श्रीमद्भागवत महापुराण
श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - अष्टमोऽध्यायः
श्रीशुक उवाच -
(अनुष्टुप्)
पीते गरे वृषाङ्केण प्रीतास्तेऽमरदानवाः ।
ममन्थुस्तरसा सिन्धुं हविर्धानी ततोऽभवत् ॥ १ ॥
यस प्रकार जब भगवान् शंकरले विष पान गर्नु भएपछि देवता र असुरहरु धेरै खुसी भएर उनीहरु फेरी नयाँ उत्साहका साथ समुद्र मन्थन गर्न लागे । तब समुद्रबाट कामधेनु प्रकट भईन ।।१।।
तामग्निहोत्रीं ऋषयो जगृहुर्ब्रह्मवादिनः ।
यज्ञस्य देवयानस्य मेध्याय हविषे नृप ॥ २ ॥
यो अग्निहोत्रको सामाग्री उत्पन्न गर्नेवाली भऐकीले यिनलाई ब्रह्मलोकसम्म पुर्याउने यज्ञका लागि उपयोगि पवित्र घीउ आदि प्राप्त गर्नका लागि ब्रह्मवादि ऋषिहरुले लिए ।।२।।
तत उच्चैःश्रवा नाम हयोऽभूत् चन्द्रपाण्डुरः ।
तस्मिन् बलिः स्पृहां चक्रे नेन्द्र ईश्वरशिक्षया ॥ ३ ॥
तत ऐरावतो नाम वारणेन्द्रो विनिर्गतः ।
दन्तैश्चतुर्भिः श्वेताद्रेः हरन् भगवतो महिम् ॥ ४ ॥
त्यसपछि उच्चैःश्रवा नामको घोडा निस्कियो । त्यो चन्द्रमा समान श्वेतवर्णको थियो । बलिले उसलाई लिने इच्छा गर्यो तर इन्द्रले मानेनन् किनकि भगवान्ले उनलाई पहिले नै सिकाउनु भएको थियो । त्यसपछि ऐरावत नामको श्रेष्ठ हात्ति निस्कियो उसको ठुलाठुला चारवटा दाँत थियो जुन उज्ज्वलवर्ण कैलासको शोभालाई पनि माथ गर्ने खालको थियो ।।४।।
कौस्तुभाख्यमभूद् रत्नंद पद्मरागो महोदधेः ।
तस्मिन्मणौ स्पृहां चक्रे वक्षोऽलङ्करणे हरिः ॥ ५ ॥
त्यसपछि कौस्तुभ नाम गरेका पद्यमराज मणि समुद्रबाट निस्कियो त्यस मणिलाई आफ्नो हृदयमा धारण गर्नका लागि अजित भगवान्ले लिने इच्छा गर्नुभयो ।।५।।
ततोऽभवत् पारिजातः सुरलोकविभूषणम् ।
पूरयत्यर्थिनो योऽर्थैः शश्वद्भु्वि यथा भवान् ॥ ६ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! त्यसपछि स्वर्गलोकको शोभा बढाउने कल्पवृक्ष निस्कियो । त्यस वृक्षले पृथ्वीमा तिमीहरुले सबै प्रजाको इच्छा पूर्ण गरे अनुसार स्वर्गमा याचकले मागे अनुसारको मागेको वस्तु दिएर याचकको इच्छा पुरा गरिदिन्छ ।।६।।
ततश्चाप्सरसो जाता निष्ककण्ठ्यः सुवाससः ।
रमण्यः स्वर्गिणां वल्गु गतिलीलावलोकनैः ॥ ७ ॥
त्यसपछि अप्सराहरु प्रकट भए । उनीहरुले सुन्दर वस्त्र लगाएका र गलामा हार पहिरिएका थिए । उनीहरु आफ्नो मनोहर चाल र हावभावको हेराइले देवताहरुलाई सुख दिने खालका थिए ।।७।।
ततश्चाविरभूत्साक्षात् श्री रमा भगवत्परा ।
रञ्जयन्ती दिशः कान्त्या विद्युत् सौदामनी यथा ॥ ८ ॥
