श्रीमद्भागवत महापुराण
दशमस्कन्धः – सप्ताशीतितमोऽध्यायः
परीक्षिदुवाच–
(अनुष्टुप्)
ब्रह्मन् ब्रह्मण्यनिर्देश्ये निर्गुणे गुणवृत्तयः ।
कथं चरन्ति श्रुतयः साक्षात् सदसतः परे ॥ १ ॥
परीक्षितले भने– हे भगवान् ! चर्मचक्षुले दृष्टिगत नहुने सत् र असत देखि पर रहेका, मन वाणीले देखाउन नसकिने निर्गुण ब्रह्ममा वहाँको निर्गुण गुणहरूको वृत्तिलिने वेदहरु कसरी गति प्रदान गरेर स्तुति गर्दछन् ? ।।१।।
श्रीशुक उवाच–
बुद्धीन्द्रियमनःप्राणान् जनानामसृजत् प्रभुः ।
मात्रार्थं च भवार्थं च आत्मनेऽकल्पनाय च ॥ २ ॥
श्रीशुकदेव भन्नुहुन्छ – मनुष्य आदि प्राणीहरूले उत्तम गति प्राप्त गरुन भनेर भगवानले बुद्धि, इन्द्रिय, मन र प्राणको सृष्टि गर्नुभयो ।।२।।
सैषा ह्युपनिषद् ब्राह्मी पूर्वेशां पूर्वजैर्धृता ।
श्र्रद्धया धारयेद् यस्तां क्षेमं गच्छेदकिञ्चनः ॥ ३ ॥
त्यो उपनिषद्को ब्रह्मभय रहस्य जसलाई पूर्वभन्दा पूर्वका सनकादि महर्षिहरुले धारण गर्नु भएको थियो । जुन उपनिषद अकिञ्चन शरणागतले श्रद्धापूर्वक धारण गर्दछ भने उसले मोक्षपद प्राप्त गर्दछ ।।३।।
अत्र ते वर्णयिष्यामि गाथां नारायणान्विताम् ।
नारदस्य च संवादमृषेर्नारायणस्य च ॥ ४ ॥
यहाँ तपाईका साथमा श्री नारायण भगवान्का रहस्यलें युक्त नारद– मुनिको र श्रीबद्रीनारायण भगवान्को संवाद स्वरुप वृत्तान्त वर्णन गर्दछु ।।४।।
एकदा नारदो लोकान् पर्यटन् भगवत्प्रियः ।
सनातनमृषिं द्रष्टुं ययौ नारायणाश्रमम् ॥ ५ ॥
एक पटक भगवानका प्याराभक्त नारदमुनि लोक–लोकान्तर घुम्दै सनातन ऋषि नारायण भगवान् को दर्शन गर्न बद्रीनारायणाश्रममा पुग्नुभयो ।।५।।
यो वै भारतवर्षेऽस्मिन् क्षेमाय स्वस्तये नृणाम् ।
धर्मज्ञानशमोपेतमाकल्पादास्थितस्तपः ॥ ६ ॥
जुन भगवान् भारत वर्षमा (वदरिकाश्रममा) लोकको कल्याण र मनुष्यको मोक्षका लागि धर्म, ज्ञान र वैराले सहित भएर कल्पका आरम्भदेखि तपस्या गरिरहनु भएको छ ।।६।।
तत्रोपविष्टमृषिभिः कलापग्रामवासिभिः ।
परीतं प्रणतोऽपृच्छदिदमेव कुरूद्वह ॥ ७ ॥
हे कुरुवंशी परीक्षित ! वहाँ श्री भगवान्सँग चारैतिर बसेका कलापग्राम निवासी मुनिहरू रहेकाथिए । त्यहाँ वहाँ नारायणसंग नारद ऋषिले यस्तो प्रश्न गर्नुभयो ।।७।।
तस्मै ह्यवोचद् भगवानृषीणां शृणतामिदम् ।
यो ब्रह्मवादः पूर्वेषां जनलोकनिवासिनाम् ॥ ८ ॥
त्यहाँ रहेका ऋषिहरुको अगाडि नै भगवान्ले पूर्व कालमा जनलोक निवासी सनकादि महर्षिहरूका बीच वेदको तत्पर्यका सम्बन्धमा ब्रम्हचर्चा भएको थियो । नारायणले त्यही व्रह्मचर्चाका विषय नारदजीलाई बताउनुभयो । ।।८।।
श्रीभगवानुवाच–
स्वायम्भुव ब्रह्मसत्रं जनलोकेऽभवत् पुरा ।
तत्रस्थानां मानसानां मुनीनामूर्ध्वरेतसाम् ॥ ९ ॥
श्रीभगवान् आज्ञा गर्नुहुन्छ– हे नारद ! यो ब्रह्मचर्चा पूर्व कालमा जनलोकमा निवास गर्ने ब्रह्माका मानषपुत्र उध्र्वरेता सनकादि महर्षि हरूको विचमा भएको थियो ।।९।।
श्वेतद्वीपं गतवति त्वयि द्रष्टुं तदीश्वरम् ।
ब्रह्मवादः सुसंवृत्तः श्रुतयो यत्र शेरते ।
तत्र हायमभूत् प्रश्नस्त्वं मां यमनुपृच्छसि ॥ १० ॥
त्यतिबेला तिमी श्वेतद्विपमा रहेका श्रीअनिरुद्ध भगवान्को दर्शन गर्न गएका समयमा यो अत्यन्त रहस्यमय ब्रह्मसंवाद भएको थियो । जुन रहस्यका बारेमा वेदहरु समेत चुपचाप भएर रहेका थिए त्यसबेलामा तिमीले जुन प्रश्न सोधेका थियौ अहिले यहाँ यही प्रश्न सोधिरहेकाछौ ।।१०।।
