/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

प्रथमः स्कंधः - एकादशोऽध्यायः

श्रीमद्भागवत महापुराण

प्रथमः स्कन्धः - एकादशोऽध्यायः



 
सूत उवाच -
आनर्तान् स उपव्रज्य स्वृद्धाञ्जनपदान् स्वकान् ।
दध्मौ दरवरं तेषां विषादं शमयन्निव ॥ १ ॥
नेपाली भावानुवादः श्रीकृष्ण भगवान् आफ्नो समृद्ध आनर्त देशमा पुगेर आफ्नो पाञ्चजन्य शङ्ख बजाउँदै त्यहाँका बासिन्दाहरूलाई विरह-व्यथाबाट मुक्त गराई खुसी बनाउनु भयो ।।१।।
 
स उच्चकाशे धवलोदरो दरोऽपि
    उरुक्रमस्य अधरशोण शोणिमा ।
दाध्मायमानः करकञ्जसम्पुटे
    यथाब्जखण्डे कलहंस उत्स्वनः ॥ २ ॥
नेपाली भावानुवादः भगवान्‌को रातो ओठको लालिमाले रङ्गिएर गुलाबी आभा युक्त भएको त्यो सेतो शङ्ख उहाँले बजाउँदा यस्तो शोभामय देखिन्थ्यो कि, मानौँ रातो कमलको थुङ्गामा बसेर राजहंसले उच्च स्वरमा गीत गाइरहेको छ ।।२।।
 
तमुपश्रुत्य निनदं जगद्भयभयावहम् ।
प्रत्युद्ययुः प्रजाः सर्वा भर्तृदर्शनलालसाः ॥ ३ ॥
नेपाली भावानुवादः भगवान्‌को शङ्खको ध्वनिले संसारको भयलाई भगाउँछ। सो स्वरलाई सुनेर त्यहाँका प्रजाहरू आफ्ना स्वामी श्रीकृष्णको दर्शन गर्ने तीव्र इच्छाले नगर बाहिर आए ।।३।।
 
तत्रोपनीतबलयो रवेर्दीपमिवादृताः ।
आत्मारामं पूर्णकामं निजलाभेन नित्यदा ॥ ४ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्ण आत्माराम र सदैव पूर्णकाम हुनुहुन्छ। जसरी मानिसहरू सूर्यलाई दीपदान गर्दछन्, त्यसरी नै प्रजाहरूले उपहार लिएर आए र आफ्नै स्वरूपमा सधैँ सन्तुष्ट रहने भगवान्‌लाई स्वागत गरे ।।४।।
 
प्रीत्युत्फुल्लमुखाः प्रोचुः हर्षगद्गदया गिरा ।
पितरं सर्वसुहृदं अवितारं इवार्भकाः ॥ ५ ॥
नेपाली भावानुवादः सबैको अनुहारमा आनन्द झल्किएको थियो। हर्षले गद्गद् भएर बालकहरूले आफ्ना बाबुसँग बोले जस्तै, उनीहरूले आफ्ना रक्षक र सुहृद भगवान् श्रीकृष्णको यसरी स्तुति गर्न लागे ।।५।।
 
नताः स्म ते नाथ सदाङ्घ्रिपङ्कजं
    विरिञ्चवैरिञ्च्य सुरेन्द्र वन्दितम् ।
परायणं क्षेममिहेच्छतां परं
    न यत्र कालः प्रभवेत्परः प्रभुः ॥ ६ ॥
नेपाली भावानुवादः "हे नाथ! हामी तपाईंका ती चरणकमलमा सधैँ प्रणाम गर्दछौँ, जुन चरणको ब्रह्मा, शङ्कर र इन्द्रहरूले वन्दना गर्दछन्। यस संसारमा परम कल्याण चाहनेहरूका लागि यो परम आश्रय हो, जसको शरण पर्दा सर्वसमर्थ कालले पनि प्रभाव पार्न सक्दैन ।।६।।"
 
भवाय नस्त्वं भव विश्वभावन
    त्वमेव माताथ सुहृत्पतिः पिता ।
त्वं सद्गुरुर्नः परमं च दैवतं
    यस्यानुवृत्त्या कृतिनो बभूविम ॥ ७ ॥
नेपाली भावानुवादः "हे विश्वभावन! तपाईं नै हाम्रा आमा, सुहृद, स्वामी र पिता हुनुहुन्छ। तपाईं नै हाम्रा सद्गुरु र आराध्यदेव हुनुहुन्छ। तपाईंको आज्ञा पालन गरेर हामी कृतार्थ भएका छौँ, अतः हाम्रो कल्याण गर्नुहोस् ।।७।।"
 
अहो सनाथा भवता स्म यद्वयं
    त्रैविष्टपानामपि दूरदर्शनम् ।
प्रेमस्मित स्निग्ध निरीक्षणाननं
    पश्येम रूपं तव सर्वसौभगम् ॥ ८ ॥
नेपाली भावानुवादः "अहो! आज तपाईंलाई पाउँदा हामी सनाथ भएका छौँ। तपाईंका दर्शन त देवताहरूका लागि पनि दुर्लभ छन्। हामी तपाईंको सौन्दर्ययुक्त स्वरूप र प्रेमपूर्ण मुस्कान सहितको अनुहारको दर्शन गरिरहेका छौँ, जुन सबै सौभाग्यको भण्डार हो ।।८।।"
 
यर्ह्यम्बुजाक्षापससार भो भवान्
    कुरून् मधून् वाथ सुहृद् दिदृक्षया ।
तत्राब्दकोटिप्रतिमः क्षणो भवेद्
    रविं विनाक्ष्णोरिव नस्तवाच्युत ॥ ९ ॥
नेपाली भावानुवादः "हे कमल नयन अच्युत! जब तपाईं आफ्ना बन्धु-बान्धवहरूलाई भेट्न हस्तिनापुर वा मथुरा जानुहुन्छ, तब तपाईं बिनाको एक क्षण पनि हामीलाई करोडौँ वर्ष जस्तो लामो लाग्दछ। तपाईं बिना हाम्रो अवस्था सूर्य बिनाको आँखा जस्तै अन्धकारमय हुन्छ ।।९।।"
 
इति चोदीरिता वाचः प्रजानां भक्तवत्सलः ।
शृण्वानोऽनुग्रहं दृष्ट्या वितन्वन् प्राविशत्पुरम् ॥ १० ॥
नेपाली भावानुवादः प्रजाहरूका यस्ता भक्तिपूर्ण कुरा सुनेर भक्तवत्सल भगवान्‌ले उनीहरूमाथि कृपापूर्ण दृष्टिले अनुग्रह वर्षाउँदै द्वारका नगरमा प्रवेश गर्नुभयो ।।१०।।
 
मधुभोजदशार्हार्ह कुकुरान्धक वृष्णिभिः ।
आत्मतुल्य बलैर्गुप्तां नागैर्भोगवतीमिव ॥ ११ ॥
नेपाली भावानुवादः जसरी नागहरूले आफ्नो भोगवती (पाताल) नगरीको रक्षा गर्दछन्, त्यसरी नै भगवान्‌ले आफू समान बलशाली मधु, भोज, दशार्ह, कुकुर, अन्धक र वृष्णि जस्ता वीर यादवहरूद्वारा द्वारकालाई सुरक्षित राख्नुभएको थियो ।।११।।
 
सर्वर्तु सर्वविभव पुण्यवृक्षलताश्रमैः ।
उद्यानोपवनारामैः वृत पद्माकर श्रियम् ॥ १२ ॥
नेपाली भावानुवादः त्यहाँ सबै ऋतुका वैभवले सम्पन्न पवित्र वृक्ष र लता-लहराहरू थिए। ठाउँ-ठाउँमा फलफूलले भरिएका बगैँचाहरू, वन र सरोवरहरूले नगरको शोभा बढाएका थिए, जहाँ कमलका फूलहरू ढकमक्क फुलेका थिए ।।१२।।
 
गोपुरद्वारमार्गेषु कृतकौतुक तोरणाम् ।
चित्रध्वजपताकाग्रैः अन्तः प्रतिहतातपाम् ॥ १३ ॥
नेपाली भावानुवादः भगवान्‌को स्वागतका लागि नगरका मूल ढोका र सडकहरूमा विभिन्न किसिमका तोरण र बुट्टेदार ध्वजा-पताकाहरू सजाइएका थिए, जसका कारण घामको ताप नगर भित्र पुग्न पाउँदैनथ्यो ।।१३।।
 
सम्मार्जित महामार्ग रथ्यापणक चत्वराम् ।
सिक्तां गन्धजलैरुप्तां फलपुष्पाक्षताङ्कुरैः ॥ १४ ॥
नेपाली भावानुवादः राजमार्ग, गल्ली, बजार र चोकहरू बढारेर सफा गरी सुगन्धित जल छर्किएको थियो। भगवान्‌लाई स्वागत गर्न बाटोभरि फलफूल, दही, अक्षता र अङ्कुरहरू छरिएका थिए ।।१४।।
 
द्वारि द्वारि गृहाणां च दध्यक्षत फलेक्षुभिः ।
अलङ्कृतां पूर्णकुम्भैः बलिभिः धूपदीपकैः ॥ १५ ॥
नेपाली भावानुवादः प्रत्येक घरका ढोकाहरूमा दही, अक्षता, उखु, फलफूल र उपहारहरू सहितका पूर्ण कलशहरू राखिएका थिए र धूप-बत्ती बालेर सजाइएको थियो ।।१५।।
 
निशम्य प्रेष्ठमायान्तं वसुदेवो महामनाः ।
अक्रूरश्चोग्रसेनश्च रामश्चाद्भुतविक्रमः ॥ १६ ॥
प्रद्युम्नः चारुदेष्णश्च साम्बो जाम्बवतीसुतः ।
प्रहर्षवेग उच्छशित शयनासन भोजनाः ॥ १७ ॥
नेपाली भावानुवादः आफ्ना अत्यन्त प्रिय श्रीकृष्ण आउनुभएको सुनेर उदारमना वसुदेव, अक्रूर, उग्रसेन, अद्भुत पराक्रमी बलराम, प्रद्युम्न, चारुदेष्ण र साम्बले खुसीको वेगमा सुत्ने, बस्ने र खाने जस्ता नित्य कर्महरू पनि बिर्सिएर हत्तपत्त उठ्नुभयो ।।१६-१७।।
 
वारणेन्द्रं पुरस्कृत्य ब्राह्मणैः ससुमङ्गलैः ।
शङ्खतूर्य निनादेन ब्रह्मघोषेण चादृताः ।
प्रत्युज्जग्मू रथैर्हृष्टाः प्रणयागत साध्वसाः ॥ १८ ॥
नेपाली भावानुवादः उनीहरूले मङ्गल सामग्री सहित गजराजलाई अगाडि पारेर ब्राह्मणहरूका साथ स्वस्ति-पाठ गर्दै श्रीकृष्णको स्वागतका लागि प्रस्थान गरे। शङ्ख र बाजाहरूको ध्वनि तथा वेदको घोषका साथ सबैजना प्रेम र श्रद्धापूर्वक रथमा सवार भएर गए ।।१८।।
 
वारमुख्याश्च शतशो यानैः तत् दर्शनोत्सुकाः ।
लसत्कुण्डल निर्भात कपोल वदनश्रियः ॥ १९ ॥
नेपाली भावानुवादः भगवान्‌को दर्शनका लागि सयौँको सङ्ख्यामा नगरका मुख्य नर्तकीहरू (वाराङ्गनाहरू) पनि उत्सुक भएर निस्किए। उनीहरूको अनुहार कुण्डलको कान्तिले झल्झलाई अत्यन्त सुन्दर देखिन्थ्यो ।।१९।।
 
नटनर्तकगन्धर्वाः सूत मागध वन्दिनः ।
गायन्ति चोत्तमश्लोक चरितानि अद्भुतानि च ॥ २० ॥
नेपाली भावानुवादः त्यहाँ नट, नर्तक, गन्धर्व, सूत र मागधहरूले भगवान् श्रीकृष्णको अद्भुत र पावन चरित्रको गुणगान गर्दै अघि बढे ।।२०।।
 
भगवान् तत्र बन्धूनां पौराणां अनुवर्तिनाम् ।
यथाविधि उपसङ्गम्य सर्वेषां मानमादधे ॥ २१ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले त्यहाँ आएका आफ्ना बन्धु-बान्धव, नागरिक र सेवकहरूसँग यथाविधि भेट गरी उनीहरू सबैको उचित सम्मान गर्नुभयो ।।२१।।
 
प्रह्वाभिवादन आश्लेष करस्पर्श स्मितेक्षणैः ।
आश्वास्य चाश्वपाकेभ्यो वरैश्च अभिमतैर्विभुः ॥ २२ ॥
नेपाली भावानुवादः विभु श्रीकृष्णले कसैलाई शिर निहुर्याएर, कसैलाई अभिवादन गरेर, कसैलाई आलिङ्गन गरेर, कसैलाई हात स्पर्श गरेर त कसैलाई मुस्कानपूर्ण दृष्टिले हेरेर आश्वासन दिनुभयो। यसरी उहाँले चाण्डालसम्मलाई उनीहरूको इच्छा अनुसार सम्मान र वरदान दिनुभयो ।।२२।।
 
स्वयं च गुरुभिर्विप्रैः सदारैः स्थविरैरपि ।
आशीर्भिः युज्यमानोऽन्यैः वन्दिभिश्चाविशत् पुरम् ॥ २३ ॥
नेपाली भावानुवादः यसरी गुरुजन, ब्राह्मण र वृद्ध-वृद्धाहरूको आशीर्वाद ग्रहण गर्दै तथा स्तुति-पाठ गर्नेहरूको जयजयकार सुन्दै उहाँ द्वारका नगरीमा प्रवेश गर्नुभयो ।।२३।।
 
राजमार्गं गते कृष्णे द्वारकायाः कुलस्त्रियः ।
हर्म्याण्यारुरुहुर्विप्र तदीक्षण महोत्सवाः ॥ २४ ॥
नेपाली भावानुवादः हे शौनकजी! जब श्रीकृष्ण राजमार्गमा हिँड्दै हुनुहुन्थ्यो, तब नगरका कुलीन स्त्रीहरू उहाँको दर्शन गर्ने उत्सव मनाउन आफ्ना घरका छतहरूमा चढेका थिए ।।२४।।
 
नित्यं निरीक्षमाणानां यदपि द्वारकौकसाम् ।
न वितृप्यन्ति हि दृशः श्रियो धामाङ्गमच्युतम् ॥ २५ ॥
नेपाली भावानुवादः द्वारकावासीहरूले भगवान्‌लाई सधैँ देखिरहन्थे, तापनि सौन्दर्यको भण्डार भगवान् अच्युतको अङ्गलाई हेरेर उनीहरूको आँखा कहिल्यै तृप्त हुँदैनथे ।।२५।।
 
श्रियो निवासो यस्योरः पानपात्रं मुखं दृशाम् ।
बाहवो लोकपालानां सारङ्गाणां पदाम्बुजम् ॥ २६ ॥
नेपाली भावानुवादः उहाँको वक्षस्थल लक्ष्मीको निवास स्थान हो, उहाँको मुखारविन्द नेत्रहरूका लागि सौन्दर्य रस पिउने पात्र हो, उहाँका हातहरू लोकपालहरूका शक्ति हुन् र चरणकमल भक्तहरूको एकमात्र आश्रय हो ।।२६।।
 
सितातपत्रव्यजनैरुपस्कृतः
     प्रसूनवर्षैरभिवर्षितः पथि ।
पिशङ्‌गवासा वनमालया बभौ
     घनो यथार्कोडुपचापवैद्युतैः ॥ २७ ॥
नेपाली भावानुवादः द्वारकाको राजमार्गमा सेतो छाता र चामरले सुशोभित भई पुष्पवृष्टिमा भिज्दै गर्दा, पहेँलो वस्त्र र वनमाला धारण गर्नुभएका श्रीकृष्ण, सूर्य, चन्द्रमा, इन्द्रधनुष र बिजुलीले घेरिएको श्याम बादल जस्तै दिव्य देखिनुहुन्थ्यो ।।२७।।
 
प्रविष्टस्तु गृहं पित्रोः परिष्वक्तः स्वमातृभिः ।
ववन्दे शिरसा सप्त देवकीप्रमुखा मुदा ॥ २८ ॥
नेपाली भावानुवादः भगवान् सर्वप्रथम आफ्ना माता-पिताको दरबारमा प्रवेश गर्नुभयो। त्यहाँ उहाँले देवकी लगायत आफ्ना सातैजना आमाहरूलाई शिर झुकाएर श्रद्धापूर्वक प्रणाम गर्नुभयो ।।२८।।
 
ताः पुत्रमङ्कं आरोप्य स्नेहस्नुत पयोधराः ।
हर्षविह्वलितात्मानः सिषिचुः नेत्रजैर्जलैः ॥ २९ ॥
नेपाली भावानुवादः आमाहरूले उहाँलाई काखमा लिएर हृदयमा टाँसे। पुत्र-स्नेहका कारण उनीहरूका स्तनबाट दूधको धारा बग्न थाल्यो र हर्षको आँसुले उनीहरूले भगवान् श्रीकृष्णलाई अभिषेक गरे ।।२९।।
 
अथाविशत् स्वभवनं सर्वकाममनुत्तमम् ।
प्रासादा यत्र पत्नीनां सहस्राणि च षोडश ॥ ३० ॥
नेपाली भावानुवादः आमाहरूको आशीर्वाद लिएपछि उहाँ आफ्ना भव्य महलहरूमा प्रवेश गर्नुभयो, जहाँ उहाँका सोह्र हजार पत्नीहरूका लागि छुट्टाछुट्टै दरबारहरू थिए ।।३०।।
 
पत्‍न्यः पतिं प्रोष्य गृहानुपागतं
     विलोक्य सञ्जातमनोमहोत्सवाः ।
उत्तस्थुरारात् सहसाऽऽसनाशयात्
     साकं व्रतैर्व्रीडित लोचनाननाः ॥ ३१ ॥
नेपाली भावानुवादः धेरै समयपछि आफ्ना प्राणनाथ घर फर्कनुभएको देखेर रानीहरूको मनमा खुसीको उत्सव छायो। उनीहरू हत्तपत्त आफ्नो आसनबाट उठे। भगवान् बाहिर रहँदा उनीहरूले लिएका कठिन नियम र व्रतहरू अब पूर्ण भए, उनीहरूको अनुहारमा लज्जा र प्रेम झल्किएको थियो ।।३१।।
 
तं आत्मजैः दृष्टिभिरन्तरात्मना
    दुरन्तभावाः परिरेभिरे पतिम् ।
निरुद्धमप्यास्रवदम्बु नेत्रयोः
    विलज्जतीनां भृगुवर्य वैक्लवात् ॥ ३२ ॥
नेपाली भावानुवादः उनीहरूले मन, दृष्टि र अन्तस्करणले आफ्ना पतिलाई आलिङ्गन गरे। लज्जावश उनीहरूले आँसु रोक्न खोजे तापनि प्रेमको आवेगले गर्दा आँखाबाट आँसुका थोपाहरू खसिरहेका थिए ।।३२।।
 
यद्यप्यसौ पार्श्वगतो रहोगतः
    तथापि तस्याङ्घ्रियुगं नवं नवम् ।
 पदे पदे का विरमेत तत्पदात्
    चलापि यच्छ्रीर्न जहाति कर्हिचित् ॥ ३३ ॥
नेपाली भावानुवादः हे शौनकजी! श्रीकृष्ण सधैँ उनीहरूसँगै एकान्तमा हुनुहुन्थ्यो, तापनि उहाँको चरणकमल उनीहरूलाई प्रत्येक क्षण नयाँ जस्तो लाग्दथ्यो। चञ्चल स्वभावकी लक्ष्मीले समेत जसलाई कहिल्यै छोड्न सक्दिनन् भने उहाँको सामीप्यबाट को तृप्त हुन सक्छ र? ।।३३।।
 
एवं नृपाणां क्षितिभारजन्मनां
    अक्षौहिणीभिः परिवृत्ततेजसाम् ।
विधाय वैरं श्वसनो यथानलं
    मिथो वधेनोपरतो निरायुधः ॥ ३४ ॥
नेपाली भावानुवादः जसरी हावाले बाँसहरूको घर्षण गराई अग्नि उत्पन्न गराएर सारा वन डढाउँछ, त्यसैगरी भगवान्‌ले पनि पृथ्वीको भारस्वरूप रहेका शक्तिशाली राजाहरूलाई आपसमा लडाई उनीहरूका अक्षौहिणी सेनाको विनाश गराउनुभयो र स्वयं शस्त्र नउठाई विश्राम लिनुभयो ।।३४।।
 
स एष नरलोकेऽस्मिन् अवतीर्णः स्वमायया ।
रेमे स्त्रीरत्नकूटस्थो भगवान् प्राकृतो यथा ॥ ३५ ॥
नेपाली भावानुवादः साक्षात् परमेश्वर नै आफ्नो लीलाले मनुष्य रूप लिएर यस पृथ्वीमा अवतरण हुनुभएको हो। उहाँले हजारौँ श्रेष्ठ स्त्रीहरूका बीचमा साधारण मानिस जस्तै विहार र लीला गर्नुभयो ।।३५।।
 
उद्दामभाव पिशुनामल वल्गुहास ।
    व्रीडावलोकनिहतो मदनोऽपि यासाम् ॥
सम्मुह्य चापमजहात् प्रमदोत्तमास्ता ।
    यस्येन्द्रियं विमथितुं कुहकैर्न शेकुः ॥ ३६ ॥
नेपाली भावानुवादः जसको निर्मल र मधुर मुस्कानले हृदयको शुद्ध भाव प्रकट गर्थ्यो र जसको लज्जा मिश्रित कटाक्षले स्वयम् कामदेव पनि मोहित भई आफ्नो धनुष त्याग्न विवश हुन्थे, त्यस्ता श्रेष्ठ स्त्रीहरूले पनि आफ्नो कुनै पनि हावभावद्वारा भगवान् श्रीकृष्णका इन्द्रियहरूलाई विचलित पार्न सकेनन् ।।३६।।
 
तमयं मन्यते लोको ह्यसङ्गमपि सङ्गिनम् ।
आत्मौपम्येन मनुजं व्यापृण्वानं यतोऽबुधः ॥ ३७ ॥
नेपाली भावानुवादः यस्ता पूर्ण रूपमा असङ्ग र निर्लिप्त भगवान्‌लाई अज्ञानी मानिसहरूले आफ्नै जस्तो कर्म गरेको देखेर सांसारिक विषयमा आसक्त मानिस झैँ ठान्दछन्। यो उनीहरूको अज्ञानता मात्र हो ।।३७।।
 
एतत् ईशनमीशस्य प्रकृतिस्थोऽपि तद्गुणैः ।
न युज्यते सदाऽत्मस्थैः यथा बुद्धिस्तदाश्रया ॥ ३८ ॥
नेपाली भावानुवादः भगवान् प्रकृतिको बीचमा रहेर पनि त्यसका गुणहरूबाट कहिल्यै लिप्त हुनुहुन्न, यही नै उहाँको ईश्वरत्व हो। त्यसैगरी, जो व्यक्तिको बुद्धि भगवान्‌को शरणमा छ, त्यो पनि प्रकृतिका गुणहरूबाट प्रभावित हुँदैन ।।३८।।
 
तं मेनिरेऽबला मूढाः स्त्रैणं चानुव्रतं रहः ।
अप्रमाणविदो भर्तुः ईश्वरं मतयो यथा ॥ ३९ ॥
नेपाली भावानुवादः जसरी अज्ञानीहरू ईश्वरलाई आफ्नो सीमित बुद्धिले नाप्न खोज्छन्, त्यसैगरी ती रानीहरू पनि भगवान् श्रीकृष्णको अनन्त महिमा र ऐश्वर्यलाई नबुझेर उहाँलाई आफ्नै अधीनमा रहेको र स्त्रीपरायण प्रेमी मात्र सम्झन्थे ।।३९।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे
नैमिषीयोपाख्याने श्रीकृष्णद्वारकाप्रवेशो नाम एकादशोऽध्यायः ।।११।।
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत महापुराणको प्रथम स्कन्धको एघारौँ अध्यायमा भगवान् श्रीकृष्णको हस्तिनापुरबाट द्वारका फिर्ता हुँदाको भव्य स्वागत र उहाँको गृहस्थ लीलाको वर्णन गरिएको छ। हस्तिनापुरबाट विदा भई भगवान् श्रीकृष्ण आफ्नो समृद्ध आनर्त देशमा आइपुग्नुभयो। नगरमा प्रवेश गर्नुअघि उहाँले आफ्नो पाञ्चजन्य शङ्ख बजाएर द्वारकावासीहरूलाई आफ्नो आगमनको सूचना दिनुभयो। शङ्खको ध्वनि सुन्नासाथ सबै प्रजाहरू आफ्ना स्वामीको दर्शनका लागि नगर बाहिर निस्किए। उनीहरूले भगवान्‌लाई सूर्यलाई दीप देखाए जस्तै विभिन्न उपहारहरू अर्पण गरे। प्रजाहरूले भगवान्‌लाई आफ्ना पितारक्षक र सद्गुरुका रूपमा स्तुति गरे। श्रीकृष्णको अनुपस्थितिमा आफूहरूलाई एक क्षण पनि करोडौँ वर्ष जस्तो लाग्ने कुरा उनीहरूले बताए। भक्तवत्सल भगवान्‌ले उनीहरूलाई कृपापूर्ण दृष्टिले हेर्दै द्वारका नगरीमा प्रवेश गर्नुभयो। द्वारका नगरी यादव वीरहरूद्वारा सुरक्षित र सबै ऋतुका वैभवले सम्पन्न थिइन्। नगरलाई विभिन्न ध्वजा-पताकातोरण र सुगन्धित जलले अत्यन्त सुन्दर ढङ्गले सजाइएको थियो। प्रत्येक घरका ढोकामा पूर्ण कलश र मङ्गल सामग्रीहरू राखिएका थिए। श्रीकृष्णको आगमनको खबर सुनेर वसुदेवबलरामप्रद्युम्न र साम्ब जस्ता परिवारका सदस्यहरू खुसीले गद्गद् भए। उनीहरूले ब्राह्मण र मङ्गल सामग्रीका साथ भगवान्‌को स्वागत गर्न बाहिर निस्किए। नगरका नर्तकीहरू र गायकहरूले पनि भगवान्‌को अद्भुत चरित्रको गायन गरे। श्रीकृष्णले प्रत्येक नागरिकलाई उनीहरूको मर्यादा अनुसार नमस्कारआलिङ्गन वा मुस्कानद्वारा सम्मान प्रकट गर्नुभयो। उहाँले साना-ठुला र चाण्डालसम्मलाई उनीहरूको इच्छा अनुसार वरदान र प्रेम प्रदान गर्नुभयो। कुलस्त्रीहरूले घरका छतबाट भगवान्‌माथि पुष्पवृष्टि गरे। द्वारकावासीहरूका लागि श्रीकृष्णको सौन्दर्य सधैँ नयाँ र कहिल्यै नअघाउने किसिमको थियो। भगवान् सर्वप्रथम आफ्ना माता-पिताको महलमा जानुभयो र देवकी लगायत सातैजना आमाहरूलाई प्रणाम गर्नुभयो। आमाहरूले उहाँलाई काखमा लिएर हर्षको आँसुले भिजाए। त्यसपछि भगवान् आफ्ना सोह्र हजार पत्नीहरूका महलमा प्रवेश गर्नुभयो। रानीहरूले लामो समयपछिको बिछोड अन्त्य भएकोमा खुसी हुँदै भगवान्‌को भव्य स्वागत गरे। उनीहरूले मन र दृष्टिले आफ्ना पतिलाई आलिङ्गन गरे। यद्यपि श्रीकृष्ण सधैँ उनीहरूसँगै हुनुहुन्थ्योतापनि उहाँको सान्निध्य उनीहरूका लागि सधैँ नयाँ अनुभूति हुन्थ्यो। यस अध्यायमा भगवान्‌ले कसरी बिना शस्त्र नै पृथ्वीको भारस्वरूप राजाहरूको विनाश गराउनुभयो भन्ने कुरा पनि उल्लेख छ। अन्तमाभगवान् श्रीकृष्ण यसरी हजारौँ रानीहरूको बीचमा रहेर पनि कसरी निर्लिप्त हुनुहुन्छ भन्ने कुराको चर्चा गरिएको छ। उहाँको ईश्वरत्व यही हो कि उहाँ मायाको बीचमा रहेर पनि मायाबाट मुक्त हुनुहुन्छ।


दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्षले भगवान्‌को 'निर्लिप्ततार 'मायातीतस्वरूपलाई विशेष महत्त्व दिएको छ। श्रीकृष्ण सोह्र हजार पत्नी र अपार वैभवको बीचमा भएर पनि एक साधारण मानिस जस्तै लीला गर्नुहुन्छतर वास्तवमा उहाँ पूर्ण ब्रह्म हुनुहुन्छ। प्रजाहरूले गरेको स्तुतिले ईश्वरलाई सर्वव्यापक र कालको पनि महाकालका रूपमा प्रस्तुत गर्दछ।'आत्मारामर 'पूर्णकामशब्दहरूले भगवान् आफैँमा सन्तुष्ट हुनुहुन्छ र उहाँलाई बाह्य विषयको कुनै आवश्यकता छैन भन्ने दार्शनिक सत्य बोल्दछन्। जसरी सूर्यको प्रकाशले अन्धकार हटाउँछत्यसरी नै भगवान्‌को आगमनले भक्तहरूको हृदयको विषाद नष्ट गर्दछ। स्त्रीहरूका कटाक्षले कामदेव मोहित भए पनि श्रीकृष्णको इन्द्रियलाई विचलित पार्न नसक्नुले उहाँको जितेन्द्रिय स्वरूपलाई दर्शाउँछ। अज्ञानीहरूले भगवान्‌लाई सांसारिक मानिस ठान्नु उनीहरूको 'अध्यासवा भ्रम मात्र हो। ईश्वर प्रकृतिको बीचमा रहेर पनि प्रकृतिका गुणहरू (सत्त्वरजतम) बाट प्रभावित हुनुहुन्नयही नै उहाँको वास्तविक 'ईश्वरत्वहो। भक्तिको शक्ति यति महान् छ कि यसले भगवान्‌को आश्रय पाउने बुद्धिलाई पनि मायाबाट मुक्त गराउँछ। यो अध्यायले संसारमा रहेर पनि कसरी कमलको पात झैँ निर्लिप्त रहन सकिन्छ भन्ने जीवन दर्शन सिकाउँछ। अन्ततःश्रीकृष्णको गृहस्थ लीलाले ईश्वरको मानवीय र दिव्य दुवै रूपको सुन्दर समन्वय प्रस्तुत गर्दछ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...