलाई मात्र बुद्धिमान् ठान्ने वेनले मुनिहरूको अपमान गरेपछि र उनीहरूको अनुरोध बेकार भएपछि ऋषिहरू वेनमाथि निकै क्रुद्ध भए ।।३०।।
 
हन्यतां हन्यतामेष पापः प्रकृतिदारुणः ।
जीवन् जगदसावाशु कुरुते भस्मसाद् ध्रुवम् ॥ ३१ ॥
नेपाली भावानुवादः ऋषिहरू भन्न लागेमारिदेऊ! यस्तो कठोर स्वभाव भएको पापीलाई मारिदेऊ! यदि यो बाँचेर बस्यो भने यसले पक्कै पनि छिट्टै संसारलाई भष्म पारिदिनेछ ।।३१।।
 
नायमर्हत्यसद्वृत्तो नरदेववरासनम् ।
योऽधियज्ञपतिं विष्णुं विनिन्दत्यनपत्रपः ॥ ३२ ॥
नेपाली भावानुवादः यो दुराचारी कुनै पनि हालतमा राजसिंहासनमा बस्न योग्य छैन। यो निर्लज्ज भएर साक्षात् यज्ञपति भगवान् विष्णुको निन्दा गरिरहेछ ।।३२।।
 
को वैनं परिचक्षीत वेनमेकमृतेऽशुभम् ।
प्राप्त ईदृशमैश्वर्यं यदनुग्रहभाजनः ॥ ३३ ॥
नेपाली भावानुवादः अहो! जसको कृपाले यस्तो ऐश्वर्य प्राप्त भयो, उनै श्रीहरिको निन्दा यो अभागी वेन बाहेक अरू कसले गर्न सक्छ र? ।।३३।।
 
इत्थं व्यवसिता हन्तुं ऋषयो रूढमन्यवः ।
निजघ्नुर्हुङ्कृतैर्वेनं हतमच्युतनिन्दया ॥ ३४ ॥
नेपाली भावानुवादः मुनिहरूले क्रुद्ध भई उसलाई मार्ने निश्चय गरे। वास्तवमा भगवानको निन्दा गरेका कारण ऊ पहिले नै मरिसकेको थियो; मुनिहरूले त केवल हुङ्कार गरेर उसलाई समाप्त पारिदिए ।।३४।।
 
ऋषिभिः स्वाश्रमपदं गते पुत्रकलेवरम् ।
सुनीथा पालयामास विद्यायोगेन शोचती ॥ ३५ ॥
नेपाली भावानुवादः मुनिहरू आफ्नो आश्रम फर्केपछि शोकमग्न भएकी वेनकी आमा सुनीथाले मन्त्र र औषधिको सहायताले छोराको शवलाई सुरक्षित राखिन् ।।३५।।
 
एकदा मुनयस्ते तु सरस्वत् सलिलाप्लुताः ।
हुत्वाग्नीन् सत्कथाश्चक्रुः उपविष्टाः सरित्तटे ॥ ३६ ॥
नेपाली भावानुवादः एकदिन ती मुनिहरू सरस्वती नदीको पवित्र जलमा स्नान गरी नित्यकर्म सकेर नदी किनारमा बसी भगवत्कथामा मग्न थिए ।।३६।।
 
वीक्ष्योत्थितान् तदोत्पातान् आहुर्लोक भयङ्करान् ।
अप्यभद्रमनाथाया दस्युभ्यो न भवेद्भुवः ॥ ३७ ॥
नेपाली भावानुवादः त्यही समयमा उनीहरूले लोकमा भयंकर उत्पात मच्चिएको देखे। उनीहरूले सोचे— "अहिले पृथ्वीको रक्षक कोही छैन, कतै चोर-डाँकाहरूले ठुलो उपद्रव त गर्ने होइनन्?" ।।३७।।
 
एवं मृशन्त ऋषयो धावतां सर्वतोदिशम् ।
पांसुः समुत्थितो भूरिः चोराणामभिलुम्पताम् ॥ ३८ ॥
नेपाली भावानुवादः ऋषिहरूले यस्तो विचार गरिरहेका बेला सबै दिशाहरूमा चोर-डाँकाहरू दौडिएकाले ठुलो धुलो उडेको देखे ।।३८।।
 
तदुपद्रवमाज्ञाय लोकस्य वसु लुम्पताम् ।
भर्तर्युपरते तस्मिन् अन्योन्यं च जिघांसताम् ॥ ३९ ॥
चोरप्रायं जनपदं हीनसत्त्वमराजकम् ।
लोकान् आवारयञ्छक्ता अपि तद्दोषदर्शिनः ॥ ४० ॥
नेपाली भावानुवादः राजाको मृत्युपछि देशमा अराजकता फैलिएको र मानिसहरू आपसमा मारकाट गरिरहेको उनीहरूले थाहा पाए। मुनिहरू शक्तिशाली भए पनि हिंसाको दोष लाग्ने डरले केही समय शान्त नै रहे ।।३९-४०।।
 
ब्राह्मणः समदृक् शान्तो दीनानां समुपेक्षकः । स्रवते ब्रह्म तस्यापि भिन्नभाण्डात्पयो यथा ॥ ४१ ॥
नेपाली भावानुवादः तर उनीहरूले पुनः विचार गरे— "यदि ब्राह्मण समदर्शी र शान्त भए पनि दुःखीहरूको रक्षा गर्दैन भने उसको तपोबल त्यसरी नै बगिहाल्छ, जसरी फुटेको घडाबाट दूध बग्दछ" ।।४१।।
 