तुल्यश्रुततपःशीलास्तुल्यस्वीयारिमध्यमाः ।
अपि चक्रुः प्रवचनं एकं शुश्रूषवोऽपरे ॥ ११ ॥
त्यहाँ सनक, सनन्दन, सनातन र सनत्कुमार आदि चारै महर्षिहरू समान वेदाध्ययन तपस्या र समान शीलस्वभाव थिए । उनीहरुमा परस्पर शत्रु, मित्रु एवं एक आर्को भन्ने भाव थिएन । ती चार महर्षि मध्देका सनन्दनलाई प्रवक्ता बनाएर अरुले यस्तो वैदिक रहस्यका बारेमा सुन्ने गर्दथे ।।११।।
सनन्दन उवाच (
स्वसृष्टमिदमापीय शयानं सह शक्तिभिः ।
तदन्ते बोधयाञ्चक्रुस्तल्लिङ्गैः श्रुतयः परम् ॥ १२ ॥
यथा शयानं सम्राजं वन्दिनस्तत्पराक्रमैः ।
प्रत्यूषेऽभेत्य सुश्लोकैर्बोधयन्त्यनुजीविनः ॥ १३ ॥
सनन्दनले भन्नुभयो– श्रीभगवान्ले आफूले सृष्टि गर्नु भएको सम्पूर्ण जगतलाई आफैमा लीन गरेर आफ्ना शक्तिहरुका साथमा सयन गर्नु भएका परमात्मालाई वेदहरुले वहाँका पराक्रमका बारेमा स्तुति गान गरेर यस प्रकार जगाउन थाले, जस प्रकारले सुतेका राजालाई वन्दिजनहरुले उनका स्तुति पराक्रम र मङ्गल श्लोक गाएर जगाउँदछन् ।।१२–१३।।
(छन्द–नरकूटक)
श्रुतय ऊचुः (
जय जय जह्यजामजित दोषगृभीतगुणां
त्वमसि यदात्मना समवरुद्धसमस्तभगः ।
अगजगदोकसामखिलशक्त्यवबोधक ते
क्वचिदजयाऽऽत्मना च चरतोऽनुचरेन्निगमः ॥ १४ ॥
हे अजित ! हजुर स्वभावैले अखिल ऐश्वर्य सम्पन्न ज्ञान बलादि शक्ति र सौशील्य वात्सल्यादि अनेकौं दिव्य ऐश्वर्यहरू आफैंमा समावेश गरेर दिव्य विग्रहले रहनु हुन्छ । हजुरमाथि कसैले विजय प्राप्त गर्न सक्दैन । दोष गुणको ग्रहण गर्ने हजुरको मायालाई हटाइदिनुहोस् । हजुरको यस्तो अवस्थालाई वेदहरुले वर्णन गर्दछन् । यस्तो कर्तव्य गर्न समर्थ हजुरको जय होस्, जय होस ।।१४।।
बृहदुपलब्धमेतदवयन्त्यवशेषतया
यत उदयास्तमयौ विकृतेर्मृदि वाविकृतात् ।
अत ऋषयो दधुस्त्वयि मनोवचनाचरितं
कथमयथा भवन्ति भुवि दत्तपदानि नृणाम् ॥ १५ ॥
हे भगवान् वेद, इन्द्र, वरुण आदि देवताहरूको एउटै ब्रह्मतत्वको रुपमा अवशिष्ट रहनुहुन्छ भन्ने कुरामा कुनै शंका छैन । तर हाम्रा सबै मन्त्रहरू र सबै मन्त्रद्रष्टा ऋषिहरूले आफ्नो वन र वचनले हजुरलाई सम्पूर्ण संसारको स्वरूपको रूपमा अनुभव गर्छन् । किनकि यो सम्पूर्ण संसार अस्तित्वमा नभए पनि, हजुर आफैं सुरक्षित हुनुहुन्छ । जसरी घैंटो आदि माटोका भाँडाहरुको उत्पन्न र विलय सबै माटोमा नै हुन्छ त्यसरीनै आदि सबै तत्वहरू पदार्थबाट उत्पन्न हुन्छन् र तापमा विघटन हुन्छन्, त्यसरी नै सम्पूर्ण ब्रह्माण्डको सृष्टि र विनाश हजुर मैं हुन्छ । मानिसले इँटा वा ढुङ्गा जहाँ खुट्टा राखेपनि त्यो पृथ्वी हुनेछ किनभने ती सबै पृथ्वीका रूप हुन् ।।१५।।
इति तव सूरयस्त्र्यधिपतेऽखिललोकमल(
क्षपणकथामृताब्धिमवगाह्य तपांसि जहुः ।
किमुत पुनः स्वधामविधुताशयकालगुणाः
परम भजन्ति ये पदमजस्रसुखानुभवम् ॥ १६ ॥
हे त्रिगुणात्मिका मायालाई नियन्त्रण गर्ने भगवान ! विवेकी मानिसहरू सत्व, रज र तम तीन गुणहरूको मायाबाट सिर्जना भएका राम्रा नराम्रा भ्रममा बाट पार गरेर हजुरको कथारुपी अमृतको सागरमा डुबुल्कि लगाएर तीनै किसिमको तापलाई पखाल्दछन् । र त्यो नित्यधाममा रहेर हजुरको चरणको नित्य स्मरण गर्दै सबै दुःखबाट पार पाएका हुन्छन् । यस कुरामा त फेरी भन्नु नै के छ र ?।।१६।।
दृतय इव श्वसन्त्यसुभृतो यदि तेऽनुविधा