त्यसपछि शोभाकी मूर्तिै स्वयं भगवती लक्ष्मीदेवी प्रकट हुनुभयो । वहाँ भगवान्को नित्य शक्ति हुन । वहाँको बिजुली समान चम्कीलो छटाले दिशाहरु जगमगायो।।८।।
तस्यां चक्रुः स्पृहां सर्वे ससुरासुरमानवाः ।
रूपौदार्यवयोवर्ण महिमाक्षिप्तचेतसः ॥ ९ ॥
वहाँको सौन्दर्य, सौन्दर्य, यौवन रुप रंग र महिमाले सबैको चित्त खिचेको थियो । देवता, मानिस, असुर सबैले यी हामीलाई नै मिलोस भन्ने चाहना गरे ।।९।।
तस्या आसनमानिन्ये महेन्द्रो महदद्भुरतम् ।
मूर्तिमत्यः सरित् श्रेष्ठा हेमकुम्भैर्जलं शुचि ॥ १० ॥
स्वयं इन्द्र आफ्नो हात उनलाई बसाउनका लागि विचित्रको आसन लिएर आए । श्रेष्ठ नदीहरुले मूर्तिमान भएर उनलाई अभिषेक गर्नका लागि सुनको घडामा पवित्र जल लिएर आए ।।१०।।
आभिषेचनिका भूमिः आहरत् सकलौषधीः ।
गावः पञ्च पवित्राणि वसन्तो मधुमाधवौ ॥ ११ ॥
पृथ्वीले अभिषेकका लागि सबै औषधिहरु दिइन् । गाईहरुले पञ्चगव्य र वसन्तऋतुले चैत वैशाखमा फुल्ने सबै फूल फल लिएर उपस्थित भए ।।११।।
ऋषयः कल्पयां चक्रुः अभिषेकं यथाविधि ।
जगुर्भद्राणि गन्धर्वा नट्यश्च ननृतुर्जगुः ॥ १२ ॥
यि सामाग्रहरुले ऋषिहरुले विधिवत उनलाई अभिषेक गरिदिए । गन्धर्वहरुले मंगलमय संगीतको तान छोडे नर्तकीहरु नाच्न र गाउँन लागे ।।१२।।
मेघा मृदंगपणव मुरजानकगोमुखान् ।
व्यनादयत् शंखवेणु वीणास्तुमुलनिःस्वनान् ॥ १३ ॥
बादलहरु शरीर रुपमा प्रकट भएर मृदंग, डमरु, ढोल, नगरा, नरसिंग, शंख, वेणु र विणा आदि बजाउँन लागे ।।१३।।
ततोऽभिषिषिचुर्देवीं श्रियं पद्मकरां सतीम् ।
दिगिभाः पूर्णकलशैः सूक्तवाक्यैर्द्विजेरितैः ॥ १४ ॥
तब भगवती लक्ष्मीदेवी हातमा कमल लिएर सिंहासनमा विराजमान हुनुभयो । दिग्गजहरुले जलले भरिएको कलशले उनलाई स्नान गराए । त्यस समय ब्रह्मण गण वेदमन्त्र पाठ गरिरहेका थिए ।।१४।।
समुद्रः पीतकौशेय वाससी समुपाहरत् ।
वरुणः स्रजं वैजयन्तीं मधुना मत्तषट्पदाम् ॥ १५ ॥
समुद्रले रेशमी वस्त्र उनलाई लगाउनका लागि दिए । वरुणले वैजयन्तीमाला अर्पण गरे जसको मधुमय सुगन्धले भ्रमराहरु झुमिएका थिए ।।१५।।
भूषणानि विचित्राणि विश्वकर्मा प्रजापतिः ।
हारं सरस्वती पद्मं अजो नागाश्च कुण्डले ॥ १६ ॥
प्रजापति विश्वकर्माले अनेक किसिमका गहनाहरु, सरस्वतीले मोतिको हार, ब्रह्माजीले कमल र नागहरुले दुई कुण्डल समर्पित गरे ।।१६।।
ततः कृतस्वस्त्ययनोत्पलस्रजं
नदद् द्विरेफां परिगृह्य पाणिना ।
चचाल वक्त्रं सुकपोलकुण्डलं
सव्रीडहासं दधती सुशोभनम् ॥ १७ ॥
