#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

नवमः स्कंधः - सप्तमोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
नवमः स्कंधः - सप्तमोऽध्यायः



श्रीशुक उवाच ।
मान्धातुः पुत्रप्रवरो योऽम्बरीषः प्रकीर्तितः ।
पितामहेन प्रवृतो यौवनाश्वश्च तत्सुतः । 
हारीतस्तस्य पुत्रोऽभून्मान्धातृप्रवरा इमे ॥ १ ॥

शुकदेवजी भन्नुहुन्छ –महाराज परीक्षित ! मैले मान्धाताका छोरा अम्वरीष सबैभन्दा उत्तम थिए भन्नेकुरा बताएं । उनका बाजे युवनाश्वले उनलाई पुत्रको रुपमा स्वीकार गरेका थिए । उनैका छोरा यौवनाश्व थिए । यौवनाश्वका हारित भए मान्धाताका वंशमा यि तीन आवन्तर गोत्रका भए ।।१।।

नर्मदा भ्रातृभिर्दत्ता पुरुकुत्साय योरगैः ।
तया रसातलं नीतो भुजगेन्द्रप्रयुक्तया ॥ २ ॥

नागहरुले आफ्नी बहिनी नर्वदाको विवाह पुरुकुत्ससंग गरिदिएका थिए  पछि नागराज वासुकिको आज्ञा लिएर नर्वदाले आफ्ना पतिलाई लिएर रसातलमा गइन् ।।२।।

गन्धर्वानवधीत् तत्र वध्यान् वै विष्णुशक्तिधृक् ।
नागाल्लब्धवरः सर्पादभयं स्मरतामिदम् ॥३॥

त्यहाँ उनी भगवान्को शक्तिले सम्पन्न भएर मुचुकुत्सले वध गर्न आवस्यक ठानेका दैत्यको वध गरे । यो देखेर नागराजा प्रसन्न भएर जसले यो प्रसंगको स्मरण गर्दछ उसलाई सर्पको भय हुनेछैन भन्ने वरदान दिए ।।३।।

त्रसद्दस्युः पौरुकुत्सो योऽनरण्यस्य देहकृत् ।
हर्यश्वस्तत्सुतस्तस्मादरुणोऽथ त्रिबन्धनः ॥ ४ ॥

राजा पुरुकुत्सको त्रसद्दस्यु नामको छोरो भयो । उसको छोरो अनरण्य भयो । अनरण्यको हर्यश्व, हर्यश्वको अरुण, अरुणको त्रिवन्धन नामको छोरा भए ।।४।।

तस्य सत्यव्रतः पुत्रः त्रिशङ्‌कुरिति विश्रुतः ।
प्राप्तश्चाण्डालतां शापाग् गुरोः कौशिकतेजसा ॥ ५ ॥

सशरीरो गतः स्वर्गमद्यापि दिवि दृश्यते ।
पातितोऽवाक्‌शिरा देवैस्तेनैव स्तम्भितो बलात् ॥ ६ ॥

त्रिवन्धनका छोरा सत्यव्रत भए । यिनै सत्यव्रत त्रिशंकु नामले प्रसिध्द भए । तर त्रिशंकु आफ्ना पिता र गुरुका श्रापका कारण चाण्डाल भएका थिए । पछि विश्वामित्रको आशिर्वादले उनी सशरीर स्वर्ग गए । देवताहरुले उनलाई स्वर्गबाट लखेटेपछि उनी तलतिर टाउको पारेर झरे तर विश्वामित्रले आफ्नो तपोवले उनलाई आकाशमै स्थीर गरेर राखे उनी अहिलेसम्म पनि आकाशमै छन् ।।५–६।।

त्रैशङ्‌कवो हरिश्चन्द्रो विश्वामित्रवसिष्ठयोः ।
यन्निमित्तमभूद् युद्धं पक्षिणोर्बहुवार्षिकम् ॥ ७ ॥

त्रिशंकुको छोरा हरिश्चन्द्र भए । उनलाई विश्वामित्र र वशिष्ठ मिलेर श्राप दिएका कारण पक्षी भएर धेरै वर्षसम्म युध्द गरिरहे ।।७।।

सोऽनपत्यो विषण्णात्मा नारदस्योपदेशतः ।
वरुणं शरणं यातः पुत्रो मे जायतां प्रभो ॥ ८ ॥


हरिश्चन्द्रका सन्तान नभएका कारण उनी उदाश देखिन्थे । पछि उनी नारदको उपदेश पाएर वरुणको शरणमा गए । उनको प्रार्थना गरेर पुत्र प्राप्तिका लागि अनुरोध गरे ।।८।।

यदि वीरो महाराज तेनैव त्वां यजे इति ।
तथेति वरुणेनास्य पुत्रो जातस्तु रोहितः ॥ ९ ॥