महदहमादयोऽण्डमसृजन् यदनुग्रहतः
पुरुषविधोऽन्वयोऽत्र चरमोऽन्नमयादिषु यः
सदसतः परं त्वमथ यदेष्ववशेषमृतम् ॥ १७ ॥
हे भगवान् ! सबै प्राणीहरूले हजुरको भक्ति गरे भने उनीहरुलाई जीवनको सफलता मिल्दछ । हजुरको भक्ति नलागेका ब्यक्तिको जीवन ब्यर्थ हुन्छ केवल खलातीले सास फेरे जस्तै हुन्छ जसको अनुग्रहले महतत्व, अहंकार आदिले यो ब्रह्माण्डको सृष्टि गरे यो सबै हजुर कै अनुग्रह हो । अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय रूप पाँच कोषहरू मा पुरुष रुपले हजुर नै निवास गर्नुहुन्छ र अन्तिममा तिनीहरू नरहँदा पनि हजुर परम रूपमा विराजमान रहनुहुन्छ ।।१७।।
उदरमुपासते य ऋषिवर्त्मसु कूर्पदृशः
परिसरपद्धतिं हृदयमारुणयो दहरम् ।
तत उदगादनन्त तव धाम शिरः परमं
पुनरिह यत्समेत्य न पतन्ति कृतान्तमुखे ॥ १८ ॥
ऋषिहरूले हजुरलाई प्राप्त गर्ने अनेकौं तरिकाहरू बताएका छन् । तिमध्ये स्थूल दृष्टि भएका ऋषिहरूले अग्निरुपले हजुरको उपासना गर्दछन् (मणिपुरक चक्रमा ब्रह्मको रूपमा उपासना गर्दछन्) । यसैगरी अरु कोही अरुण वंशका ऋषिहरूले सम्पूर्ण नाडिहरुबाट निक्लने हृदय रुप आकासमा सूक्ष्म रूप ब्रह्मको उपासना गर्दछन्, हे अनन्त हजुरको धाम त्यही हृदयबाट निक्लिएर ब्रह्मरन्ध्र सम्म पुगेको छ । जुन व्यक्तिले त्यो प्रकाश मार्ग प्राप्त गर्छ भने उसले फेरि कहिल्यै यस जन्म र मृत्यु रुप चक्रको सामना गर्नुपर्दैन ।।१८।।
स्वकृतविचित्रयोनिषु विशन्निव हेतुतया
तरतमतश्चकास्स्यनलवत् स्वकृतानुकृतिः ।
अथ वितथास्वमूष्ववितथां तव धाम समं
विरजधियोऽन्वयन्त्यभिविपण्यव एकरसम् ॥ १९ ॥
हे भगवान् ! हजुरले आफैं सृष्टि गर्नुभएको विचित्र योनिहरु– देवता, मानव, पशु, जनावर आदि जति सृष्टि गर्नुभएको छ ती सबैमा हजुर आफैं प्रवेश गरेझैं गर्नुहुन्छ । जसरी अग्नि एउटै भएपनि काठ दाउराका कारण विभिन रंग आकारमा देखिन्छ त्यसरी नै हजुर पनि आफैंले बनाएको विभिन्न शरीरमा बिभिन्न रुपले देखिनु हुन्छ । त्यसैले सन्तहरू आफ्नो शुद्ध चित्तले यस नाशवान शरीरमा हजुरको एकरस रुप स्वरुपलाई जान्दछन् ।।१९।।
स्वकृतपुरेष्वमीष्वबहिरन्तरसंवरणं
तव पुरुषं वदन्त्यखिलशक्तिधृतोंऽशकृतम् ।
इति नृगतिं विविच्य कवयो निगमावपनं
भवत उपासतेऽङ्घ्रिमभवं भुवि विश्वसिताः ॥ २० ॥
हे भगवान् ! कार्य र कारण (स्थूल– औ सूक्ष्म शरीर ) को आवरणले रहित भएको जीवलाई नै तत्वज्ञानी पुरुषहरू सम्पूर्ण शक्तिको आश्रय भएको हजुर परमात्माको अंश अर्थात् रूप भन्दछन । यस प्रकारसँग जीवतत्वको वास्तविक स्वरूपको बिचार गरेर विवेकी पुरुष, पूर्ण विश्वासका साथ यस संसारको भयबाट मुक्त गराउने हजुरको चरणकमलको उपासना गर्दछन ।।२०।।
दुरवगमात्मतत्त्वनिगमाय तवात्ततनो(
श्चरितमहामृताब्धिपरिवर्तपरिश्रमणाः ।
न परिलषन्ति केचिदपवर्गमपीश्वर ते
चरणसरोजहंसकुलसङ्गविसृष्टगृहाः ॥ २१ ॥
हे भगवान ! धेरै परिश्रमबाट पाइने दुर्वोध आत्म तत्वको ज्ञान प्राप्त गराउनको लागि हजुर विभिन्न अवतार धारण गर्नुहुन्छ र त्यस अवतारद्वारा यस्तो लीला गर्नुहुन्छ जुन हजुरका भक्तहरु यस लीलाद्वारा अमृत रुपी महासागरमा डुबुल्की लगाएर हजुरको चरणको सेवा गर्दछन् । जुन सेवा गर्दा उनीहरुले आफ्नो घर ब्यवहार त्यागिदिन्छन् भने कति भक्तहरुले त हजुरको चरणको सेवा गर्न पाउँदा मोक्षको समेत कामना गर्दैनन् ।।२१।।