त्यसपछि ब्राह्मणको स्वस्त्ययन पाठ गरिसकेपछि लक्ष्मीजी आफ्नो हातमा कमलको माला लिएर त्यसलाई सर्वगुणसम्पन्न पुरुषको गलामा लगाउनको लागि भनेर योग्य वर खोज्न हिड्नुभयो । मालाको आसपासमा उसका सुगन्धले मत्तभएका भ्रमराहरु गुंजार गरिरहेका थिए । त्यस समय लक्ष्मीको मुखको शोभा अवर्णनीय थियो । सुन्दर गालामा कुण्डल टल्किरहेको थियो । लक्ष्मीजी अलि अलि लजाएको जस्तो गरी मन्द मन्द मुस्कुराई रहनु भएको थियो ।।१७।।
स्तनद्वयं चातिकृशोदरी समं
निरन्तरं चन्दनकुंमोक्षितम् ।
ततस्ततो नूपुरवल्गु शिञ्जितैः
विसर्पती हेमलतेव सा बभौ ॥ १८ ॥
वहाँको कमर धेरै पातलो थियो । चन्दन र केशरको लेप लगाइएका दुई स्तन एक आपसमा जोडिएका थिए । जब उनी यता उता डिंड्दथिन तव उनको पाउजेव मधुर झंकार छम छम आवाज निक्लन्थ्यो । त्यसबेला उनको यो अवस्था देख्दा सुनको लहरा यता उता हल्लिएको जस्तो भान हुन्थ्या ।।१८।।
विलोकयन्ती निरवद्यमात्मनः
पदं ध्रुवं चाव्यभिचारिसद्गु।णम् ।
गन्धर्वसिद्धासुरयक्षचारण
त्रैविष्टपेयादिषु नान्वविन्दत ॥ १९ ॥
उनी सबै उत्तम गुणले नित्ययुक्त अविनाशी उत्तम पुरुष मिल्यो भने उसलाई आफ्नो आश्रय बनाउदछु , वरण गर्दछु भन्ने चाहान्थिन् । उनले सबैतिर आफ्नो नजर डुलाइन् तर गन्धर्व, यक्ष, असुर, सिद्ध, चारण, देवता आदिमा कोहि पनि त्यस्तो पुरुष मिलेन ।।१९।।
नूनं तपो यस्य न मन्युनिर्जयो
ज्ञानं क्वचित् तच्च न संगवर्जितम् ।
कश्चिन्महान् तस्य न कामनिर्जयः
स ईश्वरः किं परतो व्यपाश्रयः ॥ २० ॥
उनी मन मनै सोच्न लागिन कि कोहि तपस्वी ता छन तर उनले क्रोध माथि विजय प्राप्त गर्न सकेका छैनन । कोहिमा ज्ञान छ तर उनीहरु अनाशक्त छैनन । कोहि बडा महत्वशाली ता छन तर उनीहरुले कामलाई जिन्त सकेका छैनन् । कसैको ऐश्वर्य पनि धेरै छ तर त्यो ऐश्वर्य के का लागि, जब उसले नै अरुको आश्रय लिनु पर्दछ ।।२०।।
धर्मः क्वचित् तत्र न भूतसौहृदं
त्यागः क्वचित् तत्र न मुक्तिकारणम् ।
वीर्यं न पुंसोऽस्त्यजवेगनिष्कृतं
न हि द्वितीयो गुणसंगवर्जितः ॥ २१ ॥
कोहिमा धर्माचरण ता छ तर प्राणीहरु प्रति उनीहरु प्रेमको पूर्ण वर्ताव गर्दैनन । त्याग ता छ तर त्याग नै मुक्तिको कारण होइन । कसैमा वीरता अवस्यै छ तर उनीहरु पनि कालको फन्दाबाट बाहिर छैनन । अवस्य पनि कुनै महात्मामा विषया शक्ति छैन तर उनीहरु निरन्तर अद्वैत समाधिमा नै तल्लिन रहन्छन ।।२१।।
क्वचित् चिरायुर्न हि शीलमंगलं
क्वचित् तदप्यस्ति न वेद्यमायुषः ।
यत्रोभयं कुत्र च सोऽप्यमंगलः
सुमंगलः कश्च न कांक्षते हि माम् ॥ २२ ॥
