/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

तृतीय स्कंधः - नवमोऽध्यायः

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः–नवमोऽध्यायः


 


 
ब्रह्मोवाच
ज्ञातोऽसि मेऽद्य सुचिरान्ननु देहभाजां
    न ज्ञायते भगवतो गतिरित्यवद्यम् ।
नान्यत्त्वदस्ति भगवन्नपि तन्न
    शुद्धं मायागुणव्यतिकराद् यदुरुर्विभासि ॥ १ ॥
पाली भावानुवादः ब्रह्माजीले भन्नुभयोहे प्रभु! धेरै समयपछि आज मैले हजुरलाई चिन्न सकेँ। अहो! देहधारी जीवहरूले हजुरको स्वरूपलाई जान्न नसक्नु कति ठूलो दुर्भाग्यको कुरा हो। भगवन्! हजुरबाहेक अन्य कुनै सत्य वस्तु छैन। यो जगत्‌मा जे जति भिन्नता देखिन्छ, त्यो पनि वास्तवमा शुद्ध सत्य होइन, किनकि मायाका गुणहरूको मिश्रणले गर्दा हजुर नै अनेकरूपमा प्रकट हुनुभएको हो ।।१।।
 
रूपं यदेतदवबोधरसोदयेन
    शश्वन्निवृत्ततमसः सदनुग्रहाय ।
आदौ गृहीतमवतारशतैकबीजं
    यन्नाभिपद्मभवनाद् अहमाविरासम् ॥ २ ॥
पाली भावानुवादः हजुरको ज्ञानशक्तिले प्रकाशित यस रूपबाट अज्ञान सधैँ टाढा रहन्छ। हजुरको यसै रूपको नाभिकमलबाट म प्रकट भएको हुँ, जुन हजुरका सयौँ अवतारहरूको मूल बीज हो। सज्जनहरूलाई अनुग्रह गर्नका लागि नै हजुरले सुरुमा यो रूप धारण गर्नुभएको हो ।।२।।
 
नातः परं परम यद्भवतः स्वरूपं
    आनन्दमात्रमविकल्पमविद्धवर्चः ।
पश्यामि विश्वसृजमेकमविश्वमात्मन्
    भूतेन्द्रियात्मकमदस्त उपाश्रितोऽस्मि ॥ ३ ॥
नेपाली भावानुवादः हे परमात्मन्! हजुरको जुन आनन्दमय, भेदरहित र अखण्ड तेजोमय स्वरूप छ, त्यसभन्दा पर म अर्कै कुनै स्वरूप देख्दिनँ। यही रूप नै सम्पूर्ण भूत र इन्द्रियहरूको अधिष्ठान हो। म विश्वको रचना गर्ने भए पनि हजुरको यस विश्वातीत र अद्वितीय रूपको शरण लिन्छु ।।३।।
 
तद्वा इदं भुवनमङ्गल मङ्गलाय
    ध्याने स्म नो दर्शितं त उपासकानाम् ।
तस्मै नमो भगवतेऽअनुविधेम तुभ्यं
    योऽनादृतो नरकभाग्भिरसत्प्रसङ्गैः ॥ ४ ॥
नेपाली भावानुवादः हे भुवनमङ्गल! म हजुरको उपासक हुँ। हजुरले मेरो कल्याणका लागि ध्यानमा यो रूप देखाउनुभएको छ। जो पापात्मा र विषयाशक्त जीव छन्, उनीहरूले नै यस रूपको अनादर गर्दछन्। म हजुरको यसै रूपलाई बारम्बार नमस्कार गर्दछु ।।४।।
 
ये तु त्वदीयचरणाम्बुजकोशगन्धं
    जिघ्रन्ति कर्णविवरैः श्रुतिवातनीतम् ।
भक्त्या गृहीतचरणः परया च तेषां
    नापैषि नाथ हृदयाम्बुरुहात्स्वपुंसाम् ॥ ५ ॥
नेपाली भावानुवादः जसले वेदरूपी वायुले ल्याएको हजुरको चरणकमलको सुगन्धलाई कानका प्वालद्वारा ग्रहण गर्दछन्, हजुर उनीहरूको हृदयकमलबाट कहिल्यै टाढा हुनुहुन्न; किनकि उनीहरूले पराभक्तिरूपी डोरीले हजुरका चरणहरूलाई बाँधिरहेका हुन्छन् ।।५।।
 