त्वदनुपथं कुलायमिदमात्मसुहृत्प्रियव(
च्चरति तथोन्मुखे त्वयि हिते प्रिय आत्मनि च ।
न बत रमन्त्यहो असदुपासनयाऽऽत्महनो
यदनुशया भ्रमन्त्युरुभये कुशरीरभृतः ॥ २२ ॥
हजुरको सेवाको लागि उन्मुख भयोभने यो जड शरीर पनि सुहृद मित्रले जस्तै भएर अरुको सेवा गर्दछ । यस्ता ब्यक्तिका लागि हजुर यो लोक देखि पर लोकसम्म मोक्ष दिन उत्सुक हुनुहुन्छ तर आश्चर्यको कुरा के छ भने कुसङ्गको अनुसरण गरेर कुशरीर धारण गरेका ती व्यक्ति निश्चय नै आफ्नो हित गर्ने आत्मरुप हजुरमा रमाउदैनन् । जसले गर्दा उनीहरु अत्यन्त भयभीत अवस्थामा यस भयानक जन्म मरण रुपी संसारमा घुम्दछन् ।।२२।।
निभृतमरुन्मनोऽक्षदृढयोगयुजो हृदि य(
न्मुनय उपासते तदरयोऽपि ययुः स्मरणात् ।
स्त्रिय उरगेन्द्रभोगभुजदण्डविषक्तधियो
वयमपि ते समाः समदृशोऽङ्घ्रिसरोजसुधाः ॥ २३ ॥
हे भगवान् ! महान योगीहरूले योगको अभ्यासद्वारा आफ्नो प्राणवायु, मन र इन्द्रिय आदिलाई नियन्त्रण गरी हजुरको उपासना गरेर हजुरलाई जसरी प्राप्त गर्दछन् । त्यसरी नै त्यो पद हजुरका सत्रुहरुलाइ पनि मिल्दछ । म कति भनूँ? शेषनागको समान बल भएको हजुरका दुई बाहुको आलिंगनको चाहनामा लिप्त भएका स्त्रीहरुले जुन पद प्राप्त गर्दछन् त्यो पद वेदलाई पनि प्राप्त हुन्छ । हजुरका लागि सबै बराबर हुन् ।।२३।।
क इह नु वेद बतावरजन्मलयोऽग्रसरं
यत उदगादृषिर्यमनु देवगणा उभये ।
तर्हि न सन्न चासदुभयं न च कालजवः
किमपि न तत्र शास्त्रमवकृष्य शयीत यदा ॥ २४ ॥
हे प्रभु ! हजुर अनादि र अनन्त हुनुहुन्छ यस्ता हजुरलाई कालको वशमा परेको कुन प्राणीले जान्न सक्छ र ? जसबाट स्वयं ब्रह्मा उत्पन्न हुनुभयो त्यसपछि देवगणहरु उत्पन्न भए । जब हजुर प्रलय कालमा यी सबैलाई आफुमा लीन गरेर सुत्नुहुन्छ त्यतिबेला हजुरलाई जान्ने यी कुनै साधन हरु हँदैनन् । किनभने त्यस समयमा न त भौतिक संसार हुन्छ न त सूक्ष्म संसार नै हुन्छ । न सत् असत बाट बनेको शरीर, न काल मुहुर्त आदि अंग रहन्छन्, केही पनि हुदैन । त्यस समयमा वेदादि शास्त्र पनि हुदैनन् भने यस्तो अवस्थामा जीवात्माले हजुरलाई जान्ने कुनै साधन नै हँुदैन ।।२४।।
जनिमसतः सतो मृतिमुतात्मनि ये च भिदां
विपणमृतं स्मरन्त्युपदिशन्ति त आरुपितैः ।
त्रिगुणमयः पुमानिति भिदा यदबोधकृता
त्वयि न ततः परत्र स भवेदवबोधरसे ॥ २५ ॥
हे भगवान् ! कतिपय तत्वदशीहरु असत् बाट यो संसारको उत्पत्ति भएको भनेर मान्दछन् भने कसैले सत्रुप दुःखको विनाश हुनुलाई मुक्ति भनेर भन्दछन् । कसैले आत्मामा भेद मानेका छन् भने कसैले कर्म फललाई सत्य हो भनेर विश्वास गर्छन् यसरी तत्वदृष्टिले उपदेश नगरी ती व्यक्तिहरु आरोपित भ्रमद्वार उपदेश गर्दछन् । यसरी परमात्माको अज्ञानताको कारणले पुरुष त्रिगुणमय हो भन्ने भेदभाव अज्ञान हुन जान्छ । तर हे भगवान् हजुर त्यो अज्ञानबाट पर हुनुहुन्छ त्यसैले ज्ञान स्वरुप हजुरमा कुनै प्रकारको भेदभाव हुने कुरै छैन ।।२५।।
सदिव मनस्त्रिवृत्त्वयि विभात्यसदामनुजात्
सदभिमृशन्त्यशेषमिदमात्मतयाऽऽत्मविदः ।
न हि विकृतिं त्यजन्ति कनकस्य तदात्मतया
स्वकृतमनुप्रविष्टमिदमात्मतयावसितम् ॥ २६ ॥
