॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
एकादशस्कन्धः – सप्तमोऽध्यायः
श्रीमद्भागवत महापुराण
एकादशस्कन्धः – सप्तमोऽध्यायः
श्रीभगवानुवाच
यदात्थ मां महाभाग तच्चिकीर्षितमेव मे ।
ब्रह्मा भवो लोकपालाः स्वर्वासं मेऽभिकांक्षिणः ।। १ ।।
भगवान्ले भन्नुभयो– हे महाभाग उद्धव ! मलाई तिमी जे भनिरहेका छौ त्यसमा मेरो पनि इच्छा यस्तै छ । किनकि ब्रह्मा, शिव र लोकपाल सबैले मेरो वैकुण्ठ जानको लागि आशा राखेका छन् ।।१ ।।
मया निष्पादितं ह्यत्र देवकार्यमशेषतः ।
यदर्थमवतीर्णोऽहमंशेन ब्रह्मणार्थितः ।। २।।
ब्रह्माजीको प्रर्थना अनुसार मैले आफ्नो अंश बलरामजीका साथमा यहाँ आएर देवताहरुको सबै काम पुरा गरिसकेको छु ।।२।।
कुलं वै शापनिर्दग्धं नङ्क्ष्यत्यन्योन्यविग्रहात् ।
समुद्रः सप्तमेऽह्न्येतां पुरीं च प्लावयिष्यति ।। ३ ।।
यो यादवकुल ब्राह्मणका श्रापले डढिसकेको छ । आ यी सबै आपसी झैझगडा गरेर नष्ट हुनेछन् । आजको सात दिनमा समुद्रले यो द्वारकापुरीलाई डुबाउने छ ।।३।।
यद्येवायं मया त्यक्तो लोकोऽयं नष्टमङ्गलः ।
भविष्यत्यचिरात् साधो कलिनापि निराकृतः ।। ४ ।।
हे साधु उद्धव ! जुन दिन मैले यो लोक छाड्नेछु, त्यही दिनदेखि अमङ्गल हुनेछ र चाँडै नै कलियुगको साम्राज्य चल्नेछ ।।४।।
न वस्तव्यं त्वयैवेह मया त्यक्ते महीतले ।
जनोऽधर्मरुचिर्भद्र भविष्यति कलौ युगे ।। ५ ।।
मैले पृथ्वीलोकलाई छाडेपछि, तिमी पनि यो ठाउँमा बस्न हुँदैन किनकि कलियुगमा अधिकांश मनुष्यको रुचि अधर्मतर्फ हुनेछ ।।५ ।।
त्वं तु सर्वं परित्यज्य स्नेहं स्वजनबन्धुषु ।
मय्यावेश्य मनः सम्यक् समदृग् विचरस्व गाम् ।। ६ ।।
तिमीले त आफ्नो परिवारजन र बान्धवको सम्पूर्ण मायाको त्यागेर ममा नै मन लगाएर समदर्शी भएर पृथ्वीमा डुल्नु ।।६।।
यदिदं मनसा वाचा चक्षुभ्य श्रवणादिभिः ।
नश्वरं गृह्यमाणं च विद्धि मायामनोमयम् ।। ७ ।।
यो मन, वचन, नेत्र, कान आदिले जो जति ग्रहण गरिन्छ त्यसलाई तिमीले त्यो वस्तविक नभएर माया तथा मनले कल्पना भनेर जान ।।७।।
पुंसोऽयुक्तस्य नानार्थो भ्रमः स गुणदोषभाक् ।
कर्माकर्मविकर्मेति गुणदोषधियो भिदा । ८ ।।
जुन पुरुषको मन विक्षिप्त हुन्छ उसले अनेक थरी पदार्थ देख्दछ । तर त्यो भ्रम मात्र हो, र भ्रमले नै गुण र दोषको भेद छुट्टयाउँछ, गुण र दोषयुक्त
बुद्धिका भेददृष्टिले कर्म, अकर्म र विकर्मका भेद हुन्छन् ।।८।।
तस्माद् युक्तेन्द्रियग्रामो युक्तचित्त इदं जगत् ।
आत्मनीक्षस्व विततमात्मानं मय्यधीश्वरे ।। ९।।
त्यसैले इन्द्रियका समुदायहरूलाई आफ्नो वशमा राखी यो विस्तृत जगतलाई आफ्नो आत्मामा फैलएको अनुभव गर । त्यो आत्मालाई म परमात्मा ब्रह्ममा देख ।।१९।।
ज्ञानविज्ञानसंयुक्त आत्मभूतः शरीरिणाम् ।
आत्मानुभवतष्टात्मा नान्तरायैर्विहन्यसे ।। १० ।।
यदि तिमी वेदले बताएको ज्ञान र विज्ञानले पूर्ण भैसक्यौ भने सबै शरीरधारीका आत्मस्वरूप हुनेछौ र आत्म स्वरुपको अनुभूतिले शान्त हुनेछौ त्यतिबेला कुन विघ्नबाधाले पीडा गर्न सक्दैन ।।१०।।