तावद्भयं द्रविणगेहसुहृन्निमित्तं
    शोकः स्पृहा परिभवो विपुलश्च लोभः ।
तावन्ममेत्यसदवग्रह आर्तिममूलं
    यावन्न तेऽङ्घ्रिमभयं प्रवृणीत लोकः ॥ ६ ॥
नेपाली भावानुवादः जबसम्म मानिसले हजुरको अभय प्रदान गर्ने चरणकमलको आश्रय लिँदैन, तबसम्म उसलाई धन, गृह र बन्धुबान्धवका कारण उत्पन्न हुने भय, शोक, लालसा, दीनता र लोभले सताइरहन्छ। त्यतिञ्जेलसम्म मात्र उसमा 'मेरो' भन्ने दुराग्रह रहन्छ, जुन दुःखको एकमात्र मूल कारण हो ।।६।।
 
दैवेन ते हतधियो भवतः प्रसङ्गात्
    सर्वाशुभोपशमनाद् विमुखेन्द्रिया ये ।
कुर्वन्ति कामसुखलेशलवाय दीना                                        लोभाभिभूतमनसोऽकुशलानि शश्वत् ॥ ७ ॥
नेपाली भावानुवादः सबै प्रकारका अमङ्गल नाश गर्ने हजुरको कथाप्रसङ्गबाट विमुख भएर, जो केवल तुच्छ विषय-सुखका लागि दीन बनी निरन्तर कुकर्ममा लागिरहन्छन्, त्यस्ता व्यक्तिहरूको बुद्धि दैव (भाग्य) ले हरेको मान्नुपर्दछ ।।७।।
 
क्षुत्तृट्त्रधातुभिरिमा मुहुरर्द्यमानाः
    शीतोष्णवातवर्षैरितरेतराच्च ।
कामाग्निनाच्युत रुषा च सुदुर्भरेण
    सम्पश्यतो मन उरुक्रम सीदते मे ॥ ८ ॥
नेपाली भावानुवादः हे अच्युत! भोक, प्यास, वात-पित्त-कफ, जाडो-गर्मी, हावा र वर्षाका कारण तथा कामाग्नि र क्रोधका कारण जीवहरूले कष्ट पाएको देखेर मेरो मन अत्यन्त खिन्न भएको छ ।।८।।
 
यावत् पृथक्त्वमिदमात्मन इन्द्रियार्थ
    मायाबलं भगवतो जन ईश पश्येत् ।
तावन्न संसृतिरसौ प्रतिसङ्क्रमेत
    व्यर्थापि दुःखनिवहं वहती क्रियार्था ॥ ९ ॥
नेपाली भावानुवादः हे ईश! जबसम्म मानिसले मायाको प्रभावका कारण आफू र हजुरमा भिन्नता देख्दछ, तबसम्म उसको संसारचक्र (जन्म-मरण) समाप्त हुँदैन। यद्यपि यो जगत् मिथ्या हो, तापनि कर्मफल भोगका कारण यसले अनेक प्रकारका दुःख दिइरहन्छ ।।९।।
 
अह्न्यापृतार्तकरणा निशि निःशयाना
    नानामनोरथधिया क्षणभग्ननिद्राः ।
दैवाहतार्थरचना ऋषयोऽपि देव
    युष्मत् प्रसङ्गविमुखा इह संसरन्ति ॥ १० ॥
नेपाली भावानुवादः हे देव! जो हजुरको कथाप्रसङ्गबाट विमुख छन्, उनीहरू संसारमा भौँतारिरहन्छन्। दिनभर अनेक कर्ममा व्यस्त हुनाले उनीहरू रातमा निदाउन सक्दैनन्; अनेक मनोरथका कारण उनीहरूको निद्रा क्षणक्षणमा भङ्ग हुन्छ र दैववश उनीहरूका सबै प्रयासहरू असफल हुन्छन् ।।१०।।
 
त्वं भक्तियोगपरिभावितहृत्सरोज
    आस्से श्रुतेक्षितपथो ननु नाथ पुंसाम् ।
यद् यद् धिया त उरुगाय विभावयन्ति
    तत्तद् वपुः प्रणयसे सदनुग्रहाय ॥ ११ ॥
नेपाली भावानुवादः हे नाथ! हजुरको मार्ग केवल श्रवणबाट मात्र जान्न सकिन्छ। हजुर भक्तियोगद्वारा शुद्ध भएको हृदयकमलमा निवास गर्नुहुन्छ। हे उरुगाय! हजुरका भक्तहरूले जुन-जुन भावनाले हजुरको चिन्तन गर्दछन्, उनीहरूमाथि अनुग्रह गर्नका लागि हजुर त्यही-त्यही रूप धारण गर्नुहुन्छ ।।११।।
 