यो त्रिगुणात्मक जगत केवल मनको कल्पना मात्र हो । परमात्मा र जगतलाई भिन्न देख्नु पनि पुरुषको कल्पना मात्र हो । वास्तवमा यो असत्य हुँदा पनि हजुरको सत्ताको कारणले यो सत्य देखिएको हो । जसरी सुनलाई चाहानेले सुनबाट बनेका चुरा, झुम्का आदिलाई सुन नै हो भनेर त्याग्दैन त्यसैगरी आत्मज्ञानी पुरुषहरु यो भोग्य र भोक्ताको रुपमा देखिएको सम्पूर्ण जगतलाई परमात्माबाट अलग होइन भन्ने निश्चय गरेर जगतलाई त्याग्दैनन् ।।२६।।
तव परि ये चरन्त्यखिलसत्त्वनिकेततया
त उत पदाऽऽक्रमन्त्यविगणय्य शिरो निर्ऋतेः ।
परिवयसे पशूनिव गिरा विबुधानपि तां
स्त्वयि कृतसौहृदाः खलु पुनन्ति न ये विमुखाः ॥ २७ ॥
हे भगवान् ! जसले हजुरलाई सबै प्राणी र वस्तुहरूको अधिष्ठानको आधार हो भन्ने बुझेर हजुरको भक्ति गर्दछन् भने निश्चय नै ती भक्तले मृत्युलाई पैतालाले कुल्चेर संसारबाट पार पाउछन् । तर जो हजुरको भक्तिबाट बिमुख भएका हुन्छन्, ती बिद्वान भएपनि हजुरको वेद रुपी वाणीले तिनलाई पशु समान बाँधिदिनु हुन्छ । तर जो हजुरसंग प्रेमभाव राख्दछन् निश्चय नै उनले सबैलाई पवित्र पार्दछन् ।।२७।।
त्वमकरणः स्वराडखिलकारकशक्तिधर(
स्तव बलिमुद्वहन्ति समदन्त्यजयानिमिषाः ।
वर्षभुजोऽखिलक्षितिपतेरिव विश्वसृजो
विदधति यत्र ये त्वधिकृता भवतश्चकिताः ॥ २८ ॥
हजुर इन्द्रियादिले रहित स्वयंप्रकाश भएर पनि सबै इन्द्रिय शक्तिले सम्पन्न स्वतन्त्र हुनुहुन्छ । ब्रह्मा लगायत अविद्यायुक्त देवताहरुले समेत प्रादेशिक राजाहरुले चक्रवर्ती राजालाई कर बुझाए जसरी र हजुरलाई नैवेद्य चढाउँदछन् र आफुले पनि भोग गर्दछन् । हजुरले जुन कार्यका लागि जसलाई नियुक्त गर्नु भएको छ, उनीहरु सबै हजुरबाट डराएर आफ्नो काम गर्दछन् ।।२८।।
स्थिरचरजातयः स्युरजयोत्थनिमित्तयुजो
विहर उदीक्षया यदि परस्य विमुक्त ततः ।
न हि परमस्य कश्चिदपरो न परश्च भवेद्
वियत इवापदस्य तव शून्यतुलां दधतः ॥ २९ ॥
हे नित्यमुक्त ! हजुर मायाभन्दा पर हुनुहुन्छ तापनि जब हजुर सृष्टिको समयमा मायाका साथमा गर्नुहुन्छ त्यस समयमा हजुरको संकल्पले नै विभिन्न कर्र्मयुक्त स्थावर र जंगम प्राणीहरुको उत्पत्ति हुन्छ र आकास झैं व्याप्त र मन र वाणीको विषयबाट टाढा रहनुभएका हजुरका लागि आफ्नो र अर्को भन्ने कोही हुँदैन ।। २९।।
अपरिमिता ध्रुवास्तनुभृतो यदि सर्वगता(
स्तर्हि न शास्यतेति नियमो ध्रव नेतरथा ।
अजनि च यन्मयं तदविमुच्य नियन्तृ भवेत्
सममनुजानतां यदमतं मतदुष्टतया ॥ ३० ॥
हे परमात्मा ! यदि सम्पूण शरीरधारी जीवलाई अनन्त, नित्य र सर्वव्यापक मान्ने हो भने त्यसमा भिन्नता नहुने हुनाले जीव शासित र हजुर परमात्मा शासक भन्ने कुरा हुन सक्तैन । यसो भएन भने मात्र तिनीहरु नियन्त्रित (शासित) हुन सक्छन् । जुन परमात्माबाट जीव उत्पन्न भयो उसले म परमात्मालाई जान्दछु भनेर भन्छ भने उसले परमात्मालाई नजानेको नै ठहर्दछ । हजुरलाई मनद्वारा जुन विषयको ज्ञान हुन्छ त्यो दोषयुक्त हुन्छ, मिथ्या हुन्छ, त्यसैले हजुर सबै भन्दा पर हुनुहुन्छ ।।३०।।
न घटत उद्भवः प्रकृतिपूरुषयोरजयो
रुभययुजा भवन्त्यसुभृतो जलबुद्बुदवत् ।
त्वयि त इमे ततो विविधनामगुणैः परमे
सरित इवार्णवे मधुनि लिल्युरशेषरसाः ॥ ३१ ॥
प्रकृति पुरुष दुवैको जन्म हुदैन । यही प्रकृति र पुरुषको दुवैको परस्पर संयोगले प्राणीको उत्पत्ति हुन्छ । जसरी उपादान कारण जल र निमित्तकारण वायुको संयोगले जलका फोकाहरु उत्पन्न हुन्छ त्यसरी नै प्रकृति र पुरुषको अध्यस्त भएपछि जीवको उत्पत्ति हुन्छ । यी जीवहरुको अनेकौं नाम र रुपहरु हुन्छन् र जसरी समुद्रमा सबै नदीहरु, महमा सम्पूर्ण फूलका रसहरु लीन भएका हुन्छन् त्यसरी प्रलयकालमा यी जीवहरु हजुरमा लीन हुन्छन् ।।३१।।
नृषु तव मायया भ्रमममीष्ववगत्य भृशं
त्वयि सुधियोऽभवे दधति भावमनुप्रभवम् ।
कथमनुवर्ततां भवभयं तव यद्भ्रुकुटिः
सृजति मुहुस्त्रिणमिरभवच्छरणेषु भयम् ॥ ३२ ॥
सबै जीवहरु हजुरको मायाका कारण भ्रममा पर्दछन् भन्ने बुझेर विवेकी पुरुषहरु भक्ति भाव सहित हजुरको शरणमा पर्दछन् । हजुरको भक्तिगर्ने भक्तहरुलाई कुनैपनि संसारिक भयले छुन सक्दैन । शीत, वायु र वर्षा यो तीन भागमा विभक्त भएको काल चक्र हजुरको आँखिभौंको रुप हो । यसले हजुरको शरणमा नपर्ने अभक्तहरुलाई बारम्बार भय उत्पन्न गराउँछ । तर हजुरको भजन गर्नेहरुलाई त भयले कसरी छुन सक्छ र ? ।।३२।।
विजितहृषीकवायुभिरदान्तमनस्तुरगं
य इह यतन्ति यन्तुमतिलोलमुपायखिदः ।
व्यसनशतान्विताः समवहाय गुरोश्चरणं
वणिज इवाज सन्त्यकृतकर्णधरा जलधौ ॥ ३३ ॥
हे आजन्मा भगवान् ! आफ्नो इन्द्रिय र मनलाई एवं प्राण वायुलाई जितेका योगिहरु पनि यदि गुरुको चरणको आश्रय लिएका हुदैनन् भने ती साधक माझि विना बिच समुद्रको डुंगामा बसेर यात्रा गर्ने ब्यक्तिले जस्तै अनेकौं कष्टको सामना गर्नु पर्दछ ।।३३।।
स्वजनसुतात्मदारधनधामधरासुरथै(
स्त्वयि सति किं नृणां श्रयत आत्मनि सर्वरसे ।
इति सदजानतां मिथुनतो रतये चरतां
सुखयति को न्विह स्वविहते स्वनिरस्तभगे ॥ ३४ ॥
हे भगवान् ! हजुरको अखण्ड आनन्दस्वरुप चरणको आश्रय पाएका ब्यक्तिलाई आफ्ना स्वजन, पुत्र, स्त्री, धन, घर, जमिन र वाहनादि सुखभोगको के नै प्रयोजन हुन्छ र ? । जसले यस्तो सत्यलाई नबुझेर स्त्री पुरुष सम्न्ध र रति सुखमा नै लिप्त हुन्छ भने त्यस्तालाई नाशवान र सारसून्य यस संसारमा कुन वस्तुले सुख दिन सक्ला र ।।३४।।
भुवि पुरुपुण्यतीर्थसदनान्यृषयो विमदा(
स्त उत भवत्पदाम्बुजहृदोऽघभिदङ्घ्रिजलाः ।
दधति सकृन्मनस्त्वयि य आत्मनि नित्यसुखे
न पुनरुपासते पुरुषसारहरावसथान् ॥ ३५ ॥
हे भगवान ! ऐश्वर्यादि घमण्डले रहित योगिजनहरु पनि अहंकारले रहित हजुरको चरण कमललाई आफ्नो हृदयमा धारण गरेर यस पृथिवीका पुण्य तीर्थहरुमा भ्रमण गर्दछन् । जसले एकपटक हजुरको चरणमा मन लगाएका हुन्छन् उनीहरु फेरी सबै गुण र विवेकलाई नष्ट गर्ने घर ब्यवहारमा फस्दैनन् ।।३५।।
सत इदं उत्थितं सदिति चेन्ननु तर्कहतं
व्यभिचरति क्व च क्व च मृषा न तथोभययुक् ।
व्यवहृतये विकल्प इषितोऽन्धपरम्परया
भ्रमयति भारती त उरुवृत्तिभिरुक्थजडान् ॥ ३६ ॥
यो जगत सत्य स्वरुप परमात्माबाट उत्पन्न भएकोले सधैं सत्य नै रहन्छ भन्ने भनाई तर्क सिध्द छैन । यी दुवैमा भेद देखिन्छ यहाँ सत्यबाट असत्य वस्तु उत्पन्न भएको जस्तो पनि देखिन्छ । सत्य र मिथ्या दुवै मिलेर जगत बनेको भनेर मान्ने हो भने पनि जगतलाई सत्य मान्न सकिदैन । यो जगत मिथ्या भएपनि अन्धपरम्परा द्वारा व्यवहार चलाउनको लागि यसलाई सत्य मानिएको हो । मन्दमति भएकाहरुलाई हजुरका वेदरुप वाणीले कर्म र त्यसको फल आदिको विषयमा भ्रमित बनाएको छ ।।३६।।
न यदिदमग्र आस न भविष्यदतो निधना(
दनु मितमन्तरा त्वयि विभाति मृषैकरसे ।
अत उपमीयते द्रविणजातिविकल्पपथै(
र्वितथमनोविलासमृतमित्यवयन्त्यबुधाः ॥ ३७ ॥
