श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – पञ्चदशोऽध्यायः
(मिश्र)
शुक उवाच–
ततश्च पौगण्डवयः श्रीतौ व्रजे
बभूवतुस्तौ पशुपालसम्मतौ ।
गाश्चारयन्तौ सखिभिः समं पदै–
र्वृन्दावनं पुण्यमतीव चक्रतुः ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! अब व्रजमा रहनुभएका बलराम र श्रीकृष्ण पौगण्ड अर्थात छैटौं वर्षमा प्रवेश गर्नुभएको छ । अब वहाँहरूलाई गाई चराउँन समर्थ हुनुभएको छ । वहाँहरू दुबैभाई आफ्ना साथीहरूसंग गाई चराउँदै वृन्दावनमा पुग्नुभयो । र आफ्ना पाउले वृन्दावनलाई अत्यन्त पवित्र बनाउँनु भयो ।।१।।
तन्माधवो वेणुमुदीरयन् वृतो
गोपैर्गृणद्भिः स्वयशो बलान्वितः ।
पशून् पुरस्कृत्य पशव्यमाविशद्
विहर्तुकामः कुसुमाकरं वनम् ॥२॥
त्यसपछि श्रीकृष्णले दाजु र गोप बालकलाई साथैमा लिएर गाई बाच्छा अगाडि लगाएर बाँसुरी बजाउदै र गाउँदै फूल र घाँसहरूले युक्त वृन्दावनमा प्रवेश गर्नुभयो ।।२।।
तन्मञ्जुघोषालिमृगद्विजाकुलं
महन्मनःप्रख्यपयःसरस्वता ।
वातेन जुष्टं शतपत्रगन्धिना
निरीक्ष्य रन्तुं भगवान् मनो दधे ॥३॥
यस वृन्दावनमा कतै भवराहरू भुःभुः गरिरहेका हुन्थे त कतै हरिणका बथानहरू चरिरहेका देखिन्थे भने कतै पक्षीहरू उडिरहेका हुन्थे । त्यहाँ सुन्दर तलाउ थियो जसको जलले महात्माहरूको मन सधैं शीतल र निर्मल थियो । त्यहाँ फुलेका कमलका फूलको सुगन्धले व्याप्त हावाले त्यहाँको शोभा बढाइरहेको थियो । त्यो तलाउको शोभा देखेर भगवान्लाई पनि त्यहाँ विहार गर्ने इच्छाभयो ।।३।।
स तत्र तत्रारुणपल्लवश्रिया
फलप्रसूनोरुभरेण पादयोः ।
स्पृशच्छिखान् वीक्ष्य वनस्पतीन् मुदा
स्मयन्निवाहाग्रजमादिपूरुषः ॥४॥
त्यहाँ भगवान् पुरुषोत्तमले ठुला ठुला रुखहरूमा फलेका फल र फूलहरूको भारले झुकेर आफ्नो चरणमा श्पर्श गरेको देख्नुभयो त्यसपछि वहाँले मुस्कुराउँदै आफ्ना दाजु बलरामलाई भन्नुभयो ।।४।।
श्रीभगवानुवाच–
अहो अमी देववरामरार्चितं
पादाम्बुजं ते सुमनःफलार्हणम् ।
नमन्त्युपादाय शिखाभिरात्मन–
स्तमोऽपहत्यै तरुजन्म यत्कृतम् ॥५॥
श्रीकृष्णले भन्नुभयो– हे देवश्रेष्ठ ! ठुला ठुला देवताहरूका चरणमा पूजा गरिने यि वृक्षहरू कुनजन्मको पापले आज रुख भएकाछन् । ती पाप नष्ट गर्नको लागि यि वृक्षहरू आफ्नो हाँगामा सुन्दर फूल र फलहरू लिएर तपाईका चरणमा झुकिरहेका छन् । यिनले तपाईको नाम श्रवण गर्नेहरूको पाप पखाल्नको लागि नै यस वृन्दावनमा वृक्ष योनि ग्रहण गरेका त होइनन् ? यिनको जीवन पनि धन्य छ ।।५।।