दोषबुद्ध्योभयातीतो निषेधान्न निवर्तते ।
गुणबुद्ध्या च विहितं न करोति यथार्भकः ।। ११ ।।
आत्मज्ञान प्राप्त गरेर गुण र दोषबाट मुक्त भैसकेको मानिस बालकले झै कुनै दोष नदेखिकन गुणबुध्दिबिना नै कर्मको आचरण गर्दछ ।।११ ।।
सर्वभूतसुहृच्छान्तो ज्ञानविज्ञाननिश्चयः ।
पश्यन् सदात्मकं विश्वं न विपद्येत वै पुनः ।। १२ ।।
जो पुरुष भगवान्को साक्षात्कार गर्दछ उसले सबै प्राणीमा मित्रता गर्ने, शान्त, ज्ञान विज्ञानमा अटल विश्वास गर्ने हुन्छ । यो संसारलाई भगवान्को स्वरूप देख्ने हुन्छ । यस्तो ब्यक्तिले फेरि जन्म मृत्यको चक्ररुप यस संसारमा आइरहनु पर्दैन ।।१२।।
श्रीशुक उवाच
इत्यादिष्टो भगवता महाभागवतो नृप ।
उद्धवः प्रणिपत्याह तत्वजिज्ञासुरच्युतम् ।। १३ ।।
श्री शुकदेवले भन्नुभयो– हे राजन् ! यसरी भगवान् बाट यस्तो उपदेश प्राप्त गरेपछि उद्धदले भगवद्भक्त उद्धवले भगवान्लाई प्रणाम गरी भन्न लागे ।।१३।।
उद्धव उवाच
योगेश योगविन्यास योगात्मन् योगसम्भव ।
निःश्रेयसाय में प्रोक्तस्त्यागः संन्यासलक्षणः ।। १४ ।।
उद्धवले भने– हे योगेश ! हजुरले नै योगको फल दिनुहुन्छ । हजुर योगीहरुका विशेष सम्पत्ति हुनुहुन्छ । हजुर योगमा नै आफ्नो स्वरुपलाई प्रकट गर्नु हुन्छ । हजुरबाटै योग उत्पत्ति भएको हो त्यसैले मेरो कल्याणकोलागि सन्यास स्वरुप कर्मत्यागको लक्षण बताउनुभयो ।।१४।।
त्यागोऽयं दुष्करो भूमन् कामानां विषयात्मभिः ।
सुतरां त्वयि सर्वात्मन्नभक्तैरिति मे मतिः ।। १५ ।।
हे भूमन् ! जो मानिस विषयमा आसक्त भएका हुन्छन् त्यस्ता ब्यक्तिका लागि विषयको त्याग सर्वथा असम्भव हुन्छ । हे सर्वात्मन् ! त्यसमा पनि जसले हजुरमा भक्ति नै गर्दैनन् उसका लागि त यो काम झन् कठिन छ, भन्ने मलाई लाग्दछ ।।१५।।
सोऽहं ममाहमिति मूढमतिर्विगाढ–
स्त्वन्मायया विरचितात्मनि सानुबन्धे ।
तत्वञ्जसा निगदितं भवता यथाहं
संसाधयामि भगवन्ननुशाधि भृत्यम् ।। १६ ।।
हे भगवन् ! त्यो म त अत्यन्त मूर्ख बुद्धि र परिवारले युक्त भएको छु । हजुरको मायाद्वारा निर्मित यो शरीर, स्त्री पुत्र आदिमा मेरो मन चुर्लुम्म डुबेको छु । म हजुरको सेवक हुँ त्यसैले हजुरले भनेको कुरा म जसरी सजिलै बुझ्न सक्तछु त्यसैगरी बुझाउनुहोस् ।।१६।।
सत्यस्य ते स्वदृश आत्मन आत्मनोऽन्यं
वक्तारमीश विबुधेष्वपि नानुचक्षे ।
सर्वे विमोहितधियस्तव माययेमे
ब्रह्मादयस्तनुभृतो बहिरर्थभावाः ।। १७ ।।
हे प्रभु ! मलाई सत्यस्वरूप आत्मज्ञानको विषयमा बताउने हजुरदेखि अर्को देवताहरूमा पनि देख्तिन । मानिसको त कुरै भएन । किनकि ब्रह्म विषयमा बुद्धि लगाउन ब्रह्मा आदि देवताहरू हजुरको मायाद्वारा यी सबै मोहमा परेर सबै सत्य ठान्दछन् ।।१७।।
तस्माद् भवन्तमनवद्यमनन्तपारं
सर्वज्ञमीश्वरमकुण्ठविकुण्ठधिष्ण्यम् ।
निर्विण्णधीरहमु ह वृजिनाभितप्तो
नारायणं नरसखं शरणं प्रपद्ये ।। १८ ।।