कुनै ऋषिहरुले धेरै ठुले आयु पाएका छन तर उनीहरुको शील मंगल पनि मेरा लागि योग्य छैन । कसैमा शील मंगल छ तर आयुको कुनै ठेगान छैन । कसैमा यी दुवै कुरा पनि छन तर उनीहरु अमंगल भेषमा रहन्छन् । जुन एक भगवान् विष्णु हुनुहुन्छ वहाँमा सबै मंगलमय गुण नित्य निवास गर्दछ तर वहाँले मलाई चाहानु नै हुन्न ।।२२।।
एवं विमृश्याव्यभिचारिसद्गु णैः
वरं निजैकाश्रयतया गुणाश्रयम् ।
वव्रे वरं सर्वगुणैरपेक्षितं
रमा मुकुन्दं निरपेक्षमीप्सितम् ॥ २३ ॥
यसरी सोच विचार गरेर अन्तमा श्री लक्ष्मीजीले अफ्नो भगवान् श्रीविष्णुलाई वरमाला लगाइदिएर वरको रुपमा चुनिन । किनकि समस्त गुण नित्य निवास गर्दछ । प्राकृतिक गुणले वहालाई स्पर्श गर्न सक्तैन र अणिमा आदि समस्त गुण उनलाई चाहा गर्दछन, तर वहाँ कसैको पनि अपेक्षा राख्नु हुन्न । वास्तवमा लक्ष्मीको एकमात्र आश्रय भगवान् नै हो । त्यसैले उनले वहाँलाई नै वरण गरिन् ।।२३।।
तस्यांसदेश उशतीं नवकञ्जमालां
माद्यन्मधुव्रतवरूथगिरोपघुष्टाम् ।
तस्थौ निधाय निकटे तदुरः स्वधाम
सव्रीडहासविकसन् नयनेन याता ॥ २४ ॥
लक्ष्मीजीले भगवान्को गलामा त्यो नविन कमलको सुन्दर माला पहिर्याइ दिइन । जसको चौतिर झुण्डका झुण्ड मतवाला भ्रमरा भु भु गरिरहेका थिए । त्यसपछि लज्जापुर्ण मुस्कान र प्रेमपूर्ण चितवनले आफ्नो निवासस्थान उनको वक्षःस्थललाई देखेर उनी उहाँको नजिक खडा भइन ।।२४।।
तस्याः श्रियस्त्रिजगतो जनको जनन्या
वक्षो निवासमकरोत् परमं विभूतेः ।
श्रीः स्वाः प्रजाः सकरुणेन निरीक्षणेन
यत्र स्थितैधयत साधिपतीन् त्रिलोकान् ॥ २५ ॥
जगत्पिता भगवान्ले जगज्जननी समस्त सम्पत्तिहरुकी अधिष्ठातृ देवता श्रीलक्ष्मीजीलाई आफ्नो वक्षःस्थलमा सर्वदा निवास गर्नका लागि स्थान दिनुभयो । लक्ष्मी त्यहाँ विराजमान भएर आफ्नो करुणामय दृष्टिले तीनै लोक, लोकपाल र आफ्ना प्यारा प्रजाको वृद्धि गर्नुभयो ।।२५।।
(अनुष्टुप्)
शंखतूर्यमृदंगानां वादित्राणां पृथुः स्वनः ।
देवानुगानां सस्त्रीणां नृत्यतां गायतामभूत् ॥ २६ ॥
त्यस समय शंख, तुर्य मृदंग आदि बाजहरु बज्न लागे । गन्धर्व अप्सराहरु नाच्न गाउन लागे । त्यहा ठुलो शव्द हुन लाग्यो ।।२६।।
ब्रह्मरुद्राङ्गिरोमुख्याः सर्वे विश्वसृजो विभुम् ।
ईडिरेऽवितथैर्मन्त्रैः तल्लिङ्गैः पुष्पवर्षिणः ॥ २७ ॥
श्रियावलोकिता देवाः सप्रजापतयः प्रजाः ।
शीलादिगुणसंपन्ना लेभिरे निर्वृतिं पराम् ॥ २८ ॥
ब्रह्मा, रुद्र, अंगिरा आदि सबै प्रजापतिहरु पुष्प वर्षा गर्दै भगवान्को गुणगानका मन्त्रले स्तुति गर्नलागे ।।२७।।
देवता, प्रजापति र प्रजा सबै लक्ष्मीजीको कृपादृष्टिले शील आदि उत्तम गुणले सम्पन्न भएर सुख संग रहन लागे ।।२८।।
निःसत्त्वा लोलुपा राजन् निरुद्योगा गतत्रपाः ।