(वसंततिलका)
एतेऽलिनस्तव यशोऽखिललोकतीर्थं
गायन्त आदिपुरुषानुपदं भजन्ते ।
प्रायो अमी मुनिगणा भवदीयमुख्या
गूढं वनेऽपि न जहत्यनघात्मदैवम् ॥६॥
हे आदिपुरुष ! यद्यपि तपाई यस वृन्दावनमा आफ्नो ऐश्वर्यलाइ लुकाएर बालकको जस्तै लीला गर्नुभएको छ तापनि तपाईका श्रेष्ठ मुनिगणहरू आफ्ना इष्टदेवतालाई चिनेर यहाँ भमराको रुपमा आएर निरन्तर तपाईको गान गरिरहेका छन् ।।६।।
नृत्यन्त्यमी शिखिन ईड्य मुदा हरिण्यः
कुर्वन्ति गोप्य इव ते प्रियमीक्षणेन ।
सूक्तैश्च कोकिलगणा गृहमागताय
धन्या वनौकस इयान्हि सतां निसर्गः ॥७॥
हे दाजु ! वास्तवमा तपाई नै स्तुति गर्न योग्य हुनुहुन्छ हेर्नुहोस् त आफ्नो घरमा आएको देखेर यी मयुरहरू आनन्द भएर तपाईको दर्शन गर्नको लागि नाचिरहेका छन् । यी हरिण र मृगहरू पनि गोपीहरूले झैं प्रेमपुर्वक तपाईलाई प्रशन्न गराई रहेकाछन् । कुहु कुहु गरेर यि कोइलीहरू तपाईको स्वागत गरिरहेका छन् । यिनीहरू वनमा रहने भएर पनि धन्यछन् किनकि सत्परुषको स्वभाव नै यस्तो हुन्छ कि आफ्ना घरमा आएकालाई प्रसन्न गरेर भेट गर्दछन् ।।७।।
धन्येयमद्य धरणी तृणवीरुधस्त्वत्–
पादस्पृशो द्रुमलताः करजाभिमृष्टाः ।
नद्योऽद्रयः खगमृगाः सदयावलोकै–
र्गोप्योऽन्तरेण भुजयोरपि यत्स्पृहा श्रीः ॥८॥
आज यहाँका भूमि, हरिया घाँसहरू तपाईका चरणश्पर्शका कारण धन्य भएका छन् । यहाँका वृक्षहरू लता लहरा र झाडीहरू पनि तपाईको औंलाको श्पर्शले अहोभाग्य मानेकाछन् । तपाईको दयाले भरिएको चितवनले यहाँका नदी पर्वत, पशुपक्षी सबै कृतार्थ भएकाछन् र व्रजका गोपगोपीहरू तपाईको वक्षस्थललाई प्राप्त गरेर धन्य भएकाछन्, जसलाई पाउँन लक्ष्मी पनि लालयित हुन्थिन् ।।८।।
शुक उवाच–
(अनुष्टुप्)
एवं वृन्दावनं श्रीमत् कृष्णः प्रीतमनाः पशून् ।
रेमे सञ्चारयन्नद्रेः सरिद्रोधस्सु सानुगः ॥९॥
श्रीशुकदेवजी भन्नुहुन्छ हे परीक्षित ! यस प्रकार त्यो सुन्दर वृन्दावनलाई देखेर भगवान् श्रीकृष्ण धेरै आनन्दित हुनुभयो । वहाँ आफ्ना गोपबालकहरूका साथ गोवर्धनको नजिक यमुनाको तीरमा गाई चराउँदै अनेक लीलाहरू गर्न लाग्नुभयो ।।९।।
क्वचिद् गायति गायत्सु मदान्धालिष्वनुव्रतैः ।
उपगीयमानचरितः पथि सङ्कर्षणान्वितः ॥१०॥
त्यसबेला कोही बालकहरू श्रीकृष्णको चरित्रको गाना गाइरहेका थिए किनभने भक्तहरू जसको शुयसको गान गर्दछन् । दाजु बलरामजीका साथमा रहनु भएका श्रीकृष्ण वनमाला धारण गरि मत्त भएका भमराको स्वरमा स्वर मिलाई गाउँनु हुन्थ्यो ।।१०।।