हे भगवान् ! त्यसकारण दुःखरुप दावाग्निले जलेर पीडित भएकोले खिन्नचित्त भएको म सर्वदोषसून्य अनन्त, अपार, सर्वज्ञ, सर्वसमर्थ, अविनाशी वैकुण्ठ नै वासस्थान गर्नुहुने, नर अर्थात् जीवात्मा साथी हुनुभएको नारायणस्वरूप हजुरको शरण पर्दछु ।। १८ ।।
श्रीभगवानुवाच
प्रायेण मनुजा लोके लोकतत्वविचक्षणाः ।
समुद्धरन्ति ह्यात्मानमात्मनैवाशुभाशयात् ।। १९ ।।
श्री भगवान्ले भन्नुभयो– हे उद्धव ! संसारमा लोकतत्वलाई जान्ने मानिसहरूले आफ्नो विवेक शक्तिले यस संसारमा के भर्ईरहेको छ भन्ने बुझ्दछन् र सबै किसिमको अशुभ वासनाबाट टाढा रहन्छन् ।।१९।।
आत्मनो गुरुरात्मैव पुरुषस्य विशेषतः ।
यत् प्रत्यक्षानुमानाभ्यां श्रेयोऽसावनुविन्दते ।। २० ।।
खासमा मानिसले आफ्नो हित हुने कुरा आफैं गर्नु पर्दछ । किनकि आफ्नो आफ्नो हित चाहाने गुरु स्वयं आफ्नो आत्मा हो । किनकि मनुष्यले प्रत्यक्ष र अनुमानद्वारा आफ्नो कल्याण साधन मोक्ष प्राप्त गर्दछ ।।२०।।
पुरुषत्वे च मां धीराः सांख्ययोगविशारदाः ।
आविस्तरां प्रपश्यन्ति सर्वशक्त्युपबृंहितम् ।। २१ ।।
मनुष्यमा पनि सांख्य योगजो प्रकृति र पुरुषको विषयमा निपुण भएका ब्यक्तिले सर्वशक्ति सम्पन्न आत्मस्वरुप मलाई राम्रोसँग देख्तछन् ।।२१।।
एकद्वित्रिचतुष्पादो बहुपादस्तथापदः ।
बह्वयः सन्ति पुरः सृष्टास्तासां मे पौरुषी प्रिया ।। २२ ।।
सृष्टिको क्रममा एक, दुई, तीन वा चार खुट्टा भएका, कुनै हुने, धेरै खुट्टा भएका र कुनै त खुट्टा नै नहुने धेरै प्रकारका प्राणीहरू पहिले सृष्टि भएका छन्, नै ती मध्ये मलाई मनुष्य नै प्यारो लाग्दछ ।।२।।
अत्र मां मार्गयन्त्यद्धा युक्ता हेतुभिरीश्वरम् ।
गृह्यमाणैर्गुणैलिंङ्गैरग्राह्यमनुमानतः ।। २३ ।।
यो मनुष्यको योनीमा एकाग्र चित्त भएका संयमी मानिसले तीक्ष्ण बुद्धिद्वारा, अनुमान हेतुद्वरा प्राप्त गर्न नसकिने म ईश्वरलाई आफैं नै खोज्न सक्तछन् र अनुभव गर्न पनि सक्दछन् ।।२३।।
अत्राप्युदाहरन्तीममितिहासं पुरातनम् ।
अवधूतस्य संवादं यदोरमिततेजसः ।। २४ ।।
यस विषयमा पनि परम तेजस्वी यदु राजाको र अवधूत दतात्रेयको बीचमा भएको संवाद पुरानो इतिहासको उदाहरण दिन्छु ।। २४ ।।
अवधूतं द्विजं कञ्चिच्चरन्तमकुतोभयम् ।
कविं निरीक्ष्य तरुणं यदुः पप्रच्छ धर्मवित् ।। २५ ।।
एकपटक धर्मका ज्ञात राजा यदुले एक त्रिकालदर्शी अवधूत अवधूत स्वरूप ब्राह्मणलाई निभर्य भएर डुल्दै गरेका देखेर धर्मात्मा राजा यदुले साधे ।।२५।।
यदुरुवाच
कुतो बुद्धिरियं ब्रह्मन्नकर्तुः सुविशारदा ।
यामासाद्य भवल्लिोकं विद्वांश्चरति बालवत् ।। २६ ।।
यदुराजाले भने हे ब्रह्मन् ! तपाई कर्म त गर्नु हुन्न तापनि तपाईमा यस्तो निपुण बुद्धि कसरी भयो, जुन बुद्धि पाएर तपाईं विद्वान् पनि बालक जस्तो गरेर संसार भ्रमण गर्नुहुन्छ ।। २६ ।।
प्रायो धर्मार्थकामेषु विवित्सायां च मानवाः ।
हेतुनैव समीहन्ते आयुषो यशसः श्रियः ।। २७ ।।
मानिसहरू प्रायः गरेर आयु, कीर्ति र ऐश्वर्यको चाहनाले नै धर्म, अर्थ र तत्व जिज्ञासा प्राप्तिमा लाग्दछन् ।।२७।।