नातिप्रसीदति तथोपचितोपचारैः
    आराधितः सुरगणैर्हृदि बद्धकामैः ।
यत्सर्वभूतदययासदलभ्ययैको
    नानाजनेष्ववहितः सुहृदन्तरात्मा ॥ १२ ॥
नेपाली भावानुवादः हजुर सम्पूर्ण प्राणीका अन्तरात्मा र परम हितकारी सुहृद हुनुहुन्छ। त्यसैले कामना राखेर देवताहरूले गरेका ठूला-ठूला पूजाबाट हजुर त्यति प्रसन्न हुनुहुन्न, जति सबै प्राणीमा दया गर्दा प्रसन्न हुनुहुन्छ; तर असत् पुरुषका लागि यस्तो दयाभाव दुर्लभ छ ।।१२।।
 
पुंसामतो विविधकर्मभिरध्वराद्यैः
    दानेन चोग्रतपसा परिचर्यया च ।
आराधनं भगवतस्तव सत्क्रियार्थो
    धर्मोऽर्पितः कर्हिचिद् ध्रियते न यत्र ॥ १३ ॥
नेपाली भावानुवादः हजुरमा अर्पण गरिएको कर्म कहिल्यै खेर जाँदैन। त्यसैले यज्ञ, दान र कठिन तपस्याद्वारा हजुरलाई प्रसन्न तुल्याउनु नै मानिसको सबैभन्दा ठूलो उपलब्धि हो; किनकि हजुर प्रसन्न भएपछि प्राप्त हुन नसक्ने कुरा केही छैन ।।१३।।
 
शश्वत्स्वरूपमहसैव निपीतभेद
    मोहाय बोधधिषणाय नमः परस्मै ।
विश्वोद्भवस्थितिलयेषु निमित्तलीला
    रासाय ते नम इदं चकृमेश्वराय ॥ १४ ॥
नेपाली भावानुवादः हजुर सधैँ आफ्नो स्वरूपको प्रकाशले जीवहरूको भेद-भ्रमरूपी अन्धकारलाई नाश गर्नुहुन्छ। म हजुरलाई नमस्कार गर्दछु। संसारको उत्पत्ति, स्थिति र लयका लागि गरिने मायाको लीला हजुरकै खेल हो; म हजुरलाई बारम्बार नमस्कार गर्दछु ।।१४।।
 
यस्यावतार गुणकर्मविडम्बनानि
    नामानि येऽसुविगमे विवशा गृणन्ति ।
 तेऽनैकजन्मशमलं सहसैव हित्वा
    संयान्त्यपावृतामृतं तमजं प्रपद्ये ॥ १५ ॥
नेपाली भावानुवादः मृत्युको समयमा जसले हजुरका अवतार, गुण र कर्म बुझाउने नामहरू विवश भएर भए पनि उच्चारण गर्दछ, उसले अनेक जन्मका पापबाट मुक्ति पाई मोक्ष प्राप्त गर्दछ। हजुर अजन्मा हुनुहुन्छ, म हजुरको शरणमा पर्दछु ।।१५।।
 
यो वा अहं च गिरिशश्च विभुः स्वयं च
    स्थित्युद्भवप्रलयहेतव आत्ममूलम् ।
भित्त्वा त्रिपाद्ववृध एक उरुप्ररोहः
    तस्मै नमो भगवते भुवनद्रुमाय ॥ १६ ॥
नेपाली भावानुवादः भगवन्! हजुर यस विश्ववृक्षका रूपमा हुनुहुन्छ। जगत्‌को उत्पत्ति, स्थिति र लयका लागि हजुर नै ब्रह्मा, विष्णु र महेशका रूपमा तीन शाखामा विभक्त हुनुभएको छ र पुनः अनेक उपशाखामा फैलिएर विस्तृत हुनुभएको छ; हजुरलाई नमस्कार छ ।।१६।।
 