क्वचिच्च कलहंसानामनुकूजति कूजितम् ।
अभिनृत्यति नृत्यन्तं बर्हिणं हासयन् क्वचित् ॥११॥
कहिलेकही श्रीकृष्ण राजहाँसको आवाजको अनुकरण गर्दै संगसगै कराउनु हुन्थ्यो भने कहिले मयुर नाच्दा मयुरका साथमा ताल मिलाएर नाच्नुहुन्थ्यो ।।११।।
मेघगम्भीरया वाचा नामभिर्दूरगान् पशून् ।
क्वचिदाह्वयति प्रीत्या गोगोपालमनोज्ञया ॥१२॥
चकोरक्रौञ्चचक्राह्वभारद्वाजांश्च बर्हिणः ।
अनुरौति स्म सत्त्वानां भीतवद् व्याघ्रसिंहयोः ॥१३॥
कहिले कही टाढा पुगेका गाईहरूलाई उनीहरूको नाम लिएर मेघ समान बोलाउँनु हुन्थ्यो । वहाँको मधुर बोली सुनेर गाई तथा बालकहरूको चित्त आफ्नो वशमा हुँदैन थियो । कहिले चकोर, कर्यांगकुरुंव चखेवा भद्राई र मयुर आदि पंक्षीको बोली बोल्नुहुन्थ्यो भने कहिले बाघ भालु सिंह आदिको गर्जनाले डराएको जीव समान डराएको जस्तो लीला गर्नुहुन्थ्यो ।।१२–१३।।
क्वचित् क्रीडापरिश्रान्तं गोपोत्सङ्गोपबर्हणम् ।
स्वयं विश्रमयत्यार्यं पादसंवाहनादिभिः ॥१४॥
खेल्दै जाँदा जब बलराम थाकेर गोपबालकको तिघ्राको सिरानी बनाएर सुत्नुहुन्थ्यो तब श्रीकृष्ण वहाँको पैताल मिच्नुहुन्थ्यो भने कहिले पंख हल्लाएर दाईको थकाई मेटाउनु हुन्थ्यो ।।१४।।
नृत्यतो गायतः क्वापि वल्गतो युध्यतो मिथः ।
गृहीतहस्तौ गोपालान् हसन्तौ प्रशशंसतुः ॥१५॥
जब गोप बालक नाच्न गाउँन लाग्दथे अथवा ताली ठोकेर कुस्ती खेल्न लाग्दथे तब श्याम र राम दुवैभाई हात समाएर वाहा वाह भनि हास्नुहुन्थ्यो ।।१५।।
क्वचित् पल्लवतल्पेषु नियुद्धश्रमकर्शितः ।
वृक्षमूलाश्रयः शेते गोपोत्सङ्गोपबर्हणः ॥१६॥
कहिलेकाही श्रीकृष्ण ग्वालहरूसंग कुस्ति खेलेर थाक्नुहुन्थ्यो तब गोपबालकको घुँडामा सिरानी पारेर सुत्नुहुन्थ्यो ।।१६।।
पादसंवाहनं चक्रुः केचित्तस्य महात्मनः ।
अपरे हतपाप्मानो व्यजनैः समवीजयन् ॥१७॥
परीक्षित ! त्यसै समयमा पुण्य आर्जन गरेका गोप बालकहरू आएर गोडा मिचिदिन्थे । अरु बालकहरू चाँही अगाडि बसेर पंखा हल्लाउँथे ।।१७।।
अन्ये तदनुरूपाणि मनोज्ञानि महात्मनः ।
गायन्ति स्म महाराज स्नेहक्लिन्नधियः शनैः ॥१८॥
कसैको हृदयमा प्रेम उर्लेर आउँथ्यो त्यतीबेला उनीहरू वहाँलाई प्यारो लाग्ने लीला अनुरुपको गीत गाउँथे ।।१८।।
(इंद्रवंशा)
एवं निगूढात्मगतिः स्वमायया
गोपात्मजत्वं चरितैर्विडम्बयन् ।
रेमे रमालालितपादपल्लवो
ग्राम्यैः समं ग्राम्यवदीशचेष्टितः ॥१९॥