हे भगवान ! सत्य यो हो कि यो संसार सृष्टि हुनुभन्दा पहिले अस्तित्वमा थिएन र प्रलय पछि पनि रहने छैन । केवल हजुरको सत्ता प्राप्त गरेकोले सत्य जस्तो देखिएको हो । यस जगतको विषयमा हाम्रा श्रुतिहरु उपमा दिदै भन्दछन् कि जसरी माटोले बनेको भाँडो, फलामले बनेको हतियार र सुनले बनेको झुम्का केवल नाम मात्र हुन्, वास्तवमा ती केवल माटो, फलाम र सुन नै हुन् । त्यसैगरी यो संसार हजुरमा नै प्रतीत हुन्छ । अतः मनको विलाश भएकोले अज्ञानी मूर्खहरूले मात्र यसलाई जगतलाई सत्य मान्छन् ।।३७।।
स यदजया त्वजामनुशयीत गुणांश्च जुषन्
भजति सरूपतां तदनु मृत्युमपेतभगः ।
त्वमुत जहासि तामहिरिव त्वचमात्तभगो
महसि महीयसेऽष्टगुणितेऽपरिमेयभगः ॥ ३८ ॥
हे भगवान ! जब जीव अज्ञानताका कारण मोहित भएर मायालाई स्वीकार गर्दछ त्यस समयमा इन्द्रियहरुको अधिनमा रहेर आनन्दादि गुणको स्वरुपलाई बिर्सिन पुग्दछ । जसले गर्दा यस जन्म मृत्यु रुपी संसारमा घुम्न पुग्दछ । तर अनन्त ऐश्वर्य भएका हजुर चाँही जसरी सर्पले आफ्नो काँचुली फेर्दछ त्यसरी नै त्यो अविद्यालाई (माया) त्यागेर हजुर अष्टसिध्दिले युक्त परम आनन्दमा विराजमान हुनुहुन्छ ।।३८।।
यदि न समुद्धरन्ति यतयो हृदि कामजटा
दुरधिगमोऽसतां हृदि गतोऽस्मृतकण्ठमणिः ।
असुतृपयोगिनामुभयतोऽप्यसुखं भगव(
न्ननपगतान्तकादनधिरूढपदाद् भवतः ॥ ३९ ॥
हे भगवान ! यदि योगीहरुले पनि आफ्नो हृदयबाट कामवासनाहरुलाई हटाउँदैन भने, उनीहरुको हृदयमा रहँदा पनि हजुरलाई प्राप्त गर्न सक्दैनन् । जसरी घाँटीमा मणि लगाएको मेरो मणि हरायो भनेर अन्य खोज्दछ त्यसरी नै योगीहरुले उनीहरुकै भित्र हुनुभएका हजुरलाई प्राप्त गर्न सक्दैनन् । त्यस्ता योगीहरुलाई त कालको भय नष्ट नभएको हुनाले र हजुरको चरण प्राप्त गरि नसकेकाले सधैं मृत्यबाट पनि र हजुरबाट पनि डर भइरहन्छ ।।३९।।
त्वदवगमी न वेत्ति भवदुत्थशुभाशुभयो(
र्गुणविगुणान्वयांस्तर्हि देहभृतां च गिरः ।
अनुयुगमन्वहं सगुण गीतपरम्परया
श्रवणभृतो यतस्त्वमपवर्गगतिर्मनुजैः ॥ ४० ॥
हे षड्गुणले युक्त हुनु भएका भगवान् ! जसले हजुरको साक्षात्कार गरेका हुन्छन् उनीहरुका लागि सुख–दुःख तथा शुभ–अशुभ भन्ने दुवै कुरा हुदैन । त्यस समय उनीहरुलाई प्राणीहरुको निन्दा र स्तुतिको बारेमा पनि थाहा हुँदैन । किनभने उनीहरु संसारका एकमात्र आश्रय हजुरको शरण परेकालाई हजुरले मोक्ष प्रदान गर्नुहुन्छ ।।४०।।
द्युपतय एव ते न ययुरन्तमनन्ततया
त्वमपि यदन्तराण्डनिचया ननु सावरणाः ।
ख इव रजांसि वान्ति वयसा सह यच्छ्रुतय(
त्वयि हि फलन्त्यतन्निरसनेन भवन्निधनाः ॥ ४१ ॥
हे भगवान् ! हजुर सर्वव्यापक हुनुहुन्छ । ब्रह्मादि देवताहरु पनि अनन्त हुनुभएका हजुरको अन्तलाई प्राप्त गर्न सक्दैनन् । हजुर अनन्त भएका कारण आकाशमा धुलो उडे झैं आवरणले युक्त भएका अनन्त ब्रह्माण्डहरु हजुर भित्र निरन्तर घुमिरहन्छन् । हजुर मै पर्यवसित भएका श्रुतिहरु प्नि हजुरको साक्षत वर्णन गर्न सक्दैनन् । अन्तमा ती सबै सम्पूण कार्य पदार्थलाई निषेध गरेर हजुर मै लीन हुन्छन् ।।४१।।
श्रीभगवानुवाच–
(अनुष्टुप्)
इत्येतद्ब्रह्मणः पुत्रा आश्रुत्यात्मानुशासनम् ।
सनन्दनमथानर्चुः सिद्धा ज्ञात्वाऽऽत्मनो गतिम् ॥ ४२ ॥
यस प्रकार ब्रह्माजीका पुत्रले आत्मा जीव र ब्रह्म सम्बन्धि उपदेश सुनेर आत्माको वास्तविक स्वरुपलाई जाने । यसपछि सनन्दनलाई पूजा गरे ।।४२।।
इत्यशेषसमाम्नायपुराणोपनिषद्रसः ।
समुद्धृतः पूर्वजातैर्व्योमयानैर्महात्मभिः ॥ ४३ ॥
योे वेदस्तुति सम्पूर्ण वेद पुराण र उपनिषदको रस हो । जसलाई सृष्टिको आरम्भमा उत्पन्न भएका आकाशगामी सनकादि महापुरुषहरुले मन्थन गरेर निचोडको रुपमा निकालेका हुन् ।।४३।।
त्वं चैतद् ब्रह्मदायाद श्रद्धयाऽऽत्मानुशासनम् ।
धारयंश्चर गां कामं कामानां भर्जनं नृणाम् ॥ ४४ ॥
हे ब्रह्माका पुत्र नारदजी ! तपाई पनि मानिसको सबै विषय वासनालाई नष्ट गराउने यस आत्मविद्यालाई श्रध्दापूर्वक धारण गरेर स्वेच्छा पूर्वक पृथिवीमा विचरण गर्नुहोस् ।।४४।।
श्रीशुक उवाच–
एवं स ऋषिणाऽऽदिष्टं गृहीत्वा श्रद्धयात्मवान् ।
पूर्णः श्रुतधरो राजन्नाह वीरव्रतो मुनिः ॥ ४५ ॥
हे महाराज ! यस प्रकार ऋषिहरुले उपदेश गर्नु भएको उपदेशलाई संयमी, ज्ञानी, पूर्णकाम र ब्रह्मचर्य व्रत स्वीकार गर्नुभएका नारदजीले नारायण ऋषिहरुले बताउनु भएको उपदेश श्रध्दापूर्वक धारण गर्नुभयो अनि भन्नुभयो–।।४५।।
नारद उवाच–
नमस्तस्मै भगवते कृष्णायामलकीर्तये ।
यो धत्ते सर्वभूतानामभवायोशतीः कलाः ॥ ४६ ॥
नारदजीले भन्नुभयो– हे भगवान् हजुरले समस्त प्राणीहरुको मोक्षका लागि यो मनोहर कलाले युक्त भएको यो नरायण अवतार लिनुभएको छ । यस्ता पवित्र कीर्ति भएका सच्चिदानन्द स्वरुप भगवान श्रीकृष्णलाई मेरो नमस्कार छ ।।४७।।
इत्याद्यमृषिमानम्य तच्छिष्यांश्च महात्मनः ।
ततोऽगादाश्रमं साक्षात् पितुर्द्वैपायनस्य मे ॥ ४७ ॥
त्यसपछि भगवान् नारायण र वहाँका शिष्यहरुलाई समेत नमस्कार गरेर देवर्षि नारद मेरा पिता व्यासको आश्रममा जानुभयो ।।४७।।
सभाजितो भगवता कृतासनपरिग्रहः ।
तस्मै तद् वर्णयामास नारायणमुखाच्छ्रुतम् ॥ ४८ ॥
त्यहाँ भगवान् व्यासजीबाट सम्मान पाएपछि नारदजी आसनमा बस्नु भयो अनि नारायणको मुखबाट सुनेको वेदस्तुति सम्बन्धि उपदेश व्यासजीलाई सुनाउनु भयो ।।४८।।
इत्येतद् वर्णितं राजन् यन्नः प्रश्नः कृतस्त्वया ।
यथा ब्रह्मण्यनिर्देश्ये नीऋगुणेऽपि मनश्चरेत् ॥ ४९ ॥
हे महाराज परीक्षित ! तपाईले म संग सोध्नु भएको मन वाणीद्वारा निर्देश गर्न नसकिने निर्गुण ब्रह्मको बारेमा जुन प्रश्न गर्नु भएको थियो, यस विषयमा मैले तपाईलाई बताएं ।।४९।।
(शार्दूलविक्रीडित)
योऽस्योत्प्रेक्षक आदिमध्यनिधने योऽव्यक्तजीवेश्वरो
यः सृष्ट्वेयदमनुप्रविश्य ऋषिणा चक्रे पुरः शास्ति ताः ।
यं सम्पद्य जहात्यजामनुशयी सुप्तः कुलायं यथा
तं कैवल्यनिरस्तयोनिमभयं ध्यायेदजस्रं हरिम् ॥ ५० ॥
हे परीक्षित ! भगवान यस विश्व जगतको सत्य संकल्प कर्ता हुनुहुन्छ । वहाँ नै यसका आदि, मध्य र अन्त्यमा स्थित भएर रहनुहुन्छ । वहाँ भगवन् नैै प्रकृति र जीव दुवैका स्वामी हुनुहुन्छ । सम्पूर्ण जगतको सृष्टि गरेर जीवात्माका साथमा वहा भित्र प्रवेश गर्नुहुन्छ र सबैलाई अन्तर्यामी चेतनरुपले वहाँले नियन्त्रण गर्नुहुन्छ । शुषुप्ति अवस्थामा प्राणीले शरीरको सम्बन्धलाई त्यागे झैं भगवानलाई प्राप्त गरेको जीव सबै अविद्यालाई त्यागेर माया वन्धनबाट मुक्त हुन्छ । यस्ता जगतका कारण अभयरुप भगवान् श्रीहरिको निरन्तर चिन्तन गरिरहनुपर्दछ ।।५०।।
इति श्रीमद्भालगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
वेदस्तुति नाम सप्ताशीतितमोऽध्यायः ॥ ८७ ॥