त्वं तु कल्पः कविर्दक्षः सुभगोऽमृतभाषणः ।
न कर्ता नेहसे किञ्चिज्जडोन्मत्तपिशाचवत् ।। २८ ।।
हजुर त समर्थ विद्वान्, सिपालु, राम्रो र मीठो बोल्ने भएर पनि मूर्ख, पागल र पिशाच जस्तो न केही गर्नुहुन्छ, न केही चाहनुहुन्छ ।।२८।।
जनेषु दह्यमानेषु कामलोभदवाग्निना ।
न तप्यसेऽग्निना मुक्तो गङ्गाम्भः स्थ इव द्विपः ।। २९ ।।
काम, लोभ आदि आगाले डढ्न लागेका मानिस भएको ठाउँमा गङ्गाजलमा बसेको हात्ती जस्तै तपाईं आगाबाट मुक्त भएर सन्तप्त हुनुहुन्न ? ।।२९।।
त्वं हि नः पृच्छतां ब्रह्मन्नात्मन्यानन्दकारणम् ।
ब्रूहि स्पर्शविहीनस्य भवतः केवलात्मनः ।। ३० ।।
हे ब्रह्मन् ! हजुर स्त्री पुत्र आदिको स्पर्श नगर्ने हुनुभएको आत्मस्वरूपमा मात्र बस्ने हजुरको आत्मामा नै रमाउने कारण के हो ? आत्मामा नै अनिवर्चनीय आनन्दको अनुभव कसरी हुन्छ ? हामी सोधेको यस बिष्यमा बताउनुहोस् ।।३०।।
श्रीभगवानुवाच
यवनैवं महाभागो ब्रह्मण्येन सुमेधसा ।
पृष्टः सभाजितः प्राह प्रश्रयावनतं द्विजः ।। ३१ ।।
भगवान्ले भन्नुभयो– ब्राह्मणभक्त र बुद्धि भएका राजा यदुले यसरी विनम्र भएर सोधेपछि महाभाग दतात्रेयले खुसी भएर यसप्रकार भन्न लागे ।। ३१ ।।
ब्राह्मण उवाच
सन्ति मे गुरवो राजन् बहवो बुद्ध्युपाश्रिताः ।
यतो बुद्धिमुपादाय मुक्तोऽटामीह ताञ्छृणु ।। ३२ ।।
ब्राह्मणले भने– हे राजा यदु मेरो बुद्धिले मानेका मेरा धेरै गुरुहरू छन्, तिनैबाट बुद्धिद्वारा प्राप्त गरेको ज्ञानको सहायताले म तीनै किसिमको तापबाट भई यस संसारमा घुम्दछु । मेरा जुन गुरुहरु छन् तिनको नाम सुन्नुहोस् ।।३२।।
पृथिवी वायुराकाशमापोऽग्निश्चन्द्रमा रविः ।
कपोतोऽजगरः सिन्धुः पतङ्गो मधुकृद् राजः ।। ३३ ।।
मधुहा हरिणो मीनः पिङ्गला कुररोऽर्भकः ।
कुमारी शरकृत् सर्प ऊर्णनाभिः सुपेशकृत् ।। ३४ ।।
मेरा गुरुका नाम यस प्रकार छ, पृथ्वी, वायु, आकाश, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा, अजिंगर, समुद्र, पुतली, मौरी, हात्ती, मह काढ्ने मानिस, मिर्ग, माछो, पिङ्गला वेश्या, कुररी पक्षी, बालक, कुमारी, हतियार बनाउने, सर्प, माकुरो र कुमाल्कोटी कीरो ।।३३–३४।।
एते मे गुरवो राजंश्चतुर्विंशतिराश्रिताः ।
शिक्षा वृत्तिभिरेतेषामन्वशिक्षमिहात्मनः ।। ३५ ।।
हे राजन्, मैले छानेका यी चौबीस गुरुहरू हुन्, यिनीहरूको आचरण, व्यवहारबाट राम्रा नराम्रा कुराको शिक्षा लिई यो लोकमा आफ्ना लागि शिक्षा लिएं ।।३५।।
यतो यदनुशिक्षामि यथा वा नाहुषात्मज ।
तत्तथा पुरुषव्याघ्र निबोध कथयामि ते ।। ३६ ।।
हे ययातीका पुत्र ! जोसित, जसरी जे सिकें हे पुरुष श्रेष्ठ तपाईलाई भन्दछु, सुन्नुहोस् ।।३६।।
भूतैराक्रम्यमाणोऽपि धीरो दैववशानुगैः ।
तद्विद्वान्न चलेन्मार्गादन्वशिक्षं क्षितेव्र्रतम् ।। ३७ ।।
अनेक किसिमका जीवद्वरा पीडा पाउदा पनि धीर पुरुष आफ्नो कर्तव्यबाट पछि हट्तैन अर्थात् निन्दा र कष्टको विचार गर्दैन भने त्यो विद्वान् हो । यस्तो शिक्षा मैले पृथिवीबाट सिकें ।।३७।।
