श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - दशमोऽध्यायः
श्रीशुक उवाच ।
खट्वांगाद् दीर्घबाहुश्च रघुस्तस्मात् पृथुश्रवाः ।
अजस्ततो महाराजस्तस्मात् दशरथोऽभवत् ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! खट्वांगका छोरा दीर्घबाहु र दिर्घबाहुका छोरा रघु थिए जो अत्यन्त परमशाली थिए । रघुका अज र अजका छोरा दशरथ भए ।।१।।
तस्यापि भगवानेष साक्षाद् ब्रह्ममयो हरिः ।
अंशांशेन चतुर्धागात् पुत्रत्वं प्रार्थितः सुरैः ।
रामलक्ष्मणभरतशत्रुघ्ना इति संज्ञया ॥ २ ॥
देवताहरुका आराधनाका कारण परब्रम्म परमात्मा भगवान् श्रीहरी आफ्नो अंशले दशरथको पुत्रका रुपमा अवतिर्ण हुनुभयो । वहाँको चाररूप थियो जुन राम, लक्ष्मण भरत र शत्रुघ्न भए ।।२।।
तस्यानुचरितं राजन्नृषिभिः तत्त्वदर्शिभिः ।
श्रुतं हि वर्णितं भूरि त्वया सीतापतेर्मुहुः ॥ ३ ॥
परीक्षित सितापति भगवान श्रीरामको चरित्रका बारेमा तत्वदर्शी ऋषिहरुले वर्णन गरेका छन् अब म तपाईलाई त्यसबारेमा धेरैपटक सुन्नुभएको पनि छ ।।३।।
गुर्वर्थे त्यक्तराज्यो व्यचरदनुवनं
पद्मपद्भ्यां प्रियायाः ।
पाणिस्पर्शाक्षमाभ्यां मृजितपथरुजो
यो हरीन्द्रानुजाभ्याम् ।
वैरूप्याच्छूर्पणख्याः प्रियविरहरुषा-
ऽऽरोपितभ्रूविजृम्भ- ।
त्रस्ताब्धिर्बद्धसेतुः खलदवदहनः
कोसलेन्द्रोऽवतान्नः ॥ ४ ॥
भगवान् श्रीरामले आफ्ना पीताको सत्य वचनको पालना गर्नको लागि राजपाठ त्यागेर बनमा जानुभयो । त्यतिबेला वहाँको चरणकमल यति नरम र कोमल थियो कि स्वयं श्री जानकीजीको कोमल हातले स्पर्श गर्दापनि सहन नसकिने थियो । त्यही चरणकमल वनमा जाँदा थाकेका बेलामा लक्ष्मण र हनुमानले मिचेर थकाई हटाउँदथे । सुर्पणखाको नाक काटेर वियोग गरिदिएका कारण वहाँलाई आफ्नी प्रियत्तमा सीताजीको वियोग सहनु परेको थियो । यही वियोगमा वहाँको आँखीभौं बंग्याउँदा समुद्र समेत डराएका थिए । यसपछि वहाँले समुद्रमा पुला बाँधेर लंकामा गएर दुष्ट राक्षसहरुलाई आगोको ज्वाला भष्म गरेझैं नष्ट गरिदिनुभयो । उनै कोसल नरेशले हाम्रो रक्षा गरुन् ।।४।।
विश्वामित्राध्वरे येन मारीचाद्या निशाचराः ।
पश्यतो लक्ष्मणस्यैव हता नैर्ऋतपुंगवाः ॥ ५ ॥
भगवान् श्रीरामले विश्वामित्रको यज्ञमा आफ्ना भाई लक्ष्मणका अगाडि नै मारिच आदि राक्षसलाई मारिदिनु भयो । तो ठुला ठुला राक्षसको गणनामा पर्दथ्यो ।।५।।
यो लोकवीरसमितौ धनुरैशमुग्रं
सीतास्वयंवरगृहे त्रिशतोपनीतम् ॥
आदाय बालगजलील इवेक्षुयष्टिं
सज्जीकृतं नृप विकृष्य बभञ्ज मध्ये ॥ ६ ॥
परीक्षित ! जनकपुरमा सीताजीको स्वयम्वर हुँदा त्यहाँ वीरहरुको सभामा भगवान् शंकरको धनुष राखिएको थियो जुन धेरै ठुलो थियो जसलाई ल्याउन तीनसय जना वलवानहरुले बल लगाएका थिए । तर भगवान् श्रीरामले ख्याल ख्यालमै हात्तीको बच्चाले उखु फाँडे जसरी त्यो धनुष उठाएर त्यसलाई ताँदो चढाएर टुक्राटुक्रा पारिदिनुभयो ।।६।।
जित्वानुरूपगुणशीलवयोऽङ्गरूपां ।
