श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – तृतीयोऽध्यायः
श्रीशुक उवाच
(भृंगनाद)
नाभिरपत्यकामोऽप्रजया मेरुदेव्या भगवन्तं यज्ञपुरुषमवहितात्मायजत ॥ १ ॥
सुकदेवजीले भन्नुभयो–
राजन ! आग्नीध्रका छोरा नाभीका कुनै सन्तान भएनन् । त्यसैले उनले आफ्नी श्रीमती मेरुदेवी सहित भएर पुत्र प्राप्तिका इच्छाले एकाग्र भएर भगवान् यज्ञपुरुषको आराधना गरे ।।१।।
तस्य ह वाव श्रद्धया विशुद्धभावेन यजतः प्रवर्ग्येषु प्रचरत्सु द्रव्यदेशकालमन्त्रर्त्विग्दक्षिणाविधानयोगोपपत्त्या दुरधिगमोऽपि भगवान् भागवतवात्सल्यतया सुप्रतीक आत्मानमपराजितं निजजनाभिप्रेतार्थविधित्सया गृहीतहृदयोहृदयङ्गमं मनोनयनानन्दनावयवाभिराममाविश्चकार ॥ २ ॥
एक पटक पितृलोकको कामनाको लागि तपस्या गर्ने उद्देश्यले सबै पुजा सामाग्री लिएर स्त्रीहरूको कृडास्थल रहेको मन्दराचलमा गएर एकाग्र चित्तले प्रजापतिहरूका यज्ञपुरुषको आराधना गर्न लागे त्यहाँ प्रवग्र्य नामको अनुष्ठान गरी आराधना हुन लाग्दा भगवानले सबैलाई आनन्द दिने गरी सुशोभित मुर्तिमा प्रकट हुनुभयो ।।२।।
अथ ह तमाविष्कृतभुजयुगलद्वयं हिरण्मयं पुरुषविशेषं कपिशकौशेयाम्बरधरमुरसि विलसच्छ्रीवत्सललामं दरवरवनरुहवनमालाच्छूर्यमृत(मणिगदादिभिरुपलक्षितं स्फुटकिरणप्रवरमुकुटकुण्डलकटककटिसूत्रहारकेयूरनूपुराद्यङ्गभूषणविभूषितमृत्विक्सदस्यगहपतयोऽधना इवोत्तमधनमुपलभ्य सबहुमानमर्हणेनावनतशीर्षाण उपतस्थेः ॥ ३ ॥
वहाँले पीताम्वर धारण गर्नु भएको थियो । वक्षस्थलमा श्रीवत्स चिन्ह सुशोभित थियो, हातहरूमा शंख, चक्र, गदा, पद्म थियो त्यसै गरी घाँटी वनमाला तथा कौस्तुभमणिले शोभायमान थियो । वहाँ उत्तम मणिहरूले युक्त मुकुट, कुण्डल, करधनी, हार, बाजुवन्द, नुपर आदि गहनाले विभुषित हुनुभएको थियो । यस्ता परम तेजस्वी पुरुष प्रकट हुनुभएको देखेर ऋत्विज, सदस्य र यजमानहरू सबैजना धेरै खुसि भए । यस्ता परम पुरुषलाई पाउँदा सबैले आफ्नो सीर निहुराएर पुष्प, अघर््यले पूजा गरेर यस प्रकार स्तुति गरे ।।३।।
ऋत्विज ऊचुः
अर्हसि मुहुरर्हत्तमार्हणमस्माकमनुपथानां नमो नम इत्येतावत्सदुपशिक्षितं कोऽर्हति पुमान् प्रकृतिगुणव्यतिकरमतिरनीश ईश्वरस्य परस्य प्रकृतिपुरुषयोरर्वाक्तनाभिर्नामरूपाकृतिभी रूपनिरूपणम् ॥ ४ ॥
ऋत्विजहरूले भने–
पूज्यतम ! हजुर हाम्रा पूजनीय हुनुहुन्छ, हामीहरू हजुरका भक्त हौं, तर हामी हजुरको पूजा गर्न के नै जान्दछौं र हामी त महापुरुषहरूले हामीलाई सिकाएका अनुसार बारंबार हजुरलाई नमस्कार गर्दछौं किनकि हजुर प्रकृति तथा पुरुष भन्दा पर हुनुहुन्छ । यो प्राकृतिकि प्रपञ्चमा बुध्दि फसेका कारण हजुरको गुणगानमा असमर्थ भएकाहरू कसले प्राकृतिक नाम रूपआदिले हजुरको स्वरुपको निरुपण गर्न सक्छ ? हजुर साक्षात परमेश्वर हुनुुहुन्छ ।।४।।
सकलजननिकायवृजिननिरसनशिवतम प्रवरगुणगणैकदेशकथनादृते ॥ ५ ॥
हजुरको परम मङ्गलमय गुणले सबैको दुःखलाई नाश गर्दछ । कसैले हजुरको गुणको वर्णन गर्ने आँट गर्दछ भने त्यसले हजुरको एक अंशको मात्र वर्णन गर्न सक्दछ ।।५।।