यदा चोपेक्षिता लक्ष्म्या बभूवुर्दैत्यदानवाः ॥ २९ ॥
हे महाराज परीक्षित ! यता जब लक्ष्मीजीले दैत्य र दानवलाई उपेक्षा गरिदिइन् तब उनीहरु निर्बल, उद्योगरहित, निर्लज्ज र लोभी भए ।।२९।।
अथासीत् वारुणी देवी कन्या कमललोचना ।
असुरा जगृहुस्तां वै हरेरनुमतेन ते ॥ ३० ॥
त्यस पछि समुद्र मन्थनगर्दा कमलनयनी कन्याको रुपमा वारुणी देवी प्रकट भइन् । भगवान्को अनुमतिले दैत्यले उसलाई लिए ।।३०।।
अथ उदधेर्मथ्यमानात् काश्यपैः अमृतार्थिभिः ।
उदतिष्ठन् महाराज पुरुषः परमाद्भुततः ॥ ३१ ॥
दीर्घपीवरदोर्दण्डः कम्बुग्रीवोऽरुणेक्षणः ।
श्यामलस्तरुणः स्रग्वी सर्वाभरणभूषितः ॥ ३२ ॥
पीतवासा महोरस्कः सुमृष्टमणिकुण्डलः ।
स्निग्धकुञ्चितकेशान्त सुभगः सिंहविक्रमः ॥ ३३ ॥
फेरी देवता र दानवहरुले अमृतको इच्छाले समुद्रमन्थन गरे, त्यहाँबाट एक अत्यन्त अलौकीक पुरुष प्रकट भयो । उसका हात लामो र मोटो थियो । उसको गला शंख जस्तो आकार थियो र आँखा राताराता थियो । शरीरको रंग धेरै सुन्दर सावलो वर्ण थियो । गलामा माला शरीरमा गहनाहरु सुसज्जित थियो । शरीरमा पीताम्बर, कानमा चम्किलो कुण्डल, चौडा छाती, तरुण अवस्था, सिंह समान पराक्रम, घुम्रिएको कपाल हल्लिएको ती पुरुष हेर्दा खेरिनै निकै पराक्रमि जस्ता देखिन्थे ।।३२।३३।
अमृतापूर्णकलशं बिभ्रद् वलयभूषितः ।
स वै भगवतः साक्षात् विष्णोरंशांशसम्भवः ॥ ३४ ॥
उहाँको हातमा कंगन धारणा गरेको र अमृतले भरिएको कलश थियो । वहाँ साक्षात विष्णुभगवान्को अंसावतार हुनुहुन्थ्यो ।।३४।।
धन्वन्तरिरिति ख्यात आयुर्वेददृगिज्यभाक् ।
तं आलोक्यासुराः सर्वे कलसं चामृताभृतम् ॥ ३५ ॥
लिप्सन्तः सर्ववस्तूनि कलसं तरसाहरन् ।
नीयमानेऽसुरैस्तस्मिन् कलसेऽमृतभाजने ॥ ३६ ॥
विषण्णमनसो देवा हरिं शरणमाययुः ।
इति तद् दैन्यमालोक्य भगवान् भृत्यकामकृत् ।
मा खिद्यत मिथोऽर्थं वः साधयिष्ये स्वमायया ॥ ३७ ॥
वहाँ नै आयुर्वेदका प्रवर्तक र यज्ञभोक्ता धन्वन्तरी नामले प्रसिद्ध हुनुभयो । जब दैत्यको दृष्टि वहाँमा र वहाँको हातको कलशमा पर्यो तव उनीहरुले चाँडै नै वहाँको हातबाट बलजफत त्यो अमृतको कलश खोसे । तब यो देखेर देवताहरुको मन निरास भयो । उनीहरु भगवान्को शरणमा आए । उनीहरुको यस्तो दशा देखेर भक्तवान्छतरु भगवान्ले भन्नुभयो, देवताहरु तिमीहरु यसबारेमा चिन्ता नगर । म आफ्नो मायाले उनीहरुमा फुट गराएर अहिले नै तिमीहरुको काम बनाइदिन्छु ।।३५।।३७।।
मिथः कलिरभूत्तेषां तदर्थे तर्षचेतसाम् ।
अहं पूर्वं अहं पूर्वं न त्वं न त्वं इति प्रभो ॥ ३८ ॥