सीताभिधां श्रियमुरस्यभिलब्धमानाम् ॥
मार्गे व्रजन् भृगुपतेर्व्यनयत् प्ररूढं ।
दर्पं महीमकृत यस्त्रिरराजबीजाम् ॥ ७ ॥
आफ्नो वक्षस्थलमा स्थान दिएर सम्मान गर्नुभएकी लक्ष्मीजी नै सीताको नाममा जनकपुरमा अवतार लिनुभएको थियो । वहाँ गुण शील र शारीरिक सौन्दर्यता भगवान् श्रीराम जत्तिकै थियो । भगवान्ले धनुषलाई भाँचेर वहाँलाई प्राप्त गर्नुभएको थियो । अयोध्या फर्कने समयमा भगवान् श्रीराम र परशुरामको भेट भएको थियो उनले एक्काइस पटक पृथ्वीमा क्षेत्रीय विहिन गरेका थिए श्रीरामले उनको घमण्ड तोडिदिनुभएको थियो ।।७।।
यः सत्यपाशपरिवीतपितुर्निदेशं ।
स्त्रैणस्य चापि शिरसा जगृहे सभार्यः ॥
राज्यं श्रियं प्रणयिनः सुहृदो निवासं ।
त्यक्त्वा ययौ वनमसूनिव मुक्तसङ्गः ॥ ८ ॥
यसपछि पिताको वचन पालन गर्नको लागि उहाँ वनवास जानुभयो । महाराज दशरथले पत्नीको वशमा परेर यस्तो वचन दिएका थिए । त्यसैले श्रीरामले पिताको आज्ञालाई शिरोधार्य गरेका थिए । श्रीरामले मुक्तिका लागि योगीले प्राण त्यागेझैं गरी, आफ्नो प्राण समान राज्य, लक्ष्मी, बन्धु बान्धव मित्र र राजमहललाई समेत त्यागेर आफ्नी पत्नी सीताको साथमा वनवास गएका थिए ।।८।।
रक्षःस्वसुर्व्यकृत रूपमशुद्धबुद्धे- ।
स्तस्याः खरत्रिशिरदूषणमुख्यबन्धून् ॥
जघ्ने चतुर्दशसहस्रमपारणीय- ।
कोदण्डपाणिरटमान उवास कृच्छ्रम् ॥ ९ ॥
बनमा गएर राक्षस रावणकी बहिनी शूर्पणखालाई भगवानले बिरुप बनाइदिनु भएको थियो किनकि उसको बुध्दि कलुषित कामवाशनाका कारण अशुध्द थियो । त्यसैगरी उसका सहयोगी खर दूषण, त्रिशिरा, आदि चौध हजार जना भाईहरुलाई पनि भगवान् श्रीरामले धनुले नष्ट गरिदिनुभयो । यसरी वहाँ अनेको किसिमका कठिनाइहरु झेलेर वनमा बस्नुभयो ।।९।।
सीताकथाश्रवणदीपितहृच्छयेन ।
सृष्टं विलोक्य नृपते दशकन्धरेण ॥
जघ्नेऽद्भुवतैण वपुषाऽऽश्रमतोऽपकृष्टो ।
मारीचमाशु विशिखेन यथा कमुग्रः ॥ १० ॥
परीक्षित ! रावणले सीताको रुप र सौन्दर्य सुनेर उसको हृदय कामवासनाले आतुर भयो । उसले सुनौला हरिणको भेषमा मारीचलाई उहाँको पर्णकुटीमा पठायो । त्यो मृगले विस्तारै विस्तारै गरी भगवान् श्रीरामलाई पर्णकुटीबाट टाढा पार्यो । अन्तमा भगवान्ले वीरभद्रले दक्षप्रजापतिलाई मारेझैं ख्याल ठट्टा मा नै त्यो मृग मार्नुभयो ।।१०।।
रक्षोऽधमेन वृकवद् विपिनेऽसमक्षं ।
वैदेहराजदुहितर्यपयापितायाम् ॥
भ्रात्रा वने कृपणवत् प्रियया वियुक्तः ।
स्त्रीसङ्गिनां गतिमिति प्रथयंश्चचार ॥ ११ ॥
जब भगवान् जंगलबाट टाढा पुग्नु भएका बखत लक्ष्मण पनि नभएको समय पारि रावणले सुकुमारी सीताजलाई हुडारले गरी हरेर लग्यो त्यसपछि भगवान् आफ्नी प्राणप्रिया सीताजीको विछोडमा वन वनमा घुम्न लाग्नुभयो । यस प्रकार भगवानले जो स्त्रीमा आशक्ति राख्दछ लोकमा उसको गति यस्तै हुन्छ भनेर शिक्षा दिनुभयो ।।११।
दग्ध्वाऽऽत्मकृत्यहतकृत्यमहन् कबन्धं ।
सख्यं विधाय कपिभिर्दयितागतिं तैः ॥