शश्वत्परार्थसर्वेहः परार्थैकान्तसम्भवः ।
साधुः शिक्षेत भूभृत्तो नगशिष्यः परात्मताम् ।। ३८ ।।
सधैं परोपकारको लागि सोच्ने र अर्काकै लागि काम गर्ने अर्काको लागि सुम्पिदिने यो शिक्षा पर्वत र वृक्षबाट लिएको छु ।। ३८ ।।
प्राणवृत्यैव सन्तुष्येन्मुनिर्नैवेन्द्रियप्रियैः ।
ज्ञानं यथा न नश्येत नावकीर्येत वाङ्मनः ।। ३९ ।।
मुनिजनहरू प्राणरूप वायुलाई धान्न सक्ने गरी खानाले मात्र सन्तुष्ट हुन्छन् त्यस बाहेक इन्द्रियको रुचिमा मन लगाउदैनन् । जुन भोजन गर्नाल ज्ञान नष्ट नहोस् र वचन र मन विकृति नहुन् भन्ने चाहन्छन् ।।३९।।
विषयेष्वाविशन् योगी नानाधर्मेषु सर्वतः ।
गुणदोषव्यपेतात्मा न विषज्जेत वायुवत् ।। ४० ।।
योगीपुरुषहरु सुख दुःख, गुण दोष आदिको परवाह नगरीकन सबै विषयभोग गरोस् तर वायु जस्तै सबैतीर फैलिदा पनि कसैमा आशक्त नबनोस् ।।४०।।
पार्थिवेष्विह देहेषु प्रविष्टस्तद्गुणाश्रयः ।
गुणैर्न युज्यते योगी गन्धैर्वायुरिवात्मदृक् ।। ४१ ।।
जस्तो वायुले सुगन्ध, दुर्गन्ध सबै गुण लिएर पनि त्यो गुणमा आसक्त नभई अलग रहन्छ, त्यसैगरी आत्मज्ञानी योगीहरु पनि यो पार्थिव शरीरमा बसेर
शरीरका गुण बाल्य, यौवन आदि गुणमा बसेर पनि त्यसमा आसक्त भएको हुदैन ।।४१।।
अन्तर्हितश्च स्थिरजङ्गमेषु
ब्रह्मात्मभावेन समन्वयेन ।
व्याप्त्याव्यवच्छेदमसङ्गमात्मनो
मुनिर्नभस्त्वं विततस्य भावयेत् ।। ४२ ।।
जसरी व्यापक आकाश, घडा आदि सबैतिर पुगेर पनि व्याप्तिरूप घडा आदिसँग अपरिच्छिन्न, असङ्ग छ, त्यसैगरी स्थावर र जङ्गमको शरीरभित्र ब्रह्मात्मभावले मिलेर बसेको व्यप्तिरूप शरीरसँग आत्माको अपरिच्छिन्न, असङ्गको भावना मुनिले गर्नुपर्दछ ।।४२।।
तेजोऽबन्नमयैर्भावैर्मेघाद्यैर्वायुनेरितैः ।
न स्पृश्यते नभस्तद्वत् कालसृष्टैर्गुणैः पुमान् ।। ४३ ।।
जसरी वायुद्वारा ल्याएको वादल धुवाँ धुलोले आदिले आकाशलाई ढाके पनि आकाश ती सबैदेखि अलगै हुन्छ तिनीहरू टाँसिदैनन् त्यसरी नै कालद्वारा बनेका अहङ्कारादि गुणहरूसँग आत्माको कुनै सम्बन्ध नभएकोले अलगै हुन्छ ।।४३।।
स्वच्छः प्रकृतितः स्निग्धो माधुर्यस्तीर्थभूर्नृणाम् ।
मुनिः पुनात्यपां मित्रमीक्षोपस्पर्शकीर्तनैः ।। ४४ ।।
निर्मल मीठो बोलीहुनु, कोमल हुनु मनुष्यको लागि तीर्थरूप, जल पवित्र भएजस्तै मानिसका लागि पनि कोमल, मृदुभाषी हुनु जलको जस्तै दर्शन, स्पर्शन र कीर्तनले ब्यक्तिहरूलाई पवित्र गराउँछन्, यो गुण जलबाट सिकेको छु ।। ४४ ।।
तेजस्वी तपसा दीप्तो दुर्धर्षोदर भाजनः ।
सर्वभक्षोऽपि युक्तात्मा नादत्ते मलमग्निवत् ।। ४५ ।।
हे राजा मैले अग्निबाट यो शिक्षा लिएको छु कि अग्नि तेजस्वी हुन्छ । त्यसरी नै तपस्याद्वारा प्रकाशित, क्षुब्ध नहुने, भेटेको सबै पेटमा हाल्ने संचय नगर्ने, सर्वभक्षी भएर पनि चित्त संयम् भएका योगी अग्नि जस्तै हुन्छन् ।।४५।।
क्वचिच्छन्नः क्वचित् स्पष्ट उपास्यः श्रेय इच्छताम् ।
भुङ्क्ते सर्वत्र दातृणां दहन् प्रागुत्तराशुभम् ।। ४६ ।।