लोको विकर्मनिरतः कुशले प्रमत्तः
    कर्मण्ययं त्वदुदिते भवदर्चने स्वे ।
यस्तावदस्य बलवान् इह जीविताशां
    सद्यश्छिनत्त्यनिमिषाय नमोऽस्तु तस्मै ॥ १७ ॥
नेपाली भावानुवादः मानिसहरू हजुरको आराधना छोडेर निषिद्ध कर्ममा लागिरहेका हुन्छन्। यस्ता जीवहरूको आशालाई क्षणभरमै समाप्त गरिदिने बलवान् कालरूप हजुरलाई मेरो नमस्कार छ ।।१७।।
 
यस्माद्बिभेम्यहमपि द्विपरार्धधिष्ण्यं
    अध्यासितः सकललोकनमस्कृतं यत् ।
तेपे तपो बहुसवोऽवरुरुत्समानः
    तस्मै नमो भगवतेऽधिमखाय तुभ्यम् ॥ १८ ॥
नेपाली भावानुवादः म सत्यलोकको अधिपति र पूजनीय भए पनि हजुरको कालरूपसँग डराइरहेको छु। हजुरलाई प्राप्त गर्नका लागि नै मैले लामो समयसम्म तपस्या गरेँ। यज्ञेश्वर हजुरलाई मेरो नमस्कार छ ।।१८।।
 
तिर्यङ्मनुष्यविबुधादिषु जीवयोनि
    ष्वात्मेच्छयात्मकृतसेतुपरीप्सया यः ।
रेमे निरस्तविषयोऽप्यवरुद्धदेहः
    तस्मै नमो भगवते पुरुषोत्तमाय ॥ १९ ॥
नेपाली भावानुवादः हजुरलाई कुनै विषय-सुखको आवश्यकता छैन, तापनि धर्म-मर्यादाको रक्षाका लागि पशु, पक्षी, मनुष्य र देवताका रूपमा स्वेच्छाले अवतार लिएर लीला गर्नुहुन्छ; त्यस्ता पुरुषोत्तम भगवान्‌लाई म नमस्कार गर्दछु ।।१९।।
 
योऽविद्ययानुपहतोऽपि दशार्धवृत्त्या
    निद्रामुवाह जठरीकृतलोकयात्रः ।
अन्तर्जलेऽहिकशिपुस्पर्शानुकूलां
    भीमोर्मिमालिनि जनस्य सुखं विवृण्वन् ॥ २० ॥
नेपाली भावानुवादः प्रभु! हजुर अविद्याका पाँचै वृत्तिहरूबाट मुक्त हुनुहुन्छ। तापनि प्रलयकालको यस जलमा शेषनागको शैयामा शयन गरेर थकित जीवहरूलाई विश्राम दिनुहुन्छ; हजुरलाई नमस्कार छ ।।२०।।
 
यन्नाभिपद्मभवनाद् अहमासमीड्य
    लोकत्रयस्रोपकरणो यदनुग्रहेण ।
तस्मै नमस्त उदरस्थभवाय योग
    निद्रावसानविकसन् नलिनेक्षणाय ॥ २१ ॥
नेपाली भावानुवादः हजुरको नाभिकमलबाट मेरो जन्म भएको हो। हजुरको कृपाले नै म तीनै लोकको रचना गर्न समर्थ भएको छु। योगनिद्रा त्यागेर कमल जस्ता नेत्र खोल्नुभएका हजुरलाई नमस्कार छ ।।२१।।
 
सोऽयं समस्तजगतां सुहृदेक आत्मा
    सत्त्वेन यन्मृडयते भगवान् भगेन । 
तेनैव मे दृशमनुस्पृशताद्यथाहं
    स्रक्ष्यामि पूर्ववदिदं प्रणतप्रियोऽसौ ॥ २२ ॥
नेपाली भावानुवादः हजुर सम्पूर्ण जगत्‌का एकमात्र सुहृद र आत्मा हुनुहुन्छ। हजुरले जुन ज्ञान र ऐश्वर्यले विश्वलाई आनन्दित पार्नुहुन्छ, त्यसैले मेरो बुद्धिलाई पनि स्पर्श गर्नुहोस्, ताकि म पहिले झैँ यस जगत्‌को रचना गर्न सकूँ ।।२२।।
 