बुद्ध्वाथ वालिनि हते प्लवगेन्द्रसैन्यै- ।
र्वेलामगात् स मनुजोऽजभवार्चिताङ्घ्रि ॥ १२ ॥
त्यसपछि भगवान् ले जटायुको दाह संस्कार गर्नुभयो । जटायु रामको भक्त भएका कारण उसको सबै कर्मबन्धन पहिलेनै भस्म भैसकेको थियो । त्यसपछि भगवान्ले कवन्धको संहार गर्नुभयो र सुग्रीव आदि वानरहरुसंग मित्रता गरेर वालिका वध गर्नुभयो । त्यसपछि वानरको सहायताले आफ्नी प्राणप्रया सीतालाई पत्ता लगाउनु भयो । ब्रह्मा शंकर आदि देवले वन्दना गर्ने भगवान् श्रीरामले मनुष्य जस्तै लीला गरेर वानर सेनाका साथमा समुद्रको किनारमा पुग्नुभयो ।।१२।।
यद्रोषविभ्रमविवृत्तकटाक्षपात- ।
सम्भ्रान्तनक्रमकरो भयगीर्णघोषः ॥
सिन्धुः शिरस्यर्हणं परिगृह्य रूपी ।
पादारविन्दमुपगम्य बभाष एतत् ॥ १३ ॥
त्यहाँ वहाँले समुद्रको उपवास र प्रार्थना गर्नुभयो तैपनि समुद्रले आफ्नो प्रभाव देखाउन छाडेन । तव भगवान्ले समुद्रमाथि उग्रदृष्टि राख्नुभयो त्यतिबेला समुद्रका ठुला ठुला गेही, माछाहरु त्रसित भए र समुद्रको गर्जन पनि कम भयो । त्यसपछि समुद्रले शरीर धारण गरेर धेरै भेटहरु लिएर भगवान्को शरणमा आएर भन्नलागे ।।१३।।
न त्वां वयं जडधियो नु विदाम भूमन् ।
कूटस्थमादिपुरुषं जगतामधीशम् ॥
यत्सत्त्वतः सुरगणा रजसः प्रजेशा ।
मन्योश्च भूतपतयः स भवान् गुणेशः ॥ १४ ॥
हे अनन्त ! हामी मुर्ख हौं त्यसैले हजुरको वास्तविक स्वरुपको बारेमा जान्न सक्क्तैनौं किनकि तपाई जगतका एकमात्र स्वामी हुनुहुन्छ, तपाई जगतको समस्त परिवर्तनमा एकरस हुनुहुन्छ । तपाई सबै गुणका स्वामी हुनुहुन्छ त्यही भएकोले तपाई सत्यगुणलाई स्वीकार गर्नुहुन्छ । देवताहरु रजोगुणलाई स्वीकार गर्दछन् तब प्रजापति तमोगुणलाई स्वीकार गर्दछन् । तपाइकै क्रोधबाट रुद्रगणको उत्पत्ति हुन्छ ।।१४।।
कामं प्रयाहि जहि विश्रवसोऽवमेहं ।
त्रैलोक्यरावणमवाप्नुहि वीर पत्नी्म् ॥
बध्नीहि सेतुमिह ते यशसो वितत्यै ।
गायन्ति दिग्विजयिनो यमुपेत्य भूपाः ॥ १५ ॥
हे वीरशिरोमणि ! तपाई आफ्नो इच्छा अनुसार मलाई पार गरेर जानुहोस र तीनै जगतलाई रुवाउने विश्रवाको कुपूत रावणलाई मारेर आफ्नी पत्नीलाई फेरी प्राप्त गर्नुहोस । तर मेरो तपाईसंगं एउटा प्रार्थन छ कि तपाई यहाँ पुल बाँध्नु होस र यसले गर्दा तपाईको कीर्ति फैलनेछ र तपाइले ठुला ठुला योध्दालाई बिजग गर्नहुनेछ । उनीहरुले तपाईको जयजयकार गर्नेछन् ।।१५।।
बद्ध्वोदधौ रघुपतिर्विविधाद्रिकूटैः ।
सेतुं कपीन्द्रकरकम्पितभूरुहाङ्गैः ॥
सुग्रीवनीलहनुमत्प्रमुखैरनीकै ।
र्लङ्कां विभीषणदृशाऽऽविशदग्रदग्धाम् ॥ १६ ॥
भगवान् श्रीरामले पर्वत शिला र शिखरले समुद्रमा पुल बाँध्नुभयो । त्यतिबेला ठुला ठुला बाँदरहरुले आफ्नो हातले पर्वत उठाँउथे तव त्यहाँका ठुला ठुला चटन र रुखहरु काम्न थाल्दथे । त्यसपछि विभिषणको सल्लाहले भगवान् सुग्रीव, नील, हनूमान आदि वीर वादरहरुको साथमा लंकामा प्रवेश गर्नुभयो । त्यहाँ हनूमानले पहिला नै लंका जलाइसकेका थिए ।।१६।।