परिजनानुरागविरचितशबलसंशब्दसलिलसितकिसलयतुलसिकादूर्वाङ्कुरैरपि सम्भृतया सपर्यया किल परम परितुष्यसि ॥ ६ ॥
तर हजुर ता भक्तद्वारा गरिएको सुध्दजल, तुलसी फूल आदिको पूजाले सजिलै खुसि हुनुहुन्छ ।।६।।
अथानयापि न भवत इज्ययोरुभारभरया समुचितमर्थमिहोपलभामहे ॥ ७ ॥
हामी यस द्रव्य–कालादि अनेक अंङ्गले सम्पन्न यज्ञको पनि कुनै प्रयोजन देखिदैनौं, हजुरता भक्ति भावले गरिएको पूजामा नै प्रसन्न हुनुहुन्छ ।।७।।
आत्मन एवानुसवनमञ्जसाऽव्यतिरेकेण बोभूयमानाशेषपुरुषार्थस्वरूपस्य किन्तु नाथाशिष आशासानानामेतदभिसंराधनमात्रं भवितुमर्हति ॥ ८ ॥
मानिसको मनमा सर्वदा जुन सम्पूर्ण पुरुषार्थको परमानन्द स्वभावतः प्राप्त हुन्छ । त्यसको स्वरूप हजुरनै हुनुहुन्छ त्यसैले हजुरका लागि यस्तो यज्ञको कुनै प्रयोजन नै छैन । तथापि अनेक कामनाको सिद्धि चहाने हामीहरूका लागि मनोरथ सिद्धि प्राप्तिका लागि हजुरको आराधना नै राम्रो लाग्दछ ।।८।।
तद्यथा बालिशानां स्वयमात्मनः श्रेयः परमविदुषां परम परमपुरुष प्रकर्षकरुणया स्वमहिमानं चापवर्गाख्यमुपकल्पयिष्यन् स्वयं नापचित एवेतरवदिहोपलक्षितः ॥ ९ ॥
हजुर ब्रम्हादि भन्दा परम श्रेष्ठ हुनुहुन्छ । हामीहरू आफ्नो कल्याणको साधन र हजुरको पूजाको बारेमा केहि जान्दैनौं । जसरी तत्वज्ञानी पुरुषहरू नबोलाउंदा पनि अज्ञानी पुरुषकहाँ जान्छन् त्यसरी नै हामीलाई परम पद र हाम्रो इच्छा अनुसारको वस्तु दिनका लागि हजुर नै यहाँ प्रकट हुनुभएको छ ।।९।।
अथायमेव वरो ह्यर्हत्तम यर्हि बर्हिषि राजर्षेर्वरदर्षभो भवान्निजपुरुषेक्षणविषय आसीत् ॥ १० ॥
पूज्यतम ! हजुर नाभिको यस यज्ञशालामा हाम्रा आँखाका अगाडि साक्षात प्रकट हुनु भएको छ हाम्रा लागि ठुलो वर यहि नै भएको छ भने यसभन्दा अरु त केनै वर मागौं ।।१०।।
असङ्गनिशितज्ञानानलविधूताशेषमलानां भवत्स्वभावानामात्मारामाणां मुनीनामनवरतपरिगुणितगुणगणपरममङ्गलायनगुणगणकथनोऽसि ॥ ११ ॥
प्रभो ! हजुरको गुणगान परम मङ्गलमय छ । जसले वैराज्ञद्वारा प्रज्वलित भएको ज्ञानाग्निद्वारा आफ्नो अन्तःकरणको राग–द्वेषादि सम्पूर्ण मललाई जलाईसकेको छ जस्को स्वभाव हजुरको जस्तै शान्त हुन्छ त्यो आत्माराम मुनि पनि सदा हजुरको गुणगान गरिरहन्छन ।।११।।
अथ कथञ्चित्स्खलनक्षुत्पतनजृम्भणदुरवस्थानादिषु विवशानां नः स्मरणाय ज्वरमरणदशायामपि सकलकश्मलनिरसनानि तव गुणकृतनामधेयानि वचनगोचराणि भवन्तु ॥ १२ ॥
हामी हजुर संग यहि वर माग्दछौ कि भोकप्यासलाग्दा, लड्दा, पर्दा, छ्यु गर्दा, आदि आपदकालिन अवस्थामा तथा विरामी तथा मरणाअवस्थामा हजुरको स्मरण नहुँदा पनि हजुरको सकलकलिमलविनाशक, भक्तवत्स्ल, दिनबन्धु आदि नामका उच्चारण गर्न सकौं ।।१२।।
किञ्चायं राजर्षिरपत्यकामः प्रजां भवादृशीमाशासान ईश्वरमाशिषां स्ंवर्गापवर्गयोरपि भवन्तमुपधावति प्रजायामर्थप्रत्ययो धनदमिवाधनः फलीकरणम् ॥ १३ ॥
भन्न उचित नहुँदा पनि एउटा अर्को प्रार्थना छ । हजुर साक्षात परमेश्वर हुनुुहुन्छ । हजुरले दिन नसक्ने स्वगर्, मोक्ष आदि त्यस्तो कुनै वस्तु छैन । तापनि जसरी कुनै मगन्तेले कुनै उदार पुरुषसंग भुस माग्दछ, त्यसै गरी हामी हाम्रा यजमान यी नाभी सन्तानलाई पनि परम पुरुषार्थ मानेर हजुर समान पुत्र प्राप्तिका लागि हजुरको आराधना गरिरहेकाछन् ।।१३।।।