परीक्षित ! अमृतका लोभी दैत्यहरु अमृतका लागि झगडा गर्न लागे । सबै भन्नलागे पहिले मलाई चाहियो मलाई चाहियो तलाई होइन ।।३८।।
देवाः स्वं भागमर्हन्ति ये तुल्यायासहेतवः ।
सत्रयाग इवैतस्मिन् एष धर्मः सनातनः ॥ ३९ ॥
इति स्वान् प्रत्यषेधन्वै दैतेया जातमत्सराः ।
दुर्बलाः प्रबलान् राजन् गृहीतकलशान् मुहुः ॥ ४० ॥
तिनमा जुन दुर्बल थिए, उनीहरु ती बलवान दैत्यको बिरोध गर्न लागे । जसले कलश खोसेर आफ्नो हातमा कलश लिएको थियो उ इर्ष्यावश धर्मको दुहाई दिएर उनहिरुलाई रोक्नको लागि पटक पटक भन्न लाग्यो । हे भाईहरु ! देवताहरुले पनि हामी बराबर नै परिश्रम गरेका छन । उनीहरुलाई पनि यज्ञभाग समान यसको भाग दिनु पर्दछ, यो सनातन धर्म हो ।।३९।।४०।।
एतस्मिन् अंतरे विष्णुः सर्वोपायविदीश्वरः ।
योषिद् रूपमनिर्देश्यं दधारपरमाद्भुीतम् ॥ ४१ ॥
प्रेक्षणीयोत्पलश्यामं सर्वावयवसुन्दरम् ।
समानकर्णाभरणं सुकपोलोन्नसाननम् ॥ ४२ ॥
यस प्रकार त्यहाँ त र म भनेर अमृतका लागि तछाड मछाड गरिरहेकाथिए भने यता सबै उपाय जान्ने चतुरशिरोमणि भगवान्ले अत्यन्त अद्भुत र अवर्णनीय स्त्रीको रुप धारण गर्नु भयो । शरीरको रंग नील कमलको समान श्याव वर्ण र हेर्न मै बडो आकर्षक थियो । अंगहरु राम्रा राम्रा थिए । दुवै कान बराबर र कर्ण फूलले सुशोभित थियो । सुन्दर कपोल अग्लो नासिका र रमणिय मुख थियो।।४२।।
नवयौवननिर्वृत्त स्तनभारकृशोदरम् ।
मुखामोदानुरक्तालि झंकारोद्विग्नलोचनम् ॥ ४३ ॥
नया जवानीका कारण स्तन माथि उठेको थियो र त्यसैको भारले कम्मर पातलो भएको थियो । मुखबाट निस्किएको सुगन्धको प्रेमले गुनगनाउदै भ्रमराहरु त्यसमा झुम्मिएका थिए । उनको आँखामा एक किसिमको भाव थियो ।।४३।।
बिभ्रत् स्वकेशभारेण मालां उत्फुल्लमल्लिकाम् ।
सुग्रीवकण्ठाभरणं सुभुजाङ्गदभूषितम् ॥ ४४ ॥
विरजाम्बरसंवीत नितम्बद्वीपशोभया ।
काञ्च्या प्रविलसद्वल्गु चलच्चरणनूपुरम् ॥ ४५ ॥
उनले आफ्नो लामो केशमा फक्रिएको वेलको फूलको माला घुसारेको थियो । उनको गलामा सुन्दर आभुषण र सुन्दर भुजाहरु वाजुवन्दले सुशोभित थियो । वहाँको चरणको नुपु्र मधुर ध्वनीले छम छम गर्दथ्यो र स्वच्छ साडीले ढाकिएको कम्मरमा शोभायमान करधनी लगाएकले अनौठो आवाज आउँथ्यो ।।४५।।
सव्रीडस्मितविक्षिप्त भ्रूविलासावलोकनैः ।
दैत्ययूथपचेतःसु कामं उद्दीपयन् मुहुः ॥ ४६ ॥
आफ्नो लज्जापूर्ण मुस्कान पूर्ण हेराईले गर्दा मोहनीरुपधारी भगवान् ले दैत्यसेनापतिको चित्तमा बारम्बार कामोद्दीपन गर्न लागे ।।४६।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे भगवन्मायोपलम्भनं नाम अष्टमोऽध्यायः ॥ ८ ॥