सा वानरेन्द्रबलरुद्धविहारकोष्ठ- ।
श्रीद्वारगोपुरसदोवलभीविटङ्का ॥
निर्भज्यमानधिषणध्वजहेमकुम्भ- ।
श्रृङ्गाटका गजकुलैर्ह्रदिनीव घूर्णा ॥ १७ ॥
त्यहाँ पुगेर वादरका सेनाहरुले खेल्ने ठाँउ, अन्नका गोदाम, खजाना, ढोका फाटक, सभाभवन, कौशि र पक्षिहरु बस्ने ठाँउहरुमा घेराहाले । उनीहरुले त्यहाको वेदी, ध्वजाहरु, सुनका कलश हरुको तोडफोड गरे । त्यससमयमा लंकाको अवस्था हात्तीको बथानले नदीमा पसेर छचल्क्याए जस्तै देखिन्थ्यो ।।१७।।
रक्षःपतिस्तदवलोक्य निकुम्भकुम्भ- ।
धूम्राक्ष दुर्मुख सुरान्तनरान्तकादीन् ॥
पुत्रं प्रहस्तमतिकायविकम्पनादीन् ।
सर्वानुगान् समहिनोदथ कुम्भकर्णम् ॥ १८ ॥
यो देखेर राक्षसराज रावणले निकुम्भ, कुम्भ, भूम्राक्ष, दुर्मख, सुरान्तक, नरान्तक, प्रहस्त, अतिकाय, विकम्पन आदि आफ्ना सहयोगी र छोरा मेघनाद र भाई कुम्भकर्णलाई युध्द गर्न पठायो ॥१८॥
तां यातुधानपृतनामसिशूलचाप- ।
प्रासर्ष्टिशक्तिशरतोमरखड्गदुर्गाम् ॥
सुग्रीवलक्ष्मणमरुत्सुतगन्धमाद- ।
नीलाङ्गदर्क्षपनसादिभिरन्वितोऽगात् ॥ १९ ॥
त्यहाँ राक्षसका सेनाहरु हातमा तरवार, त्रिशल, धनुष, प्रास, ऋष्टि, शक्ति, वाण, भाला, खड्ग, आदि शस्त्र अश्त्रले सुरक्षित भएर गएका थिए । यता भगवान् श्रीरामले सुग्रीव, लक्ष्मण, हनूमान्, गन्धमादन, नील, अंगद, जाम्ववान, र पनस आदि वीरहरुलाई आफ्नो साथमा लिएर राक्षस सेनाको अगाडि पठाउँनुभयो ।।१९।।
तेऽनीकपा रघुपतेरभिपत्य सर्वे ।
द्वन्द्वं वरूथमिभपत्तिरथाश्वयोधैः ॥
जघ्नुर्द्रुमैर्गिरिगदेषुभिरङ्गदाद्याः ।
सीताभिमर्षहतमङ्गल रावणेशान् ॥ २० ॥
रघुवंशशिरोमणि भगवान् श्रीरामका अंगद आदि सबै सेनापति राक्षसको चतुरंगिणी सेना– हात्ती रथ घोडसवार र पैदल सेनाका साथ द्वन्दयुध्दको रीति अनुसार भिड्नलागे र राक्षसलाई वृक्ष, पर्वत शिखर, गदा, र वाणले प्रहार गर्न लागे । उनीहरुलाई मार्नु स्वभाविकै थियो किनकि उनीहरु रावणका अनुचर थिए । जसको मंगल सीताजीलाई स्पर्श गर्दा पहिले नै नष्ट भैसकेको थियो ।।२०।।
रक्षःपतिः स्वबलनष्टिमवेक्ष्य रुष्ट ।
आरुह्य यानकमथाभिससार रामम् ॥
स्वःस्यन्दने द्युमति मातलिनोपनीते ।
विभ्राजमानमहनन्निशितैः क्षुरप्रैः ॥ २१ ॥
जव राक्षसराज रावणले आफ्ना सेना नाश भएको देख्यो तव रिसले चुर भएर पुष्पक विमानमा चढेर श्रीरामको अगाडि आयो । त्यससमयमा इन्द्रका सारथी मातलीले एक दिव्य रथ लिएर आए भगवान् श्रीराम त्यसमा विराजमान हुनुभयो । रावण आफ्नो तीखा वाणले वहाँलाई प्रहार गर्नलाग्यो ।।२१।।
रामस्तमाह पुरुषादपुरीष यन्नः ।
कान्तासमक्षमसतापहृता श्ववत् ते ॥
त्यक्तत्रपस्य फलमद्य जुगुप्सितस्य ।
यच्छामि काल इव कर्तुरलंघ्यवीर्यः ॥ २२ ॥