एष प्रपन्नवरदो रमयात्मशक्त्या
    यद्यत् करिष्यति गृहीतगुणावतारः ।
तस्मिन्स्वविक्रममिदं सृजतोऽपि चेतो
    युञ्जीत कर्मशमलं च यथा विजह्याम् ॥ २३ ॥
नेपाली भावानुवादः हजुर शरणागतलाई वरदान दिने प्रभु हुनुहुन्छ। हजुरले लक्ष्मीजीका साथ विभिन्न अवतार लिएर जुन अद्भुत कर्म गर्नुहुन्छ, ती कर्ममा मेरो चित्त लगाइदिनुहोस् ताकि सृष्टि गर्दा मलाई अहङ्कार नहोस् ।।२३।।
 
नाभिह्रदादिह सतोऽम्भसि यस्य पुंसो
    विज्ञानशक्तिरहमासमनन्तशक्तेः ।
रूपं विचित्रमिदमस्य विवृण्वतो मे
    मा रीरिषीष्ट निगमस्य गिरां विसर्गः ॥ २४ ॥
नेपाली भावानुवादः प्रभु! हजुर अनन्त शक्तिस्वरूप हुनुहुन्छ। हजुरको नाभिकमलबाट मेरो प्रादुर्भाव भएको हो। यस विचित्र जगत्‌को विस्तार गर्ने समयमा मेरो वेदरूपी वाणी कहिल्यै लुप्त नहोस् ।।२४।।
 
सोऽसौ अदभ्रकरुणो भगवान् विवृद्ध
    प्रेमस्मितेन नयनाम्बुरुहं विजृम्भन् ।
उत्थाय विश्वविजयाय च नो विषादं
    माध्व्या गिरापनयतात्पुरुषः पुराणः ॥ २५ ॥
नेपाली भावानुवादः हजुर अपार करुणामय पुराणपुरुष हुनुहुन्छ। प्रेममयी मुस्कानका साथ आँखा खोल्नुहोस् र आफ्नो मधुर वाणीले मेरो विषादलाई हटाइदिनुहोस् ।।२५।।
 
मैत्रेय उवाच
स्वसम्भवं निशाम्यैवं तपोविद्यासमाधिभिः ।
यावन्मनोवचः स्तुत्वा विरराम स खिन्नवत् ॥ २६ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोविदुरजी! यसरी तप, विद्या र समाधिद्वारा आफ्नो उत्पत्ति स्थानका बारेमा जानेर ब्रह्माजीले आफ्नो शक्ति अनुसार स्तुति गरी विश्राम लिनुभयो ।।२६।।
 
अथाभिप्रेतमन्वीक्ष्य ब्रह्मणो मधुसूदनः ।
विषण्णचेतसं तेन कल्पव्यतिकराम्भसा ॥ २७ ॥
लोकसंस्थानविज्ञान आत्मनः परिखिद्यतः ।
तमाहागाधया वाचा कश्मलं शमयन्निव ॥ २८ ॥
नेपाली भावानुवादः मधुसूदन भगवान्‌ले ब्रह्माजी प्रलयको जल देखेर डराएको र सृष्टि कसरी गर्ने भन्ने चिन्ताले खिन्न भएको देख्नुभयो। उहाँको मनको कुरा बुझेर भगवान्‌ले गम्भीर वाणीमा भन्नुभयो ।।२७-२८।।
 
श्रीभगवानुवाच
मा वेदगर्भ गास्तन्द्रीं सर्ग उद्यममावह ।
तन्मयाऽऽपादितं ह्यग्रे यन्मां प्रार्थयते भवान् ॥ २९ ॥
नेपाली भावानुवादः भगवान्‌ले भन्नुभयोहे वेदगर्भ! तिमी चिन्तित नहोऊ, आलस्य त्याग र सृष्टिको काममा लाग। तिमीले जे माग्दैछौ, त्यो त मैले पहिले नै प्रदान गरिसकेको छु ।।२९।।
 
भूयस्त्वं तप आतिष्ठ विद्यां चैव मदाश्रयाम् ।
ताभ्यां अन्तर्हृदि ब्रह्मन् लोकान् द्रक्ष्यसि अपावृतान् ॥ ३० ॥
नेपाली भावानुवादः तिमी पुनः तपस्या गर र ममा आश्रित ज्ञानको अभ्यास गर। त्यसबाट तिमीले सबै लोकलाई आफ्नो हृदयमा स्पष्ट रूपमा देख्नेछौ ।।३०।।
 
तत आत्मनि लोके च भक्तियुक्तः समाहितः ।
द्रष्टासि मां ततं ब्रह्मन् मयि लोकान् त्वमात्मनः ॥ ३१ ॥
नेपाली भावानुवादः त्यसपछि भक्तियुक्त र एकाग्र चित्त भएर तिमीले मलाई सबै लोक र आफैँमा व्याप्त भएको देख्नेछौ तथा सबै लोकलाई ममा देख्नेछौ ।।३१।।
 