अग्निबाट पनि अर्को शिक्षा लिएको छु । अग्नि कहीं प्रकट हुन्छ त कही अप्रकट भएर कल्याण चाहनेको उपास्य हुन्छ । र आफुलाई हविष्य दिने मनुष्यका भूतकालका र भविष्यत्कालका पाप डढाउँदै सबैतिर खान्छन् ।।४६।।
स्वमायया सृष्टमिदं सदसल्लक्षणं विभुः ।
प्रविष्ट ईयते तत्तत्स्वरूपोऽग्निरिवैधसि ।। ४७ ।।
जसरी अग्नि सानो ठूलो काठ फलाम जेभित्र बसेका छन्, त्यस्तै बाहिर रूप देखिन्छ, त्यस्तै सर्व व्यापक भगवान् पनि यो आफ्नो मायाद्वारा सृष्टि गरिएको स्थावर जंगम आदिमा पसेर वहाँ त्यही त्यही रूपमा देखिनुहुन्छ यो अग्निबाट सिकें ।। ४७ ।।
विसर्गाद्याः श्मशानान्ता भावा देहस्य नात्मनः ।
कलानामिव चन्द्रस्य कालेनाव्यक्तवत्र्मना ।। ४८ ।।
मैले चन्द्रमासंग यो शिक्षा लिएको छु कि जसको गतिको बारेमा थाहा नै हुदैन उसै कालको प्रभावले चन्द्रमा कहिले घट्ने कहिले बढ्ने गर्दछ । तर वस्तवमा चन्द्रमा न कहिले घट्छ न कहिले बढ्दछ । त्यसरी नै जन्मदेखि मृत्यु सम्म हुने सबै अवस्था शरीरको हो आत्माको त्यसमा कुनै सम्बन्ध हुदैन ।।४८।।
कालेन ह्योघवेगेन भूतानां प्रभवाप्ययौ ।
नित्यावपि न दृश्येते आत्मनोऽग्नेर्यथार्चिषाम् ।। ४९ ।।
जसरी आगोको ज्वाला एकपछि अर्को गर्दै आउने जाने निरन्तर भैरहन्छ, त्यसैगरी कालरूपी ठूलो वेगद्वारा जीवसँग सम्बन्ध राख्ने प्राणीहरूको जन्मनु र मर्नु निरन्तर भैरहेपनि देख्न सकिदैन, यो चन्द्रमाबाट सिकें ।। ४९ ।।
गुणैर्गुणानुपादत्ते यथाकालं विमुञ्चति ।
न तेषु युज्यते योगी गोभिर्गा इव गोपतिः ।। ५० ।।
सूर्यले आफ्नो किरणद्वारा पानी लिन्छन् र कुनै समयमा छाडिदिन्छन्, त्यसैगरी योगी इन्द्रियद्वारा विषय ग्रहण गर्दछन् र छोडि पनि दिन्छन्, ती विषयमा आसक्त हुँदैनन् यो गुण सूर्यबाट सिकें ।। ५० ।।
बुध्यते स्वे न भेदेन व्यक्तिस्थ इव तद्गतः ।
लक्ष्यते स्थूलमतिभिरात्मा चावस्थितोऽर्कवत् ।। ५१ ।।
जसरी मन्द बुद्धि भएका ब्यक्तिले बिभिन्न जलका भाँडामा सूर्यलाई फरक फरक अवस्थामा देख्दछ । तर सूर्य एकै हुन्छन् । त्यसरी नै आत्मा एकै हो तर भिन्न भिन्न ब्यक्तिमा अलग अलग भएको जस्तो देख्छन् तर आत्मस्वरूपमा रहेका ज्ञानीले आत्मा यौटै हो भन्ने ठानी फरक बुद्धि राख्तैनन् ।।५१।।
नातिस्नेहः प्रसङ्गो वा कर्तव्यः क्वापि केनचित् ।
कुर्वन् विन्देत सन्तापं कपोत इव दीनधीः ।। ५२ ।।
कसैले कहिल्यै पनि कसैसित पनि धेरै प्रेम र आसक्ति गर्न हुँदैन, यदि गर्दछ भने त्यो विवेकहीन हुन्छ । उसले परृवाले जस्तै दुःख पाउँछ । यो गुण परेवाबाट सिकें ।। ५२ ।।
कपोतः कश्चनारण्ये कृतनीडो वनस्पतौ ।
कपोत्या भार्यया सार्धमुवास कतिचित् समाः ।। ५३ ।।
कुनै जङ्गलमा यौटा परेवा रुखमा गुँड बनाएर आफ्नी प्यारी परेवी सहित भएर धेरै समयदेखि बसेको थियो ।।५३।।
कपोतौ स्नेहगुणितहृदयौ गृहधर्मिणी ।
दृष्टिं दृष्ट्याङ्गमङ्गेन बुद्धिं बुद्ध्या बबन्धतुः ।। ५४ ।।