महाराज यदि मेरो छोरो भयोभने म उसैबाट तपाईको यजन गर्छु । वरुणदेवताले तथास्तु भनेपछि हरिश्चन्द्रको रोहित नामको छोरो भयो ।।९।।

जातः सुतो ह्यनेनाङ्‌ग मां यजस्वेति सोऽब्रवीत् ।
यदा पशुर्निर्दशः स्यादथ मेध्यो भवेदिति ॥ १० ॥

हरिश्चन्द्रको पुत्र प्राप्ति भएको थाहा पएपछि वरुणदेव आएर भने महाराज तिमीलाई पुत्र प्राप्ति भयो अब तिमी यसै पुत्रद्वारा मेरो यज्ञ गर । हरिश्चन्द्रले भने तपाईको यज्ञपशु (रोहित) दश दिनको भएपछि मात्र यज्ञकालागि योग्यहुन्छ ।।१०।।

निर्दशे च स आगत्य यजस्वेत्याह सोऽब्रवीत् ।
दन्ताः पशोर्यज्जायेरन्नथ मेध्यो भवेदिति ॥ ११ ॥

दश दिन बितेपछि फेरी वरुण आएर भने अब मेरो यज्ञ गर । हरिश्चन्द्रले भने जब तपाईको यज्ञपशुको मुखमा दाँत आउँछ त्यसपछि उ यज्ञका लागि योग्य  हुन्छ ।।११।।

दन्ता जाता यजस्वेति स प्रत्याहाथ सोऽब्रवीत् ।
यदा पतन्त्यस्य दन्ता अथ मेध्यो भवेदिति ॥ १२ ॥

जब मुखमा दाँत पलायो तब फेरी वरुणले भने अब मेरो यज्ञ गर । हरिश्चन्द्रले भने जब यो दुधको दाँत झरेपछि मात्र यो यज्ञकालागि योग्यहुन्छ ।।१२।।

पशोर्निपतिता दन्ता यजस्वेत्याह सोऽब्रवीत् ।
यदा पशोः पुनर्दन्ता जायन्तेऽथ पशुः शुचिः ॥ १३ ॥

उसाके दाँत झरेपछि फेरी वरुणले भने अब मेरो यज्ञ गर । तब हरिश्चन्द्रले भने अब यसको दोश्रो दाँत आउँछ अनि यो यज्ञ गर्न योग्य हुन्छ ।।१३।।

पुनर्जाता यजस्वेति स प्रत्याहाथ सोऽब्रवीत् ।
सान्नाहिको यदा राजन् राजन्योऽथ पशुः शुचिः ॥ १४ ॥

अर्को दाँत उम्रिएपछि वरुणले भने अव मेरो यज्ञ गर । हरिश्चन्द्रले भने वरुणजी क्षत्रीयपशुले कवच धारण गरेपछि मात्र यज्ञ गर्न योग्य हुन्छ ।।१४।।

इति पुत्रानुरागेण स्नेहयन्त्रितचेतसा ।
कालं वञ्चयता तं तमुक्तो देवस्तमैक्षत ॥ १५ ॥

हे महाराज परीक्षित ! हरिश्चन्द्र पुत्रमोहका कारण एकपछि अर्को कुरा गर्दै मात्र गए । पुत्र प्रतिको स्नेहले उनको हृदय जकडिएको थियो । उनी जुन जुन समय दिन्थे वरुण त्यो समय उहीबाट थाहा पाउँथे ।।१५।।

रोहितस्तदभिज्ञाय पितुः कर्म चिकीर्षितम् ।
प्राणप्रेप्सुर्धनुष्पाणिररण्यं प्रत्यपद्यत ॥ १६ ॥

यता रोहितले आफ्ना पिता मलाई बलिदानका लागि संकल्प गरेकाछन् भन्नेकुरा थाहा पाएर उनी हातमा धनुष वाण लिएर वनतिर लागे ।।१६।।

पितरं वरुणग्रस्तं श्रुत्वा जातमहोदरम् ।
रोहितो ग्राममेयाय तमिन्द्रः प्रत्यषेधत ॥ १७ ॥


केहीदिन पछि वरुणदेवले रिसाएर मेरा पिता प्रति आक्रमण गरे जसका कारण उनी महोदर रोगले पिडीत भएकाछन् भन्ने थाहा पएर रोहित आफ्ना नगरमा फर्केन भनि हिंडे तर उनलाई इन्द्रले बाटैमा रोके ।।१७।।

भूमेः पर्यटनं पुण्यं तीर्थक्षेत्रनिषेवणैः ।
रोहितायादिशच्छक्रः सोऽप्यरण्येऽवसत् समाम् ॥ १८ ॥

इन्द्रले भने– बाबु छोरा ! यज्ञपशु भएर मर्नु भन्दा त पवित्र तीर्थ र क्षेत्रको सेवा गरेर पृथ्वीमा डुल्नु राम्रो हुनेछ । इन्द्रको कुरा सुनेर उनी एकवर्ष सम्म वन मै बसे ।।१८।।

एवं द्वितीये तृतीये चतुर्थे पञ्चमे तथा ।
अभ्येत्याभ्येत्य स्थविरो विप्रो भूत्वाऽऽह वृत्रहा ॥ १९ ॥

यसरी उनी एक दुई हुँदै पाँचवर्ष सम्म पनि आफ्ना बाबु भेट्न भनि हिंड्दथे तर इन्द्र ब्राह्मणको भेषमा आएर उनलाई रोक्दथे ।।१९।। 

षष्ठं संवत्सरं तत्र चरित्वा रोहितः पुरीम् ।
उपव्रजन्नजीगर्तादक्रीणान्मध्यमं सुतम् ॥ २० ॥

शुनःशेपं पशुं पित्रे प्रदाय समवन्दत ।
ततः पुरुषमेधेन हरिश्चन्द्रो महायशाः ॥ २१ ॥

मुक्तोदरोऽयजद् देवान् वरुणादीन् महत्कथः ।
विश्वामित्रोऽभवत् तस्मिन् होता चाध्वर्युरात्मवान् ॥ २२ ॥

जमदग्निरभूद् ब्रह्मा वसिष्ठोऽयास्यसामगः ।
तस्मै तुष्टो ददाविन्द्रः शातकौम्भमयं रथम् ॥ २३ ॥

यसरी रोहित छः वर्षसम्म वनमै बसे र सातौं वर्ष भएपछि जब उनी आफ्नो सहरमा फर्के तव अजिगर्तका माहिला छोरा सुनःसेप किने र यज्ञपशु बनाउँनको आफ्नो बाबुलाई सुम्पेर खुट्टामा ढोगिदिए । त्यसपछि ती हरिश्चन्द्र महोदर रोगबाट छुटकारा पाएर पुरुषमेध यज्ञद्वार वरुणादि देवताको यजन गरे । त्यस यज्ञमा विश्वामित्र होता बनेका थिए । परमसंयमि जमदग्निले अध्वर्युको काम गरेका थिए । वशिष्टमुनि ब्रह्मा बनेका थिए त्यसैगरी अयास्यमुनि सामगान गर्ने उद्गाता बनेका थिए । तस समयमा इन्द्र खुसि भएर हरिश्चन्द्रलाई एउटा सुनको रथ दिएका थिए ।।२०–२३।।

शुनःशेपस्य माहात्म्यमुपरिष्टात् प्रचक्ष्यते ।
सत्यसारां धृतिं दृष्ट्वा सभार्यस्य च भूपतेः ॥ २४ ॥

विश्वामित्रो भृशं प्रीतो ददावविहतां गतिम् ।
मनः पृथिव्यां तामद्‌भिस्तेजसापोऽनिलेन तत् ॥ २५ ॥

परीक्षित ! अब यसअगाडि म सुनःसेपको महात्म्य सुनाउदछु । हरिश्चन्द्र आफ्नी पत्नीका साथ दृढकासाथ सत्यमा रहेको देखेर विश्वामित्र धेरै खुसि भएर उनलाई कहिलेपनि नाश नहुने ज्ञानको उपदेश दिए । त्यस ज्ञान अनुसार राजा हरिश्चन्द्रले आफ्नो मनलाई पृथ्वीमा, पृथ्वीलाई जलमा, जललाई तेजमा, तेजलाई वायुमा र वायुलाई आकाशमा स्थीर राखेर आकाशलाई अलंकारमा लीन गराए । फेरी अलंकारलाई महतत्वमा लीन गराएर आत्मरुप ज्ञानकलाको ध्यान गरेर अज्ञानलाई भष्म गरे ।।२४–२६।।

 खे वायुं धारयंस्तच्च भूतादौ तं महात्मनि ।
तस्मिञ्ज्ञानकलां ध्यात्वा तयाज्ञानं विनिर्दहन् ॥ २६ ॥

हित्वा तां स्वेन भावेन निर्वाणसुखसंविदा ।
अनिर्देश्याप्रतर्क्येण तस्थौ विध्वस्तबन्धनः ॥ २७ ॥

त्यसपछि निर्वाण सुखको अनुभूतिले त्यो ज्ञान कलालाई पनि परित्याग गरेर सबै वन्धनबाट मुक्त भएर त्यो स्वरुपमा स्थित भए । जसलाई कसैले पनि बताउँन सक्तैन भने न त्यसका बारेमा कुनै प्रकारको अनुमान नै गर्न सकिन्छ ।।२७।।

इति श्रीमद्भारगवते महापुराणे पारमहंस्यां 
संहितायां नवमस्कन्धे सप्तमोऽध्यायः ॥ ७ ॥