यदा तु सर्वभूतेषु दारुष्वग्निमिव स्थितम् ।
प्रतिचक्षीत मां लोको जह्यात्तर्ह्येव कश्मलम् ॥ ३२ ॥
नेपाली भावानुवादः जसरी काठमा अग्नि व्याप्त हुन्छ, त्यसरी नै म सबै प्राणीमा रहेको कुरा जब जीवले देख्दछ, तब मात्र ऊ अज्ञानबाट मुक्त हुन्छ ।।३२।।
 
यदा रहितमात्मानं भूतेन्द्रियगुणाशयैः ।
स्वरूपेण मयोपेतं पश्यन् स्वाराज्यमृच्छति ॥ ३३ ॥
नेपाली भावानुवादः जब जीवले आफूलाई पञ्चभूत र इन्द्रियभन्दा भिन्न शुद्ध आत्मा र मभन्दा अभिन्न ठान्दछ, तब उसले मोक्ष प्राप्त गर्दछ ।।३३।।
 
नानाकर्मवितानेन प्रजा बह्वीः सिसृक्षतः ।
नात्मावसीदत्यस्मिन् ते वर्षीयान् मदनुग्रहः ॥ ३४ ॥
नेपाली भावानुवादः ब्रह्मन्! अनेक प्रकारका जीवहरूको सृष्टि गर्दा पनि तिम्रो चित्त कहिल्यै मोहित हुने छैन। यो मेरो ठूलो अनुग्रहको फल हो ।।३४।।
 
ऋषिमाद्यं न बध्नाति पापीयान् त्वां रजोगुणः ।
यन्मनो मयि निर्बद्धं प्रजाः संसृजतोऽपि ते ॥ ३५ ॥
नेपाली भावानुवादः सृष्टि गर्ने समयमा पनि तिम्रो मन ममा नै लागिरहनेछ; त्यसैले पापमय रजोगुणले तिमीलाई बाँध्न सक्ने छैन ।।३५।।
 
ज्ञातोऽहं भवता त्वद्य दुर्विज्ञेयोऽपि देहिनाम् ।
यन्मां त्वं मन्यसेऽयुक्तं भूतेन्द्रियगुणात्मभिः ॥ ३६ ॥
नेपाली भावानुवादः देहधारी जीवका लागि मलाई जान्न कठिन भए पनि तिमीले मलाई इन्द्रिय र गुणभन्दा परको स्वरूपमा जान्यौ; यो तिम्रो ठूलो उपलब्धि हो ।।३६।।
 
तुभ्यं मद्विचिकित्सायां आत्मा मे दर्शितोऽबहिः ।
नालेन सलिले मूलं पुष्करस्य विचिन्वतः ॥ ३७ ॥
नेपाली भावानुवादः जब तिमी कमलको डाँठ समातेर जलमा मेरो खोजी गरिरहेका थियौ, तिम्रो शङ्का निवारण गर्नका लागि नै मैले तिम्रो हृदयमा मेरो स्वरूप देखाएको हुँ ।।३७।।
 
यच्चकर्थाङ्ग मत्स्तोत्रं मत्कथा अभ्युदयांकितम् ।
यद्वा तपसि ते निष्ठा स एष मदनुग्रहः ॥ ३८ ॥
नेपाली भावानुवादः हे ब्रह्मा! तिमीले मेरो वैभवयुक्त स्तुति गर्यौ र तपस्यामा जुन निष्ठा देखायाौ, त्यो मेरो कृपाको फल हो ।।३८।।
 
प्रीतोऽहमस्तु भद्रं ते लोकानां विजयेच्छया ।
यद् अस्तौषीर्गुणमयं निर्गुणं मानुवर्णयन् ॥ ३९ ॥
नेपाली भावानुवादः जगत् रचनाको इच्छाले तिमीले मेरो सगुण र निर्गुण दुवै रूपको वर्णन गरी जुन स्तुति गर्याौ, त्यसबाट म अत्यन्त प्रसन्न छु। तिम्रो कल्याण होस् ।।३९।।
 