भगवान् श्रीरामले रावणलाई भन्नुभयो– हे नीच राक्षस ! तैले म नभएको समय पारेर कुकुरले जस्तै गरी मेरो प्राणप्रिया पत्नीलाई हरण गरेर ल्याइस । तैंले दुष्टताको हद गरिस । तं जस्तो निर्लज्ज र निन्दनीय काम कस्ले गर्ला । जसरी काललाई कसैले टार्न सक्तैन– कर्तापनका अभिमानीलाई त्यो फल नदिइकन रहन सक्तैन । अब म आज तंलाई तेरो कर्मको फल चखाउनेछु ।।२२।।
एवं क्षिपन्धनुषि संधितमुत्ससर्ज ।
बाणं स वज्रमिव तद्हृदयं बिभेद ॥
सोऽसृग् वमन् दशमुखैर्न्यपतद् विमाना- ।
द्धाहेति जल्पति जने सुकृतीव रिक्तः ॥ २३ ॥
यस प्रकार भगवान् श्रीरामले रावणलाई लल्कारदै आफ्नो धनुषमा वाण चलाएर उसलाई छोड्नुभयो । त्यस वाणले वज्र समान भएर उसको हृदयलाई विदिर्ण गर्यो । उ दसैवटा मुखबाट रगत बगाउँदै पुण्यात्माहरु जसरी आफ्नो भोग सिध्दिएपछि पृथ्वीमा गिर्छन् त्यसरी नै आफ्नो विमान बाट तल खस्यो र हाय हाय भनेर कराउन थाल्यो ।।२३।।
(अनुष्टुप्)
ततो निष्क्रम्य लंकाया यातुधान्यः सहस्रशः ।
मन्दोदर्या समं तस्मिन् प्ररुदन्त्य उपाद्रवन् ॥ २४ ॥
त्यसपछि मन्दोदरी लागयत हजारौं राक्षसीहरु रुदैं लंकाबाट रणभूमिमा आए ।।२४।।
स्वान् स्वान् बन्धून् परिष्वज्य लक्ष्मणेषुभिरर्दितान् ।
रुरुदुः सुस्वरं दीना घ्नन्त्य आत्मानमात्मना ॥ २५ ॥
उनीहरुले आफ्ना आफन्तहरु लक्ष्मणको वाणले छिन्नभिन्न भएर भूईमा लडिरहेको देखेर हातले छाति पिटि पिटि आफ्ना आफन्तसंग छाति मिलाएर विलाप गर्नलागे ।।२५।।
हा हताः स्म वयं नाथ लोकरावण रावण ।
कं यायाच्छरणं लंका त्वद्विहीना परार्दिता ॥ २६ ॥
हे स्वामी आज हामी सबै विना कसुर मारिएका छौं । पहिला तपाईको डरले सबै लोकमा त्राहि त्राहि मच्चिन्थ्यो तर आज तपाई नरहनाले हाम्रा सत्रुले लंकालाई यो दशा परिदिएका छन् । अब यो लंंका कसको अधिनमा होला ।।२६।।
न वै वेद महाभाग भवान् कामवशं गतः ।
तेजोऽनुभावं सीताया येन नीतो दशामिमाम् ॥ २७ ॥
तपाई सबै प्रकारले सम्पन्न हुनुहुन्थ्यो कुनै कुराको कमि थिएन तर तपाई कामको वशमा परेर सीताको तेज र उनको प्रभाव बारेमा सोच्न नसक्ता आज हाम्रो यो गति हुनपुग्यो ।।२७।।
कृतैषा विधवा लंका वयं च कुलनन्दन ।
देहः कृतोऽन्नं गृध्राणामात्मा नरकहेतवे ॥ २८ ॥
पहिला तपाईको कामले हामी सबै राक्षसवंशलाई आनन्द मिलेको थियो । आज हामीसबै र यो लंका नगर विधवा भएको छ । तपाईको त्यो शरीरले सबैका लागि केहि गर्दथ्यो तर आज त्यही शरीर गिध्दको आहारा बन्यो र तपाईको आत्मा नरकको अधिकारी बन्यो यो सबै तपाईको कामुकताको फल हो ।।२८।।
श्रीशुक उवाच ।
स्वानां विभीषणश्चक्रे कोसलेन्द्रानुमोदितः ।
पितृमेधविधानेन यदुक्तं सांपरायिकम् ॥ २९ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! कोसलाधीश भगवान् श्रीरामचन्द्रको आज्ञाले विभिषणले आफ्ना स्वजनहरुको पितृयज्ञ विधिले शास्त्र अनुसार अन्त्येष्टिकर्म गरे ।।२९।।
ततो ददर्श भगवान् अशोकवनिकाश्रमे ।
क्षामां स्वविरहव्याधिं शिंशपामूलमास्थिताम् ॥ ३० ॥