यसप्रकार भगवान्ले योगमायाले आफ्नो ऐश्वर्यमय स्वरुपलाई लुकाइराख्नु भएको थियो । वहाँ यस्तो लीला गर्नु हुन्थ्यो जसलाई गोप बालकहरू राम्ररी बुझ्दथे । जसको चरणमा भगवती लक्ष्मी सेवा गर्नुहुन्छ उनै भगवान् गाउँका बालकहरूसंग बडो प्रेमले खेलिरहनुहुन्थ्यो । हे परीक्षित ! यति हुँदहुँदै पनि कहिलेकही ऐश्वर्यमय लीलाहरू प्रकट गर्नुहुन्थ्यो ।।१९।।
(अनुष्टुप्)
श्रीदामा नाम गोपालो रामकेशवयोः सखा ।
सुबलस्तोककृष्णाद्या गोपाः प्रेम्णेदमब्रुवन् ॥२०॥
बलराम र श्रीकृष्णका साथी मध्देका एकजना श्रीदामा नामका बालक थिए, एकदिन उनी तथा सुवल र स्तोतकृष्ण आदि गोपबालकले बडो प्रेमपूर्वक बलराम र श्रीकृष्णलाई भने ।।२०।।
राम राम महाबाहो कृष्ण दुष्टनिबर्हण ।
इतोऽविदूरे सुमहद् वनं तालालिसङ्कुलम् २१॥
हामीहरूलाई सुख दिने हे कृष्ण ! तपाईको बलको बारेमा त हामीलाई थाहा छैन, दुष्टलाई नाश गर्ने त तपाईको स्वभाव नै हो । यहाँ भन्दा अलिपर ठुलो वन छ त्यहाँ ताडको रुखको घारी छ ।।२१।।
फलानि तत्र भूरीणि पतन्ति पतितानि च ।
सन्ति किन्त्ववरुद्धानि धेनुकेन दुरात्मना ॥२२॥
त्यहाँ ताडीका फलहरू धेरै झरेका हुन्छन् जुन धेरै पहिले देखिनैं झरेका छन् । त्यहाँ धेनुका नामको एउटा दुष्ट दैत्य रहन्छ । त्यो दैत्यले त्यो फल लिन रोकेको छ ।।२२।।
सोऽतिवीर्योऽसुरो राम हे कृष्ण खररूपधृक् ।
आत्मतुल्यबलैरन्यैरन्यैर्ज्ञातिभिर्बहुभिर्वृतः ॥२३॥
हे वलरामजी र श्रीकृष्ण ! त्यो दैत्य गधाको रुपमा रहन्छ र धेरै बलियो पनि छ । त्यहाँ उसको साथमा उ जस्तै बलिया अरु दैत्यहरू प्नि रहन्छन् ।।२३।।
तस्मात् कृतनराहाराद् भीतैर्नृभिरमित्रहन् ।
न सेव्यते पशुगणैः पक्षिसङ्घैर्विवर्जितम् ॥२४॥
हे सत्रुनाशक श्रीकृष्ण ! त्यस दैत्यले अहिलेसम्म धेरै मानिसलाई खाइसकेको छ उसको डरले गर्दा कुनैपनि पशु पक्षीहरू त्यस जंगलमा जादैनन् ।।२४।।
विद्यन्तेऽभुक्तपूर्वाणि फलानि सुरभीणि च ।
एष वै सुरभिर्गन्धो विषूचीनोऽवगृह्यते ॥२५॥
त्यहाँ सुगन्धित फल त छ तर हामीले कहिले पनि त्यो फल खान पाएका छैनौं । हेर्नुहोस ती फलका सुगन्ध चारैतिर फैलिएको छ । अलिकति ध्यान दियोभने त्यसको फल मिल्दछ ।।२५।।
प्रयच्छ तानि नः कृष्ण गन्धलोभितचेतसाम् ।
वाञ्छास्ति महती राम गम्यतां यदि रोचते ॥२६॥
हामीलाई त्यो फल खाने धेरै इच्छा छ त्यसैले तिमीले हामीलाई त्यो फल खुवाउ । यदि उचित लाग्छ भने त्यहाँ जाउँ ।।२६।।
एवं सुहृद्वचः श्रुत्वा सुहृत्प्रियचिकीर्षया ।
प्रहस्य जग्मतुर्गोपैर्वृतौ तालवनं प्रभू ॥२७॥