य एतेन पुमान्नित्यं स्तुत्वा स्तोत्रेण मां भजेत् ।
तस्याशु सम्प्रसीदेयं सर्वकामवरेश्वरः ॥ ४० ॥
नेपाली भावानुवादः म सबैको इच्छा पूर्ण गर्ने ईश्वर हुँ। जसले नित्य यस स्तोत्रद्वारा मेरो स्तुति र भजन गर्दछ, उसमाथि म छिट्टै प्रसन्न हुनेछु ।।४०।।
 
पूर्तेन तपसा यज्ञैः दानैर्योगसमाधिना ।
राद्धं निःश्रेयसं पुंसां मत्प्रीतिः तत्त्वविन्मतम् ॥ ४१ ॥
नेपाली भावानुवादः तप, यज्ञ, दान र समाधि आदिबाट प्राप्त हुने परम कल्याण मेरै प्रसन्नतामा निर्भर गर्दछ; यो नै तत्त्वज्ञानीहरूको मत हो ।।४१।।
 
अहमात्मात्मनां धातः प्रेष्ठः सन् प्रेयसामपि ।
अतो मयि रतिं कुर्याद् देहादिर्यत्कृते प्रियः ॥ ४२ ॥
नेपाली भावानुवादः ब्रह्माजी! म आत्माहरूको पनि आत्मा र प्रियहरूमध्ये सबैभन्दा प्रिय हुँ। त्यसैले मलाई नै प्रेम गर, किनकि म भएकै कारण देह आदि प्रिय लाग्दछन् ।।४२।।
 
सर्ववेदमयेनेदं आत्मनाऽऽत्माऽऽत्मयोनिना ।
प्रजाः सृज यथापूर्वं याश्च मय्यनुशेरते ॥ ४३ ॥
नेपाली भावानुवादः ब्रह्माजी! तिमी आफैँबाट उत्पन्न आफ्नो वेदमय स्वरूपद्वारा ती प्रजाहरूको पुनः रचना गर, जो अहिले ममा लीन भएका छन् ।।४३।।
 
मैत्रेय उवाच
तस्मा एवं जगत्स्रष्ट्रे प्रधानपुरुषेश्वरः ।
व्यज्येदं स्वेन रूपेण कञ्जनाभस्तिरोदधे ॥ ४४ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोप्रकृति र पुरुषका स्वामी कमलनाभ भगवान्‌ले सृष्टिकर्ता ब्रह्माजीलाई यसरी जगत्‌को ज्ञान गराई आफ्नो दिव्य स्वरूपबाट अदृश्य हुनुभयो ।।४४।।
 