यस पछि भगवान् श्रीरामले अशोक वाटिकाको आश्रममा वृक्षको फेदमा वस्नुभएकी श्रीसीताजीलाई देख्नुभयो । त्यतिबेला सीताजी भगवान्को विरहको पीडाले पीडित र अत्यन्त दुब्ली हुनुभएको थियो ।।३०।।
रामः प्रियतमां भार्यां दीनां वीक्ष्यान्वकंपत ।
आत्मसंदर्शनाह्लादविकसन्मुखपंकजाम् ॥ ३१ ॥
आफ्नी प्राणप्रिया सीताजीलाई अत्यन्त दीन अवस्थामा देखेर श्रीरामको हृदय प्रेमर कृपाले भरिएर आयो । यता भगवान्को दर्शन पाएर सीताजीको हृदय प्रेम र आनन्दले परिपूर्ण भयो । उनको मुखकमल हंसिलो भयो ।।३१।।
आरोप्यारुरुहे यानं भ्रातृभ्यां हनुमद्युतः ।
विभीषणाय भगवान् दत्त्वा रक्षोगणेशताम् ॥ ३२ ॥
लंकामायुश्च कल्पान्तं ययौ चीर्णव्रतः पुरीम् ।
अवकीर्यमाणः कुसुमैर्लोकपालार्पितैः पथि ॥ ३३ ॥
भगवानले विभिषणलाई राक्षसहरुको स्वामित्व लंकापुरीको राज्य र एक कल्पको आयु दिनुभयो । त्यसपछि पहिले सीताजीलाई विमानमा बसाएर आफ्ना भाई लक्षमण तथा सुग्रीव तथा हनूमान्जीका साथ आफु पनि विमानमा सवार हुनुभयो । यस प्रकार चौध वर्षको वनबास पुरा भएपछि वहाँ आफ्नो नगर अयोध्याको यात्रा गर्नुभयो । त्यससमयमा ब्रह्मादि लोकपालहरुले बडो प्रेमले वहाँ माथि पुष्पवृष्टि गरे ।।३२–३३।।
उपगीयमानचरितः शतधृत्यादिभिर्मुदा ।
गोमूत्रयावकं श्रुत्वा भ्रातरं वल्कलाम्बरम् ॥ ३४ ॥
महाकारुणिकोऽतप्यज्जटिलं स्थण्डिलेशयम् ।
भरतः प्राप्तमाकर्ण्य पौरामात्यपुरोहितैः ॥ ३५ ॥
पादुके शिरसि न्यस्य रामं प्रत्युद्यतोऽग्रजम् ।
नन्दिग्रामात् स्वशिबिराद् गीतवादित्रनिःस्वनैः ॥ ३६ ॥
ब्रह्मघोषेण च मुहुः पठद्भिर्ब्रह्मवादिभिः ।
स्वर्णकक्षपताकाभिः हैमैश्चित्रध्वजै रथैः ॥ ३७ ॥
सदश्वै रुक्मसन्नाहैर्भटैः पुरटवर्मभिः ।
श्रेणीभिर्वारमुख्याभिर्भृत्यैश्चैव पदानुगैः ॥ ३८ ॥
पारमेष्ठ्यान्युपादाय पण्यान्युच्चावचानि च ।
पादयोर्न्यपतत् प्रेम्णा प्रक्लिन्नहृदयेक्षणः ॥ ३९ ॥
यता ब्रह्मा आदि बडो आन्दले भगवान्को लीलाहरुको ज्ञान गरिरहेका थिए उता भरतजी गोमूत्रमा पकाइएको जौको अन्न खाएर वल्कल पहिरेर खाली भूईमा सुतेकाछन । कपालको जटा पारेका छन् भन्ने थाहा पएर वहाँ धेरै दुःखी हुनभयो । उनको यो अवस्थाको बारेमा थाहा पाएर परम करुणाशील भगवान् को हृदय पल्गलेर आयो । यता भरत पनि आफ्ना दाजु श्रीराम आउँदै हुनुहुन्छ भन्ने थाहापएर आफ् पुरवासी, मन्त्री र पुरोहितका सार्थ भएर भगवान्को पादुका सिरमा राखेर वहाँको स्वागतका लागि दरवारबाट निस्के । तव अयोध्यावासीहरु पनि मंगलगान गर्दै उनैको पछि लागे । वेदवादी ब्राम्हणहरु वेदको मन्त्र उच्चारण गर्नलागे जसको आवाज चारैतिर फैलियो सुनौला अक्षरले लोखिएका झण्डा फराउन लागे । सुनले बनेको तथा विभिन्न रंग विरंगी ध्वजाले सजिएको रथ, त्यस्तै सजिएका सुन्दर घोडाहरु तथा सुनका कवच पहिरिएका सैनिकहरु उनका साथमा हिड्ना लागे । नगरका सेठ साुह र श्रेष्ठ वारांगानहरु त्यहाँ चाहिने सबै वस्तुहरु लिएर पैदल हिड्नलागे भगवान्लाई देखेर भरतजीको मन प्रेमको उद्वेगले गदगद भयो । आँखाबाट आँसू झर्नलाग्यो, उनी भगवान्को चरणमा परे ।३४–३९।।