गृहस्थ सुखमा मग्न भएका र परस्पर प्रेममा बाँधिएका ती परेवा र परेवी दृष्टिले दृष्टिसित, शरीरले शरीरसित, बुद्धिले बुद्धिसित एक आपसमा बाँधिएका थिए ।।५४।।
शय्यासनाटनस्थानवार्ताक्रीडाशनादिकम् ।
मिथुनीभूय विस्रब्धौ चेरतुर्वनराजिषु ।। ५५ ।।
ती दुई भालेपोथी परेवा परस्परको विश्वासले सुत्ने, बस्ने, घुम्ने, कुरा गर्ने, खेल्ने, खाने आदि काम दुवै मिलेर सँगै गर्दथे ।।५५।।
यं यं वाञ्छति सा राजंस्तर्पयन्त्यनुकम्पिता ।
तं तं समनयत् कामं कृच्छ्रेणाप्यजितेन्द्रियः ।। ५६ ।।
हे राजा ! यसरी त्यो परेवीले आफ्ना पतिलाई खुसी पारेकी थिइ । त्यसैले त्यो परेवीको इन्द्रिया वशमा परेको दुःख गरेर भएपनि परेवीले चाहेका कुरा ल्याइदिन्थ्यो ।। ५६ ।।
कपोती प्रथमं गर्भं गृह्णती काल आगते ।
अण्डानि सुषुवे नीडे स्वपत्युः सन्निधौ सती ।। ५७ ।।
केही समयपछि परेवीले पहिलो गर्भधारण गरर र आफ्ना पतिको नजिकै गुँडमा फुल पारी ।। ५७ ।।
तेषु काले व्यजायन्त रचितावयवा हरेः ।
शक्तिभिर्दुर्विभाव्याभिः कोमलाङ्गतनूरुहाः ।। ५८ ।।
समय पुगेपछि ती फुलमा भगवान्को नजानिने शक्तिद्वारा कोमल शरीरक अङ्ग र रौं उम्रिएका चल्ला उत्पन्न भए ।। ५८ ।।
प्रजाः पुपुषतुः प्रीतौ दम्पती पुत्रवत्सला ।
शृण्वन्तौ कूजितं तासां निर्वृतौ कलभाषितैः ।। ५९ ।।
ती चल्लाले गरेको शब्द सुन्दै, कलकल गर्ने बोलिमा आनन्दित भएर बच्चामा प्रेम गर्ने ती परेवा दम्पती ज्यादै खुशी भएर बच्चाको पालनपोषण गर्न लागे ।।५९।।
तासां पतत्त्रैः सुस्पर्शैः कूजितैर्मुग्धचेष्टितैः ।
प्रत्युद्गमैरदीनानां पितरौ मुदमापतुः ।। ६० ।।
ती बच्चाको पखेटाको कोमल स्पर्शले मुग्ध पार्ने बाल्य चेष्टायुक्त शब्दले र यताउती हिंड्ने चलमलाउने गर्दा परेवा परेवी आनन्दित हुन्थे ।। ६०।।
स्नेहानुबद्धहृदयावन्योन्यं विष्णुमायया ।
विमोहितौ दीनधियौ शिशून् पुपुषतुः प्रजाः ।। ६१ ।।
भगवान्को मायाले मोहित भएका परेका, परस्परमा प्रेममा बाँधिएका, सन्तान पालनमा चिन्ता गर्ने भएपनि ती परेवा परेवी आफ्ना बच्चाहरुलाई राम्रोसंग पालन पोषण गर्दथे ।। ६१।।
एकदा जग्मतुस्तासामन्नार्थं तौ कुटुम्बिनौ ।
परितः कानने तस्मिन्नर्थिनौ चेरतुश्चिरम् ।। ६२ ।।
एकदिन ती दम्पती बच्चाको लागि चारो खोज्न जङ्गलमा गए र चारो खोज्दा खोज्दै धेरै समयसम्म यताउता घुम्दैरहे ।। ६२ ।।
दृष्ट्वा ताल्लुब्धकः कश्चिद् यदृच्छातो वनेचरः ।
जगृहे जालमातत्य चरतः स्वालयान्तिके ।। ६३ ।।
त्यसैै बखतमा वनमा घुम्दै आएको यौटा ब्याधाले आफ्नो गुँड वरिपरि डुलिरहेका परेवाका बच्चा देखेर जाल फिंजाएर ती बच्चालाई जालमा हाल्यो ।। ६३ ।।
कपोतश्च कपोती च प्रजापोषे सदोत्सुकौ ।
गतौ पोषणमादाय स्वनीडमुपजग्मतुः ।। ६४ ।।
त्यति नै बेला सन्तान पालनको लागि जङ्गल गएका परेवा परेवी पनि चारो लिएर आफ्नो गुँडमा फर्केर आए ।। ६४।।
कपोती स्वात्मजान् वीक्ष्य बालकाञ्जालसंवृतान् ।
तानभ्यधावत् क्रोशन्ती क्रोशतो भृशदुःखिता ।। ६५ ।।
परेवीले जालमा परेका र ज्यादै कष्टले छट्पटाएर कराइरहेका आफ्ना बच्चाहरूलाई देखेर दुःखी भएर रुँदै बच्चाको नजिकै पुगी ।।६५।।