नाङ्गस्य वंशो राजर्षेः एष संस्थातुमर्हति ।
अमोघवीर्या हि नृपा वंशेऽस्मिन् केशवाश्रयाः ॥ ४२ ॥
विनिश्चित्यैवमृषयो विपन्नस्य महीपतेः ।
ममन्थुरूरुं तरसा तत्रासीद्बाहुको नरः ॥ ४३ ॥
नेपाली भावानुवादः राजर्षि अङ्गको यो पवित्र वंश नष्ट हुनु हुँदैन भन्ने निश्चय गरी ऋषिहरूले मृत राजा वेनको तिघ्रालाई मन्थन गरे। त्यसबाट एउटा बाउन्ने (होचो) पुरुष उत्पन्न भयो ।।४३।।
 
काककृष्णोऽतिह्रस्वाङ्गो ह्रस्वबाहुर्महाहनुः ।
ह्रस्वपान् निम्ननासाग्रो रक्ताक्षस्ताम्रमूर्धजः ॥ ४४ ॥
नेपाली भावानुवादः ऊ काग जस्तै कालो, होचो कदको, छोटा हात भएको, ठुलो चिउँडो, थेप्चो नाक, राता आँखा र तामा जस्तै कपाल भएको थियो ।।४४।।
 
तं तु तेऽवनतं दीनं किं करोमीति वादिनम् ।
निषीदेत्यब्रुवंस्तात स निषादस्ततोऽभवत् ॥ ४५ ॥
नेपाली भावानुवादः उसले अत्यन्त नम्र भई "म के गरूँ?" भनेर सोध्यो। तब ऋषिहरूले "निषीद" (बस) भने। त्यसै कारण ऊ 'निषाद' कहलियो ।।४५।।
 
तस्य वंश्यास्तु नैषादा गिरिकाननगोचराः ।
येनाहरत् जायमानो वेनकल्मषमुल्बणम् ॥ ४६ ॥
नेपाली भावानुवादः जन्मनासाथ उसले राजा वेनको भयानक पापलाई आफूमा लियो। त्यसैले निषादका वंशजहरू (नैषादहरू) वन-पर्वतमा बस्ने र पाप कर्ममा लाग्ने भए ।।४६।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां चतुर्थस्कन्धे पृथुचरिते निषादोत्पत्तिर्नाम चतुर्दशोऽध्यायः ॥ १४
🌸 •••••••••• 🌸



यस अध्यायको सारांश :

श्रीमद्भागवतको यो चौधौँ अध्यायले सत्ताको उन्माद र त्यसको विनाशकारी परिणामलाई चित्रण गर्दछ। जब धर्मात्मा राजा अङ्ग वन प्रस्थान गर्छन्ऋषिहरूले पृथ्वीलाई अराजकताबाट बचाउन वेनलाई राजा बनाउँछन्। तर वेनले सत्ता पाउनासाथ आफूलाई साक्षात् भगवान् भन्दै सबै धार्मिक अनुष्ठानयज्ञ र दानमा रोक लगाउँछ। उसले ऋषिहरूलाई नै चुनौती दिँदै आफ्नो मात्र पूजा गर्न आदेश दिन्छ। ऋषिहरूले उसलाई सम्झाउने निकै प्रयास गर्छन्तर वेनको अहंकारले सीमा नाघ्छ। अन्ततः ऋषिहरूले आफ्नो तपोबलको हुङ्कारले नै वेनको वध गरिदिन्छन्।

तर राजा बिनाको पृथ्वीमा चोर-डाँकाहरूको आतङ्क बढ्न थाल्छ र जताततै अराजकता फैलिन्छ। यो देखेर चिन्तित ऋषिहरूले अङ्गको पवित्र वंशलाई जोगाउन वेनको शवलाई मन्थन गर्ने निर्णय गर्छन्। सुरुमा वेनको तिघ्रा मन्थन गर्दा एउटा कालोहोचो र कुरूप पुरुष 'निषादउत्पन्न हुन्छ। उसले वेनका सबै पापहरुलाई आफूमा ग्रहण गर्छजसका कारण ऊ र उसका वंशजहरू वनवासी र व्याधा बन्न पुग्छन्। यसरी यो अध्यायले एउटा पापी राजाको अन्त्य र आगामी अवतार (महाराज पृथु) का लागि गरिएको तयारीको पृष्ठभूमि तयार पार्छ।

यस अध्यायको दार्शनिक पक्ष :

यस अध्यायको दार्शनिक पक्ष निकै गहिरो छ। पहिलो कुरायसले 'सत्ता र अहंकारबीचको सम्बन्ध देखाउँछजब मानिसले आफूलाई नै ईश्वर ठान्न थाल्छउसको पतन निश्चित हुन्छ। वेनले आफूमा आठ लोकपालको अंश भएको दाबी गर्नु 'मिथ्या अहङ्कारको प्रतीक हो। दोस्रो पक्ष, 'ब्राह्मणको तपोबलहोशान्त रहने मुनिहरू पनि धर्म रक्षाका लागि कसरी कठोर हुन सक्छन् भन्ने यहाँ देखाइएको छ। 'हुङ्कारमात्रले वेनको मृत्यु हुनुले शब्द र सङ्कल्पको शक्तिको दर्शन गराउँछ। तेस्रो, 'पापको हस्तान्तरण'— वेनको तिघ्राबाट निषादको उत्पत्ति हुनुले मानिसको शरीरमा रहने तमस र रज गुणलाई छुट्ट्याउन सकिन्छ भन्ने सङ्केत गर्छ। निषादले वेनको पाप बोक्नु र शुद्ध शरीरबाट पछि पृथु प्रकट हुनुले 'अशुद्धि र शुद्धिको पृथकीकरणको दार्शनिक सन्देश दिन्छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...