आफ्ना गोपबालक साथीहरूको यस्तो कुरा सुनेर श्रीकृष्ण वलराम खुसि हुँदै हाँस्दै त्यस तालवनतिर लाग्नुभयो ।।२७।।
बलः प्रविश्य बाहुभ्यां तालान् सम्परिकम्पयन् ।
फलानि पातयामास मतङ्गज इवौजसा ॥२८॥
त्यस वनमा पुगेर वलरामजीले आफ्नो हातले तालको रुखलाई पक्रनुभयो र मत्तले मात्तिएको हात्तीलेझैं जोडले हल्लाएर फल झार्नुभयो ।।२८।।
फलानां पततां शब्दं निशम्यासुररासभः ।
अभ्यधावत् क्षितितलं सनगं परिकम्पयन् ॥२९॥
जब त्यहाँ गधाको रुपमा बस्ने दैत्यले फल झरेको शव्द सुन्यो तब उ पर्वतका साथै सबै पृथ्वीलाईै हल्लाउँदै रुख भएतिर दौडियो ।।२९।।
समेत्य तरसा प्रत्यग् द्वाभ्यां पद्भ्यांप बलं बली ।
निहत्योरसि काशब्दं मुञ्चन् पर्यसरत् खलः ॥३०॥
त्यो दैत्य धेरै बलबान थियो उसले दौडदै आएर पछाडिको खुट्टाले बलरामजीको छातीमा प्रहार गर्यो ।।३०।।
पुनरासाद्य संरब्ध उपक्रोष्टा पराक् स्थितः ।
चरणावपरौ राजन् बलाय प्राक्षिपद् रुषा ॥३१॥
हे राजन ! त्यो गधाले रिसाउँदै फेरीपनि पछाडिको खुट्टाले बलरामजीलाई प्रहार गर्यो ।।३१।।
स तं गृहीत्वा प्रपदोर्भ्रामयित्वैकपाणिना ।
चिक्षेप तृणराजाग्रे भ्रामणत्यक्तजीवितम् ॥३२॥
बलरामजीले आफ्नो एकै हातले त्यो गधाको दुवै खुट्टा पक्रनुभयो र उसलाई फनफनी घुमाएर आकासतिर पुर्याइदिनु भयो हेर्दाहेर्दै त्यो गधा आकाशबाट झरेर त्यही ताडिको रुखको फेदमा खस्न पुग्यो । घुमाउँदैमा उसको प्राण गैसकेको थियो ।।३२।।
तेनाहतो महातालो वेपमानो बृहच्छिराः ।
पार्श्वस्थं कम्पयन् भग्नः स चान्यं सोऽपि चापरम् ॥३३॥
त्यो गधा यति ठुलो थियो कि त्यहाँ खस्नाले त्यो ताडिको रुख भाच्चियो र अरु नजिक रहेका रुखहरू पनि भाँचिए ।।३३।।
बलस्य लीलयोत्सृष्टखरदेहहताहताः ।
तालाश्चकम्पिरे सर्वे महावातेरिता इव ॥३४॥
बलरामजीका लागि यो ख्यालख्याल नै थियो तर त्यो फ्याकिएको मृत गधाको चोटले धेरै रुखहरू भाँचिन पुगे ३४।।
नैतच्चित्रं भगवति ह्यनन्ते जगदीश्वरे ।
ओतप्रोतमिदं यस्मिंस्तन्तुष्वङ्ग यथा पटः ॥३५॥
भगवान् बलराम त स्वयं जगदिश्वर हुनुहुन्थ्यो, सुतमा वस्त्र ओतप्रोत भएजस्तै सबै जगत वहाँमा नै ओतप्रोत भएको थियो भने यसमा कुनै आश्चर्यको कुरा थिएन ।।३५।।
ततः कृष्णं च रामं च ज्ञातयो धेनुकस्य ये ।
क्रोष्टारोऽभ्यद्रवन् सर्वे संरब्धा हतबान्धवाः ॥३६॥
त्यस समयमा धेनुकासुर मर्नाले गधाका रुपमा रहेका उसका बन्धुजनहरू धेरै चिन्तत भए अनि त्यहाँ जति पनि गधा थिए ति सबै आएर बलरामजी प्रति जाइलागे ।।३६।।
तांस्तानापततः कृष्णो रामश्च नृप लीलया ।
गृहीतपश्चाच्चरणान् प्राहिणोत्तृणराजसु ॥३७॥
त्यहाँ आएका सबै गधाहरूलाई बलराम र श्रीकृष्णले खेलखेलमैं तालवृक्ष नजिक मारिदिनुभयो ।।३७।।
फलप्रकरसङ्कीर्णं दैत्यदेहैर्गतासुभिः ।
रराज भूः सतालाग्रैर्घर्घनैरिव नभस्तलम् ॥३८॥
त्यस समयमा त्यहाँको भूमि प्राण ढलेका असुरहरूको शरीर, भाँचिएका तालका वृक्ष र फलहरूले गर्दा मेघ जस्तै सुशोभित देखिन्थे ।।३८।।
तयोस्तत् सुमहत् कर्म निशम्य विबुधादयः ।
मुमुचुः पुष्पवर्षाणि चक्रुर्वाद्यानि तुष्टुवुः ॥३९॥
बलरामजी र श्रीकृष्णको यस्ता मंगलमय लीला देखेर देवताहरूले वहाँहरूमाथि फूलको वर्षा गर्दै वाजा बजाएर स्तुति गरे ।।३९।।
अथ तालफलान्यादन् मनुष्या गतसाध्वसाः ।
तृणं च पशवश्चेरुर्हतधेनुककानने ॥४०॥
यसरी धेनुकासुर मारिएपछि मानिसहरूले त्यहाँ गएर तालको फल खान थाले र पशुपक्षीहरू पनि आन्दसंग चर्न थाले ।।४०।।
कृष्णः कमलपत्राक्षः पुण्यश्रवणकीर्तनः ।
स्तूयमानोऽनुगैर्गोपैः साग्रजो व्रजमाव्रजत् ॥४१॥
त्यसपछि कमललोचन भगवान् श्रीकृष्ण वहाँका दाई बलराजी सहित गोप बालकहरूलाई साथैमा लिएर ब्रजमा आउँनुभयो । गोपबालकहरू वहाँको स्तुति गर्दै भन्नथाले भगवान्को लीला र श्रवण कीर्तन नै सबैभन्दा पवित्र हुन्छ ।।४१।।
(वसंततिलका)
तं गोरजश्छुरितकुन्तलबद्धबर्ह–
वन्यप्रसूनरुचिरेक्षणचारुहासम् ।
वेणुं क्वणन्तमनुगैरनुगीतकीर्तिं
गोप्यो दिदृक्षितदृशोऽभ्यगमन् समेताः ॥४२॥
त्यस समयमा गाईको खुरले टेक्दा उडेको धुलोले भगवान् श्रीकृष्णको कपाल धुलाम्य भएर रंगिएको थियो । वहाँको सिरमा मयुरको प्वाखको मुकुट थियो भने कपालमा राम्रा सुगन्धित पुष्पहरू घुसार्नु भएको थियो । वहाँको आँखाको सुन्दर हेराई र मधुर हसिलो मुहार थियो । वहाँले मिठो स्वरमा मुरली बजाउँनु भएको थियो भने गोपबालकहरू वहाँको कीर्तिको गान गरिरहेका थिए । वहाँले बजाएको मुरलीको धुन सुनेर गोपीहरू ब्रजबाट बाहिर निस्किए । उनीहरू श्रीकृष्णको दर्शनका लागि पर्खिरहेका थिए ।।४२।।
पीत्वा मुकुन्दमुखसारघमक्षिभृङ्गै–
स्तापं जहुर्विरहजं व्रजयोषितोऽह्नि ।
तत्सत्कृतिं समधिगम्य विवेश गोष्ठं
सव्रीडहासविनयं यदपाङ्गमोक्षम् ॥४३॥
गोपीहरूले श्रीकृष्णको दर्शन गरेर त्यो दिनको सबै विरहहरू शान्त गरे । भगवान् पनि गोपीहरूको सत्कार स्वीकार गर्दै व्रजमा प्रवेश गर्नुभयो ।।४३।।
(अनुष्टुप्)
तयोर्यशोदारोहिण्यौ पुत्रयोः पुत्रवत्सले ।
यथाकामं यथाकालं व्यधत्तां परमाशिषः ॥४४॥
यता यशोदा माता र रोहिणीको मन वात्सल्यप्रेमले छटपटिएको थियो श्रीकष्ण वलराम घरमा आएपछि वहाँहरूको इच्छा अनुसारको खानेकुरा खुवाउँनुभयो ।।४४।।
गताध्वानश्रमौ तत्र मज्जनोन्मर्दनादिभिः ।
नीवीं वसित्वा रुचिरां दिव्यस्रग्गन्धमण्डितौ ॥४५॥
दुवै आमाहरूले तेल लगाएर स्नान गराए जसले गर्दा दिनभरको थकाई मेटियो । त्यसपछि नयाँ वस्त्र फूलको मालाहरू लगाइदिनुभयो ।।४५।।
जनन्युपहृतं प्राश्य स्वाद्वन्नमुपलालितौ ।
संविश्य वरशय्यायां सुखं सुषुपतुर्व्रजे ॥४६॥
त्यसपछि दुवै भाईले आमाले दिएको स्वादिष्ट खानेकुराहरू खाएपछि आमाहरूले सुन्दर सैयामा सुताएर आराम गराउँनु भयो ।।४६।।
एवं स भगवान् कृष्णो वृन्दावनचरः क्वचित् ।
ययौ राममृते राजन् कालिन्दीं सखिभिर्वृतः ॥४७॥
यसरी वृन्दावनमा अनेक लीलाहरू गरेर भगवान् श्रीकष्ण गोपबालकका साथ यमुनाको कीनारमा जानुभयो त्यो दिन बलरामजी भने साथमा हुनुहुन्न थियो ।।४७।।
अथ गावश्च गोपाश्च निदाघातपपीडिताः ।
दुष्टं जलं पपुस्तस्यास्तृष्णार्ता विषदूषितम् ॥४८॥
त्यस समयमा जेष्ठ आषाढको घामले गर्दा गोपvबालक सहित गाईहरू तिर्खाले सताइएका थिए । तिर्खाले उनीहिरूका मुख सुकेको थियो । त्यसैले उनीहरू यमुनमा गएर विषाक्त जल पिए ।।४८।।
विषाम्भस्तदुपस्पृश्य दैवोपहतचेतसः ।
निपेतुर्व्यसवः सर्वे सलिलान्ते कुरूद्वह ॥४९॥
उनीहरूलाई त्यहाँको विषयुक्त जलको बारेमा ज्ञान नभएकोले पानी पिउनासाथ सबै गाईबस्तु सहित गोपबालकहरू यमुनाको किनारमा ढल्न पुगे ।।४९।।
वीक्ष्य तान् वै तथा भूतान् कृष्णो योगेश्वरेश्वरः ।
ईक्षयामृतवर्षिण्या स्वनाथान् समजीवयत् ॥५०॥
उनीहरूको यस्तो अवस्था देखेर श्रीकृष्णले अमृत वर्षा गराएर उनीहरूको प्राण बिउताइदिनुभयो । आखिर उनीहरूको एकमात्र स्वामी श्रीकृष्ण नै हुनुहुन्थ्यो ।।५०।।
ते सम्प्रतीतस्मृतयः समुत्थाय जलान्तिकात् ।
आसन् सुविस्मिताः सर्वे वीक्षमाणाः परस्परम् ॥५१॥
हे परीक्षित ! उनीहरूको प्राण फर्केपछि युनमाको कीनारमा उठेर आश्चर्य मानेर एक अर्कालाई हेरिरहे ।।५१।।
अन्वमंसत तद् राजन् गोविन्दानुग्रहेक्षितम् ।
पीत्वा विषं परेतस्य पुनरुत्थानमात्मनः ॥५२॥
अन्तमा उनीहरूले धन्य हामी विषयुक्त पानी पिएर हामीहरू मरिसकेका थियौं तर श्रीकृष्णको हामी माथि अनुग्रह भएका कारण फेरी बिउताइदिनुभयो यो सबै भगवान्को कृपादृष्टि हो भन्ने गोप बालकहरूले निश्चय गरे ।।५२।।
इति श्रीमद्भा्गवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे पञ्चदशोऽध्यायः ॥१५॥