को वा इह ते ऽपराजितोऽपराजितया माययानवसितपदव्यानावृतमतिर्विषयविषरयानावृतप्रकृतिरनुपासितमहच्चरणः ॥ १४ ॥
आश्चर्यको कुरा यो छ कि महापुरुषको चरणको आश्रयय नलिएकाले हजुरको मायाको पार पाउन सक्तैनन र त्यो कसैको वशमा पनि रहन सक्तैन त्यस्ताको बुद्धि हजुरको मायाको आवरणले ढाकिएको छ । त्यसैले महापुरुषको आश्रय लिएका बाहेक अरुको स्वभावलाई विषयरूपविषको वेगले उसको स्वभावलाई दुषित गर्न सक्तैन ।।१४।।
यदु ह वाव तव पुनरदभ्रकर्तरिह समाहूतस्तत्रार्थधिया मन्दानां नस्तद्यद्देवहेलनं देवदेवार्हसि साम्येन सर्वान् प्रतिवोढुमविदुषाम् ॥ १५ ॥
देवदेव ! हजुरले आफ्ना भक्तका सबै कार्य पुरा गरिदिनुहुन्छ । हामी मन्दबुद्धि भएकाहरूले यस्तो तुच्छ कामको लागि हजुरको आवाहन गरेका हौं । यो त हजुरको अनादर नै हो तर हजुर समदर्शी हुनुहुन्छ त्यसैले हामी अज्ञानीहरूको यस धृष्टतालाई क्षमा गरिदिनुहोस ।।१५।।
श्रीशुक उवाच
इति निगदेनाभिसूयमानो भगवाननिमिषर्षभो वर्षधराभिवादिताभिवन्दितचरणः सदयमिदमाह ॥ १६ ॥
शुकदेवजी भन्नुहुन्छ—
राजन् ! भरतखण्डका राजा नाभिका ऋत्विजहरूले यसप्रकार स्तुति गरेपछि उनीहरूको वशमा परेर भगवानुले यसप्रकार भन्नुभयो ।।१६।।
श्रीभगवानुवाच
अहो बताहमृषयो भवद्भिरवितथगीर्भिर्वरमसुलभमभियाचितो यदमुष्यात्मजो मया सदृशो भूयादिति ममाहमेवाभिरूपः कैवल्यादथापि ब्रह्मवादो न मृषा भवितुमर्हति ममैव हि मुखं यद् द्विजदेवकुलम् ॥ १७ ॥
भगवान्ले भन्नुभयो !
ऋषिहरू हो ! तपाईहरू सत्यवादि महात्मा हुनुहुन्छ । तपाईहरूले यो दुर्लभ वर माग्नु भएको छ कि म समान नै नाभिको छोरा होस, यो त आश्चर्यको हो किनकि म बराबर त म नै हुँ किनकि म अद्वितीय हँु । ब्राम्हण भनेका मेरै मुख हुन त्यसैले ब्राम्हणको वचन झुटा पनि हुनुहुदैन ।।१७।।
तत आग्नीध्रीयेऽशकलयावतरिष्याम्यात्मतुल्यमनुपलभमानः ॥ १८ ॥
म स्वयं आफ्नै अंश कलाले नाभिको छोराको रुपमा अवतार लिन्छु । किनक म आफु बराबर अरु कोहि देख्दिन ।।१८।।
श्रीशुकउवाच
इति निशामयन्त्या मेरुदेव्याः पतिमभिधायान्तर्दधे भगवान् ॥ १९ ॥
शुकदेवजी भन्नुहुन्छ—
महारानी मेरुदेवीको सामुन्ने नाभिलाई यति भनेर भगवान् त्यहाँबाट अन्तर्धान हुनुभयो ।।१९।।
बर्हिषि तस्मिन्नेव विष्णुदत्त भगवान् परमर्षिभिः प्रसादितो नाभेः प्रियचिकीर्षया तदवरोधायने मेरुदेव्यां धर्मान्दर्शयितुकामो वातरशनानां श्रमणानामृषीणामूर्ध्वमन्थिनां शुक्लया तनुवावततार ॥ २० ॥
हे परीक्षित ! यस यज्ञमा महर्षिहरूले भगवान्लाई प्रशन्न पारेका कारण महाराज नाभिलाई सन्तोष गराउँनका लागि वहाँ मेरुदेवीका गर्भबाट सत्वमय विग्रहले प्रकट हुनुभयो जुन सन्यासी र नैष्टिक ब्रम्हचारीहरूको धर्म प्रकट गर्नको लागि जन्म लिनु भयो ।।२०।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां पञ्चमस्कन्धे नाभिचरिते ऋषभावतारो नाम तृतीयोऽध्यायः ॥ ३ ॥