सासकृत्स्नेहगुणिता दीनचित्ताजमायया ।
स्वयं चाबध्यत शिचा बद्धान् पश्यन्त्यपस्मृतिः ।। ६६ ।।
सधैं नै प्रेमबन्धनमा बाँधिएकी ईश्वरीय मायाले गर्दा म पनि जालमा पर्न सक्छु भन्ने उसलाई ज्ञान भएन । बच्चाको मायाले त्यहीं जाँदा परेवी पनि पनि जालले बाँधिई ।। ६६ ।।
कपोतश्वात्मजान् बद्धानात्मनोऽप्यधिकान् प्रियान् ।
भायां चात्मसमां दीनो विललापातिदुःखितः ।। ६७ ।।
त्यो देखेर परेवा पनि प्राणभन्दा प्यारा आफ्ना बच्चालाई र आफु समान भएकी पत्नीलाई जालमा बाँधिएको देखेर ज्यादै दुःखी भएर विलाप गर्नलाग्यो ।।६७ ।।
अहो मे पश्यतापायमल्पपुण्यस्य दुर्मतेः ।
अतृप्तस्याकृतार्थस्य गृहस्त्रैवर्गिको हतः ।। ६८ ।।
कस्तो आश्चर्य छ, दुर्बुद्धि हुने म अभागीको विनाशको अवस्था हेर । लौकिक सुख पूर्ण नहुँदै र परलोकको लागि पनि केही गर्न नपाईकन मेरो धर्म, अर्थ र कामको साधन भएको घर आज नष्ट भयो ।। ६८ ।।
अनुरूपानुकूला च यस्य मे पतिदेवता ।
शून्ये गृहे मां सन्त्यज्य पुत्रैः स्वर्याति साधुभिः ।। ६९ ।।
मेरी पत्नी मेरो अनुकुलकी थिई, मेरो आज्ञालाई मान्ने पतिव्रता थिई । आज मलाई तिनले यो शून्य घरमा मलाई एक्लै छाडेर आफ्ना छोराहरूका साथमा स्वर्गमा जाँदैछिन् ।।६९।।
सोऽहं शून्ये गृहे दीनो मृतदारो मृतप्रजः ।
जिजीविषे किमर्थं वा विधुरो दुःखजीवितः ।। ७० ।।
पत्नी र बच्चा मरेका, दुःखी, पत्नी विहीन भएर म यस्तो शून्य घरमा दुःखी जीवन बिताउन के को लागि बाँच्न चाहनु ।।७०।।
तांस्तथैवावृताञ्छिग्भिर्मृत्युग्रस्तान् विचष्टतः ।
स्वयं च कृपणः शिक्षु पश्यन्नप्यबुधोऽपतत् ।। ७१ ।।
हे राजा ! यसरी जालले बाँधिएका, विहोस भएर मर्न लागेका पत्नी र बच्चालाई देखेर त्यो मुर्ख र बुद्धिहीन परेवा आफैं पनि त्यसैगरी जालमा पर्यो ।।७१ ।।
तं लब्ध्वा लुब्धकः क्रूरःतं गृहमेधिनम् ।
कपोतकान् कपोतीं च सिद्धार्थः प्रययौ गृहम् ।।७२।।
त्यो निर्दयी गृहस्थी व्याधाले भएको त्यो परेवा, परेवी र तिनका बच्चहरुलाई पाएर आफूले चाहेजस्तो भयो भन्ने ठानी लाग्यो ।।७२ ।।
एवं कुटुम्ब्यशान्तात्मा द्वन्द्वारामः पतत्त्रिवत् ।
पुष्णत् कुटुम्बं कृपणः सानुबन्धोऽवसीदति ।। ७३ ।।
यसरी जो परिवारको मोह र आसक्तिमा परेका मानिस मानिस अशान्त चित्त भएको सुखदुःखादि द्वन्द्वले पीडित, त्यस्तो बुद्धिहीन व्यक्ति परिवारको पालन गर्दै त्यही परेवा जस्तो परिवार सहित दुःख पाउँछ उसलाई शान्ति कहिले पनि मिल्दैन ।।७३ ।।
यः प्राप्य मानुषं लोकं मुक्तिद्वारमपावृतम् ।
गृहेषु खगवत् सक्तस्तमारूढच्युतं विदुः ।। ७४ ।।
यो मानव शरीर मुक्तिको खुला ढोका हो । जसले मनुष्यको जन्म पाएर पनि त्यै परेवाजस्तो घर व्यवहारमा आसक्त छ भने त्यो त्यसलाई मुक्तिमार्ग बाट पतन भई खसेको भनेर भन्दछन् ।।७४।।
इति श्रीमद्भागवते महापुराणे परमहंस्यां सहितायामेकादशस्कन्धे सप्तमोध्यायः ।। ७ ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment