श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - एकादशोऽध्यायः
सूत उवाच ।
(अनुष्टुप्)
आनर्तान् स उपव्रज्य स्वृद्धाञ्जनपदान् स्वकान् ।
दध्मौ दरवरं तेषां विषादं शमयन्निव ॥ १ ॥
श्रीकृष्ण भगवान् आफ्नो
समृध्द आनर्त
देशमा पुगेर
आप्नो पाञ्चजन्य
शंख बजाउदै
त्यहाँका वासिन्दाहरूलाई विरह व्यथाबाट खुसी
वनाउनु भयो
।।१।।
(इन्द्रवज्रा)
स उच्चकाशे धवलोदरो दरोऽपि
उरुक्रमस्य अधरशोण शोणिमा ।
दाध्मायमानः करकञ्जसम्पुटे
यथाब्जखण्डे कलहंस उत्स्वनः
॥ २ ॥
रातो ओठको लालिमाले
रंगिएर रातो
भएको त्यो
सेतो शख
भगवान्ले बजाउनु
हुँदा वहांको
हातको शंखको
यस्तो शोभायमान
देखिन्थ्यो कि
मानौ रातो
रंगको कमलमा
बसेर राजहाँसले
उच्च स्वरमा
गाना गाईरहेको
जस्तो शोभा
देखिन्थ्यो ।।२।।
(अनुष्टुप्)
तमुपश्रुत्य निनदं जगद्भयभयावहम्
।
प्रत्युद्ययुः प्रजाः सर्वा भर्तृदर्शनलालसाः
॥ ३ ॥
भगवान्को शखको ध्वनीले
संसारको भयलाई
हटाउदछ ।
सो स्वरलाई
सुनेर त्यहाँका
प्रजाहरू आफ्ना
स्वामी श्रीकृष्णको
दर्शन गर्ने
इच्छाले नगर
बाहिर आए
।।३।।
तत्रोपनीतबलयो रवेर्दीपमिवादृताः
।
आत्मारामं पूर्णकामं निजलाभेन नित्यदा ॥ ४ ॥
भगवान् श्रीकृष्ण आत्माराम
हुनुहुन्छ ।
वहाँ आत्मालाभका
कारण सधै
पूर्ण हुनुहुन्छ
। जसरी मानिसहरू आनन्दसग
भगवान् सूर्यलाई
दिप दान
गर्दछन् त्यसरी
नै प्रजाहरूले
वहांलाई भेट
हुदा स्वागत
गरे ।।५।।
प्रीत्युत्फुल्लमुखाः प्रोचुः हर्षगद्गदया गिरा ।
पितरं सर्वसुहृदं
अवितारं इवार्भकाः ॥ ५ ॥
सबैको अनुहारमा आनन्द
थियो ।
हर्षले गद्गद्
भएर तोते
बालकले आफ्ना
बाबु संग
बोले जसरी
उनीहरु आफ्ना
सुहृद श्रीकृष्णभगवान्को स्तुति गर्न लागे
।।५।।
(इन्द्रवज्रा)
नताः स्म ते नाथ सदाङ्घ्रिपङ्कजं
विरिञ्चवैरिञ्च्य
सुरेन्द्र वन्दितम् ।
परायणं क्षेममिहेच्छतां परं
न यत्र कालः प्रभवेत्परः
प्रभुः ॥
६ ॥
स्वामी हामी तपाईको
त्यो चरणकमलमा
सधैभरि प्रणाम
गर्दछौं जुन
चरणको ब्रम्हा,
शंकर र
इन्द्रहरू गर्दछन्
। यस संसारमा परमकल्याण
चाहानेहरूका लागि
यो परम
उत्तम छ
। जसको शरण पर्दा
कालले छुन
पनि सक्तैन
।।६।।
भवाय नस्त्वं भव विश्वभावन
त्वमेव माताथ सुहृत्पतिः
पिता ।
त्वं सद्गुरुर्नः
परमं च दैवतं
यस्यानुवृत्त्या कृतिनो बभूविम ॥ ७ ॥
हे विश्वभावन! तपाई नै हाम्रो
आमा,
कल्याणकारी, स्वामी
र पिता हुनुहुन्छ ।
हाम्रो सद्गुरु
अनि आराध्यदेव
हुनुहुन्छ तपाईको
चरणको स्पर्श
गर्न पाउदा
हामी कृतार्थ
भएका छौं,
हाम्रो कल्याण
गर्नुहोस् ।।७।।
अहो सनाथा भवता स्म यद्वयं
त्रैविष्टपानामपि दूरदर्शनम् ।
प्रेमस्मित स्निग्ध निरीक्षणाननं
पश्येम रूपं तव सर्वसौभगम् ॥ ८ ॥
अहो! आज तपाईलाई
पाउँदा हामी
सनाथ भएका
छौं ।
तपाईको दर्शन
त देवताहरुका लागि पनि
कठिन छ
। हामी तपाईको शौन्दर्यले
युक्त भएको
स्वरूपको दर्शन
गरीरहेका छौं
। तपाईको अनुहार कति
सुन्दर छ
।।८।।
यर्ह्यम्बुजाक्षापससार भो भवान्
कुरून् मधून् वाथ सुहृद् दिदृक्षया ।
तत्राब्दकोटिप्रतिमः क्षणो भवेद्
रविं विनाक्ष्णोरिव
नस्तवाच्युत
॥ ९ ॥
हे कमलनयन! जव तपाई आफ्ना
वन्धुबान्धबहरूलाई भेट्न
हस्तिनापुर जानु
हुन्छ त्यतिवेला
हामीलाई तपाई
विनाको समय
करोडौं बर्ष
जस्तै लामो
लाग्दथ्यो ।
तपाई नहुदा
त सूर्य विनाको आँखो
जस्तो केहि
गर्न सक्तैनथ्यौं
।।९।।
(अनुष्टुप्)
इति चोदीरिता वाचः प्रजानां भक्तवत्सलः ।
शृण्वानोऽनुग्रहं दृष्ट्या वितन्वन् प्राविशत्पुरम् ॥ १० ॥
प्रजाहरूको मुखबाट यस्तो
कुरा सुनेर
भक्तवत्सल भगवान्
उनीहरूलाई कृपापूर्ण
दृष्टिले अनुग्रह
बर्षाउदै द्वारका
प्रवेश गर्नु
भयो ।।१०।।
मधुभोजदशार्हार्ह कुकुरान्धक वृष्णिभिः ।
आत्मतुल्य बलैर्गुप्तां
नागैर्भोगवतीमिव
॥ ११ ॥
जसरी नागहरूले आफ्नो
भोगवती (पाताल)को रक्षा
गर्दछन त्यसरी
नै भगवान्ले
आफु समान
बल भएका
मधु,
भोज,
दशार्ह, अर्ह, क्रुर, कुकुर, अन्धक र
बृष्णिवंशी जस्ता
वीर यादवहरूद्वारा
द्वारकालाई सुरक्षित
गराउनु भयो
।।११।।
सर्वर्तु सर्वविभव पुण्यवृक्षलताश्रमैः
।
उद्यानोपवनारामैः वृत पद्माकर श्रियम् ॥ १२ ॥
त्यहाँ सबैं ऋतुहरूको
बैभवले संपन्न
भएको पवित्र
बृक्ष र
लतालहराले युक्त
भएको थियो
। ठाँउठाँउमा फलफूलले युक्तभएका
बगैचाहरू र
कृडास्थानहरूले युक्त
भएको थियो
। ठाँउठाँउमा कमलको फूलले
ढाकिएको सरोबरले
नगरको शोभा
बढाएको थियो
।।१२।।
गोपुरद्वारमार्गेषु कृतकौतुक तोरणाम् ।
चित्रध्वजपताकाग्रैः अन्तः प्रतिहतातपाम् ॥ १३ ॥
भगवान्को स्वागतका लागि
नगरको सडकका
पेटीहरूमा, घरका ढोकाहरूमा विभिन्न
किसिमका तोरण,
ध्वजापताकाहरूले बेरिएका
थिए ।।१३।।
सम्मार्जित महामार्ग रथ्यापणक चत्वराम् ।
सिक्तां गन्धजलैरुप्तां
फलपुष्पाक्षताङ्कुरैः
॥ १४ ॥
राजमार्ग, अरु सडकहरू,
बजारहरू र
चोकहरू बडारेर
सफा गरी
सुगन्धित जल
छर्किएको थियो
जहाँ बाटोमा
भगवान्लाई बर्षाएका
फूल दही
अक्षताहरू छरिएका
थिए ॥ १४ ॥
द्वारि द्वारि गृहाणां च दध्यक्षत फलेक्षुभिः ।
अलङ्कृतां पूर्णकुम्भैः
बलिभिः धूपदीपकैः ॥ १५ ॥
घरका ढोकाहरूमा दहीअक्षता,
उखु,
फलपूल र
उपहार आदिले
सहित भएको
पूर्ण घडामा
धूप बत्ती
गरेर सजाईएको
थियो ।।१६।।
निशम्य प्रेष्ठमायान्तं
वसुदेवो महामनाः ।
अक्रूरश्चोग्रसेनश्च रामश्चाद्भुतविक्रमः ॥ १६ ॥
आफ्ना प्रिय भगवान्
बासुदेव आउनु
भएको सुनेर
उदारशिरोमणि वसुदेव,
अक्रुर उग्रशेन,
अद्भुत पराक्रमी
बलराम ।।१६।।
प्रद्युम्नः चारुदेष्णश्च
साम्बो जाम्बवतीसुतः
।
प्रहर्षवेग उच्छशित शयनासन भोजनाः ॥ १७ ॥
प्रद्युम्न, चारुदेष्ण र
जाम्बबतीका छोरा
साम्बले भगवान्
आउनु भएको
कुरा सुनेर
खुसीहुदै सुत्नु,
बस्नु, र भोजनादि पनि
विर्सिएका थिए ॥ १७ ॥
वारणेन्द्रं पुरस्कृत्य
ब्राह्मणैः
ससुमङ्गलैः
।
शङ्खतूर्य निनादेन ब्रह्मघोषेण
चादृताः ।
प्रत्युज्जग्मू रथैर्हृष्टाः प्रणयागत साध्वसाः ॥ १८ ॥
खुसिले उन्मत्त भएका
उनीहरू मंगलका
लागि सामग्री
सहित हात्तीलाई
अगाडि पारेर
ब्राम्हणहरूका साथ
स्वस्तीपाठ गर्दै
श्रीकृष्णलाई लिन
भनि गए
। त्यहाँ शंखघण्टा बज्न
लाग्यो, बेदध्वनी हुन लाग्यो
र सबजना खुसीभएर भगवान्लाई
स्वागत गर्न
भनि रथ
लिएर हिडे
।।१८।।
वारमुख्याश्च शतशो यानैः तत् दर्शनोत्सुकाः ।
लसत्कुण्डल निर्भात कपोल वदनश्रियः ॥ १९ ॥
भगवान्को दर्शनका लागि
भनि खुसी
भएर निस्किएका
हजारौं वारंगानाहरू,
जसका मुख
उज्यालोले भरिएको
थियो उनीहरूको
कुण्डलको कान्तिले
गर्दा सुन्दर
देखिन्थे ।।१९।।
नटनर्तकगन्धर्वाः सूत मागध वन्दिनः ।
गायन्ति चोत्तमश्लोक
चरितानि अद्भुतानि च ॥ २० ॥
त्यहाँ नाच्न जान्नेहरू
र गाउन जान्नेहरू, सूत, मागधहरूले उत्तमश्लोक
भगवान्का चरित्रहरूको
बारेमा गाउदै
हिडे ।।२०।।
भगवान् तत्र बन्धूनां पौराणां अनुवर्तिनाम् ।
यथाविधि उपसङ्गम्य सर्वेषां मानमादधे ॥ २१ ॥
भगवान् श्रीकृष्णले आफ्ना
वनधुबान्धव र
सहरका सेवकहरूसंग
छुट्टा छुट्टै
भेट गरेर
भलाकुसारी गर्नु
भयो ।।२१।।
प्रह्वाभिवादन आश्लेष करस्पर्श स्मितेक्षणैः
।
आश्वास्य चाश्वपाकेभ्यो
वरैश्च अभिमतैर्विभुः
॥ २२ ॥
भगवान्ले कसैलाई शिर
निहु¥याएर नमस्कार गर्नुभयो,
कसैलाई बोलीले
अभिवादन गर्नुभयो,
कसैले हृदय
मिलाएर त
कसैसित हात
मिलाएर त्यस्तै
भगवान्ले कसैलाई
हेरेर मुस्कुराउने,
कसैलाइै प्रेमपूर्ण
हिसावले हेरिदिने
आदि गरेर
जसको जे
इच्छा छ
त्यहि हिसावले
बरदानु दिनुभयो
।।२२।।
स्वयं च गुरुभिर्विप्रैः सदारैः स्थविरैरपि
।
आशीर्भिः युज्यमानोऽन्यैः
वन्दिभिश्चाविशत्
पुरम् ॥ २३ ॥
यसरी चाण्डाल सम्मलाई
खुसीपार्दै गुरुजन
देखि बृध्द
बृध्दाहरूको आशिर्वाद
लिएर बन्दिहरूको
जय जयकार
सुन्दै दरवारमा
प्रवेश गर्नुभयो
।।२३।।
राजमार्गं गते कृष्णे द्वारकायाः कुलस्त्रियः ।
हर्म्याण्यारुरुहुर्विप्र तदीक्षण महोत्सवाः ॥ २४ ॥
शौनकजी! जुनसमयमा भगवान्
राजमार्गमा हुनुहुन्थ्यो
त्यस वेला
नगरका कूलीन
स्त्रीहरू अटालीमा
बसेर वहांको
दर्शन गरीरहेका
थिए ॥ २४ ॥
नित्यं निरीक्षमाणानां
यदपि द्वारकौकसाम् ।
न वितृप्यन्ति
हि दृशः श्रियो धामाङ्गमच्युतम् ॥ २५ ॥
द्वारकावासिहरू अच्युत भगवान्को
यस्तो धामरूप
अंगलाई वारंवार
हेर्थे तापनि
उनीहरूको आँखा
एकक्षणका लागि
पनि तृप्ति
हुदैन थियो
।।२५।।
श्रियो निवासो यस्योरः पानपात्रं मुखं दृशाम् ।
बाहवो लोकपालानां
सारङ्गाणां
पदाम्बुजम्
॥ २६ ॥
भगवान्को वक्षस्थल मुर्तिमान
लक्ष्मिको निवास
स्थान हो
। वहांको मुखारविन्द प्राणीहरूको
नेत्र द्वारा
पान गर्नको
निम्ति शौन्दर्यले
भरिएको पात्र
हो ।
वहांका हातहरू
सबै लोकपालहरूलाई
शक्ति दिने
हो ।
वहांको चरणकमल
परम भक्तको
आश्रय हो
।।२६।।
(इन्द्रवज्रा)
सितातपत्रव्यजनैः उपस्कृतः
नवर्षैः अभिवर्षितः पथि ।
पिशङ्गवासा वनमालया
बभौ यथार्कोडुप
चाप वैद्युतैः ॥ २७ ॥
द्वारकाको राजमार्गमा अपूर्व
शोभा देखिएको
थियो भगवान्लाई
सेतो छाता
ओढाइएको, सेतो चामर डोलाइएको
थियो ।
चारैतिरबाट फूलको
वर्षा गराईएको
थियो ।
यस्तो समयमा
वहांले शरीरमा
पीताम्वर र
घाँटीमा वनमाला
धारण गर्नुभएको
थियो ।
वहां सूर्य,
चन्द्रमा, इन्द्रधनुष, र विजुलीबाट शोभायमान भएको
श्याम मेघ
जस्तो देखिनु
हुन्थ्यो ।।२७।।
(अनुष्टुप्)
प्रविष्टस्तु गृहं पित्रोः परिष्वक्तः स्वमातृभिः ।
ववन्दे शिरसा सप्त देवकीप्रमुखा मुदा ॥ २८ ॥
भगवान् पहिला आफ्ना
माता पिताको
महलमा जानुभयो
त्यहाँ वहांले
माता देवकी
सहित वहांका
सातै आमाहरूलाई
शिर नुहाएर
प्रणाम गर्नु
भयो॥ २८ ॥
ताः पुत्रमङ्कं
आरोप्य स्नेहस्नुत
पयोधराः ।
हर्षविह्वलितात्मानः सिषिचुः नेत्रजैर्जलैः ॥ २९ ॥
आमाले वहांलाई हृदयमा
लगाएर काखमा
लिइन ।
पुत्रस्नेहका कारण
उनको स्तनबाट
दूधको धार
वग्न थाल्यो,
मन हर्षले
विभोर भयो
र आनन्दको आँसुले वहांलाई
अभिषेक गरीन
।।२९।।
अथाविशत् स्वभवनं सर्वकाममनुत्तमम्
।
प्रासादा यत्र पत्नीनां सहस्राणि च षोडश ॥ ३० ॥
त्यहाँबाट आमाको आशिर्वाद
लिएर भोगादि
सुविधाले युक्तभएको
महलमा जानु
भयो जहाँ
सोह्रहजार पत्नीहरूका
लागि अलग
अलग महलहरू
थिए ।।३०।।
(इन्द्रवज्रा)
पत्न्यः पतिं प्रोष्य गृहानुपागतं
क्य सञ्जात मनोमहोत्सवाः
।
उत्तस्थुरारात् सहसासनाशयात्
व्रतैः व्रीडित लोचनाननाः ॥ ३१ ॥
धेरैदिन पछि आफ्नो
प्राणनाथ घरमा
आउनु भएकोमा
रानीहरू अत्यन्तै
खुसी भए
। आफ्नो पतिलाई अगाडि
देखेर हत्तपत्त
उठे ।
उनीहरूले आफ्ना
पति प्रभासमा
भएका वखत
अपनाएका नियमहरूलाई
त्यागिदिए ।
उनीहरूको मुख
आँखा लजाएको
थिए ।३१।।
तं आत्मजैः दृष्टिभिरन्तरात्मना
दुरन्तभावाः परिरेभिरे पतिम् ।
निरुद्धमप्यास्रवदम्बु नेत्रयोः
विलज्जतीनां भृगुवर्य वैक्लवात् ॥ ३२ ॥
भगवान् प्रति उनीहरूको
आत्मिय भावना
थियो ।
उनीहरूले मन
आँखा र
शरीरले वहांको
अभिनन्दन गरे
। उनीहरूले आँखामा आँसु
रोक्नखोजे पनि
बाहिर निस्किरहेको
थियो ।।३२।।
यद्यप्यसौ पार्श्वगतो
रहोगतः
तथापि तस्याङ्घ्रियुगं
नवं नवम् ।
पदे पदे का विरमेत तत्पदात्
चलापि यच्छ्रीर्न
जहाति कर्हिचित् ॥ ३३ ॥
शौनकजी श्रीकृष्ण सधैं
उनीहरू संगै
रहनुहुन्थ्यो तापनी
उनीहरूको लागि
पाईला पाईला
नौलो देखिनुहुन्थ्यो । जसरी सधै
सामिप्यमा रहने
लक्ष्मीले पनि
एकक्षण छाड्न
हुदैन भने
वहांको सामिप्याबाट
कोही तृप्त
हुन सक्तैन
।।३३।।
एवं नृपाणां क्षितिभारजन्मनां
अक्षौहिणीभिः परिवृत्ततेजसाम्
।
विधाय वैरं श्वसनो यथानलं
मिथो वधेनोपरतो निरायुधः ॥ ३४ ॥
जसरी बाँसको एकआपसमा
घर्षण हुदा
हावाले अग्नि
पैदा गरेर
उसलाई जलाउदछ
त्यसैगरी वहांले
पनि पृथ्वीको
भाररूप शक्तिशालि
राजाहरूलाई एक
आपसमा फुटाएर
विना शस्त्र
नै उनीहरूको
अक्षौहिणि सेना
लाई माराएर
विश्राम लिनुभयो
।।३४।।
(अनुष्टुप्)
स एष नरलोकेऽस्मिन् अवतीर्णः स्वमायया ।
रेमे स्त्रीरत्नकूटस्थो
भगवान् प्राकृतो यथा ॥ ३५ ॥
साक्षात परमेश्वर नै
आफ्नो लीलाद्वारा
मनुष्यरूप लिएर
पृथ्वीमा अवतिर्ण
हुनुभएको हो
र हजारौ रमणी र
रत्नहरू बिचमा
साधारण मानिस
झै लीला
गर्नुभएको हो
।।३५।।
(वसंत तिलका)
उद्दामभाव पिशुनामल वल्गुहास ।
व्रीडावलोकनिहतो मदनोऽपि यासाम् ॥
सम्मुह्य चापमजहात् प्रमदोत्तमास्ता
।
यस्येन्द्रियं विमथितुं कुहकैर्न शेकुः ॥ ३६ ॥
जसको निर्मल मधुर
हाँसोले वहांको
हृदयको उन्मुक्त
भावलाई प्रकट
गर्दथ्यो ।
जसको लज्जा
युक्त हेराई
चोटले मुर्छित
कामदेवले समेत
आफ्नो धनु
त्याग्नु परेको
थियो ।
त्यसैले वहांलाई
कुनै पनि
रत्न रानीहरूले
प्रभाव पार्न
सक्तैन ।।३६।।
(अनुष्टुप्)
तमयं मन्यते लोको ह्यसङ्गमपि सङ्गिनम् ।
आत्मौपम्येन मनुजं व्यापृण्वानं
यतोऽबुधः ॥ ३७ ॥
यस्ता असंग भगवान्लाई
संसारका मानिसहरूले
आफु जस्तौ
कर्म गरेको
देखेर वहांलाई
आशक्त मानिस
झैं सम्झन्थे,
यो उनीहरूको
मुर्खता हो
।।३७।।
एतत् ईशनमीशस्य प्रकृतिस्थोऽपि
तद्गुणैः ।
न युज्यते सदाऽत्मस्थैः
यथा बुद्धिस्तदाश्रया ॥ ३८ ॥
वहां प्रकृतिमा स्थित
भएर पनि
त्यसको गुणबाट
लिप्त हुनुहुन्न,
यहिनै वहांको
विशेषता हो
। त्यसरी नै भगवान्को
शरणमा परेको
बुध्दि आफुमा
भएको प्राकृत
गुणमा लिप्त
हुदैन ।
तं मेनिरेऽबला
मूढाः स्त्रैणं चानुव्रतं रहः ।
अप्रमाणविदो भर्तुः ईश्वरं मतयो यथा ॥ ३९ ॥
ती मुर्ख स्त्रीहरू
पनि कृष्णलाई
आफ्नो एकान्त
सेवी, स्त्रीपरायण नै सम्झेर
बस्दथे किनकि
उनीहरू आफ्ना
स्वामी एैश्वर्य
हुनुहुन्छ भन्ने
कुरा जान्दैन
थिए ।
त्यसरी नै
अहँकारीहरू ईश्वरलाई
आफ्नो धर्मले
युक्त भएको
ठान्दछन् ।।३९।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे नैमिषीयोपाख्याने श्रीकृष्णद्वारकाप्रवेशो नाम एकादशोऽध्यायः ॥ ११ ॥
