श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - एकादशोऽध्यायः
श्रीशुक उवाच -
(इंद्रवज्रा) श्रुत्वेहितं साधु सभासभाजितं
महत्तमाग्रण्य उरुक्रमात्मनः ।
युधिष्ठिरो दैत्यपतेर्मुदा युतः
पप्रच्छ भूयस्तनयं स्वयम्भुवः ॥ १ ॥
सुकदेवजीले भन्नुभयो–
भगवान्का परमभक्त प्रल्हादको यस्तो पवित्र चरित्र सुनेर युधिष्ठिरलाई धेरै आनन्द आयो । त्यसपछि फेरी उनले नारद संग भने ।।१।।
युधिष्ठिर उवाच -
(अनुष्टुप्)
भगवन् श्रोतुमिच्छामि नृणां धर्मं सनातनम् ।
वर्णाश्रमाचारयुतं यत् पुमान् विन्दते परम् ॥ २ ॥
युधिष्ठिरले भने–
अब म मानिसहरुको वर्णाश्रम धर्म र सदाचार धर्मको बारेमा सुन्न चाहान्छु । जुन सुन्नाले मानिसलाई सहजै ज्ञान, भक्ति र साक्षत भगवान्को दर्शन प्राप्त हुन्छ ।।२।।
भवान् प्रजापतेः साक्षात् आत्मजः परमेष्ठिनः ।
सुतानां सम्मतो ब्रह्मन् तपोयोगसमाधिभिः ॥ ३ ॥
नारद ! तपाई स्वयं ब्रह्माका छोरा हुनुहुन्छ । योग र समाधिले गर्दा तपाई आफ्ना पिताबाट अरु छोरा भन्दा बढि सम्मानित हुनुहुन्छ ।।३।।
नारायणपरा विप्रा धर्मं गुह्यं परं विदुः ।
करुणाः साधवः शान्ताः त्वद्विधा न तथापरे ॥ ४ ॥
भगवान्को गुप्त रहस्यको बारेमा जान्ने र बताउन सक्ने तपाई समान दयालु अरु कोहि छैनन ।।४।।
नारद उवाच -
नत्वा भगवतेऽजाय लोकानां धर्महेतवे ।
वक्ष्ये सनातनं धर्मं नारायणमुखात् श्रुतम् ॥ ५ ॥
योऽवतीर्यात्मनोंऽशेन दाक्षायण्यां तु धर्मतः ।
लोकानां स्वस्तयेऽध्यास्ते तपो बदरिकाश्रमे ॥ ६ ॥
नारदले भन्नुभयो–
युधिष्ठिर ! सबै धर्मको मूल कारण स्वयं अजन्मा भगवान् नै हुनुहुन्छ । सारा जगतको कल्याणका निम्ति वहाँ दक्षकी पुत्री मुर्तिद्वारा आफ्नो अंशावतारले प्रकट भएर वद्रिकाश्रममा तपस्या गरिरहनु भएको छ । म वहाँ नारायण भगवान्लार्ई नमस्कार गरेर सो बारेमा बताउदछु ।।५।६।।
धर्ममूलं हि भगवान् सर्ववेदमयो हरिः ।
स्मृतं च तद्विदां राजन् येन चात्मा प्रसीदति ॥ ७ ॥
युधिष्टिर ! वेद स्वयं भगवान् नारायणको रूप हो सबै तत्वलार्ई जान्ने महर्षिहरुको स्मृतिबाट प्राप्त हुने तत्व जसबाट यो आत्मा प्रशन्न हुन्छ त्यहि रूपमा उपलब्धी हुने कर्म नै धर्म हो ।।७।।
सत्यं दया तपः शौचं तितिक्षेक्षा शमो दमः ।
अहिंसा ब्रह्मचर्यं च त्यागः स्वाध्याय आर्जवम् ॥ ८ ॥
सन्तोषः समदृक् सेवा ग्राम्येहोपरमः शनैः ।
नृणां विपर्ययेहेक्षा मौनं आत्मविमर्शनम् ॥ ९ ॥
अन्नाद्यादेः संविभागो भूतेभ्यश्च यथार्हतः ।
तेष्वात्मदेवताबुद्धिः सुतरां नृषु पाण्डव ॥ १० ॥
श्रवणं कीर्तनं चास्य स्मरणं महतां गतेः ।
सेवेज्यावनतिर्दास्यं सख्यमात्म समर्पणम् ॥ ११ ॥
नृणामयं परो धर्मः सर्वेषां समुदाहृतः ।
त्रिंशत् लक्षणवान् राजन् सर्वात्मा येन तुष्यति ॥ १२ ॥
युधिष्ठिर ! धर्मको तीस लक्षण बताइएको छ । जुन सत्य, दया, तपस्या, शौच, तितिक्षा, उचित अनुचितको बारेमा विचार, मनलार्ई संयम राख्नु, इन्द्रिय दमन, अहिंसा, ब्रह्मचर्य, त्याग, स्वाध्याय, सरलता, सन्तोष, समदर्शी, महात्माहरुको सेवा, विस्तारै संसारिक भोगबाट बिमुख, मानिसको अभिमानको फल उल्टा हुन्छ भन्ने सोच्नु, मौन, आत्मचिन्तन, प्राणीलार्ई अन्नहरु बाड्नु, मानिसमा आफ्नो आत्मामा इष्टदेवताको भाव हुनु, भगवान् श्रीकृष्णको लीला आदिको श्रवण, कीर्तन, स्मरण र वहाँको सेवा पुजा र नमस्कार, वहाँ प्रति दास्य, सखा भाव र वहाँमा आत्मसमर्पण, आदि तीस आचरण हुन जुन सबै मानिसको धर्म हो । यसलार्ई पालन गर्नाले भगवान् श्रीहरि प्रसन्न हुनुहुन्छ ।।८।।१२।।
संस्कारा यदविच्छिन्नाः स द्विजोऽजो जगाद यम् ।
इज्याध्ययनदानानि विहितानि द्विजन्मनाम् ।
जन्मकर्मावदातानां क्रियाश्चाश्रमचोदिताः ॥ १३ ॥
धर्मराज ! जुन वंशमा यी सबै संस्कारको नियमित रूपमा पालना गरिएको हुन्छ, जसलार्ई ब्रह्माजीले यी संस्कार योग्य भनि स्वीकार गर्नु भएको छ उसैलार्ई द्विज भन्दछन । यी सबै आचरण र कर्म सुद्ध भएका द्विजलाई अध्ययन दान र ब्रह्मचर्य आदि कर्म गर्नका लागि विधान छ ।।१३।।
विप्रस्याध्ययनादीनि षडन्यस्याप्रतिग्रहः ।
राज्ञो वृत्तिः प्रजागोप्तुः अविप्राद् वा करादिभिः ॥ १४ ॥
पढ्नु–पढाउनु, दान दिनु लिनु, यज्ञ गर्नु गराउनु ब्राम्हणका छ कर्म हुन । क्षत्रीयले कर, दण्ड, जरीवाना आदिले प्रजाको रक्षा गर्नु पर्दछ तर दान लिनु हुदैन ।।१४।।
वैश्यस्तु वार्तावृत्तिश्च नित्यं ब्रह्मकुलानुगः ।
शूद्रस्य द्विजशुश्रूषा वृत्तिश्च स्वामिनो भवेत् ॥ १५ ॥
वैश्यले ब्राम्हणको अनुयायी भएर गाईको रक्षा, कृषि तथा व्यापार आदि कर्मले जीविका चलाउन पर्दछ सूद्रले द्विजातीको सेवा गर्नु पर्दछ भने उसको जीविकाको निर्वाह उसका स्वामीले गर्दछन् ।।१५।।
वार्ता विचित्रा शालीन यायावरशिलोञ्छनम् ।
विप्रवृत्तिश्चतुर्धेयं श्रेयसी चोत्तरोत्तरा ॥ १६ ॥
ब्राम्हणका जीवन निर्वाहका लागि चार प्रकारका साधन छन् । वार्ता, शालीन, यायावर, (दैनिक मागेर अन्न बटुल्नु ) र शिलोच्छन् (छरिएका अन्न बटुलेर जीवन निर्वाह गर्ने) यसमा पहिलो भन्दा पछि पछिका वृत्ति श्रेष्ठ छन् ।।१६।।
जघन्यो नोत्तमां वृत्तिं अनापदि भजेन्नरः ।
ऋते राजन्यमापत्सु सर्वेषामपि सर्वशः ॥ १७ ॥
तल्लो वर्णका मानिसले कुनै आपत्ति नपारिकन माथिल्लो वर्णले गर्ने कर्म नगर्नु क्षत्रियले दान लिने काम बाहेक अरु पाँच वृत्तिलार्ई अपनाउन सक्छन् । तर आपतकालको अवस्थामा सबैले सबै वृत्तिलार्ई अपनाउन सक्दछन तर क्षत्रियले जुनसुकै अवस्थामा पनि दान लिन हुदैन ।।१७।।
ऋतां ऋताभ्यां जीवेत मृतेन प्रमृतेन वा ।
सत्यानृताभ्यां जीवेत न श्ववृत्त्या कदाचन ॥ १८ ॥
ऋत, अमृत, मृत, प्रमृत सत्यानृतहरु मद्धे कुनै पनि वृत्तिको आश्रय लिनु तर स्वानवृत्तिको अवलम्वन गर्नु हुदैन ।।१८।।
ऋतमुञ्छशिलं प्रोक्तं अमृतं यद् अयाचितम् ।
मृतं तु नित्ययांच्या स्यात् प्रमृतं कर्षणं स्मृतम् ॥ १९ ॥
वजारकाको अन्न खेतको अन्न जसलाई शिलोच्छन वृत्ति ऋत भनिन्छ त्यहि वृत्तिले जीवन निर्वाह गर्नु पर्दछ । नमागिकन मिलेकोले जीवन निर्वाह गर्नु अमृत हो । सधैं मागर खानु अर्थात यायावर वृत्तिले जीवन निर्वाह गर्नु मृत हो । वार्ता वृत्तिले जीवन निर्वाह गर्नु प्रमृत हो ।।१९।।
सत्यानृतं च वाणिज्यं श्ववृत्तिर्नीचसेवनम् ।
वर्जयेत्तां सदा विप्रो राजन्यश्च जुगुप्सिताम् ।
सर्ववेदमयो विप्रः सर्वदेवमयो नृपः ॥ २० ॥
वाणिज्य सत्यानृत हो । निम्न नीच वर्णको सेवा गर्नु स्वानवृत्ति हो । व्राम्हण क्षेत्रियले यो अन्तिम वृत्तिको आश्रय कहिले पनि लिनु हदैन । किनकि ब्राम्हण सर्व वेदका आधार र क्षेत्रिय सवै देवताका आधार (राजा) हुन ।।२०।।
शमो दमस्तपः शौचं सन्तोषः क्षान्तिरार्जवम् ।
ज्ञानं दयाच्युतात्मत्वं सत्यं च ब्रह्मलक्षणम् ॥ २१ ॥
सम, दम, तप, शौच, क्षमा, सरलता, ज्ञान, दया, भगवानको भक्ति र सत्य यी ब्राम्हणका लक्षण हुन ।।२१।।
शौर्यं वीर्यं धृतिस्तेजः त्याग आत्मजयः क्षमा ।
ब्रह्मण्यता प्रसादश्च सत्यं च क्षत्रलक्षणम् ॥ २२ ॥
युद्धमा उत्साह वीरता, धीरता, तेजस्विता, त्याग, मनलाई दमन, क्षमा, ब्राम्हणमा भक्ति, अनुग्रह र प्रजाको रक्षा गर्नु यो क्षेत्रियका लक्षण हुन ।।२२।।
देवगुर्वच्युते भक्तिः त्रिवर्गपरिपोषणम् ।
आस्तिक्यं उद्यमो नित्यं नैपुण्यं वैश्यलक्षणम् ॥ २३ ॥
देवता, गुरु र भगवान् मा भक्ति, अर्थ, धर्म र काम यी तीनै पुरुषार्थको रक्षा गर्नु, आस्तिक हुनु उद्योग व्यवशाय गर्नु र व्यवहारमा निपुणता यी वैश्यका लक्षण हुन ।।२३।।
शूद्रस्य सन्नतिः शौचं सेवा स्वामिन्यमायया ।
अमन्त्रयज्ञो ह्यस्तेयं सत्यं गोविप्र रक्षणम् ॥ २४ ॥
नम्र हुन, पवित्रहुनु, स्वामीको सेवा, विना वैदिक मन्त्रले यज्ञ गनु, चोरी नगर्नु, सत्यमा रहनु तथा गाई व्राम्हणको रक्षा गर्नु यी सूद्रका लक्षण हुन ।।२४।।
स्त्रीणां च पतिदेवानां तत् शुश्रूषानुकूलता ।
तद्बन्धुष्वनुवृत्तिश्च नित्यं तद्व्रतधारणम् ॥ २५ ॥
पतिको सेवा गर्नु, उनको अनुकुल हुनु, सधै पतिको नियमको रक्षा गर्नु र पतिलार्ई नै इश्वर मान्नु यी पतिब्रता स्त्रीको धर्म हो ।।२५।।
सम्मार्जनोपलेपाभ्यां गृहमण्डनवर्तनैः ।
स्वयं च मण्डिता नित्यं परिमृष्टपरिच्छदा ॥ २६ ॥
आफ्नो घरलाई बडार, लिपपोत गरेर सधैं सफा राख्नु, आफ्नो शरीरलार्ई सफा राख्नु नारीको धर्म हो ।।२६।।
कामैरुच्चावचैः साध्वी प्रश्रयेण दमेन च ।
वाक्यैः सत्यैः प्रियैः प्रेम्णा काले काले भजेत्पतिम् ॥ २७ ॥
पतिव्रता स्त्रीले आफ्ना पतिको इच्छालार्ई समयानुसार पुरा गर्नु, विनय, इन्द्रिय संयम, सत्य र मिठो बोलीले पतिको सेवा गर्नु ।।२७।।
सन्तुष्टालोलुपा दक्षा धर्मज्ञा प्रियसत्यवाक् ।
अप्रमत्ता शुचिः स्निग्धा पतिं त्वपतितं भजेत् ॥ २८ ॥
स्त्रीले आफुलाई जे मिल्दछ त्यसैमा सन्तुष्ट रहनु पर्दछ कुनै पनि कुरामा लोभ गर्नु हुदैन, सबै धर्मलाई जानेर त्यसको पालना गर्नु पर्दछ । सत्य र मिठो बोल्नु आफ्नो काममा सावधान रहेर पवित्रता र प्रेम पुर्ण ब्यवहारले आफ्ना पति संग वसहवास गर्नु पर्दछ ।।२८।।
या पतिं हरिभावेन भजेत् श्रीरिव तत्परा ।
हर्यात्मना हरेर्लोके पत्या श्रीरिव मोदते ॥ २९ ॥
पत्नीले आफ्ना पतिलाई लक्ष्मीले झैं पति परायण भएर पतिलाई साक्षात भगवान् संझेर सेवा गर्नु पर्दछ । जसले गर्दा उनका पतिलार्ई वैकुण्ठमा भगवत्सारूप प्राप्त हुन्छ र उनले पनि लक्ष्मीले झैं आनन्द पाउछिन ।।२९।।
वृत्तिः सङ्करजातीनां तत्तत्कुलकृता भवेत् ।
अचौराणां अपापानां अन्त्यजान्तेऽवसायिनाम् ॥ ३० ॥
युधिष्ठिर ! जसले चोरी तथा अन्यायले पापकर्म गर्दछ भने त्यो चाण्डाल र धोवी आदि वर्णशंकर जातीको वृत्ति हो । उनीहरुले यसरी नै आफ्नो जीविका चलाउदै आएका छन ।।३०।।
प्रायः स्वभावविहितो नृणां धर्मो युगे युगे ।
वेददृग्भिः स्मृतो राजन् प्रेत्य चेह च शर्मकृत् ॥ ३१ ॥
वेददर्शी ऋषिमुनिहरुले युग युगमा मानिसको स्वभाव अनुसारको धर्म व्यवस्था गरेका छन् । त्यहि धर्मले उसलाई यस लोक र परलोकमा कल्याण गर्ने छ ।।३१।।
वृत्त्या स्वभावकृतया वर्तमानः स्वकर्मकृत् ।
हित्वा स्वभावजं कर्म शनैर्निर्गुणतामियात् ॥ ३२ ॥
जसले स्वभाविक वृत्ति अनुसार आफ्नो स्वधर्मको पालना गर्नछ उसले विस्तारै आफ्नो कर्मलाई त्यागेर गुणातित हुन्छ ।।३२।।
उप्यमानं मुहुः क्षेत्रं स्वयं निर्वीर्यतामियात् ।
न कल्पते पुनः सूत्यै उप्तं बीजं च नश्यति ॥ ३३ ॥
एवं कामाशयं चित्तं कामानामतिसेवया ।
विरज्येत यथा राजन् अग्निवत् कामबिन्दुभिः ॥ ३४ ॥
महाराज ! जसरी पटक पटक वीउ रोपेका खेत निस्तेज (रुखो) र उसमा उत्पादन सक्ति घट्दछ र त्यसमा रोपेको वीउ पनि नष्ट हुन्छ त्यसरी नै यो वासनाको आश्रय भएको मनले अत्यन्त विषयको सेवन गर्नाले आफैं विरक्तिएको हुन्छ स्वल्प भोगले यसो हुदैन । जसरी एक एक थोपा घीउ हाल्नाले आगो बल्दैन तर एकै पटक हाल्यो भने आगो बल्दछ ।।३३।।३४।।
यस्य यल्लक्षणं प्रोक्तं पुंसो वर्णाभिव्यञ्जकम् ।
यदन्यत्रापि दृश्येत तत्तेनैव विनिर्दिशेत् ॥ ३५ ॥
पुरुषको वर्णको बताउने यो लक्षण भनिएको छ । यो यदि उसको वर्ण अरुको वर्ण संग पनि मिल्यो भने उसलार्ई पनि त्यै वर्णको सम्झनु पर्दछ ।।३५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे युधिष्ठिरनारदसंवादे सदाचारनिर्णयो नाम एकादशोऽध्यायः ॥ ११ ॥