इति श्रीमद्भागवते महापुराणे 
तृतीयस्कन्धे नवमोऽध्यायः ।।९।।

🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

कथा सारांश

श्रीमद्भागवतको तृतीय स्कन्धको नवौँ अध्यायमा ब्रह्माजीद्वारा गरिएको भगवान्‌को स्तुति र भगवान्‌ले दिनुभएको मार्गनिर्देशनको सुन्दर वर्णन छ। प्रलयकालको जलमा शयन गरिरहनुभएका भगवान् विष्णुको नाभिकमलबाट ब्रह्माजीको उत्पत्ति भयो। सुरुमा आफ्नो आधार नभेटेर ब्रह्माजी व्याकुल हुनुभयोतर लामो समयको तपस्यापछि उहाँले भगवान्‌को दर्शन पाउनुभयो। भगवान्‌को दिव्य स्वरूप देखेर ब्रह्माजीले उहाँको महिमाको स्तुति गर्न थाल्नुभयो। ब्रह्माजी भन्नुहुन्छ कि धेरै समयपछि मात्र उहाँले भगवान्‌लाई चिन्न सक्नुभयोजुन देहधारी जीवका लागि कठिन छ। उहाँ भगवान्‌लाई अवतारहरूको मूल बीज र सबै आनन्दको स्रोत मान्नुहुन्छ। ब्रह्माजीले स्वीकार गर्नुभयो कि भगवान् बाहेक संसारमा अर्को कुनै सत्य छैन र जे देखिन्छ त्यो मायाको प्रभाव मात्र हो। उहाँका अनुसारजो व्यक्ति भगवान्‌को कथा सुन्दैनऊ संसारको भय र लोभमा फसेर दुःख पाइरहन्छ। ब्रह्माजीले जीवहरूको भोकप्यास र क्रोधजस्ता कष्टहरू देखेर दयाभाव प्रकट गर्नुभयो। भगवान्‌ले भक्तको भावना अनुसार विभिन्न रूप धारण गर्ने कुरा स्तुतिमा उल्लेख छ। ब्रह्माजीले भगवान्‌लाई विश्ववृक्षको रूपमा चित्रण गर्नुभयोजसको मूल परमात्मा हुनुहुन्छ। उहाँले सृष्टिको कार्यमा आफूलाई अहङ्कार नहोस् भनेर भगवान्‌सँग आशीर्वाद माग्नुभयो। ब्रह्माजीको स्तुति सुनेर भगवान् विष्णु अत्यन्त प्रसन्न हुनुभयो। भगवान्‌ले ब्रह्माजीलाई विषाद र आलस्य त्यागेर सृष्टिको काममा लाग्न आज्ञा दिनुभयो। भगवान्‌ले भन्नुभयो कि उहाँले ब्रह्माजीलाई आवश्यक सबै ज्ञान र शक्ति पहिले नै दिइसक्नुभएको छ। उहाँले ब्रह्माजीलाई पुनः तपस्या र ज्ञानको अभ्यास गर्न प्रेरणा दिनुभयो। भगवान्‌ले यो रहस्य खोल्नुभयो कि उहाँ सबै प्राणीको हृदयमा अग्निवत् व्याप्त हुनुहुन्छ। जब जीवले आफूलाई भगवान्‌भन्दा अभिन्न देख्दछतब मात्र उसले मोक्ष प्राप्त गर्दछ। भगवान्‌ले ब्रह्माजीलाई आश्वासन दिनुभयो कि सृष्टि गर्दा पनि उहाँको मन भगवान्‌मा नै एकाग्र रहनेछ। ब्रह्माजीले भगवान्‌लाई निर्गुण र सगुण दुवै रूपमा बुझेकोमा भगवान्‌ले प्रशंसा गर्नुभयो। भगवान्‌ले यो स्तोत्रको महिमा बताउँदै यसको पाठ गर्नेलाई चाँडै प्रसन्न हुने वरदान दिनुभयो। भगवान्‌ले आफूलाई सबैभन्दा प्रिय र आत्माहरूको आत्मा भनी चिनाउनुभयो। अन्त्यमाभगवान्‌ले ब्रह्माजीलाई पूर्व कल्पमा जस्तै प्रजाहरूको रचना गर्न निर्देशन दिनुभयो। यसरी ब्रह्माजीको मोह हटाएर भगवान् अन्तर्ध्यान हुनुभयो। मैत्रेयजीले विदुरलाई यो कथा सुनाउँदै भगवान्‌को सर्वव्यापकता र कृपाको वर्णन गर्नुभयो। यो अध्यायले भक्त र भगवान्‌को सम्बन्धलाई गहिरोसँग प्रष्ट पारेको छ।

दार्शनिक पक्ष

यस अध्यायको मुख्य दर्शन 'अद्वैतर 'भक्तिको समन्वय हो। ब्रह्माजीले भगवान्‌लाई सबैको अन्तरात्मा र विश्वको मूल आधारका रूपमा चिनाउनुभएको छ। मायाको शक्तिले गर्दा एउटै परमात्मा अनेक रूपमा देखिने कुरालाई यहाँ दार्शनिक ढङ्गले बुझाइएको छ। 'जीवर 'ईश्वरको भिन्नता अज्ञानको उपज हो र ज्ञानले यो पर्दा हटाउँछ भन्ने सन्देश यसमा छ। 'काललाई भगवान्‌को यस्तो शक्तिका रूपमा हेरिएको छजसले संसारी जीवको आयु र आशालाई क्षणभरमै समाप्त गरिदिन्छ। भगवान्‌ले आफूलाई 'प्रियभन्दा पनि 'परम प्रियभन्नुभएको छकिनकि आत्माकै कारण अन्य सबै कुरा प्रिय लाग्दछन्। सृष्टिको कार्यलाई अहङ्काररहित कर्म (निष्काम कर्म) का रूपमा चित्रण गरिएको छ। 'तपर 'विद्यानै सत्यको खोजी गर्ने दुई प्रमुख माध्यम हुन्। भगवान् सगुण रूपमा उपासकको भावना अनुसार प्रकट भए पनि वास्तवमा उहाँ निर्गुण र विकाररहित हुनुहुन्छ। यस अध्यायले यो पुष्टि गर्दछ कि अन्तिम सत्य भनेको परमात्मामा पूर्ण शरणागति र प्रेम नै हो।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...