पादुके न्यस्य पुरतः प्राञ्जलिर्बाष्पलोचनः ।
तमाश्लिष्य चिरं दोर्भ्यां स्नापयन् नेत्रजैर्जलैः ॥ ४० ॥
उनी भगवान्को अगाडि वहाँको पादुका राखेर हात जोडेर उभिए । उनको आँखाबाट आँसूको धारा बगिरहेको थियो । भगवान्ले आफ्नो दुवै हातले उनीलाई समातेर आफ्नो हृदयमा लगाउनु भयो । भगवान्को नेत्रजलले भरतको स्नान भयो ।।४०।।
रामो लक्ष्मणसीताभ्यां विप्रेभ्यो येऽर्हसत्तमाः ।
तेभ्यः स्वयं नमश्चक्रे प्रजाभिश्च नमस्कृतः ॥ ४१ ॥
त्यसपछि सीताजी र लक्ष्मणजीको साथमा भगवान् श्रीरामजीले ब्राह्मण र पूजनीय गुरुहरुलाई नमस्कार गर्नुभयो । सबै प्रजाहरुले बडो प्रेमले सिर झुकाएर भगवान्को चरणमा प्रणाम गरे ।।४१।।
धुन्वन्त उत्तरासङ्गान् पतिं वीक्ष्य चिरागतम् ।
उत्तराः कोसला माल्यैः किरन्तो ननृतुर्मुदा ॥ ४२ ॥
त्यस समयमा उत्तर कोसलदेशमा रहने सबै प्रजाहरुले आफ्ना स्वामी भगवान् धेरै दिन पछि आएको देखेर पुष्प वृष्टि गरेर आनन्दले नाच्न लागे ।।४२।।
पादुके भरतोऽगृह्णाच्चामरव्यजनोत्तमे ।
विभीषणः ससुग्रीवः श्वेतच्छत्रं मरुत्सुतः ॥ ४३ ॥
भरतजीले भगवान्को पादुका लिए, विभिषणले श्रेष्ठ चवर, सुग्रविले पंखा र हनुमानजीले सोतो छाता बोके ।।४३।।
धनुर्निषङ्गाञ्छत्रुघ्नः सीता तीर्थकमण्डलुम् ।
अबिभ्रदङ्गदः खड्गं हैमं चर्मर्क्षराण् नृप ॥ ४४ ॥
परीक्षित ! सत्रुघ्नले धनुष र तरकस, सीताजीले तीर्थले भरिएको कमण्डलु, अंगदले सुनको खड्ग र जाम्ववानले ढाल लिए ।।४४।।
पुष्पकस्थोऽन्वितः स्त्रीभिः स्तूयमानश्च बन्दिभिः ।
विरेजे भगवान् राजन् ग्रहैश्चन्द्र इवोदितः ॥ ४५ ॥
सबै जना सहित भएर भगवान् पुष्पक विमानमा विराजमान हुनुभयो । सबैतिर आ आफ्नो ठाँउमा स्त्रीहरु बसेका थिए । बन्दीजनहरु स्तुति गर्नलागे । त्यससमयमा पुष्पक विमानमा भगावन्को यस्तो शोभा देखिएको थियो कि ग्रहहरुका साथमा चन्द्रमाको उदय भएजस्तै देखिन्थ्यो ।।४५।।
भ्रात्राभिर्नन्दितः सोऽपि सोत्सवां प्राविशत् पुरीम् ।
प्रविश्य राजभवनं गुरुपत्नीःो स्वमातरम् ॥ ४६ ॥
गुरून् वयस्यावरजान् पूजितः प्रत्यपूजयत् ।
वैदेही लक्ष्मणश्चैव यथावत् समुपेयतुः ॥ ४७ ॥
यसरी भगवान्ले आफ्नो भाइको अभिनन्दन स्वीकार गरेर उनैका साथमा अयोध्यापुरीमा प्रवेश गर्नुभयो । त्यससमयमा त्यहाँ विभिन्न अनन्दको उत्सव भइरहेको थियो । राजमहलमा प्रवेश गरेर वहाँले आफ्नी माता कौसल्या सहित सबै आमाहरु, गुरुहरु, र अन्य प्रजाहरुलाई यथायोग्य सम्मान गर्नुभयो र उनहिरुले दिएको सम्मान स्वीकार गर्नुभयो । श्रीसीताजी र लक्षजीले भगवानको साथै सबैमा यथायोग्य ब्यवहार गर्नुभयो ।।४६–४७।।
पुत्रान् स्वमातरस्तास्तु प्राणांस्तन्व इवोत्थिताः ।
आरोप्याङ्केऽभिषिञ्चन्त्यो बाष्पौघैर्विजहुः शुचः ॥ ४८ ॥
त्यस समयमा आफ्नो पुत्रलाई पाएर मरेको व्यक्तिमा प्राण भरिएझैं माता कौसल्या हर्षित भइन् । उनले पुत्रलाई आफ्नो छातिमा लगाइन् आँसूले अभिषेक गरिन् । त्यससमयमा सबैको शोक हराएको थियो ।।४८।।
जटा निर्मुच्य विधिवत् कुलवृद्धैः समं गुरुः ।
अभ्यषिञ्चद् यथैवेन्द्रं चतुःसिन्धुजलादिभिः ॥ ४९ ॥
त्यस पछि वसिष्ठजीले अरु गुरुहरुलाई साथमा लिएर विधिपूर्वक जटा उतारिदि र बृहस्पतिले इन्द्रलाई गरे जस्तै गरी अभिषेक गरे ।।४९।।
एवं कृतशिरःस्नानः सुवासाः स्रग्व्यलंकृतः ।
स्वलंकृतैः सुवासोभिर्भ्रातृभिर्भार्यया बभौ ॥ ५० ॥
यसरी सिरमा स्नान गराएर भगवान् श्रीरामलाई सुन्दर पुष्पमाला र अलंकारहरु पहिर्याइदिए । सबै भाइहरु र सीताजीले पनि सुन्दर वस्त्र पुष्पमाला र अलंकार धारण गरे । यसरी उनीहरुको साथमा भगवान् श्रीराम अत्यन्त सुन्दर देखिनुभयो ।।५०।।
अग्रहीदासनं भ्रात्रा प्रणिपत्य प्रसादितः ।
प्रजाः स्वधर्मनिरता वर्णाश्रमगुणान्विताः ।
जुगोप पितृवद् रामो मेनिरे पितरं च तम् ॥ ५१ ॥
भरतजी वहाँको चरणमा झुकेर निकै प्रसन्न भए र उनैको आग्रहमा भगवान् श्रीरामले राजसिंहासन स्वीकार गर्नुभयो । त्यसपछि आफ्नो धर्म तथा वर्णाश्रमको आचार निभाउने प्रजालाई पिता समान भएर पालन गर्न लाग्नुभयो । उहाँका प्रजा पनि वहाँलाई आफ्ना पिता मान्दथे ।।५१।।
त्रेतायां वर्तमानायां कालः कृतसमोऽभवत् ।
रामे राजनि धर्मज्ञे सर्वभूतसुखावहे ॥ ५२ ॥
परीक्षित ! सबै प्राणीहरुलाई सुख दिने परम धर्मज्ञ भगवान् श्रीराम भएका थिए त्यो बेला त्रेतायुग भएपनि सत्ययुग जस्तौ भान हुन्थ्यो ।।५२।।
वनानि नद्यो गिरयो वर्षाणि द्वीपसिन्धवः ।
सर्वे कामदुघा आसन् प्रजानां भरतर्षभ ॥ ५३ ॥
परीक्षित ! त्यससमय वन, नदी, पर्वत, वर्ष, द्विीप, । समुद्र सबै प्रजाका लागि कामधेनु समान सबै कामनाको पूर्ण गराउदथे ।।५३।।
नाधिव्याधिजराग्लानिदुःखशोकभयक्लमाः ।
मृत्युश्चानिच्छतां नासीद् रामे राजन्यधोक्षजे ॥ ५४ ॥
भगवान् श्रीरामले राज्य गर्दाको समयमा कसैलाई पनि मानसिक चिन्ता र शारीरिक रोग भन्ने कुरा थिएना । बुढ्याइपन, दुर्बलता, दुःख, शोक, भय र थकावट नाम मात्रका लागि थियो । यहाँसम्म कि जसले मर्न चाँहादैन थे उनीहरुको मृत्यु पन हुदैनथ्यो ।।५४।।
एकपत्नी्व्रतधरो राजर्षिचरितः शुचिः ।
स्वधर्मं गृहमेधीयं शिक्षयन् स्वयमाचरत् ॥ ५५ ॥
भगवान् श्रीरामले एकपत्नी व्रत धारण गर्नुभएको थियो । वहाँको चरित्र अत्यन्त पवित्र राजर्सिको जस्तै थियो । वहाँ गृहस्थधर्मको शिक्षा दिनको लागि आफैनै धर्मको आचरण गर्नुहुन्थ्यो ।।५५।।
प्रेम्णानुवृत्त्या शीलेन प्रश्रयावनता सती ।
भिया ह्रिया च भावज्ञा भर्तुः सीताहरन्मनः ॥ ५६ ॥
सती शिरोमणि सिताजी आफ्ना पतिको हृदयको भाव जान्नुहुन्थ्यो । वहाँ प्रेमले, सेवाले, शीलले अत्यन्त विनयले तथा आफ्नो बुध्दि र लज्जा आदि गुणले भगवान् श्रीरामको मन आफुमा तान्नु हुन्थ्यो ।।५६।।
इति श्रीमद्भािगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे दशमोऽध्यायः ॥ १० ॥